मनोवैज्ञानिक एकाङ्कीकार विजयमल्ल (१९८२ – २०५६
) बहुमुखी प्रतिभाका धनि मानिन्छन्। यिनले साहित्यका विविध विधामा कलम चलाएका
देखिन्छन् । औपचारिक रूपमा आइ.एस्सी सम्मको अध्ययन गरेका मल्ल नाट्य विधामा
२००१ सालमा ‘राधा मान्दिनʼ नामक एकाङ्की लिएर देखा परेका थिए । कोहि किन वर्वाद होस्
(२०१५), जिउदो लास (२०१७) , भोली के हुन्छ ? (२०२२) , स्मृतीका पर्खाल भित्र
(२०४०) जस्ता थुप्रै पूर्णाङ्की तथा एकाङ्कीहरू प्रकाशनमा ल्याएका मल्लले वेधनिधी
पुरस्कार , साझा पुरस्कार (२०२७) , गोर्खा दक्षिण बाहु (२०४१) आदि पुरस्कार तथा सम्मानहरू
प्राप्त गरेका थिए । समाजमा देखा परेका जटिलताको उद्घाटन, नविन विषयवस्तुको
प्रस्तुतीका साथै समाजमा देखापरेका विकृति र विसङ्गतिको चिरफार गरि वर्गीय,लैङ्गिक
भेदभाव प्रति आवाज उठाएको देखिन्छ ।यिनको ‘सत्ताको खोजमाʼ एकाङ्कीमा नारी अस्तित्वको
खोजि गरिएको छ। अस्तित्व विहिन भएर निरिह जीवन जिउनु भन्दा स्वतन्त्रता र समानताको
लागि नारीहरूले विद्रोह गर्नु पर्ने कुरा यस एकाङ्कीमा प्रस्तुत गर्न खोजिएको छ।
यस एकाङ्कीमा बि.ए. पढ्न गाउँबाट मीना र शीला काठमाडौं आएका छन् । उनिहरू स्वयम्भू स्थित घरमा डेरा सरेका छन् ।
भरियाले सामान ओसार्छ र आफ्नो ज्याला लिएर जान्छ । मीना र शीला बीच प्रो. कृष्णप्रसाद र उसकी प्रेमीका , काठमाडौंका मानिसका प्रवृत्ति नारी
भएका कारण गर्नु पर्ने संघर्ष आदि विषयमा कुरा
हुन्छ । प्रो. कृष्णप्रसाद पुरूष भएकै कारण आफ्नै चेलीलार्इ झुटो प्रेम गरेको र संगै
बस्ने प्रस्ताव अस्वीकार गरेको कुरा मीनले गर्छे। भाउजू आएर त्यो कोठामा नवस्न आग्रह
गर्दै अर्को कोठामा बस्नु भन्छे । कारण तिलक काजीकी नवविवाहीत श्रीमती त्यही
झुन्डिएर मोरेकी हुन्छे । तिलक काजी आएर घन्टौ बरबराउने कुरा गर्छे । कुरा गर्दा गर्दै तिलक त्यहि कोठामा आउँछ अनि
प्रमिलार्इगुनासो गर्छ । आफूले माया गरेकी श्रीमतीले आफूलार्इ नै अपराधी बनाएर गएकोमा
ऊ विक्षिप्त हुन्छ । आफू अपराधी भएको कारण खोज्दै आफूले समाजकै सिको गरेको र
सम्पूर्ण समाजको अपराधको सजाय आफूलार्इ भोग्नु परेको र भोगेर बाचिरहने विचार प्रकट
गर्छ । मीनाले आफू प्रमिला भएको भए नारीको स्वतन्त्रताको वारेमा बताउने थिए भन्छे।यतिकैमा
तिलकमान बाहिर निस्कन्छ र एकाङ्कीको अन्त्य हुन्छ ।
सत्ताको खोज भन्नाले शक्ति
सामार्थ्यका लागि प्रयास भइरहेको भन्ने बुझिन्छ । यस एकाङ्कीमा नारी शक्तिको खोजि
गर्ने प्रयास गरिएको छ । मञ्चनका दृष्ट्रिले अमञ्चनिय भए पनि उसकै सेरोफेरोमा
एकाङ्कीको संरचना भएको हुनाले प्रमिला यस एकाङ्कीको प्रमुख नारी पात्र हो । उसले
यहा नारी शक्तिको खोजि गरेकी छ । नारीलार्इ पुरूष प्रधान समाजले सन्तान जन्माउने
मेसिन, पुरूषको वासना पुरा गर्ने नैतिक वस्तुका रूपमा लिएकोमा विरोध गर्दै आफ्नो स्वतन्त्रताको खोजि
गर्ने प्रयास गरेको पाइन्छ । भौतिक सुख सुभिधाले
नारीलार्इ खुसी राखेको सम्झने पुरूषले वास्तवमा नारीलार्इ सधै दवाउने प्रयास गरेका
छन् । आफ्नो आवस्यकता र चाहनामा नारीलार्इ प्रयोग गर्ने र आफ्नो वासनाको उपभोग्य
बनाउने पुरूषले नारीको अस्मिता लुटेको कुरा यहाँ व्यक्त गरिएको छ। पुरूषले दबाएर
राखेका नारीहरूले कुनै विरोध गर्न नसके पनि त्यो सबै दमन सहन नसकी विद्रोहको रूपमा
आत्महत्या गरेको देखाइ नारी बिद्रोहको स्वर यहाँ ओरालिएको छ । त्यसैगरी नारीहरूको
समानता र हकअधिकारको आवाज मीना पात्र द्वारा पनि बलियो रूपमा उठाइएको छ । नारीले
पढ्नु पर्ने ,समाजका विकृति र विसङ्गतिपूर्ण तत्त्वहरूलार्इ हटाउनु पर्ने र आफ्नो
अन्यायको विरूद्धमा डटेर सामना गर्नु पर्ने कुरा यहाँ प्रस्तुत गरिएको छ ।
नारी र पुरूष एक
अर्काका परिपुरक हुन् । एउटा विना अर्कोको जीवन अधुरो हुन्छ । यहाँ आफ्नी श्रीमती
गुमाउदा तिलक विक्षिप्त भएको छ । पुरूष प्रधान समाजको चस्मा लगाएको काजी तिलक आफ्नी
श्रीमतीले मृत्यु वरण गर्दा पनि आफ्नो गल्ती पत्ता लगाउन सक्दैन । कनुनले पनि
पुरूषलार्इ बलियो राखेको यो समाजले पुरूषलार्इ जुनसुकै दमन गर्न पनि स्वतन्त्रता
दिएको कुरा यस एकाङ्कीमा व्यक्त गरिएको छ । आफूले जाड रक्सी खाने, राति पनि कहिल
काहि घर नजाने , श्रीमतीको कुनै खुसी वा दुःख बुझ्न नखोज्ने बरू परम्पराको आड र आडम्बर
लिने मन लागेमा दोस्रो ,तेस्रो बिहे पनि गर्ने गरेको बावु बाजेको परम्परालार्इ आफूले
धानेको भन्ने तिलक काजीको भनाइबाट समाजको क्रुरता प्रष्ट हुन्छ । यसरी तत्कालिन
समाजको यथार्थीक चित्रण गर्दै नारीको अस्तित्वको खोजि नारी पात्रबाटै गरिएको
देखाउदै पुरूषमा पनि चेतनाको आँखा खुल्न लागेको कुरा तिलकको आफ्नो समाज अपराधी
भएको कारण आफू अन्जानमै अपराधी बनेको कुरा बताउनुले थाह हुन्छ ।
समान वौद्धिक
सामार्थ्य बोकेका नारीहरूलार्इ पछि छोडेर आफूमात्र अगाडि बढ्न खोज्ने पुरूषको
स्वार्थी मनोवृत्तिले समाजमा लैङ्गिक विभेदको ठूलो खाडल बनाएको छ । प्राकृतिक
कारणले गर्दा नारीहरू सन्तान जन्माउने र उनिहरूलार्इ हेरचाहमा समय दिने हुनाले
त्यहि समयको मौका छोपि पुरूषले आफू अगाडि बढ्ने र नारीलार्इ भाजो हाल्ने
सड्यन्त्रले विद्रोह ल्याउछ । त्यसैले समाजमा सबैलार्इ समानता हुनुपर्छ । सबैको
भावनाको कदर गरिनु पर्छ भन्ने कुराको आसय यस एकाङ्की मार्फत प्रस्तुत गर्न खोजिएको
छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें