रविवार, 3 अक्टूबर 2021

उपन्यास सिद्दान्त

उपन्यास सिद्दान्त

परिचय

। साहित्यको ख्यान विधा अन्तरगत पर्ने उपन्यास एक नवीन,बिशाल तथा सशक्त विधा हो । यसमा जीवन र जगत्को समग्र पक्षलाई आख्यानात्मक स्वरूप प्रदान गरिएको हुन्छ  उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अबाट भएको मानिन्छ । यसको अर्थ नजिक राख्नु  हुन्छ । अङ्ग्रेजीमा यसलाई नोभल भनिन्छ । नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ' महाभारत विराट् पर्व ' बाट भएको मानिन्छ  यो नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यमा नै अत्यन्त लोकप्रिय विधाका रूपमा रहेको पाइन्छ ।

परिभाषा

          उपन्यास जीवनको वैयक्तिक र प्रत्यक्ष प्रतिविम्ब - हेनरी जेम्सले

          .   उपन्यास मानव अनुभवको निरूपण हो, चाहे त्यो यथार्थहोस् वा आदर्श तर उपन्यासमा अनिवार्यतः जीवनको आलोचना रहन्छ ।- हर्बट मुलर

           उपन्यास मानवजीवनकै सम्पूर्णताको अभिव्यक्ति हो। - कृष्णचन्द्रसिंह प्रधानले

           कुनै शाश्वत मानवीय मर्मको अविस्मरणीय कलात्मकताले नै उपन्यासलाई महान् बनाउँछ ।- वासुदेव त्रिपाठीले

           मानवजीवनको विस्तृत पक्ष र सम्बद्ध परिवेशको प्रस्तुति नै उपन्यास हो ।- हिमांशु थापाले

          मानवीय जीवनको चित्रण गर्ने विशालकाय आख्यानात्मक गद्यसंरचनालाई उपन्यास  भनिन्छ।- मोहनराज शर्माले

          पूर्वापर तारतम्यमा सुसम्बद्ध गरेर लेखिएको आख्यानात्मक रचनालाई उपन्यास भनिन्छ ।- राजेन्द्र सुवेदी

 यी परिभाषाहरूलाई हेर्दा उपन्यासमा यथार्थ र काल्पनिक जुनसुकै कथावस्तु भए पनि जीवनको समग्रतालाई समेट्नुपर्ने, भावको प्रभावकारिता हुनुपर्ने, पात्र र परिवेशको स्वाभाविक सन्तुलन हुनुपर्ने र भीमकाय आयातन वा संरचना हुनुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा आकारगत रूपमा विस्तृतको, विषयगत रूपमा जीवन र जगतको समग्रताको प्रतिनिधित्व गर्न सक्ने र भावगत रूपमा प्रभावकारी एक वा अनेक घटनाहरूको विन्यास नै उपन्यासको चिनारी हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...