एकान्त कथा
खास नाम – चेतमान सिंह भण्डारी
साहित्यिक नाम- 'सगर नासरत्य', 'हेमन्त हरि'
जन्म -वि.सं. १९९९ साउन १९ गते महोत्तरी, औरही
मृत्यु – २०७४ माघ १९ गते पाटन अस्पताल
शिक्षा – आर्इ . ए .
सम्मान तथा पुरस्कार –
·
मैनाली कथा पुरस्कार(२०३९)
·
तिम्री स्वास्नी र म का लागि वि.सं. २०४६ को साझा पुरस्कार
·
वि.सं. २०४७को गङ्गालक्ष्मी पुरस्कार
·
आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार
·
अन्नपूर्ण भोज(२०७०) का लागि पद्मश्री साधना पुरस्कार(२०७०)
·
सुरभि आख्यान पुरस्कार-२०७१,
पहिलो रचना – वि. सं. २०१९ मा अञ्चल
सन्देशमा भर्याङ शीर्षकको कविता
प्रकाशित कृतिहरू –
कथासङ्ग्रहहरू -अवमूल्यन, आकाशको फल,तिम्री स्वस्नी र म, भविष्य यात्रा , पारदर्शी मान्छे
गजलसङ्ग्रह- गजलगंगा,आगोले त पोल्छ पोल्छ पानीले झन पोल्छ,काँडाका फूलहरू
गीत सङ्ग्रहहरू –सिउँडिको फूल,गीतको
भङ्गालो
मनु ब्राजाकीका कथागत
प्रवृत्तिहरू –
१सामाजिक यथार्थवादी,
२.मनोवैज्ञानिक,
३.प्रगतिवादी,
४.आञ्चलिकता,
५. वर्गीय दृष्ट्रिकोण,
६.सामाजिक तथा राजनैतिक विकृति र विसंगतिको चित्रण,
७ . राष्ट्रप्रेम,जातिप्रेम र स्वाभिमानी प्रवृत्ति,
८.परिमार्जित भाषाशैलीको प्रयोग,
९.निम्नवर्गीय व्याक्तिको कारूणीक प्रस्तुति
शीर्षक
एकान्त शब्द विशेषण हो ।यसको अर्थ सुनसान ठाउँ भन्ने हुन्छ । यस कथामा ‘ऊ’पात्रको छोरो वित्दा कृतिम सहानुभूति व्यक्त गर्न
पुगेका भिडको कारण चर्पीमा मात्र उसले एकान्त ठाउँ पाउछ र त्यहा नै उसले आँशु
झार्छ । यसरी कथाको प्रसङ्ग अनुशार शीर्षक उपयुक्त तथा सान्दर्भिक देखिन्छ ।
सन्दर्भ
१.मान्छेले दुःखमा साथ नदिने ,समस्यामा झनै समस्या थप्ने तर सान्त्वना
दिने बहानामा मृत्यु पछि बिचरा भन्न र समवेदना दिन हतार गर्दै भिड लाग्ने
प्रवृत्तिको यथार्थ प्रस्तुती,
२.व्याङ्यात्मक ढंगबाट मानिसको स्वार्थी र खुट्टा तान्ने प्रवृत्तिको चित्रण,
३.समस्या पर्दा समस्यामा साथ नदिने तर समाजलार्इ देखाउन नक्कली आँशु झार्ने ,औपचारिकताको
लागि पिडित व्यक्तिलार्इ झन पिडामा लैजाने समाजको प्रस्तुति,
पात्रहरू
ऊ,उसको छोरो,उसकी स्वास्नी, शम्भु,डाक्टर , कम्पाउन्डर ,रामप्रसादकी स्वास्नी
गौरी ,लालबहादुर घर्ती शङ्करदेव मास्टर देवलाल रामेश्वर
कथाको विश्लेषण
बहुआयामिक
साहित्यकार तथा कथाकार मनु ब्राजाकी (१९९९-२०७४)सामाजिक यथार्थवादी,मनोवैज्ञानिक र निम्न वर्गका
व्याक्तिहरूको कारूणीक प्रस्तुती दिने कथाकारको एकान्त कथामा पनि यी विशेषताहरू
पाउन सकिन्छ ।भर्याङ नामक कथा लिएर नेपाली साहित्यमा उदाएका यिनको एकान्त कथामा
मानिस भित्रको अमानवीय प्रवृत्ति,स्वार्थीपन र अहङ्कार देखाउँदै उसको बाहिरी रूप
जहा दया ,माया र करूणा देखिन्छ त्यो वास्तविक नभएर देखाओटी मात्र हुन्छ
भन्ने यथार्थ अभिव्याक्ति दिने जमर्को
गरेका छन् ।बाँचुन्जेज कुनै किसिमको सहयोग गर्न कोहि तयार हुँदैन ,व्याक्तिलार्इ पछाडिबाट
खुट्टा तानेर अगाडि बढ्न दिइदैन ,विभिन्न किसिमका गाली गलोच गरिन्छ तर मृत्यु
पश्चात त्यहि व्याक्तलार्इ प्रशंसा गरिन्छ ।यहि विषयवस्तुलार्इ कथामा उतारेर व्याङ्यात्मक
ढंगबाट प्रस्तुत गरिएको छ ।
कथाको प्रारम्भ ऊ पात्रको छोरो मर्न लागेको अवस्थाबाट
भएको छ ।छोरोको मृत्युपछि ऊ पात्रको घरमा समवेदना दिन गएका व्याक्तिहरूले जमातले घर भिडभाड
हुन्छ ।समवेदना दिन जानेहरूमा शम्भु र च्यान्टेमा यौन जन्य भाव व्यक्त भएको पाइन्छ
।उनिहरू सन्तान गुमाएको पिडामा विलाप गरेकी स्त्री प्रति पनि गिध्दे नजर लगाउँन
पुग्छन् । ऊ रून सक्दैन विचरा, कठै ,बरा जस्ता शब्दहरूको प्रयोग समवेदना दिन जाने
व्यक्तिले गरेको पाइन्छ ।म सन्चै छु ,तपार्इंहरूलार्इ चिया तयार पारौ ?, तपार्इंहरूले
प्रकट गर्नुभएको दुःख मैले ग्रहण गरिसकेँ भन्दै तिनिहरूलार्इ व्याङ्ग्या गर्छ ।छोराको
उपचारमा लागेको खर्च तिर्ने क्षमता हुँदैन ।खोक्रो सान्त्वना दिएर औपचारिकता पुरा
गर्न जाने शङ्करदेव, रामेश्वर, गौरी ,मास्टर देवलाल जस्ता पात्रहरूले ऊ पात्रको
जीवनमा सधै कुभलो मात्र चिताउछन् । त्यहा उनिहरूको सहानुभूतिजन्य शब्दहरूले ऊ
पात्रलार्इ असहिय हुन्छ ऊ चर्पीमा जान्छ चर्पीमा उसले शान्ती भेट्छ र बल्ल उसको आँखाबाट
आँशु झर्छ ।यसरी एकान्त कथाको कथानकको अन्त्य भएको छ ।
छोराको मृत्युमा छटपटाएको ऊ
पात्रलार्इ एकातिर छोरो गुमाउनुको पिडा छ भने अर्कोतिर गरिवीले गाजेको उसलार्इ
डाक्टरको फिस तिर्ने कसरी भन्ने पिडा छ ।हुर्कदै गरेको छोरो उपचारको क्रममा
मर्नुको पिडा बाबु आमालार्इ हुन्छ आमाले सहन नसकि डाको छोडेर रोएपनि बाबुले अरूको
अगाडि सहानुभूति बटुल्न चाहदैन।जसले छोरो बाँच्दा स्कुलबाट निकालिदिने ,गाली गर्ने
,पिट्ने जस्ता क्रियाकलाप गरेका थिए तिनिहरूको अगाडि दुःख देखाएर के गर्ने अर्को
शान्त्वना दिने र मनमा मज्जा लिने दोहोरो चरित्र बोकेको समाज बाँचुन्जेल सहयोग
गर्दैन तर मृत्यु पछि गुणहरू खोज्न थाल्छ यस्तो समाजमा बस्न भन्दा एकान्तमा बस्नु
नै बरू ठीक हुन्छ ।मानिसमा हुने दोहोरो चरित्रले समाज गाजिएको छ ।यस्तो दोहोरो
व्यवहार गर्ने चरित्र राम्रो होइन यसले कसैको पनि भलो हुँदैन यस्ता प्रवृत्ति
बोकेका मानिसहरूबाट टाढै रहनु पर्छ भन्ने शन्देस यो कथाले बोकेको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें