ग्याँस च्याम्बरको मृत्यु कथा
कथाकार-मदनमणी दीक्षित
कथाका पात्रहरू-
रेनता,बेनेडिक्टो,रेनताकी आमा,रेनताका पिता,लङ्गडो,मेसिनगनवाला,किसान आर्इमार्इ,फासिस्ट डाक्टर,काठे मानिस,बहुलाहा,युगोस्लाभ डाक्टर,खानी इन्जिनियर,हिटलर,हान्स स्पाइडेल,आइकम्यान
कथाको सन्दर्भ
१.कसले जित्यो कसले हार्यो कथा सङ्ग्रहमा सङ्ग्रहीत,
२. दोस्रो विश्वयुद्धको ऐतिहासिक घटनाक्रमको परिवेशलार्इ चित्रण गरिएको ,
३.हिटलरी फासिस्टवादको दानवीय प्रस्तुतिको चित्रण गरिएको
४.अहङ्कार र क्रुरपनले मान्छे कतिसम्म दानवीय हुदोरहेछ भन्ने यथार्थ चित्रण
को हुन त हिटलर
- पुरा नाम अल्फेड हिटलर
-सन्१८८९अप्रिल २० मा स्ट्रेयामा जन्मिएका
-सन् १९४५अप्रिल३०मा जर्मनमा मृत्यु(अात्महत्या)
-जर्मनेली,
- राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीका नेता(नाजी)
१९१९मा नाजीको सदस्यता
१९२१ मा नेता
१९२३ मा कु को असफल प्रयास र जेल चलान
१९२४ मा जेल मुक्त
-क्रुर सासक,
- सन्१९३३-१९४५ सम्म जर्मनीका चान्सलर,
-सन्१९३४-१९४५ नाजी जर्मनीका सासक,
-नाजीवाद, दोस्रो विश्वयुद्धका केन्द्रीय पात्र ,
कथाको विश्लेषण
यस कथामा कथाकार मदनमणी दीक्षितले दोस्रो
विश्वयुद्दधको घटनालार्इ परिवेश वनाएर मानवतावादी भावनाको जागरण गरउने प्रयास
गरेका छन्। कसले जित्यो कसले हार्यो (२०२१)नामक कथा सङ्ग्रहमा सङ्ग्रहित उक्त कथा ऐतिहासिक कथा हो ।यस कथामा आइकम्यान र स्पाइडेलका वैज्ञानिकले बनाएको
बिजुलीको अवाल अर्थात ग्याँस च्यम्बर जहा सन् १९४१ देखि १९४५ सम्म निर्दोश ६० लाख
मानिसलार्इ खरानी बनाइएको थियो ।उनिहरू बालक जो भोलिको सुन्दर सपना बटुल्न
सक्थे,डाक्टर जसले लाखौं मानिसलार्इ पुनरजन्म दिन सक्थे, किसानहरू जसले भोकाहरूका पेट भर्न
सक्थे,कामीहरू जसले श्रम गरेर विकास गर्न सक्थे ती सबैलार्इ एकै ठाउँमा खरानी
बनाइएको थियो ।भावन हराएका शरीर मात्र मान्छेको भएका मेसिनको जस्तो यन्त्रवतहरूले
गरेको त्यो व्यवाहारलार्इ त्यहि मृत्यु वरण गर्न पुगेका रेनता र बेनेडिक्टोको प्रेम
प्रसङ्गलार्इ यहा उतारिएको छ । रेनता क्रिश्चियन हुन्छे ।उसको प्रेमी बेनेडिक्टो
यहुदी हुन्छ ।यहुदीलार्इ क्रिश्चियनले गरेको व्यवहार उसलार्इ मन पर्दैन ।उसको
प्रेमीले अपेरामा भेट्ने प्रस्ताव राख्छ त्यहा यहुदी माथि अत्याचार हुने हुनाले
त्यहा भेट्न अस्वीकार गरी बुढापेस्ट स्वाइरमा भेट्ने सल्लाहा गरेका थिए त्यहि
सल्लाहा अनुशार आफूलार्इ सोह्र शृङ्गार गरि प्रेमी भेट्न गएकी रेनता लगाएत २१० गज लामो सडकका
सम्पूर्ण मानिसलार्इ गिरफ्तार गरियो ।यसको कारण भनेको बुढापेस्टमा अन्न घटेको र
बजारमा अन्न नभएपछि नागरिकले उजुर गरेका र ती नागरिकलार्इ यहुदी,कम्युन्निस्ट र
अन्डरग्राउन्डसँग मिलेको आशंका थियो ।३दिन सम्म केहि खान नदिइ भोक र क्रन्दनले चिच्चाएकालार्इ झनै
यातना दिदै त्यहाबाट रेलमा खाँदेर रूमानियाको अस्वाइसिममा लगि उनीहरूको
शुन्दरतालार्इ कुरूप बनाएर एउटै च्याम्बरमा खरानी बनाएको तितो यथार्थलार्इ रेनताको
चुल्ठो बोलेको दृश्यात्मक प्रस्तुतीका साथ कथामा प्रस्तुत गरी रेनता र बेनेडिक्टो
अमर भएका उनिहरूको प्रेम अमर भएको त्यो ग्याँस च्याम्बर विश्वशान्ती म्युजियमका
रूपमा रहेको र ती मानवता विरोधी फासिस्टहरूको चर्चा कतै नहुने र उनिहरूलार्इ कसैले
नचिन्ने कुरालार्इ प्रस्तुत गर्दै मानवताको नै विजय हुने कुरा दर्शाउदै कथाको
कथानको अन्त्य भएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें