विश्वेश्वरप्रसाद कोइरला
परिचय
जन्म - कृष्णप्रसाद र दिव्यादेवी कोइरालाका सुपुत्रका रूपमा १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका मृतु – २०३९ साउन ६ गते काठमाडौंमा शिक्षा- बनारसमा यिनले बी. ए., बी. एल. सम्मको अध्ययन गरेका छन् । सेवा - दार्जिलिङमा ट्युसन र वकालत (१९९५) नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक कार्यवाहक सभापति (२००४)नेपाली काङ्ग्रेसको संस्थापक (२००६)बैरगनिया“ सम्मेलनको आयोजक (२००६)क्रान्तिताका नेपालका पूर्वीक्षेत्रको प्रमुख कमान्डर (२००६)गृहमन्त्री (२००८)
उनको न्वारनको नाम चूडामणि थियो । तर बनारसमा विश्वनाथ भगवान्को प्रसाद सम्झेर उनका बाबुले उनको नाउँ विश्वेश्वरप्रसाद राखिदिएका थिए । यही नाउँबाट उनी प्रसिद्घ भए ।
संसद सदस्य (२०१५)प्रथम जननिर्वाचित प्रधानमन्त्री (२०१६)काराबास (२०१७–२०२५)भारत निर्वासन (२०२५–२०३३) हिन्दीका माध्यमबाट आफ्नो कथायात्रा सुरु गरेका कोइरालाका हिन्दी भाषामा लेखिएका ‘वहाँ’ (हंस, १/७, १९८७), ‘पथिक’ (हंस, १/९, १९८७) ‘अपनी ही तरह’ (हंस, २/१–२, १९८८), ‘भैयादाइ’ (विशाल भारत, ४/१, १९८८), ‘होड’ (हिमालय, १/७, २००३) जस्ता कथाहरू प्रकाशित भएका छन् ।
१९९२ साल(चन्द्रवदन – शारदा पत्रिका) देखि नेपाली कथा लेखन–प्रकाशनतर्फ प्रवृत्त भएका विश्वेश्वरप्रसाद कोइरालाका निम्नलिखित कृतिहरू प्रकाशित छन्:कथा सङ्ग्रहःदोषी चश्मा (२००६),श्वेतभैरवी (२०४४),विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) । उपन्यास:तीनघुम्ती (२०२५),नरेन्द्र दाइ (२०२७),सुम्निमा (२०२७),मोदिआइन (२०३६),हिटलर र यहुदी (२०४२),बाबु, आमा र छोरा (२०४५) । संस्मरण:आफ्नो कथा (२०४०),जेलजर्नल (२०५४),विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (२०५५) । कविता सङ्ग्रहःविश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) । विश्वेश्वरप्रसाद कोइरालाका उपर्युक्त पुस्तकाकार कृतिहरूका अतिरिक्त केही निबन्ध र समालोचनात्मक रचनाहरू पनि फुटकर रूपमा प्रकाशित भएका छन् । यो आलेख विश्वेश्वरप्रसाद कोइरालाको कथाकारितामा केन्द्रित छ ।
सम्मान तथा पुरस्कार
साहित्यिक पत्रकार संघद्वारा अभिनन्दन(वि.स.२०३८) विश्वेश्वरप्रसादको निधनपछि हाम्रो देशको सरकारले उनको चित्र राखेर हुलाक टिकट प्रकाशित गरेको छ । उनका नाउँमा नेपालभरि थुप्रै सङ्घ–सस्थाहरू खुलेका छन् । त्यति मात्र होइन, विभिन्न सडक र अस्पतालहरूको नाम पनि उनकै नाउँबाट राखिएको छ । उनी अहिलेको नेपालका बढी प्रसिद्घ व्यक्ति मानिएका छन् । नेपालमा मात्र नभई विदेशमा पनि उनलाई नेपालका महान् सुपुत्र भनी सम्मान गरिन्छ । उनी वास्तवमा ध्रुवताराझैँ चम्किरहने नेपालका उज्याला तारा हुन् । महामानव हुन् ।
कोइरलाका कथागत प्रवृत्तिहरू
मनोविश्लेषणात्मकता- शारदा (१/१०–११, १९९२ मार्ग–पौष) पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेका विश्वेश्वरप्रसाद कोइराला नेपालीमा मनोवैज्ञानिक/मनोविश्लेषणात्मक यथार्थवादी कथा लेखन परम्पराका प्रारम्भकर्ता हुन् । यिनले मनोविज्ञानका विभिन्न पाटाहरूमध्ये यौनमनोविज्ञानलाई विशेष ढङ्गले प्रस्तुत गरेकाले यिनलाई यौनमनोवैज्ञानिक वा रतिरागमा केन्द्रित नेपालीका ज्येष्ठ मनोवैज्ञानिक यथार्थवादी कथाकार मानिन्छ ।
मनोविज्ञानलाई नेपाली समाज, संस्कृति, परम्परा, अर्थतन्त्रजस्ता सूक्ष्म विषयवस्तुसँग गाँसेर मनोवैज्ञानिक कथा लेख्ने विश्वेश्वरप्रसाद कोइरालाले सूक्ष्म, क्षीण वा झिनु विषयवस्तु लिई तिनमा कुनै न कुनै रूपले मनोरोगी भएका पात्रहरू उपस्थित गराएर तिनका मनको वर्णन र विश्लेषण गरेका छन् ।
यिनी मानिसका हीनताग्रन्थि, उच्चताग्रन्थि, आत्मपीडन, परपीडनजस्ता विभिन्न मनोग्रन्थिलाई फुकाउन, मनोभ्रम हटाउन र मनोदशाको चित्रण गर्न खप्पिस देखिन्छन् । सामाजिक बाह्य संसारले मानसिक अन्तर संसारलाई पार्ने प्रभावको अध्ययन तथा पात्रका मनोविज्ञानको प्रस्तुतिलाई कथाको मुख्य विषयवस्तु बनाई अन्तर्मुखी प्रवृत्तिका कथा लेख्नु यिनको प्रमुख विशेषता हो ।
यौनमनोविश्लेषणमा पनि अशिष्टता, अश्लीलता, नग्नता, अनैतिकताजस्ता कुराहरू नपाइनु यौनमनोविश्लेषक कोइरालाका कथाको उल्लेखनीय प्रवृत्ति हो । यिनका सामाजिक खालका कथामा पनि घटनाभन्दा चरित्रले बढी महत्व पाएको देखिन्छ। एकभन्दा बढी कथामा एउटै नाम गरेका पात्रको प्रयोग गर्ने प्रवृत्ति कथाकार विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । ‘स्कुल मास्टर’ र ‘स्वेटर’ को गजराज, ‘प्रेम (पहिलो)’ र ‘रिक्सा तान्ने’ को धनवीर, ‘पवित्रा’ र ‘दोषी चश्मा’ को केशव आदि यस कुराका साक्षी हुन् ।
यौनमनोविश्लेषणमा पनि अशिष्टता, अश्लीलता, नग्नता, अनैतिकताजस्ता कुराहरू नपाइनु यौनमनोविसरल, संक्षिप्त, सुगठित, सुव्यवस्थित र अन्वितिमूलक संरचनामा आबद्ध गरी कथा लेख्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शिल्पगत वैशिष्ट्य हो । झिनु वा सूक्ष्म कथावस्तु भएका चरित्रप्रधान कथा लेखे तापनि घटना र चरित्रमा सहज, स्वाभाविक र विश्वसनीय पाराले संयोजन गर्ने कुशलता यिनमा पाइन्छ । यसैकारणले गर्दा यिनका कथाहरू सरल, सहज, कलात्मक, प्रभावोत्पादक, आकर्षक, रोचक र गम्भीर पठनीय बन्न पुगेका छन् । छोटाछरिता र सरल वाक्यहरूको प्रयोग गरी खारिएको, माझिएको र तिखारिएको वर्णनात्मक शैलीमा सोझो पाराले कथा प्रस्तुत गर्ने विश्वेश्वर कोइरालाका कथाहरू संरचनागत र आयामगत आधारमा छोटा भए पनि कलात्मक विशिष्टताका कारण अत्यन्त रोचक र आकर्षक छन्श्लेषक कोइरालाका कथाको उल्लेखनीय प्रवृत्ति हो । यिनका सामाजिक खालका कथामा पनि घटनाभन्दा चरित्रले बढी महत्व पाएको देखिन्छ। एकभन्दा बढी कथामा एउटै नाम गरेका पात्रको प्रयोग गर्ने प्रवृत्ति कथाकार विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । ‘स्कुल मास्टर’ र ‘स्वेटर’ को गजराज, ‘प्रेम (पहिलो)’ र ‘रिक्सा तान्ने’ को धनवीर, ‘पवित्रा’ र ‘दोषी चश्मा’ को केशव आदि यस कुराका साक्षी हुन् ।
हिन्दी भाषाको प्रभाव पाइनु इनको अर्को विशेषता हो । यिनी विसङ्गतीवादी कथाकारका रूपमा पनि चिनिन्छन् ।
शीर्षक-शत्रुको अर्थ
शीर्षक-शत्रुको अर्थवैरी ,दुस्मन वा अरूको विपरित व्यवहार गर्ने व्याक्ति भन्ने हुन्छ ।
शत्रु कथा
पात्रहरू
४५ वर्षका कृष्णराय स्वभावले शान्त र भद्र थिए ।कसैलार्इ कर्जा नदिने उनको सिद्दान्त थियो ।किनकि कर्जाले झगडा पनि सँगै लिएर आउछ भन्ने उनलार्इ लाग्थ्यो ।गाउँमा झगडा भए उनलार्इ नै मध्यस्थकर्ता बनार्इन्थ्यो ।धन ,यश र सम्मानको सुख त थियो तर उनी निसन्तान भएकाले टाढाको भतिजा पर्नेलार्इ पालेर सन्तानको अभाव पुरा गरेका थिए । एक रात खाना खाएर सुत्ने बेला आफूले कसैलार्इ शत्रु नबनाएको भन्ने सम्झेर बसेको बेला उनीमाथि एक्कासि लठ्ठी प्रहार हुन्छ तर चोट लाग्दैन ।एकैछिन अगाडि आफूले कसैलार्इ शत्रु नबनाएको भन्नेसोचेको व्यक्ति एकैछिन पछाडिउनले रामे भन्ने नोकरलार्इ काम विगार्दा गाली गरेको सम्झदै उसैले आफूलार्इ प्रहार गर्यो होला भन्ने सम्झन्छन् ।
फेरि उसले धेरैपटक आफूबाट गालीखाएको सम्झदै अर्को पात्रमाथि सङ्काको सुर्इ घुमाउछन् ।त्यो पात्र बलभद्र हुन्छ । बलभद्रलार्इ उनले हिसाब गोलमाल गरेर मालिकलार्इ ठग्न खोजेको अजस्थामा अरूको अगाडि भनेर लज्जित बनाएका थिए ।फेरि उनको सङ्का नोकरी खोज्दै आएको युवक तिर मोडिन्छ ।युवक भलाज्मी स्वभावको र आफूले उसलार्इ कडा वचन दिएको उनी सम्झन्छन् ।एकैछिनमा उनी गोबिन्द पण्डित ,मास्टरलार्इ सङ्का गर्छन् ।एकछिन पछि फेरि उनले रेलको डब्बामा भएको झगडा ,हाटमा उनको धक्का खार्इ लडेको मान्छे , आफूले हटाएका नोकरहरू , आफ्नै दाजुभाइ र आफैले पालेको भतिजो माथि पनि सङ्का गर्छन भोलिपल्ट पुलिस इन्स्पेक्टरको सोधपुछमा सवैको नाम लिन्छन् । यतिकैमा कथानकको अन्त्य हुन्छ ।
कथाको विश्लेषण
मनोवैज्ञानिक यथार्थवादी कथाकार विश्वेश्वर प्रसाद कोइरला (वि.स.१९७१- २०३९)कुसल साहित्यकारका साथै कुसल राजनितिज्ञका रूपमा पनि चिनिन्छन् ।उनी वनारसमा जन्मी उहा नै शिक्षा आर्जन गरेका हुनाले उनको साहित्यिक यात्रा पनि हिन्दी साहित्यबाट नै सुरू भएको हो ।नेपाली साहित्य यात्रामा वि.स.१९९२ सालको साहित्यिक पत्रिका सारदामा प्रकाशित चन्द्रवदनबाट सुरू भयो ।यहि चन्द्रवदन कथाले नै आधुनिक नेपाली कथामा मनोवैज्ञानिक धारा भित्र्याउने मौका पायो ।यिनको शत्रु कथा वि.स.१९९५मा प्रकाशित कथाकुसुम(प्रतिनिधि कथाकारको कथा सङ्ग्रह)मा प्रकाशित भएको थियो । पछि यो कथा (दोषी चश्मा) कथा सङ्ग्रह(२००६) मा प्रकाहित भएको थियो । यस कथामा विशेष गरि मानिसले राम्रो काम गर्दा गर्दै पनि कसरि उसलार्इ स्वभाविक ढंगबाट शत्रु आर्इ पर्छ भन्ने कुरा देखाउन खोजिएको छ ।
उक्त कथामा कथाकारले कृष्ण रायलार्इ प्रमुख पात्रका रूपमा प्रयोग गरि उसका मनोदशालार्इ खोतल्ने प्रयास गरेका छन् । मानिस जन्मजात रूपमा इर्स्यालु स्वभावको हुन्छ त्यहि स्वभावलार्इ विश्लेषण गर्ने प्रयास यस कथामा गरिएको छ । ४५बर्षको कृष्ण राय समाजमा राम्रो प्रभाव पारेर बस्नुपर्छ ,कसैसँग झै –झगडा गर्नु हुदैन ,झगडाको बिउ भनेको कसैलार्इ ॠण दिनु हो त्यसैले कसैलार्इ ॠण दिनु हुदैन भन्ने विचार बोकेको राय गाउँघरमा झै –झगडा पर्दा मध्यस्तकर्ता बन्छन् । दःख परेका व्यक्तिलार्इ सहयोग पनि गर्ने र सबैको आँखामा परेका व्याक्ति कृण्णरायको सान,मान र धन सबैथोक भएपनि सन्तान नभएकोले त्यसको अभाव पुरा गर्न भतिजो पर्नेलार्इ पालेका थिए । आफूले जीवनमा शत्रु नकमाएको भाव केहिक्षेण अगाडि अनुभव गरेका कृष्णरायलार्इ केहि समय पछि लठ्ठी प्रहार भएपछि उनले आफ्नो जीवनमन सम्पर्कमा आएका सबै व्यक्तिलार्इ शत्रुको शंका गर्दछन् ।यसरी यस कथाको अन्त्य भएको छ ।
यस कथामा मानिसको शत्रुसँग निकटको सम्भन्ध हुनेकुरा व्यक्त गरिएको छ ।जो व्यक्ति जीवनमा जोडिन आउछ उसको उद्दश्य मिलिन्जेल मित्र हुन्छ भने उद्दश्य फरक पर्ने वितिकै ऊ शत्रु बन्न सक्छ त्यसैले आजको मित्र भोली शत्रु बन्न सक्छ भन्ने सङ्केत यस कथाले गरेको छ ।समाजमा कसैको राम्रो गर्दै गर्दा अन्जानमै भएपनि अर्को व्यक्तिको लागि त्यो राम्रो काम पनि नराम्रो हुन सक्छ र मित्र छिन भरमै यस कथाले प्रस्तुत गरेको छ । मानिस सकारात्मक हुँदाहुँदै पनि परस्थितिले उसलार्इ नकारात्मक बनाउँन सक्छ । त्यसैले समय अनुशार मानिसको शत्रु र मित्र उसको परस्थिति अनुशार परिवर्तन हुन सक्छ ।भन्ने कुरा यस कथामा पाउन सकिन्छ ।
dhanyabad deepa ji. hajurko blog malai sarai manparyo. yesarinai aru pani knowledgeable kura haru halnuhunxa bhanne aasa gardaxu. Lots of Love from Nepal. 💜💜💜💜
जवाब देंहटाएं🙏🙏😊👍👍
हटाएं