शुक्रवार, 13 जून 2025

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा

परिचयः

 नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।  रङ्गमञ्चमा अभिनय गर्न सकिने किसिमको सम्वाद भएको साहित्यलाई नाटक भनिन्छ। साहित्यका अन्य विधाहरू श्रव्य विधा हुन् भने  नाटक अभिनेय दृश्य विधा   हो । नाटक श्रव्य नहुने त होइन तरपनि यो विधालाई चिनाउने मूल विशेषता नै अभिनेयात्मकता हो । त्यसैले यसलाई दृश्यविधा भनिएको हो ।पूर्वीय साहित्यमा इतिहास प्रसिद्ध वा लोकप्रसिद्ध कथावस्तु भएको, सन्धिले युक्त, धीरोदात वा विशिष्ट व्यक्ति नायक भएको, सुख दुःखको चित्रण गरिएको, वीर र शृङ्गाररस मध्ये कुनै एउटा रसले युक्त तथा प्रमुख भएको, बढीमा दश अङ्कसम्म विस्तारित एवम् चार पाँच जना मुख्य पात्र भएको काव्यलाई नाटक भनिन्छ पाश्चात्य परम्परामा पनि नाटकसम्बन्धी यस्तै धारणा पाइन्छ ।

 परिभाषाः

• तीनवटै लोकका भावको अनुकरण नै नाटक  हो ।     - भरतमुनी

• विभिन्न अवस्थाहरूको अनुकरण नै नाटक हो।         - धनन्जय

 • नाटक चित्रपट झैँ' समस्त विशेषताले भरिएको चित्र विचित्रको हुन्छ, अर्थात् दृश्य विधान गीत अभिनय आदि एवं रङ्ग प्रसाधनहरूले परिपूर्ण भएको हुनाले नाटक चमत्कारपूर्ण र आनन्ददायकहुन्छ ।       - वामन

   • नाटकमा सत्व रज र तम तीनै गुणको समावेश हुन्छ अत एव विभिन्न रुचि भएका मानिसहरूलाई समान रुपले आनन्द दिले एकमात्र माध्यम नाटक हो।          - कालिदास

• कुनै गम्भिर, स्वयंमा पूर्ण एवं सुनिश्चित आकारको कार्यको अनुभूति नाटक हो।      - अरस्तु

•  नाटक मानव जीवनको अनुकरण र रीतिहरुको दर्पण हो।               -  सिसेरो

• नाटक प्रकृति प्रतिबिम्बित हुने दर्पण हो ।  - भिक्टर ह्यु गो

• काव्यको सर्वगुण संयुक्त खेललाई नाटक भनिन्छ ।              - भारतेन्दु हरिश्चन्द्र

• नाटक देश काल, र वातावरण विशेषसित सम्बनिया नरनारीको जीवनलाई अभिनेता अभिनेतृ द्वारा वार्तालाप र कार्यका भरमा अभिनयगरी देखाइने कला हो।              - केशव प्र. उपाध्याय

         उपर्युक्त विभिन्न परिभाषाका आधारमा नाटकलाई यसरी परिभाषित गर्न सकिन्छकि नाटक मानव जीवनको अनुकरणात्कक विधाहो जुन अभिनेताद्वारा अभिनयमूलक ढङ्गामा संवादका वा दर्शकका निमित प्रस्तुत गरिन्छ । संवाद र कथोपकथनका माध्यमबाट मानव जीवनका विभिन्न क्रियाकलापहरुको अनुकरण गरी अभिनय मूलक पाठक वा दर्शकका निम्ति प्रस्तुत गरीने मनोरञ्जनात्मक साहित्यिक विधालाई नै नाटक भनिन्छ ।

गुरुवार, 12 जून 2025

राजव र उनको एटलान्टिक स्टिट उपन्यासको विश्लेषण

 लेखक परिचयः

वास्तविक नामः जनार्दन पुडासैनी

जन्मः वि.सं. २०११

पहिलो रचनाः रोलर शीर्षकको कथा

उपन्यासः

  •  एटलान्टिक स्ट्रिट(२०६५) पहिलो उपन्यास
  •  भूमिगत लीला दुर्इहजार बत्तीस(२०६७)
  •  मोटेल अमेरिका(२०६७)

औपन्यासिक प्रवृत्तिः

१.डायस्फोरिकचेतनाको शक्ति,

२.मनोविश्लेषणात्मक,

३.उत्तर आधुनिकवादी प्रवृत्ति,

४.अस्तित्वादी,

५ विकृति विसङ्गगतिपूर्ण पाटोलाई उजागर गर्नु,

६. अन्तरर्राष्ट्रि परिवेशको प्रयोग,

७.भाषिक जटिलता,

८.जीवनमा पाएका सुख सुविधा सबै भ्रम हुन् भन्ने चिन्तन, 

एटलान्ट्रिक स्टिक उपन्यासको विश्लेषणः

सन्दर्भः

एउटा राष्ट्रमा जन्मिएर हुर्किएको व्यक्ति जहाँ उसले भाषा ,संस्कार र संस्कृति सिकिसकेको हुन्छ ,जुन भुगोललाई आफ्नो ठानेको हुन्छ त्यहाँबाट सुनिश्चित भविश्यको खोजिमा देशको माया,संस्कृति र संस्कारलाई पनि जोगाउँदै जब अर्को देशमा पुग्छ तब उसले पाउने शारीरिक,परिवारिक ,समाजिक ,भाषिक , साँस्कृतिक सबै खालका समस्याबाट कसरी जुध्नु पर्छ भन्ने कुरा यहा प्रस्तुत गरिएको छ ।

कथावस्तुः

गाँसबास ,कपास ,शिक्षा र सुभिधाको खोजिमा भाैतारिदै नेपालबाट विदेश (अमेरिका) पुगेका नेपालीहरूको प्रतिनिधि पात्रका रूपमा यहाँ सुनाम देखा परेको छ । दुई छोराछोरीलाई साथ लिएर अमेरिका पुगेको सुनाम उपध्यय रूपहरिको अपार्टमेन्टमा शरणलिन पुग्दछ ।केहि समयपछि अर्को अपार्टमेन्टमा बसी सानो तिनो काम खोज्दै राम्रो कामको खोजिमा निकै कष्ट पाएको हुन्छ ।रूपहरिकहाँ बस्दा काम भन्दा पनि बासस्थान नै ठूलो ठानेका उनीहरूले बल्लबल्ल एलम स्टेटको युवा दलाल एलेन मार्फत सेभेन्टिन एटलान्टिक स्ट्रिटको राम्रो  आधुनिक काठेघर भाडामा लिन्छन् । अपार्मेन्टको भाडा पनि उनीहरूलार्इ  सुहाउँदो हुन्छ तर सानो ।फ्रब्रुवरीमा अमेरिका छिरेका उनीहरू जुनसम्म यानकी ५ महिना सम्म अनिश्चितताका साथ उनीहरू बाँच्नु परेको हुन्छ । काम नभेटिएर भाैतारिनु पर्दाको समयमा मातृभूमीको यादले सताउँछ ।त्यसपछि ५ महिना पछि काम भेटेका सुनाम र उसकी स्वास्नी काममा त लाग्छन तर उसकी स्वास्नीको काम भने निकै खतरनाकपूर्ण हुन्छ । मेसिनको अगाडि बसेर काम गर्नुपर्ने हुनाले गर्मीको कारण त्याहाँ काम गर्दा ब्रा मात्र लगाएर काम गर्ने हुनाले उदण्ड केटाहरूबाट पनि उति नै डर हुन्थ्यो । केहि समयपछि सुनामको मेनेजरको कारणले उसले जागिर छोड्नु पर्छ त्यसपछि विभिन्न ठाउँहरूमा दरखस्ता दिन्छ तर कहि काम नपाएपछि निरास हुन्छ ।जागिर खोज्ने क्रममा वाल्यकालको साथी लसएन्जल्ससँग भेट हुन्छ ।उनीहरू देश,बाल्यकाल गाउघरको याद गर्छन् । त्यसपछिएउटा मदिरा पसलमा विज्ञान प्रधानसँग उसको भेट हुन्छ ।विज्ञान १७ वर्षदेखि एउटै पसलमा काम गर्दै हुन्छ ।भिषा सकिएर लुकेर काम गरेको र स्वास्नी छोरालार्इ पैसा पठाउने गरेको हुन्छ ।यी कुरा थाहा पाएपछि सुनामलार्इ पैतृक सम्पतिको भन्दा अाफ्ना अाफन्तका यादले व्याकुल भएको हुन्छ । होल अर्ग्यानिक फुड मार्केटमा दरखास्त दिएर हार्वड विश्वविद्यालयको परिसर भित्रको विद्दार्थी हिँडरूने गोरेटोबाट निस्किएर हार्वड स्क्वायर हुदै स्ट्रेट स्थित महान अमेरिकी कवि हेनरी वर्डस्वर्थ लङफेलेको एेतिहासिक निवासमा पुग्छ ।त्यहा काव्यवाचन गरेको देख्छ र उसलार्इ त्यो कविता अापेवासिका लागि लेखिएको महसुस हुन्छ । जागिर नपाएर छटपटाइरहेको सुनामलार्इ एक्कासी फुडमार्केटबाट फोन अाउछ र त्यहा बङ्गलादेशकी महिला नासरिन  रहेको कुरा थाह पाउछ । त्यहा समयमा पुग्छ ।उसको भेट नासरिनसँग त्यहि हुन्छ ।बङ्गलादेशको मुक्ति सङ्ग्रमको समयमा ५,६ वर्षको उमेरमा नेपाल अाएकी हुँदिरहिछे नासरिन ।यो कुरा थाहापाएपछि सुनामलार्इ अाफू नेपाली माटोमा नै काम गरिरहेको छु भन्ने महसुस हुन थाल्छ । नासरिनलार्इ भने अाफू पहिले कलेजमा पढाउने सम्मानित पेसामा रहेको तर पछि लोग्नेले ग्रिनकार्ड पाएपछि अमेरिका जानुपरेको र फुडमार्केटको कामबाट असन्तुष्ट भएको कुरा व्यक्त गरिएको छ ।सुनाम र उसकी श्रीमतीले पछिल्लो समयमा काम पाउन थालेको अनि भाैतिक सम्पति र कार जोड्दै गएपछि भने नेपालमा नै बसेको भए सम्पति जोड्न नसकिने तर्क गर्छन । सयरी यस उपन्यासको अन्त्य भएको छ ।

पात्रहरू

  • सुनाम उपाध्यय
  • हीरारत्न मालाकार
  • नसरिन
  • विज्ञान प्रधान

परिवेश

  • बाह्रय  परिवेशः मेरिकाको एटलान्टिक स्ट्रिट,लसयन्जल्स,
  • अान्तरिक परिवेशः नेपालको शोषण,दमन र समाजमा देखिने दमनिय अवस्थाको खोजि 
  • अन्यः काठमाडाैको शिवपुरी, स्यम्भु,प्याफल, बागबजार, घण्टाघर ,बङ्गलादेश , क्यालिफोनिया अादि

निश्कर्ष

  • मानिस जहापुगे पनि समाजमा नै रहन्छ ।
  • विदेशिन वाध्य भएका नेपालीले वैदेशिक भुमिमा भोग्नुपर्ने समस्यालार्इ देखाएको छ ।
  • डायस्पोरिक साहित्यमा पाइने द्वयैध मानसिकतालार्इ प्रस्तुत गरेको छ ।
  • विदेशमा बसेका मानिसहरूले पेसागत रूपमा मात्र कुराकानी गर्छन तर मित्रवत कुरा हुँदैन भन्ने सङ्केत गर्दै मानिसमा बढ्दैगएको भाैतिकवादलार्इ जोडेको छ ।
  • स्वदेशप्रतिको अनुराग र विदेमा कमाउन सफल भएको भाैतिक वस्तुको अलमलमा विदेशी भुमिमा बसेका मानिसको मानसिक द्वन्दलार्इ उतार्न सफल देखिन्छ यो उपन्यास । 






बुधवार, 11 जून 2025

आधुनिक नेपाली कथा र उपन्यास(४१६)

 

                    बी.एड.प्रथम वर्ष

धुनिक नेपाली कथा र उपन्यास(४१६)

                                                                                          पूर्णाङ्क –१००

समय – ३घण्टा

                             समूह ‘क’        २०

सबै प्रश्नहरूको उत्तर दिनुहोस् । सर्वोत्तम उत्तरमा रेजा चिह्न( ) लगाउनुहोस्

१.पहिलो आधुनिक नेपाली कथा कुन हो ?

क. चन्द्रवदन            ख.नासो

ग.मैया साहेव            घ. छिमेकी

२.नेपाली कथाको माध्यमिक कालको सुरूवात कुन कुराबाट भयो ?

क. गोरखापत्रको प्रकाशन       ख.शारदाको प्रकाशन

ग . माधवीको प्रकाशन        घ. गोर्खा संसारको प्रकाशन

३.आयमेली नेपाली साहित्यकार को हुन् ?

क.इन्द्रबहादुर रार्इ        ख. रमेश विकल

ग. पुष्कर शमशेर        घ. गोबिन्द गोठाले

४. लक्ष्मीप्रसाद देवकोटाले कथालाई कसरी परिभाषित गरेका छन् ?

क. कलात्मक इतिवृत्ति          ख. आख्यानात्मक अभिव्यक्ति

 

ग.सानो झ्यालबाट देखिने संसार   घ. एकै बसाइमा पढ्न सकिने आख्यान

५.आख्यान तत्वको दृष्टिले निकटवर्ती विधा कुनकुन हुन्?

क.कविता-निबन्ध ख.नाटक- निबन्ध

ग.जीवनी- कथा घ.कथा- उपन्यास

६.‘पहेलो गुलाफ’ कथामा ‘झुसिल्किरा’ के को प्रतीक बनेको छ?

क.अस्वस्थजन्य नारी चरित्रको ख.कामयेच्छुकजन्य पतिको यौनजन्य भावको

ग. प्राकृतिक सुन्दरताको घ. रूग्णताको

७.‘धैर्यता र संयमले संसार जित्न सक्छ’ भन्ने शन्देश कुन कथाले दिन खोजेको छ?

क. लाहुरी भैँसी ख. सावित्रीको बाख्रो

ग.शत्रु           घ.चुनौती

 

८. ‘थैले खत्रीको इतिहास’ कथको थैले खत्रीको वास्तविक नाम के हो?

क. नरबहादुर         ख. हरिप्रसाद

ग. कुलबहादुर        घ. वृहस्पति

९. प्रयोगवादी नेपाली कथाको मुख्य विशेषता के हो ?

क.डायरी लेखन ख. परम्पराको निर्भाहा

ग. कथाहिन कथाको रचना घ.सामाजिक सन्देश

१०. लोक कथाको विशेषता कुन होइन ?

क. अलौकिक प्रेम प्रसङ्ग ख.बहुआयामिक दृष्टिकोण

ग. काल्पनिक प्रबलता घ. मनोरञ्जनात्मकता

११.मिथकीय धाराको पहिलो कृति कुन हो ?

क.माधवी                   ख.त्रिदेवी

ग.सुम्निमा                 घ.मोदीआइन

१२.ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अन्त्यपछि’कहिले प्रकाशित भएको हो ?

क. वि. स. २०२२            ख. वि. स.२०३४

ग. वि.सं. २०३२             घ.वि.सं. २०२४

१३. आधुनिककालीन नेपाली उपन्यासको प्रथम कृति कुन हो?

क.रूपमती              ख. सुमती

ग. मुलुकबाहिर           घ. बसार्इ

१४. पारिजातद्वारा नेपाली उपन्यासमा भित्र्याइएको प्रवृत्ति कुन हो ?

क.प्रगतिवादी चेतना ख. अस्तित्ववादी / विसंगतिवादी चेतना

ग. स्वैरकाल्पनिक चेतना घ. मिथकिय चेतना

१५. दौलतबिक्रम बिष्टको प्रवृत्तिगत विशेषता के हो ?

क. बौध्दिक लेखन ख. प्रयोगवादी लेखन

ग. मनोविश्लेषणात्म लेखन घ. अमूर्त लेखन

१६.रने , म्याउची जस्ता पात्र कुन उपन्यासमा देखिन्छन् ?

 

क. लङ्गडाको साथी ख.मुलुक बाहिर

ग. शिरीषको फूल घ.उपसंहार अर्थात चौथो अन्त्य

१७. डायस्पोरिक लेखनको अभिष्ट पक्ष के हो ?

क. स्वदेश प्रतिको अनुराग ख. विदेशप्रतिको आकर्षण

ग. सीमान्तीकृत चिन्तन घ.अर्थोपर्जनको लक्ष्य

१८.‘ नरेन्द्र दाइ ’ उपन्यासमा प्रतिकुलबाट अनुकुलतर्फ मोडिएको पात्र कुन हो ?

क. कप्तान बा ख. कप्तानी आमा

ग. नरेन्द्र दाइ घ. मुनरिया

१९.‘भोक र भित्ताहरू’ उपन्यासको हर्के साहिँला कस्तो चरित्रको पात्र हो?

क.आशावादी र परोपकारी ख. परिश्रमी र विवेकी

ग. अपराधी र स्वार्थी घ. पश्चतापी र उत्साही

२०. ‘ यमपुरीको महल’ उपन्यासको उपन्यसकार को हुन्?

क. दौलत विक्रम विष्ट ध्रुवचन्द्र गौतम

ग. होमनाथ सुवेदी घ. पारिजात

       समूह ‘ख’                 x७=५६

१ कथाको विधागत स्वरूप निर्धारण गर्नुहोस् ।

२. आधुनिक नेपाली कथाको समसामयिक धाराको प्रवृत्तिहरू उल्लेख गर्नुहोस् ।

                 अथवा

अन्य विधासँग कथाको सम्भन्ध प्रष्ट पार्नुहोस् ।

३.‘शत्रु ’कथामा के कस्तो मनोविज्ञानको प्रयोग गरिएको छ ?

४‘.साबित्रीको बाख्रो ’ कथाका आधारमा साबित्रीलार्इ चिनाउनुहोस् ।

५.‘सिटीहलको एउटा बुढोनज्यामी ’ कथाका केन्द्रीयतामा पारिजातको प्रवृत्तिगत विशेषता निर्धारण गर्नुहोस् ।

६. ‘नरेन्द्रदाइ' उपन्यसकी नायिका गौरी एक आदर्श नारी भएर पनि असफल जीवन भोग्न बाध्य छ ।’’ पुष्टि पार्नुहोस् ।

 

७. 'शिरीषको फूल' उपन्यासका भाषाशैलीगत विशेषताहरू उल्लेख गर्नुहोस् ।

अथवा

दौलतविक्रम विष्ट र ध्रुवचन्द्र गौतमका औपन्यसिक प्रवत्तिहरूको तुलना गर्नुहोस् ।

८. उपन्यास संरचनाका लागि आवस्यक पर्ने उपकरणहरूको सङ्क्षिप्त परिचय दिनुहोस् ।

                 समूह ‘ग’              x १२ = २४

९. ‘भोक र भित्ताहरू’ उपन्यास भित्रको समाजलार्इ केलाउनुहोस् ।

१०. विश्वेश्वरप्रसाद कोइरला र पारिजातका औपन्यासिक पहिचानको तुलनात्मक समिक्षा गर्नुहोस् ।

                    अथवा

कथाकार भवनी भिक्षु र इन्द्रबहादुर रार्इका कथा लेखनको प्रवृत्तिगत समिक्षा गर्नुहोस् ।

सोमवार, 2 जून 2025

नारायण ढकाल र उनको प्रेतकल्प उपन्यासको विश्लेषण।।

 नारायण ढकालको परिचयः

प्रेतकल्प उपन्यास
नारायण ढकाल














जन्मः वि. सं. २०१०
पिताः नागेन्द्रप्रसाद ढकाल
माताः शान्ता ढकालका
कृतिहरूः
  • पहिलो कृतिः२०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन
  •  कथासङ्ग्रहःसहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१)
  • बालकथा सङ्ग्रहःमुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) 
  • उपन्यासःपीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५)
  • फुटकर कविताःप्रार्थना ,पहिलो घाम फुटकर कविता
सम्मान तथन पुरस्कारः  
  • उत्तम शान्ति पुरस्कार २०५ 
  • लोकेन्द्र साहित्यिक पुरस्कार २०५४ 
  • मैनाली कथा पुरस्कार २०५४ 


औपन्यासिक प्रवृत्तिः

  • प्रगतिवादी 
  • ऐतिहासिक विषयबस्तुमा अाधारि उपन्यास लेखन,
  • छुवाछुत मुक्त समाजको निर्माणका लागि विद्रोह,
  • माक्सवादी चिन्तन,
  • लैङ्गिक विभेदको अन्त्यको खोजि,

  • समाजका अँध्यारा पलहरूको उद्घाटन,
  • यथार्थवादी,
  • अाशावादी श्वर,
  • अाञ्चलिकता,
  • भाैतिकवाद तर्फ लम्कदै गरेको मानिसको अमानवीय प्रवृत्तिको उद्घाटन,
  • अव्यवस्थित समाज र त्यहाँका पात्रहरूको इतिवृत्तान्त यिनको उपन्यासको अर्को प्रवृत्ति हो । 

सन्दर्भः

  • प्रेतकल्प उपन्यास वि.सं. २०६५ सालमा संरचना गरिएको,
  • वि.सं.१९७० को दशकमा नेपालमा भएका इतिहासका घटनको वर्णनमा आधारित,
  • काठमाडाैं वरीपरीको गाउँका मानिसहरूको समस्यालार्इ सन्दर्भ बनाइएको छ।
  • बाबु रामकृष्ण शर्मा र आमा मन्नोदरीको छोरो बालकृष्णको सुधारवादी सोच र त्यही सोचका कारण झेल्नु परेका आरोहावरोहका श्रृङ्खला अनि त्यसबाट प्राप्त संघर्षको शाश्वत प्रस्तुति ,

प्रेतकल्प ?

     संस्कृत भाषामा लेखिएको गरुड पुराणको एक पाटो हो । जुन हिन्दू धर्मावलम्वीहरूले मानिस मरेको छैटौं दिनदेखि दशौं दिनसम्म वाचन गर्ने गर्दछन् ।सो पुराण लगाएपछि मरेका आत्माहरूले शान्ति प्राप्त गर्ने र नारकीय यात्रामा जानपुगेका आफ्ना आफन्तहरूलाई स्वर्गको गति दिने पुरानो पाठका रूपमा विश्वास गरिन्छ । त्यस पुराणमा नरकको वर्णन र रौरवीय यातनाहरुको वर्णन गरिएको छ । जसको श्रवणले मानिसलाई  मरेपछि पनि यस्तो नारकीय यातना पाइदो रहेछ भन्ने बोध भएर  डराएर सत्कर्म गर्दछ भन्ने जनविश्वास रहेको पाइन्छ । 

त्यही गरुड पुराण लगायत अन्य धार्मिक ग्रन्थहरूमा महिलालाई शिक्षादीक्षा दिन नहुने घरखेतमा मात्र सिमित हुनुपर्ने र सन्तान प्राप्तिमा पुरुष वा श्रीमान्लई साथ दिनु पर्ने भन्ने जुन यन्त्रवत् सिद्धान्तहरू थिए ती सिद्धान्त र सन्दर्भबाट तत्कालीन पितृ सत्तात्मक समाज वर्तमान समावेशी समाजको आँखाबाट खण्डित भएको देखिन्छ ।
गरुड पुराणजस्ता अनुशासनका पिन्जडाहरूले नारी र दलित जनजातिलाई कुजो बनाएको थियो । तिनीहरूले स्वतन्त्र रूपमा हिंड्डुल गर्नु, ठूलो जातकालाई होच्याएर बोल्नु वा खानपिन छोइदिनु भयानक अपराध मानिन्थ्यो । यसरी चौरसी लाख योनीको भयानक (हिन्दू धर्मशास्त्रअनुसार मरेपछि प्राप्त गरिन्छ भन्ने जन्म वा पुनर्जन्म, विभिन्न प्रणीमा पुनः जन्मिनु पर्ने भागाइ) आतङ्क देखाएर समाजलाई आफ्नो काबुमा राख्ने प्रयास धर्मग्रन्थहरूले गरेका थिए ।
 

आफ्नो श्रीमान् मरेपछि मन, वचन र कर्मले उसैलाई सम्झदैं जीवन विताउनु हिन्दू धर्मको कृत्य वन्न पुगेको छ । तर श्रीमती मरेको एकदुई महिनामा नै कुनै पुरुषले बिहे ग¥यो भने त्यो आश्चर्यको कुरा भएन ।  यदि यही समाजमा महिलाले पति मरेको दुई महिनामा नै बिहे गरेको भए समाजले के सहजरूपमा स्वीकार गथ्र्यो ? सोझो उत्तर छ स्वीकार गर्ने थिएन, किनभने यो समाजका नीति निर्माता सबै पुरुष हुन् र उनीहरूकै बोल बाला छ समाजमा । अतः जवसम्म महिला र पुरुषका लागि समान रूपमा नीति र दायराहरू निर्माण हुन्नन्, नीति बनेर पनि व्यवहारमा लागु हुन्नन्, सामाजिक चेतनामा परिवर्तन आउ“दैन, महिला मुक्तिका लागि आन्दोलनको ज्वाराभाट दन्किदंैन तबसम्म महिलाहरू यसरी नै पुरुषको तप्केनीमा थिचिई रहनुपर्छ । जसले गर्दा विकसित र समावेशी सभ्य समाज निर्माण गर्नमा बाधा उत्पन्न गर्दछ ।  

प्रेतः– मरेको, स्वर्गे भएको, मानिस मरेपछि प्राप्त हुने कल्पित योनी, मृत व्यक्तिको आत्मा मृतात्मा, पिशाचको एक जुनी ।

कल्पः– मृतक प्रेत योनीबाट मुक्त होस् भनी गरिने दाहसंस्कार, सुरुवात देखि सपिण्डीकरणसम्मको कर्म, माङ्गलिक तथा शुभकार्यको विधिविधान

कथावस्तुः


 प्रेतको प्रतीकको रूपमा उपस्थित गराइएका  यस उपन्यासका पात्रहरू न्याय र समानताका लागि तड्पिएका प्रेत आत्माहरू जस्तै बनेका छन् । त्यसैले तिनीहरूको मुक्तिको याचना गर्दै प्रेतकल्परूपि औपन्यासिक वैदिक कर्म गरिएको छ, अर्थात् उपन्यासका माध्यमबाट दलित र महिलाको मुक्तिका लागि प्रयास गरिएको पाइन्छ । जसमा स्वतन्त्रता र समान हकका मन्त्रहरू उच्चारण गरिएको छ ।जातीय छुवाछूतको आवाज उठाइएको छ । जातका कारण खाडल रहनु हुँदैन भन्ने कुरा नै यस उपन्यासको मुख्य विषयवस्तु हो । 

महिलाले पनि पढ्नु पर्छ र युव भएपछि योग्य पति प्रप्त गर्नुपर्छ भन्ने विषय दयानन्दले उठान गर्छ ।यसैका अकधारमा बालकृष्णले अामालार्इ पढाउने निधो गर्छ । दयानन्दले पृथ्वी भरका सबै प्राणी समान छन् र सबैलार्इ प्रेमले देख्नुपर्छ भन्दछन् ।यस उपन्यासमा विधवा दमयन्ती,मन्दोदरी,सम्बे सार्की सङ्घर्य गरेका पात्रका रूपमा देखिन्छन् त्यसैगरी अरूको कविता भनेर कृति चोरी गर्ने शङ्खधर र कविता कसले चोरी गर्यो भन्ने थाहा नपाउने तर चनमतीलार्इ दुरव्यवहार गर्न खोज्ने रामजी भारद्वार जस्ता पात्रको पनि यहा कमी छैन ।बालकृष्ण पंडित  वनारसबाट पढेर फर्केपछि विधवासँग विबाह,दलितको घरमा खाना खानाले श्री ३को गाथगाद्दी तोकेको भनि देश निकाला गरिन्छ । उनले दलितलार्इ हिनताभावबाट मुक्ति दिलाउन पढाउनु पर्ने र त्यसको लागि विद्दालय खोल्नुपर्ने कुरा गर्छन् । यसमा महाराजले के भन्नेहुन् भनेर जिम्बाले अानाकानी गर्छन् तर पछि मान्छन् । विद्दालयमा पढ्न सार्कीको छोरो रक्ते पढ्न गएपछि विद्दार्थी सङ्ख्या घट्छ ।त्यसमा पनि बालकृष्णले सम्झाए पछि पुन परिस्थिति फेरिन्छ तर श्री ३ ले थाहा पाएपछि उक्त पाठशाला बन्द गराइन्छ र दुःखपुरका बालबालीकाले पढ्न पाउदैनन् । राणाहरूले दमार्इ,कामी,सार्कीलार्इ अार्य समूदायका नबन्न खबरदारी गरे यसरी मानवीयहिन चेतना शुन्य व्यवहार शासकबाट भएको देखाइएको छ ।

गाँस,बास,कपास,वाक स्वतन्त्रता स्वतन्त्ररूपमा सम्पत्ति आर्जन गर्न पाउनुपर्ने जस्ता मानिसका अाधारभूत आवश्यकताका विषयमा ध्यान नदिने तत्कालीन शासन व्यवस्थाले विधवा विवाहलाई मान्यता दिएको थिएन  हुकुमी शासन अक्षरसः पालना नगर्दा सर्वस्वहरण  हुन्थ्यो। यहि कुरा अहिले पनि कताकता फेरिन नसकेको भान हुन्छ भन्ने कुरा यस उपन्यासमा प्रस्तुत भएको छ । अतः दुःखपुर आझै सम्म पनि सुध्रिन सकेको छैन । दुःखपुरका जनताको अझै मुक्ति भएको छैन । आम जनताले प्रेत योनीबाट मुक्ति पाउनु पर्छ भन्ने यस उपन्यासको वास्तविक तात्पर्य हो। 

स्वैरकल्पनाको सिर्जना गरि लेखिएको यस उपन्यासको प्रमुख पात्र बालकृष्णलाई जेलमा हालेर र खेतीपाती गर्न बन्देज लगाएर पनि अदृश्य शक्ति भूतहरूद्वारा काम गरेको देखाइएको छ । वास्तविक रूपमा समाजमा भूतको अस्तित्व छ छैन तर  पनि समाजरूपि भूतको अस्तित्वले युगाैदेखि जरा गाडेर बसेको छ । यिनै भूत र प्रेतजस्ता पात्रहरुले उपन्यासलाई अझ रोचक बनाएका छन् । वास्तविक रुपमा समाजमा अदृश्य प्रेतहरु मुक्तिका लागि छटपटिएर आफ्ना अस्वाभाविक क्रियाकलाप देखाए झैं यस उपन्यासका पात्रहरु पनि उन्मुक्तिका लागि छटपटाइ रहेका छन् । भूत र प्रेतलाई नेपाली जनतासँग तादात्म्य स्थापित गराएर उपन्यासकारले नौलो प्रयोग गरेका छन् । तिनै अन्याय र अत्याचारको चपेटामा परेर भड्किएका प्रेतात्माको मुक्तिका लागि गरुडपुराणको वाचनशैलीमा वाचन गरिएको पाइन्छ उक्त उपन्यास ।सम्पूर्ण दुःखपुरवासीको उन्मुक्ति र त्यहाँका कुशासनको चीसो ठीहिबाट ढकालले प्रेतकल्प लगाएका छन् । विधवाको मुक्तिका लागि, शिक्षित युवाहरुको प्रतिभा स्वतन्त्ररूपमा प्रस्फुटनका लागि, जनमुखी न्यायका लागि, आफ्नो प्रतिभा चोरिने डरबाट स्रष्टाको मुक्तिका लागि र समाजमा एक्लो पारिएका क्रान्तिकारी बालकृष्णहरूका लागि उपन्यासले प्रेतकल्पको सन्तप्त कराहीबाट मुक्तिको प्रयास थालनी गरेको छ ।  


उद्देश्यः

     साहित्यले  सामाजिक तन्त्रको अभिव्यक्ति गर्छ । त्यस ऐतिहासिक विकासका क्रममा अर्थको असमान वितरणका कारण विभिन्न वर्गहरु निर्माण हुुने र उपल्लो वर्गका मानिसले तल्लो वर्गका मानिसलाई सधैं दवाएर राख्छ भन्ने विचार लेखकको देखिन्छ ।  त्यही वर्गसङ्घर्षको सिद्धान्तको सेरोफेरोमा ‘प्रेतकल्प’ उपन्यास निर्माण भएको छ ।यस उपन्यासको प्रमुख पात्र बालकृष्ण संस्कृत शिक्षा अध्ययन गरेर पनि सुधारवादी सोच राख्ने  पात्रका रूपमा उपस्थित भएको छ । ऊ संस्कृत पढेको समाजवादी व्यक्ति हो । साथै समाजका वुर्जुवा र सामन्तवादी विकृतिहरूको भण्डाफोरका साथै काले र धनविरे लगायतका पात्रहरूको निम्न आर्थिक अवस्था र दमयन्ती जस्ता विधवा नारीहरुको पीडा यस उपन्यासमा स्थापना गरिएको छ । बालकृष्ण निम्न मध्यम वर्गीय पात्र हो ।धनविरे, काले, बैठके, पाले आदि पात्रहरू निम्न वर्गका छन् । यिनै पात्रहरूका माध्यमबाट सामन्ती संस्कारको उत्खनन् गर्दै १९५०को दशकदेखि २००७ सालसम्मका घटना परिघटना र ऐतिहासिक तथ्यको औपन्यासिक प्रस्तुति यस उपन्यासमा प्रस्तुत छ । हुकुमी तन्त्रमा शासन चलाउन चाहने तत्कालीन प्रशासनका ठेकेदारहरूका कर्तुत र तिनीहरूले तल्लो वर्गका जनताहरूलाई दबाएर राखेको स्पष्ट चित्रण यस उपन्यासमा छ । तिनै ठेकेदारका विसङ्गत क्रियाकलापका कारण समाज सुधारको चेतना दिनप्रतिदिन जटिल बन्दै गएको छ । प्रतिक्रियावाद र सामन्तवादका खराव आचरणले सुधारको चाहनामाथि तुषारापात गरिदिएको छ । जनतालाई नोकर ठान्ने र आफूलाई सँधै मालिक वा भाग्य विधाता ठान्ने तत्कालीन प्रशासकहरू सामन्तवादी ढर्रामा नै आफ्नो शासनसत्ता टिकाएका छन् र त्यहीअनुसार न्याय दिने व्यवस्था गरेका छन् । कानुनका अभावमा महिलालाई भेदभाव गरिएको छ । कुमार बालकृष्णले विधवा दमयन्तीलाई विवाह गरेकै आधारमा उसलाई समाजबाट बहिस्कार गरिएको छ ।  दमयन्ती पात्र र कुमार बालकृष्णसँगको विवाहलई समाज र प्रशासनले नकारात्मक दृष्टिकोणबाट नियालेको छ । दमयन्ती दमित छे । विधवा महिलालाई पनि पुरुषलाई बरावर अधिकार दिनुपर्छ भन्ने  आवाज दमयन्तीमार्फत उपन्यासले सशक्त ढङ्गबाट प्रस्तुत गरेको छ । नारीलाई उखुको लाक्रोजस्तो चुसेर फ्याकिने तुच्छ वस्तुका रूपमा प्रयोग गर्ने र निम्नवर्गका व्यक्तिको मानवीय अस्तित्वलाई निकृष्ट ठान्ने  सामन्तवादी संस्कारको बिरोध गरिनु नै यस उपन्यासको उद्देश्य बन्न पुगेको छ । 


पात्रविधानः

  •  चन्द्रशमशेर, विष्णुभक्त, उसको छोरो रामभक्त, बबरशमशेर जस्ता उच्च कुलघरान भएका पात्रहरुः

 १.जनतालाई सेबक ठान्ने र आफूलाई संधै मालिक वा भाग्य विधाता ठान्ने तत्कालीन प्रशासकहरू सामन्तवादी ढर्रामा नै आफ्नो शासनसत्ता टिकाएका छन् र त्यही अनुसार न्याय दिने व्यवस्था गरेका छन् भन्ने कुरा किटानी जाहेरी गरिएको छ । हुकुमी तन्त्रमा शासन चलाउन चाहने तत्कालीन प्रशासनका ठेकेदारहरूका कर्तुत र उनीहरूले तल्लो वर्गका जनताहरूलाई दवाएर राखेको स्पष्ट चित्रण यस उपन्यासमा छ ।

 सुभद्रा, दमयन्ती(७ वर्षको उमेरमा विबाह भएको, वैधव्य जीवन विताएकी त्यहि समयमा कुमार बालकृष्णसँग भेट भएको र विबाह) , बालकृष्ण, शंखधर, रामजी भारद्वाज जस्ता मध्यम वर्गीय ग्रामीण पात्रहरूः 
१.मध्यम वर्गीय पात्रहरूमा सुधार आवश्यक छ भन्ने चेतना आइसकेको छ ।                          २.पं.बालकृष्ण हेपिएका जनताको मुक्तिका लागि लड्ने प्रतिद्धता जाहेर गर्दागर्दै देश निकाला भएको छ ।

  •  साम्बे सार्की, काले, चनमती, बहादुरे, सन्ते, धनवीरे आदि  निम्नवर्गीय पात्रहरूः
    निम्न वर्गीय पात्रहरूमा सुधार आवश्यक छ भन्ने  चेतना आउन सकेको छैन।

   

 


रविवार, 1 जून 2025

मंगलवार, 20 मई 2025

हिटलर र यहूदी उपन्यासको विश्लेषण ।

हिटलर र यहूदी उपन्यासको विश्लेषणः 

विश्वेश्वरप्रसाद कोइरालाः परिचय


 जन्मः१९७१ भदौ २४ - २०३९ साउन ६

कृतिहरूः 

१.तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास ,

२.दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, 

३.वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’,सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’

४.ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्ध  जस्ता कृतिहरू प्रकाशित छन् ।

कोइरालाका अाैपन्यासिक प्रवृतिः

१.मनोविष्लेषणवादी
२.नैतिकता नै मानिसको सबैभन्दा ठूलो हतियार हो भन्ने मान्यता,
३.विसङ्गतीवादी,
४.अस्तत्ववादी,
५. चरित्रप्रधान,
६.जीवन एउटा भवितव्यता र नियतिको बसमा छ भन्ने मान्यता,( बाबु, आमा र छोरा उपन्यासकी उमाले प्रेमीलाई छोरो सम्झनु नियतिको यसको उदाहरण हो ।)
७.नारी चेतनाको पक्ष ( तीन घुम्तीमा प्रत्येक पल्ट निर्णय गर्न किंचित पनि नहच्किने इन्द्रमायाले नारीमुक्तिको चेतनाको सबैभन्दा ठूलो शंखघोष गरेकी छ ।)
८. मिथकको प्रयोग(सुम्निमा )

     ९.मानवतावादी

ह   हिटलर र यहूदी उपन्यासः

सन्दर्भः

.दोस्रो विश्वयुद्बले भग्नावशेष बनाएको संसार र यसले पुर्याएको असर ,
२.आर्य—संस्कृतिमा निहित अध्यात्मवादी दर्शन र वास्तविकताको अन्तरद्वन्दको मनोविश्लेषण ।

को हुन् हिटलर???

१.जर्मनीका एक कुख्यात तानाशाह (तानाशाही नेता) थिए। उनी २०औँ शताब्दीको सबैभन्दा विवादास्पद, क्रूर र ऐतिहासिक व्यक्तित्वहरूमध्ये एक हुन्।

२.२० अप्रिल १८८९, ब्राउनाउ एम इन अस्ट्रियामा जन्मिएका र ३० अप्रिल १९४५, बर्लिन, जर्मनीमा मृत्यु भएको (जब दोस्रो विश्वयुद्धमा जर्मनी हार्न लाग्यो, सोभियत सेना बर्लिन पुग्दा हिटलरले आत्महत्या गरे।) थियो ।

३.जर्मन राजनीतिज्ञ,नाजी पार्टी का नेता,१९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर (प्रधानमन्त्री),१९३४ पछि जर्मनीका सर्वोच्च नेता  बनेका थिए ।

दोस्रो विश्वयुद्ध  सुरु गर्ने मुख्य व्यक्ति (१९३९),होलोकास्ट  लगभग ६० लाख यहूदीहरूलाई व्यवस्थित रूपमा हत्या गराउने योजना — "फाइनल सोलुशन",अधिनायकवादी शासन, अभिव्यक्ति स्वतन्त्रताको दमन, र नश्लीय  नीतिहरू निर्माण गरेका थिए ।

५.नाजी विचारधारामा जर्मन जातिको सर्वोच्चता , यहूदी विरोध, अधिनायकवादलोकतन्त्रको विरोधी, युद्धको पक्षपाती देखिन्थे ।

यहूदी को हुन्?

यहूदी एक धार्मिक, सांस्कृतिक र जातीय समुदाय हो, जसको उत्पत्ति प्राचीन इजरायल र यहूदा राज्यबाट भएको मानिन्छ। यहूदी धर्म विश्वका सबैभन्दा पुराना एकेश्वरवादी धर्महरूमध्ये एक हो, जसको मुख्य विश्वास परमेश्वर  प्रति आस्थामा आधारित छ। यहूदीहरूको पवित्र ग्रन्थ तोरा हो, जुन बाइबलको पहिलो पाँच पुस्तकहरूमा आधारित छ। यहूदीहरूले विश्‍वास गर्छन् कि उनीहरू ईश्वरद्वारा चयन गरिएको "चुनेका मानिसहरू" हुन्, र तिनीहरूको धर्म, परम्परा, र संस्कारहरू अत्यन्त विशेष छन्। विश्वभरि लगभग १ करोड ५० लाख यहूदी छन्, मुख्य रूपमा इजरायल र अमेरिका मा बसोबास गर्ने। इतिहासमा यहूदीहरूलाई विभिन्न समयमा विभिन्न देशहरूमा अत्याचार, बहिष्कार र नरसंहारको सामना गर्नु परेको छ, विशेषतः दोस्रो विश्वयुद्धको समयमा नाजीहरूले गरिएको होलोकास्ट अत्यन्त दुखद घटना हो, जसमा ६० लाखभन्दा बढी यहूदीहरू मारिए। आज पनि यहूदी समुदायले आफ्नो धर्म, संस्कृति, र इतिहासलाई जगेर्ना गर्नका लागि विश्वभर सक्रिय प्रयास गरिरहेका छन्।

शीर्षकः

उपन्यासमा जताततै हिटलरको तानाशाही तथा क्रूर शासनको चर्चा परिचर्चा र त्यसले यहुदीहरुमा पर्न गएको असरको सेरोफेरोमा रहेर घटनाको वर्णन भएकाले शीर्षक अत्यन्त सार्थक देखिन्छ । 

कथावस्तुः

पहिलो परिच्छेदमा उपन्यासको प्रमुख म पात्र क्यान्सरको उपचारका लागि बम्बइको टाटा क्यान्सर अस्पतालमा गएको हुन्छ । यो भन्दा पहिला पनि गएको भए तापनि उसले बम्बइ सहरलाई अहिले निकै फरक देख्दछ । डाक्टरलाई देखाएपछि डाक्टरले उसलाई उपचारका लागि बाहिर जानुपर्ने सल्लाह दिन्छ । बम्बइमा त्यतिबेला समाजवादी सम्मेलन चलेकाले उसले सजिलै बस्नका लागि होटल पनि पाउन सक्दैन । धेरै भौँतारिइसकेपछि उसले एउटा सानो कोठा प्राप्त गर्दछ । खाना खान लाग्दा उसको डेविड नामक व्यक्तिसँग भेट हुन्छउसले आफू अन्तर्राष्ट्रिय यहुदी सङ्गठनका तर्फबाट हिन्दूस्थानबाट इजरायल जान चाहने यहुदीहरूलाई फर्काउने काममा लागेको परिचय दिन्छ । साथसाथै उसले समाजवादी सम्मेलनले इजरायल विरुद्ध नराम्रो निर्णय नलियोस् भनी त्यसका सहभागीहरूलाई सम्झाउने जिम्मा सहित लिएको कुरा बताउँदछ । हिटलरले चार वर्षको समयावधिमा साठ्ठीहजार यहुदी मारेको कुरा गर्दै हिटलरी शासनको विरोध गर्दछ । यसै बेला यहुदी विरोधी लेवनानी पत्रकार मार्गरेट उनीहरू भएको ठाउँमा आइपुग्छे र भन्छे यहुदीहरुको दूषित षड्यन्त्रको सङ्गठन बम्बईमा रहेछहिटलरको मानव संहार पछि आदिवासी कृस्तानीलाई अरबका जोर्डन र गाजा क्षेत्रबाट लखेटेकोमा ऊ क्रुद्ध भई भन्छे कि इजरायललाई हामी मध्य सागरमा धकालेर डुबाइदिन्छौँ । यति भन्दै ऊ सुत्न जान्छे । म पात्रलाई सुत्दा निद्रा नलागेकाले समुद्रको किनारतिर जाँदै गर्दा बाटोमा उसलाई दलालले यहुदी र लेवनानी केटी मिलाइदिन्छु भन्छ । उसका कुराको वास्ता नगरी समुद्रको किनारमा जाँदा उसले त्यहाँ विभिन्न यौन क्रिडा तथा प्रेमालाप भइरहेको देख्छ । बिहानपख ऊ कोठामा आएर सुत्छ । 

 दोस्रो परिच्छेदमा म पात्र घरमा आएको हुन्छ । लोग्नेलाई क्यान्सर लागेको थाहा पाउँदा पाउँदै पनि लक्ष्मीले उसलाई प्रेम र यौनका कुरा हुँदा संभोगलाई परमानन्दको संज्ञा दिन्छे । उसले हिटलरको नरसंहारकारी युद्धको वर्णन भएको पुस्तक पढिरहेका बेला उपचारका लागि विदेश जान अनुरोध गर्छे । लक्ष्मीले नै आफ्ना गहना बन्धक राखेर पैसा जम्मा गर्ने, पासपोर्टका लागि विदेश विभागसँग सम्पर्क गर्ने, विदेशी मुद्राका लागि बैँकमा सम्पर्क गर्ने, टिकटका लागि सम्पर्क गर्ने जास्ता सबै काम आफैँ गर्छे । हजुर स्वस्थ भए म नै बन्धक भए पनि डर छैन भन्ने कुरा गर्छे । काठमामाडौँमा सबै कुरा बन्दोवस्त गरी म मात्र बम्बई जान्छ र सातौँ दिनमा बेलायतका लागि पानीजहाजमा प्रस्थान गर्छ ।          

  तेस्रो अनुच्छेदमा म पात्र पानीजहाजको यात्रा प्रारम्भ गर्छ । यसै बेला यहुदीहरुलाई पानीजहाजमा पठाउँदै गरेको डेविडसँग उसको भेट हुन्छ । ऊ इङ्ल्याण्डबाट घर फर्कँदा इजरायलको बाटो भई फर्कने कुरा गर्छ । सोही पानीजहाजको यात्रामा उसका हिन्दू मूलका मद्रासी ब्राह्मण नारायण र गुजराती मूलकी रेवा हुन्छन्  । नारायण हिन्दु भए पनि कट्टर हिन्दु छैनन् । उनले फ्रेन्च महिलासँग विवाह गरेका छन् । पत्नी र छोरो सहित उनी आफूले लेखेको फ्रेन्च भाषामा लेखिएको उपन्यास छाप्न त्यहाँ जाँदै  छन् । डाक्टरकी श्रीमती गुजराती रेवा भने पतिको घर लन्डन जाँदैछिन् । उनीहरुसँग एक जोडी मराठी पनि बसेका छन् तर उनीहरुको त्यति भूमिका देखिँदैन । यस यात्राको प्रमुख पात्रको रूपमा देखा पर्ने नारायण चिन्तनले हिन्दूवादी भए तापनि व्यवहारमा निकै उदार छ । उसलाई हिन्दू संस्कृति प्रति औधी मोह छ । संस्कृतको राम्रो ज्ञान भएको नारायण आफ्ना बोलीहरुका बीच–बीचमा पटक पटक संस्कृतका श्लोकहरुको उच्चारण गरिरहन्छ ।अर्की युवती रेवा गुजराती भएर पनि पुरै पश्चिमी सभ्यता र संस्कृतिबाट प्रभावित देखिन्छे । म पात्र यिनीहरुका बीचमा रहेर यात्रा गर्दछ । यिनीहरुका बीचमा धर्म, संस्कृति, सभ्यता आदिको विषयमा चर्चा चलिरहन्छ ।  यात्रामा रेवा विरामी भएको, स्वीमिङ पुलमा पौडी खेलेको, भोजमा सहभागी भएको, घुमफिर र रोमान्सका विषयहरुको वर्णन यस परिच्छेदमा गरिएको पाइन्छ । चौथो परिच्छेदमा पनि उनीहरुको दैनिक क्रियाकलापको वर्णन भइरहन्छ । एक अङ्ग्रेजसँग नारायणको चिनजान भएको, उनीहरु बीच विभिन्न विषयमा बहस भएको, नृत्य, भोजन, सयर, प्रेम आदिका रोमाञ्चकारी क्षणको वर्णन गरिएको, यसै क्रममा नेपल्स पुगेको, हिन्दुस्थानबाट गएका एक हुल त्यहीँ ओर्र्लिएको, फेरि त्यहाँबाट अघि बढेर मार्सेनी पुगेको, त्यहाँ चार–पाँच घण्टा रोकिएको, त्यही नारायणको  ओर्लने ठाउँ भएको, उसलाई लिन उसकी श्रीमती र छोरा आएका, परिचय गराइसकेपछि नारायणकी श्रीमतीले मार्सेनी घुम्नका लागि ट्याक्सीको व्यवस्था गरिदिएकी, घुमिसकेपछि फेरि जहाजको यात्रा सुरु गरेको, साथी छुटेकोमा खल्लो मान्दामान्दै जिब्राल्टर पुगेको , त्यसपछि इङ्ल्यण्को टेलवरी पुगेपछि रेवाको बुढो लिन आएको र खुसी भए सँगसँगै म पात्रसँग परिचय गराइसकेपछि लण्डनको यात्राका लागि अघि बढेको घटना सम्म पुगेर चौथो परिच्छेद सकिन्छ ।                  

पाँचौँ परिच्छेदबाट म पात्र लण्डन पुगेको , त्यहाँ आफूले बुकिङ्ग गरेको होटलमा बसेको, श्रीमतीले पठाएका धेरै चिठीहरु पाएको, त्यो पढेर एकान्तको पीडा बिर्सिएको, उपचारका लागि डाक्टरको सल्लाह अनुसार क्लिनिकमा भर्ना भएको, त्यहाँ तीन हप्ता बसेको, त्यसबीचमा लण्डनका विभिन्न ठाउँ घुमेको, डाक्टरले परीक्षण गरी राम्रो भयो भनी बधाइका साथ स्वदेश फिर्ता हुने अनुमति दिएको, ६–६ महिनामा कलकत्ता गएर जचाउन अनुमति दिएको, होटलको बील तिरेर स्कटहोम गएको, त्यहाँ एउटी आमाको अतिथि गृहमा अतिथि बनेर केही दिन त्यहीँ घुमेको, युरोपको भित्रभित्रै घुम्दै गर्दा हिटलरको युद्धले जर्जर बनाएका दृश्यहरुको वर्णन गरिएको, त्यसपछि ऊ बर्लिन  पुगेको, त्यहाँ धेरै नबसी छिट्टै हानोबर बस्न पुगेको, त्यहाँ उसलाई थियोडोरा नाम गरेकी पथप्रदर्शकले घुमाउँदै गर्दा हिटलरको बन्दी क्याम्प हेरको, देखेका कुराहरुको वर्णन गर्दै घरमा चिठी पठाएको, हिटलरको मानव संहारका साथै युद्धले ध्वंस भएको सहरको वर्णन गर्दै जाँदा पथप्रदर्शकले आफू बस्ने कोठामा लगेको र आफ्नो वृत्तान्त सुनाउँदै जाँदा उसको प्रेमी सपरिवार युुद्धमा मरेको, भाइ बाँकी रहेको तर उसलाई बचाउन जाँदा थियोडोरालाई नै रुसी सेनाले लगेर जबर्जस्ती गरेको सिङ्गो बर्लिनका नारीहरुको कथा भनी सुनाउँछे ।            यसरी नै कथाप्रसङ्ग अगाडि बढ्दै जाँदा बर्लिनबाट कलकत्ताको लागि प्लेन छुटेकाले ऊ हानोबरमा बस्नु परेको, त्यहाँ बस्दा उसलाई गाइड सानी बालिका लिजाले आफ्ना बाबुआमा बूढा भएका, शरीर बेचेर उनीहरुलाई पालेको, उसलाई पनि त्यसका लागि प्रस्ताव राखेकाले उसले मायाले घुमाएको पारिश्रमिक र आमाबाबुलाई खानेकुरा किनिदिएर घरमा पु¥याएर छोडेको घटनाको वर्णन हुन्छ । अर्को दिन म पात्रको यात्रा हिटलरको बन्दी शिविरमा हुन्छ त्यहाँ उसले आफूलाई हिटलरको साथी भन्न रुचाउने एउटा खोरण्डो सिपाहीलाई भेटेको, उसले आफूसँग भएका कदरपत्र र अवकाशपत्र देखाएको, उसले यद्धका बेला आगो झैँ आएको गोलीले  एउटा गोडा गुमाउनु  परेको, त्यसपछि सन्तुष्टिका अभावले श्रीमतीले पनि छोडेको र एक्लै भएको, दोस्रो विश्वयुद्धमा भने मेयर्नीको घरमा शैनीकलाई पु¥याउने काम गरेको र उसलाई यौन सन्तुष्टि प्रदान गर्ने जस्तो बाहिरी काम गरेको, मेयर्नी आफैँ पनि त्यस्तो कार्य गर्ने गराउने कार्यमा प्रवृत्त भएको, उसको नाम लियोनार्दो भएको सबै कहानी सुनाउँदै सम्पूर्ण शिविर घुमाएको वर्णन भएको छ । त्यहाँका सिपाहीको यौनक्रीडा, तिनीहरुको मानवता विरोधी क्रियाकलाप, मानवीय क्रूरता, यहुदी जातिका बुढाखाढा र केटाकेटीलाई च्याम्बरमा जलाउनुपूर्व उनीहरुको चप्पलले पहाड बनेको भन्दै पहाड देखाउनु, कमाण्डरहरुले मानिसलाई आलु पोले झैँ पोलेका कुरा, कुकुरलाई बरु माया गर्ने तर मानिसका छालाले झ्यलका पर्दा बनाउने, टेबुल पोष्ट बनाएका कुरा सुन्दासुन्दै रात परेकाले म पात्र पनि त्यही बुढा सुत्ने सिँढीमा सुतेको र सपनामा हिटलरको आत्मा आएको, ऊ चर्को स्वरमा कराएको, गीताको  बारेमा भनेको, उसको विचारमा गीता एक नीतिकथात्मक आख्यान भएको, दया, माया, दान, मानवता, प्रेम आदि शक्तिका विरुद्ध देखा पर्ने प्रतिरोधात्मक तत्त्व भएको र घृणा, निष्ठुरता, कपट आदि यसका सुगम मार्ग भएको, कसैले कुनै चीजलाई प्रेम वा घृणाले संहार गर्दछ भने त्यो पाप भएको र आशक्तिरहित भएर स्वार्र्थ भन्दा माथि उठेर त्यो काम गरेको छ भने धर्मसम्मत हुने कुरा गरेको, गीताको सरल अर्थ भनेको नै आफ्नो पेसाप्रति बफादार हुनु भएको, ढोकामा बसेर यस्तै लामो बहस गर्दागर्दै ऊ व्युझिएको, उसलाई आफू बाँचेको वा मरेको छुट्याउन समेत गाह्रो परेको, आफूलाई सम्हालि सकेपछि मात्र उठेको, बस चढी होटलसम्म पुगेको र त्यहाँ पुगी उसले इल्जेका लागि तीन जनाले खाने जति खानेकुरा छाडी त्यहाँबाट हिँडेसम्मको वर्णनले नवौँ परिच्छेद समाप्त भएको छ । म पात्र काठमाडौँ आउनका लागि जहाज चढेको, त्यहाँ डा. सुनील भट्टाचार्य नामक बङ्गालीसँग भेट भएको, उसले नेपाल र भारत एउटै सँस्कृति र इतिहास बोकेका देश हुन् भनी तर्क दिएको, उसले हिटलरलाई आदर्शवादी नेता मानेको, उसले भारतीय र जर्मनबीच पनि समानता भएको र संस्कृतको ज्ञान सबैभन्दा पहिले जर्मनीले नै अध्ययन गरेको, आफ्नो भाइ सङ्गीत पढ्न जर्मनी गएको र विश्वयद्धमा मरेको सबै कहानी सुनाउँदछ । फ्रान्स पुगेपछि त्यहाँ जहाज १२ घण्टा रोकिने भएकाले एउटा कोठा लिएर आराम गर्दैैगर्दा केही बेरमा उसलाई लिन भट्टाचार्य आएको, उनीहरुसँगै दिल्ली र कलकत्ताका प्रमुख पत्रिकाका स्थानीय प्रतिनिधि पनि आएको हुनु र उसले सबै ठाउँ घुमाउनु, विभिन्न बौद्धिक व्यक्तित्त्व जमघट भएर गफ गर्ने ठाउँमा लग्नु र त्यहाँको सभ्यता, संस्कृति, र बौद्धिक पक्षको जानकारी गराउनुले दशौँ परिच्छेदलाई रोचक बनाएको छ । एघारौँ परिच्छदमा म पात्र हवाइजहाजबाट इजरायल पुगेको र जर्मनीबाट लखेटिएका यहुदीहरुको मनोविज्ञान बुझ्ने तीव्र इच्छा हुँदाहुँदै उपन्यासको अन्त्य हुन्छ ।      

पात्र चरित्रः

म पात्रः

म पात्र उपन्यासको प्रमुख पात्र हो । उसको भूमिका उपन्यासमा कथावाचक, द्रष्टा र भोक्ताको रूपमा देखिएको छ । ऊ उपन्यासको आदिदेखि अन्त्यसम्म नै देखा परेको छ । उसकै पेरिफेरीमा उपन्यास रहेकाले उसलाई उपन्यासकारको मुखपात्रका रूपमा लिन सकिन्छ । आफ्ना मान्यता तथा दृष्टिकोणहरु उसकै मार्फत प्रस्तुत गर्दै उपन्यासकारले पाँचौँ परिच्छदसम्म उसलाई कथावाचकका रूपमा अड्याएका छन् र त्यसपछि उनलाई पत्रात्मक रूपले कथा भन्ने तथा कथावाचककै रूपमा पनि देखाएका छन् ।  घुमफिरका क्रममा द्रष्टा, श्रोता र भोक्ता जस्ता विभिन्न रूपमा उसलाई देख्न सकिन्छ । उसलाई यहुदीहरुले पाएको दुःखले सधैँ दुःखी गराएको महशुस हुन्छ । धर्म, दर्शन, संस्कृति, ईश्वर सबैको बारेमा लामो बहस भएको छ तर पनि यहाँ म पात्रले कुनै विवाद गरेको छैन । तटस्थ भएर देखा परेको छ । उसले उपन्यासमा मानिस स्वतन्त्र भएर जिउन पाउनुपर्छ भन्ने मानवतावादी विचार प्रस्तुत गरेको पाइन्छ । यसरी उपन्यासको मुख पात्रका रूपमा देखा परेको कारणले उसलाई उपन्यासको प्रमुख पात्रका रूपमा लिन सकिन्छ ।

लक्ष्मीः              

लक्ष्मी म पात्रकी श्रीमती हो । उसले म पात्रका लागि प्राण सम्म दिन तयार भएको कुरा बम्बईबाट घर फर्केपछि उपचारका लागि विदेश जानका लागि आफ्ना सम्पूर्ण गहना बेचेर सबै किसिमका बन्दोवस्त गरिदिएकाले स्पष्ट हुन्छ । सम्भोगलाई ब्रह्मानन्दसँग तुलना गर्ने, पतिको सुखमा आफ्नो सुख देख्ने, पति घर नभए पनि पतिको ख्याल गर्ने कुरा चिठीलाई हेरेर पनि अन्दाज गर्न सकिन्छ । यसरी प्राणप्याराको सुखलाई आफ्नो सुख मान्ने लक्ष्मीलाई यस उपन्यासमा एक आदर्श नारीको रूपमा देख्न सकिन्छ । 

रेवाः     

रेवा उपन्यासकी अर्की प्रमुख नारी पात्र हो । ऊ पूर्वीय परिवेशमा हुर्केकी भए पनि एक स्वतन्त्र नारी पात्रका रूपमा देखा परेकी छे । आफ्नो लोग्ने इङ्ल्याण्को छ र उसलाई भेट्न जाँदा बाटोमा म पात्र र नारायणसँग गरेको खुला व्यवहारले पनि उसको स्वतन्त्र जीवनशैली भएको पुष्टि गर्दछ । उसले सम्भोगलाई प्राकृतिक आवश्यकताको रूपमा लिएकी छे । नाचगान, पौडी, रक्सीसेवन आदि कुरालाई सहर्ष स्वीकारेका कारण पनि उसलाई पूर्वीय मूलमा जन्मिएर पनि पाश्चात्य संस्कृतिलाई मन पराउने स्वतन्त्र नारी पात्रका रूपमा चिन्न सकिन्छ ।

नारायणनः 

यस उपन्यासको दोस्रो क्रियाशील पुरुषपात्रको रूपमा नारायणनको उपस्थिति भएको छ । नारायणन उपन्यासको धेरै भागमा नभइ थोरै भागमा मात्रै उपस्थित भएको देखिएता पनि ऊ एउटा पढेलेखेको र विभिन्न लेख आदि समेत लेख्ने लेखक, दार्शनिक तथा विद्वानका रूपमा चिनिन्छ । उपन्यासको तेस्रो भागबाट देखापरेको नारायणन चौचो भागमा नै पुगेर उसको यात्रा समाप्त भएको देखिन्छ । उसको 'म' पात्रसँगको छोटो समयको मात्रै भेटघाट भएपनि उसको उपस्थितिले उपन्यासको गतिलाई अगाडि बढाउमा ठूलो भूमिका निर्वाह गरेको पाइन्छ । नारायणन मद्रासको हिन्दुस्तानी ब्राम्हण नियतिवादी र हिन्दू संस्कृति वा पूर्वीयदर्शको कट्टरवादी तथा उच्चकोटीका हिन्दू विचारले ओतप्रोत व्यक्ति देखिन्छ । ऊ हिन्दू दर्शनप्रति एकोहोरो आस्था र विश्वास राख्ने तथा अस्तित्त्ववादमा मूल्य र मान्यता अनि नियतिको भूमिकालाई सर्वोपरि मान्ने चरित्रको रूपमा प्रस्तुत देखिन्छ । नारायणन आफ्नो जातीय संस्कृतिको मर्यादालाई पालना गर्ने सहज भावना भएको र गीतादर्शनका मर्महरूलाई आत्मसात गर्ने चरित्रको रूपमा उभिएको छ । 

थियोडोराः

थियोडोरा यस उपन्यासकी छैटौं भागभरिमा मात्रै देखापरेकी नारी पात्र हो। ऊ प्रमुख 'म' पात्रका लागि बर्लिनको एउटा होटलबाट गाइडको रूपमा खटिएकी हुन्छे। थियोडोरा सहयोगी, सरल तथा भावुक हृदय भएकी नारी चरित्रको रूपमा प्रस्तुत छे । उसका आमा-बुवा, भाइ र आफ्नो प्रेमीसमेत युद्धमा मारिएर बेसहारा भइ जीवनयापनको लागि होटलको गाइडको रूपमा काम गर्न बाध्य भएकी नारीको रूपमा देखिएकी छे । आफैँ पन्ध्र वर्षको उमेरकी हुँदा आफ्नो सम्पूर्ण परिवारजन गुमाउनुपरेको कारण उसको अनुहारमा उदासिनताले छाएको देखिन्छ। आमा बुबा मारिए पनि १४ वर्षको एउटा भाइ थियो, त्यो पनि रूसी सैनिकलाई लखेट्न भनी जांदा त्यही मारिएको र आफू भाइलाई खोज्न जाँदा क्रूर सैनिकद्वारा भाइका लाशका मासुका टुक्रा र बोसो देखाउँदै उल्टै आफूले नचाहदा नचाहदै पनि जबरजस्ती लुटिएर विक्षिप्त हुनपुगेकी नारीपात्रको रूपमा देखिएकीछे । यस किसिमले युद्धबाट विक्षिप्त बनाइएकी थियोडोराले पटक पटक बलत्कारबाट गुज्रनुपरेकोले उसलाई यौन भन्नु कुनै त्यस्तो रहस्यपूर्ण र आकर्षक वस्तु भएको देखिदैन । थियोडोरा आफ्‌नो कथाबाट वर्लिनका सबै नारीको एउटै कथा रहेको देखाउदै बर्लिनमा ईश्वर नभएको ठहर गर्न पुगेकी प्रतिनिधि पात्रको रूपमा देखिएकी छे । यसरी थियोडोरा हिटलरद्वारा चलाइएको दोस्रो विश्वयुद्धको कारण नारी अस्मीताका साथै सि‌ङ्गो मानवता नै खतरामा परेको अवस्थाको प्रतीकको रूपमा प्रस्तुत भएकी देखिन्छे । 

इल्जेः

इल्जे यस उपन्यासकी एउटी युवती भैनसकेकी किशोरी पात्र हो। ऊ ज्यादै नक्कले र चंचले स्वभावकी हुन्छे । युद्धमा भाइ मारिएका कारण उसका बुबा देउताको कुरा गर्दा देउतासेउता छैनन् भन्छन् भने भाइका कारण बिरामी परेकी आमा देउता छन्, अवश्य छन भन्छिन् । इल्जे बुबाआमाको यस किसिमको व्यवहारबाट दिक्क भइसकेकी हुन्छे । ऊ घरका अभिभाभवको सहयोग नपाइ बेसहारा बन्न पुगी जीवन र घर चलाउनका लागि युद्धमा खटिएका कूर सिपाहीहरूको यौनतृप्त गराउने कार्यमा लाग्न विवस भएकी नारी पात्रको रूपमा प्रस्तुत छे। इल्जे स्वभावले त्यस्तो नभएकी तर बाध्यताले त्यस्तो चरित्रमा उत्रिन पुगेकी युवती पात्र देखिएकी छे । ऊ वास्तवमा सही खराब छुट्याउन नसक्ने र यौनपूर्ण भैनसकेकी हुन्छे तर पनि उसलाई समयले त्यसो गर्न बाध्य बनाएको छ । ऊ अब त्यसकार्यमा पूरै प्रवृत्त भइसकेकी छे । त्यसैले ऊ 'म' पात्रसंगको भेटमा आँखा झिम्क्याएर 'म' पात्रलाई आफूतिर आकर्षित गर्न चाहन्थे र 'म' पात्रले 'तिमी को हो? भन्दा म इल्जे हुँ, प्यारी इल्जे . भन्छे तर 'म' पात्रले उसको वय र कारुणिक अवस्था देखेर 'तिमी प्यारी व्यारी केही होइनौ । एउटी सानी केटी हौ भन्दा 'किन चाहियो उमेर तिमीलाई? मनभोगको स्वाद खाएर बुझिन्छ ।ग्राहकहरूलाई आकर्षण गर्नका लागि सधैं श्रृंगारपेटारमा लागिरहन्छे र श्रृंगारका सामान सकिंदा पनि आफूसँग भएको रातो कागज चबाएर ओठमा लाली लगाउने चरित्रको रूपमा देखिन्छे । उपन्यासको सातौं भागमा मात्रै देखापरेकी उक्त नारी पात्रले युद्धमा पिल्सिएका सम्पूर्ण कलिला बालिका र युवतीहरूले यस्तै भोगाइ व्यहोर्नुपरेको अवस्थाको दर्दनाक र कारुणिक चरित्रको उद्घाटन गरेको छ । 

डा.सुनिल भट्टाचार्यः 

'म' पात्रले युरोपको यात्रा सकी स्वदेश फर्किने क्रममा भेट भएको एउटा बौद्धिक पात्र हो डा. भट्टाचार्य। ऊ आर्य संस्कृतिमाथि विश्वास राख्ने र आर्य संस्कृतिको पालना गर्ने चरित्र भएको पात्रको रूपमा उपस्थित छ । उसको विचारमा जर्मन र हिन्दुस्तानी एक वंशका दुई हाँगा भएकाले दुवैमा सादृश्यता छ। हिन्दू अध्यात्मवादी छन् भने जर्मनहरू त्यस्तै आर्दशवादी छन् । यसरी हेर्दाखेरि डा. भट्टाचार्य एकातिर गीतादर्शनलाई हातमा लिएर नरसंहार गर्ने क्रूर हिटलरको पक्षधर चरित्रको रूपमा उपस्थित भएको देखिन्छ भने अकांतिर 'म' पात्रसँगको सुरुको भेटघाटमा 'महाशय आफूलाई कहिल्यै पनि भारतीय भन्दा भिन्न नठान्नुहोस  भन्ने भनाइले वसुधैव कुटुम्बकम्' को भावनालाई पनि त्यतिकै आत्मसात गर्ने चरित्रको रूपमा पनि देखिन्छ । जर्मन हिन्दू दर्शनवादी अथवा ज्ञानवादी भएकाले अंग्रेज र फ्रान्सिसीदर्शनको बुद्धिवादलाई उनीहरूले नस्वीकारेको उसको तर्क छ । उनीहरूले 'विकासको क्रममा शक्तितत्त्वलाई भेट्टाएका छन्, पछि शिव तत्त्वलाई पनि भेट्टाउने छन्   भन्ने भनाइले शिवलाई नै आफ्नो शक्ति मान्ने र हिन्दुदर्शनको महात्म्यलाई स्वीकार गर्ने चरित्र भएको पात्रको रूपमा देखिएको छ । 

लियोनार्ड ः

लियोनार्ड युद्धका कारण एउटा खुट्टटो गुमाएको लड्ङ्गडो र युद्धमा लडाई गर्दा एउटै फौजमा रहेर काम गरेको हिटलरको सिपाही साथी रहन्छ । ऊ पहिला युद्धको लडाकु भएपनि युद्धमा खुट्टो गुमाएर लङ्गडो भएपछि सैनिक क्याम्पमा कमाण्डरको रूपमा रहेको हुन्छ । ऊ आफ्नो राष्ट्रका लागि पूरै ज्यान दिनुपरे पनि पछि नहटने र एउटा इमान्दार र राष्ट्रसेवकको चरित्र भएको सैनिक पात्र देखिन्छ । आफ्नो राष्ट्रको बचाउ तथा हकका लागि लड्नुलाई स्वभाविक रूपमा लिएता पनि युद्धका नाममा मारिएका मानिसहरू चाहे जुनसुकै जातिका हुन्, सबै मानव एउटै भएको मानवीय दृष्टिकोण रहेको छ। यो कुरा उसको 'कोही-कोही भन्थे-यहूदीको लाश गन्हायो है गन्हायो तर ईश्वरले झुट नबोलावस्, मान्छेको मासुको गन्ध एकनासको पोलिएपछि त्यो चाहे आर्य होस्, चाहे यहूदीको चाहे जिप्सीको  भन्ने भनाइले पुष्टि गर्दछ। लियोनार्ड आफ्नो घरमा आएको अतिथिको घरपट्टि र गाइडको हैसियतले कर्तव्य पूरा गर्ने व्यक्तिको रूपमा समेत रहेको देखिन्छ। 'म' पात्रको पथप्रदर्शकको रूपमा थोरै समयको लागि मात्रै प्रस्तुत भएको भएतापनि लङ्गडो सैनिकको उपस्थितिले 'म' पात्रलाई दोस्रो विश्वयुद्धको बारेमा धेरै कुराको जानकारी लिन सजिलो भएको र उपन्यासको कथावस्तुलाई पनि अरू सार्थकता बनाउनमा अहम् भूमिका खेलेको देखिन्छ । अन्त्यमा भन्नुपर्दा लियोनार्ड सबै मानिसको सहअस्तित्त्वलाई एकै ठान्ने, सहयोगी दृष्टिकोण राख्ने र राष्ट्रवादी चरित्र भएको पात्रको रूपमा उभिएको देखिन्छ । 

 डेविड ः

डेविड शताब्दीऔंदेखि अल्पसंख्यक भएर शोषित पीडित र द्वेष तथा अन्धकारको शिकार हुँदै दमन र अत्याचारमा पिल्सिएका, कष्ट र लाञ्छनाको तातो डाम आफ्ना हृदयमा धारण गर्दै आएका यहूदी जाति भएको पुरुष पात्र हो। उसको 'म' पात्रसँग जहाजको यात्राको क्रममा उपन्यासको प्रथम भागमै भेट हुनपुग्दछ । ऊ हिन्दुस्तानबाट युरोप जान चाहने यहूदीहरूलाई डप्फाडप्फामा मिलाउँदै पठाउने अन्तर्राष्ट्रिय यहूदी संगठनको सदस्य हुन्छ । ऊ यहाँ सम्पूर्ण यहूदी जातिको प्रतिनिधि पात्रको रूपमा देखिएको छ । ऊ सरल, मिलनसार, सचेत र दुःखीको सेवामा आफूलाई समर्पित गर्ने चरित्र भएको पात्रको रूपमा देखिन्छ । ऊ आफूमाथि मार्गरेट नामकी युवतीले हत्याराको संज्ञा दिंदा र आफ्‌नो मनमा तिरस्कारको कठोर ध्वनि उत्पन्न हुँदा पनि आफूलाई शान्त र सौम्य व्यवहारमा राख्न सक्ने चरित्र भएको देखिन्छ। 'म' पात्रको साथमा छोटो समयको लागि उपस्थित पात्रले छोटै समय भएता पनि आफ्नो चरित्रलाई प्रदर्शन गर्दै र 'म' पात्रलाई यहूदीहरूको पीडाको अवगत गराउँदै उपन्यासको कथावस्तुलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । 

मिस मार्गरेटः 

मार्गरेट 'म' पात्रको जहाजको यात्रामा भेट भएकी एउटी लेवनानी युवती पत्रकार हो। ऊ हिन्दुस्तानमा भइरहेको समाजवादी सम्मेलन दबाउन आएकी हुन्छे । ऊ इजरायलबाट अरवीयनहरूलाई लखेट्‌ने र बिचल्नी बनाइ आफ्नो राज्य कायम गर्ने यहूदीहरू नै हुन् भनी तिनीहरूप्रति आक्रोष प्रकट गर्ने र यहूदीहरुप्रति विद्रोहात्मक चरित्र देखाउने एक नारी पात्रको रूपमा प्रस्तुत छे। मार्गरेट यहूदीबाट कयौं पेलेस्टाइन तथ अरवीयनहरूको घरवास उठाएको दर्दनाक कथा समेत उपन्यासका 'म' पात्रसँग व्यक्त गर्न पुगेकी छे । यसरी उपन्यासको पहिलो भागको पनि केही अंशमा मात्र देखिएकी मार्गरेट नारी पात्र एउटा निश्छल, सचेत, जागरुक र आफूलगायत सबैमाथि परेको अन्यायको विरुद्धमा विद्रोह गर्न सक्ने नारी चरित्रको रूपमा प्रस्तुत भएकी छे । उसले उपन्यासको कथावस्तुलाई सार्थक बनाउँदै अगाडि बढाउनमा मद्दत पुर्याएकी छे ।. 

जकरिमा गोल्डवर्गः

बूढो गोल्डवर्ग एउटा ठूलो यहूदी व्यपारी तथा 'अन्तर्राष्ट्रिय यहूदी संगठन' को केन्द्रीय सदस्य हुन्छ। उसको 'म' पात्रसँग जहाजी यात्राको क्रममा भेट भएको हुन्छ । गोल्डवर्ग सबैमा मैत्रीभाव राख्ने, सरल र अतिथिको सत्कार गर्ने व्यक्तिको रूपमा देखिन्छ । ऊ पनि युद्धबाट विक्षिप्त पात्र हो। ऊ आफ्नो ईश्वर र नियतिमा विश्वास राख्ने चरित्र भएको पात्रको रूपमा उपस्थित छ, त्यसैले ऊ 'यहूदीको कस्तो नियति? ईश्वरले दिएको थलोमा फर्किन पनि सजिलै कार्य सम्पादन गर्न नपाउने भन्दै आफ्नो ईश्वरप्रतिको सांस्कारि चरित्रप्रति आज्ञा पालन गर्न नचुक्ने पात्रको रूपमा उभिएको छ। यसरी हेर्दा गोल्डवर्ग कर्म र ईश्वर दुवैमा विश्वास राख्ने व्यक्तिको रूपमा देखिन्छ । उसले 'म' पात्रसँगको भेटमा म पात्रलाई आतिथ्यको रूपमा सत्कार गर्नुका साथै आफूले युद्धमा देखेभोगेका कुराहरू कारुणिकताका साथ आँखाभरि आँसु पार्दै बयान गर्न पुग्दछ। यसरी एकजना यहूदी व्यापारीको उपस्थितिले उपन्यासमा युद्धकालीन अवस्थाको दुःखदायी घटनाको उद्घाटन गर्नुका साथै उपन्यासको कथावस्तुलाई सार्थक बनाउँदै अगाडि लैजानमा ठूलो मद्दत पुऱ्याएको छ । 

 याकूब गोल्डवर्ग ः

याकूब गोल्डवर्ग पिता जकरिमा गोल्डवर्गको छोरो रहन्छ । ऊ पनि आफ्नो बुबाजस्तै एउटा ठूलो व्यापारी रहन्छ । उसले आफ्नो व्यापारलाई अरू अगाडि बढाउनका लागि लोग्ने मरेकी एकजना मेकडोनाल्ड नाम गरेकी विधुवा महिलासँग हातेमालो गर्दछ । उनीहरू हेर्दा दुवैमा आमा र छोराजस्ता देखिन्छन् तर यथार्थमा त्यस्तो छैन । युद्धबाट पीडित मेकडोनाल्ड नियतिले गर्दा उमेरमा छोरोसमान लाग्ने युवक याकूबको हात समातेर सहारा लिन खोज्छे तर याकूब उसलाई एउटा मनोरञ्जनको साधन र व्यापारिक सहकमीको रूपले मात्रै हेर्दछ । यसरी हेर्दा याकूब गोल्डवर्ग युद्धपीडित महिलाहरूलाई मात्र भोग्य र मनोरञ्जनको साधनको रूपमा हेर्ने गर्छ। ऊ त्यस्ता नारीहरूबाट उनीहरूको बाध्यताको फाइदा मात्रै उठाउने एउटा अवसरवादी र चरित्रहीन पात्रको रूपमा देखापरेको छ । 

 स्वेडेनी बूढीआमाः 

यस उपन्यासकी नारी पात्र'स्वेडेनी बूढीआमा' अत्यन्तै सरल र सोझो व्यवहार तथा आफ्नो अतिथिगृहमा आएका कुनै पनि पाहुनालाई आफ्नै छोराछोरीलाई जस्तै गरी माया गर्ने र सम्मान दिने तथा खानपानमा समेत ध्यान राख्ने स्वभावकी देखिन्छिन् । बूढीआमालाई संस्कारी र वैवाहिक सम्बन्धलाई निष्ठाको विश्वास राख्ने एउटा निष्ठावान चरित्र भएकी नारी पात्रको रूपमा हेर्न सकिन्छ । हिन्दूहरूले पातिव्रत्यमा सबैभन्दा ठूलो महत्त्व दिएको कुराको उल्लेख गर्नु र हिन्दू पत्नीलाई मरेको पतिसँग पोलिन मनलाग्थ्यो रे !  भन्नु जस्ता व्यवहारले उनी आदर्शमयी चरित्र भएकी नारी पात्र भएको स्पष्ट हुन्छ । उनको मायालु व्यवहारबाट प्रभावित भएका 'म' पात्र समेत नेपालमा भएका मायालु थकाल्नी आमाहरूको सम्झना गर्न पुगेका छन् । यसरी हेर्दा स्वीडेनी बूढीआमा अत्यन्तै सहयोगी, सरल व्यवहारका साथै गार्जियनको रूपमा समेत कर्तव्य पूरा गर्न पछि नपर्ने तथा आफ्नो संस्कृति-परम्परा र मर्यादामा अटल रहने चरित्रवान नारीको रूपमा देखिन्छिन् । उनी एउटी असल र ममतामयी आमा तथा सफल सासुको रूपमा समेत चिनिएकी नारी चरित्र हुन् । 

 मिसेज मैकडोनाल्डः 

उपन्यासको 'म' पात्रसँग जहाजको यात्रामा प्रत्यक्षरूपमा आफूसँग भेटघाट र कुराकानी नभएपनि जहाजकै यात्रा क्रममा 'म' पात्रको दृश्यपटमाआएकी एक अधबैंसे उमेरकी विधुवा नारी पात्र हो मैकडोनाल्ड । उसको पति पहिला नै युद्धमा मारिएका कारण बेसहारा भएर बाँच्न विवश रहेकी नारी पात्र हो मैकडोनाल्ड । युद्धबाट विक्षिप्त पात्र डोनाल्ड बारम्बार बलत्कमारको शिकार समेत भएर बाँच्न बाध्य भएकी हुन्छे। ऊ एक व्यापारी हुन्छे । ऊ व्यापारलाई सहकार्य गरेर अगाडि बढाउने बहानामा उमेरमा छोरो बराबरको युवकसँग हात अगाडि बढाउछे तर उसको उद्देश्य व्यापारलाई अगाडि बढाउने भन्दा युवकको सहारा पाएर जीवनको बाँच्ने आधार खडा गर्ने देखिन्छ। त्यसैले याकूबले 'तिमीले मलाई यतिका दिनसम्म भ्लाइराख्यौ। हाम्रो फर्मको एकीकरणको निम्ति अहिलेसम्म तयार छैनौ, त्यत्रो लासमा देखाएर भनेको समेत देखिन्छ । यसरी हेर्दाखेरि मैकडोनाल्ड परिस्थितिले सबैबाट बलत्कारित हुनुपरेको भएतापनि चरित्रका हिसाबले ऊ आफू त्यस्ती नभएकी र मात्र आफ्नो सहाराको लागि खोज्ने र नारी अस्तित्त्वलाई जीवन्त तुल्याउन खोज्ने नारी चरित्रको रूपमा चिनिएकी छे। 

 ग्रेटाः  

ग्रेटा बूढीआमाकी छोरी हो। उसको उमेर १६-१७ वर्षको जति देखिन्छ । ऊ एउटी चुलबुले स्वभाव भएकी युवती हुन्छे । ग्रेटा 'म' पात्र र आफ्नी आमा तथा एक जना जापानी ठिटोसँगको कुराकानीको सिलसिलामा प्रेम र वैवाहिक निष्ठाको प्रसङ्ग उठ्दा 'करको सम्बन्ध नभएकाले बाँधिएर बस्न के कर छ? र भन्न पुग्छे । यसरी हेर्दा ऊ एक चंचले र विवाह भएपछि पनि विवाहको बन्धनको निष्ठा स्वीकार्न नचाहने तथा स्वतन्त्र विचार भएकी नारी पात्र देखिन्छे । उसको यस अभिव्यक्तिबाट ऊ कसैको बन्धनमा नरहेर स्वतन्त्ररुपले प्रेम गर्न पाउनुपर्छ भन्ने र पुराना तथा परम्पराका कुराको विद्रोह जनाउने नारी पात्र हो। ग्रेटामा उसकी आमाको भन्दा ठीक उल्टो र विकसित चरित्र भएको पाइन्छ । प्रेम र विवाहमा कुनै सम्बन्ध नरहेको र मानिसले प्रेम स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ भन्ने उसको दृष्टिकोण रहेको छ । त्यसैले ऊ 'प्रेममा वासना भएन भने धेरै कुरा उम्केको थाहा हुनसक्दैन'  भन्छे । यसरी हेर्दा ग्रेटा स्वतन्त्र नारी स्वभाव भएकी र विवाहलाई वासनात्मक नभइ एउटा बन्धनको रुपमा मात्र हेर्ने नारी चरित्र हो ।

परिवेशः

भारतको बम्बईबाट सुरु भएको उक्त उपन्यासमाकाठमाडौं हुँदै फेरी भारत र पानीजहाजको यात्रामा विविध ठाउँहरुको वर्णन भई इजरायल पुगेसम्मका कथावस्तु  समावेश भएको पाइन्छ । लगभग डेढ महिनाको समयलाई लिएको यस उपन्यासले पारिस्थितिक हिसाबले लामो समयावधिलाई ओगटेको छ । पहिलो र दोस्रो विश्वयुद्धले ल्याएको हत्या, यातना, ध्वंश आदि कुरालाई बाह्य परिस्थिति र दोस्रो विश्वयद्धले निम्त्याएको मानवीय त्रासदीपूर्ण व्यवहारलाई आन्तरिक परिस्थितिका रूपमा परिवेश निर्माण भएको  छ ।

सारवस्तु(उद्देश्य) ः

यस उपन्यासको सारवस्तुका रूपमा हिटलर प्रवृत्तिको विरोध गरी तानाशाही कट्टर शासकवर्गप्रति रोष प्रकट गर्नु हो। साथै निरङ्कुश व्यक्तिको हत्यामोहले इतिहासलाई कालो बनाएको घटना व्यङ्ग्यको निसाना बनाउनु र नारी समस्या तथा मानवतावादी विचार अभिव्यक्त गर्नु नै प्रस्तुत उपन्यासको मूल उद्देश्य देखिन्छ । हिटलरले सीमा नाघेर यहूदी जातिको संहार गरेको र उसले गीतादर्शनको आधारमा मानवसंहार गरेको कुरालाई यस उपन्यासमा व्यक्त गरिएको छ । त्यस अनुसार हिटलरलाई ईश्वरत्त्व प्राप्त हुनुपर्ने हो भन्ने तर्कपनि यसमा देखिन्छ । मान्छे मार्नु रमाइलो खेलका रूपमा लिनुलाई गीतादर्शनको प्रभाव हुनसक्छ भन्ने तर्कको व्यापक बहस हुनु आवश्यक देखिन्छ । वास्तवमा यस उपन्यासको मूल तर्क यहूदीमाथि हिटलरले सामूहिक हत्याको योजना बनाउने आधारको खोजी हो । साठी हजार मानिसलाई एकै चिहानमा पारिएको घटनामा ठूलै दार्शनिक संहारक हुनुपर्छ भन्ने उपन्यासको सारवस्तु मानिन्छ । हाम्रो नेपाली समाज लगायत विश्वका सबै हिन्दू समाजले मान्दै आएको धार्मिक ग्रन्थ महाभारतमा लाखौंलाख मान्छे मर्नु र उता हिटलरले त्यत्तिकै संख्यामा मान्छेको ज्यान लिनु अथवा हत्या गर्नुले दर्शन र घटनाको समान प्रकृतिलाई अघि सारेको तर्क पनि यस उपन्यासमा केलाउन खोजिएको छ । यथार्थमा जस्तोसुकै कारण र दर्शनको आधार भए पनि हिटलर मानवरक्तको भोको सिंह भएको र उसले विश्वयुद्धको कालो बादल खडा गरेको तथ्यलाई मूल भावको रूपमा यस उपन्यासमा देखाइएको छ। 





नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...