शुक्रवार, 17 सितंबर 2021
साहित्यका अन्य विधाका तुलनामा कविता

गुरुवार, 16 सितंबर 2021
कविताका तत्त्वहरू
.भाव विचार
१.यो कविताको मेरुदण्ड वा केन्द्रीय तत्त्व हो ।
२. भाव कविताको विषयवस्तुमा आधारित रहन्छ ।
३.भावले शब्द–शब्द र समग्र रचनाको अर्थ प्रकट गर्दछ ।
४.सर्जकले मनमा उठेका तरङ्ग, विचार, भावलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्ने क्रममा नै कविता प्रष्फुटित हुन्छ ।
.लयात्मकता
१. लय भनेको कविता उच्चारणका क्रममा उत्पन्न हुने सांगीतिक स्वर हो ।
२. कवितामा प्रयोग हुने छन्द, अनुप्रास आदि लय निर्माणका घटकहरु हुन् ।
३. पद्य कवितामा पाउ, श्लोक र छन्दले लय सिर्जना गराउँदछन्भने गध कवितामा वर्ण र शब्दको पुनरावृति तथा अन्तर अनुप्रासका माध्यमले लय सिर्जना हुन्छ ।
४.कविताको आस्वादमा प्रभावकारिता र रोचकता थप्नु नै लयको मुख्य कार्य हो ।
कवितालाई अन्य विधाभन्दा भिन्न देखाउने प्रमुख तत्त्व नै लय भएकाले लय कविताको महत्त्वपूर्ण तत्त्व हो ।
. भाषा शैली
१.भाषा विचार आदान प्रदानको सशक्त माध्यम हो भने शैली अभिव्यक्तिको एक प्रकार ।
२.गध र पद्य दुवै शैलीमा कवितात्मक भाषा हुन जरुरी छ ।
३.जसमा बिम्ब, अलङ्कार तथा प्रतीक आदि व्यक्त हुन्छ ।
४.शैली व्यक्ति पिच्छे फरक फरक हुन्छन् ।
सरल, आलङ्कारिक, नाटकीय, वर्णनात्मक आदि शैली कवितामा प्रयुक्त हुन्छन् ।
कथन पद्दती
१कथन पद्दती कविताको अभिव्यक्तिको प्रक्रिया हो ।
२.कविले कविता पाठकसम्म पु-याउन कुन रुपमा गरेको छ, कसको वर्णन गरेको छ भन्ने आधारमा कथन पद्दती निर्धारित हुन्छ ।
३.कवितामा म, हामी उपयोग गरिएको छ भने कवि प्रढाैक्ति , ऊ, त्यो, उनी, तिनी आदि सर्वनाम प्रयोग गरिएकोलार्इ कविनिवद्दो प्रढाैक्ति भनिन्छ ।

ऋषिराज बराल र उनको ‘पछवरिया टोल’ कथाको विश्लेषण
ऋषिराज
बराल र उनको ‘पछवरिया
टोल’ कथा
परिचय,
जन्म - २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिला पोखरी गाविस
शिक्षा – एम्. ए.नेपाली तथा
पिएचडी(विद्यावारिधि)
सेवा तथा संलग्नता – त्रिवि सहप्राध्यापक,
त्रिकोण ,प्रभात , कलम सम्बोधन, नयाँ संस्कृति,योजना जस्ता पत्रपत्रिकाको सम्पादक
,नेपाल टेलिभिजनका महाप्रबन्धक
पहिलो प्रकाशित कथा –आत्माको
अन्तरालबाट(२०३२)जागृतसाप्ताहिक पत्रिकामा प्रकाशित
पकाशित कृतिहरू - 'भावना' (उपन्यासः२०३४), 'गाउँको कथा भन्छु है
त' (कथा संग्रहः२०४२), 'भग्नावशेष' (कथा संग्रहः २०४४), 'कामरेड हुतराज
राजधानी प्रस्थान '(उपन्यासः २०४८), 'बयान' (कथा संग्रहः २०५२) 'वनमान्छेको कथा' (कथा संग्रहः २०५४), 'सैन्यउपहार' (कथा संग्रहः २०५८), 'पैयुँ फुल्न थालेपछि' (कथा संग्रहः २०६३), 'ऋषिराज बरालका प्रतिनिधि कथाहरू' (कथा संग्रहः २०६७) आदि
ऋषिराज
बरालको कथागत प्रवृति
१.प्रगतिवादी चिन्तन,
२.नेपाली समाजमा रहेका शोषण, दमन र
विकृतिको चित्रण,
३.सामाजिक रूपान्तरणको चाहना,
४. माक्सवादी चिन्तनबाट प्रभावित,
५.क्रान्तिकारी भाव चिन्तन,
६.ग्रमिण परिवेशमा केन्द्रित,
७. प्रहरी दमन,सामाजिक आर्थिक शोषण आदिका विरूद्धमा आवाज ,
८. द्वन्दात्मक भौतिकवादी
चिन्तनलार्इ (विचार) आफ्नो कथामा कलात्मक रूपमा प्रस्तुत
कथाको सन्दर्भ
१. वनमान्छेको कथा (२०४५) नामक कथा सङ्ग्रहमा संग्रहित,
२. तरार्इको कुनै गाउँमा मुसहरको टोल छ ।त्यहाँ कोहि पहाडियाहरू,यादव
श्रेष्ठ,अन्सारीहरू छन् ।पहिला यो टोलको नाम मुसहर टोल थियो ,पछि पञ्चायत टोल ,राम
लक्षमण टोल ,नयाँ टोल जस्ता नामहरू राखियो ।यो मुल टोल भन्दा पश्चिम तिर भएकाले
पछबरिया टोलका नामले प्रख्यात छ ।
कथाका पत्रहरू
१.कैलाशवा-प्रमुख
पात्र (नायक)
२.अनवर अख्तर –
सहायक पात्र (खल पात्र)
३.शुकदेव , शिवशरण ,
धनपत , रामबहादुर – सत/अनुकूल पात्र
४.बिन्देश्वर मास्टर
,चौधरी मास्टर हबलदार -
असत/प्रतिकूल पात्र
शिवशरणकी जहान , फेकु ,राम रतन ,सर्इ ,सरेश्वर
, सुन्दरवा , भोला चौधरी आदि गौण पात्र
वा चरित्र हुन् ।
कथाको विश्लेषण
प्रगतिशील धारालार्इ पक्रेर साहित्य सृजना गर्ने
ऋषिराज बराल (२००९) को जन्म सिन्धुलीमा भएको हो ।
उनले वि.सं. २०३२ सालमा आत्माको अन्तरालबाट नामक कथा जागृत सप्ताहिक पत्रिकामा प्रकाशित
गरि आफ्नो साहित्यिक यात्रा सुरू गरेका थिए ।गाउँको कथा भन्छु है त
(२०४२) भग्नावशेष (२०४४) बयान (२०५२) आदि कथा सङ्ग्रहका साथै उपन्यास ,समालोचना तथा निबन्धहरू सृजना
गरेका छन् । नेपाली समाजमा वद्धमान शोषण
,दमन ,अत्यचार ,विकृति विसङ्गति जस्ता कुराहरूलार्इ प्रस्तुत गर्दै सामाजिक
रूपान्तरणको कामना उनका साहित्यिक विशेषता हुन् । उनको बनमान्छेको कथा (२०५४) नामक
कथा सङ्ग्रहमा सङ्ग्रहित ‘पछबरिया टोल’कथामा तरार्इको जनजीवनको प्रस्तुतीका साथै सोझा सिधा
नागरिकहरूका आँखामा कसिङ्गर फ्याकेर नेताहरूले कसरी राजनीति गर्दछन् भन्ने
कुरा यहाँ देखाउन खोजिएको छ ।
उक्त कथामा स्थानिय ठाउँको नामबाट कथाको शीर्षक
चयन गरिएको छ । जम्मा जम्मी सत्तरी असी घर भएका पछबरिया टोलको नाम कसैले पञ्चायत
टोल ,कसैले राम लक्षमण टोल र कसैले नयाँ टोल पनि भन्ने गरेका छन् । यो मुख्य टोलको
पश्चिम पट्टि भएकाले यो पछबरिया टोलको नामले प्रख्यात छ । यहाका मानिसहरू अशिक्षित
र अभाव ग्रस्त छन् । उनिहरूको कसैको जग्गा छैन ,भएको जग्गाको पनि लालपुर्जा छैन ।
जम्मा पाँच सय एकाउन्न भोट संख्या छ त्यहा । चुनावको अवसर पारेर विभिन्न छापका
नेताहरू टोलमा आइ झुटो आश्वासन दिन्छन् । कैलाशवा , शिवशरण , धनपत जस्ता टोलका
व्याक्तिहरूले भोट बहिस्कार गर्ने निर्णय गर्छन् । भोट आफ्नो पक्षमा नआउने भएपछि प्रसासनको
मिलेमतोमा टोलमा आगो लगान्छ ।धनजनको नोक्सान हुन्छ । प्रहरिले गाउँको निर्दोश
मान्छेलार्इ आरोप लगाउँछ । रेडियो मार्फत उग्रवादीले आगो लगाएको र
मन्त्रीद्वारा राहात वितरण भनि झुटो प्रचार गरिन्छ । अर्को दिन फेरी नेताहरूले
नाचगानको आयोजना गरि भोट माग्छन् । त्यसलार्इ त्यहाका मानिसहरूले बहिष्कार
गर्छन् र कथाको कथानक अन्त्य हुन्छ ।
तरार्इको ग्रमीण भेगमा बस्ने निम्न वर्गीय मुसहर
गाउँका जनताहरूको सामाजिक , आर्थिक
परिवेशलार्इ प्रस्तुत गर्दै हाम्रो समाजमा प्रजातन्त्र ,राजनैतिक परिवर्तन केवल
टोलको नाम केवल विकासको नाममा परिवर्तन गरिन्छ तर कुनै सुधार गरिदैन ,कुनै ठोस
कार्य गरिदैन । नेताहरू चुनावको बेलामा मात्र भोटमाग्न जाने र अनेकन आश्वासन दिलाउने
र भोट आफ्नो पक्षमा पार्ने काम बाहेक केहि गर्दैनन् । आफ्नो निहित स्वार्थको लागि
उनीहरू जुनसुकै हद पनि पार गर्ने गर्छन् । अशिक्षित र निम्नवर्गीय जनताको फाइदा
उठाएर उनीहरूलाई दास बनाउने र खरिद बिक्रि गर्ने काम गरि सत्तामा जाने गर्छन् भन्ने
कुराको यथार्थ प्रस्तुति यस कथाले देखाउन खोजेको छ । समाजमा असल र खराब दुबै खाले
मानिस हुन्छन् । खराब मानिसको छिट्टै पहिचान गर्नु पर्छ । आफ्नो अधिकार र हकको
लागि कसैको बहकाउमा नपरि लिनु पर्छ । मानिसमा ढिलो
चाँडो चेतना अवस्य आउँछ त्यसकारण जनताको हकअधिकार कसैले हनन गर्न पाउदैनन् भन्ने
कुरा यहाँ पाइन्छ ।
मैथिली भाषाको प्रयोग ,बहल पात्रको प्रयोग
,तरार्इंको ग्रामीण परिवेशको चिनारीका साथै निम्न वर्गीय जनता माथि जन्ने सुन्ने
व्याक्तिले शोषण ,उच्च वर्गीय भनाउदा समाज सेवाको नाममा कसरी नाङ्गो रूपमा शोषण
गर्छन् भन्ने विषयवस्तु यहा उठान गरिएको छ । उच्च र सामन्ती वर्गले निम्न निमुखा
वर्गलार्इ कसरी शोषण गर्छ भन्ने यथार्थता को प्रस्तुती नै यस कथाको विशेषता हो ।

भागिरथी श्रेष्ठ र उनको ‘चुनौती’ कथाको विश्लेष
भागिरथी श्रेष्ठ र उनको ‘चुनौती’ कथा
कथाकारको जीवनीगत परिचय
जन्म -२००५ साल असोज १४ गते, रिडी, गुल्मीमा
शिक्षा- स्नातक
सेवा- रुरु
गाउँ पञ्चायतकी सदस्य, महिला सङ्गठन गुल्मीको
उपाध्यक्षसमेत रहेकी भागीरथी श्रेष्ठले केही समय शिक्षक, नारी शिल्पकला केन्द्र भैरहवाको
सचिव, सामाजिक सेवा समन्वय परिषद् तारा गाउँ विकास समितिमा पनि काम गरेकी थिइन् ।
सिद्धिचरण काव्यप्रतिष्ठान एवं गुञ्जनको सदस्यसमेत रहेसकेकी यिनले रुरु, कस्तुरी
तथा मिर्मिरे पत्रिकाको सम्पादनसमेत गरेको जानकारी पाइन्छ।
पहिलो प्रकाशित कथा - २०२३ सालको रुरु
पत्रिकामा प्रकाशित प्रबल इच्छा शीर्षकको कथा
प्रकाशित कृतिहरू - मालती(२०४३), मोहदंश
(२०४४), विभ्रम (२०५०), रङ्गीन
पोखरी (२०५०) ,भूमिगत (२०६२) ,एउटा यस्तो आकाश (२०४६)
पुरस्कार - अन्तर क्याम्पस गजल प्रतियोगितामा
स्वर्णपदक (२०२४), लुम्बिनी अञ्चलस्तरीय साहित्यिक
सम्मेलनमा स्वर्णपदक (२०३३), रत्नश्री स्वर्णपदक
(२०४३), टेलिचलचित्रमा उत्कृष्ट कथाकार पुरस्कार (२०४४), मैनाली
कथा पुरस्कार (२०४८), बालसाहित्य समाजद्वारा आयोजित
बालकथा प्रतियोगितामा तृतीय पुरस्कार जस्ता विभिन्न पुरस्कारद्वारा सम्मानित पनि
भएकी छन् ।
कथाकार भागिरथी श्रेष्ठका कथागत प्रवृत्तिहरू
१.समाजमा घट्न सक्ने विभिन्न प्रकारका
घटनाहरूलाई कथ्य बनाएर कथा लेख्ने सामाजिक यथार्थवादी कथाकार हुन् ।
२. दाम्पत्य जीवनका विविध पाटाहरू, सन्तानविहीन
परिस्थितिमा मानिसले भोग्नुपर्ने पीडा, मातृत्वको
पीडा र महत्व, आर्थिक असमानताले उत्पन्न गरेको पीडाजन्य
परिस्थिति, वैधव्यको पीडा, पुरूष
नारीहरूले भोग्नुपरेका सामाजिक तिरस्कार, पुरानो
र नया“ पुस्ताका बीचमा देखापर्ने सङ्कटग्रस्त मूल्यहरू
जस्ता विविध विषयवस्तुबाट यिनले कथाको संरचना निर्माण गरेकी छन् ।
३. यिनका
कथामा सांकृस्तिक परिष्कार तथा सुधारको चाहना कोरा आदर्श र नाराका रूपमा नभएर
यथार्थप्रति निष्ठावान रहेको देखिन्छ ।
४.कतिपय कथाहरू मनोवैज्ञानिक धरातलमा लेखिएका
छन् । यिनले नारी र पुरुष दुवैका मानसिक आरोह–अवरोहलाई
प्रस्तुत गरेकी छन् । जलनका बिम्बहरू, संस्कार, दिलु
बजै, शकुन्तला जस्ता कथाहरूमा नारी मनस्थितिको
चित्रण गरिएको छ भने दीपा, अतिक्रमण, शिक्षक, पिता
जस्ता कथामा पुरुषको मनोविज्ञान केलाइएको छ । यिनका मनोवैज्ञानिक कथाहरू पनि पूर्ण
रूपमा मनोविश्लेषणात्मक नभएर सामाजिक संस्कारको पृष्ठभूमिमा लेखिएका छन् ।
५. राजनैतिक विषयवस्तुमा पनि कथा लेखेकी छन् । राजनैतिक
विषयवस्तु भएका यिनका कथाहरूमा युगीन तानाशाही शासन, सङ्कटमा
परेको राष्ट्रियता, सत्तासीनहरूले गरेको सत्ताको
दुरुपयोग, सत्ता र शक्तिका आडमा हराउ“दै
गएका मानवीय मूल्यहरू, मानव अधिकारको हनन, जातीयताको
सङ्कीर्ण सोचाइले निम्त्याउन सक्ने सङ्कटजस्ता विविध पक्षहरूको अभिव्यक्ति पाइन्छ
। प्रजातन्त्रको पुनस्र्थापनापछि देशमा देखापरेका विविध प्रकारका विकृति र
विसङ्गतिको चिरफार गरिएका यस्ता कथाहरूमा यही स्थिति रह“दै
जाने हो भने एकदिन विद्रोहको ज्वालामुखी फुटेर भयङ्कर एवं त्रासद परिणाम निस्कने
सङ्केत यिनका कथामा गरिएको छ । घर, चुनौती, अन्त्य, मन्दिर, आगो, भूमिगतजस्ता
कथाहरू यस कोटिमा पर्दछन् ।
६. देशमा भएको सशस्त्र द्वन्द्वका विभिन्न
सन्दर्भहरुलाई पनि यिनका कथामा विषय बनाइएको छ । विप्लव यिनको यसप्रकारको उल्लेखनीय
कथा हो ।
सन्दर्भ
१.भूमिगत
कथा सङ्ग्रहमा सङ्ग्रहित
२.
जीवनमा अनेकन समस्या आउछन् ती समस्यासँग जुध्नु चुनौती हो ।
३.यस
कथामा पुरूष प्रधान नेपाली समाजको यथार्थ प्रस्तुति दिदै नारीहरू स्वाभिमानी भएर
वाँच्न अनेकौ चुनौतीको सामना गर्नुपर्छ भन्ने कुरा उठाइएको छ ।
पात्रहरू
चम्पा
दिदी ,म पात्र , चम्पाको लोग्ने वटुकलाल ,चम्पाको
छोरो ,नयना,चम्पाकी आमा,चम्पाकी बहिनी,चम्पाका बुबा,नयाँ दुलही
,चम्पाकी नन्द, ,लक्ष्मी
चुनौती कथाको विश्लेषण
सामाजिक यथार्थवादी कथाकार भागीरथी
श्रेष्ठ(२००५)को चुनौती कथा उनको भूमिगत कथा सङ्ग्रह(२०५२) मा सङ्ग्रहित कथा
हो ।यस कथामा कथाकरले नेपाली समाजमा हावी भएको पुरूष प्रधानत ,पुरूषले
नारीहरूलार्इ गर्नै अन्याय पूर्ण व्यवहार,नारीले नारीकै समस्या नबुझ्ने समस्याका
साथै नारीका सहनशिलता ,दृढता र साहसीपूर्ण व्यवहारलार्इ उजागर गरेकी छन् ।पत्रात्मक
शैलीमा प्रस्तुत गरिएको उक्त कथामा पुरूषको दुर्वल पक्ष र नारीको सवल पक्षको
उद्घाटन गरिएको छ । जीवनमा जतिसुकै समस्या परेपनि डटेर सामना गर्नुपर्छ भन्ने
सन्देश बोकेको उक्त कथाले नारी सहनशिलताको अर्कोरूप हो भन्ने कुरा देखाएको छ ।
चम्पा दिदीलार्इ प्रमुख पात्र बनार्इ
लेखिएको उक्त कथामा आफ्ना कुरा कसैलार्इ पनि नभन्ने चम्पा दिदीले म पात्रलार्इ
विश्वास गरेर आफूले भोगेका जीवनका सम्पूर्ण दुःख पीडा सबै चिठी मार्फत म पात्रलार्इ
पोखेकी छन् । १८बर्षको अल्लरे उमेरमा चम्पाको
बिबाह वटुकलाल भन्ने व्यक्तिसँग हुन्छ ।रसिक र विलासी स्वभावको वटुकलालले
चम्पालार्इ मन पराउदैन ।घर परिवारको कारण बिबाह गर्नु परेको वताउने उसले परस्त्रीसँग
सम्भन्ध राख्दा रमार्इलो हुने र सम्पामा कुनै आकर्षण
नहुने कुरा बताउँछ ।छोराकी आमा बनिसकेकी
चम्पालार्इ पीडा भएपनि त्यो आफूभित्रै लुकाउछे ।पैत्रिक सम्पतिले मातिएर विलासी
जीवन विताउन लालाहित भएको उक्त पुरूषले अर्की युवतीसँग दोस्रो बिबाह गर्छ ।त्यो
बिबाहामा उपस्थित पाउनालार्इ भोजन खुवाउने ,सौता भित्रयाउने काम कुनै अवरोध विना
गरेकी चम्पा वेहोस भएर लडेकी हुन्छे ।केहि समय पछि चम्पाको लोग्ने र सौताबीच झगडा
सुरू हुन्छ । त्यसको कारण पैत्रिक सम्पती बेचेर माइत जाने प्रस्ताब चम्पाकी सौताले
राखेकी हुन्छे । केहि समयपछि एउटा घर
मात्र वाँकि राखेर सबै सम्पति बेचेर मार्इत गएर बस्छन् ।चम्पाकी सौता धन दौलत सबै
लिएर पोइला गएको खबर चम्पाले पाउछे ।चम्पा भने चिया पसल खोलेर परिवार धानेकी
हुन्छे । लोग्ने लाचार भएर फर्कन्छ ।चम्पाको छोरो पनि ठूलो हुन्छ ।उनिहरूले राम्रो
व्यवस्था गरेका हुन्छन् ।एकदिन चम्पाको लेग्नेको मृत्यु हुन्छ ।लोग्नेको मृत्युमा
उसलार्इ दुःख हुँदैन बरू रातो लगाउने रहर नपुगेकाले भने चिन्ता लाग्छ ।चिया पसलबाट
स्टेसनरी चम्पाले खोल्छे ।नाती जन्मन्छ उसको जीवनमा खुसी छाएको कुरा चम्पाले
चिठ्ठीमा व्याक्त गरेकी हुन्छे र म पत्रले चम्पाको सङ्घर्ष प्रेरणादाइ भएको र आफूले
नविर्षने कुरा गरेबाट कथानक सकिएको छ।
पुरूष प्रधान
समाजमा नारीको संघर्षलार्इ विषयवस्तु बनार्इ लेखिएको यस कथामा मानिसले धेरै
संघर्षहरू जीवनमा गरेको हुन्छ ।जीवनका दुःख पोख्न पाएको हुँदैन ।यदि दुःख पोख्न
पायो भने उसको मन हलुका हुन्छ ।नारीको पीर र मर्कालार्इ नारीले नै बुझेका हुँदैनन्
नारीका दुस्मन नारीनै बन्ने गर्दछन् ।त्यसैले पुरूषको हैकमी , विलासी र स्वार्थी
प्रवृत्तिबाट पिडित नारीहरूलार्इ पुरूषको हैकमी प्रवृत्तिबाट मुक्त गराउनु पर्छ भन्ने विचारका साथासाथै नारीले नारीको समस्यलार्इ बुझ्नु पर्छ
भन्ने बिचार यसकथामा पाउन सकिन्छ ।जीवनमा जस्तासुकै समस्या आएपनि त्यसको सामना
गर्दै जानुपर्छ ।जीवन संघर्षशील छ ।त्यसैले कहिल्यहि पनि जीवनदेखि हार मान्नु
हुँदैन ।भन्ने सन्देश यस कथाले बोकेको छ ।

नाटकको परिचय र परिभाषा
नाटकको परिचय र परिभाषा परिचयः नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ । रङ...
-
Follow बटनमा थिच्नुहोस् पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र ...