बुधवार, 14 अक्टूबर 2020

अाैेचित्य सिद्धान्त

           अाैचित्यको तात्पर्य उचित वा उपयुक्त हुन्छ ।काब्यको शुन्दरता बढाउँन प्रयोग गरिने तरिका नै अाैचित्य हो ।यसमाा रस ,रीति ,गुण अादिलार्इ यथोचित समावेश गरिन्छ ।काब्यको कुनैपनि उपकरण अाफएमा गुण र दोष नभइ यसको रखाइको अाधारमा यसको कारणबन्छ । अाैचित्यले काब्यको समष्टि रूपलार्इ समेटेको हुन्छ । यसको उपस्थितिका कारण नै काब्य गुण बन्दछ । क्षेमेन्द्रले जो वस्तु जुन वस्तुका लागि स्वभाविक हुन्छ ,त्यो नै अाैचित्य हुन्छ भनेका छन् । अाैचित्यले कहाँ स्वभाविक ,कहाँ वक्रक्ति ,कहाँ कुन रस र अलङ्कारको प्रयोग गर्ने भन्ने कुराको तय गर्छ । यस कारण काब्यका सबै तत्त्वहरूलार्इ वाध्ने तत्त्वको रूपमा अाैचित्यलार्इ लिन सकिन्छ । भरतले सर्वप्रथम अाफ्नो नाट्य शास्त्रमा अाैचित्यको प्रयाेग गरेका थिए । उनले लोकधर्म (स्वभाव र काब्य /नाटक ) धर्मलार्इ निर्देशन गर्ने  स्थापित  तत्त्वका रूपमा लिएका छन् । कुन्तकले बक्रता (नव अाैचित्य ) लार्इ महत्त्व दिए भोजले अाैचित्यले सानो -सानो दोषको अन्त्य र व्यापक दोषको पनि गुणमा परिवर्तन गर्दछ भनेका छन् । क्षेमेन्द्र अाैचित्य सिद्धान्तका प्रतिष्ठापक मानिन्छन ।यिनले काव्यको प्रणको रूपमा अाैचित्यलार्इ लिएका छन् । जसले काव्यलार्इ जिवित् राख्दछ । काव्यका अन्य तत्त्वलार्इ जोड्छ अलङ्कार तथा गुणको रूपमा काव्यलार्इ छुट्याउन मिल्दैन यो अखण्ड छ भनि अाैचित्यको महत्त्व दर्शाएका छन् ।

                  अाैचित्यको अर्थ समय र समाजको मान्यता अनुरूप चल्नु भन्ने वुझिन्छ । उचित अनुचितका अाधारमा सभ्य समाजले रीति रिवाज ,अाचरण , भेष भुषा , अादिलार्इ ध्यान दिएको हुन्छ।साहित्य  पनि समाजकै अङ्ग भएको हुनाले साहित्य पनि अनुशासित र मर्यादित  हुन जरूरी हुन्छ । अनुशासित र मर्यादित साहित्य निर्माण  गर्न अाैचित्य सिद्धान्तको प्रयोग जरूरी हुन्छ । समाजको गतिविधिलार्इ नियालेर साहित्य निर्माण गरिन्छ ।परिवेश सुहाउदो भाषा ,भेषभूषा ,रीति रिवाजलार्इ स्वीकारी त्यसलार्इ मिल्दो परिवेशमा -काव्यमा अलङ्कार ,रस भर्नु नै काब्य अाैचित्यको धर्म हो । 

     साहित्यमा अाैचित्य सिद्धान्तको उपयोगितालार्इ बुँदगत रूपमा यसरी हेर्न सकिन्छः-

क. काव्यलार्इ दोषवाट टाढा राख्न अाैचित्य सिद्धान्तको महत्त्वपूर्ण स्थान रहन्छ । 

ख. काव्यमा गुणहरूको  उचित र प्रभावकारी प्रयोजन गर्न ,व्याकरणिक कोटीलार्इ सन्तुलित राख्न ,भाषिक क्लिष्टता तथा वाक्य गठनलार्इ व्यवस्थित गर्न महत्वपूर्ण भुमिका अाैचित्य सिद्धान्तले खेलेको हुन्छ । त्यसकारण साहित्यमा यसको भुमिका उपयोगि मानिन्छ । 

ग. साहित्यलार्इ सर्वकालिक ,सर्वस्वीकार्य ,सर्वमंगलिकबनाउँन जात ,धर्म र राष्ट्र अखण्डमा अाच अाउने कुनै कुराको उल्लेखले साहित्यको गरिमालार्इ घटाइ दिन्छ । त्यसलार्इ अाैचित्य सिद्धान्तले महत्त्वपूर्ण भूमिका खेल्दछ ।

घ. साहित्यमा सरलभाषा तथा स्वभाविक भाषिक प्रस्तुति अाैचित्य सिद्धान्तको एक उदाहरण हो । जसले काल्पनिकता भन्दा यथार्थ र तथ्यपरक कुराहरू अपेच्छा साहित्यमा गरिन्छ । 

ङ. अलङ्कार ,रस ,रीति ,ध्वनि  वक्रोक्ति अादि सबैलार्इ स्वीकार्दै केवल मर्यादित र व्यवस्थित अर्थात सन्तुलित राख्ने व्यवस्था अाैचित्यवादले गर्ने हुँदा  पनि काव्यमा यसको महत्त्वपूर्ण स्थान देखिन्छ । 

च. अाैचित्य वादले स्वभाविकतालाृर्इ स्वीकार्ने हुनाले प्राकृतिक प्रस्तुति साहित्यमा भेटिन्छ ।जसले कृतिमता ,अर्थहिन भाषिक प्रयोगवाट जोगाउँछ । 

       यसरि साहित्यमा भाषाको रूपदेखि व्याकरण सम्म समाज र समयले स्वीकार्ने ,धर्म संस्कृति जाति र विश्व मानवतालार्इ जोड्ने काल्पनिक भन्दा यथार्थ प्रस्तुति दिने अलङ्कार र गुणले सजाउने कार्य साहित्यमा अाैचित्य सिद्धान्तले गरेको हुन्छ ।त्यसकारण यसको साहित्यमा उचित स्थान रहन्छ भन्न सकिन्छ ।

Impropriety means appropriate or appropriate. Impropriety is the method used to enhance the beauty of poetry. It includes juice, rituals, merits, etc. reasonably. Injustice encompasses the totality of poetry. Due to its presence, poetic quality is formed. Kshemendra has said that the thing which is natural for the thing is unjust. Aichitya decides where to use natural, where to use curvature, where to use juice and ornaments. For this reason, unrighteousness can be taken as the binding element of all the elements of poetry. Bharat was the first to use impropriety in his Natya Shastra. He has taken folk religion (temperament and poetry / drama) as an established element of directing religion. Kuntak emphasizes the importance of curvature (new unrighteousness). Kshemendra is considered to be the founder of the principle of impropriety. He has taken impropriety as a vow of poetry. Which keeps poetry alive. It connects other elements of poetry. Poetry cannot be separated as rhetoric and virtue. It has shown the importance of incoherence.


                  Impropriety is understood to mean following the norms of time and society. Civilized society pays attention to customs, manners, costumes, etc. on the basis of right and wrong. Since literature is also a part of society, literature also needs to be disciplined and dignified. In order to produce disciplined and dignified literature, it is necessary to use the principle of impropriety. Literature is created by observing the activities of the society. Accepting the language, dress and customs that are suitable for the environment and adapting it to the environment in which it is compatible is the religion of poetic inconsistency.


     The usefulness of the theory of impropriety in literature can be summarized as follows:


A. The principle of impropriety has an important place in keeping poetry away from faults.


B. The principle of impropriety plays an important role in the proper and effective use of qualities in poetry, in balancing grammatical categories, in managing linguistic complexity and sentence structure. Therefore, its role in literature is considered useful.


C. Mentioning something that will unite the caste, religion and nation in order to make literature everlasting, universally acceptable and universal, diminishes the dignity of literature. The theory of impropriety plays an important role in that.


D. Simple language and natural linguistic presentation in literature is an example of the principle of impropriety. Real and factual things are expected in literature rather than fiction.


E. Accepting all the ornaments, rites, rituals, sound curves, etc., only a dignified and systematic arrangement, that is, keeping it in balance, is done by Achityavad, but it also has an important place in poetry.


F. Since unreasonableness accepts naturalism, natural presentation is found in literature, which protects from artificial, meaningless linguistic use.


       Thus, in literature, from language to grammar, society and time accept it, religion, culture, race and world humanity are presented in a more realistic and imaginative way.

सोमवार, 12 अक्टूबर 2020

रीतिका प्रकार

 रीतिलार्इ विभिन्न अाधारमा वर्गीकरण गर्ने यसको संख्या तोक्ने कार्य अाचार्यहरूले गरेको पार्इन्छ । भरतले रीतिलार्इ प्रवृति शब्दको प्रयोग गरेका छन् । भामह ,दण्डी र कुन्तकले यसलार्इ मार्ग भनेका छन् । वामन , रूद्रट ,अग्निपुराण कार , भोजराज र विश्वनाथले यसलार्इ रीति नाम दिए । उद्भट र मम्मटले वृत्ति शब्दको प्रयोग गरे भने अानन्दवर्धनले सङ्मटना र राजेश्वरले यसलार्इ वचन विन्यस क्रम भनेका छन् । यसरी विभिन्न अाचार्यहरूले अाफ्नो- अाफ्नो तरिकाले नामाकरण गरेका छन् । यसमा अाचार्य वामनलार्इ यसको प्रणेता मानिन्छ र यसलार्इ रीतिका नामले चिनिन्छ । जसरी नामाकरणमा भिन्नता देखिन्छ त्यसरी नै रीतिलार्इ वर्गीकरण गर्ने क्रममा भरत , भामह र वाणभट्टले प्रदेशलार्इ अाधार वनार्इ रीतिको प्रकारको नामाकरण दिए । गुणलार्इ अाधार मान्ने अाचार्य दण्डी ,वामन र भोजराज हुन । त्यस्तै पदरचनार्इ अाधार द्भटले माने । समासलार्इ अाधार वनाउँने रूद्रट , अग्निपुराणकार , अानन्दवर्धन हुन । कवि स्वभावलार्इ अाधार कुन्तकले माने भने राजशेखरले वाक्य गठन र विश्वनाथले चाँहि वर्ण विन्यासलार्इ यसरी रीतिको प्रकारको नामाकरणलार्इ पनि एउटै चिजलार्इ अाधार वनाएको छैन । यसमा वामनको सिद्धान्तलार्इ बढि महत्त्व दिएको हुनाले उनकै विचारलार्इ सर्वमान्य मान्दै रीतिका प्रकारहरूलार्इ यसरी वर्गीकरण गरिएको छः- 

क)वैदर्भी रीति

ख) गाैणी रीति

ग) पञ्चाली रीति

क)वैदर्भीरीतिः -

वैदर्भीरीतिको प्रमुख अाधार गुण हो । अधिकांश अाचार्यहरूले यसलार्इ सर्वश्रेष्ठ रीतिका रूपमा स्वीकारेका छन् । दोष रहित ,समस्त गुणहरूले पूर्ण ,विणाकत्र जस्तो सुमधुर स्वरयुक्त रीति नै वैदर्भी रीति हो । भन्दै वामनले चिनाएका छन् । यसमा काटेमारेका अक्षर ,झुण्डिएका ,मुन्टिएका ,नासिक्य र श्रुति कटुवर्ण (ङ,च,ण,ट ,ठ , ड, ढ) बाहेकका वर्णहरूको संयुक्त संरचनावाट सुमधुर माधुर्यको सिर्जना गर्ने प्रवृत्ति रहन्छ । सुकुमार र कोमल गुणले युक्त यस रीतिले शृङ्गार ,करूण र शान्त रस धारण प्रभाहित गर्छ । यो प्रवृत्ति विशेष गरि विदर्भ देशका स्रष्टाहरूले अनुशरण गर्ने भएको हुनाले पनि यसको नाम विदर्भवाट वैदर्भी रहन गयो । यसमा माधुर्य गुणवाट बन्ने समासहिन अथवा दुर्इ पदे समास युक्त पदरचना रहनु यसको अर्को प्रवृत्ति मानिन्छ । 

            यसरी वैदर्भी रीतिमा पढ्दा र सुन्दा अानन्द अाउने पद रचना र मधुर गुणको प्रयोग भएको हुन्छ । यसलार्इ उद्भट र मम्मटले उपनागरिका वृत्ति र कुन्तकले सुकुमार मार्ग भनेका छन् । 

उदाहरणः-

हे नारायण के भयो ?जुन कुरा नहोस भन्थे त्यहि भयो 

छैनाै संगिनी तिमी कि अहिले संसार छैन यो ।

ख) गाैणी रीतिः-

पाठक तथा भावकको चित्तलार्इ उत्साह द्वारा विस्तारित पार्ने किसिमको तेजिलो अोजगुणले युक्त ,कठोर पूर्ण वर्णहरूको उपस्थिति रहेको पद रचना जसमा दीर्घ समासको प्रयोग र ट वर्णको वर्गीकरण(ट,ठ,ड,ढ,ण)वर्णहरूको र संयुक्त व्यञ्जनहरूको प्रयोग गरिन्छ । यसमा अोज र कान्ति गुण हुन्छ भने वीर विभत्स र राैद्र रसमा वढी उपयोगी मानिन्छ । यो रीति गाैडी प्रदेशको प्रचलित रीति भएको हुनाले यसको नाम गाैणी रीति रहन पुग्यो । यसलार्इ उद्भट र मम्मटले पुरूषा वृत्ति र कुन्तकले विचित्र मार्ग भनेका छन् । भावको अोजता रगम्भिर्यता वाट मानवीय चित्तलार्इ उत्साहद्वारा विस्तारित पार्ने क्षेमता नै यसको विशेषता हो ।

उदाहरणः-

प्रचण्ड ,चण्ड वीरले अनन्त जण्ड शब्दले 

गिँडेर रूण्ड -तुण्ड नै अनन्त अण्ड वण्डले  -     देवकोटा

ग) पञ्चाली रीति ः-

पञ्चाली रीतिमा ज्यदा कठोर पनि नहुने र ज्यादै नरम पनि नहुने मध्यम खालको शब्दको गडगडाहट र दीर्घ समास युक्त पद रचना पनि हुँदैन नत यसमा वैदर्भी रीतिको जस्तो विणाको सुमधुर स्वर पाइन्छ । यसमा मध्यम खालको शब्द प्रयोग गरिन्छ । यसमा अोज र कान्तिको  अभाव रहन्छ । जसमा माधुर्य र साैकुमार्य गुणले रीतिलार्इ डोर्याएका हुन्छन ।यसको प्रचलन पञ्चाल प्रदेशमा भएको र त्यस प्रदेशका काव्यकृतिमा प्रकटहुने अभिव्यक्ति शैली नै पाञ्रचाली रीति हो ।

 उदाहरणः-

हेराैला त्यो हुरी भएर अाउने छ । 

तिमी पात भएर पछ्याउने छाै ।- गोपाल प्रसाद रिमाल

It is the task of the Acharyas to classify the rituals on different grounds and to determine its number. Bharat has used the word ritual for instinct. Bhamah, Dandi and Kuntak have called it the way. Vaman, Rudrat, Agnipuran Kar, Bhojraj and Vishwanath named it Riti. Udbhat and Mammath use the word Vritti, while Anandavardhana calls it Sammatana and Rajeshwar calls it the word sequence. Thus the various Acharyas have been named in their own way. Acharya Vaman is considered to be its pioneer and it is known as Ritika. Just as there is a difference in the naming, in the process of classifying the rituals, Bharat, Bhamah and Vanabhatta gave the type of naming to the province as a basis. Acharya Dandi, Vaman and Bhojraj are the basis of merit. Similarly, Aadhar Dbhat accepted the post. Rudrat, Agnipurankar, Ananda Vardhan are the basis of Samas. Kuntak believes that the nature of the poet is based on the same thing as Rajasekhara's sentence formation and Vishwanath's alphabetization. Since more emphasis is placed on Vaman's doctrine, the types of rituals are classified as follows:


A) Vaidarbhi ritual


B) Singing style


C) Panchali ritual


A) Vaidarbhiriti: -


This is the main basis of Vaidarbhiriti. Most of the Acharyas have accepted this as the best practice. The Vaidarbhi ritual is the flawless, full of all virtues, the melodious tone like Vinakatra. Saying that, Vaman has identified. It has a tendency to create a melodious melody through the combined structure of the characters except the cut letters, hanging, muntiye, nasikya and shruti katuvarna (e, ch, n, t, th, d, d). With its gentle and gentle qualities, this ritual influences the holding of beauty, compassion and calm juice. This trend was especially followed by the creators of Vidarbha, hence the name Vaidarbhi from Vidarbha. Another tendency of it is to have a compound without melody or a compound with two verses.


            In this way, while reading and listening in Vaidarbhi style, verses are composed which bring joy and sweet qualities are used. Udbhat and Mammat have called it suburban instinct and Kuntak has called it Sukumar Marg.


Example: -


Hey Narayan, what happened?


There is no world like this right now.


B) Singing style: -


A verse composition with the presence of sharp, full-bodied characters with a kind of fast-paced quality that expands the mind of the reader and the reader with enthusiasm. It has Oj and Kanti qualities and is considered to be more useful in Vir Vibhats and Raidra Rasa. As this ritual is the prevalent custom of Gaddi province, its name became Gaini ritual. Udbhat and Mammat have called it Purusha Vritti and Kuntak has called it a strange path. It is characterized by the ability to expand the human mind with enthusiasm through the intensity of emotion.


Example: -


Prachanda, Chand Veer uttered the word Anant Jand


Ginder Rund - Tund Nai Anant And Vandale - Devkota


C) Panchali Rite: -


In the Panchali style, there is no rhetoric of medium type words that are neither too hard nor too soft, nor is there a composition of verses with long compound, nor does it have the melodious sound of a harp like the Vaidarbhi style. It uses a moderate word. It lacks Oz and Kanti. In which the ritual is guided by the virtues of sweetness and serenity. It is prevalent in Panchal Pradesh and the style of expression that appears in the poetry of that region is Pancharali ritual.


 Example: -


Look, that storm is coming.

You will follow like a leaf. - Gopal Prasad Rimal

रविवार, 11 अक्टूबर 2020

रीति र गुण

                   काब्य रचनाको पद्धति वा तरिकालार्इ रीति भनिन्छ । रीति र गुणको सम्भन्ध घनिष्ट रहेको हुन्छ । पद रचना गर्ने तरिका रीति हो । जुन तरिका वा पद्धति द्वारा पद रचना हुन्छ । त्यो रचनाले गुणको निर्माण गर्दछ । जसको कारण काव्य सार्थक बन्दछ  ।यसलार्इ वामन , दण्डी जस्ता विद्वानहरूले रीति गुणमा अाश्रित रहने कुरा वताएका छन् । यी दुवैमा जो जसमा अाश्रित रहेपनि काव्यमा यी दुवै एक अर्काका परिपुरक हुन भन्न सकिन्छ । वामनले काव्यको अात्मा रीति हो भनेका छन् ।यी सबै कुराको मध्यमर्गीको रूपमा देखा परेका अानन्दवर्धनले गुण र रीतिलार्इ अभिन्न मान्दा रीतिले गुणको अाश्रयमा रस व्यक्त गर्दछ । भन्ने विर्सनु हुँदैन भन्दै रीति पद रचना , गुण पदपदरचनाको शोभापरक  तत्त्व हो जसले पदरचनामा प्राण भरि पद रचनालार्इ अाकर्षक बनाउँछ भनेका छन् । यसरी हेर्दा रीति र गुणको सम्भन्ध नङ् र मासुको जस्तो रहन्छ । गुण अनुशार रीतिको नामाकरण हुने र रीति अनुशार गुणको उपस्थिति रहन्छ ।रीतिको अा?य नपाइ गुणलार्इ अलगिन पर्ने र गुणको अाश्रय विना रीतिले अाफ्नो संरचना फेला पार्न नसक्ने हुन्छ । त्यसकारण यी दुवै बिच अन्योन्याश्रित सम्भन्ध रहन्छ । रीतिका मुख्य ३ भेद रहन्छन् । जसमा वैदर्भी  रीति माधुर्य गुणसँग ,गाैणी रीति अोज गुण सँग र पञ्चाली रीति प्रसाद गुण सँग सम्भन्धित छन् । वैदर्भी रीतिको अाधार हुने अोजगुण चित्तलार्इ पगाल्ने किसिमको भावले युक्त हुन्छ अर्थात मधुर रचना शृङ्गार करूण र शान्त रस यसका पहिचान हुन । गाैणी रीतिको अाधार हुने अोज गुण चित्तलार्इ उत्साहा द्वारा विस्तारित पार्ने किसिमको तेजिलो हुन्छ । यसमा लामो समास युक्त कठोर पदरचना पाइन्छ । वीर , विभत्स र राैद्र रस यसमा निर्माण हुन्छ । त्यसै गरी पञ्चाली रीतिको अाधार हुने प्रसाद गुण  सहजै चित्तमा व्याप्त हुन सक्छ। यो सवै रीति र रसमा स्वीकार्य हुन्छ ।यसमा सहजै अर्थवोधहुने सरल पद रचनाको प्रयोग रहेको हुन्छ । 

           यसरी रीति गुणको अाश्रयमा निर्माण भइ काव्य साैन्दर्य निर्माण भइ काव्य साैन्दर्य निर्माणमामहत्वपूर्ण भुमिका निर्भाह गर्दछ । गुणलार्इ अात्म र रीतिलनर्इ शरीर सँग तुलना गर्न सकिन्छ । गुणको कारण रस निर्माण हुन्छ भने रीतिले गुण र रस दुवैलार्इ व्यक्त हुन सहायता प्रदान गर्दछ । यो बाहिरी वर्ण वा पदरचना सँग सम्भन्धित भएको हुनाले रस र गुण अनुकुल कोमल कठोर र स्पष्टार्थक सँग सम्वन्धित रहन्छ ।

The method or method of composing poetry is called ritual. Ritual and virtue are closely related. The method of composing verses is ritual. The method by which the verse is composed. That creation creates virtue. Due to which poetry becomes meaningful. Scholars like Vaman and Dandi have said that it depends on ritual qualities. In poetry, it can be said that both of them are complementary to each other, even if they are dependent on them. Vamana says that the soul of poetry is ritual. Anandavardhana, who appears as the mediator of all these things, considers virtue and ritual as integral, and ritual expresses juice in the shelter of virtue. It should not be forgotten that ritual verse composition is an ornamental element of quality verse composition which makes the composition of verses attractive throughout the soul. Seen in this way, the relationship between rituals and virtues is like that of nails and meat. Rites are named according to the virtues and virtues are present according to the virtues. The virtues are separated without the origin of the virtues and without the shelter of the virtues the ritual cannot find its structure. Therefore, there is an interdependent relationship between the two. There are three main types of rituals. In which Vaidarbhi rituals are associated with sweetness, singing rituals are associated with Oz virtues and Panchali rituals are associated with Prasad virtues. Ojaguna, which is the basis of Vaidarbhi ritual, has a kind of melting mood, i.e. sweet composition, adornment, compassion and calm juice are its hallmarks. The Oz quality, which is the basis of the singing style, is kind of quick to expand the Chitta by enthusiasm. It has a hard structure with a long compound. Vir, Vibhatsa and Raidra Rasa are formed in it In the same way, the offerings based on the Panchali ritual can easily permeate the mind. It is acceptable in all rituals and juices. It uses simple verse compositions that are easily understood.


           In this way, the poetic beauty plays an important role in the construction of the poetic beauty. The qualities can be compared to the soul and the ritual body. Juice is formed because of virtue, while ritual helps to express both virtue and juice. Since it is related to the external character or structure, it is related to the soft, hard and clear meaning that suits the juice and quality.

शनिवार, 10 अक्टूबर 2020

रीति र शैली

               शैली शब्दको निर्माण शील धातुबाट भएको हो । यसको अर्थ स्वभाव भन्ने हुन्छ । जसले व्यक्ति स्वभावलार्इ जनाउँछ ।यो भाव अभिव्याक्तिको एउटा तरिका वा ढंग भन्ने नै हुन्छ । अङ्गग्रेजीको स्टाइल वाट नेपालीमा शैलीका रूपमा भित्रिएको यो शब्द पूर्वीय साहित्यको रीतिसँग मिल्दो देखिन्छ । अझ रीतिले काव्यको वरिपरि रहेर मात्र व्यवाहार गर्दछ भन्ने शैलीले लोक व्यवाहार ताैर तरिकालनर्इ पनि अोगट्न थालेको छ । रीति सागुरीदै र शैली झ्याङ्गिदै गइरहेको छ ।

        रीति र शैली दुवै पर्यायका रूपमा देखिन्छ । यी दुवैले अभिव्यक्ति गर्ने भएकाले यसमा समानता देखिनु स्वभाविक पनि हो । यसलार्इ विस्तृत रूपमा केलाउँदा भने शैलीले व्यक्तिमा महत्त्व दिन्छ भने रीतिले विषयमा महत्त्व दिएको हुन्छ ।त्यसकारण रीतिलार्इ सिद्धान्तका रूपमा अध्यायन गरी निश्चित प्रकारमा छुट्याउँन र केलाउँन सकिन्छ भनेशैलीका भेदहरू केलाउँनअफ्ठ्यारो छ । शैली व्यक्ति सापेच्छ हुने हुनाले रीतिमा जस्तो पूर्व योजना हुदैन । शैलीले रीतिको तुलनामा कवि चमत्कार र नविनता ल्याउँछ। यसकलागि अध्यायन र अभ्यास भन्दापनि कवि प्रतिभा बढि महत्त्व हुन्छ । परिष्कृत नभइ स्वच्छन्दता र शास्त्र नभइ कला शैलीको विशेषता हो । 

         शैली र रीतिलार्इ विस्तृत रूपमा केलाउँदा शैली व्यक्तिसँग र रीति पद्धतिसँग सम्वन्धित देखिन्छन् । जव व्यक्तिले रीतिलार्इ अपनाएर अाफ्ना सिर्जनाहरू अभिव्यक्त गर्दछ त्यसमा उसको व्यक्तिगत गुणहरू पनि झल्किन्छन ती व्यक्तिगत गुणहरू झ्याङ्गिदै पछि त्यसले नै  रीतिको रूप लिन पुग्छ । यसरी रीति परम्परा हो र त्यो परम्परालार्इ शैलीले गति निर्धारण गर्दछ र परिवर्तन र नविनता पनि दिने गर्दछ । 

The word style is derived from metal. It means nature. Which refers to the nature of the person. This expression is a way or manner of expression. This word, which was introduced in Nepali as a style, seems to be similar to the style of Eastern literature. Moreover, the style of behaving only by being around poetry has begun to take shape in folklore. The style is changing and the style is changing.


        Both style and style are seen as synonymous. Since both of them express themselves, it is natural to see similarities in it. When it is examined in detail, the style gives importance to the person and the ritual gives importance to the subject. Since the style is relative to the person, there is no pre-planning like in the ritual. Poetry brings miracles and novelty to the genre. For this, poet talent is more important than study and practice. It is characteristic of art style without sophistication and without scripture.


         A closer look at the style and mannerisms reveals that the style is related to the person and the method. When a person expresses his creations by adopting rituals, his personal qualities are also reflected in them. Thus ritual is tradition and that tradition is determined by style and also gives change and innovation.


रीति सिद्धान्त

रीङ् धातुमा क्रृन प्रत्यय लागेर रीति शब्दको निर्माण भएको हो यसको सामान्य  अर्थ गमन प्रणाली भन्ने हुन्छ । काव्य शास्त्रमा यसलाई रीति भनिन्छ ।साहित्य वा काव्य सिर्जना गर्ने विशिष्ट प्रकारको पद्दतिलाईरीति भनिन्छ । यो एक प्रकारको ढंग वा तरिका हो ।जसमा व्यक्ति (स्रष्टा) को व्यक्तिगत तरिका वा ढंग भन्ने वुझिन्छ । स्रष्टाका भाव अभिव्यक्तिका लागि भाषाले एउटा गति र मार्ग लिएको हुन्छ ।त्यसलाई रीति भनिन्छ ।यो पद रचनाको एउटा विधि हो । यसको व्याख्या सर्वप्रथम वामनले गरेका हुन । उनले रीतिलाई काव्यको अात्मसँग तुलना गरेका छन् । भरतले नाट्य शास्त्रमा रीतिको उल्लेख गरेका छन् । उनले त्यहाँ रीतिलाई गुण भनेका छन् । त्यसै गरी भोज , दण्डी , कुन्तकले पनि रीति सम्भन्धी चर्चा गरेको पाइन्छ । वामनले रीति सम्भन्धी चर्चा गर्दै शब्द गुण र अर्थ गुण गरी दुई वर्गमा विभाजन गरेका छन् । वामनका अनुशार रीति पद रचनाको त्यो प्रकार हो जो दोषहरूवाट मुक्त होस् एवम् गुणहरू वाट अनिवार्य रूपमा र अलङ्कार वाट साधारण रूपमा परिमर्जित होस् । रीतिका वारेमा वामनका विचारमा ः-

  • रीति विशिष्ट पदरचना युक्त काव्यको अात्म हो जुन शब्द र अर्थगत चमत्कार युक्त पदरचना हो । 
  • रीति गुणात्मक हुन्छ । 
  • रीति विशिष्ट काव्य शोभालाई बढाउँने तत्त्व अलङ्कार हो । 
रीतिलाई शैली पनि भनिन्छ । तर सामान्य रूपमा हेर्दा रीति र शैली एउटै भएतापनि विशिष्ट रूपमा हेर्दा रीति शैली भन्दा व्यापक हुन्छ । शैलीले स्रष्टाको व्यक्तिगत ढंगलाई संकेत गर्दछ जुन स्रष्टा पिच्छे फरकहुन्छ भने रीतिले व्यक्तिगत भन्दा अलि फराकिलो भइ विषयगत ढंग वा ताैर तरिकालाई समेटेको हुन्छ । रीतिमा निम्न कुराहरू रहेका हुन्छन् ः-

  • विषय सापेच्छता हुन्छ ।
  • पूर्व निर्धारित रहन्छ । 
  • अध्ययन र अभ्यासको अावस्यकता पर्दछ । 
  • शाश्वत तत्त्वलाई सङ्ग्रह गरेर प्रस्तुत गरिन्छ । 
  • शास्त्र ,विज्ञान एवम् लोक व्यवहार सँग सम्भन्ध राख्दछ ।

The word rithi is formed by adding the suffix krun to the ring metal. Its general meaning is movement system. In poetry, it is called ritual. A specific type of method of creating literature or poetry is called ritual. It is a kind of method or method. In which the personal method or method of the person (creator) is understood. Language has a speed and a way to express the feelings of the creator. It is called ritual. It is a method of composing verses. It was first explained by Vamana. He has compared ritual to the spirit of poetry. Bharat has mentioned rituals in Natya Shastra. He called the ritual a virtue. Similarly, Bhoj, Dandi, Kuntak are also found to have discussed the rituals. Vaman discusses rituals and divides them into two categories, namely word quality and meaning quality. According to Vamana, ritual is a form of verse composition which is free from defects and essentially modified by virtues and simple by rhetoric. Vaman's thoughts on Ritika: -

Ritual is the essence of a poem with a specific composition, which is a composition with words and semantic miracles.
The ritual is qualitative.
Rhetoric is the element that enhances the specific poetic beauty.
Rite is also called style. But in general, ritual and style are the same, but in general, ritual is wider than style. Style refers to the individual style of the creator which varies from creator to style, while the style is slightly wider than the individual and includes thematic style or style. The procedure consists of the following:
The subject is relativity.
Remains predetermined.
Study and practice are required.
The eternal element is collected and presented.
Relates to science, science and folklore.

शुक्रवार, 9 अक्टूबर 2020

स्वभावोक्ति

     वाक्यमा प्रयोग हुने भनाइ वा उक्ति स्वभावोक्ति हो । सामान्य वोलचालको भाषा जुन स्वभाविक रूपमा प्रकट हुन्छ त्यसलार्इ नै स्वभावोक्ति भनिन्छ । वक्रोक्ति भन्दा यसमा भाषिक सरलता र सहजता हुन्छ । यसमा सहज र स्वभाविक भाषा शैलीको प्रयोग भइ साहित्य निर्माण भएको हुन्छ । यसमा पनि कुनै न कुनै रसको निर्माण गर्ने  क्षमता हुन्छ ।स्वैर कल्पना र घुमाउरो शैली भन्दा यसले यथार्थता र सहज अभिव्याक्तिको अपेच्छा राख्दछ । यसको विषय स्वभाविक हुन्छ भने शैली सामान्य रहन्छ । केहि विद्वानहरूले स्वभावोक्तिमा साहित्यको निर्माण हुनुपर्छ भन्ने खालका मतहरू राखेको पाइन्छ । उदारणको लागि प्लेटोले जीवनको हुवहु वर्णनलार्इ नै साहित्य ठान्दछन्। साहित्यमा कल्पना नभरी यथार्थ रूपमा प्रकट भएको जीवनको वास्तविक प्रस्तुति जसले गर्दा साहित्य मार्फत सत्यको अन्वेषण गर्न सकियोस भन्ने ठान्दछन । प्लेटोको विचारलार्इ खरस्तुले समर्थन गर्न सक्दैनन् ।यथार्थकुरालार्इ कल्पनाले पुन सिर्जना गरि साहित्य निर्माण गर्नु पर्दछ भनेका छन् । त्यसै गरी भामहले साहित्यमा गणना नै गरेका छैनन् । यिनले वक्रोक्ति नभएको वर्णनलार्इ वार्ता भनेका छन् । दण्डीले स्वभावोक्तिमा स्वतह अाकर्षित गर्न सक्ने गुण हुन्छ भन्दै साहित्यमा यसलार्इ स्वीकारेका छन् । त्यसै गरी यिनले त स्वभावोक्तिमा अलङ्कार पनि हुने कुरा वताएका छन् । कुन्तकले भने स्वभावोक्तिमा अलङ्कार हुने कुराको विरोध गर्दै यो स्वभाविक उक्तिमा अलङ्कार नहुने तर्क व्यक्त गर्दछन् । 

    साहित्यमा स्वभाविक अभिव्यक्ति नै स्वभावोक्ति हो । जसमा अभिधा शक्तिको प्रयोग भएको हुन्छ । यो सरल र सहज खालको हुन्छ । जसलार्इ केहि विद्वानले साहित्यमा स्वीकारेका छन् भने केहिले चाहि साहित्य भन्दा परको कुरा ठानेका छन् । 



A statement or utterance used in a sentence is a natural expression. The language of ordinary speech that appears naturally is called eloquence. It has linguistic simplicity and ease rather than irony. Literature is created using natural and easy language style. It also has the ability to create some kind of juice. The theme is natural and the style is simple. Some scholars are of the opinion that literature should be built on nature. For example, Plato considers literature to be the exact description of life. They think that literature is a real representation of real life that is not imaginary but real, so that truth can be explored through literature. Kharatu cannot support Plato's ideas. He has said that literature should be created by imagining reality. Similarly, Bhamah has not counted in literature. He described the talks as "non-negotiable". Dandi has accepted this in literature saying that it has the quality of being able to attract self-expression in nature. In the same way, he has said that it is also an ornament in nature. Kuntak, on the other hand, opposes the use of rhetoric in nature and argues that it should not be rhetorical in natural speech.


    In literature, natural expression is natural expression. In which the title power is used. It is simple and easy. Some scholars have accepted it in literature while others have considered it as something beyond literature.

गुरुवार, 8 अक्टूबर 2020

वक्रोक्तिका भेदहरू

 काव्यलार्इ सुन्दर र अाह्रलादकारी बनाउँन प्रयोग हुने घुमाउरो तथा चातुर्य पूर्ण जुन कथन हुन्छ त्यो नै वक्रक्ति हो । यसका संथापक कुन्तकले वक्रोक्तिका विभिन्न भेदहरूको उल्लेख गरेतापनि मुख्य भेद भने ६ वटा मात्र पाइन्छन । भषाको अाधारभूत तह देखि फलप्राप्तिको उपल्लो एकाइ सम्मलार्इ यसको अाधार बनाइन्छ । यसरी हेर्दा वक्रोक्तिका भेदहरू निम्न अनुशार छन्ः-

  • वर्ण विन्यास वक्रता
  • पद पूर्वार्ध -वक्रता 
  • पद परार्ध वक्रता 
  • वाक्य वक्रता 
  • प्रकरण वक्रता 
  • प्रबन्ध वक्रता

  • वर्ण विन्यास वक्रता
कुनै काव्य कृतिमा एक ,दुर्इ वा दुर्इ भन्दा बढि वर्णहरूको पुनरावेति द्वारा जुन साैन्दर्य सृजना हुन्छ  त्यसलनर्इ वर्णविन्यास वक्रता भनिन्छ । काव्यमा यसप्रकारको वक्रता यमक ,अनुप्रास अलङ्करको निकट रहन्छ । कुन्तकले वर्णविन्यास वक्रतामा वर्णको अावृति हुँदा श्रुति माधुर्य हुनुपर्ने जसका लागि सुन्दर वर्णको प्रयोग गरी वक्रता विचित्र किसिमको हुनुपर्ने विचार व्यक्त गर्दै रसानुकुल र अाैचित्य पूर्ण हुनु नै वक्रताको साैन्दर्य हो भनेका छन् ।जस्तैः-

हल्ली खल्ली छ कल्लिको चरणमा घन्कन्छ गल्लि पनि 
चिल्ली विल्ली उठाउँदो छ म यसैमा रल्लिन्छु सिल्लि पनि                                   चक्रपाणी चालिसे 

  • पद पूर्वार्ध -वक्रता
वाक्यमा वर्णहरूको संयोग द्वारा पदकोनिर्माण हुन्छ जसमा पदहरूको रखाइ क्रमले वाक्य निर्धारण हुन्छ । पदको पूर्वार्ध र उत्तरार्ध भाग हुन्छ । जसमा धातु (प्रकृति ) मूल शब्दमा देखापर्ने वक्रता पद पूर्वार्ध वक्रता हो । यसलार्इ प्रकृति वक्रता पनि भनिन्छ । यस्तो वक्रता व्याकरण सम्बन्धी प्रयोगमा चमात्कार हुन्छ । यसमा रूढि द्वारा कुनै शब्दमा वैचित्र्यको समावेश हुनु तथा यस्तै कुनै शब्दको प्रयोगको चमात्कारपूर्ण प्रयोग हुनु पद पूर्वध्द वक्रता हो । पद पूर्वाध्दका पनि उपभेदहरू छुट्याइएको पाइन्छ । जस्तैः- 

  • रूढि वैचित्र्य वक्रता 
  • पर्याय वक्रता 
  • उपचार वक्रता 
  • विशेषण वक्रता 
  • संवृत्ति वक्रता 
  • कृति वक्रता 
  • लिङ्ग वैचित्र्य वक्रता 
  • क्रिया वक्रता 
  • वृत्ति वक्रताअादि 
यसरी पदको अघिल्लो भाले काव्यलार्इ जुन साैन्दर्य प्रदान गर्ने क्षमता राख्दछ त्यसलार्इ नै पद पूर्वार्ध वक्रता भनिन्छ ।

  • पद परार्ध वक्रता 
जुन पदको पछिल्लो खण्डमा प्रयोग हुने अाधारमा सिर्जना हुन पुग्ने वक्रता तथा पदको उत्तरार्ध खण्डमा रहेको वक्रतालार्इ पद परार्ध वक्रता भनिन्छ ।शब्दमा चयन गरिने प्रत्यको कारण काव्यमा चमत्कार उत्पन्न हुन्छ त्यसलार्इ पद परार्ध वक्रता भनिन्छ । यसलार्इ पनि विभिन्न उपभेदहरूमा छुट्याइएको पाइन्छ । जस्तै ः-

  • काल वैचित्र्य वक्रता
  • वचन वक्रता
  • पुरूष वक्रता
  • कारक वक्रता
  • उपग्रह वक्रता
  • प्रत्यय वक्रता 
  • उपसर्ग वक्रता (निपात वक्रता)

  • वाक्य वक्रता
 वाक्यमा सिङ्गो वाक्यले प्रकट गर्ने वक्रता नै वाक्य वक्रता हो । वर्णनिय वस्तुको प्रस्तुतिमा उत्पन्न हुने वाक्यका तहवाट नै प्रकट हुने वक्रतालार्इ वाक्यवक्रता भनिन्छ । यसमा वाक्यका तहवाट अर्थमा चमत्कारी पन अाउँछ । यसलार्इ वस्तु वकृता ,वाच्य वकृता तथा अर्थ वक्रता पनि भन्ने गरिन्छ । वाच्य वक्रतालार्इ पनि दुर्इ भेदमा विभाजन गरिएको पाइन्छ । जसमा सहजा र अाहार्य रहेका छन् । सहजा अन्तर्गत स्वभाव प्रधान र रस प्रधान रहन्छ । त्यसमा पनि स्वभाव प्रधानमा सामान्य र सोभामय गरि छुट्याइएको पाइन्छ ।  

  • प्रकरण वक्रता
वाक्यहरूको समूह तथा अनच्छेदवाट उत्पन्न हुने वक्रतालार्इ प्रकरण वक्रता भनिन्छ । काव्य वा कथनका सिलसिलामा वेला वेला वा ठाउँ ठाउँमा एउटा प्रसङ्ग टुङ्गिएर वा नटुङ्गिकन अर्को प्रसङ्ग वा क्रमको चर्चा गर्दा क्षण वाट उत्पन्न  हुने वक्रतालार्इ प्रकरण व्रता भन्न सकिन्छ । स्रष्टाको वस्तु वर्णन वा विषय वर्णनको एउटा घटना वा प्रसङ्गको कथन नै प्रकरण वक्रता हुन अाउँछ । एेतिहासिक वा पाैराणिक वृत्तिवृत्तमा अाधारित खण्डकाव्य ,माहाकाव्य नाटक तथा कृतिमा स्रष्टाद्वारा प्रयुक्त माैलीक प्रसङ्ग वा घटना प्रकरण वक्रता हो । कुन्तकले यसका ८ प्रकारका वक्रता देखाएका छन् । जसवाट प्रकरण वक्रताको अाविर्भाव हुन्छ । 
  • भावपूर्ण स्थितिको उद्भावना द्वारा (सहयोगिको) 
  • उत्पाद्य लावन्य द्वारा(पाैराणिक कथामा कवि कल्पनाको स्पर्स दिएर )
  • प्रधान कार्यसँग सम्भन्ध प्रकरणहरूको उपकार्य -उपकारक भाव 
  • रोचक प्रसङ्गको स विस्तार वर्णन द्वारा 
  • प्रधान उद्देश्य सिद्धिका निम्ति गाैण प्रसङ्गहरूको उद्भावना द्वारा 
  • गर्भाङ्कनको योजना द्वारा (अङ्क भित्र अर्को गुप्त योजना ) 
  • पूर्वापर अन्विति क्रमद्वारा (मुख, प्रतिमुख , विमर्श , गर्भ )
  • विशिष्ट प्रकारको अतिरञ्जना द्वारा (विशिष्ट प्रकारको जल क्रिडा , चन्द्रोदय ,सूर्यअस्त ,वागवगैचा )
दुर्वासाद्वारा (क्रृषि) शाकुन्तलालार्इ श्राप दिने प्रसङ्ग(अभिज्ञान साकुन्तलम् लाटक) प्रह्रलादको ठाउँमा क्रोध , अावेगमा चढ्नु (प्रह्रलाद नाटक -सम) अादि प्रकरण वक्रता हुन् ।

      निष्कर्षमा भन्नुपर्दा अाख्यानात्मक कृतिका कथावस्तु प्रस्तुत गर्ने रोचक ,व्याङ्यात्मक ,रसात्मक तथा मनोरञ्जनात्मक तरिका वा पद्दति जसले कथानकलार्इ झनै चमत्कारी वनाउँछ त्यो नै प्रकरण वक्रता हो । 

  • प्रबन्ध वक्रता
प्रवन्ध वक्रता भन्नाले सिङ्गो कृतिको समग्र साैन्दर्यमा भनाै त्यसको मूल निष्कर्ष ,अभिप्राय लक्ष्य र उद्देश्यलार्इ जनाउँने गर्दछ । प्रकरण वक्रतामा एउटा प्रसङ्गलार्इ समेटिन्छ भने यसमा प्रकरणहरूको  संगम रहेको हुन्छ । महाकाव्य ,खण्डकाव्य ,उपन्यास ,नाटक अादि रचनाहरूको प्रभावात्मक उत्पन्न वक्रता नै प्रवन्ध वक्रता हो । कवि प्रतिभा अनन्त हुने हुनाले यस प्रकारका वक्रता पनि अनन्त हुन्छन् । मुख्य रूपमा यसका भेदलार्इ ६ प्रकारमा छुट्याइएको छ । 
  • मूलरस / अङ्गिरसको परिर्वतन वक्रता ः-इतिहास र पुराणमा प्रसिद्ध मूल काव्यमा उपयोग गरिएको रसलार्इ उपेच्छा गर्दै स्रष्टाले अर्कै रसको प्रयोग गर्दा परम्परित प्रसिद्ध मूल कथा नै परिवर्तन हुन पुग्दछ । 
  • समापन वक्रता (कथाको उपसंहार ) ः-मूल पात्रको चरमोत्कर्ष प्राप्त गरेपछि अनावस्यक सामान्य वर्णन नगरी कथा समापन गरिने अवस्था 
  • कथा विच्छेद अवस्था ः-कथाको चरमोत्कर्षमा पुग्दाको क्षणमा सहज विकासलार्इ अाधा पार्दै कथाको मध्यम भागमा नै मुख्य कार्य  सिद्धि गर्ने प्रक्रिया 
  • अनुवङ्गिक फल वक्रता ः-जुन प्रवन्ध काव्यमा निश्चित फल प्राप्तिका निम्ति सक्रिय गर्दै नायकलार्इ अगाडि वडाएको क्षेणमा नायकले केवल एउटा मात्र नभएर अनेकाै फल प्राप्त गर्दछ ।त्यस अवस्थामालार्इ अनुवङ्गिक फल वक्रता भएको मानिन्छ ।
  • नामकरण वक्रता ः-कृतिको कथावस्तुलार्इ ध्यानमा राखेरसोहि अनुरूप प्रतिनिधित्व हुने र चमत्कारीता झल्किने गरि कुशलता पूर्वक कृतिको नामाकरण चयन गर्ने पद्धतिलार्इ नामाकरण वक्रता भनिन्छ । 
तुल्यकथा वक्रता ः- स्रष्टाले कुनै एेतिहासिक / पाैराणिक एउटा मूल कथामा निर्भर भइ एक भन्दा बढि अनेक प्रकारका कथाहरूको रचना गर्नु तुल्य कथा वक्रता हुन्छ ।(मूख्य कथा वरावरकै अन्य कथा रचना गर्ने विधि )











्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...