मंगलवार, 22 मार्च 2022

वाच्य







 

कर्मवाच्य

 

कर्तृवाच्य

१.

फू त परीक्षा लेखिन्छ ।

म त परीक्षा लेख्छु ।

२.

भाइबाट कलम किनियो ।

भाइले कलम किन्यो ।

३.

रमेशबाट भात खाइएला ।

रमेश भात खाला ।

४.

माधवबाट भकुन्डो खोलियो ।

माधवले भकुन्डो खेल्यो ।

५.

मबाट मासु खाइन्छ ।

म मासु खान्छु ।


                         
                           



भाववाच्य


                                    कर्तृवाच्य

१.

(रामद्धारा) हाँसियो ।

                                      राम हाँस्छ ।

२.

(विनोद्धारा)  घर गइनेछ।    

                                 विनोद घर जानेछ ।

३.

आफू त कतै गइन्न ।               

                                म त कतै जान्न ।

४.

सुत्नसम्म सुतिएछ ।   

                             सुत्नसम्म सुतेछु ।

५.

(रामबाट) चाँडै हिँडियो ।

                             राम चाँडै हिँड्यो ।






बुधवार, 23 फ़रवरी 2022

शङ्कर लामिछाने र उनको गोधूलि संसार निबन्ध

 

लेखक परिचय

जन्म -(वि.सं. १९८४ चैत ५ - वि.सं. २०३२ माघ १०)

* ब्रेन ट्युमर रोगबाट निधन भयो।

शिक्षा – आर्इएस्सी सम्म

पुरस्कार-उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन: प्याज'ले वि.सं. २०२४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

प्रथम प्रकाशित निबन्ध – हाम्रो समाजमानारीको महत्त्व (२००३)

कृतिहरू - *फुटकर रूपमा थुप्रै कविता*कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (वि.सं. २०२५)

*निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब'(वि.सं. २०२८) ,'गोधूलि संसार' (वि.सं. २०२७) 'शङ्कर लामिछाने' (वि.सं. २०३२) 'एब्स्ट्रयाक्ट चिन्तन: प्याज' (वि.सं. २०२४)

निबन्धात्मक प्रवृत्ति –

*त्मपरक निवन्धकार,

*पूर्वीय पाश्चात्य साहित्य, दर्शनको अध्यायनबाट प्राप्त चिन्तन व्यक्त गर्नु ,

*जीवनलार्इ नाङ्गो सत्यको रूपमा प्रस्तुत गर्नु ,

*अमूर्त लेखन शैलीको प्रयोग गर्नु ,

* चेतन प्रभाह शैलीको प्रयोग ,

*सामाजिक विकृति र विसङ्गतिप्रति व्याङ्ग्या,

*इतिहास,धर्म, संस्कृति दि विभिन्न विषयमा धारित निबन्ध लेखन,

*वद्धिक ,प्रयोगधर्मी,चिन्तनशिलता

निबन्ध



निबन्धको विश्लेषण

अस्तित्ववादी निबन्धकारका रूपमा परिचित शंकर लामिछाने (१९८४-२०३२) एक ससक्त प्रतिभा हुन् । उनले वि.सं. २०१३सालमा समाजमा नारीको महत्व नामक निबन्ध पहिलो पटक प्रकाशनमा ल्याएका थिए । सामाजिक यथार्थता,विसङ्गति,विक्रिति प्रति व्याङ्या जस्ता कुराहरू यिनका साहित्यमा पाइन्छ । यिनले एब्स्ट्रयाक चिन्तन प्याज (२०२४),गोधूलि संसार (२०२७),बिम्ब प्रतिबिम्ब(२०२८) जस्ता निबन्ध सङ्ग्रहहरूका साथै थुप्रै साहित्य सृजना गरेका छन् । २०२४ सालमा मदन पुरस्कार प्राप्त गरेका लामिछानेको गोधूलि संसार निबन्ध गोधूलि संसार निबन्ध सङ्ग्रहमा सङ्ग्रहित छ ।यस निबन्धमा निबन्धकारले फूलार्इ नै गोधूली संसारमा भेट्टाएको एथार्थ अभिव्याक्ति प्रस्तुत गरेका छन् ।

      उक्त निबन्धमा जीवनको नैरास्यताको उल्लेख गरिएको छ । नैरास्यताले नै सबैभन्दा दुःखी तुल्याउँछ । जब जीवनमा नैरास्यताले बास गर्छ तब दिनहरू मूल्यहिन भइदिन्छन्  उपलब्धि विनाका दिनहरू मृत्युसँग सापट मागेजस्ता बोझिला हुन्छन् । जुन व्यज सहित चुक्ता गर्नु पर्छ जस्तो महसुस निबनधकारले गरेका छन् । भिम दर्शन रोकाको एक्लै उदास उदास छु म कवितालार्इ सम्झदै त्यहि कवितालार्इ फ्नो जीवनसँग तुलना गर्दै ठ्याक्कै मिलेको अनुभव उनले गरेका छन् । निबन्धकारले कादम्विनीमा छापिएको ठट्टालार्इ उद्घृत गर्दै फू बामपुढ्के भएको र इतिहासले सधै फूलार्इ इरेजर बनार्इ रहेकोकुरा व्याक्त गर्दछन् ।निबन्धकारले फू रक्सि पिउँदा होसमा उने र ँखा खोल्दा होस हराउने कुरा व्यक्त गर्दै रक्सिले मात्दा कसैको इरेजर हुनु नपर्ने र रक्सिले छोड्दा अरूको इरेजर बन्नुपर्ने कुरा व्यक्त गर्दछन् । यस्तो अस्थिर अवस्थाहरू सृजनाहुने मानव जीवनलार्इ लामिछनेले अमर गुरूङका गीत संगितसंग तुलना गर्दै उनले हार्मोनियमा चिप्लेटि खेलेका लाहरूलार्इ सम्झदै लाहरूमा पनि मन मुटु हुने कुरा व्यक्त गर्दै लाका स्पर्श फरक ठाउँमा फरक अनुभूति हुने कुरा व्यक्त गर्दै आफूलार्इ र आफ्नो जीवनलार्इ तुलनिय ठान्दछन् । लेखक आफूलार्इ वेस्यासँग तुलना गर्दै इतिहासले पैसा तिरेर विर्यपात गरेको भावनाको कल्पना गरेका छन् । लेखक आफूलार्इ भगवान शंकरसँग पनि तुलना गर्छन् । तर आफूलार्इ सर्वाहारी नपाएको देख्दछन् ।

    यसरी यस निवन्धमा निवन्धकार शंकर लामिछानेले आफूलार्इ र आफ्नो अन्तर मनलार्इ खोतलेर चिन्ने कोशिस गरेका छन् । उनले लेखक जस्ता सामाजिक मानिसहरूको अस्तित्वको खोजि गरेका छन् । मानव जीवनलार्इ नियाल्दा जव मानव सचेत र सभ्यताको नजिक पुग्छ तब उसलार्इ नैरास्यताले पनि सताउँछ ।समाजको चाहना र आवस्यकता पुरा गर्दा गर्दै आफ्नो जीवन जिउन नै भुल्छ । बाहिरी आबरणले पुरिदै जान्छ । त्यहि नै उसलार्इ मुस्किल पर्दै जान्छ । आफ्नो आवस्यकता र चाहनाबाट सुरू गरेको समाज सेवाले आफूलार्इ नै भूल्लाकि भन्ने डर पैदा गर्छ । सृजना गर्ने सर्जकहरूले इतिहास निर्माण गर्दा गर्दै इतिहासले भने सर्जकलार्इ नै विर्सने कोसिस गर्छ र नयाँ सर्जकको खोजि गर्छ । मानव जीवनमा सभ्यता,संकार र विज्ञानले आडम्बर बढाउँदै लगेको छ । आडम्बरले मानिस कृतिम तथा अप्राकृतिक बन्न थालेका छन् । सभ्यता र विकासको नाममा परिवर्तन भइरहेको जीवनशैलीले मानिसलार्इ झनै चिन्तित र भयभित बनाउँदै लगेको छ । यसरी विकास र सभ्यताले मानिसलार्इ अन्धकार तिर धकेलेको कुरा यस निबन्धमा व्याक्त गर्न खोजिएको छ ।

      विकास र सभ्यताको नाममा मानव जीवनलार्इ कठिन र निरासता बढाएको छ । जति विज्ञानको निर्माण हुँदै  गएको छ त्यति नै प्रकृति हराएको छ । प्रकृतिको वास्तविकतामा जीवन जिउनुको आनन्द अन्यत्र नहुने कुरा यहाँ व्यक्त गरिएको छ । साथै सर्जकलार्इ आडम्बर विनाको सृजना र इतिहासलार्इ सर्जकको संवर्धन गर्न आह्रवान गरिएको छ ।

     निष्कर्षमा भन्नुपर्दा जति मानिसले विकास गर्छ त्यति नै उलार्इ झनै दबाब बढ्न जान्छ ।  आफ्नो उद्देश्य प्राप्तिको लागि मानिस स्वार्थी हुन्छ । स्वार्थी मानिसहरूले इरेजरको रूपमा दल्न पाइन्जेल सोझा मानिसलार्इ दलिरहन्छन् । लोभ र स्वार्थले गर्दा अरूलार्इ पिडा दिने र आफूलार्इ अगाडि बढाउन खोज्ने परम्पराले गर्दा मानव जीवन झन –झन बोझिलो बनेको र निस्वार्थ मानव जीवनको चाहना यहाँ गरिएको छ ।





 



शुक्रवार, 18 फ़रवरी 2022

मोतिराम भट्टको किन चाहियो गजलको विश्लेषण

 

कविको परिचय

जन्म- (१९२३-२०५३)

शिक्षा - एम् . ए

प्रमुख कृतिहरू- पञ्चक प्रपञ्च(कविता सङ्ग्रह,१९४४), पिकदूत(खण्डकाव्य,१९४५) गजेन्द्र(खण्डकाव्य मोक्ष,१९४८),मनोद्वेग प्रवाह(कविता सङ्ग्रह,१९५७),मोतिराम भट्टका गजलहरू(गजल सङ्ग्रह,२०३८)

काव्यगत प्रवृत्ति -

१.भक्तिधारा परम्पराको प्राचीरलाई भत्काई काव्यिक फाँटमा शृङ्गारिक भावधाराको परिवर्तन गरेर नेपाली साहित्यको धरातलमा युगान्तकारी परिवर्तन ल्याउने कार्य मोतीराम भट्टद्वारा नै भएको हो । नेपाली साहित्यको इतिहासमा जुन युगलाई हामी माध्यमिककाल वा विकासकाल भनेर जान्दछौँ त्यस युगका प्रवर्तक नै मोतीराम भट्ट हुन् । त्यसैले त नेपाली साहित्यको माध्यमिक काललाई मोतीयुग तथा शृङ्गारिक युगसमेत भन्ने गरिन्छ ।

२.नेपाली गजल-विधाका प्रथम प्रयोक्ता हुन् ।यिनीद्वारा शिलान्यस्त गजल-विधाको उत्थानमा उनकै समकालीन नरदेव पाण्डे ‘सुधा’, लक्ष्मीदत्त पन्त ‘इन्दू’, गोपीनाथ लोहनी ‘नाथ’, रत्नलाल ‘रत्न’, अम्जद हुसेन, गजब तथा पछिल्लो चरणका शम्भुप्रसाद ढुङ्गेल ‘शम्भु’ प्रभृति कविहरूको योगदान पनि निकै उल्लेखनीय रहेको छ । 

३.यिनले प्रयोग गरेका बहरहरू अधिकांशतः संस्कृतका शास्त्रीय (वार्णिक र मात्रिक) छन्दसँग सन्निकटस्थ देखिन्छन् । यिनका ३३ वटा गजलहरूमध्ये ३१ वटा गजलहरू वर्ण्र्ाारबद्ध र २ वटा मात्राबहरबद्ध छन् । यिनले प्रयोग गरेका वाणिर्क बहरहरू १३ प्रकारका छन् । ती बहरका सूत्र (गण) र तत्तत् सूत्रमा गजलहरूका मक्ताका एक-एकवटा मिसरा ए-उला प्रस्तुतगरिएका छन्।

४.हास्यव्याङ्गयात्मकता मोतीराम भट्टको अर्को काव्य प्रवृति हो।उनले कवितामा कतै हास्य भाव व्यक्त गरेका छन् भने कतै व्याङ्गको अभिल्यक्ति दिएका छन् ।विविध भाषिक उपकरणको प्रयोग गरी हास्यव्यङ्गयात्मक अभिव्यक्त दिनु उनको उल्लेखनीय काव्य प्रवृति हो ।

५.सौन्दर्य चेतनाका कवि हुन् । प्राथमिक कालीन कविहरुमा सौन्दर्य चेतना थिएन ।उनीहरुमा कवितालाई कसरी राम्रो वनाउने भन्ने कलात्मक चेतना थिएन ! केवल विषय प्रतिपादनमा मात्र केन्द्रिय थिए । मोतीराम भट्टमा आइपुग्दा कविताले कलात्मकता प्राप्त गर्न सकेकाले उनी सौन्दर्य चेतनाका कविका रुपमा देखापर्दछन् ।

.देश प्रेम ,प्रकृति प्रेम, नगर वातावरणमा केन्द्रित ,प्रेम विषायक काव्य सृजनाका साथै भक्तिरसमा पनि कलम चलाएका छन् ।

किन चाहियो - गजल

दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो,
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ।।१।।

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा,
र भन्नु भारी महल न हो दरबार पो किन चाहियो ।।२।।

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको,
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ।।३।।

गजलको विश्लेषणः-


नेपाली गीत परम्पराको विकासक्रम

  नेपाली साहित्य जगतमा गीत लेख्य परम्परा भन्दा पुरानो विधा हो ।यो नेपाली लोक संस्कृतिमा परम्पराको रूपमा रहेको छ । विभिन्न चाडपर्व ,मेलापात तथा विभिन्न शुभ कामको थालनी  गीत सङ्गीतबाट गरिन्छ । यसलार्इ मनोरञ्जनको साधनको रूपमा प्रयोग गरेको पार्इन्छ । नेपाली लेख्य गीतको परम्परालार्इ हेर्दा यसको विकासक्रमलार्इ यसरी हेर्न सकिन्छः-

क.पहिलो चरणः- पृष्ठभूमीकाल (प्रारम्भदेखि - १९४०)

ख.दोस्रो चरणः- विकासकाल( १९४१ - २००७)

ग.तेस्रो चरणः- विस्तारकाल (२००७ - हालसम्म )

क.पहिलो चरणः- पृष्ठभूमीकाल (प्रारम्भदेखि - १९४०)

  प्रारम्भिक बिन्दुको निश्चित यकिन नभएपनि   सुवानन्ददासको पृथ्वीनारायण शीर्षकको  कवितालार्इ गीतको सुरूवातको विन्दुको रूपमा लिनु पर्छ ।गीतमा अावस्क सम्पूर्ण तत्त्व यसमा नभएपनि  झिनो गेयतत्त्व पाउन सकिन्छ ।यदुनाथ पोख्रेलको गोर्खा सेना,कृष्ण चरित्र पनि त्यस्तै कृति हो। यी कविताहरूले गीतको लिखित प्रारम्भ विन्दुको काम गरेका छन् । त्यसपछि गुमानी पन्तको दिनदिन खजनाको भारि बोक्नाले नामक रचनाले अलि गेयात्मकता थप्नेकाम गर्यो । विस्तारै प्रगतिको बाटो समातेको गिती साहित्यमा हिनव्याकरणी वद्यापति देखापरे उनिद्वारा अनुदित गीतगोविन्द नामक गीत नेपाली साहित्यमा स्थान पायो । वसन्त शर्माको समुन्द्र लहरी,इन्दिरसको गोपिका स्तूती,भानुभक्तको बालाजी वर्णन, ज्ञन दिलदासको उदयलहरी ,झ्याउरे भजन ,टुङ्ना, नरबहादुर रानाको जङ्गबहादुरको सवार्इ  अादि गीतहरूले यो समयमा महत्तवपूर्ण भुमिका निर्भाह गरेका छन् । 

पृष्ठभूमि कालिन गीतका विशेषताहरूः

क . लिखित प्रारम्भको विन्दु ,

ख. गीतमा अावस्यक तत्त्वको अभाव ,

ग. अनुवादमा अाधारित गीत निर्माण ,

घ.सवार्इ , झ्याउरे टुङ्ना  अादि लोकलयको प्रयोग ,

 यसरी यस चरणमा नेपली साहित्यमा गीतले पाइला टेकेर विस्तारै झ्याङ्गिने माैका पाएको थियो ।त्यसैले यसलार्इ महत्त्वपूर्ण समयको रूपमा लिनु पर्छ र यदुनाथ पोख्रेल, भानुभक्त अाचर्य , ज्ञानदिलदास हीनव्यकरणी चाहि यतिवेलाका गीतकार हुन् ।मोतिराम भट्टको उदय पूर्व सम्म यसको अवधि रहेको मानिन्छ । 

 ख.दोस्रो चरणः- विकासकाल( १९४१ - २००७)

 नेपाली गीत परम्परामा मोतिराम भट्टको अागमनसँगै गीतिसाहित्यमा नयाँ स्वरूपको विकास भयो । मोतिराम भट्टको पिकदूत  गीतिकाव्य  तथा प्रियदर्शिका नाटिकामा गीतको प्रयोग भएको पाइन्छ । लक्ष्मीदत्त पन्तको गजल, शम्भुप्रसाद ढुङ्गेलकलको भजन,शकुन्तला नाटक, बहादुरसिंह बरालको बरालको अाँशु नामक गीत सङ्ग्रह,लक्ष्मीप्रसाद देवकोटाको फुल्यो अालुबखडा, मुनामदन, लक्ष्मी गीति सङ्ग्रह,अलिमियाँको सेतीको सुस्केरा ,न्याउलीको पुकार पहाडको उद्गार ,सम्झनाको दियो ,अादि थुपै गीत र गीतकारहरूयतिवेला  देखा परेका छन् । धर्मराज थापा ,माधवप्रसाद घिमिरे ,गोबिन्द शर्मा ,म. वी.वि शाह,तरणीप्रसाद कोइरला,मातृका प्रसाद कोइरला ,योगमाया न्याैपाने अादिको महत्त्वपूर्ण भुमिका देखिन्छ । विस्तारित स्वरूप प्राप्त गरेको यो चरणको विशेषतालार्इ यसरी हेर्न सकिन्छः

क.गीतमा भावको एकान्वीति,निजात्मकता,लयात्मकता र अनुप्रासियताको प्रयोग ,

ख. श्रृङ्गार ,र्इश्वरभक्ति , राष्ट्र्प्रेम,स्तुति तथा जीवनका विरह,व्याथा, प्रकृति अादिको प्रयोग,

ग. जातिसुधार, पतिप्रेम,एकल महिलाका समस्या, सामाजिक विकृति तथा विसङ्गतिको उद्घाटन ,

घ. मानवतावाद,वश्ववन्धुत्वको भावना तथा धनि राष्ट्रले गरिब राष्टप्रति गरेको अन्यायको विरोध गरिएको ,

ङ.  ,सबार्इ ,लहरी झ्याउरे जस्ता लोकलयका साथै केहि अागन्तुक शैलीको पनि प्रयोग भएको ,

      यस समयमा गीतले अाफ्नो अाकर लिइ सकेको थियो । पहिलो चरणमा देखा परेका अभाव यस चरणमा अाइपुग्दा टुङ्गिएको पाइन्छ । मोतिराम भट्टले सुरूवात गरेका गीति विकासका लहरहरूलार्इ अन्य थुप्रै गीतकारहरूले साथ दिएको पाइन्छ ।  अाधुनि युगमा जस्तै विकासको  अभाव देखिए तापनि  यो प्रगतिको लहरको उदाहरणीय समयको अवस्था मान्न ससकिन्छ । मोतिरामभट्ट, माधव प्रसाद  घिमिरे ,हीरादेवी गाइनेनी अादि यस चरणका केन्द्रिय प्रतिभा हुन् । रेडियो नेपालको अागमनसँगै यस चरणको अन्त्य र अाधुनिक युगको सुरूवात भएको मानिन्छ । 

ग.तेस्रो चरणः- विस्तारकाल (२००७ - हालसम्म )

वि. सं. २००७ सालमा रेडियो नेपालको स्थापनासँगै नेपाली गीति परम्पराले नयाँ युगको निर्माण गर्यो । यस चरणलार्इ पनि तीन भागमा वर्गीकरण गरेर नेपाली गीत परम्परालार्इ अध्यायन गरेको पाइन्छ ः

१.पहिलो मोड(२००७- २०१६)

२. दोस्रो मोड( २०१७ - २०४६) 

१.पहिलो मोड(२००७- २०१६)

२००७ सालको परिवर्तनलगत्तै रेडियो नेपालको स्थापना भयो । सञ्चार क्षेत्रको विकासमा यो एउटा फड्को थियो । आधुनिक नेपाली संगीतको विकासतर्फ अघि बढ्न यसबाट अनुकूल परिस्थिति बन्न पुग्यो । जनसमक्ष आउन नपाएका कलाकार, गायक संगीतकारले थोरै भए पनि अवसर पाउन थाले । मा.रत्नदासले वरिष्ठ कलाकारको स्थान पाए । त्यससँगै नातीकाजी, जनार्दन सर्मा, कलानाथ अधिकारी, हरिप्रसाद रिमाल, शिवशंकर, रानुदेवी, कोइलीदेवी, कृष्णमान र अरू थुप्रै गायक कलाकारले रेडियो नेपालमा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउन सकेका थिए ।
झ्याउरे भाकामा राष्ट्रियता, देशभक्ति र जनजीवनलाई विषय बनाएर प्रस्तुत गर्ने धर्मराज थापा लोकप्रिय कवि एवं गायकका रुपमा समाजमा देखिए । त्यस्तै रेडियो नेपालबाट झलकमान गन्धर्वको ‘डाँफे चरीको गीत’ जस्तो गाथागीत र ‘हे बरै आमैले सोध्लिन् नि…’ बज्न थालेपछि नेपाली पहाडी जीवनमा जीवित रहेको गाइने गीतले आफ्नो औपचारिक अस्तित्व पाउन थाल्यो । सर्वप्रथम रेडियो नेपालमा हरिप्रसाद रिमालले शङ्कर लामिछाने द्वारा रचित मेरो दिल टुक्रा टुक्र बनेर शीर्षकको गीतिकविता गाएका थिए । त्यसपछि शिद्धिचरण श्रेष्ठद्वारा रचित हिमगिरी मण्डित सुगन्ध सोभित जय जय अामा नेपाल नामक शीर्षकको देशभक्ति पूर्ण भावले सजिएको गीत समरबहादुर मल्लले गाएका थिए । त्यसैगरि भैरब नाथ रिमालको माटो रम्छ, जिन्दगिका धुजाहरू , कहाँ  छैन अाँशु ,पुष्प नेपालीको पुष्पाञ्जली, कृष्ण प्रसाद पराजुलीको अाँखाभरी सपना मुटुभरी गीत लगाएत थुपै सृजनाहरू यतिबेला देखिएका छन् ।

 यो समयमा निर्माण भएका गीतका विशेषताहरूः

क. देशभक्ति पूर्ण भावका गीतहरू निर्माण ,

ख. र्इश्वर र प्रेम भावका गीतहरूको पनि निर्माण ,

ग. मानवीय प्रेम र प्रकृति प्रेमको उद्घाटन ,

घ.समसामयीक विषयवस्तुमा अाधारित गीतको निर्माण,

ङ. शहिदहरूको स्मणमा गीतको निर्माण ,

 विभिन्न गीतकार ,सङ्गीतकार तथा  गाएकहरूले अाफ्नो प्रतिभालार्इ उजिल्याउने अवसर यतिमिलेको देखिन्छ । नेपाली गीति जगतले राम्रो कोल्टो फेरेको हामी पाउँछाै । २०१६ साल सम्म मात्र यो मोडले गति लियो ।त्यस पछि राजनीतिक परिवर्तनसँगै  दोस्रो मोडको उदय भयो । 

२. दोस्रो मोड( २०१७ - हाल सम्म)

२०१७ सालको राजनीतिक परिवर्तनपछि नेपाली संगीतले नयाँ मोड लिनपुग्यो । संगीतको संसारमा बच्चुकैलाश, नारायणगोपाल, तारादेवी, ज्ञानु राणा, मीरा राणा, इन्द्रनारायण र अरू धेरै कलाकारहरू प्रवेश गरे । धेरैजसो कलाकारको गायन यात्रा मा.रत्नदासकै संगीत पद्धतिको प्रभावमा अघि बढेको थियो ।
उता भारतको दार्जिलङमा नेपाली संगीतको एउटा नयाँ धारको विकास भइरहेको थियो अम्बर गुरुङको अग्रसरतामा । शरण प्रधान, कुमार सुब्बा, कर्म योञ्जन, शान्ति ठटाल, दिलमाया खाती, अरुणा लामा, जितेन्द्र बर्देवा आदि कलाकारहरूको ठूलो समूहको उदय भएको थियो । दार्जिलिङको यो समूहले काठमाडौंको गायनशैलीभन्दा फरक गरी पाश्चात्य र बंगाली संगीतको प्रभाव ग्रहण गरेको थियो ।
बीसको दशकमा गोपाल योञ्जन र अम्बर गुरुङ नेपालमा स्थायी बसोबास गर्न थालेपछि नेपाली संगीतमा एउटा नयाँ र सुखद अध्याय सुरु हुन्छ । गोपाल योञ्जन र नारायणगोपालको जोडीले आधुनिक नेपाली संगीतलाई आफ्नो मौलिक रूपमा श्रुतिमाधुर्यसँगै भावपूर्ण गायनको गुणात्मकता दिएर हिन्दी गीतसँग प्रतिस्पर्धा गर्न सक्नेगरी उचाइमा पु¥याएका थिए ।
अम्बर गुरुङले नेपाली संगीतलाई एउटा छुट्टै धार दिएका छन् । उनी विलक्षण प्रयोगवादी कलाकार थिए । सुरुताका उनका गीतहरू पाश्चात्य शास्त्रीय धुनहरूबाट बढी प्रभावित हुने गर्थे । तर पछिपछिका संगीतमा परिष्कारसँगै नेपालीपनको सुगन्ध पनि आउन थाल्यो ।
त्यसैगरी बीसकै दशकमा जन्मेको ’लेकाली समूह’ लोकसंगीतको लागि निकै लोकप्रिय बनेको थियो । यस सांगीतिक समूहले जिल्लाजिल्लामा गई कार्यक्रम प्रदर्शन गरेर आफ्नो ख्याति फिँजाएको थियो । यस समूहका अभियानकर्तामा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक, इन्द्रनारायणहरू थिए ।
गोपाल योञ्जनमा हिन्दुस्तानी संगीतको लघुताबोध थियो कि भन्ने लाग्छ । उनले हिन्दुस्तानी संगीतमा पनि दक्खल छ भन्ने देखाउने विचारले होला ’मेरो पाउमा आज घुँगरु बाँध मायाले मलाई बोलायो…’ बोलको गीत मीरा राणाको युगलबन्दीमा गाएका थिए । हिन्दुस्तानी शास्त्रीय विधिमा गाइएको यो गीतमा नेपाली भाषामा गाउनुबाहेक नेपालीपन पाइँदैन । तर उनैले गाएको ’म त तिम्रो घनश्याम, तिमी मेरी राधा पियारी…’ गीतको आधार हिन्दुस्तानी संगीत भए पनि यसमा नेपालीपनको अनुभव हुन्छ ।
त्यसैगरी नारायणगोपालले आफ्नो गायनमा लोकलयमा हिन्दुस्तानी र पाश्चात्य संगीतको प्रभावलाई पचाएर एक छुट्टै रूपमा नेपाली संगीतलाई उचाइमा पु¥याइदिएका थिए ।
अर्का मीठो स्वरका धनी फत्तेमान राजभण्डारीले नारायणगोपालको संगीतमा गाएको ’वनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले..’ ले उनको उच्च गायन क्षमतालाई प्रमाणित गर्छ । २०१७ सालपछिका कलाकारहरूमा बच्चु कैलाश, तारादेवी, मीरा राणा, ज्ञानु राणा उल्लेख गरिने नामहरू हुन् । कुनै समयमा लोकप्रिय बनेको ‘हात काट्यो बरै जालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले…’ गीतकी गायिका उजेली मैयाँ, ‘झलक्क हेर्दा चिनेझैँ लाग्छ, घर कहाँ तिम्रो भनन बटुवा…’ गायिका धर्मादेवी हुन् । 
त्यस्तै, ‘परदेश जाने लाहुरे दाइ, सम्चार पु¥याईदेऊ छोडेर जाने निठुरीलाई..’ गाउने सरला जोशी, ‘धेरै सम्झे धेरै हुन्छ,थोरै सम्झे थोरै हुन्छ…’ गाउने इन्द्रनारायण, कलानाथ अधिकारीका देशभक्तिका गीत गाएका छन् । 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...