परिचय
छन्द शब्दको व्युत्पत्ति छदि संवरणे धातुमा इयसुन् प्रत्यय लागेर र छदि अाह्रलादनेमा अच् प्रत्यय लागेर भइको हो । अघिल्लोको शाब्दिक अर्थ अाकाशले सबैतिर ढाँक्नु र पछिल्लोको शाब्दिक अर्थअानन्द दिनु हुन्छ । प्रस्तुत शन्दर्भमा अानन्द दिनु बढि उपयोगि हुन्छ । लयको नियमित र अनुशासित प्रस्तुति र त्यसले दिने अानन्दलार्इ समग्रमा छन्दका रूपमा चिनिन्छ । छन्दलार्इ लय पनि भनिन्छ । छन्द सम्भन्धि पहिलो ग्रन्थ छन्दसूत्र हो । यसका लेखक अाचर्य पिङ्गल हुन् । उनी पूर्वीय छन्दशास्त्रका अादि अाचर्य मानिन्छन् । छन्द सम्भन्धि मान्यता पाश्चात्य साहित्यमा पनि रहेको देखिन्छ । अंग्रेजीमा यसलार्इ भर्स भनिएको छ । यो कविताको प्रण तत्व हो । कवितालार्इ अन्य विधाबाट छुट्याउने मूल अाधार छन्द र लय हो ।
छन्दको अर्थ काँटछाँट भन्ने बुझिन्छ ।अर्थात वर्णहरूलार्इ काँटछाँट गरेर नियममा बाँधेरअाकर्षण र मिठास ल्याउन सक्ने क्षमता छन्दमा रहन्छ । यसले सबै मुक्त र तन्मय बनाउने गेयताको जाँदू गरेको हुन्छ । छन्दमा ह्रश्व दीर्घ वर्णको गडना हुन्छ । यसलार्इ गण पनि भनिन्छ । ह्रश्वलार्इ लघु भनिन्छ र यसलनर्इ (I) चिन्हले संकेत गरिन्छ । दीर्घलार्इ गुरू भनिन्छ र यसलार्इ (s) चिन्हले संकेत गरिन्छ ।
छन्द शास्त्र अनुशार नेपालीमा ह्रश्ववर्णहरू - अ , इ , उ ,ऋ स्वर र तिनिहरूसँग मिलेर अाउने (क,कि, कु कृ अादी) लघु र दीर्घकारहरू र तिनीहरूसँग मिलेर अाउने वर्णहरू गुरू मानिन्छन् । कविता रचना गर्दा ह्रश्व लेखिए पनि दीर्घता जस्तो देखिए पनि ह्रश्व हुने केहिअवस्थाहरू यस प्रकार छन् ः-
१. संयुक्त अक्षर प्रयोग भएका शब्दहरूको उच्चारणमा अघिल्लो ह्रश्ववर्णसँग पछिल्लो हलन्त वर्णपनि सँघै उच्चारण भएमा अघिल्लो वर्ण ह्रश्व भएपनि दीर्घ नै हुन्छ । जस्तैः- अन्धा, वक्ता , सक्छ अादिमा अ, व , स दीर्घ हुन् ।
२. संयुक्त व्याञ्जन भएपनि उच्चारणमा अघिल्लो वर्णले पछिल्लो वर्णलार्इ तान्न नसकेमा ह्रश्व नै हुन्छ । जस्तै ः- वोल्यो , उज्यालो,अध्यारो अादी
३. अन्य, अन्याय ,अादी शब्दमा न् को द्वित्व उच्चारण हुने हुनाले यी शब्दमा अाएको सुरूको अ दीर्घ हुन्छ ।
४. हरेक पाउमा अन्तिम अक्षर ह्रश्व भएपनि दीर्घ हुन्छ र दीर्घ भएपनि दीर्घ नै हुन्छ ।
जस्तै ः-पढ्न तयारी छाैँ नाथ ।
पार लगाउ करूणा साथ ।।
यस पंतिमा अाएका अन्तिमका दुर्इ थ दीर्घ हुन्छ ।
गण विचार
छन्दका लागि गणको सबैभन्दा मूख्य भूमिका रहन्छ । पिङ्गल शास्त्र अनुशार गण निर्माणको लागि यस्तो सूत्र छ ः-
यमताराजभानसलगु
यस सूत्रका अनुशार छन्दमा यगण,मगण,तगण,रगण,जगण,भगण,नगण,सगण गरि अाठअाेटा गण र एउटा लघु तथा एउटा गुरू वर्ण हुन्छन् । उक्त सूत्र अनुशार ३/३अोटा अक्षरहरूका दरले गण गण छुट्याइन्छ ।
य - यमाता - Iss
म - मातारा - sss
त - ताराज - ssI
र- राजभा - sIs
ज - जभान -IsI
भ - भानस -sII
न - नसल - III
स - सलगा -IIs
ल - I
गु - s
अाधारभूत छन्दका तत्वहरू
१.लयः- लयको शाब्दिक अर्थ गति हुन्छ । प्रकृतिमा पनि अाफ्नै किसिमको लय हुन्छ । समान गति नै लय हो । नियमित र व्यवस्थित संगितात्मकता वा उच्ारण वर्णको निरन्तरता लय हो । मात्रा मिलाएर छन्दमय भयोभने त्यो कवितामा लय हुन्छ । छन्दमा गलत स्थानमा विराम परे भङ्गको दोष लाग्छ । लय कविताको (गीत) अान्तरिक भावावेग हो । यो छन्दसँग जोडिएको हुनाले यसलार्इ छन्दको तत्वको रूपमा लिइन्छ ।
२. यतिः- कविता वा गीत वाचन गर्दा जहा विश्राम हुन्छ वा रोकिन्छ त्यसलार्इ यति भनिन्छ । छन्द अनुशार कवितामा विश्रामको स्थान अलग अलग हुन्छ । छन्द बन्नको लागि यतिको भूमिका पनि महत्वपूर्ण रहेको हुन्छ । कुन छन्दमा कहाँ यति हुनुपर्छ भनि तय गरिएको हुन्छ ।
३. चरणः- सामान्यतय पद्य कविताका सन्दर्भमा चार पंति मिलेर एउटा श्लोक बन्दछ । कवितामा रहेको त्यहि पंति वा हरफलार्इ नै चरण भनिन्छ । यसलार्इ पाउ पनि भन्ने चलन छ । छन्दयुक्त कवितामा निश्चित वर्ण,अक्षर वा मात्रा मिलाएर चरण निर्माण गरिने गरिन्छ ।
४. पंतिपुञ्ज / श्लोकः- श्लोक भनेको अनुच्छेद हो । गद्य विधामा अनुच्छेद हुन्छ भने कवितामा श्लोक हुन्छ । सामान्यतय चार पाउको एक श्लोक हुन्छ । तर कहिलेकाहि दुर्इ पाउको पनि एक श्लोक पाइन्छ । गद्य कवितामा पंति पुञ्जले चिनिन्छ ।यसमा यतिनै अक्षर ,वर्ण, मात्राको क्रमले पंतिपुञ्ज हुनुपर्छ भन्ने मान्यता छैन । यसमा केवल एकै प्रकारको भावावेग ,कथन , अभिप्राय तथा अर्थगत एकता हुनुपर्छ ।
छन्दका प्रकार
१.शास्त्रीय छन्द
२.लोक छन्द
३.मूक्त छन्द
४.अागन्तुक
१.शास्त्रीय छन्दः-
संस्कृत काव्यशास्त्रद्वारा निर्धारण गरिएको छन्दलार्इ शास्त्रीय छन्द भनिन्छ । यसलार्इ पनि वार्णिक र मात्रिक गरी दुर्इ भागमा विभाजन गरि अध्यायन गर्न सकिन्छ ।
क. वार्णिक छन्द
निश्चित वर्ण वा अक्षर संख्याको संयोग गरिएको छन्द वार्णीक छन्द हो । यसमा गण अनुशार लघु र गुरू मात्राको संयोग गरिएको हन्छ । वार्णिक छन्दका प्रकारहरू यसप्रकार छन्ः-
क. अनुष्टुप छन्दः-
अाठ अक्षरको एक पाउ हुन्छ ।
३३ अक्षरको १२ श्लोक हुन्छ ।
४ अोटै पाउमा छैटाै अक्षर गुरूहुन्छ ।
प्रत्येक पाउको पाँचाै ह्रस्व छैटाै दीर्घ, पहिलो र तेस्रो दीर्घ दोस्रो र चाैथोमा साताै ह्रस्व हुनुपर्छ अरू अक्षर हस्व दीर्घ जे हुँदा पनि हुन्छ ।
ख.इन्द्रवज्रा छन्दः-
११ अक्षरको एक पाउ हुन्छ ।
पाँचाै अक्षरमा विश्राम हुन्छ ।
त त ज गु गु गण
ssI ssI IsI s s
उदाहरणः
देखिन्छ यो कोमल कुञ्ज भित्र
पूणोन्दुो शीतकला पवित्र
उल्टो अहो ताप बढेर अायो
तृष्णा लिर्इ यो रसना रसायो - नरेन्द्र चापागाइँ
ग. उपेन्द्र बज्रा छन्द ः-
११ अक्षरको एक पाउ हुन्छ ।
पाँचाै अक्षरमा विश्राम हुन्छ ।
ज त ज गु गु गण
IsI ssI IsI s s
उदाहरणः
जहाँ दुखेको उहि लाग्छ चोट
विपत्तिमा हुन्छ सहृदय विछोड
जहाँ छ दुभिक्ष वहाँ छ भोक
अभागले गर्छ अबोक थोक - नरेन्द्र चापागाइँ
घ. उपजाति छन्द ः -
११ अक्षरको एक पाउ हुन्छ ।
पाँचाै अक्षरमा विश्राम हुन्छ ।
.इन्द्रवज्रा छन्द र उपेन्द्र बज्रा छन्दका पाउ मिल्छन् ।
उदाहरणः
म वालुवामा नवरङ्ग दिन्छु
पाषणमा धड्कन एक दिन्छु
नैवल ने मञ्जुल कुञ्ज दिन्छु
वैशाखलार्इ मदिरा म दिन्छु - वासुदेव त्रिपाठी
ङ. वंशस्थ छन्दः-
१२ अक्षरको हुन्छ ।
पाँचाै अक्षरमा विश्राम हुन्छ ।
ज त ज र गण
IsI ssI IsI sIs
उदाहरणः
कहाँ छ जानु कुन साथ लीकन
तलार्इ मालुम छ कि यो कुरा मन - लेखनाथ पाैड्याल
च. भुजङ्ग प्रयातः-
१२ अक्षरको हुन्छ ४ वटा यगण हुन्छन् ।
३ - ३ अक्षरमा विश्राम हुन्छ ।
य य य य
Iss Iss Iss Iss
उदाहरणः
उता लोक रून्छन् जलेको छ वस्ती
यता राज तेरो सधै मोज मस्ती
झनै वाँध्न खोज्छस् ममा दासताले
निरङ्कुसतामा छ संवेदना के ? - चन्द्रप्रसाद न्याैपाने ( छन्द कुञ्ज)
छ. वसन्त तिलका छन्दः-
१४अक्षरको हुन्छ।
८ अक्षरमा विश्राम हुन्छ।
त भ ज ज गु गु गण
ssI sII IsI IsI s s
उदाहरणः
मनले सदा मत ध्यान गर्छु
मुखले सदा हजुरको स्तुतीपाठ गर्छु
हातले सदा मत काम गर्छु
शिर्ले सदा हजुरको दुर्इ पाउ पर्छु । - वैजनाथ न्याैपाने( श्रीकालीको प्राथना)
ज. शिखरणी छन्दः-
१७अक्षरको हुन्छ।
११अक्षरमा विश्राम हुन्छ।
य म न स भ ल गु गण
Iss sss III II s s II I s
उदाहरणः
म खाउँ ,मै लाउँ ,सुख सयल वा मोज म गरूँ
म बाँचू , मै नाचूँ, अरू सव मरून दूर्वलहरू
भनी दाह्रा घस्ने अबुझ सठदेखी छक्क परी
चिता खित्का छोडीअभयसित मरीमरी । लेखनाथ पाैड्याल( तरूण तपसी)
झ. मन्दाक्रान्त छन्दः-
१७ अक्षरको
४, ६ अक्षरमा विश्राम
म भ न त त गु गु गण
sss s II III ssI ssI s s
उदाहरणः
मेरो शिल्पी यस सकलमा स्वस्थ अाकार देऊ
याैटै सानो सरल कृतिमा पूर्ण संसार देऊ। माधव प्रसाद घिमिरे( काली गण्डकी)
ञ. शार्दूल विक्रिडित छन्दः-
१९ अक्षरको
१२अक्षरमा विश्राम
उदाहरणः
एेना भित्र सफागरी हृदयका अाँखा उघार्यो भने
यो सामाजिक भेदभाव कुहिरै टाढा लघार्यो भने
दैवी सम्पत्ति एकनास छ सबै हिरा तथा पत्थर
इच्छामा सब गर्छ निर्भर यहाँ तितो मिठो के छ र ?
ख. मात्रिक छन्दः-
क.चाैपार्इछन्दः-
१६ अक्षरको ४ पाउ
८-८ अक्षरमा विश्राम
हरेक पाउको अन्तिम दुर्इ अक्षर दीर्घ हुन्छन् ।
उदाहरणः
प्रजातन्त्र यो जसरी अायो
जसरी जनता छाप लगायो
उसरी अहिले काम नगर्दा
उल्टियो फेरी शोषण पर्दा - माधव वियोग
ख. दोहा छन्दः-
पहिलो र तेस्रो हरफमा तेह्र तेह्र मात्रा
दोस्रो र चाैथो हरफमा ११, ११ मात्रा
जम्मा ४८ मात्रा हुने छन्द दोहा छन्द हो ।
उदाहरणः
छिन छिन सिक्दै गर्यो
ज्ञान मिल्छ अपार
एक एक थपिदै गए
बन्न सक्छ हजार - चन्द्रप्रसाद न्याैपाने
ग. अार्य छन्दः-
पहिलो पाउमा र तेस्रो पाउमा १० मात्रा
दोस्रो पाउमा १८ मात्रा
चाैथाो पाउमा १५ मात्रा गरी जम्मा ५७ मात्रा भएको छन्द अार्य छन्द हो ।
उदाहरणः-
अाकाश गड गड गर्छ
फेर्दछ छातीको घमण्ड घैला
धरती बीच चुहिदैछ
तप्प तप्प जलको मैला - माधव वियोगी
ग . जातीय छन्दः-
क . झ्याउरे छन्दः-
लोक लय
गीत लयमा वग्दछ ।
मात्रा अथवा वर्णमा समानता देखिन्छ ।
वार्णीक छन्द हो ।
१६ अक्षरमा पुरा हुने वा भन्दा र गाउँदा मिल्ने
प्रत्यक पाउँमा १६ अक्षर ५-५ अनि ६ मा विश्राम हुन्छ ।
उदाहरणः-
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन - लक्ष्मीप्रसाद देवकोटा
ख . सवार्इ छन्दः-
मध्य युगिन काव्य परम्परामा प्रचलित
वार्णीक गण वृत
व्रज भाषाको उत्पती सँगै उत्पती भएको
प्रत्यक पाउमा १२ , १३ वा चाैथो अक्षर भएको र पाँचाैमा विश्राम
दुर्इ प्रकारका सवार्इ - गणात्मक
- लयात्मक - प्राकृत र अपभ्रंश कालका छन्दको तालमा
यतिक्रम - १० , ८, १४ मात्रा
पछि - १६ ,१६
पुरा भन्दा एक चाैथार्इ बढी , पढ्ने वेला अन्तिम चरण
फेरी एक पटक पढ्ने अाधारमा - यसको नाम सवार्इ भएको
रूवार्इ - उर्दु - फारसीमा तरना
४ पंतिको मूक्तक
दोस्रो र चाैथो पंतिको रदिफ र काफिया एउटै
तेस्रो पाउ स्वतन्त्र प्रकृतिको हुन्छ
हजार छन्द बिधान
पहिलो पंतिमा विषय उठार्इन्छ, दोस्रो र तेस्रोमा विस्तार चाैथोमा सार तत्व प्रस्तुत
चाैथो पाउँ बढि प्रभावकारी
नैतिक विषयलार्इ उजागर गरिएको
हार्इकु -
जापानी शैली
जम्मा तीन हरफ
१७ अक्षर
पहिलो पंति - ५ हरफको
दोस्रो पंति - ७ हरफको
तेस्रो पंति - ५ हरफको
सिङ्गो भाव ,विचार र कल्पनाको प्रस्तुती
मूक्त छन्द - गद्य लय
भजन - र्इश्वरको स्तुती
अागनतुक - गजल - फारसी वा उर्दु
- नारीसँग प्रेमको कुरा
- संसारीक प्रेम
- प्रत्येक शेर पूर्ण र स्वतन्त्र
- विषयको वहन ,गहन र प्रभावकारी
- यथार्थ
- उपमा र रूपक अलङ्रकार
- तुरून्तै वोलीमा उतार्न सकिने
- सरल र सुवोध्य