शुक्रवार, 9 अक्टूबर 2020

स्वभावोक्ति

     वाक्यमा प्रयोग हुने भनाइ वा उक्ति स्वभावोक्ति हो । सामान्य वोलचालको भाषा जुन स्वभाविक रूपमा प्रकट हुन्छ त्यसलार्इ नै स्वभावोक्ति भनिन्छ । वक्रोक्ति भन्दा यसमा भाषिक सरलता र सहजता हुन्छ । यसमा सहज र स्वभाविक भाषा शैलीको प्रयोग भइ साहित्य निर्माण भएको हुन्छ । यसमा पनि कुनै न कुनै रसको निर्माण गर्ने  क्षमता हुन्छ ।स्वैर कल्पना र घुमाउरो शैली भन्दा यसले यथार्थता र सहज अभिव्याक्तिको अपेच्छा राख्दछ । यसको विषय स्वभाविक हुन्छ भने शैली सामान्य रहन्छ । केहि विद्वानहरूले स्वभावोक्तिमा साहित्यको निर्माण हुनुपर्छ भन्ने खालका मतहरू राखेको पाइन्छ । उदारणको लागि प्लेटोले जीवनको हुवहु वर्णनलार्इ नै साहित्य ठान्दछन्। साहित्यमा कल्पना नभरी यथार्थ रूपमा प्रकट भएको जीवनको वास्तविक प्रस्तुति जसले गर्दा साहित्य मार्फत सत्यको अन्वेषण गर्न सकियोस भन्ने ठान्दछन । प्लेटोको विचारलार्इ खरस्तुले समर्थन गर्न सक्दैनन् ।यथार्थकुरालार्इ कल्पनाले पुन सिर्जना गरि साहित्य निर्माण गर्नु पर्दछ भनेका छन् । त्यसै गरी भामहले साहित्यमा गणना नै गरेका छैनन् । यिनले वक्रोक्ति नभएको वर्णनलार्इ वार्ता भनेका छन् । दण्डीले स्वभावोक्तिमा स्वतह अाकर्षित गर्न सक्ने गुण हुन्छ भन्दै साहित्यमा यसलार्इ स्वीकारेका छन् । त्यसै गरी यिनले त स्वभावोक्तिमा अलङ्कार पनि हुने कुरा वताएका छन् । कुन्तकले भने स्वभावोक्तिमा अलङ्कार हुने कुराको विरोध गर्दै यो स्वभाविक उक्तिमा अलङ्कार नहुने तर्क व्यक्त गर्दछन् । 

    साहित्यमा स्वभाविक अभिव्यक्ति नै स्वभावोक्ति हो । जसमा अभिधा शक्तिको प्रयोग भएको हुन्छ । यो सरल र सहज खालको हुन्छ । जसलार्इ केहि विद्वानले साहित्यमा स्वीकारेका छन् भने केहिले चाहि साहित्य भन्दा परको कुरा ठानेका छन् । 



A statement or utterance used in a sentence is a natural expression. The language of ordinary speech that appears naturally is called eloquence. It has linguistic simplicity and ease rather than irony. Literature is created using natural and easy language style. It also has the ability to create some kind of juice. The theme is natural and the style is simple. Some scholars are of the opinion that literature should be built on nature. For example, Plato considers literature to be the exact description of life. They think that literature is a real representation of real life that is not imaginary but real, so that truth can be explored through literature. Kharatu cannot support Plato's ideas. He has said that literature should be created by imagining reality. Similarly, Bhamah has not counted in literature. He described the talks as "non-negotiable". Dandi has accepted this in literature saying that it has the quality of being able to attract self-expression in nature. In the same way, he has said that it is also an ornament in nature. Kuntak, on the other hand, opposes the use of rhetoric in nature and argues that it should not be rhetorical in natural speech.


    In literature, natural expression is natural expression. In which the title power is used. It is simple and easy. Some scholars have accepted it in literature while others have considered it as something beyond literature.

गुरुवार, 8 अक्टूबर 2020

वक्रोक्तिका भेदहरू

 काव्यलार्इ सुन्दर र अाह्रलादकारी बनाउँन प्रयोग हुने घुमाउरो तथा चातुर्य पूर्ण जुन कथन हुन्छ त्यो नै वक्रक्ति हो । यसका संथापक कुन्तकले वक्रोक्तिका विभिन्न भेदहरूको उल्लेख गरेतापनि मुख्य भेद भने ६ वटा मात्र पाइन्छन । भषाको अाधारभूत तह देखि फलप्राप्तिको उपल्लो एकाइ सम्मलार्इ यसको अाधार बनाइन्छ । यसरी हेर्दा वक्रोक्तिका भेदहरू निम्न अनुशार छन्ः-

  • वर्ण विन्यास वक्रता
  • पद पूर्वार्ध -वक्रता 
  • पद परार्ध वक्रता 
  • वाक्य वक्रता 
  • प्रकरण वक्रता 
  • प्रबन्ध वक्रता

  • वर्ण विन्यास वक्रता
कुनै काव्य कृतिमा एक ,दुर्इ वा दुर्इ भन्दा बढि वर्णहरूको पुनरावेति द्वारा जुन साैन्दर्य सृजना हुन्छ  त्यसलनर्इ वर्णविन्यास वक्रता भनिन्छ । काव्यमा यसप्रकारको वक्रता यमक ,अनुप्रास अलङ्करको निकट रहन्छ । कुन्तकले वर्णविन्यास वक्रतामा वर्णको अावृति हुँदा श्रुति माधुर्य हुनुपर्ने जसका लागि सुन्दर वर्णको प्रयोग गरी वक्रता विचित्र किसिमको हुनुपर्ने विचार व्यक्त गर्दै रसानुकुल र अाैचित्य पूर्ण हुनु नै वक्रताको साैन्दर्य हो भनेका छन् ।जस्तैः-

हल्ली खल्ली छ कल्लिको चरणमा घन्कन्छ गल्लि पनि 
चिल्ली विल्ली उठाउँदो छ म यसैमा रल्लिन्छु सिल्लि पनि                                   चक्रपाणी चालिसे 

  • पद पूर्वार्ध -वक्रता
वाक्यमा वर्णहरूको संयोग द्वारा पदकोनिर्माण हुन्छ जसमा पदहरूको रखाइ क्रमले वाक्य निर्धारण हुन्छ । पदको पूर्वार्ध र उत्तरार्ध भाग हुन्छ । जसमा धातु (प्रकृति ) मूल शब्दमा देखापर्ने वक्रता पद पूर्वार्ध वक्रता हो । यसलार्इ प्रकृति वक्रता पनि भनिन्छ । यस्तो वक्रता व्याकरण सम्बन्धी प्रयोगमा चमात्कार हुन्छ । यसमा रूढि द्वारा कुनै शब्दमा वैचित्र्यको समावेश हुनु तथा यस्तै कुनै शब्दको प्रयोगको चमात्कारपूर्ण प्रयोग हुनु पद पूर्वध्द वक्रता हो । पद पूर्वाध्दका पनि उपभेदहरू छुट्याइएको पाइन्छ । जस्तैः- 

  • रूढि वैचित्र्य वक्रता 
  • पर्याय वक्रता 
  • उपचार वक्रता 
  • विशेषण वक्रता 
  • संवृत्ति वक्रता 
  • कृति वक्रता 
  • लिङ्ग वैचित्र्य वक्रता 
  • क्रिया वक्रता 
  • वृत्ति वक्रताअादि 
यसरी पदको अघिल्लो भाले काव्यलार्इ जुन साैन्दर्य प्रदान गर्ने क्षमता राख्दछ त्यसलार्इ नै पद पूर्वार्ध वक्रता भनिन्छ ।

  • पद परार्ध वक्रता 
जुन पदको पछिल्लो खण्डमा प्रयोग हुने अाधारमा सिर्जना हुन पुग्ने वक्रता तथा पदको उत्तरार्ध खण्डमा रहेको वक्रतालार्इ पद परार्ध वक्रता भनिन्छ ।शब्दमा चयन गरिने प्रत्यको कारण काव्यमा चमत्कार उत्पन्न हुन्छ त्यसलार्इ पद परार्ध वक्रता भनिन्छ । यसलार्इ पनि विभिन्न उपभेदहरूमा छुट्याइएको पाइन्छ । जस्तै ः-

  • काल वैचित्र्य वक्रता
  • वचन वक्रता
  • पुरूष वक्रता
  • कारक वक्रता
  • उपग्रह वक्रता
  • प्रत्यय वक्रता 
  • उपसर्ग वक्रता (निपात वक्रता)

  • वाक्य वक्रता
 वाक्यमा सिङ्गो वाक्यले प्रकट गर्ने वक्रता नै वाक्य वक्रता हो । वर्णनिय वस्तुको प्रस्तुतिमा उत्पन्न हुने वाक्यका तहवाट नै प्रकट हुने वक्रतालार्इ वाक्यवक्रता भनिन्छ । यसमा वाक्यका तहवाट अर्थमा चमत्कारी पन अाउँछ । यसलार्इ वस्तु वकृता ,वाच्य वकृता तथा अर्थ वक्रता पनि भन्ने गरिन्छ । वाच्य वक्रतालार्इ पनि दुर्इ भेदमा विभाजन गरिएको पाइन्छ । जसमा सहजा र अाहार्य रहेका छन् । सहजा अन्तर्गत स्वभाव प्रधान र रस प्रधान रहन्छ । त्यसमा पनि स्वभाव प्रधानमा सामान्य र सोभामय गरि छुट्याइएको पाइन्छ ।  

  • प्रकरण वक्रता
वाक्यहरूको समूह तथा अनच्छेदवाट उत्पन्न हुने वक्रतालार्इ प्रकरण वक्रता भनिन्छ । काव्य वा कथनका सिलसिलामा वेला वेला वा ठाउँ ठाउँमा एउटा प्रसङ्ग टुङ्गिएर वा नटुङ्गिकन अर्को प्रसङ्ग वा क्रमको चर्चा गर्दा क्षण वाट उत्पन्न  हुने वक्रतालार्इ प्रकरण व्रता भन्न सकिन्छ । स्रष्टाको वस्तु वर्णन वा विषय वर्णनको एउटा घटना वा प्रसङ्गको कथन नै प्रकरण वक्रता हुन अाउँछ । एेतिहासिक वा पाैराणिक वृत्तिवृत्तमा अाधारित खण्डकाव्य ,माहाकाव्य नाटक तथा कृतिमा स्रष्टाद्वारा प्रयुक्त माैलीक प्रसङ्ग वा घटना प्रकरण वक्रता हो । कुन्तकले यसका ८ प्रकारका वक्रता देखाएका छन् । जसवाट प्रकरण वक्रताको अाविर्भाव हुन्छ । 
  • भावपूर्ण स्थितिको उद्भावना द्वारा (सहयोगिको) 
  • उत्पाद्य लावन्य द्वारा(पाैराणिक कथामा कवि कल्पनाको स्पर्स दिएर )
  • प्रधान कार्यसँग सम्भन्ध प्रकरणहरूको उपकार्य -उपकारक भाव 
  • रोचक प्रसङ्गको स विस्तार वर्णन द्वारा 
  • प्रधान उद्देश्य सिद्धिका निम्ति गाैण प्रसङ्गहरूको उद्भावना द्वारा 
  • गर्भाङ्कनको योजना द्वारा (अङ्क भित्र अर्को गुप्त योजना ) 
  • पूर्वापर अन्विति क्रमद्वारा (मुख, प्रतिमुख , विमर्श , गर्भ )
  • विशिष्ट प्रकारको अतिरञ्जना द्वारा (विशिष्ट प्रकारको जल क्रिडा , चन्द्रोदय ,सूर्यअस्त ,वागवगैचा )
दुर्वासाद्वारा (क्रृषि) शाकुन्तलालार्इ श्राप दिने प्रसङ्ग(अभिज्ञान साकुन्तलम् लाटक) प्रह्रलादको ठाउँमा क्रोध , अावेगमा चढ्नु (प्रह्रलाद नाटक -सम) अादि प्रकरण वक्रता हुन् ।

      निष्कर्षमा भन्नुपर्दा अाख्यानात्मक कृतिका कथावस्तु प्रस्तुत गर्ने रोचक ,व्याङ्यात्मक ,रसात्मक तथा मनोरञ्जनात्मक तरिका वा पद्दति जसले कथानकलार्इ झनै चमत्कारी वनाउँछ त्यो नै प्रकरण वक्रता हो । 

  • प्रबन्ध वक्रता
प्रवन्ध वक्रता भन्नाले सिङ्गो कृतिको समग्र साैन्दर्यमा भनाै त्यसको मूल निष्कर्ष ,अभिप्राय लक्ष्य र उद्देश्यलार्इ जनाउँने गर्दछ । प्रकरण वक्रतामा एउटा प्रसङ्गलार्इ समेटिन्छ भने यसमा प्रकरणहरूको  संगम रहेको हुन्छ । महाकाव्य ,खण्डकाव्य ,उपन्यास ,नाटक अादि रचनाहरूको प्रभावात्मक उत्पन्न वक्रता नै प्रवन्ध वक्रता हो । कवि प्रतिभा अनन्त हुने हुनाले यस प्रकारका वक्रता पनि अनन्त हुन्छन् । मुख्य रूपमा यसका भेदलार्इ ६ प्रकारमा छुट्याइएको छ । 
  • मूलरस / अङ्गिरसको परिर्वतन वक्रता ः-इतिहास र पुराणमा प्रसिद्ध मूल काव्यमा उपयोग गरिएको रसलार्इ उपेच्छा गर्दै स्रष्टाले अर्कै रसको प्रयोग गर्दा परम्परित प्रसिद्ध मूल कथा नै परिवर्तन हुन पुग्दछ । 
  • समापन वक्रता (कथाको उपसंहार ) ः-मूल पात्रको चरमोत्कर्ष प्राप्त गरेपछि अनावस्यक सामान्य वर्णन नगरी कथा समापन गरिने अवस्था 
  • कथा विच्छेद अवस्था ः-कथाको चरमोत्कर्षमा पुग्दाको क्षणमा सहज विकासलार्इ अाधा पार्दै कथाको मध्यम भागमा नै मुख्य कार्य  सिद्धि गर्ने प्रक्रिया 
  • अनुवङ्गिक फल वक्रता ः-जुन प्रवन्ध काव्यमा निश्चित फल प्राप्तिका निम्ति सक्रिय गर्दै नायकलार्इ अगाडि वडाएको क्षेणमा नायकले केवल एउटा मात्र नभएर अनेकाै फल प्राप्त गर्दछ ।त्यस अवस्थामालार्इ अनुवङ्गिक फल वक्रता भएको मानिन्छ ।
  • नामकरण वक्रता ः-कृतिको कथावस्तुलार्इ ध्यानमा राखेरसोहि अनुरूप प्रतिनिधित्व हुने र चमत्कारीता झल्किने गरि कुशलता पूर्वक कृतिको नामाकरण चयन गर्ने पद्धतिलार्इ नामाकरण वक्रता भनिन्छ । 
तुल्यकथा वक्रता ः- स्रष्टाले कुनै एेतिहासिक / पाैराणिक एउटा मूल कथामा निर्भर भइ एक भन्दा बढि अनेक प्रकारका कथाहरूको रचना गर्नु तुल्य कथा वक्रता हुन्छ ।(मूख्य कथा वरावरकै अन्य कथा रचना गर्ने विधि )











्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र

शुक्रवार, 2 अक्टूबर 2020

वक्रोक्ति सिद्दान्त

वक्र र उक्ति शब्द मिलेर वक्रोक्ति शब्दको निर्माण भएको हो । जसमा वक्रोक्तिको अर्थ टेडेमेडेभन्ने हुन्छ र उक्तिको अर्थ भनाइ हुन्छ । अर्थात टेडेमेडे वा वाङ्गो प्रकारको भनार्इ भन्ने अर्थ हुन अाउछ । काव्यमा घुमाउरो तरिकावाट  प्रस्तुतगरिने अविव्याक्तिलार्इ वक्रोक्ति भनिन्छ । वक्रोक्तिको प्रयोग भामहले अलङ्कारको चर्चामा अतिसयोक्ति अलङ्कारलार्इ वक्रोक्तिलार्इ लिएका हुन । वेदमा वक्रोक्तिको अर्थ कुटिलको रूपमा प्रयोग गरिएको छ । भामहले पनि अलाैकिक उक्ति वा विशिष्ट कथनलार्इ नै वक्रोक्तिका रूपमा लिएका थिए । वक्रोक्तिको स्थापना कुन्तकले गरेका हुन । उनले वक्रोक्ति काव्य जिवितम् भन्ने ग्रन्थवाट काव्यमा वक्रोक्तिको महत्त्व दर्शाएका हुन् । यस भनार्इले वक्रोक्तिले काव्यलार्इ जिवित वनाउँछ  भन्ने हुन्छ । सामान्य रूपमा भनिएका भनार्इ भन्दा विशिष्ट प्रकारको भनार्इ नै वक्रोक्ति हो । कुन्तकका अनुशार लोक प्रचलित कथन भन्दा भिन्न कुनै वैचित्र्य पूर्ण कथन हो । वक्रोक्ति चिन्तन परम्परा स्थापना गर्न भूमिका खेल्ने केहि अाचर्यहरूको मतलार्इ यसरी हेर्न सकिन्छः-

१.भामह 

यिनले काव्यलङ्कारमा सामान्य कथनलार्इ वार्ता मानेर अलाैकिक कथन वा काव्य वक्रतालार्इ महत्त्व दिन्छन । उनका विचारमा अलङ्कारको प्रार्दुरभाव वक्रोक्तिवाट नै हुन्छ । काव्य भनेको विशिष्ट कथन हो र त्यो कथन अतिशयोक्तिवाट प्राप्त हुन्छ भन्दै अतिशयोक्तिलार्इ वक्रोक्ति ठान्दछन् । उनले काव्यको अात्मा अलङ्कार र अलङ्कारको विज वक्रोक्ति ठानेका छन् । वक्रोक्ति विना वर्णनको विशिष्ट रूप फेला नपर्ने र अलङ्कारले नसजिए सम्म काव्य जीवित  नहुने भएकाले भामहले वक्रोक्तिलार्इ काव्यमा महत्त्व दिएका छन् तर यिनी वक्रोक्तिवादी भने होइनन् ।

२.वाण भट्ट

अाफ्नो कव्य कृतिमा वक्रोक्तिको प्रयोग गर्ने पहिलो साहित्यकार वाण भट्ट हुन । उनको वक्रोक्तिलार्इ चातुर्य पूर्ण उक्तिका अर्थका रूपमा लिएका छन् । यिनले कतै परिहाँस पूर्ण कथन र कतै चातुर्य पूर्ण उक्तिकारूपमा प्रयोग गरेक छन् ।

३.दण्डी 

दण्डीले काव्य र जगतलार्इ नै स्वभावोक्ति र वक्रोक्ति गरि दुर्इ भागमा विभाजन गरे जसमा सामान्य किसिमको उक्तिलार्इ स्वभावोक्ति मान्दै यसलार्इ चिरिच्याट्ट पारेर विशिष्ट प्रयोग गर्नुलार्इ वक्रोक्ति भनेका छन् । यसरी उनले स्वभावोक्तिको क्षेत्र शास्त्र र वक्रोक्तिको क्षेत्र काव्य ठानेका छन् । वक्रोक्तिमा श्लेषले साैन्दर्यको पूष्टि गर्दछ । भनेर भामहका भन्दा निश्चित अलङ्कारमा ल्याएर वक्रोक्तिलार्इ काव्यको एक भेद मानेका छन् । 

४.वामन

यिनी रीतिवादी हुन । यिनले सादृष्य लक्षणा वक्रोक्ति भन्दै लाक्षणिक उक्तिपूर्ण एक विशिष्ट अलङ्कारलार्इ वक्रोक्तिमा लिएका छन् । 

५.रूद्रट

रूद्रटले वक्रोक्तिलार्इ काव्य अलङ्कार तथा शब्द शाैन्दर्य कारक मात्रै वक्रोक्ति ठान्दै वक्रोक्तिलार्इ काकु वक्रोक्ति र श्लेष वक्रोक्ति गरी दुर्इ भागमा विभाजन गरेका छन्। जसमा उच्चारण र स्वरको उतारचडाव वाट निकालिने अभिव्यक्ति भङ्गिमा काकु वक्रोक्ति र अन्यमा श्लेष वक्रोक्ति रहनेकुरा वताउँछन् । 

६.अानन्दवर्धन

यिनले वक्रोक्ति र अतिसयोक्ति समान कुरा ठान्दै यसको प्रयोग प्रतिभा वान स्रष्टाले मात्र गर्न सक्ने अाैल्याउदै यसको प्रयोग अाैचित्यपूर्ण र प्रसङ्ग अनुकुल हुनुपर्छ  भन्ने ठान्दछन् ।

७.अभिनय गुप्त

शब्द र अर्थ वक्रताको तात्पर्य लोकोत्तर रूपमा रहनु पर्छ भन्ने अभिनव गुप्तले लाेकोत्तरको वास्तविक अर्थ अतिख्याता हो भन्दै यसलार्इ सामान्य अलङ्कार मानेका छन् ।

८.भोजराज

यिनले वाङ्मयलार्इ ३ वर्गमा विभाजन गरि सोहि अनुरूप काव्य साैन्दर्य ३ किसिमको हुने उल्लेख गरेका छन् । यिनका अनुशार वाङ्मय स्वभावोक्ति वक्रोक्ति र रसोक्ति हुने देखिन्छ । यसको व्याख्या गर्दै गुण प्रधानता रहनेलार्इ वक्रोक्ति ,उपादि अलङ्कारको प्रधानता रहनेलार्इ वक्रोक्ति र विभाव ,अनुभाव र सञ्चारी भावको योगवाट रसको प्रकट हुनु रसोक्ति ठानेका छन् । यिनले पनि अलङ्कारको प्रधानतामा वक्रोक्ति जिवित रहने देखाएका छन् । 

९.कुन्तक 

कुन्तक वक्रोक्ति वादका संस्थापक हुन । यिनले सवैको विचारलार्इ समेट्ने प्रयास गरेका छन् । वक्रोक्ति काव्य जिवितम् भनेर काव्यमा वक्रोक्तिको भूमिका महत्त्वपूर्ण ठानेका छन् । 
         यसरी विभिन्न अाचार्यहरूले वक्रोक्तिका वारेमा अाफ्नो मत प्रकट गरेका छन् । जसमा कुन्तकले सबै प्रतिनिधित्त्व गरेका छन् । उनले वक्रव्यापारले युक्त काव्यको ज्ञातालार्इ अानन्द दिने रचनामा व्यवस्थित शब्द र अर्थ नै काव्य हो भन्दै कुन्तकले वक्रोक्ति नभइ ाव्य हुदै हुदैन भन्ने सिद्दान्तको स्थापना गरेका हुन् । यी वक्रोक्ति सम्भन्धी धारणालार्इ यसरी हेर्न सकिन्छः-

  • लोक व्यवहारमा प्रसिद्द उक्ति भन्दा वैचित्र्य पूर्ण कथन जसले चमत्कार पूर्ण अर्थ जनाउँछ ।
  • घुमाउरो भनार्इ 
  • वक्रक्ति काव्यको अात्मा 
  • भावनात्मक र अभावात्मक दुवै किसिमको हुने 
  • विचित्रको उक्तिमा वक्रोक्ति जीवित रहने अनि वक्रोक्तिमा काव्य जीवित रहने 
  • वैदग्ध भङ्गि भगिति नै वकोक्ति (कवि काव्यको कुशलता )
  • कवि कर्म काैशलको चमत्कार युक्त वर्णन नै वक्राेक्ति 


गुरुवार, 1 अक्टूबर 2020

ध्वनिका भेदहरू

 ध्वनि शब्दको सुरूवात व्याकरणको स्फोटबाट भएको हो  भनिन्छ । साहित्यमा ध्वनिलार्इ प्रवेश गराउने अाचार्य अानन्दवर्धन हुन । ध्वन्यलोक नामक उनको ग्रन्थमा ध्वि सम्वन्धी मान्यता र सिद्दान्तको व्याख्या गरिएको छ । ध्वनिलार्इ काव्यमा स्थापित गर्ने क्रममा ध्वनि काव्यको अनिवार्य तत्त्व अात्मको रूपमा हेरिएको छ । यसलार्इ विभिन्न भेद उपभेदहरूमा वर्गीकरण गरेर अाचार्यहरूले अध्यायन गरेको पाइन्छ ।समग्र मान्यताहरूलार्इ एकै ठाउँमा राखेर हेर्दा ध्वनिलार्इ तिन वर्गमा विभाजन गरेो पाइन्छ । ती हुनः- 

क)रस ध्वनि 

ख) वस्तु ध्वनि 

ग) अलङ्कार ध्वनि 

                  क)रस ध्वनि 

          जुन वाक्यमा वाच्यर्थ र व्याङ्ग्यार्थ एकै साथ प्रकट हुन्छ र रसको अभिव्याक्ति प्रधान रहन्छ ,त्यसलार्इ रस ध्वनि भनिन्छ । अर्थात जुन व्याङ्ग्यार्थ विभाव ,अनुभाव र व्यविचारीभावको संयोगमा अाधारित हुन्छ त्यस्तो ध्वनि रस ध्वनि हो । जसलार्इ पाठकलेसजिलै वुझ्ने हैसियत राख्दछ।यसमा काव्यकृतिको रचनामा वर्ण विषयमा भन्दा अभिव्यक्त रसको प्रधानता रहन्छ ।जस्तै ः-
      यो एकान्त विहार,यो चहकिलो शृङ्गार ,यो चाँदनी  
      यो शैया फूलको लताभवन यो ,यस्ती प्रिया कमिनी 
       यो माैका ,वय यो ,महा प्रणय यो स्वर्गीय यो काैतुक 
     यो सम्पूर्ण कुरा चटक्क भुल्ने धिक्कार नालायक           लेखनाथ पाैडेल (सूक्ति सिन्धु)
         यी पंतिहरूमा विप्रलम्भ शृङ्गार रस भएको छर्लङ्ग देखिन्छ । वाच्यार्थ संग  संगै विप्रलम्भ शृङ्गार रस ध्वनित भएको देखिन्छ । 

        ख) वस्तु ध्वनि ः-

     जुन काव्य कृतिमा विषयवस्तु नै प्रधानभएर अाएको हुन्छ । त्यस्तो ध्वनिलार्इ वस्तु ध्वनि भनिन्छ । यस्ता प्रकारका रचनाहरूमा वाच्यर्थ पछि विषयवस्तु नै प्रधान भइ प्रकट हुने गर्दछ । अभिव्यक्तिका अन्य पक्ष गाैण भइ वक्ताको मूल अासय अनुरूपको विषयवस्तुको प्रमुखता रहने व्याङ्ग्यार्थलार्इ नै वस्तु ध्वनिका रूपमा व्याख्या गरिन्छ । जस्तै ः- 
मिल्दैन पथिक !नक्कली पथरीलो गाउँमा यहाँ केही।
वस,मह-गो -रसको धारा स्वाद लिनामा भए स्नेही ।                      सोमनाथ सिग्देल 
     यी पंतिमा नक्ली वस्तु नपाइने वरू मह ,घिउ ,दुध ताजा र सक्कली पाइने उल्लेख गर्दै यसमा रस भए वस भन्ने वाच्यार्थमा महग्गो रस (ग्रामीण नारीको रस रूपी याैवन ) चाख्नने भए वस भन्ने प्रेम क्रिडारूपी विषयवस्तु व्याङ्यार्थमा प्रकट भएको हुनाले यो वस्तुध्वनि हुन पुग्यो । 

ग) अलङ्कार ध्वनिः-

       जुन काव्य कृतिमा वाच्यार्थ वोधपछि अलङैकार ध्वनित हुन्छ  त्यसलार्इ अलङ्कार ध्वनि भनिन्छ । यसमा वर्ण्य-वस्तुको भन्दा वर्णनमा प्रयुक्त अलङ्कारको अभिव्याक्ति प्रमुख रहन्छ । जुन ठाउँमा अलङ्कारको प्रयोग भएको हुन्छ ,त्यस्तो काव्य कृतिमा अलङ्कार ध्वनित भएको हुन्छ । वाच्यार्थ पछि अलङ्कार ध्वनित हुने व्याङ्यार्थ नै अलङ्कार ध्वनि हो । जस्तैः-
प्रभु नि भावनामा वसाएँ 
मन भवन दुवै यी नाथलार्इ चढाएँ । 
नय विनय दुवै छन् उहाँका पियारा 
भनि भक्त सारा गर्दछन पुकार ।।                      सोमनाथ सिग्द्याल
      यी माथिका पंतिहरूमा प्रयोग भएका मन -नमन नय -विनय जस्ता अलङ्कारलार्इ प्रयोग गरी व्याङ्यार्थ उमारिएको छ । यी विरोध अलङ्कारलार्इ प्रमुख रूपमा उभ्याएको हुनाले यस प्रकारको अभिव्यक्तिलार्इ अलङ्कार ध्वनि भनिन्छ । 

गुरुवार, 24 सितंबर 2020

ध्वनि सिद्धान्त

 ध्वनि सिद्धान्तः

    सामान्य भाषामा ध्वनि शब्दको अर्थ अावाज भन्ने हुन्छ। काव्य शास्त्रमा ध्वनि भन्नाले सुनिने अावाज मात्र नभएर काव्यमा प्रयोग भएका शब्द तथा वाक्यले दिने अर्थ भन्ने बुझिन्छ ।ध्वनि सिद्धान्तको प्रवर्तन अानन्दवर्दनले गरेका हुन । १९ अाै शताब्दिका यिनी ध्वनिवादी सिद्धान्तका प्रवर्तक मानिन्छन् । उनले ध्वन्यलोक नामक ग्रन्थ लेखि ध्वनि सिद्धान्तकाे सुरूवात गरेका थिए । यसको सुरूवात संस्कृत व्याकरणको स्फोटवाद वाट भएको हो । स्फोटको  अर्थ स्वर ,अावाज वा लय भन्ने नै हुन्छ तर काव्यमा अ।इ पुग्दा केहि फराकिलो बनाइ काव्यको अर्थ व्यक्ति सँग जोड्ने प्रयास गरियो । ध्वनिलार्इ काव्यको अात्माको रूपमा लिइन्छ । जसमा ध्वनिलार्इ सर्वश्रेष्ठ मान्दै लय ध्वनि ,शब्द ध्वनि र अर्थ ध्वनि हुनेकुरा वताइएको छ । भतृहरिका अनुशार उच्चारणोपयोगी अवयवहरूको संयोग र वियोग वाट जुन स्फोट उत्पन्न हुन्छ ,त्यहि शब्दवाट उत्पन्न अर्थलार्इ  नै ध्वनि भनिन्छ । 
ध्वनिका सन्दर्भमा विभिन्न विद्धानहरूको परिभाषा ः
  • जुन अर्थका लागि शब्द वा अर्थले अाफ्नो अर्थ वा अभिप्राय त्यागिदिन्छ र कुनै विशिष्ट भाव लार्इ व्यक्त गर्दछ ,त्यस्तो व्यङ्ग्य भएर अाउने काव्यको वस्तु विशेषलार्इ ध्वनि भनिन्छ ।  अानन्दवर्भन 
  • अर्थले शब्द वोध्य भावलार्इ नै व्यक्त गर्दछ र अर्थ पनि अर्थको अाश्रित हुन्छ ,एकको व्यञ्जनामा अर्को सहयोगी हुन्छ ।           विश्वनाथ
  • ध्वनि वा व्यङ्यार्थ ,वाच्यार्थ तथा लक्ष्यार्थ भन्दा वेग्लै किसिमको हुन्छ र त्यो नै काव्यको सर्वोच्च उपलब्धि हो । मम्मट
  • वास्तवमा काव्यको अात्म रस हो । वस्तु र अलङ्कार ध्वनित सर्वथा रसपर्यवसायी (रसमा गएर विश्राम  लिने) भएकाले वाच्य भन्दा उत्कृष्ट हुन्छ ,यसैकारण सामान्य रूपमा ध्वनिलार्इ काव्यकोअात्मा भनिन्छ ।  अभिनव गुप्त
  • भित्रिअर्थलार्इ अभिव्यक्त गर्ने काव्यलार्इ ध्वनि काव्य भनिन्छ ।        सोमनाथ सिग्देल 
                   ध्वनि काव्य शास्त्रमा प्रयुक्त यस्तो सिद्धनन्त हो जसलार्इ अानन्दवर्धनले सुरू गरेर त्यस सिद्धान्तको समर्थनमा अभिनव गुप्त मम्मट ,विश्वनाथ लगायत अन्य विद्धानहरूले यसको समर्थन गरेको पाइन्छ । काव्यमा प्रयुक्त व्याङ्यात्मक वा अलङ्कारिक शब्दअर्थ र भाव जुन हृदयलार्इ अ।ह्रलादित तुल्याउछ  त्यो नै ध्वनि हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । 


 ध्वनि सिद्धान्तका अाधारभुत मान्यताहरूः

ध्वनिवाद पूर्वीय साहित्यको एक प्रमुख काव्य सिद्धान्त हो । जसलार्इ अानन्दवर्धनले ध्वन्यलोक नामक ग्रन्थमा विस्तृत चर्चा गरेका छन् । वामनले काव्यको अात्म रीति हो भनि उठाएको विवादलार्इ टुङ्ग्याउने उद्देश्यले काव्यको अात्म ध्वनि हो भन्दै यसका शास्त्रिय प्रभावहरू पनि पेश गरेका छन् । यिनले ध्वनि विरोधी मतहरूलार्इ खण्डन गर्दै विभिन्न काव्यत्मक तत्वहरूलार्इ यसभित्र समाहित गर्ने कार्य गरेका छन्। उनले ध्वनि विरोधी मतलार्इ यसरी खण्डन गरेका छन्ः

  • ध्वनि जस्तो अज्ञात तत्वको अस्तित्व छैन भन्ने मतको खण्डन गर्दै ध्वनि अज्ञात होइन यसभन्दा अगाडि नै यसलार्इ काव्यको अात्मा मानिएको छ । 
  • ध्वनिमा शब्दार्थ र काव्यगुण नहुने हुँदा यो अमान्य छ भन्ने विचारको खण्डन गर्दै ध्वनि काव्य तत्व हो र ध्वनि युक्त काव्य झन अ।ह्रलादकारी हुने भएकाले यो मान्य ठहरिन्छ भनेका छन् । 
  • काव्यको साैन्दर्य र रमणियताको उत्पादन गर्ने तत्त्व अलङ्कार हो ।अलङ्कार बाहेक अर्को तत्त्वध्वनि छैन भन्ने अलङ्कार वादीहरूको मतलार्इ खण्डन गर्दै अलङ्कारले काव्यको वाह्रय साैन्दर्यलार्इ मात्र बढाउँछ तर ध्वनिले अलाैकिक अानन्द प्रदान गर्दछ । अलङ्कारले व्यञ्जना वृति मूलक चमत्कार सिर्जना गर्न सक्दैन तर त्यो ध्वनिले सामार्थ्य राख्दछ भनेका छन् । 
  • ध्वनिले अाैचित्य अलङ्कार गुणवाट पुराहुन नसके लक्षणवाट हुन्छ त्यसैले छुट्टै ध्वनिको चर्चा गर्न अावस्यक छैन भन्ने अारोपको खण्डन गर्दै लक्षणा र ध्वनिको स्वरूप नै भिन्न छ भन्दै  उनले लक्षणालार्इ एक अारोपित गाैण वृत्तिमात्र हो भनि ध्वनिलार्इ व्यञ्जना वाट प्राप्त हुने मुख्य तत्त्वका रूपमा अाैल्याएका छन् । ध्वनि भएका ठाउँमा लक्षणा नहुन सक्ने र लक्षणा भएका ठाउँमा ध्वनि नहुन सक्ने भएकाले यी अलग अलग तत्व हुन भनेका छन् ।
ध्वनि अमूर्त अवर्णनिय कुरा हो भन्दै अवर्णनिय र अगोचर कुराको स्वरूप दृष्टिगोचर नहुने रव्याख्या गर्न नसकिने भन्ने विचारको खण्डन गर्दै संसारमा सबैवस्तु दृष्टिगोचर हुने र व्याख्या गर्न सकिने उल्लेख गरेका छन् । र्इश्वर त शब्द ब्रम्हाका माध्यमवाट  दृश्यात्मक हुन्छ भन्ने अरूको के कुरा भनि ध्वनि त झन सवैले अाश्वादन गर्न सकिने ,भेदोपभेद छुट्याउन सकिने कुरा प्रष्ट हुन्छ ।                     
            यसरी    ध्वनि वरोधि मतलार्इ विभिन्न प्रमाणहरूको अाधारमा प्रमाणित गरि अानन्दवर्धनले ध्वनि सिद्धान्तको स्थापना गरेका हुन । यिनले ध्वनिलार्इ काव्यको अात्मा ठानेका छन् । अानन्दवर्धनले ध्वनि सिद्धनन्तका वारेमा ध्वन्यलोक नामक ग्रन्थमा प्रस्तुत गरेका छन् । अानन्दवर्धन पछिका अर्का विद्धान अभिनव गुप्तले अानन्दवर्धनको ध्वन्यलोकको  विस्तृत टिप्पणी गरेक छन् । उनले ध्वनिवादको व्याख्या गर्दै ध्वनिवादीको व्यञ्जना शक्तिले नै रसको अभिव्यक्तिको रहस्यलार्इ स्पष्टरूपमा बुझ्न सकिन्छ।किनकि ,रस भाव अादिको वोध व्याङ्या रूपमा नै    प्ाप्त हुने गर्दछ । भन्दै यिनले ध्वनि र रसलार्इ जोड्ने प्रयास गरेका छन् । ध्वनिक तिन भेद रस ,अलङ्कार तथा वस्तुको विवेचना गर्दै रस द्वारा काव्य जिवित रहने कुरा वताएका छन् । अलङ्कार ध्वनि र वस्तु ध्वनिलै पनि रस ध्वनिकै प्रतिति गराउँछ।त्यस कारण  रस र ध्वनिमा तात्विक भिन्नता छैन । एउटै सिद्धान्त हो भन्दै उनले ध्वनिमा शब्द, अर्थ, गुण र अलङ्कारले संयुक्त रसात्मकताको साैन्दर्य र अाकर्षण हुनुपर्छ भन्दछन । यसरी अभिनव गुप्तले रसात्मक साैन्दर्य युक्त ध्वनिलार्इ नै काव्यको अात्मा ठान्दछन् अभिनव गुप्त पछिका अर्का अाचार्य मम्मटका अनुसार शब्द तथा अर्थहरूमा दोष नभइ गुणमात्र हुनुपर्छ यसमा अलङ्कार हुँदा वा नहुदा कुनै फरक पर्दैन भन्दछन । यिनले ध्वन्यलोक तथा त्यसभन्दा पहिलेका मान्यतालार्इ एकिकरण गरि एकिकृत रूपमा प्रस्तुत गरेका छन् । 
          ध्वनि सिद्धान्त सम्भन्धि मान्यतालार्इ स्थापित गर्ने प्रमुख अाचार्य अानन्दवर्धन ,अभिनव गुप्त र मम्मट रहेका छन् । यिनीहरूले ध्वनिलार्इ काव्यको प्रमुख र अभिन्न अङ्गको रूपमा लिएका छन् ।ध्वनिवादको स्थापना व्याकरणको स्फोटवाद वाट भएको हो । जसमा स्फोटको अर्थ  उच्चारित अर्थसँग सम्भन्धित हुन्छ ।व्यञ्जना प्रधान ,अभिधा र लक्षणा गाैण हुन्छ भने व्यञ्जना प्रमुख हुन्छ ,व्याङ्यार्थमा अाधारित हुन्छ । 

बुधवार, 23 सितंबर 2020

रसका प्रकार

Follow बटनमा थिच्नुहोस्                      पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र विभत्स गरि मुख्य चार रस हुने र यिनै मूल रसवाट वन्ने हास्य ,करूण , भयानक र उद्भुत समेत गरी जम्मा अाठअोटा रसको चर्चा गरेका छन् । विश्वनाथले वात्साल्य रस समेत थपेर रसको सङ्ख्या नाै वटा पुर्याएका छन् । रूपगोस्वामीले भक्ति रसको चर्चा गरी रसको संख्या दश पुर्याएको पाइन्छ ।समग्रमा रस समग्रमा रस नाै वटा छन् । तिनको सोधारण  परिचय यसप्रकार छ ः 

 क) शृङ्गार रस

                 एक अर्काको अनुरागका कारण नायक नायिका वीच उत्पन् हुने रसलार्इ शृङ्गार रस भनिन्छ ।यो  संयोग (सम्भोग) रविप्रलम्भ गरी दुर्इ प्रकारमा हुन्छन् । 

अ)संयोग(सम्भोग)शृङ्गार  

     नायक नायिकाको मिलनलार्इ एकअापसमा प्रेम सम्भन्धि क्रियाकलापको वर्णन  गर्दा समंयोग शृङ्गार रस उत्पन्न हुन्छ । यसको स्थायीभाव रति हो । यसमा नायक ,नायिका ,अालम्वन विभाव , एकान्त स्थल ,जुनेली रात , फूल फूलेको ठाउँ अादि उद्दिपन विभाव ,हाउभाउ ,नजर मुस्कान लज्जा अादि अनुभाव ,लज्जा उत्सुकता अादि व्यविचारी भाव बन्छन् ।

उदाहरणः

अाउ प्रिये नयर वेर भनी मलार्इ 
राखेर काख वीच दुवै हात समार्इ 
ती लाल अोठ मुखनेर पुर्याउनु भो 
लाै भन्न सक्दिन म ता पछि कुन्नि के भो ।      राधानाथ लोहोनी (अनि कुन्नि के भो )  
       माथिको उदाहरणमा नायक नायिका अालम्वन विभाव ,काख वीच  राखेर हात समाउनु अनुभाव ,लाल अोठ मुखनेर पुर्याउनु र नायिकामा  देखवएको लज्जा सञ्चारी भाव (व्यभिचारी)र रति स्थायी भाव भएको देखिन्छ । 

अा)विप्रलम्भ शृङ्गार ः

    नायक नायिकाको वियोग जन्य प्रेमको वर्णन गर्दा विप्रलम्भ शृगार रस उत्पन्न हुन्छ ।यसमा नायक नायिका अालम्वन विभाव ,सम्योग वा मिलनको क्षेणको यादअनुभाव ,चिन्ता उत्सुकता  अादि व्यविचारी भाव र रति स्थायी भाव बन्दछन् । 

उदाहरणः

 पर्खे ,शब्द सुने ,बसेँ ,शयनमा लेटे, उठे ,झोक्रिए ँ
हेरेँ ,मार्ग घुमेँ,चटक्क चुँडिए, फर्के, सुकेँ अात्तिए 
टोलाएँ, मनले झलक्क सम्झे , झस्के कुनामा गएँ             

निस्केँ , दृष्टिदिए ,फिरेँ धुरूधुरू रोए म हा के भए ।              लेखनाथ पाैडेल (शुक्तिसिन्धु)

           माथिकोउदाहरणमा नायक नायिका अालम्व ,विगतको क्षण सम्झनु उद्दीपन , छटपटाउनु ुरूनु अादि अनुभाव ,चिन्ता ,स्मृति अादि व्यविचारी भाव र रति स्थायी भाव रहेको देखिन्छ । 

ख) हास्य रस  ः

       मानिसको मानसिक ,शारीरिक ,भाषिक वा अन्य कुनै क्रियाकलाप वाट हास्य रस उत्पन्न हुन्छ । कुनै हास्य पात्र (व्यक्ति वा वस्तु ) यसको अालम्वन विभाव हुन्छ ।उसका विकृत रूप वा हास्यस्पद क्रियाकलाप हाउभाउ यस रसका अनुभाव हुन । (मुख बङ्ग्याउनु ,मुख बाउनु अादि )  चपलता रोमाञ्च ,कम्प पसिना अादि व्यविचारी भाव हुन्छन् र हास्य (हाँसो ) स्थायी भाव हास्य रस बन्दछ ।

उदाहरणः

मनभोग ,पुरी ,सेल ठेलमेल भइरहोस् 
भोको बाहुनको पेट कुभिण्डो सरिको हअोस्  ।                    शम्भुप्रसाद ढुङ्गेल 
           यस उदाहरणमा बाहुन अालम्वन विभाव ,उसको पेट कुभिण्डो जस्तो बन्नु उद्दीपन ,मुख वहाउनु  अनुभाव ,श्रम अादि व्यविचारी भाव र हास(हाँसो) स्थायी भाव रहेको देखिन्छ । 

ग)करूण रसः

प्रियजनको मृतु वा दुःखद खबर सुन्दा करूण रस उत्पन्न हुन्छ । यसमा मृत प्रियजन वा वियोग भएको वस्तु अालम्वन  विभाव ,उसका राम्रा गुणहरू उद्दीपन विभाव ,रूनु ,विलाप गर्नु अनुभाव ,ग्लानी, चिन्ता ,मोह अादि व्यभिचारी भाव तथा शोक स्थायी भव रहेका हुन्छन् । 

उदाहरणः

गयाै बाबा मेराे हृदय टकुडा लाैन नि कहाँ ?
उनै फिर्ता ल्याउने सुर , नर तथा यक्ष म कहाँ । 
भनी डाँको छाड्दी मृतक शिशुकी दुग्ध जननी 
सबै अाँशु झार्छिन थरथर कपाएर अवनी ।।
    यस उदाहरणमा मृतक शिशु अालम्वन विभाव ,शिशुको मृतुको अघिको क्षेणको स्मरण उद्दीपन विभाव रूनु ,विलाप गर्नु अनुभाव , अावेग, उन्माद,चिन्ता अादि व्यभिचारी भाव र शोक स्थायी भाव रहेको देखिन्छ । 

घ) वीर रस 

युद्ध वा कुनै उत्साह पूर्ण क्रियाकलापको वर्णन हुँदा वीर रस उत्पन्न हुन्छ । यसमा शत्रु प्रतिद्वन्दी वा प्रतिस्पर्धी अालम्वन विभाव ,उसको पराक्रम वा उसका वारेमा सुनिएको प्रशंसा उद्दीपन  विभाव गर्वयुक्त वाणी हाउभाउ देखाउनु अनुभाव ,धैर्य स्मृति , अावेग अादि व्यभिचारी भाव र उत्साह स्थायी भाव वन्दछ । 

उदाहरणः

छप्कार्इ शत्रुलार्इ छपछप खुकुरी धार हम्रो कुँडिन्न 
गर्दी घम्सान पर्दा पछितिर मुहुडा हेर हाम्रो मुडिन्न 
नेपाली वीर तातो रगत छ कहिल्यै शक्ति गल्दैन हाम्रो 
अाफ्नै सत्मा उठेको ध्वजपट कहिल्यै हेर ढल्दैन हाम्रो ।                  माधवप्रसाद घिमिरे
        यस उदाहरणमा शत्रु अालम्वन विभाव ,शत्रुको वल र प्रभाव उद्दीपन विभाव ,खुकुरीको धार नकुडिनु ,मुहुडा पछिल्लितिर अनुभाव ,धैर्य ,गर्व , अावेग अादि व्यभिचारी भाव र उत्साह स्थायी भाव रहेको देखिन्छ ।

ङ)राैद्र रस ः

   अात्मिय व्यक्ति वा गुरू ,धर्म , देश र जनतालार्इ शत्रुले अपमानजन्य व्यवहार गरेमा त्यसवाट राैद्र रसको उत्पत्ति हुन्छ । यसमा शत्रु अालम्वन विभाव हुन्छ ,हतियार समाउनु ,दाँत कटकटाउनु ,अाँखा रातो पार्नु अादि अनसभाव र मद , उग्रता , अावेग अादि व्यविचारी भाव हुन् र क्रोध स्थायी भाव हो । 
 

उदाहरणः

कसको पुत्र त होस वता मकनरे जाबो पुरानू धनु 
बाँच्दैनमा अति गर्भभो तँकन ता धेरै कुरा के भनुँ ।
यो त हो हरिको धनु वीर भया ताँदो यसैमा चढो 
भन्दै खुब रिसले रह्रया परशुराम रामकै अगाडी खडा।।             भानुभक्त अाचार्य (रामायण)
      यस उदाहरणमा राम अालम्वन विभाव ,शिवधनु भाच्नु उद्दीपन विभाव ,परशुरामको कठोर वचन अनुभाव , राममा रहेको गर्भ व्यभिचारी भाव र क्रोध स्थायी भाव रहेको देखिन्छ ।

च) विभत्स रस

कुनै घृणित वस्तुलार्इ देख्दा वा छुदा उत्पन्न हुने रसलार्इ विभत्स रस भनिन्छ । यसको स्थायी भाव घृणा हुन्छ।घृणित वस्तु अालम्वन विभाव ,घिनलाग्दो दृष्य ,गन्ध उद्दीपन विभाव ,थुक्नु ,मुख फाल्नु ,नाक थुन्नु अादि व्यविचारी भाव हुन् । 

उदाहरणः

खेरै कुकुर एक घाउ छ हरे ।रोगी लुत्यहाकन 
पालेको घरमा पुछरको डोलाउ त्यो सज्जन ,
साह्रै भक्तभर्इ शिलाहरू खप्यो ढुङ्गामुडा बेसरी 
फेरी खप्पर क्याकलाङ्ग गरि थियो यो रक्त अाफै हरि।                                                देवकोटा
            यस  उदाहरणमा लुत्याहा खैरे कुकुरअालम्वन विभाव ,कुकुरको घाउ र लुतो उद्दीपन विभाव फुटेको खप्पर र अाफ्नै रगत पिएको देखेर विचलित हुनु व्यविचारी भाव र घृणा स्थायी भाव हुन् ।

छ) भयानक रस 

कुनै डरलाग्दो कुरा सुन्दा वा देख्दा उत्पन्न  हुनेरस भयानक रस हो ।यसमा भयानक वस्तु अालम्वन विभाव हुन्छन् । तिनै हिंसात्मक क्रियाकलाप उद्दीपन  विभावका रूपमा रहन्छन् । रूनु कराउनु ,अनुहार रातो बनाउनु , डराउनु ,काम्नु ,पसिना अाउनु अादि अनुभाव हुन । वोली लरखराउनु ससङ्कित हुनु  मूर्छा पर्नु उत्तेजित हुनु  अादि व्यविचारी भाव हुन्छ । 

उदाहरणः

का लग्नि सरीको भयङ्कर स्वरूप रामको भएथ्यो जसै

कामिन पृथ्वी पनि भयङ्कर स्वरूप देखिन र रामको तसै ।
रावणका पनि चित्तमा भय पर्यो उल्का बहुतै भयो ।
क्या गर्छन प्रभुले यहाँ सवलोक डरार्इ गयो ।                                            भानुभक्त अाचार्य 

  यस उदाहरणमा राम अालम्वन विभाव ,रामको भयङ्कर स्वरूप उद्दीपन विभाव ,डराउनु अनुभाव स्वप्ना ,जडता ,अपस्मार अादि व्यभिचारी भाव तथा भय डर स्थायी भावका रूपमा अाएका छन् । 

 ज) शान्त रस 

 संसारको अस्तित्वहिनता तथा निस्सारताको वोध भएपछि उदासिएको अवस्थामा शान्त रस उत्पन्न हुन्छ । यसमा सांसारिक निस्सारता ,वैराग्य ,अात्मतत्वको वोध ,मोक्ष वा अात्मानान्द अादि अालम्वन विभाव हुन्छन् ।तिर्थ स्थल क्रृषिहरूको अाश्रय एकान्त ,सांसारिक मोहलार्इ त्याग्ने तत्परता यसका उद्दीपन हुन्छन् । रोमाञ्च ,ग्लानि ,त्रास स्मृति अादि यसका व्यविचारी भाव हुन भने सम(वैराज्ञ्य) वा निर्वेद यसको स्थायी भावको रूपमा रहन्छ । 

उदारहणः

छुती विद्दान होसवा मलिन कुलको मूर्ख अछुती 
कुनै त्यागी होस वा विषय रस रागी लखपती ,
समानै ठान्थे ती विधिविहित चैतन्य पुतली ,
पछि हेर्दा हेर्दै हृदय हास्यो अलीअली ।                   लेखनाथ पाैड्याल
       यस उदाहरणमा विद्दान ,मूर्ख  अालम्वन विभाव ,त्यागिले भरिएको संसार उद्दीपन विभाव ,सवैलार्इ समान ठान्नु अनुभाव ,हास्य व्यभिचारी भाव र वैराज्ञ्य स्थायी भावको रूपमा देखिन्छ ।

झ)अद्भुत रस

अनाैठा कुरा सुन्दा वा देख्दा उत्पन्न हुने रस अद्भुत रस हो । यसमा असाधारण  वस्तु ,व्यक्ति अालम्वन  विभाव हुन्छ ।ती वस्तुका अनाैठो र अाश्चर्य जनक गुणकरू तथा क्रियाकलापहरू यसका उद्दीपन विभाव हुन भने ट्वाल्ल पर्नु ,पसिना अाउनु अक्कन वक्क हुनु अनुभाव र मोह ,हर्ष ,उत्सुकता चञ्चलताअादि व्यविचारी भाव र अ।श्चर्य  वा विश्मय  यसको स्थायी भाव हुन्छ । 

उदाहरणः

मुख खोलिदिँदा सव विश्व खुली 
नत मट्टि मिली झलमल वली। 
सव दिव्य चराचरा छक्क परी 
जननी स्तुती गर्दिभइन विचरी ।।                              देवकोटा
  यस उदाहरणमा  वालक कृष्ण अ।लम्वन विभाव ,म,ख खोल्दा सारा विश्व खुल्नु ,दिव्य चराचर देखिनु उद्दीपन विभाव ,भाव विहोल भएर स्तुति गर्नु ,छक्क पर्नु व्यविचारी भाव तथा अाश्चर्य स्थायी भावको रूपमा देखिन्छ । 

रविवार, 20 सितंबर 2020

रस साधारणीकरण

     कुनै पनि साहित्यिक असाधारण भाव वा विशेष भावलार्इ सामान्य वनाउनु साधारणीकरण हो । साधारणीकरण सिद्धान्तको जन्म रस निष्पत्ति व्याख्याको क्रममा भएको हो । साधारणीकरण शब्दको पहिलो प्रयोग भट्टनायक वाट भएको मानिन्छ । उनको भुक्तिवादको प्रसङ्गमा यो शब्दको प्रयोग भएको हो । यसमा कुनैपनि साहित्यिक कृति पढ्दा वा दृश्य हेर्दा त्यसमा वर्णित पात्रहरूलार्इ दिइएको विशिष्ट दर्जाका पर्दाहरू (छेकवार) भावकत्व व्यापारले हटाएर दर्शक,भावकका सुख,दुःखका भावहरू साभारण तथा सामान्य  बन्न पुग्दछ । यहि क्षेणमा पात्रका सुख ,दुःख दर्शक र भावकले अाफ्नै सुख ,दुःखकोअनुभव गर्न थाल्दछ अनि स्वयम ती पात्र सँग पाठक तथा दर्शक एकाकार हुन थाल्दछन्। यहि क्षेण वा अवस्था नै साधारणीकरणको अवस्था हो । यसमा दर्शक ,पाठक पात्रमा हराएर उ अाफू स्वयम्व त्यहाको पात्रको अनुभूति गर्न पुग्दछ  भनिएको छ । साधारणीकरणका बारेमा विभिन्न अाचार्यहरूले अा अाफ्नो धारणा राखेका छन् । जसमाः

क)अभिनव गुप्त 

     भट्टनायकको भुक्तिवादी सिद्धान्त जसमा रसलार्इ उत्पत्ति र अनुमानको विषय नभइ भोग पक्षसँग सम्भन्धित छ भनिएको छ । यो विचारलार्इ अभिनवगुप्तले पूर्ण रूपमा स्वीकार नगरे पनि त्यसमा नै अडिएर अाफ्नो माैलिक धारणा व्यक्त गरेका छन् । यिनले भावकत्व व्यपार प्रयोग विना पनि साधारणीकरण हुनेकुरा व्यक्त गरेका छन् । यिनका विचारमा दर्शक , पाठक ,वा लेखकमा मानसिक व्यापार हुन्छ र यो प्रकृया लार्इ कुनैपनि देशकाल र सीमाले वाधा पुर्याउँदैन   भन्ने धारणा सहित विभावादीको सम्पर्क हुनासाथ  दर्शक पाठकमा भएका स्थायी भाव उद्वुद्ध् हुन पुग्दछन् । साधारणीकरणले दर्शक पाठकलार्इ एकाग्र वनाउँछ र त्यहि एकाग्रताका स्थितिमा उसले कविनिवद्ध भावलार्इ पूर्ण अाश्वादन गरेर उ भावविहोर वन्दछ । त्यसकारण अभिनव गुप्त कविका भावमा अाफ्नो भाव मिसाएर दर्शक वा पाठकले रसानुभाव गर्छ भन्ने ठान्दछन् । वास्तवमारसानुभावको स्थिति अाउन साधारणीकरणको अवस्थामा नपुगेसम्म रसानुभाव नहुने कुरा यिनको मत हो । 

विश्वनाथ 

        विश्वनाथका विचारमा दर्शक ,भावकले  नै पात्रमा नै अाफ्नो तादम्य गराउदँछ भन्नेमत प्रस्तुत गर्दै उनका दृष्टिमा दर्शक ,भावकमा देखापर्ने यो तादाम्यको स्थिति नै साधारणीकरणको परिणाम हो । 
         दर्शक पाठकका मनमा अाएको तादाम्यको अनुभूतिले नै रसको अनुभूति गराउँछ ।रसानुभूतिका समयमा दर्शक ,पाठकले  अाफ्नो सम्पूर्ण नीजि व्याक्तित्व  ,अाकांक्षा ,उत्तरदाइत्व वोध विर्सन्छ र मूक्तिको स्थितिमा पुग्दछ ।यहि स्थितिको सिर्जना हुनु नै साधारणीकरण हो । 

जगन्नाथ 

      जगन्नाथ पूर्वीय साहित्य शास्त्रमा १६अाै शताब्दीमा रस गंगाधर ग्रन्थ लेखेर पूर्वीय काव्य परम्परामा अाफ्नो छवी स्थापित गरि यिनले साधारणीकरणको व्याख्या दोष दर्शनका अाधारमा गर्दै त्यसमा अाफ्नो असहमती व्यक्त गर्दछन् । उनले व्यञ्जना वृतिवाट दोषात्मक माध्यमद्दारा नायक नायिकालार्इ अाफू जस्तै कल्पना गरेका छन् । शिपिलार्इ टाढा देख्दा किरणका कारण चाँदी ढुङ्गा जस्तै लाग्दछ तर त्यो वास्तवमा सिपि हो  भन्दै नायक नायिका पनि खास त्यहाँ खोलेका हुदैनन् । नाटकका सन्दर्भमा केवल हाम्रो भ्रम मात्र हो  भन्ने तर्क अगाडि सारेका छन् । उनको भनाइ अनुशार पात्रले केवल टाढैवाट अनुकरण मात्र गरेका हुन्छन् तर त्यसको वास्तविकता ठानी दर्शक व्यञ्जना वृतिका दोषत्वका कारण साधरणीकरणको स्थितिमा पुग्दछ । यो सवै व्यञ्जनाको कारणले हुनेकुरा व्यक्त गर्दछन् ।

 अाचार्य धनन्जय

             अनुकार्य र दर्शक वीच चित्तको तादाम्य हुन जान्छ । यसलार्इ संवेद्य भनिन्छ । संवेद्यको अवस्था ममत्त्व र परत्त्वको परिहार हुन जान्छ । यसको परिहार भएपछि दर्शकले अानन्दानुभूति गर्छ त्यहि नै काव्यको रस हो । 
          निष्कर्षमा भन्नुपर्दा साधरणीकरण काव्यको मूलभाव सँग दर्शक ,पाठकले असल सम्भन्ध स्थापित गर्नु हो र यो सम्भन्ध स्थापित भएपछि  रसभावको अास्वादन हुन्छ।


नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...