रविवार, 20 सितंबर 2020

रस साधारणीकरण

     कुनै पनि साहित्यिक असाधारण भाव वा विशेष भावलार्इ सामान्य वनाउनु साधारणीकरण हो । साधारणीकरण सिद्धान्तको जन्म रस निष्पत्ति व्याख्याको क्रममा भएको हो । साधारणीकरण शब्दको पहिलो प्रयोग भट्टनायक वाट भएको मानिन्छ । उनको भुक्तिवादको प्रसङ्गमा यो शब्दको प्रयोग भएको हो । यसमा कुनैपनि साहित्यिक कृति पढ्दा वा दृश्य हेर्दा त्यसमा वर्णित पात्रहरूलार्इ दिइएको विशिष्ट दर्जाका पर्दाहरू (छेकवार) भावकत्व व्यापारले हटाएर दर्शक,भावकका सुख,दुःखका भावहरू साभारण तथा सामान्य  बन्न पुग्दछ । यहि क्षेणमा पात्रका सुख ,दुःख दर्शक र भावकले अाफ्नै सुख ,दुःखकोअनुभव गर्न थाल्दछ अनि स्वयम ती पात्र सँग पाठक तथा दर्शक एकाकार हुन थाल्दछन्। यहि क्षेण वा अवस्था नै साधारणीकरणको अवस्था हो । यसमा दर्शक ,पाठक पात्रमा हराएर उ अाफू स्वयम्व त्यहाको पात्रको अनुभूति गर्न पुग्दछ  भनिएको छ । साधारणीकरणका बारेमा विभिन्न अाचार्यहरूले अा अाफ्नो धारणा राखेका छन् । जसमाः

क)अभिनव गुप्त 

     भट्टनायकको भुक्तिवादी सिद्धान्त जसमा रसलार्इ उत्पत्ति र अनुमानको विषय नभइ भोग पक्षसँग सम्भन्धित छ भनिएको छ । यो विचारलार्इ अभिनवगुप्तले पूर्ण रूपमा स्वीकार नगरे पनि त्यसमा नै अडिएर अाफ्नो माैलिक धारणा व्यक्त गरेका छन् । यिनले भावकत्व व्यपार प्रयोग विना पनि साधारणीकरण हुनेकुरा व्यक्त गरेका छन् । यिनका विचारमा दर्शक , पाठक ,वा लेखकमा मानसिक व्यापार हुन्छ र यो प्रकृया लार्इ कुनैपनि देशकाल र सीमाले वाधा पुर्याउँदैन   भन्ने धारणा सहित विभावादीको सम्पर्क हुनासाथ  दर्शक पाठकमा भएका स्थायी भाव उद्वुद्ध् हुन पुग्दछन् । साधारणीकरणले दर्शक पाठकलार्इ एकाग्र वनाउँछ र त्यहि एकाग्रताका स्थितिमा उसले कविनिवद्ध भावलार्इ पूर्ण अाश्वादन गरेर उ भावविहोर वन्दछ । त्यसकारण अभिनव गुप्त कविका भावमा अाफ्नो भाव मिसाएर दर्शक वा पाठकले रसानुभाव गर्छ भन्ने ठान्दछन् । वास्तवमारसानुभावको स्थिति अाउन साधारणीकरणको अवस्थामा नपुगेसम्म रसानुभाव नहुने कुरा यिनको मत हो । 

विश्वनाथ 

        विश्वनाथका विचारमा दर्शक ,भावकले  नै पात्रमा नै अाफ्नो तादम्य गराउदँछ भन्नेमत प्रस्तुत गर्दै उनका दृष्टिमा दर्शक ,भावकमा देखापर्ने यो तादाम्यको स्थिति नै साधारणीकरणको परिणाम हो । 
         दर्शक पाठकका मनमा अाएको तादाम्यको अनुभूतिले नै रसको अनुभूति गराउँछ ।रसानुभूतिका समयमा दर्शक ,पाठकले  अाफ्नो सम्पूर्ण नीजि व्याक्तित्व  ,अाकांक्षा ,उत्तरदाइत्व वोध विर्सन्छ र मूक्तिको स्थितिमा पुग्दछ ।यहि स्थितिको सिर्जना हुनु नै साधारणीकरण हो । 

जगन्नाथ 

      जगन्नाथ पूर्वीय साहित्य शास्त्रमा १६अाै शताब्दीमा रस गंगाधर ग्रन्थ लेखेर पूर्वीय काव्य परम्परामा अाफ्नो छवी स्थापित गरि यिनले साधारणीकरणको व्याख्या दोष दर्शनका अाधारमा गर्दै त्यसमा अाफ्नो असहमती व्यक्त गर्दछन् । उनले व्यञ्जना वृतिवाट दोषात्मक माध्यमद्दारा नायक नायिकालार्इ अाफू जस्तै कल्पना गरेका छन् । शिपिलार्इ टाढा देख्दा किरणका कारण चाँदी ढुङ्गा जस्तै लाग्दछ तर त्यो वास्तवमा सिपि हो  भन्दै नायक नायिका पनि खास त्यहाँ खोलेका हुदैनन् । नाटकका सन्दर्भमा केवल हाम्रो भ्रम मात्र हो  भन्ने तर्क अगाडि सारेका छन् । उनको भनाइ अनुशार पात्रले केवल टाढैवाट अनुकरण मात्र गरेका हुन्छन् तर त्यसको वास्तविकता ठानी दर्शक व्यञ्जना वृतिका दोषत्वका कारण साधरणीकरणको स्थितिमा पुग्दछ । यो सवै व्यञ्जनाको कारणले हुनेकुरा व्यक्त गर्दछन् ।

 अाचार्य धनन्जय

             अनुकार्य र दर्शक वीच चित्तको तादाम्य हुन जान्छ । यसलार्इ संवेद्य भनिन्छ । संवेद्यको अवस्था ममत्त्व र परत्त्वको परिहार हुन जान्छ । यसको परिहार भएपछि दर्शकले अानन्दानुभूति गर्छ त्यहि नै काव्यको रस हो । 
          निष्कर्षमा भन्नुपर्दा साधरणीकरण काव्यको मूलभाव सँग दर्शक ,पाठकले असल सम्भन्ध स्थापित गर्नु हो र यो सम्भन्ध स्थापित भएपछि  रसभावको अास्वादन हुन्छ।


शनिवार, 19 सितंबर 2020

रस सूत्रको व्याख्याः

 भट्टलोलट र उनको उत्पत्तिवाद

-भट्टलोलट प्रर्वतक
-भरतको रससूत्रलार्इ ख्याख्या गर्ने पहिलो व्याक्ति 
        
                  पूर्वीय अाचार्य भरतले रससूत्रको प्रतिपादन गरे । उनले विभाव ,अनुभाव र व्यभिचारी भावको संयोगवाट रसको निष्पत्ति हुन्छ भनेर रसका वारेमा अाफ्नो नाट्यशास्त्रमा उल्लेख गरे उनले प्रतिपादन गरेको रससूत्रको व्याख्या गर्ने प्रयास प्रथम पटक नवाै सताब्दीका भट्टलोलटले गरे ।उनले निष्पत्ति शब्दको अर्थ कार्यकारण भन्नेअर्थ निर्धारण गरेकाले उनको व्याख्यालार्इ उत्पत्तिवाद भनिन्छ । 
           यिनका अनुशार रस काव्यको मूल पात्रमा रहन्छ ।जुन मूलपात्रमा सुरक्षित रूपमा रहेको रस नै अभिनयकर्तामा उत्पन्न हुन्छ र अभिनयकर्तालार्इ दर्शक तथा पाठकले जव सक्कली चरित्र ठान्दछन् तव मूलपात्रमा रहेको रस उनिहरूमा उत्पन्न हुन्छ भन्ने मत राख्दछन ।नाटकको अभिनयका सन्दर्भमा नटनटीलार्इ नै नाटककोमूलपात्र ठान्ने भएकाले यसवादलार्इ अारोपवाद पनि भनिन्छ । उनको व्याख्या अनुशार कार्यकारणको शृङ्खला हेर्दा विभाव रसका उत्पादक , अनुभाव कार्य , व्यविचारी भाव पोषक र रस उत्पाद्य विषय हो भन्ने प्रष्ट हुन्छ।अर्थात रस र विभावको सम्भन्ध उत्पाद्य उत्पादकका रूपमा , रस र अनुभावको सम्भन्ध गम्य गमकका रूपमा र रस र व्यविचारी भावको सम्भन्ध पोष्य पोषकको रूपमा हुन्छ ।यिनका अनुशार मूलपात्रमा रसको उत्पत्ति हुन्छ त्यसपछि अनुकृया द्वारा रसको प्रतीति हुन्छ । मूल पात्रवाट दर्शकसम्म अार्इपुग्दा तिनतहवाट रस प्रतीति हुने गर्छ । यसमा डोरी देखेर सर्प सम्झिदाको भय त्रासको स्थितिलार्इ रस प्रतीतिको रूपमा लिएको छ । असत्य वस्तुलार्इ सत्य ठानिदा कहिलेकाहि सत्य वस्तुकै समान कार्य हुने गर्छ । अभिनयकर्ताले पनि केहिका लागि मूलपात्रमा  अाफूलार्इ परिणत गराउदछ र दर्शकले पनि अभिनय हेरेर अाफूलार्इ उसैसँग तादाम्य गराउदछभन्ने स्थिति नै प्रतीतिको अवस्था हो ।
                निष्कर्षमा भन्नुपर्दा भट्ट लोलटको उत्पत्तिवादले रसको उत्पत्ति काव्यको मूल पात्रमा हुनेकुरा प्रष्ट्याइएको पाइन्छ ।जसमा लेखकलार्इ उपेच्छा गरिएको पाइन्छ ।भने श्रव्य काव्यको पनि चर्चा पाइदैन ।

श्री शङ्कुक र उनको अनुमितिवाद

           अनुमितिवादका व्याख्याता श्री शङ्कुक नैयायिक हुन् । जसले न्याय दर्शनको अाधारलिर्इ निष्पत्तिको खण्डन गर्दै अनुमितिवादको स्थापना गरेका हुन । यिनी विभाव ,अनुभाव र व्यविचारी भावलार्इ अनुमापक अर्थात अनुमान गर्ने सामग्री र रसलार्इ अनुमाप्य अर्थात अनुमानको विषय ठान्दछन् । शङ्कुकको भनाइ अनुशार धुवाँ देखेर वा देखेपछि त्यहाँ अागोको अनुमान गरेझै नट द्वारा मूलपात्रको अनुकरण गरिएको स्थितिमा नटलार्इ देखेर नै रसको अनुमान हुन्छ भन्ने थाहा पाइन्छ । यिनको अनुशार नटनटीले काव्यार्थ वुझेर वा विषयवस्तु पढेर विभावको अनुकरण गर्न सिक्दछ । अभिनय कलाको ज्ञानका कारण मूलपात्रको अनुकरण गरी नटनटीले अाफ्नो कार्य कुशलता मार्फत अभिनय जस्तो कृतिमता पनि वास्तविकता प्रतित हुने भन्दै शङ्कुकले प्रेक्षकको अनुमान शक्तिलार्इ रसाश्रित ठानेका छन् । त्यसकारण रस अनुमान माथि अाश्रित रहने कुरा व्याख्या गरेका हुनाले यसलार्इ अनुमितिवाद भनिएको हो । श्री शङ्कुकका व्याख्यामा  रस अनुकार्य निष्ठ हुने ,रस उत्पाद्य नभइ अनुमाप्य हुने ,भावक तटस्थ रहने जस्तो कुरालार्इ अगाडि सारिएको छ । 
           अतः न्याय शास्त्रको अनुमान ,पेमाण र चित्रतुरगन्यायका अाधाुमा रस अनुमानको विषय हो भन्ने कुरालार्इ यिनले प्रमाणित गरे चित्रतुरगन्याको कल्पना गर्दै जसरी चित्रको कल्पनामा चित्रकारको उपस्थिति अनिवार्य रहन्छ त्यसरी नै साहित्य रचना पछि पनि साहित्यकारको अस्तित्व मान्य हुनेकुरा वताएका छन् । त्यसैगरी नाटकको (काव्य ) सबै प्रपन्च  प्रेक्षक (दर्शक ) का लागि भएकालाले प्रेक्षकको महत्त्व दर्शाएका छन् । उनको अनुमितिवादलार्इ पछिल्लो चरणमा दार्शनिकहरूले त्रुटिपूर्ण मान्दै अनुमानकोभरमा निजि अानन्दलार्इ प्राप्त  गर्न सकिदैन भन्ने तर्क अघि सारेको पाइन्छ । चित्रको घोडा  देखेर साचिकै घोडाको अनुमान हुनु , अनुकर्तालार्इ देखेर मूल पात्रको अनुमान गर्नु , रस जस्तो अन्तर स्करणको भावलार्इ अनुमानकै रूपमा हेर्नु यस वादका क्रृणात्मक पक्ष हुन् । श्रव्यकाव्यको रस निष्पत्ति वारे पनि  यिनले वोलेको पाइदैन । 

 भट्टनायक र उनको भुक्तिवादः 

          भरतको रसशुत्रको व्याख्या गर्ने क्रममा तेस्रो व्याक्ति देखापरेका छन् ,भट्टनायक । यिनले रसलार्इ न यो उत्पत्ति हो न त अनुमानको विषय नै यो त भोगपक्षसँग सम्भन्धित छ भनेका छन् । यिनका अनुशार निष्पत्तिको अर्थ भोग र संयोगातको अर्थ भोज्य भोजक भएको हुनाले यिनको व्याख्या सिद्धान्तलार्इ भुक्तिवाद भनिएको हो । 
             रस प्रतीतिको निम्ति भावकत्व र भोजकत्व  गरी दुर्इ तत्वको वर्णन यहाँ गरिएको छ । जसमा भावकले (दर्शक / पाठक)रसको भोग गर्छ अर्थात दर्शकका लागि रस भोगकारूपमा प्राप्त हुन्छ । लोल्लट , शङ्कुकले मूलपात्र , त्यसपछि क्रमशः नट र दर्शकमा रसानुभूति हुनेकुरा व्यक्त गरेका थिए भने यिनले रस सिधै पाठक /दर्शक / भावकमा रसको भोग गरिन्छ भन्ने मत अघि सारे यिनले श्रव्य दृश्य दुवैकाव्य विधामा रस हुनेकुरा व्यक्त गरेका छन् । जव भावकत्व व्यापार द्वारा साभारणीकरण हुन्छ तव परकिय भाव स्वकिय बन्छ  अर्थात त्यो व्याक्ति मुक्त र सार्भभाैम  हुन्छभन्नेकुरा यहाँ व्यक्त गरिएको छ । पूर्ववर्ति अाचर्यहरूले भन्दा फरक ढङ्गले रससूत्रको व्याख्या गरेका भूक्तिवादी भट्टनायकले रसको निष्पति प्रकृया अभिधा ,भावकत्व र भोजकत्व व्यापार द्वारा सम्पन्नहुने कुरा अाफ्नो धाराणामा राखे ।अभिधा भनेको काव्यको सोझो अर्थ हो । भावकत्व भनेको साधरणीकरणको स्थिति र भोजकत्व भनेको भावकत्व पछिको उत्कर्ष अवस्था हो जहाँ दर्शकका लागि रस भोगगकारूपमा प्राप्त हुन्छ।यसरी भावक नै रसको उपभोक्ता हो । 
           भट्टनायकको रस विवेचनाको पनिअभिनव गुप्तले अालोचना गरेका छन् । गुप्तले यस सिद्धान्तलार्इ व्यञ्जनाको नाम दिदै निराधार तर्क मान्छदन् तापनि भट्टनायकको भूक्तिवादी सिद्धान्तको महत्व छुट्टै देखिन्छ।

 अभिनव गुप्त र उनको अभिव्यक्तिवाद

               पूर्वीय अाचर्य भरतको रस सूत्रको व्याख्या गर्ने परिपक्क व्याख्याकारका रूपमा अभिनव गुप्तलार्इ लिइन्छ । यिनले भट्टनायकको भूक्तिवादी सिद्धान्तलार्इ निराधार र शास्त्र सम्मत नभएको भन्दै खण्डन गरेका छन् । यिनले निष्पतिको अर्थ अभिव्यक्ति लगाएका छन् । त्यसकारण यिनको सिद्धान्तलार्इ अभिव्याक्ति वाद भनिन्छ । यिनले भट्टलोलटको अनुमानवाद ,भट्टनायकको साधारणिकरण सिद्धान्तलार्इ भने उपयोग गरेका छन् । त्यसै गरि ध्वनिवादी सिद्धान्त , मनोविज्ञान जस्ता विभिन्न सिद्धान्त र वादलार्इ पनि यिनले उपयोग गरेका छन् । यिनका मतमा वभावादी व्यञ्जक हुन् भने रस व्याङ्या हो । यिनको अनुशार रति अादि स्थायी भावहरू भावकका मनमा वासनाका रूपमा सुषुप्त अवस्थामा रहेका हुन्छन् । विभाव , अनुभाव तथा सञ्चारीभाव जुन लाैकिक जगतमा कार्यकारण र सहकारी कारणका रूपमा मानिन्छन् । तिनीहरूको व्यञ्जना वृति द्वारा साधारणीकरण हुन्छयस अवस्थामा विभावादिको विशिष्टरूप समाप्त भइ ती सामान्यीकृत अवस्थामा अाइपुग्दछन् ।भने सहृदय  निष्ठ स्थनयी भावको समेत साधारणीकरण हुन्छ । त्यसपछि पाठक ,दर्शकले ब्रम्हानन्दको अनुभव गर्छ । 
         यिनले अझ अगाडि वडेर भनेका छन् कि ,रसको अनुभूति गर्न जसको भावना जागरूक छ ,त्यसको त्यति रस ग्रहण गर्नसक्ने शक्ति हुन्छ र रसको अनुभव गर्न सक्छ । रस प्रतीतिका निमित्व नयाँ व्यापारको कल्पना गर्नु पर्दैन भनि व्यञ्जनावाट   नै साधारणीकरण र अास्वादन सम्पन्न हुनेकुरा व्यक्त गर्दछन् । यिनका विचारमा रसको उत्पत्ति हुदैन ,उत्पत्ति त कार्यको हुन्छ । रस कार्य होइन ,कार्यता कारण नष्ट भएपछि पनि अस्तित्ववान हुनपुग्छ तर रस विभाव नष्ट भएपछि नष्ट हुन्छ भन्ने व्याख्या गर्दै विभावादिको उपस्थिति पछि नै रस प्रकासित हुने देखिन्छ भन्दछन् । 
         निष्कर्षमा भन्नुपर्दा  अभिनभ गुप्तले रस प्रेक्षकमा हुने र अानन्द दायक हुनेकुरा प्रमाणित गरेका छन् । यिनको यो व्यख्यालार्इ उत्तरवर्ती विद्धानहरूले पनि अनुशरण गरेका छन् ।
 

शुक्रवार, 18 सितंबर 2020

रस सामग्री

                 काब्य तथा साहित्यिक कृतिको श्रुति,दृष्य र वाचक तथा पठन वाट प्रप्त हुने अानन्द नै रस हो । पदार्थीय  रसको अास्वादन   जिव्रोले गर्दछ भने काब्यको अास्वादन भावनात्मक रूपमा मनले वा अात्मले गर्छ । रसलाई ब्रह्रमाको रूपमा पनि हेरिन्छ । ब्रम्ह्रानन्द हुनु भनेको अाफ्नो लक्ष्यमा पुग्नु हो ।अाफ्नो जीवनको लक्ष्य प्राप्त गर्दा जस्तो अानन्द हुन्छ त्यस्तै अानन्द रस प्राप्त गर्दा हुन्छ । रसका वारेमा सर्वप्रथम काव्यमा प्रयोग कसले गर्यो भन्ने मत भिन्नता रहेपनि प्रमाणिक अाधारमा रस प्रर्वतक भरत नै मानिन्छन् । विभाव ,अनुभाव ,र व्यविचारी भाव द्वारा रस निष्पत्ति हुन्छ भन्ने परिभाषा नै सर्वमान्य छ । यिनै विभाव ,अनुभाव ,व्यभिचारी भावलाई रसको अंग मानिन्छ । यिनै अंगहरूको संयोगवाट रस उत्पत्ति हुन्छ । त्यसकारण यिनै अंगहरूलाई नै रस सामग्री भनिन्छ ।

विभाव  

                    व्यक्तिका मनमा स्थायी रूपमा रहने भावलाई  विभाव भनिन्छ । अर्थात जसलाई वा जेलाई देखेर विभिन्न भावहरू पैदा हुन्छन् त्यसलाई नै विभाव भनिन्छ जसरी समून्द्रमा स्थीर रूपमा रहेको पानी भूइचालो ,ज्वालामूखी ,सूर्य ,हावा अादिको शक्तिले छाल र लहर पैदा गरिदिन्छ त्यसरी नै मानव मनमा स्थिर रूपमा रहेको स्थायी भावलाई जगाउने ,विउँझाउने वा सक्रिय वनाउँने   सामग्री नै विभाव हो । विभाव पनि दुई प्रकारका हुन्छन् ।

ती हुनः

           क . अालम्वन विभावः  जसलाई देखेर स्थायी भाव उत्प्रेरित हुन्छ त्यसलाई अालम्वन विभाव भनिन्छ ।यसले सहृदयीका मनमा रत्यादि स्थायी भावको विकास गराउँछ ।काव्य (नाटक)का नाइकादी अालम्वन विभाव हुन ।अालम्वन विभाव पनि विषय रअाश्रय गरि दुई प्रकारका छन् । 

     -जसमा भाव उत्पन्न हुन्छ त्यसलाई अाश्रय अालम्वन भनिन्छ ।

    -जसलाई लक्ष्य गरेर भाव अंकुरित हुन्छ त्यसलाई  विषय अालम्वन भनिन्छ । 

          ख. उद्दीपन विभव ः काव्य वा नाटकमा उपस्थित वा वर्णित हाश्रय विभावका चितमा जागृत रत्यादि स्थायीभावलाई अरू उद्दीप्त वा विस्तारित गर्ने मानसिक तथा प्राकृतिक वातावरणलाई  उद्दीपन विभव भनिन्छ ।उद्दीपन विभव अान्तरिक र बाह्रय गरीदुई प्रकारका हुन्छन् ।

 - अालम्वनका निजी गुण,हाउभाउ , चेष्टा तथा पहिरन गरगहना अादि अान्तरिक  उद्दीपन हुन ।

  -विषय अालम्वनमा उद्वुद्ध रति अादि स्थायी वृत्तिलाई प्रदीप्त राखिराख्न सघाउने वसन्तको समय ,कोइलीको अावाज , वगैंचा ,एकान्त स्थल सुन्दर र एकान्त कोठा ,वनपाखा फूल  फूलेको माैसम अादि बाह्रय परिस्थिति र परिवेषलाई बाह्रय उद्दीपन विभव भनिन्छ।

 अनुभाव 

विभिन्न कारणवाट हृदयमा उद्वुद्धरत्यादि भावलाई  बाहिर प्रकाशित गर्ने अङ्ग व्यापारलाई  अनुभाव भनिन्छ।लोक जीवनमा यसलाई कार्य भनिन्छ भने साहित्यमा यसलाई   अनुभाव भनिन्छ। स्थायी भाव जागृत भएपछि देखापर्ने शारीरिक ,मानसिक परिवर्तनला अनुभाव भनिन्छ।जस्तै मुठी पार्नु ,अाँखा रातो बनाउनु , ,दाँत किट्नु , कपाल कन्याउनु अा दि  काइका , वाचिक , सात्वीक , र अाहार्या गरी अनुभावदि ।का चार भेद छन्। 

१.काइकाःमनमा उत्पन्न भावलाई शारीरिक चेष्टाद्वारा व्यक्त गर्नु काइका अनुभाव हो ।

२.वाचिकः वोलीका माध्यमवाट भाव व्यक्त गर्नु वाचिक अनुभाव हो । 

३.अाहार्यः गरगहना ,पहिरनद्वारा भाव व्यक्त गर्नु अाहार्य अनुभाव हो । 

४.सात्वीक ः मानसिक अावेगलाई व्यक्त गर्नु सात्वीक अनुभाव हो । 

       अनुभावमा सात्वीक भावलाई वढि महत्त्व दिइन्छ । भावकको विचारलाई सुख दुःख अादि भावनाका माध्यमवाट प्रस्तुत गर्नु नै सात्वीक भाव हो । सात्वीक भावहरू अाठ प्रकारका हुन्छन्।

स्तम्भ -चेतना सून्य हुनु(अति हर्ष , अतिभय, विशेष व्याकुलता ,ताप तथा पिडनवाट उत्पन्न हुन्छ । )

स्वेद  - पसिना अाउनु (भयङ्कर अावेश ,हर्ष ,लज्जा, रोग,श्रम ,सन्ताप अादिवाट उत्पन्न हुन्छ । )

कम्प - काम्नु 

वैवण्य  - रङ वदलिनु 

अश्रु - रूनु 

प्रलय -टुट्नु (वछप्त हुनु)  -मोह, मद  अादिवाट

रोमान्च  - जोशमा अाउनु 

स्वरभङ्ग - स्वरमा परिवर्तन अाउनु (क्रोध , भय , हर्ष अादिवाट ) 

व्यविचारी भाव (सञ्चारी भाव)

             स्थीर रूपमा नरहने वा चलायमान हुने भावहरू नै व्यविचारी भाव वा सञ्चारी भाव हुन्। स्थायीभावमा कहिले प्रकट हुने र कहिले अप्रकट हुने चलनशील अवस्थामा रहने भावलाई  व्यविचारी भाव भनिन्छ । यिनले स्थायी भावलाई  विकसित गर्छन र रसलाई  फिजाउने काम गर्छन । विभाव र अनुभाव पछि सञ्चारण हुने हुनाले यिनलालई  सञ्चारी भाव पनि भनिन्छ । व्यविचारी भावको संख्या ३३ रहेको छ । 

ती निम्न प्रकारका छन् ः

 निर्वेद 

अावेग

दैन्य

श्रम

मद

जडता

अग्रता

मोह

विवोध

स्वप्न

अपस्मार

गर्व

मरण

अालस्य

अमर्ष

निन्द्रा

अवहित्था

अाैत्सुक्य

उन्माद

शङ्का

स्मृति

मति

व्याधि

त्रास

हर्ष

असूया

विषद्

घृति

चपलता

ग्लानी

चिन्ता

तर्क

शङ्का

स्मृति

मति

व्याधि

अपहित्था

स्थायी भाव

 सहृदयका हृदयमा सांस्कारिक वासनाका रूपमा स्थायी र स्थिर रूपमा रहने भाव हो । यी भावहरू सुसुप्त अवस्थामा हुन्छन्  र विभावादिले जागृत गराएपछि रसरूपमा परिणत हुन्छन् । अाचर्य भरतले यसलाई  जसरी नरहरूका वीच नरेश र शिष्यहरूका वीच गुरू श्रेष्ठ हुन्छन् त्यसरी नै सम्पूर्णभावहरू मध्य स्थायी भाव श्रेष्ठ छ भनेका छन् । जव  िवभाव ,अनुभाव र व्यविचारी भावको समिश्रण हुन्छ तव स्थयी भावको सिर्जना हुन्छ र त्यहि स्थायी भावको माध्यमवाट रस उत्पन्न हुन्छ यस्ता स्थायी भावहरू ९ प्रकारका छन् । 

रती(प्रेम)                 शृङ्गार

हास(हँसो)           हास्य

शोक                    करूण

क्रोध                  राैद्र

उत्साह              वीर

भय                भयानक

घृणा                  वीभत्स

विस्मय(अाश्चार्य)      अद्भूत

शान्ति            शान्त


गुरुवार, 17 सितंबर 2020

रस

                            परिचय

                 रस शब्दको प्रयोग प्राचिन समय देखि नै विभिन्न अर्थमा भएको पाइन्छ । सर्वप्रथम ऋग्वेदमा गाईको दुध, मह ,सोमरस अादिका लागि यो शब्दको प्रयोग भएको थियो । यसरी हेर्दा कुनै तरल पदार्थलाई रसको रूपमा पाइयो । त्यसैगरी अायुर्वेदमा रसको प्रयोग औषधि उपचारको क्रममा जडिबुटि वाट निचोरिएर अर्थात थिचेर बलाएको वस्तुला  अर्थात रसायन युक्त  वस्तुला रसको अर्थको रूपमा रहेको पाइयो । अायुर्वेदमा प्रयोग झोलयुक्त औषधि अर्थात झोलको अर्थमा नै  रसलाई मानियो ।  यसरी रसको प्रयोग कुनै तरल भन्ने बुझियो ।यहि रसको प्रयोग साहित्यमा (काब्यमा ) पनि हुन जाँदा सर्वप्रथम नाट्यशात्रमा भरतमूनिले गरेका थिए । जसमा ' विभानुभाव  व्यभिचारि संयोगात् र रसनिष्पति' अर्थात विभाव , अनुभाव र व्यभिचारि भावको संयोगवाट रसको निर्माण हुन्च यसको अर्थ पनि मानव मनको सुसुप्त अवस्थामा रहेका भावहरूलाई रसकोमाध्यम वाट प्रकट गराउनु भन्ने हुन्छ ।

          अाजको सन्दर्भमा रस भनेको मानव मनमा जुन भाव वा अनुभाव उत्पन्न हुन्छ त्यो नै रस हो । साहित्यमा प्रस्तुत भएका पात्र ,संवाद , वातावरण र शब्दले व्यक्त गरेका भावहरूवाट नै पाठकको मनमा अानन्द अनुभूत प्रकट हुन्छ र साहित्य सफल हुन्छ । यहि अानन्द नै रस हो । रसको वारेमा भरतले रसलाई  काव्यको अात्म ठानेका छन्। जुनविना काव्य असम्भव देखेका छन् । त्यसैगरी विश्वनाथ रसात्मक वाक्य नै काव्य हो भन्दै वाक्यमा रसको अनिवार्य तत्त्व ठान्दछन् ।अभिनव गुप्त रसले गर्दा नै काव्यमा जीवन अाउँछ भन्दै रसको महत्त्व दर्शायछन् ।

            यसरी हेर्दा रस मानवको अङ्ग हो । जुन साहित्यमा सजिवता ,यथार्थता र वास्तविकता हुन्छ । त्यसको अङ्गको रूपमा लुकेर रस अवस्य वसेको हुन्छ र साहित्य लोक प्रसिद्ध वन्न जान्छ । 

बुधवार, 16 सितंबर 2020

काव्य दोष

                                परिचय

                   काव्यमा जसको उपस्थितिले साैन्दर्यको नाश हुन्छ त्यसलार्इ काब्य दोष भनिन्छ । काब्य दोष रचना काैसलको कमीवाट उत्पन्न हुन्छ । सहित्य वा काब्यमा दोषलार्इ वर्जित मानिन्छ । दोष मिसिएको काब्यमा मिठासपन हराएर जान्छ । भरतले संसारमा कुनैपनि वस्तु दोष मूक्त हन नसक्ने भएकाले काब्यमा पनि दोष स्वीकार्नु पर्ने कुरा व्यक्त गर्दछन । भामहले दोष काब्यका लागि निन्दनिय हुनेकुरा उल्लेख गर्दैदोषपूर्ण काब्य कुपुत्र सँग तुलना गरेका छन् । किवता नलेख्नु अधर्म होइन तर दोषयुक्त काब्य लेख्नु चाँहि  मृतुसमान हो भन्ने भामहको दृष्टिकोण छ । दण्डीको दोष रहित एवम् गुण तथा अलङ्कार युक्त काब्यलार्इ कामधेनु गार्इ सँग तुलना गरेका छन् भने दोषयुक्त काब्यले कविको मूर्खता प्रस्तुत गर्नु वाहेक कुनै प्रयोजन व्यक्त गर्न नसक्ने वताएका छन् । वामनका अनुशार काब्य साैन्दर्यको घातक वा हानी पुर्याउने खालका तत्वलार्इ दोष मानिन्छ । अानन्दवर्धनले काब्यदोषका सन्दर्धमा काब्यको अत्मगत साैन्दर्य सँग स्थापित गरेका छन। नित्य अनित्य गरि दोष दुर्इ किसिमका हुने र यी मध्य नित्य दोषले ध्वन्यत्मक रसभङ्गको अवस्था सृजना गर्ने भएकाले काब्यमा पूर्णतः वर्जित मानिने तर अनित्य दोषले काब्यमा कुनै फरक नपर्ने भएकाले अवस्थ अनुशार दोषयुक्तकाब्यको अस्तित्व पनि स्वीकार्य हुने अानन्दवर्धनको मान्यता छ । मम्मटले काब्यमा गुण सहित भन्दा दोष रहितलार्इ बढि महत्व दिए जसरी व्यक्तिमा शरीरिक अपाङ्गताले उसको अात्मालार्इ असर गर्छ त्यसरी नै श्रुति कटुता ,क्लिष्टता ,अश्लीलता अादि दोषले काब्यमा बाह्रय रूप ,शब्द र अर्थलार्इ प्रदुषित बनार्इ काब्यको अान्तरिक प्रवृत्तिमा असर गर्दछ ।

                              वर्गिकरण

                  काब्य दोषका वर्गिकरणका सनदर्भमा भरतले काब्य दोष दश प्रकारका भनेका छन् ।जसमा गूढार्थ ,अर्थान्तर ,अर्थहिन , भिन्नार्थ ,एकार्थ ,अभिप्लुतार्थ ,न्यायपेत , विसन्धि ,विषम र शब्दच्यूत रहेका छन् । दण्डीले काब्यदोषलार्इ एघार पुर्याएका छन् । जसमा अपार्थ , व्यर्थ , एकार्थ , संशय , अपक्रम शब्दहिन , यतिभ्रष्ट ,भिन्नवृत्त,विसन्धि देशकाल विरोधी प्रहेलिका रहेका छन् । वामनले पद ,पदार्थ , व्यर्थ ,वाक्य र वाक्यार्थ गरि विभाजन गरेका छन् । त्यस भित्र पनि पद दोष अन्तर्गत  असाधु ,कष्ट , ग्राम्य , अप्रतित अनर्थ  पर्दछ । पदार्थ दोष अन्तर्गत अन्यार्थ ,नेयार्थ ,गूणार्थ ,अश्लील ,क्लिष्टता पर्दछ ।वाक्य दोष अन्तर्गत भिन्नवृत्त ,यतिभ्रष्टविषन्धि पर्दछन् ।वाक्यार्थ दोष अन्तर्गत व्यार्थ , एकार्थ , सन्धि अप्रयुक्त ,अपक्रम लोक  विरूद्ध ,विद्या विरूद्ध हुन । रुद्रटले शब्ददोष अनतर्गत पद दोष ,वाक्य दोष र अर्थ दोष गरि छुट्याएका छन् । जसमा पददोष ७, वाक्य दोष ३ र अर्थ दोष ९ वताएका छन् ।मम्मटले शब्द दोष ३७,अर्थ दोष २३र रस दोष १० गरी जम्मा ७० वटा वताएका छन् । सामान्य मान्यता अनुशार काब्य दोषलार्इ ५ प्रकारमा विभाजन गरेको पाइन्छ जुन ः रस दोष , पद दोष,पदांश दोष ,वाक्य दोष रअर्थ दोष हुन ।यिनिहरूलार्इ समेट्दा ः१अश्लील ,२ग्राम्य , ३क्लिष्ट र ४च्युत संस्कार 

१अश्लील दोष

     लाजलाग्दो ,घिनलाग्दो रअमङ्गल जनाउने पदको प्रयोग गर्दा उत्पन्न हुने दोष हो । कामक्रिडा सम्भन्धि नैतिकतासँग अश्लीलतालार्इ जोडिन्छ । देहको नग्नताको उपयोग गरि काब्यकृति सृजना भयोभने त्यो अश्लील हुन्छ । समाजमा प्रयोग गर्दा अपाच्य र लाजमर्दो शब्दहरू जुन वासना जन्य रहन्छन ती अश्लील हुन ।यसलार्इ क्रृगवेदमाअश्रीर शब्दको प्रयोग भएको छ । 

२.ग्राम्य दोष

           गाउँले जनताले बोल्ने शब्द वा वाक्यको प्रयोग काब्यमा भयोभने त्यसलार्इ ग्राम्य दोष भनिन्छ तर वाक्यमा प्रयोग भएका ग्रामिण परिवेशका शब्दहरू तिनै परिवेश सुहाउदो पात्र मार्फत प्रयोग हुँदा त्यो दोष नभएर गुण हुन अाउँछ।

३.क्लिष्ट दोष

           काब्यमा प्रयोग भएका शब्दहरूको उच्चारणमा कठिनाइ भएमा वा त्यहाँका शब्द तथा वाक्यले दिन खोजेको अासयमा बुझ्न कठिनाइ हुन्छ भने त्यो क्लिष्ट दोष हो । शब्द वा वाक्यमा क्लिष्टताले गर्दा काब्यमा किडकिडाहट उत्पन्न हुने र त्यो काब्य प्रति अाकर्षण नहुने हुन्छ ।त्यसैले सकेसम्म सरल भाषाशैलीको प्रयोग काब्यमा अपेच्छित मानिन्छ ।

४.च्यूत संस्कार 

            काब्यमा प्रयोग भएका शब्द वा वाक्यहरू व्याकरण सम्मत नहुनु च्यूत संस्कार दोष हुन्छ ।कविता वा काब्यमा च्यूतसंस्कार प्रसस्त मात्रामा प्रयोग भएको पाइन्छ । यसलार्इ पाठकले पनि सामान्य रूपमा नै स्वीकार गर्न थालेका छन् ।

           

मंगलवार, 15 सितंबर 2020

काव्य गुण

                    सामान्यतय कुनै पनि वस्तुको दोष र वैगुनका विपरितार्थ रूपमा अाउने शब्द नै काव्य गुण हो । साहित्यका सनदर्भमा काव्य गुण भन्नाले साहित्यमा हुनुपर्ने गुण भनने वुझिन्छ । पूर्वीय अाचर्यहरू साहितयमा गुण अनिवार्य ठान्दछन् । कुनै प्रवचन , लेख रचना , काव्य कृति अादि शब्द प्रयोजन भएका श्रवण मनन गर्दा त्यसको प्रतिपाद्य अर्थ भित्रि भाव समेत भावकको हृदयमा कतै महको धारा झै सरर भिझ्दै गइ अानन्दमय अाश्वादन दिने गर्छ । यसै गरि कहि उत्तेजित गराएर हृदयलार्इ प्रदिप्त पारी विस्फुरित बनाउने हुनसक्छ । यी दुवै प्रकारका प्रतिपादित अर्थ विषय छर्लङ्ग भएर सुकेको तृण पुञ्जमा अग्नि शिखा झै फिजिदै गइ हृदयलार्इ ढाक्ने हुनुपर्छ । यिनै विशेष धर्मलार्इ अाधारभुत रूपमा रसको गुण भनिन्छ । 

                 गुणले काव्यको शोभा बढाउँछ ।  उपकार गर्ने ,वास्तविकता झल्काउने र रससँग मिलेर पाठकलार्इ कवित्वको उत्कर्षता प्रदान गर्दछ । काव्य गुणका वारेमा चर्चा गर्ने पहिलो व्याक्ति भरतमूनि हुन् । उनको काव्य दोषको चर्चामा दोषको विपरित काव्य गुण हुनेकुरा उल्लेख गरेका छन् । यस सन्दर्भमा उनले काव्यका दश गुणको दावी गरेका छन् । ती हुन् ः 

१.श्लेष 

२.समत 

३.समाधि 

४. उदप्ता 

५अोज 

६. कन्ति 

७. पद शाैकुमार्य 

८. अर्थ व्यक्ति 

९. प्रसाद 

१०. माधुर्य 

                  यसरी भरतले गरेको व्याख्यालार्इ भामहले शब्द र अर्थमा काबव्य गुण झल्किने कुरा व्यक्त गर्दछन् । उनले माधुर्य ,अोज र प्रसाद गुणलार्इ नै गुणका प्रकारमा सिमित ठान्दछन् । दण्डीका विचारमा गुणपनि एक प्रकारको अलङ्कार हो । यसले काब्यकै शोभा बडाउँछ । यिनका बिचारमा शब्द र अर्थका उपकार गर्ने तत्वका रूपमा लिदै वैदर्भी रीति र गाैणी रीतिका अाधारमा वैदर्भी रीतिमा दश वटा गुण अावश्यक हुने र गाैणी रीतिमा दश वटा गुण अावश्यक नहुने कुरा व्यक्त गर्दछन् । अग्निपुराणमा काब्यगुणलार्इ भावात्मक रूपमा व्याख्या गरिएको छ । यिनीहरूले गुणको शङ्ख्या १९ पुर्याएका छन् ।शब्दगत , अर्थगत र शब्दार्थोमय गरी गुणका तिनभेद देखाएका छन् । जसमा शब्दगत गुण अन्तर्गत  ःश्लेष ,लालित्य , गाम्भिर्य , शाैकुमार्य ,उदारता , सत्व , याैगिकी पर्दछन् । अर्थगत गुण अर्तरगत ः माधुर्य , कोमलता , उदारता ,प्राैढ , सामयिकत्व , संविधान  पर्दछन् भने शब्दार्थोमय अन्तर्गत ः उदारता ,पाक , प्रसाद , यथासंख्या , राग , साैभाग्य पर्दछन् । वामन काव्यको अात्म रीतिलार्इ ठान्दछन् । यिनले रीतिलार्इ काब्यको अात्म मान्दै गुणले काव्यमा शोभा दिने र काव्यलार्इ उत्कृष्ट बनाउने ठानेका छन् । यिनले पनि भरतकै गुणलार्इ अात्मसाथ गर्दै शब्द र अर्थका अाधारमा २० वटा बनाएका छन् । कुन्तकले काव्य गुणलार्इ सुकुमार विचित्र र उभयात्मक मार्ग भनि वर्गिकरण गरेका छन् । 

                 यसरी गुणका प्रकारका वारेमा विभिन्न विद्धानहरूले वर्गिकरण गरेको भेटिन्छ । यसमा भामहको मतलार्इ स्वीकार गरिएको पाइन्छ । भामह लगायत अानन्दवर्धन ,राजशेखर , मम्मट , हेमचन्द्र , विश्वनाथ अादिले गुणका तिन प्रकार छुट्याएका छन् । 

क) माधुर्य गुण 

ख)अोज गुण 

ग) प्रसाद गुण 

                                                               क) माधुर्य गुण

मानवीय हृदयमा हुने विभिन्न  इर्ष्या , डाहा , घमण्ड , कठोर र दुष्टतापूर्ण भावलार्इ पन्छाएर अानन्दमय लहरीमा मनलार्इ डुलाउँदै मनको शान्त ,गम्भिर , सरल ,प्रकृत , स्वच्छ र मधुर अवस्थामा पुर्याउन र यसै अवस्थालार्इ उजागर गर्ने विशेष गुण नै माधुर्य गुण हो । मानवीय मनको मधुर भावलार्इ व्यक्त गर्ने र सञ्चित गर्ने भावपूर्ण अभिव्यक्ति नै माधुर्य गुण अन्तर्गत पर्दछ । यस गुणमा बढि मात्रामा संयोग शृङ्गार ,विप्रलशमभ शृङ्गार र शान्त रसमा चमत्कृत देखिन्छ भने करूण रसमा उत्कर्षता नै प्राप्त हुन्छ । माधुर्य गुणलार्इ ङ , भ ,ण , न ,म, ट,ठ,ड,ढ,बाहेक अन्य वर्ण सँग भएको संयोग ,रेफ ,णकार समास नभएको वा भएपनि छोटो र थोरै समास भएको मधुर रचना अादिले अभिव्याञ्जन  गर्छ । 

जस्तै ः विना चन्द्रमा चन्द्रिकाको प्रकाश 

          हुँदै हुन्न ,यस्तै व्यवस्था छ खास 

         जहाँ होस जसो होस सदा एकनास 

       उदार्इ यिनै साथ गर्छिन विलास                                                                                          अादर्श राधव

                                                                            ख)अोज गुण

                    अोज गुण भन्नाले व्यक्तिमा हुने शक्ति तागत वा विशेष क्षेमता भन्ने बुझिन्छ । यसमा काव्य कृति वा रचना पढ्दा पाठकका मनमा जोस र उत्साह जागृत भइ चित्तलार्इ उदिप्त अवस्थामा राख्दछ र मानवीय अोजलार्इ उराल्दछ । खास गरी यो गुण राैद्र रस ,वीर रस , विभत्स रस बढि उपयोगी मानिन्छ । यस गुणमा समासको अधिकता ,द्वित्व , रेफ एवम् क्रृकार युक्त वर्ण बाट निर्मित पद संरचनालार्इ जोड दिनुका साथै ट,ठ,ड,ढ,श,ष वर्ण हुनु  स्वभाविक मानिन्छ । यसमा कठोर वर्णहरू र संयुक्त अक्षरवाट बनेका शब्दहरूको अत्याभिक प्रयोग हुन्छ । क ,च  ,ट, त, प सँग ग, ज , ड, द,व  र ख , छ , ठ ,थ ,फ सँग घ , झ, ढ  ,ध,भ को मेल भएको पाइन्छ । 

जस्तै ःम तिम्रो कात्तिके हैन भान्छे बाहुन हैन म

         म अाफ्नो कुलको राजा झोपडी नै भए पनि

       पैसा भन्दा मसजासै हो ठूलो मानिसको धन 

     यस्ता दुच्छर बोलीको वासमा पाउ हाल्दिनँ ।                                                               लक्ष्मीप्रसाद देवकोटा 

                                                                                 ग)प्रसाद गुण 

                 काव्य शास्त्रमा सरल , स्पष्ट र निर्मल अभिव्यक्ति जसमा पाठकले सरलता पूर्वक काब्य वोध गर्दछ र तत्कालै उसको मन प्रसन्न हुन्छ भने त्यसलार्इ प्रसाद गुण भनिन्छ । यसरी सुन्ने वित्तिकै सहज रूपमा अर्थवोध गर्न सकिने सरल र कोमल शब्दहरूको प्रयोग यहाँ पाइन्छ । सबै रससँग यसले सम्भन्ध राख्दछ तापनि शृगार र करूण रस अझ विशेष मानिन्छ । यसमा जसरी अागोमा घिउ थप्दा अागो बढी दन्कन्छ त्यसरी नै मानव हृदयमा भएका भावलार्इ व्याप्त र उदिप्त पार्ने काम प्रसाद गुणले गर्छ । 

जस्तै ः यो दुःखी भव हो , सबै वफल छन 

          काँढा यहाँ खालि छ 

       केही छैन नि जिन्दगी भनिलिने 

       यो अाँसुको बालि छ ।                                                                     लक्ष्मीप्रसाद देवकोटा 

सोमवार, 14 सितंबर 2020

शब्द शक्ति

  ध्वनि ,वर्ण ,अक्षर र शब्द(पद) , पदावली ,उपवाक्य ,वाक्य , सङ्कथनहरूको संगठनात्मक स्वरूप नै भाषा हो । ध्वनि ,वर्ण ,अक्षर र रूपले भाषामा शब्द निर्माण गर्छ र शब्दहरूको सांगठनिक रूपबाट  पदावली ,उपवाक्य ,वाक्य ,हुँदै सङ्कथनहरूको निर्माण हुन जान्छ । यसरी भषाको विकस र विस्तार हुन्छ । भाषामा प्रयोग हुने शब्दले गहन अर्थ प्रदान गर्न सक्ने सक्ति वोकेको हुन्छ । त्यहि शब्दले वोकेको शक्तिलाई  शब्द शक्ति भनिन्छ । विश्वनाथले यसलाई शब्दवृति भनेका छन् ।त्यस्तै मम्मटले शब्द ब्यापार भनेका छन् ।भषामा एक प्रकारको चमत्कार देखिन्छ ।त्यहि चमत्कारपूर्ण अर्थ प्रदान गर्ने क्षमता नै शब्द शक्ति हो ।  भिन्न स्थान ,काल र परिवेशको आधारमा एउटै शब्द वा वाक्यले  अनेक प्रकारका अर्थ दिन सक्छन । जस्तै ः 

उदाहरण १. विनोद कुर्सीमा वसेर पढ्छ ।

उदाहरण २. नेतालाई कुर्सी प्यारो लाग्छ ।

उदाहरण ३ . कुर्सीको लडाइले देश  विग्रियो ।

 माथिको उदाहरणमा उदाहरण १ ले अविधा(सोझो) अर्थ वहन गरेको छ । उदाहरण २.ले लक्षणा अर्थ देखाउछ र उदाहरण ३ को वाक्यले सोझो र लाक्षणिक भन्दा पनि गहन अर्थ बोकेको देखिन्छ  । यसरी शब्दले ठाउँ ,अबस्था र समय अनुसार बाक्यमा आएर एउटै शब्दले पनि फरक अर्थ बहन गर्ने क्षमता राख्दछ ।त्यो नै शब्द शक्ति हो । शब्द शक्तिको यहि विशेषताका आधारमा ध्वनि वादका प्रवर्तक आनन्दवर्धनले शब्द शक्तिका तिन भेद छुट्याएका छन् । जसलाई मम्मट ,विश्वनाथ  जस्ता विद्दानहरूले समर्थन गर्नुका  साथै सर्वमान्य मानिएको छ । जुन निम्न अनुसार छन् ।ः 

क) अभिधा शब्दशक्ति

ख) लक्षणा शब्दशक्ति 

ग) व्यञ्जना शब्दशक्ति 

                                                    क)अभिधा शब्दशक्ति

  भाषिक प्रयोग ब्यपारमा शब्दले प्रत्यक्षरूपले प्रकट गर्ने अर्थ नै अविधा शब्दशक्ति हो । अविधा अर्थ दिने शक्तिलाई वाचक शब्द र त्यसले दिर्ने अर्थलाई वाच्यार्थ भनिन्छ । यसलाई कोषिय अर्थ ,प्रारम्भिक अर्थ पनि भनेको पाइन्छ । यसले ब्याकरणबाट प्राप्त अर्थलाई बुझाउँछ  । आचर्य मम्मटको धारणा अनुसार कुनै वाधा विना वोधहुने अर्थ नै मुख्यार्थ हो । मुख्यार्थलाई वोध गराउने काब्य ब्यपारलाफ अभिधा शब्दशक्ति भनिन्छ । यसलाई भट्टनायक , आनन्दवर्धनले अभिधालाई लक्षणा र ब्यञ्जनाको खम्बा मान्दै अभिधाले पनि साहित्यमा महत्वपुर्ण  स्थान लिने कुरा स्वीकार्दै जसरी प्रकास चाहने व्यक्तिले दीपशीखालाई अपनाउँछ  त्यसरी नै रमणीय व्याङ्यार्थ  प्रति आदर गर्ने कविले वाच्यर्थलाई ग्रहण गर्नु पर्ने कुरा वताएका छन् । त्यसैगरि भारतिय काब्यशास्त्री डा . रामनन्द शर्मा भन्छन् कि , स्वभाव ,चित्रण , कल्पना विधान , पद लालित्य आदिको कारण काब्यमा अभिधा बाटै पनि रमणियता सञ्चार हुन्छ । यसरी विभिन्न विद्दानहरूले भाषिक साहित्यमा अभिधा शब्दशक्तिको महत्व र अस्तित्व दर्शाएका छन् । अभिधा शब्दलाई पनि तिन प्रकार बाट हेरेको पाइन्छ । जुन निम्न छन् ः 

अ) रूढ शब्द  

अा) योगात्मक शब्द 

इ) योग रूढिमूलक शब्द 

                                                           अ) रूढ शब्द

   जुन शब्दलाई टुक्य्राउन सकिदैन र एउटामात्र अर्थ प्रकट गर्छ त्यसलाई रूढ शब्द भनिन्छ । जस्तै ः गाई , घर जस्ता शब्द यसका उदाहरण हुन् । 

                                                आ) योगात्मक शब्द 

व्युत्पन्न शब्दहरूमा प्रकट भएर अर्थ प्रदान गर्ने शब्द योगात्मक शब्द हो । यसमा उपसर्ग , प्रत्यय , समास , व्दित्व  वा सन्धि जस्ता विभिन्न प्रकृति द्वारा शब्दको निर्माण भएको हुन्छ । जस्तै ः रतन्धो , भोकमरी , यसका उदाहरण हुन् । 

                                          इ) योग रूढिमूलक शब्द

प्रकृति र प्रत्ययको योगबाट निर्माण भइ विशिष्ट र  रूढ अर्थ प्रदान गर्ने शब्दलाई योगरूढ शब्द भनिन्छ । जस्तै ः 

१,पीताम्वर ः पीताम्वर शब्दले पहेलो बस्त्रधारीलाई नभइ भगवान विष्णुलाई चिनाउँछ  ।

२. लालपूर्जा ः लालपूर्जा शब्दले जुनसुकै रातो रङको पूर्जा नभइ जग्गाधनि प्रमाणपत्र भन्ने  जनाउँछ । 

३.पङ्कज ःपङ‌्कज शब्ले  हिलोमा उत्पन्न सबै कुरालाई नभइ कमललाई नै जनाउँछ ।

                                                 लक्षणा  शब्द्शक्ति

शब्दले प्रदान गर्ने अर्थ मध्य सोझोरूपमा शब्दको अर्थमा बाभा उत्पन्न हुन्छ अर्थात मूख्य अर्थमा बाधा उत्पन्न हुँदा त्यसको अर्को वा दोस्रो अर्थ नै लक्षणा  शब्द हो । विश्वनाथका अनुसार मुख्यार्थ  वाधित भएमा रूढि अथवा प्रयोजनका आधारमा अर्को अर्थको प्रतीति गराउँने शब्दशक्तिलाई लक्षणा भनिन्छ । यो मुख्यार्थ  भन्दा भिन्न तर त्यससँगै सम्वद्ध  अर्को अर्थको खोजि गर्ने अवस्था हो । लक्षणाका तिन वटा आधारहर हुनुपर्छ ।

 १मुख्यार्थमा वाधा

२मुख्यार्थ योग 

३रूढि वा प्रयोजन 

जस्तैः नयाँ सडकमा घर छ भन्ने वाक्यमा यसको सोझो अर्थले यसको अभिप्राय बुझाउँन सक्दैन । किनकि , नयाँ सडकमा घर नभइ सडक नै हुन्छ । यसको अर्थ सडकमा नभइ सडकको वरीपरी भन्ने बुझ्नुपर्छ । यसरी जव मुख्य अर्थमा बाधा पर्छ त्यसपछि अर्को अर्थको खोजिगर्ने क्रममा मुख्य अर्थसँग सम्भन्ध पनि जोडिएको हुन्छ । त्यस्तै यसमा नयाँ सडकको रूढि वा प्रयोजन (प्रसिद्ध वा प्रयोग ) व्यस्त क्षेत्र , महङ्गो क्षेत्र , सुविधा सम्पन्न क्षृृेत्र आदिको अर्थ आउँछ । यसरी कुनैपनि शब्द(पद) ,पदावलीको मुख्यार्थ भन्दा भित्रको वा दोस्रो तहको अर्थ नै लक्षणा हो । यसलाई लक्षार्थ पनि भनिन्छ र यस्तो अर्थ दिने शब्दलाई लक्षक शब्द भनिन्छ । मुख्यार्थमा वाधा भएका करणले बुझिने शब्दको मुख्यार्थसँग सम्भन्ध अर्को अर्थ नै लक्षणा हो । लक्षणाका दुई प्रकार छन् ।

क) रूढि लक्षणा 

ख) प्रयोजनवर्ती लक्षणा 

                                                                 क)रूढि लक्षणा

लोक प्रसिद्धिका कारण मुख्यार्थमा बाधा भइ अर्को अर्थ निष्पन्न हुन्छ भने त्यसलाई रूढि लक्षणा भनिन्छ । जस्तै ः उनको निधनमा सहर रोयो ।  यस बाक्यमा सहर रोयो भन्ने मुख्यर्थ बाधित भइ सहरवासी रोए भन्ने लक्ष्यार्थ प्रकट हुन्छ । यस किसिमको लक्ष्यार्थ लोक प्रसिद्धिमा अधारित भएको हुनाले यसलाई रूढि लक्षणा भनिन्छ । 

                                                               ख) प्रयोजनवर्ती लक्षणा 

कुनै निश्चित प्रयोजनको  लागि मुख्यार्थ वाधित भइ त्यससँग सम्भन्धित अर्को अर्थ ग्रहण गरिएमा त्यो प्रयोजनवर्ती लक्षणा बन्न जान्छ । जस्तै तिम्रालागि ज्यान दिन तयार छु ।यस वाक्यमा ज्यन दिन मर्नमा वाधा उत्पन्न भइ सकेको सहयोग भन्ने अर्थ आउँछ । यस किसिमको लक्षणा प्रयोजनको आधारमा वोध हुने भएकाले यसलाई प्रयोजन वर्ती लक्षणा भनिन्छ । यसलाई पनि उपदान र लक्षण लक्षणा गरि दुई वर्गमा वर्ग विभाजन गरेको पाइन्छ । उपदान लक्षणामा अर्थलाई लक्षित गर्दा गर्दै पनि अाफ्नो अर्थबाट छुट्टिदैन भने लक्षणा लक्षणामा मुख्यार्थलाई पूर्ण रूपमा त्याग्छ । यसका पनि सारोपा र साध्यवासना गरी दुर्इ भेद पाइन्छ । यसलाई पनि शुद्धा र गाैणी गरी छुट्याइएको पाइन्छ । जहाँ सारोपा भनेको कुनैकुरा सँग तुलनिय देखाएर लक्षण प्रस्तुत गर्नु हो भने साध्यवासनामा तुलना गरिदैन । 

                                                                        लक्षणा

रूढि लक्षणा                                                                                       प्रयोजनवर्ती लक्षणा 

उपदान लक्षणा          लक्षण लक्षणा                                           उपदान लक्षणा          लक्षण लक्षणा                                           

सारोपा     साध्यवासना    सारोपा     साध्यवासना                 सारोपा     साध्यवासना   

शुद्धा र गाैणी शुद्धा र गाैणी शुद्धा र गाैणी शुद्धा र गाैणी शुद्धा र गाैणी शुद्धा र गाैणी

                                              ग) व्यञ्जना 

अविधा र लक्षणाले बुझाउँन नसकेको अर्थलाई बुझाउँने शक्तिलाई व्यञ्जना भनिन्छ । विश्वनाथका अनुसारअविभा र लक्षणाले आ आफ्नो अर्थ दिएर शान्त भएपछि जसद्वारा कुनै अर्को अर्थवोध हुन्छ(व्याङ्यार्थ ) त्यसलाई व्याञ्जना भनिन्छ । व्यञ्जना शक्तिकै सहायताबाट व्याङ्यार्थ प्रकट भएको काव्यले एकभन्दा बढि अर्थ प्रकट गर्ने र उक्त साहित्य उच्चकोटिको बन्नपुगि जिवन्त   बन्ने गर्छ । व्यञ्जना शाब्दी र अार्थी गरी दुर्इ प्रकारका हुन्छन । 

अ) शाब्दी व्यञ्जना 

शब्दका माध्यमवाट प्रकटहुने व्यङ्यर्थलाई शब्दी व्यञ्जना भनिन्छ । यसमा पर्यावाची शब्द राख्दा व्यञ्जना लोप हुन्छ । शाब्दी व्यञ्जना पनि दुई किसिमका हुन्छन् । 

१.अभिधामूलक शब्दी व्यञ्जना 

जव अविधा शक्तिद्वारा कुनै एउटा अर्थ निश्चित हुन्छ , त्यसबेला अनेकार्थी शब्दको प्रयोगहुने र शब्दद्वारा नै अनेक अर्थ प्रस्तुत गर्ने व्यञ्जनालाई अविधामूलक शाब्दी व्यञ्जना भनिन्छ । जस्तै ः शङ्खचक्रयुक्त हरि आए ।यस वाक्यमा शङ्खचक्रयुक्त पद संयोगले हरिको अर्थ  विष्णु भन्ने हुन्छ तर हरि शब्दले बाँदर , सिंह , आदिअनेक अर्थ दिन्छ ।यसरी वष्णु वोध अर्थ भइसकेपछि सिंह , बाँदर आदि अर्थ लागेमा त्यो अभिधामूलक शाब्दी व्यञ्जना हुन्छ । 

२. लक्षणामूलक शाब्दी व्यञ्जना 

कुनै शब्दले लक्षार्थ पछि बुझाउँने अर्को अर्थ लक्षणामूलक शाब्दी व्यञ्जना हो । जस्तै ः गङ्गामा घर छ । यसमा गङ्गा शब्दको नदी भन्ने अर्थ पहिलो वा वाच्यार्थ हो ।गङ्गाको तिरमा भन्ने अर्थ लक्षणा हो भने शीतलता र पवित्रता भन्ने अर्थ व्यङ्यार्थ वा लक्षणामूलक व्यञ्जना हो । 

                                                               अा) अार्थी व्यञ्जना 

अर्थका माध्यमवाट व्यञ्जना अर्थ दिने शब्दको शक्तिलार्इ अार्थी व्यञ्जना भनिन्छ ।यसमा वाक्यको अर्थ अाइसकेपछि त्यसवाक्यवाट परिवेश , अवस्था , वतावरण , वक्ता र श्रोताको वोल्ने र बुझ्ने शक्ती , क्षमता वा तरिका अनुशार फरक फरक अर्थवोध हुन्छ । यसमा शब्दमा परिवर्तन , गरेपनि अर्थका आधारमा व्यङ्यग्य नैध्वनि हुन्छ । यसलाई पनि तिन तहमा राखेको पाइन्छ । 

१.वाच्यार्थ परक आर्थी व्यञ्जना 

२. लक्ष्यार्थ परक आर्थी  व्यञ्जना 

३.व्याङ्ग्यार्थ परक आर्थी व्यञ्जना 

                                          १.वाच्यार्थ परक आर्थी व्यञ्जना 

वाच्यार्थको माध्यमवाट व्याङ्यार्थ ध्वनित हुँदा वाच्यार्थ परक अार्थी व्यञ्जना हुन्छ । यसमा वाच्यर्थ वाट उत्पन्न हुने खालका यस्ता व्यङ्यार्थको प्रतीति हुनछ । जसवाट वक्ताको सहिभाव प्रकट हुनजान्छ । जस्तै ः घाम अस्तायो भन्ने वाक्यमा साझ पर्यो , दिन वत्यो भन्ने लक्ष्यार्थ हुन्छ भने गृहिणीले खाना बनाउने बेला भयो ,पुज्यारीले आरती गर्ने बेला भयो ,चोरले चोर्नजाने बेलाभयो आदि यस्ता भिन्न अर्थ प्रकट हुनु वाच्यार्थ परक आर्थी व्यञ्जना हो । 

                                    २. लक्ष्यार्थ परक आर्थी व्यञ्जना 

लक्षणाका माध्यमवाट व्याङ्यार्थ प्रस्तुत भएमा लक्ष्यार्थ परक अार्थी व्यञ्जना हुन्छ । जस्तै ः दुब्लो  ,पातलो मान्छेलाई मोटे भन्दा मोटे शब्दले दुब्लो व्यञ्जना हुन्छ । यस्तो व्यञ्जना नै लक्ष्यार्थ परक आर्थी व्यञ्जना हो । 

                               ३.व्याङ्ग्यार्थ परक आर्थी व्यञ्जना 

एउटा व्याङ्यार्थ प्रकट भैसकेपछि त्यसैबाट अर्को व्याङ्यार्थ प्रकट हुँदा व्याङ्यार्थ परक आर्थी व्यञ्जना हुन्छ । जस्तै ः     हेरन हलचल नगरी नदीनी दलमा सफा वकुल्लो छ ।

           मरकतको थलियामा शङ्ख रहेतुल्य देखिएको छ ।।

      यस उदारणमा निर्जनता ,निर्भयता पहिलो अर्थवोध भैसकेपछि त्यसैबाट प्रेमक्रिडा गर्न उपर्युक्त ठाउँ भन्ने व्याङ्यार्थ प्रकट हुन्छ । यसरी व्याङ्यार्थवाट अर्को व्याङ्यार्थ वर्णित हुने व्याङ्यार्थलाई व्याङ्यार्थ परक आर्थी व्यञ्जना भनिन्छ । समग्रमा साहित्यमा विशिष्ट अर्थ प्रकट गर्ने , एउटै वाक्यबाट फरक फरक अर्थ प्रवाहित हुने ,रसात्मकता, भावात्मकता अलङ्कारिता र ध्वन्यात्मकता सिर्जना गर्ने लेखक र पाठकको वाैद्धिकता तथा स्तरियताको परिक्षण गर्न सकिने भएकाले व्यञ्जना शब्दशक्तिको महत्वपूर्ण स्थान रहन्छ । जसले काव्यमा मिठास र उत्कृष्ट प्रदान गर्छ ।  

Language is the organizational form of sounds, letters, syllables and words (phrases), phrases, sub-sentences, sentences, syntax. Sound, letters, letters, and forms form words in a language, and the organizational form of words becomes phrases, sub-sentences, sentences, and syntax. In this way the language develops and expands. The word used in the language has the power to convey deep meaning. The power of the same word is called word power. Vishwanath has called it vocabulary. Similarly, Mammat has called it word trade. There is a kind of miracle in language. The ability to give the same miraculous meaning is the power of words. The same word or sentence can have many different meanings depending on the place, time and environment. For example:


Example 1. Vinod sits in a chair and reads.


Example 2. Leaders love chairs.


Example 3. The country was ruined by the battle for the chair.


 In the example above, example 1 carries the meaning of avidha (straight). Example 2. shows the symbolic meaning and the sentence in Example 3 seems to have a deeper meaning than the straightforward and symbolic. In this way, the word has the ability to convey different meanings by coming into the sentence according to place, condition and time. That is the power of the word. On the basis of this feature of word power, Anandavardhan, the pioneer of phonology, has distinguished three distinctions of word power. Which is supported by scholars like Mammootty, Vishwanath and is considered universal. Which are as follows:


A) Adjective vocabulary


B) Symptoms of vocabulary


C) Consonant vocabulary


                                                    A) Adjective vocabulary


  In the linguistic usage business, the meaning of the word is avidha shabdashakti. The power that gives the meaning of avidha is called the meaning of the word and the meaning that it gives is called the meaning. It is also called cellular meaning, initial meaning. This explains the meaning of grammar. According to Acharya Mammootty, the main meaning is to go without any hindrance. The business of making poetry meaningful is called Abhidha Shabdashakti. Bhattanayak and Anandavardhan consider this to be the pillar of symptoms and consonant, while acknowledging that the title also takes an important place in literature. Similarly, Indian poet Dr. Ramananda Sharma says that, due to nature, depiction, imaginary constitution, verse elegance, etc., beauty is also communicated through poetry. Thus various scholars have shown the importance and existence of the term vocabulary in linguistic literature. The word abhidha is also seen in three ways. Which are as follows:


A) Ordinary words


A) Additive words


E) Yoga orthodox word


                                                           A) Ordinary words


   Words that cannot be broken down and have only one meaning are called orthodox words. Words like gari, ghar are examples of this.


                                                A) Additive words


The word that gives meaning by appearing in derived words is a compound word. In it, words are formed by various natures like prefixes, suffixes, conjunctions, adverbs or treaties. For example: Ratandho, Bhokmari, are examples of this.


                                          E) Yoga orthodox word


The word yogurudha is a word that is formed from the combination of nature and suffix and gives a specific and orthodox meaning. For example:


1. Pitamvar: The word Pitamvar refers to Lord Vishnu and not to those in yellow robes.


2. Lalpurja: The word Lalpurja refers to land ownership certificate and not any red colored part.


3. Pankaj: The word Pankaj refers to the lotus, not to everything that grows in the mud.


                                                 Symptoms


The meaning provided by the word is directly in the meaning of the word bava arises, i.e. in the main sense when the obstacle arises, its second or second meaning is the symptom word. According to Vishwanath, if the main meaning is interrupted, then the power of words which conveys another meaning on the basis of tradition or purpose is called symptom. It is a state of searching for another meaning that is different from the main meaning. There should be three bases of symptoms.


 1 Obstruction in the main


2 Mainly Yoga


3 Routine or purpose


For example, in a sentence where there is a house on a new road, its literal meaning cannot convey its meaning. Because, the new road is not a house but a road. This means not on the road but around the road. In this way, when the main meaning is interrupted, then in the process of searching for another meaning, the relationship with the main meaning is also connected. Similarly, the meaning or purpose of a new road (famous or used) means busy area, expensive area, well-equipped area, etc. In this way, the meaning of any word (verse) is more than the main meaning of the phrase. It is also called lakshartha and the word that gives such meaning is called lakshak word. The relationship with the main meaning of the word which is understood due to the obstruction in the main meaning is another sign. There are two types of symptoms.


A) Conservative symptoms


B) Purposeful symptoms


                                                                 A) Conservative symptoms


If publicity is the main obstacle to another meaning, it is called a stereotype. For example, the city cried over his death. The city cried at this sentence



नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...