रविवार, 13 सितंबर 2020

काव्यको प्रयोजन

 काव्यको उद्देश्य नै काव्यको प्रयोजन हो । काव्य वा साहित्य किन रचना गरिएको हो त्यसको सार्थकता के हो भन्ने कारणलाई स्पष्ट पार्नु नै साहित्यिक कृतिको प्रयोजन हो । विभिन्न प्रयोजनको फलस्वरूप साहित्य सिर्जना गरिएको हुनसक्छ । जस्तैः         कुनैको उद्देश्य इतिहास सम्भन्धी जानकारि दिने ,कुनैको तत्कालीन समाजको अवगत गराउने उद्देश्य रहेको हुन्छ भने कुनैले मनोरञ्न गराउने , जनचेतना फैलाउने , कुप्रथा हटाउने  नैतिक शिक्षा दिने आदि रहेका हुन सक्छन् । यति मात्र नभएर कसैको उद्देश्य नाम कमाउने हुन्छ , कसैको दाम  कमाउने अनि कसैको आत्मसन्तुष्टिको लागि मात्र पनि काव्य (सिर्जना ) गरेका हुन्छन । 

  काव्य प्रयोजन सम्भन्धी विद्दानहरूका विचारहरूलाई अध्यान गर्न सकिन्छः 

क) धर्म, अर्थ , काम , मोक्ष, लोकोपदेश ,विश्राम ,वुद्दि ,विलास , नैतिक शिक्षा हित र विनोद नै साहित्यको प्रयोजन हो। ः भरतमुनी 

ख)  धर्म, अर्थ , काम , मोक्ष आनन्द दण्डबट रक्षा , व्याधि बाट सुरक्षा आदि नै साहित्यको प्रयोजन हो। ः भामह 

ग) कीर्तिको विस्तार ,धनार्जन , सहृदयको प्रियता  ,विपतिवाट रक्षा ,असाधारण आनन्द , मनले चाहेजस्तो फल प्राप्ति नै काव्य प्रयोजन हो । ःदण्डी 

घ) समाजको सुधार गर्नु , हृदयलाई कोमल बनाउँनु  ,मानवतावादको स्थापना तथा विकास गर्नु साहित्यको प्रयोजन हो ।ःबालकृष्ण सम 

ङ) आनन्द ,साैन्दर्य वोध , हृदय शिक्षण नै काव्य कलाको प्रयोजन हो । ः देवकोटा 

                  समग्र विचारलाई समेट्दा काव्य प्रयोजनहरूमा निम्न कुराहरू अाएका हुन्छन । ः 

१.यश 

२.अर्थ 

३.व्यवाहारिक ज्ञान 

४.शिवेतर ज्ञान  

५.प्रीति (लोकले मनपराउने ) 

६.कान्त सम्मित उपदेश

७.चतुर्वगको प्राप्ति (धर्म ,अर्थ , काम , मोक्ष )

८.कलामा वैचित्त्रय 

९.दुःखी ,श्रमिक र शोक सन्तब्दका लागि मलोरञ्न 

                यी प्रयोजनलाई मुख्य ४ भागमा बाँडेर हेर्न सकिन्छ ।

क) मुख्य प्रयोजन 

            सिर्जनाको मुख्य प्रयोजन अन्तर्गत  प्रीति , आनन्द , तृप्ति र रस निष्पति पर्छन ्।

ख) व्यवहारिक प्रयोजन 

          साहित्य सिर्जनाका व्यवहारिक प्रयोजनमा धर्म ,अर्थ , काम , मोक्ष , लोक व्यवाहार पर्छन ्।

ग) व्यक्तिगत प्रयोजन 

       कृपा पात्रता (लायक ) , देवस्तुति  ,व्याधि रक्षा (रोगवाट मुक्ति ) ,धन आर्जन आदि उद्देश्य यस अन्तर्गत पर्दछन् ।

घ) आन्तरिक प्रेरणा 

       आन्तरिक प्रेरणा अन्तरगत कीर्ति (नाम ) ,यश (आनन्द ) पर्दछन् । 

य ी उद्देश्यहरू सर्जक र पाठक दुवैका दृष्टिमा अध्यायन गरेर प्रयोगमा ल्याइएको छ । साहित्य सिर्जनाको मुख्य  प्रयोजन तृप्ति , कीर्ति , आनन्द , प्राप्ति र नाम राख्ने छन् । पाठकका दृष्टिमा रस निष्पति र आनन्द प्रमुख हुन भने अन्य गाैण प्रयोजन हुन । 





शनिवार, 12 सितंबर 2020

काव्य हेतु

 पूर्वीय साहित्यमा काव्य शब्दले नै साहित्य वा सिर्जनाका सम्पूर्ण क्षेत्र भन्ने जनाउँछ  । साहित्यकार तथा सर्जकमा सिर्जना गर्न सक्ने बनाउँने तत्त्व नै काब्य हेतु हो । हेतु भनेको कारक हो । साहित्य पनि सर्जकले कुनै कारणबाट मात्र सिर्जना गर्दछ अर्थात साहित्य सिर्जना गर्ने प्रेरक तत्त्व हुन्छ भनिएको छ । साहित्य हेतुका सन्दर्भमा बिभिन्न विद्दानहरूले अध्यान गरि यसका मुख्य रूपमा तीन प्रकारका हेतु रहेको निचोड निकालेका छन् । कसैले प्रतिभालाई बढि महत्व दिएका छन् भने कसैले प्रतिभा , व्युत्पति र अभ्यासको समस्टि रूपबाट काव्य सिर्जना हुने कुरा व्यक्त गरेका छन् । पाश्चात्य विद्दानहरूको हकमा पनि यो कुरा लागु भएको पाइन्छ । काव्य सिद्दान्त सम्भन्धी चर्चा पूर्विय शस्त्रमा भरतमुनी देखि भएतापनि काव्य हेतु सम्भन्धी चर्चा भामह देखि हुन थाल्यो । छैटै।सताब्दीका विद्दानहरू भामह , राजशेखर , हेमचन्द्र , वाग्वट, जयदेव ,जगन्नाथ  जस्ता व्यक्तिहरूले प्रतिभालारई बढि महत्त्व दिदै व्यत्पति र अभ्यासलाई गौण मानेका छन् भने सातैा शताब्दिका वामन , रूद्रट ,दण्डी , मम्मट जस्ता विद्दानहरूले सिर्जनाकालागि प्रतिभाका साथै व्युत्पति र अभ्यसको पनि उतिकै महत्त्व दर्शाएका छन् । काव्य हेतुका तीन प्रकारहरू यसरी चर्चा गर्न सकिन्छ ।

   क) प्रतिभा 

       प्रतिभा भनेको सर्जकले सिर्जना गर्न सक्ने अन्तरनिहित क्षेमता हो । सिर्जना थोरैले गर्न सक्छन ् र धेरैले पढ्न सक्छन् । त्यहि सिर्जना गर्न सक्ने दिव्य शक्ति वा कला नै प्रतिभा हो  । प्रतिभाका वारेमाा विद्दानहरूले आ आफ्नो विचार व्यक्त गरेका छन् । जस्तै ः 

अ) जुन वुद्दिले जगतमा नभएको वस्तुको निर्माण सिर्जना  तथा रचना गर्दछ  त्यसलाई प्रतिभा भनिन्छ । ः     अविनभ गुप्त  

अ।) नविनता व्यक्त गर्न सक्ने प्रज्ञा वुद्दि प्रतिभा हो ।    ः         भट्टलोलट 

इ) नविनताको उल्लेख गर्ने प्रज्ञा वा वुद्दि नै प्रतिभा हो  ः हेमचन्द्र 

ख) व्युत्पति ः 

     व्युत्पतिको अर्थ उत्पादन गर्नु भन्ने हुन्छ यहाँ काब्यहेतुका सन्दर्भमा  व्युत्पतिलाई पनि महत्वपूर्ण स्थानमा रादिएको छ । सर्जकले हासिल गर्ने शास्त्रात्मक ग्यान नै व्युत्पति हो । यसलाई  साहित्य  निर्माणको साधनको रूपमा पनि लिइन्छ । यसका सम्भन्धमा विद्दानहरूको विचारलाई हेर्दा ः

अ) लोकशास्त्र र काव्यमा निपूर्णता नै व्युत्पतिलाई हो ।  ः हेमचन्द्र 

अ।)  बहुज्ञाता नै व्युत्पतिको अर्थ हुन्छ । ः राजशेखर 

इ) व्याकरण, छन्द , कोश , अर्थशास्त्र ,इतिहासश्रीत काव्य , लोकव्यवहार ,तर्कशास्त्र ज्ञान नै व्युत्पति हो । ः दण्डी 

  ग) अभ्यास 

          अभ्यासको अर्थ आवृति गर्ने प्रवृति हो। सैद्दान्तिक रूपमा जानेका कुराहरूलाई साधना गर्नु नै अभ्यास हो । स्रष्टाले अभ्यास गर्दा अैापचारिक ,अनाैपचारिक दुवै ढंगबाट गर्न सक्छ जानेका ज्ञाताबाट निर्देशन , सल्लाह  र सुझाव लिई गरिने  अभ्यास औपचारिक अभ्यास हो भने एक्लै साधना गर्नु अनाैपचारिक अभ्यास हो । निरन्तर साधनाले पनि मानिस सर्जक वन्न सक्छ ।जानेका कुरालाई निखारता ल्याउन पनि मानिसलाई अभ्यासको आवश्यकता पर्छ । अभ्यासले नै सर्जकलाई उत्कृष्ट र अब्बल बनाउँछ । अभ्यासका वारेमा विद्दानहरूका परिभाषाहरू ः 

अ) विना अवरोध काममा लागि रहनुलाई  अभ्यास भनिन्छ। निरन्तर अभ्यास गरिरहनाले सबैकुरा प्राप्त गर्नुका साथै विशिष्ट सीप प्राप्त हुन्छ । ःराज शेखर 

अ।) मानिसमा पहिलेनै अनेक अनेक गुण र वासना अद्भुतरूपमा रहेका हुँदैनन् । वास्तवमा भाषालाई सुन्दै र अभ्यास गर्दै जाँदा मानिसमा स्थायी ज्ञान प्राप्त हुन्छ । ः दण्डी 

इ) कविता रच्ने शक्ति र शास्त्र आदिको ज्ञानबाट अद्भुदहुने  निपुर्णता, काव्य जान्नेको शिक्षा ,उसको अभ्यास आदि नै काव्य उत्पतिको मूल कारण हो । ः मम्मट 

        यसरी अभ्यासले सर्जकलाई निखारता दिइ निपूर्ण बनाउँछ  भन्ने विचार विद्दानहरूको भेटिन्छ । यसैका आधारमा कविहरूलाई७ भागमा वर्गिकृत गरिएको छ । 

१हृदयकवि 

२अन्यापदेशिकवि 

३सेविताकवि 

४घटमानकवि 

५आवेशिककवि 

६आँशुकवि 

७महाकवि 

        सहित्य सिर्जना गर्ने व्यक्तिको अन्तर हृदयबाट प्रेरित गर्ने शक्ति , इच्छ , चाहनाले उसको प्रतिभालाई प्रष्फुटन गर्न सघाउँछ  ।प्रतिभा कम हुँदा पनि अभ्यास र व्युतपतिले उसलाई सिर्जना गर्न सघाउँछ  त्यसकारण प्रतिभा सँगसगै व्युत्पति र अभ्यास पनि काव्य हेतु हुन् भन्न सकिन्छ । 

In Eastern literature, the word kabya refers to the whole field of literature or creation. Poetry is the creative element that can be created in a writer and a creator. Hetu is the factor. It is said that literature is created by the creator only for some reason, that is, it is the motivating element to create literature. In the context of literary purposes, various scholars have studied and concluded that there are three main types of purposes. Some have given more importance to genius, while others have expressed that poetry is created through a combination of genius, etymology and practice. The same is true of Western scholars. Though the discussion on the doctrine of poetry started from Bharatmuni in Eastern arms, the discussion on the subject of poetry started from Bhamah. Sixth century scholars like Bhamah, Rajshekhar, Hemchandra, Vagvat, Jaydev, Jagannath have given more importance to genius and have given importance to etymology and practice. The three types of poetry can be discussed in this way.


   A) Talent


       Talent is an inherent ability that a creator can create. Few can create and many can read. Talent is the divine power or art that can create that. Scholars have expressed their views on talent. For example:


A) The intellect that creates and creates things that are not in the universe is called genius. : Avinav Gupta


A. Wisdom is the ability to express innovation. : Bhattalolat


E) Talent is the wisdom that mentions innovation: Hemchandra


B) Etymology:


     The meaning of etymology is to produce. The science acquired by the creator is the etymology. It is also considered as a means of making literature. Looking at the views of scholars in this regard:


A) Perfection is the etymology in folklore and poetry. : Hemchandra


A) Polygamy is the meaning of etymology. : Rajasekhara


E) Knowledge of grammar, verse, lexicon, economics, historical poetry, folklore, logic is the etymology. : Dandi


  C) Practice


          Practice means the tendency to repeat. The practice is to cultivate bananas that are known theoretically. While the Creator can practice in both informal and informal ways, the practice of seeking guidance, advice and suggestions from a knowledgeable person is an informal practice, while practicing alone is an informal practice. Man can also become a creator through continuous practice. Man also needs practice to bring clarity to what he knows. Practice makes the creator the best. Scholars' definitions of practice:


A) Continuing to work without interruption is called practice. Continuing to practice achieves everything as well as specific skills. Rajasekhara


A.) Man does not already have many qualities and lusts in a wonderful way. In fact, by listening and practicing the language, one acquires lasting knowledge. : Dandi


E) The power to compose poetry and the perfection of knowledge from the knowledge of scripture etc., the education of the knower of poetry, his practice etc. are the main reasons for the origin of poetry. : Mammoth


        Scholars are of the opinion that this practice gives perfection to the creator. Based on this, the poets are classified into 7 parts.


1 heart poet


2 other foreign poets


3 Sevitakavi


4 Ghatmanakavi


5 non-essential poets


6 Ashukavi


7 great poets


        The power, desire and desire to inspire the inner heart of a person who creates literature helps to develop his talent. Even when talent is lacking, practice and etymology help him to create it.

          




शुक्रवार, 11 सितंबर 2020

काव्य र साहित्यको परिभाषा

साहित्यः पूर्वीय आचार्यहरूका परिभाषा

काव्यालङ्कार’ नामक ग्रन्थमा भामहले भनेका छन्– ‘शब्दार्थौ सहितौ काव्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै काव्य अथवा साहित्य हो ।

– ‘काव्यादर्श’ नामक ग्रन्थमा दण्डीले भनेका छन्– ‘शरीरं तावदिष्टार्थ व्यवच्छिन्ना पदावलि’ अर्थात्, अभीष्टभावपूर्ण शब्द–समूह नै काव्य या साहित्यको शरीर हो ।

– ‘काव्यालङ्कारसूत्र’ नामक ग्रन्थमा वामनले भनेका छन्– ‘काव्यशब्दो ऽयं गुणालङ्कार संस्कृतयोः शब्दार्थयोर्वर्तते’ अर्थात्, गुण र अलङ्कारले परिष्कृत शब्द र अर्थ नै साहित्य हो ।

– ‘वक्रोक्तिजीवितम्’ नामक ग्रन्थमा कुन्तकले भनेका छन्– ‘शब्दार्थौ सहितौ वक्रकविव्यापारशालिनीः बन्धे व्यवस्थितौ काव्यं तद्विदाह्लादकारिणि’ अर्थात्, अप्रत्यक्षात्मक अभिव्यक्ति र कौशलले युक्त भएर सहृदयका हृदयलाई आह्लादित पार्ने सुव्यवस्थित वा पद्यबद्ध शब्द र अर्थ नै साहित्य हो ।

– ‘काव्यप्रकाश’ नामक ग्रन्थमा मम्मटले भनेका छन्– ‘तद्दोषौः शब्दार्थौ सगुणावनलङ्कृती पुनः क्वापी’ अर्थात्, कथंकदाचित अलङ्कारले रहित भैहाले तापनि गुणले सहित भएका निर्दोष शब्दार्थ नै काव्य या साहित्य हुन् ।

– ‘साहित्यदर्पण’ नामक ग्रन्थमा विश्वनाथले भनेका छन्– ‘वाक्यं रसात्मक काव्यम्’ अर्थात्, रसात्मक वाक्य नै काव्य अथवा साहित्य हो ।

– ‘रसगङ्गाधर’ नामक ग्रन्थमा जगन्नाथले भनेका छन्– ‘रमणीयार्थप्रतिपादकः शब्दः काव्यम्’ अर्थात्, सुन्दर भाव या रमणीय अर्थ व्यक्त गर्ने शब्द नै काव्य वा साहित्य हो ।

साहित्यः पाश्चात्य विद्वानहरुका परिभाषा

– अरस्तु (एरिस्टोटल): ‘साहित्य भनेको भाषाद्वारा अभिव्यक्त हुने अनुकरणात्मक कला हो ।’

– हड्सनः ‘भाषाको माध्यमद्वारा प्रस्तुत जीवनको अभिव्यक्ति नै साहित्य हो ।’

– क्लरिजः ‘चेतनावस्थामा पुर्‍याउँदै सौन्दर्यको प्रत्यक्षीकरण र सत्यको बोध गराउने प्रमुख साधन साहित्य हो ।’

– वर्डस्वर्थः ‘प्रबल भावहरुको सहज उच्छलन नै साहित्य हो ।’

साहित्यः नेपाली साहित्यकारहरुका परिभाषा

– सोमनाथ सिग्द्यालः ‘सर्वसाधारण समेतलाई मुग्ध पार्ने अभिव्यक्ति साहित्य हो ।’

– रुद्रराज पाण्डेः ‘वैयक्तिक आत्मरागको प्रकाशन नै साहित्य हो ।’

– लक्ष्मीप्रसाद देवकोटाः ‘साहित्य सजीव अनुभवहरुको कलात्मक प्रकाशन हो ।’

Literature: Definitions of Eastern Acharyas


In a book called 'Kavyalankar', Bhamaha has said, 'Kavyam with words', that is, the harmony of words and meanings is poetry or literature.


- In the book called 'Kavyadarsh', Dandi has said- 'Shariram tavadistartha vyavachchinna padavali', that is, the intended word-group is the body of poetry or literature.


- In the book titled 'Kavyalankarasutra', Vamana has said:


- In the book titled 'Vakroktijivitam', Kuntak has said:


- In the book called 'Kavyaprakash', Mammat has said - 'Taddoshau: Shabdarthau Sagunavanlankruti Puna Kwapi', that is, the innocent semantics with virtues, even though they are without rhetoric, are poetry or literature.


- In the book called 'Sahityadarpan', Vishwanath has said - 'Sentences are humorous poetry', that is, humorous sentences are poetry or literature.


- In the book called 'Rasagangadhar', Jagannath has said - 'Ramaniyarthapratipadaka: Shabad: Kavyam', that is, the word that expresses beautiful feelings or delightful meaning is poetry or literature.


Literature: Definitions of Western Scholars


- Aristotle: "Literature is an imitative art expressed through language."


- Hudson: "Literature is the expression of life through language."


- Clarifies: "Literature is the main means of realizing beauty and realizing the truth by bringing it to consciousness."


- Wordsworth: "Literature is the spontaneous rise of strong emotions."


Literature: Definition of Nepali Literary Writers


- Somnath Sigdyal: "Literature is an expression that fascinates even the common people."


- Rudra Raj Pandey: ‘Literature is the publication of personal ego. '


- Laxmi Prasad Devkota: "Literature is an artistic publication of living experiences."


        यसरी हेर्दा साहित्यलार्इ  जीवन जगतको एेना हो भन्न सकिन्छ ।जसले जीवन र जगतमा भएका गतिविधिलार्इ देखाउने काम गर्दछ र मानव हृदयमा बस्छ ।साहित्यको निर्माण काव्यबाट नै सुरू भएको हो । काव्यको विकास र विस्तार हुने क्रममा विद्वानहरूले अध्यायन गर्दै जाँदाकाव्यलार्इ छुट्टै धारमा राख्न थाले र यसको अर्थमा संकुचन अायो भने साहित्य शब्दको विस्तार हुन गर्इ यसले व्यापकता पायो ।

Seen in this way, literature can be said to be the mirror of the living world. It shows the life and activities in the universe and lives in the human heart. During the development and expansion of poetry, scholars began to keep the poetry in a separate stream as it was studied, and as its meaning narrowed, the word literature expanded and became widespread.

गुरुवार, 10 सितंबर 2020

काव्य र साहित्य

 परिचय
मानव सिर्जित कलाका विभिन्न क्षेत्र मध्य साहित्य पनि एक हो । भाषाको चमत्कारपूर्ण अभिब्यक्ति नै साहित्य हो ।यसलार्इ अंग्रेजीमा लिट्रेचर भनिन्छ ।यो संस्कृतकोसहित् शब्दमा यत् प्रत्यय लागेर वनेको शब्द हो । यसको शाब्दिक अर्थ हितजन्य अभिब्यक्ति भन्ने हुन्छ ।पूर्विय दर्शनमा साहित्यलाई काब्यक नामले चिनेको पाइन्छ  । सामान्यतय काब्य भन्नाले आजको साहित्यकारलाई नै चिनिन्छ । समयको परिर्वतन संगै साहित्य र काब्यको परिभाषा आज आएर फरक भएको छ । जसमा साहित्य एउटा ब्रमाण्ड हो भने काव्य व्रमाण्डको  एउटा अंश हो । संस्कृतमा साहित्यकारलाई साहित्यस्व भाव .ं साहित्यम् अर्थात साहित्य ज्ञान राशीको संचित कोष हो भनिएको छ । वर्तमान समयमा साहित्यले वाङ्मयका सिर्जनात्मक विधाहरू  कथा ,कविता , निवन्ध ,उपन्यास ,गित , गजल आदिलाई बुझाउँछ  ।प्राचिन  समयको काव्य र हालको साहित्यको  अर्थ एउटै हो । 

    अाधुनिक समयमा साहित्य र काव्यलाई अलग रूपमा चिनिन्छ । काव्यले लययुक्त कवितात्मक विधालाई चिनाउँछ भने साहित्यले  कविता लगायत सिर्जनात्मक सबै विधालाई समेट्ने गर्छ यी दुइ लार्इ अलग अलग रूपमा हर्ने पहिलो विद्दान कुन्तक हुन । उनले वक्रोक्ति जिवितम मा काब्य र साहित्यलाई अलग अलग परिभाषा दिदै यी दुईमा फरक छुट्याएका थिए । जसमा काब्य भन्नाले सहृदयलाई आनन्दित गर्ने वक्रकवि ब्यापार युक्त रचना , व्यवस्थित शब्द  र अर्थको सार्थक सम्भन्ध बाट उत्पन्न स्वरूप हो  भने साहित्य त्यस्तो रचनालार्इ भनिन्छ जसमा शब्द र अर्थको विच परस्पर स्पर्धा मय मनोहारिणी स्थिति रहन्छ । 

Literature is also one of the various fields of man-made art. Literature is the miraculous expression of language. It is called literature in English. It literally means beneficial expression. In Eastern philosophy, literature is known as kavyak. Poetry is generally known as today's literature. With the passage of time, the definition of literature and poetry has changed today. In which literature is a universe and poetry is a part of the universe. In Sanskrit, literature is said to be the accumulated fund of literature. At present, literature refers to the creative genres of literature such as stories, poems, essays, novels, songs, ghazals, etc. The meaning of ancient poetry and modern literature is the same.


    In modern times, literature and poetry are known differently. Poetry identifies rhythmic poetic genres, while literature encompasses all creative genres, including poetry. Kuntak is the first scholar to look at these two genres separately. He gave different definitions to poetry and literature in Vakrokti Jivitam and differentiated between the two. In which, poetry is a form of curious poetic business, a systematic relationship between words and meanings, while literature is a composition in which there is a competition between words and meanings.

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...