नेपालको इतिहास
नेपाल गौरवशाली इतिहास बोकेको देश हो
। नेपालको इतिहास निकै प्राचीन मानिन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो । पौराणिक कालका विभिन्न ग्रन्थमा
नेपाल नाम उल्लेख भएबाट नेपालको इतिहास निकै प्राचीन भएको अनुमान लगाउन सकिन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको
अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य
पुष्टि हुन्छ ।
नेपाल विभिन्न ऋषिमुनिहरूको तपोभूमिकारूपमा
रहेको थियो । कौशिक, बाल्मीकि लगायतका सयौँ ऋषिमुनिले यहाँ आई तपस्या
गर्थे । नेपालको
इतिहासलाई मुख्य गरी प्राचीन काल, मध्य
काल र आधुनिक काल गरी तीन खण्डमा
विभाजन गरेर अध्ययन गरिन्छ । काल भन्नाले समय अवधि बुझिन्छ ।
पृथ्वीनारायण शाहबाट एकीकरण हुनु अघिसम्म नेपाल भन्नाले
काठमाडौँ उपत्यकामा विकास भएको राज्यलाई बुझिन्थ्यो । सो राज्य समय समयमा विस्तार
हुने र टुक्रिने गरिरहन्थ्यो । गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८२५
मा काठमाडौँ विजय गरे । त्यसपछि उनले
काठमाडौँलाई राजधानी बनाएर आधुनिक नेपाल राज्यको स्थापना गरे । यही गौरवशाली देश
नै आजको नेपाल हो ।
नेपालको इतिहासको काल विभाजन
प्राचीन काल |
वि.सं. ९३६ भन्दा अघि |
नेपाल संवत् सुरु हुनुअघि |
मध्य काल |
वि.सं. ९३६
देखि १८२५ सम्म |
नेपाल संवत् सुरु भएदेखि नेपाल एकीकरणका
क्रममा पृथ्वीनारायणशाहबाट
कान्तिपुर विजय नभएसम्म |
आधुनिक काल |
वि.सं. १८२५ देखि हालसम्म |
पृथ्वीनारायणशाहबाट काठमाडौँ विजय भएदेखि
हालसम्म |
प्राचीन कालः
क.गोपाल वंशः
(क नेपालका प्रथम राजाहरू
गोपालवंशी थिए । गोपाल भन्नाले गाई पालक समुदायका भन्ने बुझिन्छ । काठमाडौं उपत्यकाको पानी बाहिर निस्किएपछि यो ठाउँ
पश्रस्त मलिलो र वनस्पतिले भरिपुर्ण हुनपुग्यो । त्यसैले वरिपरिका डाँडामा बसोबास
गर्ने प्राचीन नाग जातिहरू उपत्यकामा आई बसोबास गर्न थाले । यहाँको उर्वर घाँसे
भूमि देखेर दक्षिणतर्फका नीप
जातिका गोपालहरू यहाँ आर्कषित भए । दक्षिणबाट आएका निपहरू (गोपाल) र यहाँका प्राचीन नाग जातिबिच
भीडन्त भयो ।
(ख)महिषपाल वंशः
गोपाल राजवंशावलीमा उल्लेख भएअनुसार गोपालवंशका जीन गुप्तलाई युद्धमा पराजित गरी महिषपालहरूले नेपालको शासनमा नियन्त्रण कायम गरेका थिए । गाई पाल्नेलाई गोपाल भने झैँ भैसी पाल्नेलाई महिषपाल भनिन्थ्यो । उनीहरू सिम्रौनगढ र जनकपुर बिचको समतल भूमिमा आफूसँग हातहतियार समेत राखी ठुलो सङ्ख्यामा भैँसी पाल्ने गरेका थिए । यस वंशका प्रथम राजा वरसिंह हुन् र अन्तिम राजा भुवनसिंह हुन् । भाषा वंशावली अनुसार यस वंशका तीन शासकहरू वर सिंह, जय सिंह र भुवन सिंहले करिब १६१ वर्ष शासन गरेका थिए ।
(ग) किरात वंशः
गोपाल वंशावलीमा किरात राजाहरूको सूचीका साथै
उनीहरूको मूल स्थान तामाकोसी
र सुनकोसी बिचको भूभाग भनी बताइएको छ ।आभीर वंशका अन्तिम राजा भुवनसिंहलाई
युद्धमा पराजित गरी किरातवंशी राजा यलम्बरले शासनमा नियन्त्रण कायम गरेका थिए । किरात वंशका २९ पुस्ताका ३२ राजाहरूले झन्डै
१५०० वर्ष जति शासन चलाएको मानिन्छ । यलम्बरको नामबाट पाटन सहरको पुरानो
नाम यल रहन गएको मानिन्छ ।
इन्द्रजात्रामा
खम्बामा राखिने आकाश भैरवको टाउको यिनै यलम्बर को भएको मानिन्छ । यिनैको पालामा किरातेश्वर
महादेवको उत्पत्ति भएको र महाभारत युद्धका एक महारथी अर्जुनसँग किरातेश्वर
महादेवको लडाइँ भएको उल्लेख छ ।सातौँ किराती राजा जितेदास्तीका पालामा गौतम
बुद्धका चेला भिक्षु आनन्द नेपाल
आएका थिए । चौधौँ किराती राजा स्थुङ्कोको पालामा भारतका सम्राट् अशोक छोरी
चारुमतीलाई साथमा लिएर नेपाल आएका थिए ।
उनले लुम्बिनीमा गौतमबुद्धको जन्मस्थल पत्ता
लगाएर राखेको स्तम्भ अझै जस्ताको त्यस्तै छ । ललितपुरमा पनि सम्राट् अशोकले सहरको
चार कुनामा चारओटा चार स्तूपहरू बनाउन लगाएका थिए । ती स्तूपहरू ललितपुरको लगनखेल, पुल्चोक र इमाडोलमा अझै देख्न पाइन्छ । उनकी
छोरी चारुमतीले चाबहिलमा विहार निर्माण गरेको कुरा उल्लेख छ । बौद्ध भिच्छुहरू
बस्न र अध्ययन गर्नका लागि बनाइएको विहारलाई बहिल पनि भनिन्छ ।
चारुमतीकै नामबाट सो विहारको नाम चाबहिल रहेको मानिन्छ ।चारुमतीको विवाह कान्तिपुरका देवपालसँग भएको थियो । उनकै नामबाट त्यहाँ एक बस्तीको निर्माण भयो जसलाई देवपत्तन (देउपाटन) भनेर चिनिन्छ । किरात कालमा नामकरण भएका केही बस्तीहरू अहिले पनि रहेका छन् । भक्तपुरलाई नेवारी भाषामा खोप भनिन्छ ।
यसलाई किरातकालमा खोप्रिङ भनिन्थ्यो । त्यसै
गरी किरातकालीन नाम तेङ्खुबाट टेकु, सङ्गबाट साँगा,
चङ्गुबाट चाँगु, खुर्पासीबाट खोपासी जस्ता बस्तीका नामहरू रहेका
थिए जो अझै प्रचलनमा रहेका छन् ।
किरात
शासनको अन्त्यतिर ललितपुरको च्यासल भन्ने ठाउँमा आठसय किरातीको हत्या गरिएको थियो । च्यासको अर्थ आठसय हुन्छ । त्यसैले त्यस ठाउँको नाम च्यासल रहन गएको
हो । किरातकालको ऐतिहासिक र पुराताइिभ्वक प्रमाणहरू नभेटिए पनि पशुपतिमा रहेको
चौडाछाती भएको विरूपाक्षको मूर्ति किरात कालकै भएको मानिन्छ । अन्तिम किराती राजा
गास्ती थिए । कुनै इतिहासकारहरूले अन्तिम किराती राजा खिगु हुन् भनी लेखेका छन् ।
मध्यकालः
वि.स. ९३६
मा ‘नेपाल संवत्’ सुरू भएपछि नेपालको
इतिहासमा ‘मध्यकाल’ प्रारम्भ
भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ । वास्तवमा मध्यकाल भन्नाले नेपालको सन्दर्भमा ‘मल्लकाल’ को रूपमा अध्ययन गर्ने प्रचलन
छ । यस कालका केही शताब्दीसम्म नेपाल पहिलाको लिच्छवि राज्य जत्रै विशाल रहेको तर पछि क्रमशः ठाउँठाउँमा साना स्वतन्त्र राज्यहरू बनेका देखिन्छन् । बीच–बीचमा एकीकरणको पुन प्रयास र विस्तार पनि भएको थियो । तसर्थ
मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृत, कहिले विखण्डित, कहिले
विस्तारित र कहिले सङ्कुचित भएको पाइन्छ ।
मल्ल वंशको परिचयः
तेह्रौँ शताब्दीको आरम्भदेखि नेपाल
उपत्यकामा मल्लहरूको शासन व्यवस्था कायम भएको मानिन्छ ।
साथै, यस वंशका पहिलो शासक भनेर अरिमल्लको नाम लिने
चलन छ । तथापि अरि मल्लभन्दा धेरै अगाडिदेखि शासनमा मल्लहरूको सक्रियता थियो । अरिमल्लभन्दा एक शताब्दीअघिदेखि नै मल्लहरू कुनै न कुनै रूपमा शासनमा सक्रिय भएको कुरा गोपाल राजवंशावली तथा केही अभिलेखहरूमा समेत पाइन्छ । मल्लहरू प्राचीन जाति मानिन्छन्
। प्राचीन संस्कृत वाङ्मयहरूमा मल्लहरूको उल्लेख
विशिष्ट वर्गका क्षेत्रीयको रूपमा गरिएको छ । महाभारत, विभिन्न बौद्ध साहित्यहरू, मनुस्मृति तथा अन्य
विभिन्न पुराणमा मल्लहरूको सन्दर्भ पाउन सकिन्छ । महाभारतमा
कोसलहरूको साथमा मल्लहरूको पनि समान चर्चा गरिएको
पाइन्छ । मार्कण्डेय पुराणमा मिथिलाका विदेहहरूसँग मल्लहरू दाँजिएका छन् ।
मल्ल राज्यको विभाजनः
मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानी भक्तपुर थियो र राजाहरू ‘युथनिम्हम’ र ‘त्रिपुर’ दरबारमा रही शासन चलाउँथे । अन्य मुलुकको आक्रमणबाट बच्न सकिने गरी चारपाटे किल्लाका रूपमा दरबार बनाएको हुन्थ्यो जसलाई स्थानीय भाषामा चौक्वाँठ भनिन्छ । नेपाल उपत्यकाको सङ्गठित मल्ल राज्यका अन्तिम मल्ल राजा यक्ष मल्ल थिए । यक्ष मल्लको शासनकालपछि नेपाल उपत्यका कान्तिपुर, पाटन र भादगाउँका रूपमा विभाजित भए । कान्तिपुरमा हनुमान ढोका दरबारको निमार्ण इस्वीको बाह्रौँ शताब्दीमा राजा गुणकामदेवका पालामा भएको कुरा वशांवलीमा उल्लेख छ । प्रताप मल्लले कान्तिपुरको यस दरबारमा धेरै खण्ड र चोकहरू थपेर विशाल रूप दिएका थिए । पृथ्वीनारायण शाह कान्तिपुरको राजगद्दीमा आरूढ भएपछि केही पुरानो खण्ड र चोक हटाउने, नयाँ चोकहरू र खण्डहरू थप्ने काम भएको थियो ।
उपत्यकाका मल्ल राजाहरू
कान्तिपुरका मल्ल राजाहरू
१)
रत्न मल्ल २) सूर्य मल्ल
३)
अमर मल्ल ४) महेन्द्र मल्ल
५)
शिवसिंह मल्ल ६) लक्ष्मीनरसिंह मल्ल
७)
प्रताप मल्ल ८) नृपेन्द्र मल्ल
९)
पार्थिवेन्द्र मल्ल १०) भूपालेन्द्र मल्ल
११)
भाष्कर मल्ल १२) जयज्जय मल्ल
१३) जयप्रकाश मल्ल
पाटनका मल्ल राजाहरू
१)
रत्न मल्ल २) विष्णु मल्ल
३)
नरसिंह मल्ल, पुरन्दरसिंह मल्ल, उद्धवसिंह मल्ल ४)
हरिहरसिंह मल्ल
५)
सिद्धिनरसिंह मल्ल
६) श्रीनिवास मल्ल
७)
योगनरेन्द्र मल्ल ८) लोकप्रकाश मल्ल
९)
इन्द्र मल्ल १०) महीन्द्र मल्ल
११)
वीरनरसिंह मल्ल १२) ऋद्धिनरसिंह मल्ल
१३)
भाष्कर मल्ल १४) योगप्रकाश मल्ल
१५)
विष्णु मल्ल १६) राज्यप्रकाश मल्ल
१७)
विश्वजित मल्ल १८) जयप्रकाश मल्ल
१९) रणजित मल्ल २०) तेजनरसिंह मल्ल
भादगाउँका मल्ल राजाहरू
१)
राय मल्ल २) सुवर्ण मल्ल
३)
प्राण मल्ल ४) विश्व मल्ल
५)
जगज्योर्ति मल्ल ६) नरेन्द्र मल्ल
७)
जगतप्रकाश मल्ल ८) जितामित्र मल्ल
९) भूपतीन्द्र मल्ल १०) रणजित मल्ल
केही मल्ल राजाहरूका मुख्य कृतिहरू
राजा |
मुख्य कृतिहरू/कार्यरू |
जयस्थिति मल्ल |
पेसागत हकहितको संरक्षण, जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ भागमा
विभाजन; घर, जमिन बेचविखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था; माना, पाथी, ढक तराजुमा सुधार; चारवर्ण छत्तीस जातको सामाजिक व्यवस्था, जातीय पेसा र पहिरनको व्यवस्था; गोपाल राजवंशावलीको रचना |
यक्ष मल्ल |
भक्तपुर तौमडी टोलको मन्दिर दत्तात्रय मन्दिर, यक्षश्वर मन्दिर, ललितपुरको भीमनाथ मन्दिर
स्थापना, रत्न मल्ल तामाको मुद्रा प्रचलन; तलेजु मन्दिर निर्माण; पशुपतिमा दक्षिणकाली, सप्तर्षि र अष्टमातृकाका मूर्ति स्थापना |
महिन्द्र मल्ल |
उपत्यकामा चाँदीको मोहोर (महेन्द्र मल्ली) चलाएका, तलेजुनजिक महेन्द्रेश्वर
महादेव मन्दिर निर्माण |
लक्ष्मीनरसिंह मल्ल |
नुवाकोट भैरवी मन्दिरको जिर्णोद्वार गराएर पाँचवटा सुनका गजुर चढाएका, मखनको शिवालय स्थापना, काष्ठमण्डप निर्माण, |
प्रताप मल्ल |
तलेजु भवानीको मन्दिरअगाडि खम्बा गाडेर सुनको मालम्वा लगाइएको धातुको
सिंह स्थापना (१६९९), हनुमान ढोका दरवारको विस्तार, मोहनचोक, सुन्दरी चोक, नासलचोक, भण्डारखाल बगैँचाको
निर्माण, हनुमानढोका, दरवारक्षेत्रमा विश्वरूपको सुनौलो मूर्ति स्थापना, हनुमानढोका बाहिर २ वटा
हनुमानका मूर्ति स्थापना, नासलचोकमा नृसिंहको मूर्ति स्थापना, रानीपोखरी निर्माण, गुहेश्वरी, दक्षिणकालीको स्थापना, पशुपतिमा कोटिलिङ्ग
स्थापना |
जयप्रकाश मल्ल |
कुमारीचोक स्थापना, कुमारीको रथयात्रा आरम्भ, बालाजुको २२ मध्ये २१ धारा निर्माण |
सिद्धि नरसिंह मल्ल |
पाटनको कृष्ण मन्दिर निर्माण, भण्डारखालको धारा पोखरी निर्माण |
जगज्योति मल्ल |
भक्तपुरमा विस्केट जात्रा सुरू गरेका |
भूपतिन्द्र मल्ल |
भक्तपुर दरबार क्षेत्रका कलाकृति, ५५ झ्याले दरबार, मालती चोक निर्माण । |
क.बाइसी र चौबीसी राज्यहरू
गोरखाका पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व कर्णाली क्षेत्रमा बाइसी राज्यहरू थिए। दैलेख, दुल्लु, दर्ना, अछाम, मङ्गलसेन, जुम्ला, डोटी, बोगटान, विभकोट खुम्री, गजुल, बझाङ, सुलोकोट, धलहरा, बाजुरा, दाङसुखौरा आदि गरी ३७ भन्दा बढी स-साना राज्यहरू बाइसे राज्यका नामले अस्तित्वमा रहेका थिए। त्यस्तै गण्डकी क्षेत्रमा पर्वत, गलकोट घुकर्कोट, मुसीकोट, गुल्मीचारपाला इस्मा, अर्चा, खाँचो, पाल्पा, तनहुँ, बुटवल, रिसिङ, घिरिङ, दांरामपुर, गजरकोट, प्युठान, ढोर, सतहुँ भिरकोट, नुवाकोट, कास्को, सराङकोट, अर्धी, लमजुङ, गोरखा, गरही, पैयु, वलिहाङ, मनाङ, मुस्ताङ आदि स-साना राज्यहरू थिए। यी राज्यहरू चौबिसी राज्यका नामले चिनिन्थे। समयक्रममा राज्यहरू विभाजित हुने र सङ्ख्या बढ्ने भएको भए तापनि तिनीहरूलाई बाइसीचौबिसी राज्य नै भनिन्थ्यो।
ख. सेन राज्य
ग मल्ल राज्य
घ. मिथिला राज्य
ङ. राज्यहरुबिच झगडा
मध्यकालीन राज्यहरु साना त थिए नै तिनीहरु कमजोर
पनि थिए। यी राज्यहरु आपसमा झगडा तथा युद्ध पनि गरिरहन्थे। उपत्यकाका राज्यहरु
एउटै मल्लवंशकै भएपनि यिनीहरुको आपसमा मेल थिएन। तिब्बतसित व्यापार गर्ने तथा
मुद्रा पठाउने विषयमा यी राज्यहरुबिच द्वन्द्व चलिरहन्थ्यो। मल्लवंशको पुरानो
राजधानी भक्तपुर भएकोले त्यहाँका राजाहरु आफूलाई सर्वश्रेष्ठ ठान्दथे । अरुभन्दा
धनी भएकोले कान्तिपुरका राजाहरु आफूलाई सर्वश्रेष्ठ नेपालेश्वर ठान्दथे । मन्दिर
तथा दरबार निर्माण गर्ने कुरामा पनि विनीहरुबिच प्रतिस्पर्धा चल्दथ्यो। आफुखुशी
राजा बनाउन सक्ने भएकोले पाटनका छ प्रधान (काजी) हरु पनि निकै घमण्डि थिए।
च. दरबरिया कलह
राज्यलाई पैत्रिक सम्पत्ति सम्झेर अंशवण्डा
लगाइएकाले यसै विषयमा शासकहर आन्तरिक झगडामा फसेका थिए। एकले अर्कोलाई असहयोग
गर्ने जस्ता कार्यहरु समेत हुने गर्दथे। ललितपुरमा छ प्रधानहरु आफ्नो मन परेको
व्यक्तिलाई राजा बनाउने र मन पर्ने छोडेमा हराउने, मार्ने वा अङ्गभङ्ग गर्ने समेत गर्दथे। कान्तिपुरका राजा
जयप्रकाश मल्लको रानीको षड्यन्त्रले राजा राजगद्दी छोडेर चार वर्षसम्म भाग्नु
परेको थियो।