शनिवार, 30 दिसंबर 2023

चुली उपन्यास

 चुली उपन्यास

 १. उपन्यासकारको परिचय
नामः भक्त श्रेष्ठ
जन्मः वि.सं. २०१३ पोखरा, कास्की
कृतिहरुः
एकाङ्कीः असिना पग्लन्छ (२०३०)
नाटकः युद्ध उही ग्याँस च्याम्बरभित्र (२०३७), इतिहासभित्रको इतिहास (२०४१), इथर (२०४३), गाउँघरका नाटकहरु (२०५०), मलामीहरु (२०५३), असमय अमौसम (२०५४), निमावीय (२०५५), सरुमारानी (२०६१), शरणार्थीहरु (२०६३) लगायत एक दर्जनभन्दा बढी ।
उपन्यासः पागल बस्ती (२०५३), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८), चुली  (२०६०)।
कविता संग्रहः बोक्सीको आह्वान र घोषणा पत्र (२०४०), कविता, प्रेमी र पागल (खण्डकाव्य, २०५०) लगायत एक दर्जनभन्दा बढी ।
कथा संग्रहः एउटा अभिनवको आत्मकथा (२०४४), छोरी ब्रह्माण्ड (२०४७), यामागल (२०५४), पदार्थहरुको गीत (२०६३) आदि ।
बालसाहित्यः अँध्यारो कोठा (२०६०), अन्नपूर्ण पिथेकस (२०६७) ।
आत्मसंस्मरणः मार्फत् मञ्जुलः एउटा भेट, एउटा नाटकको कथा, मेरो साहित्यिक कथा ।
सम्मान तथा पुरस्कार: साढे दुई दर्जनभन्दा बढी सम्मान, पुरस्कार र पदकहरु प्राप्त ।

औपन्यासिक प्रवृत्तिः

  1.  अस्तित्ववादी र विसंगतिवादी जीवन भोगाइका अनुभूतिहरु पाइनु,
  2.  जीवनका अनेक सङ्घर्ष र कठिनाइको चित्रण गर्नु,
  3.  मानवताको चिन्तन र खोजी गर्नु,
  4.  प्रेमको अमरता, जीवनको सुन्दरता र सङ्घर्षशील जीवनको कलात्मक प्रस्तुती पाइनु,
  5.  एक युगमा एक दुई जनाले मात्र मानवताको चुली चढ्ने अवसर पाउँछ भन्ने जीवन दर्शन,
  6.  पर्यावरणीय क्षेत्र र हिमाली परिवेशको सफल चित्रण गर्नु,
  7.  मानवीय नैतिकतामा आएको ह्रासप्रति चिन्ता प्रकट गर्नु,
  8.  जटिल भाषाशैली र अमूर्त पात्रको प्रयोग गर्नु,
  9.  बौद्धिकताको प्रदर्शन गर्नु,
  10.  काव्यात्मक भाषाको प्रयोग गर्नु,
  11.  नारी अस्मिताको पक्षमा वकालत गर्नु,
  12.  झिनो वा सूक्ष्म कथानकको प्रयोग गर्नु,
  13.  विश्वशान्ति र विश्वमानवताको पक्षमा वकालत गर्नु,
  14.  उद्देश्यमूलक र सार्थक जीवनका पक्षमा बहस गर्नु ।

२.  उपन्यासको विषयवस्तु 
सरुभक्तको चुली उपन्यास पहिलो पटक २०६० प्रकाशित लघु उपन्यास हो । यो कुल ७० पृष्ठमा संरचित छ । यसमा नेपालको हिमाली पर्यावरणीय क्षेत्र र हिमाल अरोहण वा पर्वतारोहणको विषयलाई उठान गरिएको छ । यस उपन्यासमा सगरमाथाको आधारशिविरदेखि चुलीसम्मको मार्गलाई मुख्य कार्यक्षेत्रका रुपमा प्रस्तुत गरिएको छ । विश्वकै सर्वाेच्च चुली सगरमाथा र त्यसको आसपास क्षेत्रलाई उपन्यासको परिवेश वा वातावरणका रूपमा चित्रण गरिएको छ । विशेष गरी यसमा हिमाल आरोहण गर्दाका उत्साह र चुनौतीहरुको वर्णन छ ।
चुली उपन्यासमा लेखकका विचारको भोक्ता र वर्णनकर्ता पात्र हो । आरोही पात्र पहिलो सात दिन नाम्चेमा, दोस्रो सात दिन थ्याङबोचेमा र तेस्रो सात दिन फेरिचे अनि लोबुचेमा बिताइ सर्वोच्च चुली सगरमाथाको आधारशिविरमा पुग्छ । उसँग गाइड र सहआरोहीहरु नभए पनि आधारशिविरसम्मका लागि भरियाहरु छन् । ५३ सय मिटरको आधारशिविरमा विदेशी आरोहीहरुको घुइँचो छ । अर्को दिन ऊ आधारशिविरबाट आल्मुनियमका भ¥याङ, नइलनका रसी र अनेक पुलहरु पार गर्दै खुम्बु आइसफलसम्म पुग्छ र पुनःआधारशिविरमै फर्किन्छ । केही दिन मौसमको प्रतीक्षा र आरोहणको अभ्यासपछि आइसफल पार गरी ऊ आधारशिबिरबाट चार घण्टा मै ६१ सय मिटर उचाइमा रहेको क्याम्प एक क्षेत्रमा पुग्छ । त्यहाँबाट पनि ऊ एक्लै ६४ सय मिटर उचाइमा रहेको क्याम्प दुई तर्फ लाग्छ । अनुकूल र प्रतिकुल मौसमको कुनै प्रवाह नगरी आधारशिविरबाट १५ घण्टामा ऊ प्रियसी र सुखी परिवारको परिकल्पना गर्दै ७३ सय मिटर उचाइमा रहेको क्याम्प तीन पार गरी माइनस २५ डिग्री सेल्सियस तामक्रममा रहेको क्याम्प चार क्षेत्रमा पुग्छ ।
आधारशिविरबाट हिडेपछि मृत्युको पहिलो ढोका मानिने खुम्बु आइसफल र दोस्रो ढोका मानिने हिलारी स्टेप (चुलीभन्दा २०० फिट तल) समेत पार गर्दै बिहान चार बजेतिर ऊ ठीक २२ घण्टामा माइनस ४० डिग्री सेल्सियस तामक्रमको ८८४८ मिटर उचाइमा रहेको गरमाथाको चुली टेक्न सफल हुन्छ । त्यहाँबाट उसले तिब्बतर्फका पठार र दक्षिणतर्फका ल्होत्से, मकालु, नुप्से, कञ्चनजङ्घा लगायतका थुप्रै हिमाल र थ्याङ्बोचे गुम्बाहरुको समेत अवलोकन गर्दछ । चुलीबाट फर्किने क्रममा उसको हिमपहिरोमा परी दुःखद मृत्यु हुन्छ । यही आधारशिविरबाट क्याम्प १,,,४ हुँदै सगरमाथाको चुलीसम्म पुग्न सफल भएर पनि फर्किने क्रममा भएको उसको मृत्युको वर्णन नै यो उपन्यासको कथानक बन्न पुगेको छ ।
यो उपन्यासको विषयवस्तु आदि, मध्य र अन्त्य घटना श्रृङ्खलाको रैखिक ढाँचामा संरचित छ । नियात्रा शैलीमा वर्णित कथ्य विषयमा पर्वतारोहीको साहस र आकाङ्क्षा, गाइडको पेसा, भरियाका बाध्यता, हिमाली सौन्दर्य, हिमाल प्रदूषणको विषय, मौसमको अनुकूलता र प्रतिकूलता, भोटे कुकुर, हिमाली काग, शेर्पाभूत, हिममानव (यती), देवीदेवता, साइत, कुसाइत, अन्धविश्वास आदिको वर्णन समेत उपन्यासमा कथ्य विषयका अंश बनेका छन् ।
यो उपन्यास तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित छ । यसमा कतै पनि सहभागी पात्रको नाम उल्लेख नगरी सर्वनाम का माध्यमबाट कथानकलाई अगि बढाइएको छ । यसमा विषयवस्तुको टिप्पणी वा वर्णन पात्र आफैैँले गरिरहेको छ । समाख्याता वा वर्णनकर्ता आख्यानभन्दा बाहिरै रही आपूm सर्वज्ञ भएर आप्mना अनुभव, विचार र घटनालाई प्रस्तुत गरिरहेको छ । यसरी उपन्यासकार आपूm चुली नचढे पनि आफै चढे झैं उपन्यासका सम्पूर्ण घटनाका बारेमा पूर्ण जानकारी भएकाले यहाँ तृतीय पुरुष सर्वज्ञ दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट देखिन्छ ।

३. पात्र वा चरित्र
चुली उपन्यास पर्वतारोहीको जीवनदृष्टि, यात्रानुभूति र मनोलोकीय यथार्थको प्रस्तुति हो । चुलीको मुख्य पात्र हो । उसँग गएका भरिया, युवती, अन्य आरोहण दलका विदेशी आरोहीहरु, पथप्रदर्शकहरु सहायक पात्र हुन् । सगरमाथा मानवेत्तर अमूर्त पात्र हो । अन्य हिमालका चुलीहरु, मौसम, भोटे कुकुर, काग आदि गौण मानवेत्तर पात्रहरु हुन् । सम्झना गरिएकी प्रियसीप्रतीकात्मक पात्र हो । नामभन्दा कामलाई महत्व दिनु पात्रको मुख्य विशेषता हो । मुख्य पात्रका चारित्रिक विशेषताको प्रदर्शन गर्नु नै उपन्यासको मूल उद्देश्य हो । चुली चुम्ने उद्देश्य अनुसार २१ दिनमा ऊ पात्र सगरमाथाको आधारशिविरमा पुग्छ र त्यहाँबाट २२ घण्टामा ऊ सगरमाथाको चुली चुम्न सफल हुन्छ । मुख्य पात्रका चारित्रिक विशेषताहरु:

  •  एक्लै यात्रा गर्नु रुचाउनु,
  •  आफ्नो लक्ष्य पूरा गर्न अनेक चुनौतीको सामना गर्न तयार हुनु
  •  महान् लक्ष्यका साथ अगाडि बढ्नु,
  •  प्रकृतिसँग जुध्न नडराउनु,
  •  कठिन यात्रामा पनि प्रियसीको याद र सुखी परिवारको कल्पनामा साहसी यात्रा गर्नु,
  •  अरुले एक्लै हिमाल आरोहण गर्नु हुन्न भन्दा पनि आप्mनो हठ वा जिद्दी नत्याग्नु,
  •  स्वाभिमानी र दृढ निश्चयी बन्नु,
  •  आफैले खनेको बाटोमा हिंड्न रुचाउनु,
  •  जीवनमा दुःख भए पनि जीवनलाई दुःख नसम्झिनु,
  •  कर्ममा विश्वास गर्नु,
  •  जीवनहीन जीवन नभएर मृत्युहीन मृत्युको खोजी गर्नु,
समग्रमा पात्रमा उच्च बौद्धिक, दार्शनिक, साहसी, निडर, देशप्रेमी, मानवतावादी, हिमालपे्रमी, स्वाभिमानी, कर्मवादी, दृढ निश्चयी, उत्तरदायी र आत्माविश्वासी देखिनु पात्रका चारित्रिक विशेषता हुन् ।

४.  भाव वा सन्देश
चुलीसरुभक्तको हिमाली पर्यावरण र हिमाल आरोहणको विषयमा आधारित उपन्यास हो । यसमा मानवीय जीवन भोगाइ र हिमाल आरोहणका बीचको तादात्म्यलाई प्रस्तुत गरिएको छ । पर्वतारोहीको संवेदना र अनुभूतिलाई देखाउनु यो उपन्यासको मूल उद्देश्य हो । यसमा पात्रका माध्यमबाट प्रेमको अमरता, जीवनको सुन्दरता र सङ्घर्षशील जीवनको कथालाई प्रस्तुत गरिएको छ । यसमा कठोर चुलीको यात्रा ताक्नेले मात्र जीवनका अनेक संघर्ष र कठिनाइ भोग्नुपर्छ अनि मात्र सफलता प्राप्त गर्नसकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
यो वैचारिक उपन्यास हो । यसमा व्यक्तिले जीवनमा अमरता प्राप्त गर्न मानवताको चुलीमा चुलिनुपर्छ भन्ने सन्देश दिइएको छ । सगरमाथा आरोहणमा जस्तै मानव जीवनमा पनि अनेक प्रकारका समस्या र सङ्कटहरू आउन सक्छन् । त्यसलाई बुद्धिमत्तापूर्वक पन्छाउँदै अगि बढ्नुपर्ने सुझाव दिइएको छ । यसमा व्यक्ति मरे पनि मानवता र उसको महानता कहिल्यै मर्दैन भन्ने सार निकालिएको छ । चुली चढ्ने सौभाग्य पृथ्वीको इतिहासमा एक युगमा एक दुई जना व्यक्तिलाई मात्र प्राप्त हुन्छ । यो सौभाग्य बुद्ध, कृष्ण, यसु, महावीर, मोहम्मद, सुकरात, कन्प्mयुसियस, माक्र्स, डार्विन, फ्रायड आदिले मात्र प्राप्त गर्न सफल भए ।
यो उपन्यासमा थोरै सामग्रीभित्र धेरै प्रकारका सुक्ति वा सूत्रहरु प्रस्तुत गरिएको छ । यहाँ जीवनको उचाइ र मृत्यु भोगाइका बीचको लेखाजोखा गरिएको छ । चुलीको आरोहण उत्तेजनाले होइन, विवेक र बुद्धिले सम्भव छ भन्ने धारणा पनि व्यक्त गरिएको छ । यसमा जीवनवादी, प्रेमवादी, कर्मवादी, जीवनप्रतिको आशावादी र सकारात्मक दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । हिमालभन्दा शान्त र सुन्दर ठाउँ पृथ्वीमा कतै छैन भन्ने सन्देश पनि दिइएको छ । मानव इतिहास प्रकृतिसँगको सम्झौता नभइ संघर्षको इतिहास हो भन्ने निष्कर्ष निकालिएको छ । यात्रा फोहोरी स्वर्थको खेल नभइ पवित्र विश्वास र समर्पणको उपज हो भन्ने निष्कर्ष निकालिएको छ । जीवन र मृत्यु, सिद्धान्त र व्यवहार, मन र शरीरबीचको सन्तुलन नै चुली वा जीवनको सफलता हो भन्ने सन्देश नै उपन्यासको मूल भाव हो ।

५. परिवेश
कुनै पनि उपन्यासमा स्थान, समय र घटना वा विषयवस्तुको वर्णनले परिवेश वा पर्यावरणको चित्रण गरिरहेको हुन्छ । लघु आयाममा लेखिएको प्रस्तुत चुली उपन्यासमा सगरमाथाको आधारशिविरदेखि चुलीसम्मको मार्गलाई स्थानीय परिवेशका रुपमा लिइएको छ । उपन्यासलाई यथार्थपरक बनाउन मुख्य कार्य क्षेत्रका रुपमा नाम्चे, सगरमाथाको आधारशिविर, घोर्तेन, थ्याङबोचे, फेरिचे, लोबुजे, खुम्बू आइसफल, क्याम्प एक, दुई, तीन, चार, ल्होत्सेमुख, हिलारी स्टेप, रेजर्सएजको उकालो आदि मुख्य स्थानका रुपमा वर्णन गरिएको छ । यात्रामा देखिने गुराँसे घाँटी, तम्बु, ध्वजापतका, गुम्बा, हिमाली बस्ती, हिमाली खानपान, देवीदेवताप्रतिको आस्था आदि चुलीका परिवेश हुन् । उपन्यासको कथावस्तु २१ दिन, २२ घण्टाको समयावधिमा आधारित छ । पर्वतारोहणलाई यथार्थपरक बनाउन रुकस्याक, क्रेम्पोन पाइला, ग्लेसियर, आइसफल, हिमबञ्चरो, डोरी, पञ्जा, खरपस, हिलारी स्टेप, हिमतुफानआदि पारिभाषिक शब्दको प्रयोगले उपन्यासलाई यथार्थको नजिक पु¥याएको छ ।
विश्वकै सर्वाेच्च चुली र त्यसको आसपासलाई परिवेश बनाइएको यस उपन्यासमा हिमाली वातावरणको सघन रूपमा चित्रण भएको छ । आरोही र भरियाहरुका संवाद, पूजाआज, भोजन, आरोहणको अभ्यास, बन्दोबस्तीका सामग्रहरु, आत्माविश्वास, अन्धविश्वास, पेसागत बाध्यता, हिमाली सौन्दर्य, हिममानव, हिमाल प्रदूषणको विषय, बाटोमा प्mयाकिएका तम्बु र सिलिन्डरका सामग्रीहरु, मौसमको अनुकूलता र प्रतिकूलता, कुकुर, काग, शेर्पाभूतको विश्वास, देवीदेवता, साइत, कुसाइत, आदिको वर्णनले उपन्यासलाई जीवन्त बनाएको छ ।
आरोहीको साहसिक यात्रा, उत्साही वातावरण, कौतुहलतापूर्ण घटनाक्रम र मनमोहक दृश्यावलीको वर्णनले गर्दा नायक पात्र मृत्युको मुखमा पुगिसक्दा पनि कथामा दुःखद वातावरणको झल्को पाइँदैन । उपन्यास दुःखान्त भएर पनि कारुणिक बन्नसकेको छैन । जीवनलाई संघर्षको प्रतीकका रुपमा लिइएको छ । हिमाल र जीवन दुवैमा सङ्घर्ष र चुनौती रहन्छ भन्ने आशय प्रकट गरिएको छ । कथ्य भाषा र पर्वतारोहणसम्बन्धी पारिभाषिक शब्दहरूको प्रयोगले उपन्यासलाई स्वाभाविकता र जीवन्तता प्रदान गरेको छ । यिनै साहसी यात्रा, अनुकूल र प्रतिकूल मौसम, प्राकृतिक सौन्दर्यहरु, संभावित जोखिम र अपनाउनुपर्ने सावधानी, प्राकृतिक भूबनोट, पत्तीका धारजस्ता चट्टान आदिको सजीव चित्रण नै प्रस्तुत उपयासको परिवेश हो । यही परिवेशको कलात्मक चित्रणले उपन्यासलाई यथार्थपरक बनाएको छ ।

६. शीर्षकको सार्थकता
चुलीसगरमाथा हिमाल आरोहणको सन्दर्भमा तयार गरिएको लघु उपन्यास हो । चुलीशब्दको कोशीय अर्थ पहाड वा हिमालको चुचुरो, टुप्पो, टाकुरो, शिखर वा उच्च स्थान भन्ने हुन्छ । यही अभिधार्थलाई उपन्यासको शीर्षक राखिएको छ । यहाँ प्रयुक्त चुलीशब्दले अभिधात्मक र प्रतीकात्मक दुवै अर्थलाई एकैसाथ वहन गरेको छ । अभिधात्मक अर्थमा चुलीले विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई बुझाएको छ भने प्रतीकात्मक अर्थमा यसले जीवनको महान् लक्ष्य, उद्देश्य वा गन्तव्यलाई सङ्केत गरेको छ । सगरमाथा हिमालको चुली मात्र नभएर सपनाको चुली हो र सर्वोच्चताको चुली हो भन्ने प्रतीकात्मक अर्थलाई पनि अथ्र्याइएको छ । यसमा जुनसुकै परिस्थितिमा पनि मानिस आप्mनो लक्ष्यमा पुग्नुपर्ने धारणालाई अभिव्यञ्जित गरिएको छ ।
यसरी अभिधात्मक र प्रतीकात्मक दुवै दृष्टिबाट हेर्दा चुली उपन्यासको शीर्षक यथार्थपरक, स्वभाविक र सान्दर्भिक बन्न पुगेको छ । मन र शरीर, सिद्धान्त र व्यवहार, जीवन र मृत्युलाई स्वभाविक रुपमा हेरिएको छ । तसर्थ उपन्यासको शीर्षक कथ्य, भाव र उद्देश्यअनुरूप सार्थक र उपयुक्त बन्न पुगेको छ ।

सोमवार, 25 दिसंबर 2023

भाषा विज्ञानका मूलभूत विशेषताः

  भाषा विज्ञानका मूलभूत विशेषता

भाषा वस्तुपरक अध्ययनसँग सरोकार राख्ने विज्ञान भएकाले भाषा विज्ञान अन्तर्गत निश्चित सिद्धान्तका आधारमा भाषाको अध्ययन गरी यसको निष्कर्ष निकालिन्छ । सामाजिक विषय भएकाले यसको अध्ययन सामाजिक शास्त्रसँग सापेक्ष सम्बन्ध राख्दछ । यसले प्रामाणिक तथ्यहरुलाई मात्र आधार  बनाई भाषाको अध्ययन गर्ने हुनाले काल्पनिक र सम्भावित नभई पूर्ण रूपले प्रामाणिक तथ्य प्रस्तुत गर्दछ । यो एउटा निपूर्ण शास्त्रका रूपमा स्थापित भएको छ । यसमा उपयोग गरिने आधार पदधति भरपर्दो र विश्वसनीय हुन्छ । कथ्य भाषाको लघु रूपदेखि बृहत् रूपसम्म समेटिने भाषिक अध्ययनमा लेख्य भन्दा कथ्य भाषा बढी विश्वसनीय हुन्छ । भाषासँग सम्बन्धित विभिन्न विषय, शास्त्र, पद्धति र उपकरण उपयोग गरेर अध्ययन गर्दछ । त्यसैले यस्तो अध्ययन व्यवस्थित हुन्छ । विषयगत गाम्भीर्यता प्राप्त हुने विश्वास हुन्छ । अध्ययन पूर्वाग्रह मुक्त, निर्वैयक्तिक र वस्तुपरक हुने गर्दछ । यसले मानवेत्तर भाषाको पनि अध्ययन गर्दछ । यसरी विभिन्न प्रविधि, प्रक्रिया र सिद्धान्तको आधारमा व्यवस्थित अध्ययन हुने भएकाले भाषा विज्ञानलाई वैज्ञानिक अध्ययन भनिएको हो । यिनै विविध पक्षहरुलाई आधार बनाई भाषा विज्ञानका विशेषताहरुलाई यस प्रकार औँल्याउन सकिन्छ :

क) भाषा विज्ञानमा भाषाको अध्ययन विश्लेषण हुन्छ । त्यसैले यो सुपरिभाषित, वस्तुनिष्ठ र प्रयोग परक हुन्छ ।

 ख) भाषा विज्ञानमा प्रामाणिक तथ्यहरुलाई मात्र विश्लेषणको आधार बनाइएको हुन्छ ।

 ग) यसमा वस्तुपरक ढङ्गबाट सामग्रीको व्याख्या विश्लेषण गरिने हुनाले यसको निष्कर्षबाट सार्वभौम सिद्धान्तको प्रतिपादन हुन्छ ।

 घ) यसमा भाषिक व्यवस्थाको क्रमबद्ध व्याख्या विश्लेषण गरिन्छ ।

 ङ) अध्ययनका क्रममा सामग्रीको सङ्कलन, आलेखन, वर्गीकरण एवम् विश्लेषण सावधानीपूर्वक गरिन्छ । च) आवश्यकता अनुसार भाषासँग सरोकार राख्ने विभिन्न विषय शास्त्रका विविध पद्धति र उपकरणलाई आफ्नो प्रयोजनका लागि उपयोग गर्न सक्छ ।

 छ) भाषाको अध्ययनमा विज्ञान जस्तै सूत्रात्मक मितव्ययी ढाँचाको प्रयोग गरिन्छ ।

 ज) जन्मका दृष्टिले कान्छो भइकन पनि भाषा विज्ञान निपूर्ण शास्त्रका रूपमा स्थापित भइ सकेको छ । झ) भाषाको कथ्य रूपलाई प्राथमिकता दिई अध्ययन विश्लेषण गर्दछ ।

ञ) भाषा वैज्ञानिक अध्ययन आग्रह पूर्वाग्रह मुक्त हुने भएकाले यसको निष्कर्ष निर्वैयक्तिक र वस्तु परक हुन्छ ।

ट) सूक्ष्मतादेखि समग्रतासम्ममा विश्वास राख्ने भाषा वैज्ञानिक अध्ययन दोषमुक्त र सङ्क्षिप्त निष्कर्ष दिने शास्त्र हो

ठ) कुनै पनि विषयलाई सतही र हलुका रूपमा नहेरी विषयगत गाम्भीर्यमा यसले विश्वास राख्छ ।

ड) भाषा सामाजिक विषय भएकाले यसको समाज सापेक्ष विश्लेषण गरिन्

ढ)भाषा विज्ञानले वर्णनात्मक, तुलनात्मक ऐतिहासिक सिद्धान्तलाई आधार मानेर भाषाको व्याख्या विश्लेषण गर्दछ ।

ण) भाषा विज्ञानमा भाषिक पठन पाठन सिकाइ प्रक्रिया, त्रुटि विश्लेषण जस्ता प्रायोगिक पक्षको समेत अध्ययन विश्लेषण गरिन्छ ।

) भाषा विज्ञानमा सार्वभौम व्याकरणको निर्माण गरी सबै भाषाको आआफ्नै व्याकरण हुन्छ भन्ने मान्यता राखिन्छ ।

थ) यसले संसारका भाषाहरु कुनै स्तरीय र अस्तरीय हुँदैनन्। सबै समान हुन्छन् भन्ने मान्यता राख्दछ ।

) मानवेत्तर प्राणीहरुको भाषिक विनिमयसँग पनि भाषा विज्ञानले तुलनात्मक र व्यतिरेकी सम्बन्ध राख्द

भाषा विज्ञानको परिचय

भाषा विज्ञानको परिचय

Linguistics' शब्द ल्याटिन भाषाको 'Lingus' 'instics' शब्दको संयुक्तताबाट बनेको हो । lingus को अर्थ language instics को knowledge वा science हुन्छ । त्यही linguistics शब्द नेपाली रूपान्तर भाषा विज्ञान हो। भाषा र ज्ञान वा विज्ञानको समष्टिता प्राप्त गरेका भाषा विज्ञानले भाषाको वैज्ञानिक ढङ्गले अध्ययन गर्दछ । भाषा विज्ञानले भाषालाई मानवीय अन्तरक्रियाका रूपमा अध्ययन गर्ने परम्परा हालसम्म पनि चलि रहेको छ । हिजोआज भाषा विज्ञान स्वतन्त्र विधाका रूपमा विकसित भइ सकेको छ । यसले भाषासँग सम्बन्धित विविध प्रविधि र अध्ययन अनुसन्धानका अन्य क्षेत्रसंग पनि सरोकार राख्न थालेको छ । भाषा विज्ञानले भाषाका आन्तरिक सरचनामा पर्ने वर्ण, व्याकरण र शब्द भण्डारका साथै बाह्य संरचनामा पर्ने ध्वनि र अर्थ विज्ञान समेतको अध्ययन विश्लेषण गर्दछ ।

 मान्छेका उच्चारण अवयवद्वारा उच्चरित यादृच्छिक सार्थक ध्वनि समूहलाई भाषा भनिन्छ । यही भाषाको वैज्ञानिक अध्ययनलाई भाषा विज्ञान भनिन्छ । वैज्ञानिक अध्ययन भन्नाले वस्तुगत, स्पष्टनिश्चित सिद्धान्तका आधारमा निष्कर्षमा पुग्नु हो । विज्ञान काल्पनिक नभएर वस्तुगत हुन्छ र वैज्ञानिक अध्ययनमा निश्चित विधिहरुको संयोजन हुन्छ। भावात्मक तर्कका आधारमा हुने अध्ययनलाई वैज्ञानिक अध्ययन मानिदैन ।

 भाषा विज्ञानलाई सुरुमा भाषाशास्त्र भनिन्थ्यो । सामाजिक शास्त्रका रूपमा रहेको भाषाशास्त्रको अध्ययनमा विधिपूर्वक प्रमाण र तथ्यहरुका आधारमा निष्कर्षमा पुग्ने पद्धतिको विकास भयो। मुख्य रूपले सन् १९६० पछि भाषाको अध्ययन गर्ने शास्त्रलाई भाषा विज्ञान  भनिएको पाइन्छ । खासगरी भाषा विज्ञानमा भाषा सम्बन्धी सामान्य कुराहरु, भाषाको आन्तरिक संरचना, भाषिक सिद्धान्तहरु यसका सैद्धान्तिक तथा प्रायोगिक पक्षहरु, यसको इतिहास र व्यक्ति, समाज तथा संस्कृतिसँग यसको सम्बन्धका बारेमा अध्ययन गरिन्छ । भाषा विज्ञान सामाजिक शास्त्र भएकाले यसको प्रत्यक्ष सम्बन्ध व्यक्ति र समाजसित रहेको हुन्छ । मानव समुदायमा व्यवहृत भाषाको वैज्ञानिक अध्ययन गर्ने शास्त्रलाई भाषा विज्ञान भनिने निष्कर्षमा पुग्न सकिन्छ । भाषा विज्ञानका सम्बन्धमा विभिन्न विचारलाई यहाँ प्रस्तुत गरिएको छ

 भाषा विज्ञानको अर्थ भाषाको विज्ञान हो, यस अन्तर्गत भाषाको संरचना तथा विकासको अध्ययन गरिन्छइनसाइक्लोपेडिया इन विटानिका

भाषाको उत्पत्ति, विकास, परिवार, संरचना, परिवर्तन आदिलाई सूक्ष्म किसिमले अध्ययन गरिने शास्त्र, भाषाशस्त्र । - नेपाली बृहत

भाषा सम्बन्धी सम्पूर्ण तथ्यहरुको खोज र विश्लेषण गर्ने विज्ञान नै भाषा विज्ञान हो- ब्लूमफिल्ड

भाषा विज्ञान त्यो विज्ञान हो, जसले भाषाको अध्ययन त्यसका आन्त संरचनाको आधारमा गर्ने प्रयत्न गर्दछ । यसका लागि एक स्प सुनिश्चित एवं विशिष्ट तर्कपूर्ण पद्धति अपनाउँछ एच ए ग्लिसन

 भाषा विज्ञान भाषाको वैज्ञानिक अध्ययनलाई भनिन्- जोन लायन्स

भाषा विज्ञान त्यो विज्ञान हो जसमा भाषा वा भाषाहरुको एककालिय बहुकालिक तुलनात्मक व्यतिरेकी अथवा अनुप्रायोगिक अध्ययन, विश्लेष तथा तदविषयक सिद्धान्तहरुको निधारण गरिएको हुन्छडा भोलानाथ तिवारी

 भाषा विज्ञानको सोझो अर्थ हो भाषाको विज्ञान र विज्ञानको अर्थ विशिष्ट ज्ञान । यस प्रकार भाषाको विशिष्ट ज्ञानलाई भाषा विज्ञान भन्न सकिन्छ। - डा देवेन्द्र नाथ शर्मा

. भाषा विज्ञान त्यो विज्ञान हो, जसमा भाषा सम्बन्धी सम्पूर्ण विषयहरुको विभिन्न पद्धतिमा अध्ययन हन्छ । भाषा विज्ञानमा आन्तरिक भाषिक सिद्धान्तहरु यसका सैद्धान्तिक तथा प्रायोगिक पक्षहरु यसको इतिहास र व्यक्ति, समाज तथा संस्कृतिसंग यसको सम्बन्ध बारे अध्ययन गरिन्छ। - डा. चूडामणि बन्धु भाषा विज्ञान त्यो विज्ञान हो, जसमा भाषाहरुको सामान्य रूपले या कनै एक भाषाको विशिष्ट रूपले प्रकृति संरचना, इतिहास, तुलना, प्रयोग आदि दृष्टिबाट सिद्धान्त निश्चित गरी वैज्ञानिक अध्ययन गरिन्छ । डा. मन मोहन गौतम

उपर्युक्त विचारहरुलाई विश्लेषण गर्दा भाषा विज्ञान त्यो विज्ञान हो जसमा सामान्य वा कनै भाषा विज्ञानको शास्त्रीय तथा वैज्ञानिक विश्लेषण प्रस्तुत गरिन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यसको विश्लेषणमा ऐतिहासिक, तुलनात्मक र वर्णनात्मक आदि पद्धतिहरु हुन्छन् । जसका माध्यमले आजका आन्तरिक एवम् वाहय संरचना थाहा पाउन सकिन्छ । त्यसको सैद्धान्तिक एवम् व्यवहारिक स्वरूपको निर्धारण गरिन्छ । विभिन्न सामाजिक शास्त्र जस्तै भाषा विज्ञान पनि स्वतन्त्र र विकसित शास्त्र हो। यस शास्त्रमा भाषाको समग्र अध्ययन गर्दा आवश्यक पर्ने विविध पद्धति विकसित भएका छन् । कनै पनि भाषाका विविध पक्षको अध्ययन विश्लेषण गर्ने सन्दर्भमा अध्ययन विषयको चयन सामग्री सङ्कलन, अध्ययन विश्लेषण र प्रकाशन गर्न आवश्यक हुने सबै प्रविधि तथा पद्धति विकसित भएकाले यस शास्त्रलाई सफल र निपूर्ण शास्त्र मान्न सकिने आधार प्राप्त भएको छ । कुनै पनि भाषाको क्रमबद्दता र वैज्ञानिक अध्ययन गर्ने यस विषयलाई भाषा विज्ञान भनिनु यस कारण स्वभाविक हुन जान्छ ।

भाषा विज्ञानले भाषाको अध्ययन गर्दा कन कनियम र सिद्धान्तले काम गरेका छन भनेर गम्भीर भएर निरीक्षण गर्छ र वैज्ञानिकले जस्तै गरेर प्राप्त तथ्य र तथ्याङ्कलाई प्रयोगशालामा लगि प्रमाणित गर्ने प्रयास गर्छ। भाषा वैज्ञानिक पटक्कै पुर्वाग्रही हन हँदैन । उसले वस्तुगत तथ्यका आधारमा भाषिक तथ्यहरुको अध्ययन विश्लेषण गर्नु पर्छ। यस्ता अध्ययन विश्लेषण निर्वैयक्तिक रूपमा प्रस्तुत हुन सक्न पर्छ। खासगरी भाषा विज्ञानले भाषा सम्बन्धी सम्पूर्ण विषयका सबै पद्धति समकालिक कालक्रमिक तुलनात्मक व्यतिरेकी सैद्धान्तिक प्रायोगिक सामाजिक मनो भाषिक र भाषिक भूगोलसंग आधारित भएर कनै पनि भाषाको अध्ययन विश्लेषण गर्छ ।

आर. एच. रविन्सले भाषा वैज्ञानिक अध्ययनलाई स्तरीय बनाउने निम्नानुसार तिन ओटा आधार प्रस्तुत गरेका छन्-

 स्पष्टता

 दृढता /सङ्गतिमूलकता

 सूत्रात्मकता

 भाषाका अध्येताले सबै किसिमका आग्रह पूर्वाग्रह छोडेर तथ्य र तथ्याङ्कको वस्तुगत विश्लेषण गरेका खण्डमा मात्र आधिकारिक निष्कर्ष निस्कन्छ । त्यसको अध्ययन विश्लेषण र निष्कर्षलाई अत्यन्त स्पष्टताका साथ प्रस्तुत गर्नु पर्छ । यसैलाई पूर्वाग्रह रहित स्पष्टता भन्न सकिन्छ । अध्ययन विश्लेषण गर्दा प्राप्त खोट रहित तथ्यलाई नअलमलिकन आत्म विश्वासका साथ प्रस्तुत गर्नु पर्छ। यसलाई सङगति मूलकता भनिन्छ । भन्नु पर्ने कुरालाई यथासक्य सारगर्भित रूपमा भन्नु पर्छ । अभिव्यक्ति सङ्क्षिप्तिमा व्यक्तिका अभीष्ट हुनु पर्छ । भाषा वैज्ञानिकले अप्रामाणिक तथ्यलाई प्रयोग गर्दैन । आफ्नो अध्ययनलाई सक्षिप्त, वैज्ञानिक र वस्तुगत बनाउन उसले खास खास किसिमका आदर्श सिद्धान्त प्रामाणिक तथ्यलाई आधार बनाएर विषय छनोट गर्ने त्यसलाई गहन निरीक्षण गर्ने र त्यसको सम्यक अध्ययन गर्ने गर्छ । यस प्रक्रियामा प्रस्तावित पद्धतिको होइन वर्णनात्मक पद्धतिको अवलम्बन गरिन्छ भन्ने विचार भाषा वैज्ञानिक मार्टिनेटको देखिन्छ । 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...