लेखक – लक्ष्मीप्रसाद देवकोटा
परिचय,
•
जन्म – वि. सं.
१९६६ कार्तिक २७
•
जन्मस्थान- डिल्लीबजार , काठमाडौँ
•
मृत्यु - वि. सं. २०१६ , भाद्र २९
•
प्रकाशित निबन्धहरू – प्रसिद्ध प्रबन्ध,लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रूखनेर
•
शिक्षा – बि.बिएल ,अङ्ग्रेजीमा
एम ए
प्रवृत्ति
निजात्मकता , स्वछन्दतावादी भाव, मानवतावाद, सौन्दर्य, प्रेम, विस्मय, असन्तोष, लोक साहित्य र लोकगित, अतीत प्रेम, मिथक, विम्व र प्रतीकको प्रयोग, हास्व्यव्यङ्ग्य निबन्धकार, बौद्धिक प्रवृत्ति , जनपक्षिय भावना, संरचनामा असन्तुलन र काव्यात्मक निवन्ध लेखनको शैली पाइनु,
विवेचना
बहुमुखी प्रतिभाका धनि आधुनिक
नेपाली निबन्धकार लक्ष्मीप्रसाद देवकोटा (१९६६- २०१६) राष्ट्रप्रेमी , आत्मपरक निबन्धकारका रूपमा परिचित छन् ।
थुप्रै खण्डकाव्य ,महाकाव्य तथा नवकाव्यहरू सृजना गरेका देवकोटाले निबन्ध विधामा ३ओटा
निबन्ध सङ्ग्रहहरू प्रकाशनमा ल्याएका छन् । बि. सं. १९९१मा पूर्णीमाको जलधि नामक
कविता लिएर साहित्य आकाशमा देखिएका देवकोटाको पहिलो निबन्ध अषाढ पन्ध्र (१९९२) हो
। महाकवि उपाधि(२००८) ,त्रिभुवा प्रज्ञा पुरस्कार (२०२३) जस्ता थुप्रै पुरस्कार
तथा सम्मानबाट सम्मानित देवकोटालार्इ सोर्गारोहण पश्चात साझा पुरस्कार (२०४५)
प्रदान गरिएको थियो । यिनी शिक्षण पेशामा आबद्ध थिए । यिनले राजनीतिमा पनि आफ्नो
क्षमता प्रदर्शन गरेको पाइन्छ । यसरी बिभिन्न क्षेत्रमा अग्रसर भएर राष्ट्रको सेवा
गरेका देवकोटा स्वच्छन्दतावादी, कोमल हृदय भएका , प्रकृति प्रेमी तथा देशभक्ति र
नेपाली भाषालार्इ मायाँ गर्ने व्याक्ति हुन् । “यिनको के नेपाल सानो छ ?”नामक
निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्ग्रहित छ । यसमा देवकोटाले नेपाल भौगोलिक
रूपमा अरू देशको तुलनामा सानो देखिए तापनि वास्तवमा यहाँका विद्वान व्याक्तित्व ,संस्कृति
,भेषभुषा, भषाशैली, परिश्रमी हातहरू तथा प्राकृतिक सौन्दर्यले गर्दा वास्तवा अरू
देशको तुलनामा यो ठूलो छ भन्न खोजेका छन् ।
नेपाल विश्वको नचित्रमा हेर्दा एउटा
विन्दु देखिन्छ । महासागरमा एकबुँद त्यसै हराएको जस्तो लाग्छ । भौगत्रलिक रूपमा
हेर्दा सानो भए पनि यो गुणात्मक रूपमा महान छ । यो आफैमा सार्भभौमसत्ता देश हो ।यहाका
जनता स्वतन्त्र छन् । प्रकृतिले यसलार्इ मनमोहक वनाएको छ । सगरमाथाको सिरानी हाली हिमगिरी
र अन्नपूर्णको काखमा मस्त भएको यो देशमा संसारमा पाइने सम्पूर्ण कुराहरू एकै
ठाउँमा पाइन्छ । हिमनदीहरू ,झरनाहरू , हरियालीहरू , शुन्दर पहाडहरू र पखेराहरू
यसका परिपूर्णता हुन् । सन्सारमा सात आश्चार्य कुराहरू नेपाल भित्रै छन् । जस्तैः-
बेविलोनका ह्याङ्गिङ गार्डेन्स,वुलन बाग,तिनसय नायग्रा फल्स चिनका ठूला पर्खाल जस्त
पर्खालहरू यहि छन् । त्यतिमात्र कहा हो र संसारमा पाइने जीवजन्तुहरू पनि यहि छन् । बाग
पालेको यो जंगलले बागलार्इ समात्ने वीर पुरूषहरू पनि जन्माएको छ । सुन्दरताले
सजाएको प्रकृतिले महान साहित्यकारहरू जन्माएको छ । यहाका मानिसहरूका ओठमा गीतहरू
,हृदयका भावमा कविता र जीवनशैलीमा
उपन्यासहरू लुकेका छन । जुन विश्वका साहित्यकारका भन्दा महान र मार्मिक छन् । हलो
, कोदालो ,हँसिया सँगसँगै गीत ,गजल र काव्यहरू सिर्जिनछन् यहाँ ।अरूका धेरै
साहित्यका पुस्तकहरूका तुलनामा नेपाली एउटै काव्य काफि छ । एउटै काव्यमा पूर्णता छ
। हिमालको जडिवुँटि ,पहाडको अन्न र तरार्इको जल यसको अर्को सम्पूर्णताको परिदृष्टि
हो । जसरी नेपाली भुमी महान र विशाल छ त्यसरी नै यहाँका मानिसहरू पनि फरक
प्रकृतिका छन् । अरूले अन्जान मानिसलार्इ हिंशक पशुको नजरमा हेर्दछन् अर्थात
अन्जान मानिससँग बोल्न डराउछन् । तर नेपालीहरू अन्जान मानिसलार्इ पनि स्वागत र
सत्कार गर्छन् । विदेशिहरू ढुङ्गालार्इ केवल ढुङ्गा मान्छन् तर त्यहि ढुङ्गालार्इ
नै नेपालीले र्इश्वर मान्दिन्छन् । प्रकृतिको अंश एउटा सानो टुक्रालार्इ भगवान
मानेर त्यसलार्इ पुज्ने नेपालीले हरेक चिजलार्इ पुजा गर्न जानेका छन् । पुजा गर्नु
भनेको नै त्यो चिजलार्इ महत्त्व दिनु हो । यस्तो अवस्थामा विदेशिहरू विज्ञानको
नाममा यन्त्रको पछि लाग्दछन् । नकि भावना र विवेकको त्यसैले विदेशिहरू यन्त्र मानव
भइ सकेको अवस्थामा नेपालीहरूको भने ज्ञान सागर उर्लेको छ । सच्चा आर्य भावना
वोकेका नेपालीहरू जसलार्इ जहापनि र्इश्वरको रूप देख्दछन् ।
यहि नै मानवताको महानता हो । यहि नै मानवताको शौन्दर्य हो । विदेशको भुमी
जता हेरे पनि सम्म मैदान भन्दा केहि देखिदैन ,जहाबाट चित्र झिकिएको छ जस्तो महसुस
हुन्छ तर नेपाली भुमीमा कतै पहाड, कतै हिमाल , कतै तरार्इ कतै झरना, कतै खोलानाला आदि
चिजले चित्रमा रङ भरिएको महशुश हुन्छ ।यदि स्वर्ग भन्ने चिज कतै छ भने त्यो स्वर्ग
यहि नेपाल हो र साँच्चै भगवान छन् भने ती भगवान नेपाली हुन् भन्न सकिन्छ । यस्ता
चिजहरूले गर्दा नेपाललार्इ अरूदेशको तुलनामा ठूलो बनाएको छ ।
कुनै पनि कुरा आकारमा ठूलो हुँदैमा
त्यो साँच्चिकै ठूलो हुँदैन ।ठूलो हुनको लागि
त गुण हुनु पर्छ । आकारले ठूलो र सानो भन्नु त मुर्खता हो । हेर्दा मानिस
भन्दा हात्ती ठूलो हुन्छ । तर आफ्नो विवेकले हात्तीलार्इ मानिले आफ्नो इच्छा
अनुशार काम गराउँछ । त्यस्तै हिरा मोती थोरै भए पनि त्यसको मूल्य धेरै हुन्छ । शरीरको
मुटुको झल्का सबैभन्दा सानो भए पनि सबैभन्दा महत्त्वपूर्ण हुन्छ । जसरी आफ्नी आमा
संसारमा अरू चिज भन्दा ठूली हुन्छिन् त्यसरी नै आफ्नो मातृभुमी पनि संसारको अरू चिज भन्दा महान हुन्छ ।
नेपाली भुमी जति महान र पवित्र छ त्यति नै पवित्र ,मिठास र माधुर्य यसको
भाषा र लिपि छ । यहाका संस्कृतिले यसलार्इ झन सजाएको छ भन्ने कुरा यस निबन्ध
मार्फत अभिव्यक्त गर्न खोजिएको छ ।
निष्कर्षमा भन्नुपर्दा आफ्नो देश सबैलार्इ प्यारो लाग्छ ।जुन चिज प्यारो
हुन्छ त्यो चिज आफैमा महान हुन्छ । आफ्नो देश ,त्यहाको भाषा ,संस्कृति र
सभ्यतालार्इ सबैले उति नै सम्मान दिनु
पर्दछ र उन्नति गर्नु पर्छ । अरूको नक्कल गर्नुको सट्टा आफ्नै भाषा । संस्कृतिको
सम्बर्धा गर्नु पर्छ ।सुविधाको लोभमा विदेशिनुको सट्टा आफ्ना पौरखी हातहरू यहि
फैलाउनु पर्छ । रगत र पसिना आफ्नै देशमा बगाएर नेपाली भुमिलार्इ संसारमा चिनाउनु
पर्छ भन्ने सन्देश यस निबन्धले दिन खोजेको छ ।