गुरुवार, 16 सितंबर 2021

ऋषिराज बराल र उनको ‘पछवरिया टोल’ कथाको विश्लेषण

 

षिराज बराल र उनको पछवरिया टोल कथा

परिचय,


जन्म - २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिला पोखरी गाविस

शिक्षा – एम्. ए.नेपाली तथा पिएचडी(विद्यावारिधि)

सेवा तथा संलग्नता – त्रिवि सहप्राध्यापक, त्रिकोण ,प्रभात , कलम सम्बोधन, नयाँ संस्कृति,योजना जस्ता पत्रपत्रिकाको सम्पादक ,नेपाल टेलिभिजनका महाप्रबन्धक

पहिलो प्रकाशित कथा –त्माको अन्तरालबाट(२०३२)जागृतसाप्ताहिक पत्रिकामा प्रकाशित

पकाशित कृतिहरू - 'भावना' (उपन्यासः२०३४), 'गाउँको कथा भन्छु है त' (कथा संग्रहः२०४२), 'भग्नावशेष' (कथा संग्रहः २०४४), 'कामरेड हुतराज राजधानी प्रस्थान '(उपन्यासः २०४८), 'बयान' (कथा संग्रहः २०५२) 'वनमान्छेको कथा' (कथा संग्रहः २०५४), 'सैन्यउपहार' (कथा संग्रहः २०५८), 'पैयुँ फुल्न थालेपछि' (कथा संग्रहः २०६३), 'ऋषिराज बरालका प्रतिनिधि कथाहरू' (कथा संग्रहः २०६७) दि

षिराज बरालको कथागत प्रवृति

१.प्रगतिवादी चिन्तन,

२.नेपाली समाजमा रहेका शोषण, दमन र विकृतिको चित्रण,

३.सामाजिक रूपान्तरणको चाहना,

४. माक्सवादी चिन्तनबाट प्रभावित,

५.क्रान्तिकारी भाव चिन्तन,

६.ग्रमिण परिवेशमा केन्द्रित,

७. प्रहरी दमन,सामाजिक र्थिक शोषण आदिका विरूद्धमा आवाज ,

८. द्वन्दात्मक भौतिकवादी चिन्तनलार्इ (विचार) आफ्नो कथामा कलात्मक रूपमा प्रस्तुत

कथाको सन्दर्भ

१.    वनमान्छेको कथा (२०४५) नामक कथा सङ्ग्रहमा संग्रहित,

२.    तरार्इको कुनै गाउँमा मुसहरको टोल छ ।त्यहाँ कोहि पहाडियाहरू,यादव श्रेष्ठ,अन्सारीहरू छन् ।पहिला यो टोलको नाम मुसहर टोल थियो ,पछि पञ्चायत टोल ,राम लक्षमण टोल ,नयाँ टोल जस्ता नामहरू राखियो ।यो मुल टोल भन्दा पश्चिम तिर भएकाले पछबरिया टोलका नामले प्रख्यात  छ ।

कथाका पत्रहरू

१.कैलाशवा-प्रमुख पात्र (नायक)

२.अनवर अख्तर – सहायक पात्र (खल पात्र)

३.शुकदेव , शिवशरण , धनपत , रामबहादुर – सत/अनुकूल पात्र

४.बिन्देश्वर मास्टर ,चधरी मास्टर हबलदार  - असत/प्रतिकूल पात्र

  शिवशरणकी जहान , फेकु ,राम रतन ,सर्इ ,सरेश्वर , सुन्दरवा , भोला चधरी आदि गौण पात्र वा चरित्र हुन् ।

 










कथाको विश्लेषण

  प्रगतिशील धारालार्इ पक्रेर साहित्य सृजना गर्ने ऋषिराज बराल (२००९) को जन्म सिन्धुलीमा भएको हो । उनले वि.सं. २०३२ सालमा त्माको अन्तरालबाट नामक कथा जागृत सप्ताहिक पत्रिकामा प्रकाशित गरि फ्नो साहित्यिक यात्रा सुरू गरेका थिए ।गाउँको कथा भन्छु है त (२०४२) भग्नावशेष (२०४४) बयान (२०५२) दि कथा सङ्ग्रहका साथै उपन्यास ,समालोचना तथा निबन्धहरू सृजना गरेका छन् ।  नेपाली समाजमा वद्धमान शोषण ,दमन ,अत्यचार ,विकृति विसङ्गति जस्ता कुराहरूलार्इ प्रस्तुत गर्दै सामाजिक रूपान्तरणको कामना उनका साहित्यिक विशेषता हुन् । उनको बनमान्छेको कथा (२०५४) नामक कथा सङ्ग्रहमा सङ्ग्रहित पछबरिया टोलकथामा तरार्इको जनजीवनको प्रस्तुतीका साथै सोझा सिधा नागरिकहरूका ँखामा कसिङ्गर फ्याकेर नेताहरूले कसरी राजनीति गर्दछन् भन्ने कुरा यहाँ देखाउन खोजिएको छ ।

  उक्त कथामा स्थानिय ठाउँको नामबाट कथाको शीर्षक चयन गरिएको छ । जम्मा जम्मी सत्तरी असी घर भएका पछबरिया टोलको नाम कसैले पञ्चायत टोल ,कसैले राम लक्षमण टोल र कसैले नयाँ टोल पनि भन्ने गरेका छन् । यो मुख्य टोलको पश्चिम पट्टि भएकाले यो पछबरिया टोलको नामले प्रख्यात छ । यहाका मानिसहरू अशिक्षित र अभाव ग्रस्त छन् । उनिहरूको कसैको जग्गा छैन ,भएको जग्गाको पनि लालपुर्जा छैन । जम्मा पाँच सय एकाउन्न भोट संख्या छ त्यहा । चुनावको अवसर पारेर विभिन्न छापका नेताहरू टोलमा इ झुटो श्वासन दिन्छन् । कैलाशवा , शिवशरण , धनपत जस्ता टोलका व्याक्तिहरूले भोट बहिस्कार गर्ने निर्णय गर्छन् । भोट फ्नो पक्षमा नउने भएपछि प्रसासनको मिलेमतोमा टोलमा गो लगान्छ ।धनजनको नोक्सान हुन्छ । प्रहरिले गाउँको निर्दोश मान्छेलार्इ रोप लगाउँछ । रेडियो मार्फत उग्रवादीले गो लगाएको र मन्त्रीद्वारा राहात वितरण भनि झुटो प्रचार गरिन्छ । अर्को दिन फेरी नेताहरूले नाचगानको योजना गरि भोट माग्छन् । त्यसलार्इ त्यहाका मानिसहरूले बहिष्कार गर्छन् र कथाको कथानक अन्त्य हुन्छ ।

   तरार्इको ग्रमीण भेगमा बस्ने निम्न वर्गीय मुसहर गाउँका जनताहरूको सामाजिक , आर्थिक परिवेशलार्इ प्रस्तुत गर्दै हाम्रो समाजमा प्रजातन्त्र ,राजनैतिक परिवर्तन केवल टोलको नाम केवल विकासको नाममा परिवर्तन गरिन्छ तर कुनै सुधार गरिदैन ,कुनै ठोस कार्य गरिदैन । नेताहरू चुनावको बेलामा मात्र भोटमाग्न जाने र अनेकन आश्वासन दिलाउने र भोट आफ्नो पक्षमा पार्ने काम बाहेक केहि गर्दैनन् । आफ्नो निहित स्वार्थको लागि उनीहरू जुनसुकै हद पनि पार गर्ने गर्छन् । अशिक्षित र निम्नवर्गीय जनताको फाइदा उठाएर उनीहरूलाई दास बनाउने र खरिद बिक्रि गर्ने काम गरि सत्तामा जाने गर्छन् भन्ने कुराको यथार्थ प्रस्तुति यस कथाले देखाउन खोजेको छ । समाजमा असल र खराब दुबै खाले मानिस हुन्छन् । खराब मानिसको छिट्टै पहिचान गर्नु पर्छ । आफ्नो अधिकार र हकको लागि कसैको बहकाउमा नपरि लिनु पर्छ । मानिसमा ढिलो चाँडो चेतना अवस्य उँछ त्यसकारण जनताको हकअधिकार कसैले हनन गर्न पाउदैनन् भन्ने कुरा यहाँ पाइन्छ ।

  मैथिली भाषाको प्रयोग ,बहल पात्रको प्रयोग ,तरार्इंको ग्रामीण परिवेशको चिनारीका साथै निम्न वर्गीय जनता माथि जन्ने सुन्ने व्याक्तिले शोषण ,उच्च वर्गीय भनाउदा समाज सेवाको नाममा कसरी नाङ्गो रूपमा शोषण गर्छन् भन्ने विषयवस्तु यहा उठान गरिएको छ । उच्च र सामन्ती वर्गले निम्न निमुखा वर्गलार्इ कसरी शोषण गर्छ भन्ने यथार्थता को प्रस्तुती नै यस कथाको विशेषता हो ।

 

 

 


भागिरथी श्रेष्ठ र उनको ‘चुनौती’ कथाको विश्लेष

 भागिरथी श्रेष्ठ र उनको चुनती कथा

कथाकारको जीवनीगत परिचय

जन्म -२००५ साल असोज १४ गते, रिडी, गुल्मीमा

शिक्षा- स्नातक

सेवा- रुरु गाउँ पञ्चायतकी सदस्य, महिला सङ्गठन गुल्मीको उपाध्यक्षसमेत रहेकी भागीरथी श्रेष्ठले केही समय शिक्षक, नारी शिल्पकला केन्द्र भैरहवाको सचिव, सामाजिक सेवा समन्वय परिषद् तारा गाउँ विकास समितिमा पनि काम गरेकी थिइन् । सिद्धिचरण काव्यप्रतिष्ठान एवं गुञ्जनको सदस्यसमेत रहेसकेकी यिनले रुरु, कस्तुरी तथा मिर्मिरे पत्रिकाको सम्पादनसमेत गरेको जानकारी पाइन्छ।

पहिलो प्रकाशित कथा - २०२३ सालको रुरु पत्रिकामा प्रकाशित प्रबल इच्छा शीर्षकको कथा

प्रकाशित कृतिहरू - मालती(२०४३), मोहदंश (२०४४), विभ्रम (२०५०), रङ्गीन पोखरी (२०५०) ,भूमिगत (२०६२) ,एउटा यस्तो आकाश (२०४६)

पुरस्कार - अन्तर क्याम्पस गजल प्रतियोगितामा स्वर्णपदक (२०२४), लुम्बिनी अञ्चलस्तरीय साहित्यिक सम्मेलनमा स्वर्णपदक (२०३३), रत्नश्री स्वर्णपदक (२०४३), टेलिचलचित्रमा उत्कृष्ट कथाकार पुरस्कार (२०४४), मैनाली कथा पुरस्कार (२०४८), बालसाहित्य समाजद्वारा आयोजित बालकथा प्रतियोगितामा तृतीय पुरस्कार जस्ता विभिन्न पुरस्कारद्वारा सम्मानित पनि भएकी छन् ।

कथाकार भागिरथी श्रेष्ठका कथागत प्रवृत्तिहरू

१.समाजमा घट्न सक्ने विभिन्न प्रकारका घटनाहरूलाई कथ्य बनाएर कथा लेख्ने सामाजिक यथार्थवादी कथाकार हुन् ।

२. दाम्पत्य जीवनका विविध पाटाहरू, सन्तानविहीन परिस्थितिमा मानिसले भोग्नुपर्ने पीडा, मातृत्वको पीडा र महत्व, आर्थिक असमानताले उत्पन्न गरेको पीडाजन्य परिस्थिति, वैधव्यको पीडा, पुरूष नारीहरूले भोग्नुपरेका सामाजिक तिरस्कार, पुरानो र नयापुस्ताका बीचमा देखापर्ने सङ्कटग्रस्त मूल्यहरू जस्ता विविध विषयवस्तुबाट यिनले कथाको संरचना निर्माण गरेकी छन् ।

३.  यिनका कथामा सांकृस्तिक परिष्कार तथा सुधारको चाहना कोरा आदर्श र नाराका रूपमा नभएर यथार्थप्रति निष्ठावान रहेको देखिन्छ ।

४.कतिपय कथाहरू मनोवैज्ञानिक धरातलमा लेखिएका छन् । यिनले नारी र पुरुष दुवैका मानसिक आरोहअवरोहलाई प्रस्तुत गरेकी छन् । जलनका बिम्बहरू, संस्कार, दिलु बजै, शकुन्तला जस्ता कथाहरूमा नारी मनस्थितिको चित्रण गरिएको छ भने दीपा, अतिक्रमण, शिक्षक, पिता जस्ता कथामा पुरुषको मनोविज्ञान केलाइएको छ । यिनका मनोवैज्ञानिक कथाहरू पनि पूर्ण रूपमा मनोविश्लेषणात्मक नभएर सामाजिक संस्कारको पृष्ठभूमिमा लेखिएका छन् ।

५. राजनैतिक विषयवस्तुमा पनि कथा लेखेकी छन् । राजनैतिक विषयवस्तु भएका यिनका कथाहरूमा युगीन तानाशाही शासन, सङ्कटमा परेको राष्ट्रियता, सत्तासीनहरूले गरेको सत्ताको दुरुपयोग, सत्ता र शक्तिका आडमा हराउदै गएका मानवीय मूल्यहरू, मानव अधिकारको हनन, जातीयताको सङ्कीर्ण सोचाइले निम्त्याउन सक्ने सङ्कटजस्ता विविध पक्षहरूको अभिव्यक्ति पाइन्छ । प्रजातन्त्रको पुनस्र्थापनापछि देशमा देखापरेका विविध प्रकारका विकृति र विसङ्गतिको चिरफार गरिएका यस्ता कथाहरूमा यही स्थिति रहदै जाने हो भने एकदिन विद्रोहको ज्वालामुखी फुटेर भयङ्कर एवं त्रासद परिणाम निस्कने सङ्केत यिनका कथामा गरिएको छ । घर, चुनौती, अन्त्य, मन्दिर, आगो, भूमिगतजस्ता कथाहरू यस कोटिमा पर्दछन् । 

६. देशमा भएको सशस्त्र द्वन्द्वका विभिन्न सन्दर्भहरुलाई पनि यिनका कथामा विषय बनाइएको छ । विप्लव यिनको यसप्रकारको उल्लेखनीय कथा हो ।

सन्दर्भ

१.भूमिगत कथा सङ्ग्रहमा सङ्ग्रहित

२. जीवनमा अनेकन समस्या उछन् ती समस्यासँग जुध्नु चुनती हो ।

३.यस कथामा पुरूष प्रधान नेपाली समाजको यथार्थ प्रस्तुति दिदै नारीहरू स्वाभिमानी भएर वाँच्न अनेकचुनौतीको सामना गर्नुपर्छ भन्ने कुरा उठाइएको छ ।

पात्रहरू

चम्पा दिदी ,म पात्र , चम्पाको लोग्ने वटुकलाल ,चम्पाको  छोरो ,नयना,चम्पाकी मा,चम्पाकी बहिनी,चम्पाका बुबा,नयाँ दुलही ,चम्पाकी नन्द, ,लक्ष्मी

चुनती कथाको विश्लेषण

 सामाजिक यथार्थवादी कथाकार भागीरथी श्रेष्ठ(२००५)को चुनती कथा उनको भूमिगत कथा सङ्ग्रह(२०५२) मा सङ्ग्रहित कथा हो ।यस कथामा कथाकरले नेपाली समाजमा हावी भएको पुरूष प्रधानत ,पुरूषले नारीहरूलार्इ गर्नै अन्याय पूर्ण व्यवहार,नारीले नारीकै समस्या नबुझ्ने समस्याका साथै नारीका सहनशिलता ,दृढता र साहसीपूर्ण व्यवहारलार्इ उजागर गरेकी छन् ।पत्रात्मक शैलीमा प्रस्तुत गरिएको उक्त कथामा पुरूषको दुर्वल पक्ष र नारीको सवल पक्षको उद्घाटन गरिएको छ । जीवनमा जतिसुकै समस्या परेपनि डटेर सामना गर्नुपर्छ भन्ने सन्देश बोकेको उक्त कथाले नारी सहनशिलताको अर्कोरूप हो भन्ने कुरा देखाएको छ ।

     चम्पा दिदीलार्इ प्रमुख पात्र बनार्इ लेखिएको उक्त कथामा फ्ना कुरा कसैलार्इ पनि नभन्ने चम्पा दिदीले म पात्रलार्इ विश्वास गरेर फूले भोगेका जीवनका सम्पूर्ण दुःख पीडा सबै चिठी मार्फत म पात्रलार्इ पोखेकी छन् । १८बर्षको अल्लरे उमेरमा चम्पाको  बिबाह वटुकलाल भन्ने व्यक्तिसँग हुन्छ ।रसिक र विलासी स्वभावको वटुकलालले चम्पालार्इ मन पराउदैन ।घर परिवारको कारण बिबाह गर्नु परेको वताउने उसले परस्त्रीसँग सम्भन्ध राख्दा रमार्इलो हुने र सम्पामा कुनै आकर्षण नहुने कुरा बताउँछ ।छोराकी  आमा बनिसकेकी चम्पालार्इ पीडा भएपनि त्यो आफूभित्रै लुकाउछे ।पैत्रिक सम्पतिले मातिएर विलासी जीवन विताउन लालाहित भएको उक्त पुरूषले अर्की युवतीसँग दोस्रो बिबाह गर्छ ।त्यो बिबाहामा उपस्थित पाउनालार्इ भोजन खुवाउने ,सौता भित्रयाउने काम कुनै अवरोध विना गरेकी चम्पा वेहोस भएर लडेकी हुन्छे ।केहि समय पछि चम्पाको लोग्ने र सौताबीच झगडा सुरू हुन्छ । त्यसको कारण पैत्रिक सम्पती बेचेर माइत जाने प्रस्ताब चम्पाकी सौताले राखेकी हुन्छे  । केहि समयपछि एउटा घर मात्र वाँकि राखेर सबै सम्पति बेचेर मार्इत गएर बस्छन् ।चम्पाकी सौता धन दौलत सबै लिएर पोइला गएको खबर चम्पाले पाउछे ।चम्पा भने चिया पसल खोलेर परिवार धानेकी हुन्छे । लोग्ने लाचार भएर फर्कन्छ ।चम्पाको छोरो पनि ठूलो हुन्छ ।उनिहरूले राम्रो व्यवस्था गरेका हुन्छन् ।एकदिन चम्पाको लेग्नेको मृत्यु हुन्छ ।लोग्नेको मृत्युमा उसलार्इ दुःख हुँदैन बरू रातो लगाउने रहर नपुगेकाले भने चिन्ता लाग्छ ।चिया पसलबाट स्टेसनरी चम्पाले खोल्छे ।नाती जन्मन्छ उसको जीवनमा खुसी छाएको कुरा चम्पाले चिठ्ठीमा व्याक्त गरेकी हुन्छे र म पत्रले चम्पाको सङ्घर्ष प्रेरणादाइ भएको र आफूले नविर्षने कुरा गरेबाट कथानक सकिएको छ।

   पुरूष प्रधान समाजमा नारीको संघर्षलार्इ विषयवस्तु बनार्इ लेखिएको यस कथामा मानिसले धेरै संघर्षहरू जीवनमा गरेको हुन्छ ।जीवनका दुःख पोख्न पाएको हुँदैन ।यदि दुःख पोख्न पायो भने उसको मन हलुका हुन्छ ।नारीको पीर र मर्कालार्इ नारीले नै बुझेका हुँदैनन् नारीका दुस्मन नारीनै बन्ने गर्दछन् ।त्यसैले पुरूषको हैकमी , विलासी र स्वार्थी प्रवृत्तिबाट पिडित नारीहरूलार्इ पुरूषको हैकमी प्रवृत्तिबाट मुक्त गराउनु पर्छ  भन्ने विचारका  साथासाथै नारीले नारीको समस्यलार्इ बुझ्नु पर्छ भन्ने बिचार यसकथामा पाउन सकिन्छ ।जीवनमा जस्तासुकै समस्या आएपनि त्यसको सामना गर्दै जानुपर्छ ।जीवन संघर्षशील छ ।त्यसैले कहिल्यहि पनि जीवनदेखि हार मान्नु हुँदैन ।भन्ने सन्देश यस कथाले बोकेको छ ।

 

 

 


शनिवार, 4 सितंबर 2021

पारिजात र उनको सिटीहलको एउटा बूढो ‘ज्यमी’कथाको वश्लेषण

 

पारिजात र उनको सिटीहलको एउटा बूढो ज्यमी’कथा

पारिजातको जीवनीगत परिचय

पारिजात


वास्तविक नाम – विष्णुकुमारी वाइवा

जन्म – १९९३,दार्जलिङ ,चिया बगान

मृत्यु – वि.सं. २०५० वैशाख ५

शिक्षा – बी .ए .

प्रथम कथा – मैले नजन्माएको छोरो (२०१०)

कथा सङ्ग्रहहरू – आदिम देश(२०५०) ,सडक र प्रतिभा(२०३२), साल्गीको बलत्कृत आँशु(२०३४) ,बधशाला जाँदा आउँदा (२०४५)

सम्मान तथा पुरस्कार – मदन पुरस्कार(२०२२) ,युगज्ञान पुरस्कार(२०३६) ,पाण्डुलिपि पुरस्कार(२०३९) गंकि बसुन्धरा पुरस्कार(२०३९)

पारिजातका कथागत प्रवृत्तिहरू

१.अस्तित्त्ववादी ,विसङ्गतिवादी तथा प्रगतिवादी जीवनदृष्टि,

२. बौद्धिक भाषा र चित्रात्मक शैली,
३. नारीचरित्रकेन्द्री प्रवृत्ति,
४.अन्तरमुखि दृष्ट्रि तथा शुक्ष्म कथावस्तुको प्रयोग

५. स्वाभिमानी स्वर,
६. विद्रोही चेतना,

७.सामन्ती ,शोषण र असमानताको विरोध,

८.सरल तथा सहज भाषाशैलीको प्रयोग हुनाको साथै कवितात्कता,

९.बिम्ब प्रतीकको प्रयोग,

शीर्षक

आफूले निर्माण गरेको सिटी हलभित्र हर्कबहादुर यानकि बुढो ज्यामी छिर्न नपाएको र उसको श्रमशोषण भएको  प्रसङ्ग जोडिएको हुनाले कथाको शीर्षक सान्दर्भिक देखिन्छ ।

कथाको शन्दर्भ

१.श्रमजिवीको अन्यायका विरूद्ध संगठन निर्माण हुनुपर्छ,

२. .श्रमजिवीले न्याय पाउनु पर्छ,

३. संगठनको  विद्रोहबाट यो सम्भव हुन सक्छ ,

पात्रहरू

म पात्र , हर्कबहादुर ,ठेकेदार ,इन्जिनियर ,ओभरसियर

 

कथाको विश्लेषण

अस्तित्ववादी तथा विसङ्गतिवादी कथाकार पारिजात(१९९३- २०५०) ले मैले नजन्माएको छोरो(२०१०) नामक कथा लिएर नेपाली कथा फाँटमा देखापरेकि हुन् । यिनको सिटीहलको एउटा बूढोज्यामी नामक कथा प्रगतिवादी कथा हो । यस कथामा कथाकार पारिजातले मजदुरहरूको समस्यालार्इ उजागर गर्दै उनिहरूको न्यायको लागि आह्रावान गरेकि छन् । यस कथामा कथाकारले मजदुरहरूको संगठन हुनुपर्ने रउनिहरूले आफ्नो न्यायको लागि आवाज उठाउँनुपर्ने गहन विषयवस्तु यस कथामा प्रस्तुत गरेकि छन् ।

 थोरै पात्रहरूको संयोजन गरि लेखिएको उक्त कथामा हर्कबहादुर कथाको प्रमुख पात्र हो । संवादात्मक शैलीमा लेखिएको यस कथामा सोझो र बुढो  ज्यामी कर्कबहादुर मजदुरी पेसा गर्छ ।जुन पेसाले उसलार्इ स्वाद अनुसारको खान र रहर अनुसारको लगाउँन  सपना जस्तै हुन्छ । उसले बनाएका बाटाहरूमा महङ्गा गाडी गुडाउनेको कुनै कमि हुँदैन तर उसका पैतला फाटेका छन्  । उसले बनाएका भवनहरूमा धनी महाजनहरूको बाँस हुन्छ तर उसको घाम पानी ओत्ने आवास हुँदैन। उसैले बनाएको सभा गृहभित्र काम नगरी बस्ने नेताहरूले  ठूला भाषण गर्छन् । बिभिन्न देशका विदेसीहरूले त्यो भाषण सुन्न त्यहा पुग्छन् तर उसैले बनाएको त्यो हलभित्र ऊ आफै भित्र छिर्न पाउदैन । त्यसकारण म पात्र ले उसले त्यहा भित्र छिरेर भाषण सुन्न र आफ्ना परिवारका सदस्यलार्इ सुनाउन पाउनु पर्छ ।उसलार्इ त्यहा सम्मान पुर्वक राख्नुपर्छ र सम्नित गर्नु पर्छ  यदि नराखिएमा उसले त्यो हल भत्काउने छेमता पनि उसमा भएको र आफू भित्रको छेमता नदेखेको अनि आवाज उठाउन नसकेको ले ऊ हेपिएको कुरा म पात्र द्वारा अभिव्यक्त भएको छ । उसकै श्रम बेचेर ठेकेदार, इन्जिनियरले सुखभोग गरेका हुन्छन् तर उसलार्इ न्युनतम ज्यालाको भरमा श्रम शोषण गरिरहेका हुन्छन् भन्ने बोध गराउँदै उसले लगाएको थोत्रो स्टकोटलार्इ एउटा नरकटमा अल्झाएर त्यहीँ गाडिदिने आफूजस्तै ठगिएका बुढाहरूलार्इ लिएर आउनु त्यो स्टकोटलार्इ कुनै मान्छेको तागतले ढाल्न सक्दैन भन्दै कथाकारले मजदुरहरूको तागत चिनाउने प्रयास गर्दै कथाको कथानक अन्त्य हुन्छ ।

 श्रम गरेर खाने श्रमिक वर्गहरू सधै अन्यायमा परेका हुन्छन् उनिहरूलार्इ थोरै मुल्यमा काम गराएर उनिहरूको रगत र पसिना बाठा मान्छेले लुटेका हुन्छन् ।श्रमीकको रगत र पसिना बाठाहरूले भरपुर प्रयोग गरेर उनिहरू धनी हुन्छन् तर श्रमजिवीहरू भने सधै श्रम मात्र गर्छन ।उनिहरूको भागमा न्याना लुगा ,पेटभरि खाना र टाउको लुकाउने बाँसपनि हुँदैन । त्यसकारण श्रमिक वर्गहरू जाग्नु पर्छ र आफ्नो अन्यायको विरूद्ध आवाज उठाउँनु पर्छ ।त्यसको लागि उनिहरू संगठित हुनुपर्छ भन्ने शन्देस यस कथाले बोकेको छ ।  श्रमिकहरूको भूमिका राष्ट्र निर्माणको लागि महत्त्वपूर्ण छ । उनिहरूले गर्दा नै राष्ट्रको विकास सम्भव भएको हो त्यसकारण उनिहरूको जीवनमा पनि सम्मानित हुने हक हुन्छ । उनिहरूको परिवारले पनि स्वतन्त्र पूर्वक खुसि साट्न पाउनु पर्छ ।आधारभूत आवस्यकताबाट उनिहरूलार्इ वन्चित गरिनु हुदैन ।श्रमको सहि मूल्याङ्कन हुन जरूरी भएको खुलासा यस कथाले गरेको छ ।

  शोषकहरूको विरोध गर्दै शोषित वर्गप्रति सहानुभूति प्रकट गरि लेखिएको यस कथामा न्याय नपाए बिद्रोह गर्नुपर्छ भन्ने सन्देस दिएको छ ।

 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...