गुरुवार, 26 अगस्त 2021

मनु ब्राजाकीको एकान्त। कथाकोविश्लेषण

 

एकान्त कथा

खास नाम – चेतमान सिंह भण्डारी

साहित्यिक नाम- 'सगर नासरत्य', 'हेमन्त हरि

जन्म -वि.सं. १९९९ साउन १९ गते महोत्तरी, औरही

मृत्यु – २०७४ माघ १९ गते पाटन अस्पताल

शिक्षा – र्इ . ए .

सम्मान तथा पुरस्कार

·         मैनाली कथा पुरस्कार(२०३९)

·         तिम्री स्वास्नी र म का लागि वि.सं. २०४६ को साझा पुरस्कार

·         वि.सं. २०४७को गङ्गालक्ष्मी पुरस्कार

·         आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार

·         अन्नपूर्ण भोज(२०७०) का लागि पद्मश्री साधना पुरस्कार(२०७०)

·         सुरभि आख्यान पुरस्कार-२०७१,

 

पहिलो रचना – वि. सं. २०१९ मा अञ्चल सन्देशमा भर्याङ शीर्षकको कविता

प्रकाशित कृतिहरू –

कथासङ्ग्रहहरू -अवमूल्यन, काशको फल,तिम्री स्वस्नी र म, भविष्य यात्रा , पारदर्शी मान्छे

गजलसङ्ग्रह- गजलगंगा,गोले त पोल्छ पोल्छ पानीले झन पोल्छ,काँडाका फूलहरू

गीत सङ्ग्रहहरू –सिउँडिको फूल,गीतको भङ्गालो

मनु ब्राजाकीका कथागत प्रवृत्तिहरू –

१सामाजिक यथार्थवादी,

२.मनोवैज्ञानिक,

३.प्रगतिवादी,

४.ञ्चलिकता,

५. वर्गीय दृष्ट्रिकोण,

६.सामाजिक तथा राजनैतिक विकृति र विसंगतिको चित्रण,

७ . राष्ट्रप्रेम,जातिप्रेम र स्वाभिमानी प्रवृत्ति,

८.परिमार्जित भाषाशैलीको प्रयोग,

९.निम्नवर्गीय व्याक्तिको कारूणीक प्रस्तुति


शीर्षक

एकान्त शब्द विशेषण हो ।यसको अर्थ सुनसान ठाउँ भन्ने हुन्छ । यस कथामा पात्रको छोरो वित्दा कृतिम सहानुभूति व्यक्त गर्न पुगेका भिडको कारण चर्पीमा मात्र उसले एकान्त ठाउँ पाउछ र त्यहा नै उसले आँशु झार्छ । यसरी कथाको प्रसङ्ग अनुशार शीर्षक उपयुक्त तथा सान्दर्भिक देखिन्छ ।

सन्दर्भ

१.मान्छेले दुःखमा साथ नदिने ,समस्यामा झनै समस्या थप्ने तर सान्त्वना दिने बहानामा मृत्यु पछि बिचरा भन्न र समवेदना दिन हतार गर्दै भिड लाग्ने प्रवृत्तिको यथार्थ प्रस्तुती,

२.व्याङ्यात्मक ढंगबाट मानिसको स्वार्थी र खुट्टा तान्ने प्रवृत्तिको चित्रण,

३.समस्या पर्दा समस्यामा साथ नदिने तर समाजलार्इ देखाउन नक्कली आँशु झार्ने ,औपचारिकताको लागि पिडित व्यक्तिलार्इ झन पिडामा लैजाने समाजको प्रस्तुति,

पात्रहरू

ऊ,उसको छोरो,उसकी स्वास्नी, शम्भु,डाक्टर , कम्पाउन्डर ,रामप्रसादकी स्वास्नी गौरी ,लालबहादुर घर्ती शङ्करदेव मास्टर देवलाल रामेश्वर

 कथाको विश्लेषण

बहुयामिक साहित्यकार तथा कथाकार मनु ब्राजाकी (१९९९-२०७४)सामाजिक  यथार्थवादी,मनोवैज्ञानिक र निम्न वर्गका व्याक्तिहरूको कारूणीक प्रस्तुती दिने कथाकारको एकान्त कथामा पनि यी विशेषताहरू पाउन सकिन्छ ।भर्याङ नामक कथा लिएर नेपाली साहित्यमा उदाएका यिनको एकान्त कथामा मानिस भित्रको अमानवीय प्रवृत्ति,स्वार्थीपन र अहङ्कार देखाउँदै उसको बाहिरी रूप जहा दया ,माया र करूणा देखिन्छ त्यो वास्तविक नभएर देखाटी मात्र हुन्छ  भन्ने यथार्थ अभिव्याक्ति दिने जमर्को गरेका छन् ।बाँचुन्जेज कुनै किसिमको सहयोग गर्न कोहि तयार हुँदैन ,व्याक्तिलार्इ पछाडिबाट खुट्टा तानेर अगाडि बढ्न दिइदैन ,विभिन्न किसिमका गाली गलोच गरिन्छ तर मृत्यु पश्चात त्यहि व्याक्तलार्इ प्रशंसा गरिन्छ ।यहि विषयवस्तुलार्इ कथामा उतारेर व्याङ्यात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।

   कथाको प्रारम्भ  ऊ पात्रको छोरो मर्न लागेको अवस्थाबाट भएको छ ।छोरोको मृत्युपछि ऊ पात्रको घरमा  समवेदना दिन गएका व्याक्तिहरूले जमातले घर भिडभाड हुन्छ ।समवेदना दिन जानेहरूमा शम्भु र च्यान्टेमा यौन जन्य भाव व्यक्त भएको पाइन्छ ।उनिहरू सन्तान गुमाएको पिडामा विलाप गरेकी स्त्री प्रति पनि गिध्दे नजर लगाउँन पुग्छन् । ऊ रून सक्दैन विचरा, कठै ,बरा जस्ता शब्दहरूको प्रयोग समवेदना दिन जाने व्यक्तिले गरेको पाइन्छ ।म सन्चै छु ,तपार्इंहरूलार्इ चिया तयार पारौ ?, तपार्इंहरूले प्रकट गर्नुभएको दुःख मैले ग्रहण गरिसकेँ भन्दै तिनिहरूलार्इ व्याङ्ग्या गर्छ ।छोराको उपचारमा लागेको खर्च तिर्ने क्षमता हुँदैन ।खोक्रो सान्त्वना दिएर औपचारिकता पुरा गर्न जाने शङ्करदेव, रामेश्वर, गौरी ,मास्टर देवलाल जस्ता पात्रहरूले ऊ पात्रको जीवनमा सधै कुभलो मात्र चिताउछन् । त्यहा उनिहरूको सहानुभूतिजन्य शब्दहरूले ऊ पात्रलार्इ असहिय हुन्छ ऊ चर्पीमा जान्छ चर्पीमा उसले शान्ती भेट्छ र बल्ल उसको आँखाबाट आँशु झर्छ ।यसरी एकान्त कथाको कथानकको अन्त्य भएको छ ।

         छोराको मृत्युमा छटपटाएको ऊ पात्रलार्इ एकातिर छोरो गुमाउनुको पिडा छ भने अर्कोतिर गरिवीले गाजेको उसलार्इ डाक्टरको फिस तिर्ने कसरी भन्ने पिडा छ ।हुर्कदै गरेको छोरो उपचारको क्रममा मर्नुको पिडा बाबु आमालार्इ हुन्छ आमाले सहन नसकि डाको छोडेर रोएपनि बाबुले अरूको अगाडि सहानुभूति बटुल्न चाहदैन।जसले छोरो बाँच्दा स्कुलबाट निकालिदिने ,गाली गर्ने ,पिट्ने जस्ता क्रियाकलाप गरेका थिए तिनिहरूको अगाडि दुःख देखाएर के गर्ने अर्को शान्त्वना दिने र मनमा मज्जा लिने दोहोरो चरित्र बोकेको समाज बाँचुन्जेल सहयोग गर्दैन तर मृत्यु पछि गुणहरू खोज्न थाल्छ यस्तो समाजमा बस्न भन्दा एकान्तमा बस्नु नै बरू ठीक हुन्छ ।मानिसमा हुने दोहोरो चरित्रले समाज गाजिएको छ ।यस्तो दोहोरो व्यवहार गर्ने चरित्र राम्रो होइन यसले कसैको पनि भलो हुँदैन यस्ता प्रवृत्ति बोकेका मानिसहरूबाट टाढै रहनु पर्छ भन्ने शन्देस यो कथाले बोकेको छ ।

 

 

 

 

 

 

 

 



सोमवार, 23 अगस्त 2021

लङ्का काण्डकथाको विश्लेषण

लेखक परिचय

डा. राजेन्द्र बिमल


जन्म – २००३ चैत्र १३ गते

जन्मस्थान - देवीचोक, जनकपुर

शिक्षा – विद्या वारिधि(भाषा विज्ञान)

     नेपाली , हिन्दी र मैथलीमा एम् .ए.

पेशा – प्राध्यापन

पहिलो कथा – पोष्टमार्टम(२०४६)

सम्मान तथा पुरस्कार – राष्ट्रिय प्रतिभा पुरस्कार,मिथिली विभूति सम्मान,जगम्बाश्री पुरस्कार

कथासङ्ग्रह -र्इ हमरे कथाथिक’(मैथिली भाषामा),राजेन्द्र विमलका कथाहरू(२०६२),समयका आँखा(२०६९)

कथागत प्रवृत्ति

१.    तिहासिक तथा पराणिक  विषयवस्तुलार्इ अँगालेर कथा लेख्नु,

२.    स्वतन्त्रता र मानव कल्याणका विषयमा वकालत गर्नु ,

३.    राष्ट्रिय एकताका वारेमा वाज उठाउँनु,

४.    नेपाली समाज र संस्कृतिलार्इ परिवेश वनाएर कथा लेख्नु ,

५.    समाजमा रहेका गलत घटनाहरूको विरोध गर्नु,

६.    राष्ट्रका उन्नतिको पक्षमा  कलम चलाउनु,

७.    नेपाली ,हिन्दी,मैथिली ,अंग्रेजी भाषामा कलम चलाउनु

शीर्षक

वाल्मीकिले लेखेको रामायण महाकाव्य(संस्कृतमा)मा २४००० हजार श्लोकहरू छन्।यसमा ७ अध्यायहरू छन् ।यसलार्इ काण्डका नामले चिनिन्छ ।जसमा

१.     बाल काण्ड - यसमा भगवान राम तथा उनकादाजुभाइहरूको जन्म र यौवन काल एवम् राम र लक्ष्मणका पराक्रमहरूको वर्णन गरिएको, सीताको स्वयम्बर र राम सीताको विवाहको वर्णन

२. अयोध्या काण्ड - रामको वनवास र दशरथको मृत्युको विवरण, भरतको दाजुप्रतिको भातृप्रेम

 ३.अरण्य काण्ड - रामले वनबासका क्रममा गरेका यात्राहरूको विवरण, रावणद्वारा सीता हरण

४.  किष्किन्धा काण्ड - राम र लक्ष्मणको हनुमानसँगको भेट, रामबाट बालीमाथि वाण प्रहार, शुग्रिब राजा घोषित

५. सुन्दर काण्ड - हनुमानको लङ्का यात्रा, सीतासँगको भेट

६. युद्द काण्ड(लङ्का काण्ड) - वानर र लङ्का सेनाको युद्द वर्णन् र राम-लक्ष्मणको पराक्रम

७. उत्तर काण्ड - सीताको अग्नि परीक्ष, रामको मृत्युवरण आदिका वर्णन

      यिनै मध्य युद्ध काण्ड((लङ्का काण्ड)लार्इ प्रतिकात्मक रूपमा यसको शीर्षक चयन गरिएको हो ।त्रेता युगमा लङ्कामा भएको युद्ध सत्य र असत्यका बिच भएको थियो ।यसै कुरालार्इ कथाकारले यस कथामा तादाम्य बनाएका छन् ।मदेश न्दोलनलार्इ सङ्केत गरि लेखिएको यस कथामा पनि पहिचानका लागि एक पसमा भएको फरक विचारका कारण निम्तिएको द्वन्द लङ्का काण्ड जस्तै थियो त्यसैले यो शीर्षक सन्दर्भ सार्थक देखिन्छ ।

सन्दर्भ-

समयका ँखा(२०६६) कथा सङ्ग्रहमा सङ्ग्रहित,

२.     राणिक सन्दर्भलार्इ सङ्केत गरेको,

३.      मधेस न्दोलन तर्फ सङ्केत गरेको ,

४.अखण्ड राष्ट्र,विभेध युक्त समाज र सामाजीक दायित्वको प्रत्याभूति गराउनु,

 

 

कथाका पत्रहरू

म(राम बहादुर),म पत्रको हजुरबा,मोतीलाल माडवारी,म पात्रको बाबु मन बहादुर, म पात्रकी मा मनतोरिया,म पात्रकी हजुर आमा लछ्मिनियाँ,गुरू गलफुला,नर्स,मोटे डाक्टर,लाल,लालकी आमा,फेकनी,मङ्गला,महन्थी बाबु,महन्थीका नातिहरू-ननटुन र टुनटुन,बिरिछिया ,भगतसिंह,कौशल ,गान्धी आन्दोलनकारी समूहहरू चौधरी सर

 


कथाको विश्लेषण

देशभक्ती,राष्ट्रिय   एकता, मानवता, स्वतन्त्रता,न्याय र समानताको खोजि आफ्ना साहित्य मार्फत गर्ने कथाकार राजेन्द्र विमल (२००३) पोष्टमार्टम(२०४७)बाट आफ्नो कथा यात्रा  सुरू गरेका थिए । विद्यावारिधि सम्मको औपचारिक शिक्षा हासिल गरेका विमल नेपाली ,हिन्दी , मैथिली र अंग्रेजी भाषामा ज्ञाता हुनुकासाथै कथा , कविता , गीत, गजल ,नाटक ,उपन्यास , समालोचना जस्ता विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यिक फाँटमा ठूलै योगदान पुर्याएका छन् ।समसामयिक विषयवस्तुलार्इ टपक्क टिपेर आफ्नो साहित्यमा समेट्ने विमलले पौराणिक ,ऐतिहासिक ,साँस्कृतिक जस्ता कुराहरूलार्इ पनि समेटेको देखिन्छ ।राष्ट्रिय प्रतिभा पुरस्कार ,जगदम्बाश्री  पुरस्कार ,मिथिला विभुति सम्मान लगायत विभिन्न सम्मान र पुरस्कारहरूद्वारा सम्नित विमल पेशाले प्रध्यापक हुन् । इ हमारे कथा थिक (मैथिली), राजेन्द्र विमलका कथाहरू(नेपाली ),समयका आँखा  जस्ता कथा सङ्ग्रहहरू प्रकाशित गरेका विमलको लङ्काकाण्ड कथा समयका आँखा नामक कथा सङ्ग्रहमा सङ्ग्रहित छ । राष्ट्रिय एकताको विकुल फुकिएको उक्त कथामा भौगोलिक ,जातिय, भाषिक ,लिङ्गिय ,वर्गिय विभेदका कारण निम्तिएका समस्यालार्इ प्रस्तुत गर्दै मानविय चेतनाको खोजि गरिएको देखिन्छ।

 पहाडि मूलका पिता र तरार्इ मूलकी आमाबाट जन्मिएको सन्तान र उसले भोग्नुपरेका पिडालार्इ उतारिएको उक्त कथामा ‘म’ पात्र वेहोस भएर अस्पतालको आपतकालिन ‘कक्ष’को ओच्छ्यानमा सुतेको र तीन दिन पछि होसमा आएकोबाट कथाको अरम्भ भएको छ । नर्स ,डाक्टर ,म पत्रकी हजुरआमा लछ्मिनियाँ ,म पात्रलार्इ पाठशालामा पढाउँने गलफुल्ला गुरू , बुवा मानबहादुर , आमा मनतोरिया ,ठूली आमा फेकनी ठूलाबा मङ्गला ,गाउँका जमिन्दार मन्थली बाबु ,म पात्रका सहपाठी साथीहरू ,जमिनदारका चम्चाहरू, जमिनदारका नातिहरू , चौधरी सर , आन्दोलनकारीहरू , आदि जस्ता बहुल पात्रको प्रयोग गरि लेखिएको उक्त कथामा ‘म’ मधेषे र पहाडे बीचको द्वन्दमा परेको छ । सानैमा आफ्नो बाबुको साथमा मधेष झरेका म पत्रका बाबु हुर्कदै गर्दा आफूसँगै खेल्ने मिल्ने बालसखा मनतोरिया जसकी आमाले उसलार्इ पनि छोराको स्थान दिएकि थिइन ।उसैसँग मनतोरियाकी आमाले बिवहा गराइदिइन ।समाजको तिरस्कार सहेर छोरिको खुसि खोज्ने मनतोरियाकी आमा लछ्मिनीयाले ‘म’ पात्र नातिलार्इ उत्साह पूर्वक हुर्काइ बढार्इ गरीन र प्यारो नाम ‘पहाडे’ ले पुकार्न थालिन । सानो छदा पहाडेको अर्थ नबुझेको ‘म’ पात्रले त्यहि पहाडे नाम र पहिरनले तिरस्कार खेप्नु पर्यो । उसलार्इ साथिभाइ , छरछिमेक सबैले तिरस्कार गर्छन । केहि हुर्कदै गर्दा उसकी ठूली आमाको निसन्तान काखमा सन्तान बनेर पुग्दछ । साहुका जडौरी लगाइदिएर ठूलीआमाले उसलार्इ मधेषी पहिरनमा उभ्याइदिएपछि उसलार्इ पहाडे नामले हेपाइ खानु पर्दैन र ऊ त्यसमै फूरूङ्ग हुन्छ ।साहुका घरमा उघ्रेको जुठो खानाले आफ्नो जीवनमा खुसी हुँदै आएको उसको जीवनले नयाँ मोड लिन्छ ।उसकी ठूलीआमा गर्ववती हुन्छे ।यसै दिनदेखि उसले अरू दुःख खेप्नु पर्छ । ठूलीआमा  र ठूलाबाले उसलार्इ मायाँ गर्न छोड्छन् ,चोर दोष लगाउँछन् ।भाइको आगमन सँगै आफ्नो स्थान सकिएपछि म पात्र पुन आफ्नै आमा बाबुको घरमा फर्कन्छ । त्यहि पढ्न थाल्छ । सरको पढार्इको प्रभावले ‘म’पात्र र उसको सहपाठी साथी गान्धी पहिरन र गान्धी विचारमा उत्रिन्छन् । म पात्र गान्धी पहिरनमा आफ्नो पहाडिया पहिचान टोपि थप्छ । हुल्यहाहरूले गान्धी विचारको फाइदा उठाइ वेसरी कुट्छन् । उता मधेष आन्दोलनमा भानुभक्तको शालीक ढाल्ने प्रयास हुन्छ । त्यसलार्इ रोक्न पुग्दापहाडेको आरोपमा ‘म’ पात्रलार्इ गोली लाग्छ ।विस्तारै उठेर अगाडी बढ्दा भानुभक्तको शालीक ढाल्नेका विरूद्ध पहाडेहरूले विद्धापतिको शालीकमा हमला गर्न पुग्छन् । म पात्रलार्इ रोकेको आरोपमा फेरि गोली खानु पर्छ । यहि सेरोफेरोमा कथाको कथानक अन्त्य भएको छ ।

 विभेद मूलक समाजको चित्रण गरिएको उक्त कथामा भुगोलको नाममा वर्गको नाममा ,जाती र धर्मको नाममा ,जनताहरू कसरी पिल्सिरहेका छन् भन्ने कुरा देखाउन खोजिएको छ । पुस्तौं पुस्ता देखि ठूला भनाउँदाहरूले समाजमा त्रास  फैलार्इ रहेका छन् । शोषक वर्गले सोझा र निमुखा वर्गलार्इ शोषण गरिरहेका छन् । राजनीतिका नाममा अराजकता फैलिएको छ । राजनीतिलार्इ नेताहरूले मागिखाने भाडो बनाउँदा जनताहरू त्यसमा पिल्सिन वाध्य छन् । कहिले पाटिको नामले कहिले भूगोलको र क्षेत्रको नामले त कहिले धर्मको नामले जनता जनता बीच विचलन र विद्रोह पैदा गराउने काम तिनै नेताहरूले गरिरहेका छन् ।ताकि आफू कुन तरिकाबाट  कुर्चिमा पुग्न सकिन्छ  । निहित स्वार्थ पुरागर्न सरल र सोझा जनताहरूको प्रयोग भइरहेको छ ।सँगै मिलेर बसेका, एउटै परिवार भएका व्याक्तिहरूलार्इ एक आपसमा लडाएर त्यहि मौका छोप्ने र आफ्नो स्वार्थ पुरागर्ने कार्यको अन्त्य हुनुपर्छ ।समाजमा एकता हुनुपर्छ । कुनै भेदभाव रहित स्तन्त्र जीवन यापन गर्न पाउनु हरेक व्याक्तिको अधिकार हो । सबैले आफ्नो अधिकार उपयोग गर्न पाउनु पर्छ । हिमालको हिउँ, पहाडको फापर र कोदो तथा तरार्इंको तोरी तथा धान यी एक अपसका परिपुरक हुनुपर्छ ।हिमालको मनोरम दृश्य हेर्ने पूर्ण अधिकार तरार्इंबासीको हुन्छ भने तरार्इको धान तोरी उपयोग हिमालबासीले गर्न पाउछन् । यी सबै आफन्त हुन् भन्ने सन्देश यो कथाले दिन खोजेको छ । राष्ट्रका विभुति जोगाइ राख्नुपर्छ भने भुगोल र पहिरनलार्इ आधार बनाएर एक अर्कामा भएको अपनत्व मेटाउने काम मूर्खता हो भन्ने सन्देश यस कथाले दिएको छ ।

    निष्कर्षमा भन्नुपर्दा राष्ट्रिय एकता ,सामाजिक भेदभावको अन्त्य र जनजागरणको विकास अपरिहार्य रहेको कुरा यस कथाले दिन खोजेको छ । जातिय ,वर्गीय ,धार्मिक , भौगोलिक भेदभावको अन्त्य गरि मानव एकता समृदि र विकासको बाटो खोज्नु आजको आवस्कता हो । विज्ञानको चमत्कारको दुनियामा विश्वसामू आफूलार्इ चिनाउनुपर्ने समयमा भाइ – भाइ विचमा लडार्इं गरेर आफ्नो र आफन्तको चित्त दुखाउनुको सट्टा राष्ट्र निर्माणको निमित्त एकजुट हुनुपर्छ भन्ने कुराको सङ्केत यस कथाले दिन खोजेको छ ।

म पात्रको चरित्र चित्रण

१.    हजुबा दोलखाबाट कामको खोजिमा मधेष झरेको ,बाबुले मधेष मूलकी केटीसँग विबाह गरि जन्मेको मधेषी आमा र पहाडी बाबुको सन्तान,

२.    मधेषी पहिचान धोती र पहाडी पहिचान टोपी लगार्इ पहाड र तरार्इ दुवैको सम्मान र संस्कृतिलार्इ जोगाएको ,

३.    तरार्इ र पहाड बीच युद्ध हुनु हुँदैन, एकता हुनुपर्छ भन्ने चाह बोकेका समस्त युवाहरूको प्रतिनिधि पात्र ,

४.    निम्नवर्गीय वालवालीका तथा युवाहरूले समाजमा झेल्नुपरेका समस्याहरूको प्रतिनिधित्व गरेको ,

५.    राष्ट्रिय विभूतिलार्इ जोगाउनुपर्छ ,राष्ट्रिय अखण्डता हुनुपर्छ भन्ने सन्देश बोकेको मुकपात्र,

परिवेश र भाषाशैली

परिवेश-

१.तरार्इ क्षेत्रसँग सम्भन्धित विशेषगरि नेपालगन्ज आसपासको क्षेत्र ,

२. दोलखाको उल्लेख,

३. तरार्इमा भएको मधेषवादी आन्दोलनको झल्को ,

४.तरार्इका चाड-पर्वहरूको चर्चा,

५.पुरातन शिक्षण पद्दतिको चित्रण,

भाषाशैली-

१.सरल ,सहज तथा प्रभाहमय भाषाको प्रयोग,

२.तत्सम शब्दहरूको प्रयोग,

३.तरार्इमा प्रयोगहुने स्थानिय शब्दहरूको प्रयोग,

४. पात्र अनुसार भाषिक शैलीको उपयोग ,

 

 

 

 

 










रविवार, 15 अगस्त 2021

ग्याँस च्याम्बरको मृत्यु कथाको विश्लेषण

ग्याँस च्याम्बरको मृत्यु कथा

कथाकार-मदनमणी दीक्षित

   
मदनमणी दीक्षित

कथाका पात्रहरू-

रेनता,बेनेडिक्टो,रेनताकी मा,रेनताका पिता,लङ्गडो,मेसिनगनवाला,किसान र्इमार्इ,फासिस्ट डाक्टर,काठे मानिस,बहुलाहा,युगोस्लाभ डाक्टर,खानी इन्जिनियर,हिटलर,हान्स स्पाइडेल,इकम्यान

कथाको सन्दर्भ

१.कसले जित्यो कसले हार्यो कथा सङ्ग्रहमा सङ्ग्रहीत,

२. दोस्रो विश्वयुद्धको तिहासिक घटनाक्रमको परिवेशलार्इ चित्रण गरिएको ,

३.हिटलरी फासिस्टवादको दानवीय प्रस्तुतिको चित्रण गरिएको 

४.अहङ्कार र क्रुरपनले मान्छे कतिसम्म दानवीय हुदोरहेछ भन्ने यथार्थ चित्रण

को हुन त हिटलर 



- पुरा नाम अल्फेड हिटलर 

-सन्१८८९अप्रिल २० मा स्ट्रेयामा जन्मिएका 

-सन् १९४५अप्रिल३०मा जर्मनमा मृत्यु(अात्महत्या)

 -जर्मनेली,

- राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीका नेता(नाजी)

 १९१९मा नाजीको सदस्यता 

१९२१ मा नेता 

१९२३ मा कु को असफल प्रयास र जेल चलान

 १९२४ मा जेल मुक्त

-क्रुर सासक,

- सन्१९३३-१९४५ सम्म जर्मनीका चान्सलर,

-सन्१९३४-१९४५ नाजी जर्मनीका सासक,

-नाजीवाद, दोस्रो विश्वयुद्धका केन्द्रीय पात्र ,


कथाको विश्लेषण

  यस कथामा कथाकार मदनमणी दीक्षितले दोस्रो विश्वयुद्दधको घटनालार्इ परिवेश वनाएर मानवतावादी भावनाको जागरण गरउने प्रयास गरेका छन्। कसले जित्यो कसले हार्यो (२०२१)नामक कथा सङ्ग्रहमा सङ्ग्रहित उक्त कथा तिहासिक कथा हो ।यस कथामा इकम्यान र स्पाइडेलका वैज्ञानिकले बनाएको बिजुलीको अवाल अर्थात ग्याँस च्यम्बर जहा सन् १९४१ देखि १९४५ सम्म निर्दोश ६० लाख मानिसलार्इ खरानी बनाइएको थियो ।उनिहरू बालक जो भोलिको सुन्दर सपना बटुल्न सक्थे,डाक्टर जसले लाखं मानिसलार्इ पुनरजन्म दिन सक्थे, किसानहरू जसले भोकाहरूका पेट भर्न सक्थे,कामीहरू जसले श्रम गरेर विकास गर्न सक्थे ती सबैलार्इ एकै ठाउँमा खरानी बनाइएको थियो ।भावन हराएका शरीर मात्र मान्छेको भएका मेसिनको जस्तो यन्त्रवतहरूले गरेको त्यो व्यवाहारलार्इ त्यहि मृत्यु वरण गर्न पुगेका रेनता र बेनेडिक्टोको प्रेम प्रसङ्गलार्इ यहा उतारिएको छ । रेनता क्रिश्चियन हुन्छे ।उसको प्रेमी बेनेडिक्टो यहुदी हुन्छ ।यहुदीलार्इ क्रिश्चियनले गरेको व्यवहार उसलार्इ मन पर्दैन ।उसको प्रेमीले अपेरामा भेट्ने प्रस्ताव राख्छ त्यहा यहुदी माथि अत्याचार हुने हुनाले त्यहा भेट्न अस्वीकार गरी बुढापेस्ट स्वाइरमा भेट्ने सल्लाहा गरेका थिए त्यहि सल्लाहा अनुशार फूलार्इ सोह्र शृङ्गार गरि प्रेमी भेट्न गएकी रेनता लगाएत २१० गज लामो सडकका सम्पूर्ण मानिसलार्इ गिरफ्तार गरियो ।यसको कारण भनेको बुढापेस्टमा अन्न घटेको र बजारमा अन्न नभएपछि नागरिकले उजुर गरेका र ती नागरिकलार्इ यहुदी,कम्युन्निस्ट र अन्डरग्राउन्डसँग मिलेको शंका थियो ।३दिन सम्म केहि खान नदिइ भोक र क्रन्दनले चिच्चाएकालार्इ झनै यातना दिदै त्यहाबाट रेलमा खाँदेर रूमानियाको अस्वाइसिममा लगि उनीहरूको शुन्दरतालार्इ कुरूप बनाएर एउटै च्याम्बरमा खरानी बनाएको तितो यथार्थलार्इ रेनताको चुल्ठो बोलेको दृश्यात्मक प्रस्तुतीका साथ कथामा प्रस्तुत गरी रेनता र बेनेडिक्टो अमर भएका उनिहरूको प्रेम अमर भएको त्यो ग्याँस च्याम्बर विश्वशान्ती म्युजियमका रूपमा रहेको र ती मानवता विरोधी फासिस्टहरूको चर्चा कतै नहुने र उनिहरूलार्इ कसैले नचिन्ने कुरालार्इ प्रस्तुत गर्दै मानवताको नै विजय हुने कुरा दर्शाउदै कथाको कथानको अन्त्य भएको छ ।

   विश्वमा भएका तिहासिक घटनाहरूमध्यको दोस्रो विश्वयुद्धलार्इ विषयवस्तु वनाएर लेखिएको यस कथामा मानवभित्र उत्पन्न अहङ्कारले भित्र पसुवत व्यबहारको जन्म हुन्छ ,मानवता हराएर जान्छ र केवल मान्छे मेसिन जस्तो बनिदिन्छ ।सत्ता र शक्तिले मान्छे अन्धो बन्छ ।सक्ति प्राप्त गर्नको लागी उसले जुनसुकै क्रियाकलाप गर्न पनि पछि पर्दैन तर तङ्क तथा हत्या हिंसा ले सासक मजबुत हुनाको सट्टा झनै कमजोर हुदै जान्छ र त्यसको विनास हुन्छ भन्नेकुरा यहा देखाइएको छ ।तङ्क मचाउदैमा सत्ता सधै फ्नो काबुमा हुन्छ भन्ने नसरङ्कुस सासकको हातमा सक्ति धेरै टिक्दैन एकदिन हार्नु पर्छ र जनताले कालो दिनका रूपमा लिने र त्यो  कालो दिनलार्इ विर्सन चाहने हुन्छन् । विश्वमा हुने यस्ता युद्ध मानवता विरोधी युद्धहरू हुन् ।त्यसले मानवता विरोधी व्यबाहार गरेको छ ।त्यस्ता युद्धहरू हुनु हुदैन भन्ने सन्देस दिदै प्रेम रमानवताको ह्रान यस कथामा गरेको पाइन्छ ।

 





नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...