बुधवार, 2 फ़रवरी 2022

व्यावहारिक लेखन

 





विज्ञापन 

      विज्ञापन भनेको जानकारी हो । कुनै कुराको जानकारीका लागि सर्वसाधरण जनता समक्ष माध्यम विज्ञापन हो । कुनै व्यक्ति , सङ्संस्था वा कार्यलय अादी क्षेत्रबाट अावस्यकता परिपूर्तिका लागि यसको प्रयोग हुन्छ । विज्ञापन  संञ्चार माध्यमबाट गरिन्छ । यसको भाषा सरल ,स्पष्ट,छोटो छरितो र अाकर्सक खालको हुनु पर्छ । 
 विज्ञापन दुर्इ प्रकारका हुन्छन्ः-
क. व्यवसयिक विज्ञापन
ख. अावश्यकतासम्भन्धी विज्ञापन
क. व्यवसयिक विज्ञापनः व्यापार व्यवसाय बढाउन लगानी कर्ताले लगानी गरेको बस्तुलार्इ बजार वा उपभोक्ताका बिच पुर्याउन उत्पादन वस्तुमा भएका विशेषताहरूलार्इ उपभोक्ताले लाभलिन सक्ने जानकारीसाथ प्रस्तुत गरिन्छ । धेरैले थाहा पाउन् भन्ने उद्देश्यले विज्ञापन निर्माण गरिने हुनाले यसको भाषा सरल,छोटो र अाकर्षक खालको हुन्छ । यसमा सुहाउदो चित्रका साथै उत्पादित वस्तुको प्रमाणिक चिन्हको पनि प्रयोग गरिएको पाइन्छ ।
व्यवसयिक विज्ञापननमुनाः




ख. अावश्यकतासम्भन्धी विज्ञापनः  यस्तो विज्ञापन सूचनात्मक प्रकृतिको हुन्छ ।यस्ता विज्ञापनमा सम्भन्धित संस्था,व्यक्ति वा कार्यलयले कुनै प्रयोजनको लागि प्रयोजन ,योग्यता,कागजात,प्राथमिकता,परीक्षाको प्रकृति र तलवमान खुलार्इ निर्माण गरिएको हुन्छ । 

सूचना

कुनै  कार्यलय वा राज्यको तर्फबाट सबैको जानकारीको लागि निकालिने सार्वजनिक सन्देश नै सूचना हो । यसमा कसैको व्यक्तिगत स्वार्थ जोडिएको हुदैन ।यसको भाषा सरल,स्पष्ट र छोटो हुनुपर्छ । 
नमुना


   सम्पादकलार्इ चिठी

पाठकद्वारा सम्पादकलार्इ सम्भोधन गरि लेखिने पत्रलार्इ सम्पादकलार्इ चिठी भनिन्छ ।पाठकले अाफ्नो धारणा ,गुनासो ,घटनाको यथार्थ  जानकारी  एवम् प्रतिक्रिया मध्य कुनै एउटा विषयलार्इ पाठकका तर्फबाट सम्पादकलार्इ सम्बोधन गरेर लेखिन्छ ।

नमुनाः 

सम्पादक ज्यु,                                                                                        मितिः
कान्तिपुर प्रकाशन
काठमाडौँ, नेपाल

विषय:…………….

महोदय,
…………………………….समस्याको परिचय दिदैं उठान गरि समाधानका उपाय पनि समावेश गर्ने………………………………………………………………………………………………………….
………………..

भवदीय
(लेख्ने व्यक्तिको नाम)
(लेख्नेको ठेगाना)


शुभामना,बधार्इ, श्रद्धाञ्रजली/ समवेदना

शुभामना,

सुख, शान्ति,समृद्धिको कामना गरेर लेखिने सन्देश सुभकामना हो । कुनै  चाड,समारोह,विशेष दिन अादिको अवसरमा प्रियजन,मान्यजन र शुभ-चिन्तकहरूले नजिकको व्यक्तिको मंगलको कामना यसमा गर्छन् । विशिष्ट किसिमको कार्ड छपाएर,पत्रिकामा छपाएर वा अन्य सञ्चारको माध्यमको प्रयोग गरेर शुभकामना अादान प्रदान गर्न सकिन्छ ।
 नमुना
जन्मदिनको शुभकामनाः
बुबालार्इ जन्मदिनको शुभकामना
हजुरले चाल्नुभएको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन
सु स्वास्थ्य दिर्घायु उच्च प्रगतिकाे हार्दिक मंगलमय शुभकामना छ |
जन्मदिनको लाखौं लाख शुभकामना छ

  विजयादशमीको हार्दिक शुभकामना:

                                                शुभकामना 

सबै भन्दा पहिले त सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा बडा दशै २०७८ को हार्दिक मंगलमय शुभकामना ।  सबै शुभ चिन्तक, अाफन्तजन तथा सम्पूर्ण मानवमा दुर्गा भवानीले  रक्षा गरून ।

                                                             सुमन बहादुर गरूङ

                                                               मलेसिया

बधार्इ,

कोहि व्यक्ति कुनै तहमा उत्तीर्ण, भए,कुनै सङ्संथाको नेतृत्व वहनगर्ने जिम्वारी पायो भने वा जीवनमा नयाँ प्रगति गर्यो भने त्यस्तो अवस्थामा बधार्इ दिएर सो व्यक्तिलार्इ अझ हैसला प्रदान गरिन्छ ।विभिन्न पत्रिकामा छपाएर ,पत्र पठाएर तथा अन्य सञ्चार माध्यमको प्रयोग गरेर बधार्इ दिन सकिन्छ ।
नमुनाः
                                             हार्दिक बधार्इ
 
                                                 फोटो
                      श्री पार्वती अधिकारी
 गणेशमान सिंह बहुमुखी क्याम्पस कलंकी काठमाडाैंमा क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा  सम्पूर्ण विद्यार्थी,अभिभावक, तथा सम्पूर्ण क्याम्पस परिवारको तर्फबाट हार्दिक बधार्इ ज्ञापन गर्दछैा ।


                                                                            गणेशमान सिंह बहुमुखी क्याम्पस
                                                                                  कलंकी, काठमाडाैं 
                                                                                           परिवार

श्रद्धाञ्रजली/ समवेदना

कसैकहाँ कोहि व्यक्तिको निधन भयो भने सहानुभुति जनाउन प्रयोग गरिने सन्देश श्रद्धाञ्जली / समवेदना हो । त्यस अवस्थामा दुर्इ किसिमको अभिव्यक्ति हुने गर्छ ।
क. मृत अात्माको चिर शान्तिको कामना
                 सम्भँन्भित मृत अात्माको लागि चिर शान्तिको श्रद्धाञ्जली  
ख. शोक सन्तप्त  परिवारजन प्रति समवेदना
पिरवारजन वा अाफन्त प्रति धैर्य धारणको क्षमता विकासको  लागी समवेदना प्रकट गरिन्छ । 
नमुनाः
हार्दिक श्रद्धाञ्जली एवम् समवेदना
 जन्म मितिः                                          मृतकको फोटो                                  मृत्यु मिति

यस संस्थामा लामो समयदेखि  अध्यापन गरिरहनु भएका हाम्रा परम मित्र मत्रलाल अमात्य ज्यु को मिति ...........मा असामहिक निधन भएको हुँदा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाको परिवार तथा अाफन्तजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछाै ।
                                                                                                गणेशमान सिंह बहुमुखी क्याम्पस
                                                                                                कलंकी, काठमाडाैं
                                                                                                         परिवार

व्याक्तिवृत्त

व्यक्तिको व्यक्तिगत विवरणलार्इ व्यक्तिवृत भनिन्छ ।व्यक्तिको व्यक्तित्व पहिचानको लागि अावस्यक जन्ममिति ,जन्मस्थान ,माता पिताको नाम लगाएत उसले हासिल गरेको योग्यता ,अनुभव तथा क्षमता जस्ता कुरा समावेश गरिन्छ । 
                   नमुनाः 
 नाम ः                          झमक घिमिरे
जन्मः                             वि.सं. २०३७ असार २१ गते 
जन्मस्थानः                    धनकुटा
पिताः                            कृष्णबहादुर घिमिरे
माताः                            अाशादेवी घिमिरे
शिक्षः                             स्वअध्यायन
 अभिरूचिः                    साहित्य
कृतहरूः                        मान्छे भित्रका यद्धाहरू, नाैलो प्रतिबिम्ब, जीवन काँडा कि फूल अादि
सम्मान तथा पुरस्कारः     मदन पुरस्कार ,क्षेत्रिय प्रतिभा पुरस्कार , अपाङ्ग प्रतिभा पुरस्कार अादि



















रविवार, 30 जनवरी 2022

गजल

 परिचय

गजल अरबी, फारसी ,हुँदै नेपाली साहित्यमा भित्रिएको काव्य विधा हो । मुख्यतय यसलार्इ फारसी स्रोतबाट उत्पत्ति भएको मानिन्छ । यसलार्इ अरबको गजल नाम गरेको व्यक्तिको प्रेमकथासँग पनि जोडेर हेर्नेगरेको पाइन्छ ।अरबी भाषामा को अर्थ वाणीको अर्थ नारी र अलको अर्थ को वा सँग हुन्छ  गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।

हिजो देशभक्ति तथा राष्ट्रप्रेमका भावहरूका साथै प्रकृति प्रेम ,परिवार तथा साथी र सामाजिक प्रेमका कुराहरू पनि यसका विषयवस्तु बन्न थालेका छन् ।मोतिराम भट्टले नेपाली साहित्य जगतमा यसलार्इ भित्र्याएका हुन् । काव्य विधाको एउटा स्वरूपको रूपमा यसलार्इ लिने हुनाले यसमा प्रसस्त भाव वा विषयवस्तु हुनाको साथै कल्पना, बिम्ब,प्रतिक र सङ्गितको प्रयोग गरिन्छ ।

 यसको अाफ्नै प्रकृतिको  सङ्चना हुन्छ ।त्यसलार्इ यसरी हेरिन्छ -

मिसरा -गजलको हरफलार्इ मिसरा भनिन्छ ।

 शेर - गजलमा प्रत्येक दुर्इ मिसरालार्इ शेर भनिन्छ । हरेक शेर अाफैमा एक स्वतन्त्र कविता हुन्छ ।शेरको माथिल्लो मिसरालार्इ मिसरा -ए - उला र तल्लो मिसरालार्इ मिसरा ए - सानी भनिन्छ।उल्लाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ । (उला +सानी  - शेर )

 काफिया – यो अन्त्यानुप्रास र रदिफ भन्दा अगाडिपट्टि उने अनुप्रासशब्दलार्इ बुझाउँछ ।

रदिफ – गजलको पहिलो शेर वा मतलाको दुवै पंतिको अन्त र अन्य शेरका दोस्रा –दोस्रा पंतिको अन्त्यमा भएको दोहोरिने शब्द वा पदावली नै रदिफ हो ।

      तखल्लुस- मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्। यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन।









रविवार, 14 नवंबर 2021

छन्द Follow बटनमा थिच्नुहोस् 👇👇👇.

परिचय

 छन्द शब्दको व्युत्पत्ति छदि संवरणे धातुमा इयसुन् प्रत्यय लागेर  र छदि अाह्रलादनेमा अच् प्रत्यय लागेर भइको हो । अघिल्लोको शाब्दिक अर्थ अाकाशले सबैतिर ढाँक्नु र पछिल्लोको शाब्दिक अर्थअानन्द दिनु हुन्छ । प्रस्तुत शन्दर्भमा अानन्द दिनु बढि उपयोगि हुन्छ । लयको नियमित र अनुशासित प्रस्तुति र त्यसले दिने अानन्दलार्इ  समग्रमा छन्दका रूपमा चिनिन्छ । छन्दलार्इ लय पनि भनिन्छ । छन्द सम्भन्धि पहिलो ग्रन्थ छन्दसूत्र हो । यसका लेखक अाचर्य पिङ्गल हुन् । उनी पूर्वीय छन्दशास्त्रका अादि अाचर्य मानिन्छन् । छन्द सम्भन्धि मान्यता पाश्चात्य साहित्यमा पनि रहेको देखिन्छ । अंग्रेजीमा यसलार्इ भर्स भनिएको छ । यो कविताको प्रण तत्व हो । कवितालार्इ अन्य विधाबाट छुट्याउने मूल अाधार छन्द र लय हो । 

        छन्दको अर्थ काँटछाँट भन्ने बुझिन्छ ।अर्थात वर्णहरूलार्इ काँटछाँट  गरेर नियममा बाँधेरअाकर्षण र मिठास ल्याउन सक्ने  क्षमता छन्दमा रहन्छ । यसले सबै मुक्त र तन्मय बनाउने गेयताको जाँदू गरेको हुन्छ । छन्दमा ह्रश्व दीर्घ वर्णको गडना हुन्छ । यसलार्इ गण पनि भनिन्छ । ह्रश्वलार्इ लघु भनिन्छ र यसलनर्इ (I) चिन्हले संकेत गरिन्छ । दीर्घलार्इ गुरू भनिन्छ र यसलार्इ (s) चिन्हले संकेत गरिन्छ ।

 छन्द शास्त्र अनुशार नेपालीमा ह्रश्ववर्णहरू - अ , इ , उ ,ऋ स्वर र तिनिहरूसँग मिलेर अाउने (क,कि, कु कृ अादी) लघु र दीर्घकारहरू र तिनीहरूसँग मिलेर अाउने  वर्णहरू गुरू मानिन्छन् । कविता रचना गर्दा ह्रश्व लेखिए पनि  दीर्घता जस्तो देखिए पनि ह्रश्व हुने केहिअवस्थाहरू यस प्रकार छन् ः-

१. संयुक्त अक्षर प्रयोग भएका शब्दहरूको  उच्चारणमा अघिल्लो ह्रश्ववर्णसँग पछिल्लो हलन्त वर्णपनि सँघै उच्चारण भएमा अघिल्लो वर्ण ह्रश्व भएपनि दीर्घ नै हुन्छ । जस्तैः- अन्धा, वक्ता , सक्छ अादिमा अ, व , स दीर्घ हुन् ।

२. संयुक्त व्याञ्जन भएपनि उच्चारणमा अघिल्लो वर्णले पछिल्लो वर्णलार्इ तान्न नसकेमा ह्रश्व नै हुन्छ । जस्तै ः- वोल्यो , उज्यालो,अध्यारो अादी 

३. अन्य, अन्याय ,अादी शब्दमा न् को द्वित्व उच्चारण हुने हुनाले यी शब्दमा अाएको सुरूको अ दीर्घ हुन्छ ।

४. हरेक पाउमा अन्तिम अक्षर ह्रश्व भएपनि दीर्घ हुन्छ र दीर्घ भएपनि दीर्घ नै हुन्छ । 

जस्तै ः-पढ्न तयारी छाैँ नाथ । 

    पार लगाउ करूणा साथ ।।

यस पंतिमा अाएका अन्तिमका दुर्इ थ दीर्घ हुन्छ । 

गण विचार

छन्दका लागि गणको सबैभन्दा मूख्य भूमिका रहन्छ । पिङ्गल शास्त्र अनुशार गण निर्माणको लागि यस्तो सूत्र छ ः- 
यमताराजभानसलगु
यस सूत्रका अनुशार छन्दमा यगण,मगण,तगण,रगण,जगण,भगण,नगण,सगण गरि अाठअाेटा गण र एउटा लघु तथा एउटा गुरू वर्ण हुन्छन् । उक्त सूत्र अनुशार ३/३अोटा अक्षरहरूका दरले गण गण छुट्याइन्छ । 
य - यमाता - Iss
म - मातारा - sss
त - ताराज - ssI
र- राजभा - sIs
ज - जभान -IsI
भ - भानस -sII 
न - नसल - III
स - सलगा -IIs 
ल - I
गु - s

अाधारभूत छन्दका तत्वहरू 

१.लयः- लयको शाब्दिक अर्थ गति हुन्छ । प्रकृतिमा पनि अाफ्नै किसिमको लय हुन्छ । समान गति नै लय हो । नियमित र व्यवस्थित संगितात्मकता वा उच्ारण वर्णको निरन्तरता लय हो । मात्रा मिलाएर छन्दमय भयोभने त्यो कवितामा लय हुन्छ । छन्दमा गलत स्थानमा विराम परे भङ्गको दोष लाग्छ  ।  लय कविताको (गीत) अान्तरिक भावावेग हो । यो छन्दसँग जोडिएको हुनाले यसलार्इ छन्दको तत्वको रूपमा लिइन्छ । 

२. यतिः- कविता वा गीत वाचन गर्दा जहा विश्राम हुन्छ  वा रोकिन्छ त्यसलार्इ यति भनिन्छ । छन्द अनुशार कवितामा विश्रामको स्थान अलग अलग हुन्छ । छन्द बन्नको लागि यतिको भूमिका पनि महत्वपूर्ण रहेको हुन्छ । कुन छन्दमा कहाँ यति हुनुपर्छ भनि तय गरिएको हुन्छ । 

३. चरणः- सामान्यतय पद्य कविताका सन्दर्भमा चार पंति मिलेर एउटा श्लोक बन्दछ । कवितामा रहेको त्यहि पंति वा हरफलार्इ नै चरण भनिन्छ । यसलार्इ पाउ पनि भन्ने चलन छ । छन्दयुक्त कवितामा निश्चित वर्ण,अक्षर वा मात्रा मिलाएर चरण निर्माण गरिने गरिन्छ । 

४. पंतिपुञ्ज / श्लोकः- श्लोक भनेको अनुच्छेद हो । गद्य विधामा अनुच्छेद हुन्छ भने कवितामा श्लोक हुन्छ । सामान्यतय चार पाउको एक श्लोक हुन्छ । तर कहिलेकाहि दुर्इ पाउको पनि एक श्लोक पाइन्छ । गद्य कवितामा पंति पुञ्जले चिनिन्छ ।यसमा यतिनै अक्षर ,वर्ण, मात्राको क्रमले  पंतिपुञ्ज हुनुपर्छ भन्ने मान्यता छैन । यसमा केवल एकै प्रकारको भावावेग ,कथन , अभिप्राय तथा अर्थगत एकता हुनुपर्छ । 

छन्दका प्रकार

१.शास्त्रीय छन्द

२.लोक छन्द

३.मूक्त छन्द

४.अागन्तुक 

१.शास्त्रीय छन्दः-

     संस्कृत काव्यशास्त्रद्वारा निर्धारण गरिएको छन्दलार्इ शास्त्रीय छन्द भनिन्छ । यसलार्इ पनि वार्णिक र  मात्रिक गरी दुर्इ भागमा विभाजन गरि अध्यायन गर्न सकिन्छ । 

क. वार्णिक छन्द

निश्चित वर्ण वा अक्षर संख्याको संयोग गरिएको छन्द वार्णीक छन्द हो । यसमा गण अनुशार लघु र गुरू मात्राको संयोग गरिएको हन्छ । वार्णिक छन्दका प्रकारहरू यसप्रकार छन्ः-

क. अनुष्टुप छन्दः-

अाठ अक्षरको एक पाउ हुन्छ ।

३३ अक्षरको १२ श्लोक हुन्छ । 

४ अोटै पाउमा छैटाै अक्षर गुरूहुन्छ ।

      प्रत्येक पाउको पाँचाै ह्रस्व छैटाै दीर्घ, पहिलो र तेस्रो दीर्घ दोस्रो र चाैथोमा साताै ह्रस्व हुनुपर्छ अरू अक्षर हस्व दीर्घ जे हुँदा पनि हुन्छ । 

ख.इन्द्रवज्रा छन्दः-

११ अक्षरको एक पाउ हुन्छ ।

पाँचाै अक्षरमा विश्राम हुन्छ ।

त         त            ज         गु        गु     गण

ssI     ssI            IsI          s       s

उदाहरणः 

 देखिन्छ यो कोमल कुञ्ज भित्र 

पूणोन्दुो शीतकला पवित्र

उल्टो अहो ताप बढेर अायो 

तृष्णा लिर्इ यो रसना रसायो       - नरेन्द्र चापागाइँ

ग. उपेन्द्र बज्रा छन्द ः-

११ अक्षरको एक पाउ हुन्छ ।

 पाँचाै अक्षरमा विश्राम हुन्छ ।

ज           त        ज        गु      गु       गण

  IsI        ssI    IsI       s       s

    

उदाहरणः 

जहाँ दुखेको  उहि लाग्छ चोट

विपत्तिमा हुन्छ सहृदय विछोड

जहाँ छ दुभिक्ष वहाँ छ भोक 

अभागले गर्छ अबोक थोक                    -     नरेन्द्र चापागाइँ

घ. उपजाति छन्द ः - 

११ अक्षरको एक पाउ हुन्छ ।

 पाँचाै अक्षरमा विश्राम हुन्छ ।

.इन्द्रवज्रा छन्द र उपेन्द्र बज्रा छन्दका पाउ मिल्छन् ।

उदाहरणः 

म वालुवामा नवरङ्ग दिन्छु 

पाषणमा धड्कन एक दिन्छु

नैवल ने मञ्जुल कुञ्ज दिन्छु 

वैशाखलार्इ मदिरा म दिन्छु                    - वासुदेव त्रिपाठी

ङ. वंशस्थ छन्दः-

१२ अक्षरको हुन्छ ।

पाँचाै अक्षरमा विश्राम हुन्छ । 

ज             त                 ज              र      गण

 IsI        ssI                IsI               sIs 

उदाहरणः 

कहाँ छ जानु कुन साथ लीकन

तलार्इ मालुम छ कि यो कुरा मन                    - लेखनाथ पाैड्याल   

च. भुजङ्ग प्रयातः-

१२ अक्षरको हुन्छ ४ वटा यगण हुन्छन् ।

३ - ३ अक्षरमा विश्राम हुन्छ । 

य             य                य                य      

 Iss         Iss              Iss              Iss  

उदाहरणः 

उता लोक रून्छन् जलेको छ वस्ती 

यता राज तेरो सधै मोज मस्ती

झनै वाँध्न खोज्छस् ममा दासताले 

निरङ्कुसतामा छ संवेदना के ?      - चन्द्रप्रसाद न्याैपाने ( छन्द कुञ्ज)

छ. वसन्त तिलका छन्दः-

१४अक्षरको हुन्छ। 

८ अक्षरमा विश्राम हुन्छ। 

त                भ                    ज                   ज          गु             गु         गण

 ssI          sII              IsI                     IsI        s                  s

उदाहरणः 

मनले सदा मत ध्यान गर्छु

मुखले सदा हजुरको स्तुतीपाठ गर्छु

हातले सदा मत काम गर्छु

शिर्ले सदा हजुरको दुर्इ पाउ पर्छु ।               -    वैजनाथ न्याैपाने( श्रीकालीको प्राथना)

ज. शिखरणी छन्दः-

१७अक्षरको हुन्छ। 

११अक्षरमा विश्राम हुन्छ। 

य                    म                    न                स                    भ         ल                    गु       गण

Iss               sss                   III                  II s                 s II           I                    s

उदाहरणः 

म खाउँ ,मै लाउँ ,सुख सयल वा मोज म गरूँ

म बाँचू , मै नाचूँ, अरू सव मरून दूर्वलहरू 

भनी दाह्रा घस्ने अबुझ सठदेखी छक्क परी

चिता खित्का छोडीअभयसित मरीमरी ।                    लेखनाथ पाैड्याल( तरूण तपसी)

झ. मन्दाक्रान्त छन्दः-

१७ अक्षरको

४, ६ अक्षरमा विश्राम

म             भ                   न                  त                    त               गु               गु            गण

 sss          s II              III                ssI                    ssI              s                  s 

उदाहरणः 

मेरो शिल्पी यस सकलमा स्वस्थ अाकार दे

याैटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।              माधव प्रसाद घिमिरे( काली गण्डकी)

ञ. शार्दूल विक्रिडित छन्दः-

१९ अक्षरको

१२अक्षरमा विश्राम

उदाहरणः 

एेना भित्र सफागरी  हृदयका अाँखा  उघार्यो भने 

यो सामाजिक भेदभाव कुहिरै टाढा लघार्यो भने 

दैवी सम्पत्ति एकनास छ सबै हिरा तथा पत्थर

इच्छामा सब गर्छ निर्भर यहाँ तितो मिठो के छ र ?

ख. मात्रिक छन्दः-

क.चाैपार्इछन्दः- 

१६ अक्षरको ४ पाउ

८-८ अक्षरमा विश्राम 


हरेक पाउको अन्तिम दुर्इ अक्षर दीर्घ हुन्छन् । 

उदाहरणः 

प्रजातन्त्र यो जसरी अायो 

जसरी जनता छाप लगायो 

उसरी अहिले काम नगर्दा 

उल्टियो फेरी शोषण पर्दा                      -   माधव वियोग

ख. दोहा छन्दः-

पहिलो र तेस्रो हरफमा तेह्र तेह्र मात्रा

दोस्रो र चाैथो हरफमा ११, ११ मात्रा

जम्मा ४८ मात्रा हुने छन्द दोहा छन्द हो । 

उदाहरणः 

छिन छिन सिक्दै गर्यो 

ज्ञान मिल्छ अपार 

एक एक थपिदै गए 

बन्न सक्छ हजार            - चन्द्रप्रसाद न्याैपाने

ग. अार्य छन्दः-

पहिलो पाउमा र तेस्रो पाउमा १० मात्रा

दोस्रो पाउमा १८ मात्रा

चाैथाो पाउमा १५ मात्रा गरी जम्मा ५७ मात्रा भएको छन्द अार्य छन्द हो ।

उदाहरणः-

अाकाश गड गड गर्छ 

फेर्दछ छातीको घमण्ड घैला 

धरती बीच चुहिदैछ 

तप्प तप्प जलको मैला               - माधव वियोगी

ग . जातीय छन्दः-

क . झ्याउरे छन्दः-

लोक लय 

गीत लयमा वग्दछ । 

मात्रा अथवा वर्णमा समानता देखिन्छ । 

वार्णीक छन्द हो । 

१६ अक्षरमा पुरा हुने वा भन्दा र गाउँदा मिल्ने 

प्रत्यक पाउँमा १६ अक्षर ५-५ अनि ६ मा विश्राम हुन्छ । 

उदाहरणः-

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन 

मानिस ठूलो दिलले हुन्छ जातले हुदैन             - लक्ष्मीप्रसाद देवकोटा

ख . सवार्इ छन्दः- 

मध्य युगिन काव्य परम्परामा प्रचलित 

वार्णीक गण वृत

व्रज भाषाको उत्पती सँगै उत्पती भएको 

प्रत्यक पाउमा १२ , १३ वा चाैथो अक्षर भएको र पाँचाैमा विश्राम

दुर्इ प्रकारका सवार्इ            - गणात्मक

                                              - लयात्मक   -     प्राकृत र अपभ्रंश कालका छन्दको तालमा

यतिक्रम  - १० , ८, १४ मात्रा

पछि   - १६ ,१६

पुरा भन्दा एक चाैथार्इ बढी , पढ्ने वेला अन्तिम चरण

फेरी एक पटक पढ्ने अाधारमा  - यसको नाम सवार्इ भएको 

रूवार्इ  - उर्दु  - फारसीमा तरना

४ पंतिको मूक्तक

दोस्रो र चाैथो पंतिको रदिफ र काफिया एउटै

तेस्रो पाउ स्वतन्त्र प्रकृतिको हुन्छ 

हजार छन्द बिधान

पहिलो पंतिमा विषय उठार्इन्छ, दोस्रो र तेस्रोमा विस्तार चाैथोमा सार तत्व प्रस्तुत

चाैथो पाउँ बढि प्रभावकारी

नैतिक विषयलार्इ उजागर गरिएको 

हार्इकु - 

जापानी शैली 

जम्मा तीन हरफ

१७ अक्षर

पहिलो पंति  - ५ हरफको 

दोस्रो  पंति - ७ हरफको 

तेस्रो पंति - ५ हरफको 

सिङ्गो भाव ,विचार र कल्पनाको प्रस्तुती 

मूक्त छन्द - गद्य लय

भजन  -  र्इश्वरको स्तुती

अागनतुक        - गजल  - फारसी वा उर्दु

                                         - नारीसँग प्रेमको कुरा 

                                          - संसारीक प्रेम

                                       - प्रत्येक शेर पूर्ण र स्वतन्त्र

                                   - विषयको वहन ,गहन र प्रभावकारी 

                                   - यथार्थ

                                    - उपमा र रूपक अलङ्रकार 

                                  - तुरून्तै वोलीमा उतार्न सकिने 

                                 - सरल र सुवोध्य  




रविवार, 3 अक्टूबर 2021

उपन्यास सिद्दान्त

उपन्यास सिद्दान्त

परिचय

। साहित्यको ख्यान विधा अन्तरगत पर्ने उपन्यास एक नवीन,बिशाल तथा सशक्त विधा हो । यसमा जीवन र जगत्को समग्र पक्षलाई आख्यानात्मक स्वरूप प्रदान गरिएको हुन्छ  उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अबाट भएको मानिन्छ । यसको अर्थ नजिक राख्नु  हुन्छ । अङ्ग्रेजीमा यसलाई नोभल भनिन्छ । नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ' महाभारत विराट् पर्व ' बाट भएको मानिन्छ  यो नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यमा नै अत्यन्त लोकप्रिय विधाका रूपमा रहेको पाइन्छ ।

परिभाषा

          उपन्यास जीवनको वैयक्तिक र प्रत्यक्ष प्रतिविम्ब - हेनरी जेम्सले

          .   उपन्यास मानव अनुभवको निरूपण हो, चाहे त्यो यथार्थहोस् वा आदर्श तर उपन्यासमा अनिवार्यतः जीवनको आलोचना रहन्छ ।- हर्बट मुलर

           उपन्यास मानवजीवनकै सम्पूर्णताको अभिव्यक्ति हो। - कृष्णचन्द्रसिंह प्रधानले

           कुनै शाश्वत मानवीय मर्मको अविस्मरणीय कलात्मकताले नै उपन्यासलाई महान् बनाउँछ ।- वासुदेव त्रिपाठीले

           मानवजीवनको विस्तृत पक्ष र सम्बद्ध परिवेशको प्रस्तुति नै उपन्यास हो ।- हिमांशु थापाले

          मानवीय जीवनको चित्रण गर्ने विशालकाय आख्यानात्मक गद्यसंरचनालाई उपन्यास  भनिन्छ।- मोहनराज शर्माले

          पूर्वापर तारतम्यमा सुसम्बद्ध गरेर लेखिएको आख्यानात्मक रचनालाई उपन्यास भनिन्छ ।- राजेन्द्र सुवेदी

 यी परिभाषाहरूलाई हेर्दा उपन्यासमा यथार्थ र काल्पनिक जुनसुकै कथावस्तु भए पनि जीवनको समग्रतालाई समेट्नुपर्ने, भावको प्रभावकारिता हुनुपर्ने, पात्र र परिवेशको स्वाभाविक सन्तुलन हुनुपर्ने र भीमकाय आयातन वा संरचना हुनुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा आकारगत रूपमा विस्तृतको, विषयगत रूपमा जीवन र जगतको समग्रताको प्रतिनिधित्व गर्न सक्ने र भावगत रूपमा प्रभावकारी एक वा अनेक घटनाहरूको विन्यास नै उपन्यासको चिनारी हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।


नेपाली उपन्यासको विकासक्रम

 


नेपाली साहित्यमा अन्य विधाहरुका तुलनामा उपन्यास विधाको सुरूत निक्कै पछि मात्र भएको हो । उपन्यास आख्यानात्मक विधा भएकोले नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ' महाभारत विराट् पर्व ' बाट भएको मानिन्छ । यसलाई तीन खण्डमा बाँड़ेर हेर्न सकिन्छ !

१. प्राथमिक काल ( वि.सं. १८२७ -१९४५ )

२. माध्यमिक काल ( १९४६ - १९९० )

३. आधुनिक काल (१९९१ - हालसम्म )

प्राथमिक काल ( १८२७ - १९४५ )

 

शक्तिवल्लभ अर्यालको ' महाभारत विराट पर्व '( १८२७) बाट नेपाली अख्यान परम्पराको सुरूआतसँगै उपन्यासको सुरूवात भएको मानिन्छ । यसकालमा 'महाभारत विराटपर्व ' पछि अन्य आख्यानात्मक कृतिहरुमा भानुदत्तको ' हितोपदेस मित्रलाभ '( १८३३), शक्तिवल्लभको ' हास्यकदम्व '( १८५५), भवानीदत्त पाण्डेको ' मुद्रराक्षस '( १९६८ ),रामचन्द्र पाध्याको ' लक्ष्मी धर्मसंवाद ' (१८५१) गंगाप्रसाद प्रधानको ' नेपाली बाइबल ' १९४० आदि उल्लेखनीय छन्।

यस कालका पन्यासिक प्रवृत्तिहरू

१.       यसकालमा देखापरेका यी कृतिहरु विशुद्ध औपन्यासिक कृति नभएर आख्यानात्मक कृति मात्र हुन् ।

२.       यी कृतिहरु धेरैजसो संस्कृत र केही मात्र अंग्रेजी भाषावाट अनुवाद गरिएका छन् ।

३.        यसकालमा मौलिक कृतिहरु देखा परेका छैनन् ।

४.        मनोरञ्जनात्मक ,राजनीतिक ,सामाजिक ,नैतिक एवं धार्मिक भक्तिभाव यी उपन्यासमा व्यक्त भएका छन् ।

५.        समग्रमा यस कालका कृतिहरु शिल्पगत प्राप्तिमा भन्दा आख्यान - कथनमा बढी केन्द्रिय छन् !

माध्यमिक काल ( १९४६ - १९९० )

 

बि.सं.१९४६ मा शिवदत्त शर्माद्वारा अनुदित  बिरसिक्का (१९४६) प्रकाशित पछि वि.सं.१९९० सम्मको अवधीलार्इ नेपाली उपन्यासको माध्यमिक कालको रूपमा हेरिन्छ ।उर्दु - फारसी साहित्यको रोमाञ्चकारी प्रवृति सहित देखापरेको ' बिरसिक्का ' पछि अज्ञात लेखकको ' बेताल पच्चीसी ' (१९५२) ,नरदेव पाण्डेको ' नलोपाख्यान ' (१९५६) ,सदाशिव शर्माको ' महेन्द्र प्रभा' (१९५९) , चन्द्रकान्त ' (१९५६) ,नरेन्द्र मोहिनी (१९५८) , गिरिशबल्लभ जोशीको ' बीर चरित्र '( १९६०) आदि पन्यासिक कृतिहरू देखापरे ।

वि.सं.१९५८ बाट गोर्खापत्रको प्रकाशन सँगै जासुसी ,तिलस्मी उपन्यासहरु पनि देखा परे ।  ' सुन्दरी पत्रिकामा प्रकाशित मधुवाली (१९६३) , 'सुन्दरी भूषण ' (१९६३) उपन्यासहरु लगाएत पदमनाथ सापकोटाको 'डा .सूर्यप्रसाद ' (१९७२) ,पहलमानसिंह स्वाँरको 'एक लाख रुरियाँको चोरी ' (१९७२) र प्रतिमानसिंहको लामाको ' महाकाल जासुस ' १९७५ आदि कृतिहरु पनि महत्वपूर्ण मानिन्छन् ।यस समयमा चिरञ्जीवी पौड्यालको प्रेमसागर (१९४७) ,नरदेव पाण्डेको 'मेरिना चरित्र ' (१९५९) ,तीर्थप्रसाद अर्यालको ' बेदान्तसार '( १९६०) ,ऋद्धिबहादुर मल्लको 'शर्मिष्ठा '( १९८५ )जस्ता धार्मिक र नैतिकतासंग सम्बन्धित उपन्यास तथा द्वारिकानाथ उपाध्यायको 'यमपञ्चक ' १९६३ ,बैजनाथ सेंढाईको 'चक्र परिक्रमा ' (१९७३) , ,पहलमानसिंह स्वांरको 'पदमकुमारी '( १९७४) ,वेदनाथ आचार्यको 'दायकी, भावी ' (१९७९ ),महानन्द सापकोटाको ' त्रिवेणी ' अम्बालिका देवीको ' राजपूत रमणी ' (१९८९) आदि सामाजिक सुधारका भावनाले प्रेरित उपन्यासहरु निर्माण भएको पाइन्छ।

यस समयका प्रवृत्तिहरू

१.यतिवेला मूलत : उर्दू-फारसी साहित्यबाट प्रेरित ,प्रवृतिगत दृष्टिले तिलस्मी र जासुसी, रोमाञ्चकारी कल्पना ,अद्भूत वर्णन ,मानव र मानवेतर पात्रको प्रयोग ,अस्वाभाविक र अतिरञ्जनात्मक घटनाको वर्णन भएका छन् ।

२. केही धार्मिक र सामाजीक सुधारात्मक उपन्यासको पनि रचना भएको पाइन्छ ।

३.  अनुवादका अतिरिक्त केही मौलिक कृतिको रचनाको साथै नेपाली परिवेश र नेपाली चरित्रलाई लिएर उपन्यासको रचना गर्ने काम भएको पाइन्छ ।

 

आधुनिक काल ( १९९१ - हालसम्म )

नेपाली उपन्यासको आधुनिक काल रुद्रराज पाण्डेको ' रुपमती ' (१९९१) को प्रकाशनसंगै भएको मानिन्छ । यसले आदर्शवादलाई पूर्णत : त्याग गर्न नसकेको भए पनि माध्यमिक कालीन प्रवृतिलाई त्याग गरी बिषयवस्तु शैली तथा संवादमा स्वभाविकता र यथार्थता प्रदान गरेको छ । यस समयमा थुप्रै धारा तथा प्रवृतिहरु दैखापरेका छन् जसलाई निम्नअनुसार चर्चा गर्न सकिन्छ :-

आदर्शोन्मुख यथार्थवादी धारा

नेपाली समाजको चित्रण गर्दै आदर्शप्रेरित चरित्रलाई लिएर ' रुपमती ' (१९९१) उपन्यास देखा परेपछि दर्शोन्मुख यथार्थवादी धाराको सुरुआत भएको हो ।सामाजिक एवं पारिवारिक समस्यालाई प्रस्तुत गर्दै समाधानका लागि आदर्शवादी स्वर दिनु यस धाराको प्रवृतिगत विशेषता हो । रुद्रराज पाण्डेको 'रुपमती ' (१९९१) , चप्पाकाजी (१९९३) ,प्रायश्चित (१९९३) ,प्रेम (२००५) ,लगायत यस धारामा देखापर्ने अन्य उपन्यासकार र उपन्यासहरु काशीबहादुर श्रेष्ठका 'उषा '( १९९५) ,वचन (२००१) ,टुकराज पदमराज मिश्रका ' राजबन्धकी '( १९९६) र रामकृष्ण कुँवर राणा (१९९९) ,शोभाचन्द्र उपाध्यायको ' पाटलीपुत्र '( २००३) ,सुरेन्द्रबहादुर शाहको 'पारिजात ' (२००३) मोहनबहादुर मल्लको ' समयको हुरी ' (२०१५) आदि रहेका छन् ।

स्वच्छन्दतावादी धारा

नेपाली साहित्यको उपन्यास विधामा स्वच्छन्दतावादी धाराको सुरुआत रुपनारायण सिहंको ' भ्रमर ' (१९९३ )उपन्यासबाट भएको हो ।यथार्थ वर्णनबाट पर रहेर प्रकृति ,प्रेम ,कल्पना ,ईश्वरीय शक्ति ,आदिलाई बिषयवस्तु बनाएर त्यसलाई आलङ्गरिक भाषाका साथ सौन्दर्यपूर्ण तरिकाबाट वर्णन स्वच्छन्दतावादका मूल प्रवृति हुन् ।

रुपनारायण सिंहको 'भ्रमर ' का साथै मोहनबहादुर मल्लको 'उजेली छायाँ ' (२००८) अच्छा राई रसिकको 'लगन ' (२०१२) र दोभान (२०१२) , शिवकुमार राईको ' डाकबंगला ' (२०१४) र तुलसीराम कुँवरको ' जीवन ' (२०२०) ,कृष्णसिंह मोक्तानको 'अशेष यात्रा '( २०२१) , प्रियादर्शीको 'पोखिएको जिन्दगी ' (२०२८) ,हिरण्य भोजपुरेको 'छिटोन ' (२०५४) आदि यस धाराका उपन्यासहरु हुन् ।

सामाजिक यथार्थवादी धारा

निम्नवर्गीय सामाजिक जीवन र आर्थिक संघर्षलाई बिषयवस्तु बनाएर समाज जस्तो छ त्यस्तै चित्रण गर्ने प्रवृति भएका उपन्यासहरु सामाजिक यथार्थवादी धाराका उपन्यासहरु हुन् । नेपाली उपन्यास परम्परामा पूर्ववर्ती धाराका आदर्श र रोमान्टिक प्रवृतिलाई परित्याग गरी यस धाराको लेखन प्रारम्भ भएको देखिन्छ । यस धाराका सुरुआत लैनसिंह बाङ्देलको 'मुलुक बाहिर ' (२००४) बाट हुव्छ ।बाङ्देलको 'मुलुक बाहिर ' का अतिरिक्त उनकै अर्को उपन्यास 'माइतघर ' (२००७) ,लीलबहादुर ,क्षेत्रीका 'बसाई ' (२०१४) र 'ब्रह्मपुत्रको छेउछाउ (२०४३) ,लीलाध्वज थापाको 'मन ' (२०१५) , शंकर कोइरालाको 'खैरेनी घाट ' (२०१८) ,दौलतविक्रम विष्टको 'एक पालुवा अनेकौ याम ' (२०२६) ,भवानी भिक्षुको 'आगत ' (२०३२) ,आदि यस धाराका उपन्यासहरु हुन् ।

प्रगतिवादी धारा

प्रगतिवाद मार्क्सवादी जीवन - दृष्टिका आधारमा समाजका समग्र पक्षको बिश्लेषण गर्ने साहित्य सिद्धान्त हो । समाजका निम्नवर्गीय पात्र र तिनका आर्थिक क्रियाकलापलाई बिषयवस्तु बनाएर तिनलाई द्वान्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गर्ने उपन्यासहरु प्रगतिवादी उपन्यास हुन् ! परम्परागत धार्मिक नैतिक मान्यताप्रति बिद्रोह ,बैचारिक संघर्ष र क्रान्तिकारिता ,परम्परागत सामाजिक बनोट र मान्यताप्रति कटु आलोचना आदि यस धाराका प्रमुख प्रवृति हुन् ! नेपाली साहित्यमा यस किसिमको स्वर एवं प्रवृत्तिसहित देखापरेका पहिलो नेपाली उपन्यास ह्रदयचन्द्रसिंह प्रधानको ' स्वास्नीमान्छे ' (२०११) हो ।यस धाराअन्तर्गत 'स्वास्नीमान्छे ' का अतिरिक्त ह्रदयचन्द्र प्रधानको अर्को उपन्यास 'एक चिहान ' (२०१७) लगायत खड्गबहादुर सिंहका ' बिद्रोह भाग १ र २ ' (२०११-२०१३) ,दौलतविक्रम विष्टको 'मञ्जरी ' (२०१६) , भोक र भित्ताहरु (२०३८) ,ताना शर्माको 'झेल पर्दा ' (२०२६) ,डी.पी.अधिकारीको आशमाया (२०२५) ,पारिजातको महत्ताहीन (२०२५) ,अनिँदो पहाडसँगै (२०३९) , खगेन्द्र संग्रौलाका चेतनाको पहिलो डाँक (२०२६) ,जूनकीरिको गीत (२०५७) ,रमेश विकलको अविरल बग्दछ इन्द्रावती (२०४०) ,भाष्करका बन्दी आवाज (२०४३) ,हाडिका कनिका (२०४५) ,अमरवस्ती (२०५३) आदि यस धाराका उपन्यासहरु हुन् ।

मनोबैज्ञानिकवादी /मनोविश्लेषणवादी धारा

मानिसको मनका भावावेगहरुलाई बिषयवस्तु बनाई लेखिएका उपन्यासहरु मनोबैग्यानिक उपन्यास हुन् । यस धारा अन्तर्गत मान्छेका चेतन ,अर्धचेतन र अचेतन तहका साथै यौनजन्य चाहना आदिवारे विश्लेषण गरी लेखिएका उपन्यासहरु यस धाराअन्तर्गत आउँछन् । व्यक्तिका मनभित्रका यथार्थको वर्णन मात्र नभएर त्यसका सूक्ष्मतम पक्षहरुको विश्लेषण गर्ने उपन्यासहरुलाई मनोविश्लेषणवादी भनिन्छ । नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल 'गोठाले 'को 'पल्लोघरको झ्याल ' (२०१६) बाट यस धाराको सुरुआत भएको हो ।नेपाली साहित्यमा यस धाराको उत्तरोत्तर विकासका क्रममा विजय मल्लको "अनुराधा " (२०१८) र कुमारी शोभा (२०३९) ,विश्वेश्वरप्रसाद कोइरालाका 'तीन घुम्ती '( २०२५) ,नरेन्द्र दाइ (२०२७) र सुम्निमा (२०२७) ,तारिणीप्रसाद कोइरालाको सर्पदंश (२०२६) ,भवानी भिक्षुको पाइप नम्बर २ (२०३४) ,आदि उपन्यासहरु उल्लेखनिय छन् ।

प्रयोगवादी धारा

परम्परागत उपन्यास रचनाको कथ्य र शिल्पलाई त्यागी नवीन शिल्प र प्रविधिअनुसार नयाँ जीवनदृष्टिलाई प्रस्तुत गर्ने उपन्यासहरुलाई प्रयोगवादी उपन्यास भनिन्छ । उपन्यास रचनामा नयाँ रुपको खोजी गर्ने क्रममा कतै जीवनका विसंगत पक्षलाई बिषयवस्तु बनाइएको छ भने कतै अति यथार्थको चित्रण गरिएको छ र कतै अस्तित्वको खोजी गर्ने लक्ष्य राखिएको पाइन्छ । यी विभिन्न जीवनदृष्टिअन्तर्गत प्रयोगशीलता तथा प्रयोगधर्मिता र स्थापित परम्परागत जीवन मुल्य मात्र नभएर विधागत आदर्शप्रतिको असहमति प्रयोगशील उपन्यासमा पाइन्छ ! नेपालीमा प्रयोगवादी धाराको पहिलो उपन्यास इन्द्रबहादुर राईको " आज रमिता छ " अस्तित्ववादी , विसंगतिवादी (२०२१) हो ।" आज रमिता छ " पछि पारिजातको शिरिषको फूल (२०२२) , डायमन शमशेर राणाको सेतो बाघ (२०३०) ,भरत जंगमको कालो सूर्य (२०३६) ,धुवचन्द्र गौतमको फूलको आतंक (२०५५) , तेह्र जना लेखकको अवतार विघटन (२०४०) आदि यस धाराअन्तर्गत आउँछन् ।

समसामयिक धारा

वि.सं.२०४० सालमा नेपाली उपन्यासमा प्रयोगवाद क्रमश : शिथिल बन्दै गएको देखिन्छ । उपन्यासकारहरुले प्रयोगवादी धाराबाट क्रमश : नवीन शैली र बिषयवस्तुको खोजी गरिरहेको पाइन्छ ! ४०को दशकपछि बिषयबस्तुमा विविधता ,शैलीमा विभिन्नता तथा औपन्यासिक शिल्पमा नवीनताको प्रारम्भ भएको पाइन्छ । यस समयमा प्रवृतिगत निश्चितताको अभाव भए पनि यथार्थको नवीन पक्षको खोजीको प्रयासका साथै युगचेतना ,बिसंगतिप्रति ब्यांग ,बिग्यानप्रेरित बिषयको चयनजस्ता प्रवृत्तिसहित नेपाली उपन्यासको समसामयिक धारा अघि बड़ेको छ । यस धारामा देखा पर्ने उपन्यासकारहरु र तिनका उपन्यासहरुमा राजेश्वर देवकोटाका 'आवर्तन ' (२०४१) ,द्वन्द्वको अवसान (२०४२) ,पूर्वकथा (२०४३) ,उत्सर्ग प्रेम (२०४४) ,निर्मोही व्यासको 'एलबमका पात्रहरु '( २०४३) , गोबिन्द गिरी प्रेरणाको उत्खनन (२०४५) ,सरुभक्तका पागल बस्ती (२०४८) ,तरुनी खेती (२०५४) ,अरुण सायमीको भदीको किनारमा (२०४८) ,धुव सापकोटाको उसको मृत्युको फाइदाहरु (२०५५) ,भाष्करको अचम्मको फैसला (२०५६) ,आदि देखा पर्दछन्  यसरी नेपाली उपन्यास उत्तरोत्तर विकसित हुँदै नवीन शिल्प र प्रवृत्तिहरु सहित अगाडि बढेको छ ।

 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...