रविवार, 15 अगस्त 2021

ग्याँस च्याम्बरको मृत्यु कथाको विश्लेषण

ग्याँस च्याम्बरको मृत्यु कथा

कथाकार-मदनमणी दीक्षित

   
मदनमणी दीक्षित

कथाका पात्रहरू-

रेनता,बेनेडिक्टो,रेनताकी मा,रेनताका पिता,लङ्गडो,मेसिनगनवाला,किसान र्इमार्इ,फासिस्ट डाक्टर,काठे मानिस,बहुलाहा,युगोस्लाभ डाक्टर,खानी इन्जिनियर,हिटलर,हान्स स्पाइडेल,इकम्यान

कथाको सन्दर्भ

१.कसले जित्यो कसले हार्यो कथा सङ्ग्रहमा सङ्ग्रहीत,

२. दोस्रो विश्वयुद्धको तिहासिक घटनाक्रमको परिवेशलार्इ चित्रण गरिएको ,

३.हिटलरी फासिस्टवादको दानवीय प्रस्तुतिको चित्रण गरिएको 

४.अहङ्कार र क्रुरपनले मान्छे कतिसम्म दानवीय हुदोरहेछ भन्ने यथार्थ चित्रण

को हुन त हिटलर 



- पुरा नाम अल्फेड हिटलर 

-सन्१८८९अप्रिल २० मा स्ट्रेयामा जन्मिएका 

-सन् १९४५अप्रिल३०मा जर्मनमा मृत्यु(अात्महत्या)

 -जर्मनेली,

- राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीका नेता(नाजी)

 १९१९मा नाजीको सदस्यता 

१९२१ मा नेता 

१९२३ मा कु को असफल प्रयास र जेल चलान

 १९२४ मा जेल मुक्त

-क्रुर सासक,

- सन्१९३३-१९४५ सम्म जर्मनीका चान्सलर,

-सन्१९३४-१९४५ नाजी जर्मनीका सासक,

-नाजीवाद, दोस्रो विश्वयुद्धका केन्द्रीय पात्र ,


कथाको विश्लेषण

  यस कथामा कथाकार मदनमणी दीक्षितले दोस्रो विश्वयुद्दधको घटनालार्इ परिवेश वनाएर मानवतावादी भावनाको जागरण गरउने प्रयास गरेका छन्। कसले जित्यो कसले हार्यो (२०२१)नामक कथा सङ्ग्रहमा सङ्ग्रहित उक्त कथा तिहासिक कथा हो ।यस कथामा इकम्यान र स्पाइडेलका वैज्ञानिकले बनाएको बिजुलीको अवाल अर्थात ग्याँस च्यम्बर जहा सन् १९४१ देखि १९४५ सम्म निर्दोश ६० लाख मानिसलार्इ खरानी बनाइएको थियो ।उनिहरू बालक जो भोलिको सुन्दर सपना बटुल्न सक्थे,डाक्टर जसले लाखं मानिसलार्इ पुनरजन्म दिन सक्थे, किसानहरू जसले भोकाहरूका पेट भर्न सक्थे,कामीहरू जसले श्रम गरेर विकास गर्न सक्थे ती सबैलार्इ एकै ठाउँमा खरानी बनाइएको थियो ।भावन हराएका शरीर मात्र मान्छेको भएका मेसिनको जस्तो यन्त्रवतहरूले गरेको त्यो व्यवाहारलार्इ त्यहि मृत्यु वरण गर्न पुगेका रेनता र बेनेडिक्टोको प्रेम प्रसङ्गलार्इ यहा उतारिएको छ । रेनता क्रिश्चियन हुन्छे ।उसको प्रेमी बेनेडिक्टो यहुदी हुन्छ ।यहुदीलार्इ क्रिश्चियनले गरेको व्यवहार उसलार्इ मन पर्दैन ।उसको प्रेमीले अपेरामा भेट्ने प्रस्ताव राख्छ त्यहा यहुदी माथि अत्याचार हुने हुनाले त्यहा भेट्न अस्वीकार गरी बुढापेस्ट स्वाइरमा भेट्ने सल्लाहा गरेका थिए त्यहि सल्लाहा अनुशार फूलार्इ सोह्र शृङ्गार गरि प्रेमी भेट्न गएकी रेनता लगाएत २१० गज लामो सडकका सम्पूर्ण मानिसलार्इ गिरफ्तार गरियो ।यसको कारण भनेको बुढापेस्टमा अन्न घटेको र बजारमा अन्न नभएपछि नागरिकले उजुर गरेका र ती नागरिकलार्इ यहुदी,कम्युन्निस्ट र अन्डरग्राउन्डसँग मिलेको शंका थियो ।३दिन सम्म केहि खान नदिइ भोक र क्रन्दनले चिच्चाएकालार्इ झनै यातना दिदै त्यहाबाट रेलमा खाँदेर रूमानियाको अस्वाइसिममा लगि उनीहरूको शुन्दरतालार्इ कुरूप बनाएर एउटै च्याम्बरमा खरानी बनाएको तितो यथार्थलार्इ रेनताको चुल्ठो बोलेको दृश्यात्मक प्रस्तुतीका साथ कथामा प्रस्तुत गरी रेनता र बेनेडिक्टो अमर भएका उनिहरूको प्रेम अमर भएको त्यो ग्याँस च्याम्बर विश्वशान्ती म्युजियमका रूपमा रहेको र ती मानवता विरोधी फासिस्टहरूको चर्चा कतै नहुने र उनिहरूलार्इ कसैले नचिन्ने कुरालार्इ प्रस्तुत गर्दै मानवताको नै विजय हुने कुरा दर्शाउदै कथाको कथानको अन्त्य भएको छ ।

   विश्वमा भएका तिहासिक घटनाहरूमध्यको दोस्रो विश्वयुद्धलार्इ विषयवस्तु वनाएर लेखिएको यस कथामा मानवभित्र उत्पन्न अहङ्कारले भित्र पसुवत व्यबहारको जन्म हुन्छ ,मानवता हराएर जान्छ र केवल मान्छे मेसिन जस्तो बनिदिन्छ ।सत्ता र शक्तिले मान्छे अन्धो बन्छ ।सक्ति प्राप्त गर्नको लागी उसले जुनसुकै क्रियाकलाप गर्न पनि पछि पर्दैन तर तङ्क तथा हत्या हिंसा ले सासक मजबुत हुनाको सट्टा झनै कमजोर हुदै जान्छ र त्यसको विनास हुन्छ भन्नेकुरा यहा देखाइएको छ ।तङ्क मचाउदैमा सत्ता सधै फ्नो काबुमा हुन्छ भन्ने नसरङ्कुस सासकको हातमा सक्ति धेरै टिक्दैन एकदिन हार्नु पर्छ र जनताले कालो दिनका रूपमा लिने र त्यो  कालो दिनलार्इ विर्सन चाहने हुन्छन् । विश्वमा हुने यस्ता युद्ध मानवता विरोधी युद्धहरू हुन् ।त्यसले मानवता विरोधी व्यबाहार गरेको छ ।त्यस्ता युद्धहरू हुनु हुदैन भन्ने सन्देस दिदै प्रेम रमानवताको ह्रान यस कथामा गरेको पाइन्छ ।

 





शुक्रवार, 6 अगस्त 2021

एक रात कथा।को विश्लेषण🕮🕮🕮🕮🕮🕮🕮🕮

 


एक रात कथा                                                                       1

विश्वेश्वरप्रसाद कोइरला



परिचय 

     जन्म - कृष्णप्रसाद र दिव्यादेवी कोइरालाका सुपुत्रका रूपमा १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका

     मृत्यु २०३९ साउन ६ गते काठमाडौंमा

     शिक्षा- बनारसमा यिनले बी. ए., बी. एल. सम्मको अध्ययन गरेका छन् ।

      सेवा - दार्जिलिङमा ट्युसन र वकालत (१९९५) नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक कार्यवाहक सभापति (२००४)
नेपाली काङ्ग्रेसको संस्थापक (२००६)
बैरगनिया
सम्मेलनको आयोजक (२००६)
क्रान्तिताका नेपालका पूर्वीक्षेत्रको प्रमुख कमान्डर (२००६)
गृहमन्त्री (२००८)

     संसद सदस्य (२०१५)
प्रथम जननिर्वाचित प्रधानमन्त्री (२०१६)
काराबास (२०१७
२०२५)
भारत निर्वासन (२०२५
२०३३)

     हिन्दीका माध्यमबाट आफ्नो कथायात्रा सुरु गरेका कोइरालाकाहिन्दी भाषामा लेखिएका (हंस, १/वहाँ, १९८७), ‘पथिक’ (हंस, १/९, १९८७) अपनी ही तरह (हंस, २/१, १९८८), ‘भैयादाइ’ (विशाल भारत, ४/१, १९८८), ‘होड’ (हिमालय, १/७, २००३) जस्ता कथाहरू प्रकाशित भएका छन् ।

     उनको न्वारनको नाम चूडामणि थियो । तर बनारसमा विश्वनाथ भगवान्को प्रसाद सम्झेर उनका बाबुले उनको नाउँ विश्वेश्वरप्रसाद राखिदिएका थिए । यही नाउँबाट उनी प्रसिद्घ भए

     १९९२ साल(चन्द्रवदन शारदा पत्रिका) देखि नेपाली कथा लेखनप्रकाशनतर्फ प्रवृत्त भएका विश्वेश्वरप्रसाद कोइरालाका निम्नलिखित कृतिहरू प्रकाशित छन्:
कथा सङ्ग्रहः
दोषी चश्मा (२००६)
,
श्वेतभैरवी (२०४४)
,
विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) ।

     उपन्यास:
तीनघुम्ती (२०२५)
,
नरेन्द्र दाइ (२०२७)
,
सुम्निमा (२०२७)
,
मोदिआइन (२०३६)
, हिटलर र यहुदी (२०४२),
बाबु
, आमा र छोरा (२०४५) ।

     संस्मरण:
आफ्नो कथा (२०४०)
,
जेलजर्नल (२०५४)
,
विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (२०५५) ।

     कविता सङ्ग्रहः
विश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) ।

     विश्वेश्वरप्रसाद कोइरालाका उपर्युक्त पुस्तकाकार कृतिहरूका अतिरिक्त केही निबन्ध र समालोचनात्मक रचनाहरू पनि फुटकर रूपमा प्रकाशित भएका छन् । यो आलेख विश्वेश्वरप्रसाद कोइरालाको कथाकारितामा केन्द्रित छ ।

     सम्मान तथा पुरस्कार-

साहित्यिक पत्रकार संघद्वारा अभिनन्दन(वि.स.२०३८)

विश्वेश्वरप्रसादको निधनपछि हाम्रो देशको सरकारले उनको चित्र राखेर हुलाक टिकट प्रकाशित गरेको छ । उनका नाउँमा नेपालभरि थुप्रै सङ्घसस्थाहरू खुलेका छन् । त्यति मात्र होइन, विभिन्न सडक र अस्पतालहरूको नाम पनि उनकै नाउँबाट राखिएको छ । उनी अहिलेको नेपालका बढी प्रसिद्घ व्यक्ति मानिएका छन् । नेपालमा मात्र नभई विदेशमा पनि उनलाई नेपालका महान् सुपुत्र भनीसम्मान गरिन्छ । उनी वास्तवमा ध्रुवताराझैँ चम्किरहने नेपालका उज्याला तारा हुन् । महामानव हुन् ।

कोइरलाका कथागत प्रवृत्तिहरूः-

     मनोविश्लेषणात्मकता-          शारदा (१/१०११, १९९२ मार्गपौष) पत्रिकामा प्रकाशित चन्द्रवदनशीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेका विश्वेश्वरप्रसाद कोइराला नेपालीमा मनोवैज्ञानिक/मनोविश्लेषणात्मक यथार्थवादी कथा लेखन परम्पराका प्रारम्भकर्ता हुन् ।

     यिनले मनोविज्ञानका विभिन्न पाटाहरूमध्येयौनमनोविज्ञानलाई विशेष ढङ्गले प्रस्तुत गरेकाले यिनलाई यौनमनोवैज्ञानिक वा रतिरागमा केन्द्रित नेपालीका ज्येष्ठ मनोवैज्ञानिक यथार्थवादी कथाकार मानिन्छ ।

     मनोविज्ञानलाई नेपाली समाज, संस्कृति, परम्परा, अर्थतन्त्रजस्ता सूक्ष्म विषयवस्तुसँग गाँसेर मनोवैज्ञानिक कथा लेख्ने विश्वेश्वरप्रसाद कोइरालाले सूक्ष्म, क्षीण वा झिनु विषयवस्तु लिई तिनमा कुनै न कुनै रूपले मनोरोगी भएका पात्रहरू उपस्थित गराएर तिनका मनको वर्णन र विश्लेषण गरेका छन् ।

     यिनी मानिसका हीनताग्रन्थि, उच्चताग्रन्थि, आत्मपीडन, परपीडनजस्ता विभिन्न मनोग्रन्थिलाई फुकाउन, मनोभ्रम हटाउन र मनोदशाको चित्रण गर्न खप्पिस देखिन्छन् । सामाजिक बाह्य संसारले मानसिक अन्तर संसारलाई पार्ने प्रभावको अध्ययन तथा पात्रका मनोविज्ञानको प्रस्तुतिलाई कथाको मुख्य विषयवस्तु बनाई अन्तर्मुखीप्रवृत्तिका कथा लेख्नु यिनको प्रमुख विशेषता हो ।

     यौनमनोविश्लेषणमा पनि अशिष्टता, अश्लीलता, नग्नता, अनैतिकताजस्ता कुराहरू नपाइनु यौनमनोविश्लेषक कोइरालाका कथाको उल्लेखनीय प्रवृत्ति हो ।

     यिनका सामाजिक खालका कथामा पनि घटनाभन्दा चरित्रले बढीमहत्व पाएको देखिन्छ।

एकभन्दा बढी कथामा एउटै नाम गरेका पात्रको प्रयोग गर्ने प्रवृत्ति कथाकार विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । स्कुल मास्टरस्वेटरको गजराज, ‘प्रेम (पहिलो)रिक्सा तान्नेको धनवीर, पवित्रादोषी चश्माको केशव आदि यस कुराका साक्षी हुन् ।

     सरल, संक्षिप्त, सुगठित, सुव्यवस्थित र अन्वितिमूलक संरचनामा आबद्ध गरी कथा लेख्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शिल्पगत वैशिष्ट्य हो । झिनु वा सूक्ष्म कथावस्तु भएका चरित्रप्रधान कथा लेखे तापनि घटना र चरित्रमा सहज, स्वाभाविक र विश्वसनीय पाराले संयोजन गर्ने कुशलता यिनमा पाइन्छ । यसैकारणले गर्दा यिनका कथाहरू सरल, सहज, कलात्मक, प्रभावोत्पादक, आकर्षक, रोचक र गम्भीर पठनीय बन्न पुगेका छन् ।

     छोटाछरिता र सरल वाक्यहरूको प्रयोग गरी खारिएको, माझिएको र तिखारिएको वर्णनात्मक शैलीमा सोझो पाराले कथा प्रस्तुत गर्ने विश्वेश्वर कोइरालाका कथाहरू संरचनागत र आयामगत आधारमा छोटा भए पनि कलात्मक विशिष्टताका कारण अत्यन्त रोचक र आकर्षक छन्।

     हिन्दी भाषाको प्रभाव पाइनु इनको अर्को विशेषता हो ।

     यिनी विसङ्गतीवादी कथाकारका रूपमा पनि चिनिन्छन् ।

कथा

त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेकोचिसो, जाडोले कठाङ्ग्रिएको। काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन। घरघरमा बत्ती निभेका छन्, ढोकाझ्याल टम्म छन्। सून्य सडकका खामामा बत्ती घोरिएर भुइँतिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निःश्वासजस्तो बत्तीबत्तीमुनि झुन्डिएर अडिरहेको छ। निष्पट्ट शान्ति छ सहरमा, झन् जाडोले शान्तिलाई जम्मोठजस्तो डल्लो पारेर अडाइदिएको छ।

अरु जाडाका रात्रिसरह नै त्यो रात्रि पनि थियो। जीवनको कार्यरतता एकदम थामिएर अडेको मानौं तमाम विश्व स्पन्दनहीन भएको छ। दरबारमा राजारानी र अरू राजपरिवारका प्राणीहरू सुतेका थिए। मन्त्रीहरू र अरू ठूलाठूला कर्मचारीहरू सरकारी आवासस्थानहरुमा; पसले, जागिरिया, कृषक, गरिब, मध्यवित्तीय तथा धनी व्यक्तिहरू, नरनारी सबै, बालक, विद्यार्थी, ज्यामी, कामी, आफ्नाआफ्ना घरमा सर्वहारा पाटीका सत्तलमा जहाँ मुन्टो घुसार्ने ठाउँ पाए त्यहीँ सबै सुतेका थिए।

रात्रिक्लबबाट छरिएका मोटरहरूको ठाउँठाउँमा आवाज र मोटरभित्र बसेका पुरूष र नारीकण्ठको हाँसो मिस्सिएको ध्वनि, सडकमै फुटपाथमा गोडा लतार्दै अझै आफ्नो घरको आश्रयमा पुग्न नसकेका लुगैलुगाले सारा शरीरलाई बेरेर हिँडेका एकदुई मानिसहरू, कुनैकुनै घरबाट सुनिने बूढाहरूको भारी छातीको खोकी, साना नानीहरुको अचानक उठेको र त्यस्तै अचानक थामिएको क्रन्दन। कुनैकुनै झ्यालको कापबाट फुस्किएको ज्योति जसले भित्र बन्द कोठामा कुनै दाम्पत्यमा क्रयीविक्रयी प्रणयलाई सजिलो पारिरहेको थियो। आदि यस्तै सानासाना चहलपहलका कुराहरूले मात्र यो सङ्केत दिन्थ्यो- जीवन हठात मरेको थिएन थामिया मात्र थियो, मृत्युवत निद्रामा।

, झ्यालखानाको एक कुनामा एकतले मुन्डा घरको कालकोठरीमा एउटा किशोरलाई पनि अकस्मात झपक्क आँखा लागेछ र त्यसै गुँडुल्किएर राडीको बिछ्यौनामा सुतेछ जाडोले एकडल्लो भएर हातलाई तिघ्राका बीचमा घुसारेर। त्यसैबखतमा फलामे डन्डी भएको कोठरीको ढोकामा बाक्लो साङ्ग्लो बज्यो। किशोरको तन्द्रा भङ्ग भयो। सोच्यो- उनीहरु आए। बाहिर, धेरै मानिसहरुको गोडाको आवाज खस्याकखुसुक सुन्यो र कर्कश शब्दका साथ फलामे डन्डीमा सिक्री रगडिएको पनि।

भर्खर यसो उँघेको मात्र थियो क्यारे, तर घडी कति छिटै बितेको। रात्रि कमिस्नर आएर सोधेर गएका थिए- के खान मन छ?

उसले भनेको थियो टाउको हल्लाएर- केही खान मन छैन।

कमिस्नरले फेरि सोधेका थिए- घरका मानिसहरुलाई केही भन्नु छ?

उसले फेरि टाउको हल्लाएर भनेको थियो- छैन, केही भन्नु।

फेरि कमिस्नरले बडो कोमल स्वरमा अन्तिम बार सोधे- तिम्रो अन्तिम इच्छा के छ? केही भन्नु छ?

किशोर केही सचेत भयो र उसलाई लाग्यो, कमिस्नरको यो प्रश्नमा अन्तिम दिलचस्पी लिएर केही बोलिदिनैपर्छ। नत्र जीवनको केही टुङ्गो नलागेको जस्तो हुनेछ। बिसर्जन वाक्य त केही भन्नैपर्छ। उसले भन्यो- तमाम किशोर युवकहरुको जीवनमा मानवीय मर्यादा र सुख सम्भव हुन जाओस्।

कमिस्नर मानौं हडबडाएर उठे र उनले बडो अस्वाभाविक कण्ठमा भने- ल, भो भो।

त्यसपछि फेरि फलामे ढोका लाग्यो। सिक्री बारमा रगडियो। बाक्लो ताल्चा मारियो। र, गोडाको आवाज बिस्तारै चिसो माटोमा विलीन हुँदै गयो।

किशोर फेरि एक्लै भयो कोठामा। अन्तिम घडी आएछ- चटक्क चुँडिने जीवनको कोमल हाँगोबाट। हठात समाप्त हुनेछु र छैनका बीच छुट्याउने एउटा पातलो रेखा सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको। साधारण मृत्यु होइन यो, जसमा जीवन बिस्तारबिस्तार निभ्दै जान्छ, बिलाउँदैबिलाउँदै जान्छ। कालगतिको सामान्य नियममा बाँधिएको मृत्यु यो होइन। न हो यो त्यस्तो अकस्मातको मृत्यु जस्तो कि युद्धमा तातो गोली खाएर प्राण उठेको हुन्छ। सोच्दै नसोचेको गोली लाग्छ छातीमा, अनि त्यही अकस्मातको आश्चर्यमा मान्छेको शरीर सेलाइहाल्छ।

यहाँ त धेरै दिनदेखि पर्खिएको मृत्यु हो यो। झन् दरबारबाट मृत्युदण्डको पुष्टि भएपछिआज हुन्छ, भोलि हुन्छ भन्दै औंलामा दिन गन्दै मृत्युलाई पर्खेर बसेको। कालगतिको नियमबाट आएन यो, न अकस्मात नै आयो। यहाँ त धेरै आयोजना भए थानामा, प्राइभेट न्याय गोष्ठीमा, दरबारमाखुब छलफल भए, ऐनको ठेलीबाट निकै दफा झिकेर न्यायको व्याख्या भयो र अहिले पनि मृत्युका लागिको यो बृहत आयोजन समाप्त भैसकेको छैनबाँकी रहेको कागजमा अफिसरहरुको दस्तखत पर्दै होला, अन्तिम अर्डरहरु लेखिँदै होलान्, खुकुरीमा सान लगाइँदै होला, या डोरी, तख्ताको व्यवस्था मिलाइँदै होलातर तैपनि मृत्यु त हठात नैछु र छैनका बीच केवल आधा सासमुटुको केवल आधा चडकाइ।

किशोरले घरलाई सम्झ्यो। पहिलेपहिलेको जस्तो भावनाले विभोर भएर होइन, एकदम अनुद्विग्न भएर। मानौं घरको दृश्य त्यो हेरिरहेको छ, तस्बिरहरुमा। उसका आमाबा एउटा ठेट ग्रामीण दम्पती। उनीहरुले बुझे होलान् र राजनीतिका कुरा? सानो गृहस्थीमा आइपर्ने सुखदुःखका कुराभन्दा माथि कहाँ उठ्थ्यो र उनीहरुको विचार! जेठो छोरोलाई अङ्ग्रेजी पढाउने पनि बडो छलफल गरेर मात्र निर्णय भएको थियो। नत्र आमा त भन्थिन्- गाउँको पाठशालामै कौमुदी पढाए भइहाल्यो नि।

इष्टमित्रहरुले भनेका थिए- आजकाल अङ्ग्रेजी नपढाइकन हुँदैन।

, बालाई जेठो छोरोमाथि बडो आशा थियो। त्यसैले अङ्ग्रेजी पढाउने नयाँ कुरा तिनले गरे। छोरोले जब म्याटि्रकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो। तर मुखले भने गर्वको एक वाणी झिकेका थिएनन्। बरू गाउँवालाहरुले आफ्नो एउटा ठिटोले इज्जत कमाइदिएको हुनाले भने- क्याबात!

बालाई त मनग्य पुगेको थियो। जेठो छोरोले त्यति अङ्ग्रेजी पढिहाल्यो। अब घर बसोस् र खेती हेरोस्।

आमा पनि भन्थिन्- अब यसलाई धेरै पढाउनु पर्दैन। घरमा दुई छाक खान पुगिहालेको छ, नोकरी गर्नुपर्ने होइन। हेर हेर, कति दुब्लो भएको छ अङ्ग्रेजी पढ्दा।

गाउँलेहरुले नै फेरि ढिपी गरेर- यत्रो जेहन भएको छोरोलाई घरमा थन्क्याएर राख्ने हो? पढ्छलेख्छ काजी, मिनिस्टर, जज, बेरिस्टर हुन्छ। इज्जत थुपार्छ यसले हामी सबैको।

अनि आइए पढाउन हिन्दुस्तान पठाएको थियो। आमा त केही नबुझेर अन्ध वात्सल्यमा आँसु बगाइरहँदी होलिन्। बा भने आँसुलाई बलपूर्वक थाम्दै, नरिवलको हुक्कामा तमाखुमाथि तमाखु तानेर पिँढीमा एकोहोरो टोलाएर बसिरहँदा होलान्। सानो भाइ आफ्नो स्कुलमा राजनीतिका कुरा गर्दो हो र भन्दो हो- नेपालमा प्रजातन्त्र ल्याउनुपर्छ।

अनि एक्लै भएको बखतमा मलाई सम्झिँदो हो र सायद साथीहरूले नदेख्ने गरी तकियामा मुन्टो गाडेर आँसुलाई पुछ्दो हो। मेरो राजनीतिक इतिहासका मोटामोटा किताबलाई पल्टाएर भन्थ्यो- दाइ, म कहिले पढ्छु यिनलाई!

किशोरले बैनीलाई सम्झ्यो, जसलाई ऊ बडो माया गर्थ्यो। बाहिरबाट छुट्टीमा आउँदा उसलाई एकजोर रङ्गीन सूती सलवार र कुर्ता ल्याइदिएको थियो। घरमा उसले ठूलो आन्दोलन मच्चाएर बैनीलाई यो वेशमा बाहिर निस्किन लगाएको थियो। बाले भने- जेठोले केके गरिहिँड्छ, नगरेको चलन।

उसले बैनीलाई राखेर भन्यो- बैनी, तिमीले पढ्नु पनि पर्छ। म तिमीलाई पढाउँछु।

बैनी बडो उत्साही बालिका थिई। उसले भनी- म पढ्छु, दाइ! म पनि ठूलो हुन्छु। धेरै पढ्छु।

अनि बडो मेहेनत गर्न थालेकी थिई पढ्नमा। जहिले पनि कापी, किताब र कलम उसको हातमा हुन्थे। र, घरको कुनामा या आँपको गाछीमुनि ऊ घोप्टो परेर सुतेर पढ्थी। एउटा स्याल बडो धूर्त थियो दाइ, …धूर्तभनको के भनेर किताबबाट मुन्टो झिकेर सुतीसुती कराएर सोध्थी। अनि अङ्ग्रेजी पनि पढ्न थाल्थी- ए, बी, सी, डी…!

आमा भन्थिन्- छोरालाई के थरीथरीको कुरा गर्न मन लाग्छ। मैयाँलाई अंग्रेजी पढाउने रे! बिहा भएर पराईका घर जाने छोरीलाई घरको काम सिकाउने कहाँकहाँ?

आमा हाँस्थिन् छोरीले कनीकुथी गरेर पढेको देख्दा र कहिलेकहिले त्यहीँनिर बसेर उसले पढेको कथा सुन्थिन्।

बैनी भन्थी- आमा, म बिहे गर्दिनँ।

आमा भन्थिन्- के भनेकी रे, बिहे गर्दिनस्?

अहँ गर्दिनँ। देशसेवा गर्छु पढेर, आमा! भन्थी बैनी।

त्यसपछि किशोरको बिहा भयो। सानी केटी आई, दुलही भएर।

उसले बालाई एकदुई चोटि भनेको थियो- बा, अहिले बिहे गर्दिनँ, पढिसिध्याउँछु अनि।

बाआमा दुवैले बडो आग्रह गरे र भने- बुहारी घरैमा हामीसँग बस्छे, तँ पढ्न जालास्। के बिग्रिन्छ त्यसले!

उसले यसमा धेरै जिद्दी गरेन। यद्यपि उसलाई मनमनै लाग्थ्यो- पढ्न सिध्याएर आफ्नै गोडामा उभिने भएपछि बिहा भए असल। त्यसो हुनाले आमाबाको आज्ञा मानेर मात्र उसले बिहा गरेको थियो। आफ्नो बिहेमा उसलाई दिलचस्पी थिएन।

तर, बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो, उसलाई म आफ्नो रुपमा ढाल्छु। दुलही बैनीजत्री थिई। उसले भन्यो- यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गिनी बनाएर उपस्थित गर्छु। मेरो जीवनमा यो गाँसिन आई।

अनि बडो चाख लिन थालेको थियो, आफ्नी सानी पत्नीमा।

तर, ऊ यति सानी थिई कि, के कुरा गर्ने ऊसँग! यो बिरानो घरमा ऊ पनि चुप लागेर बसिरहन्थी र केही सोध्यो भने आफ्ना ठूलाठूला आँखा उठाएर हेर्थी। तर बोल्न बडो गाह्रो मानेको जस्तो गर्थी।

एकदिन किशोरले सोधेको थियो- राधा! तिमीले घरमा लेख्नपढ्न सिकेको थियो कि थिएन?

उसले आँखा उठाएर हेरेर मुन्टो मात्र हल्लाएकी थिई- यो भन्नलाई कि पढेकी छैन।

त्यसपछि राति बसेर ऊ दुलहीलाई पढाउन थालेको थियो। र, उसले बैनीलाई भनेको थियो- बैनी, भाउजूलाई पनि आफूले पढेको सिका न।

एकदिन उसले दुलहीलाई भन्यो, साँझतिर- राधा! हिँड जाऊँ घुम्न, नदीतिर।

यस्तो कुरा गाउँमा पहिले कहिल्यै पनि भएको थिएन। राधाले छक्क परेर किशोरलाई हेरिरही। किशोरले फेरि आग्रह गरेको थियो- हो, नयाँ युगका अनुसार हामीले पनि हिँड्ने बानी गर्नुपर्छ, राधा!

अनि राधा खुसी भएकी जस्ती थी, तर भन्नचाहिँ यति भनी- तर मलाई लाज लाग्छ।

त्यसरी राधासँग उसको प्रेम घनिष्ठतर हुँदै गएको थियो। कति सुधी, लाटी छ राधा!

यही बमकाण्डभन्दा केही दिन पहिलेको कुरा। कलेजमा क्रान्तिकारी गोष्ठीले बम फ्याँकेर तानाशाहलाई अत्याउनुपर्छ र चेतावनी दिनुपर्छ भन्ने निर्णय गरेको थियो। र, किशोरले स्वेच्छाले यो काम आफ्नो जिम्मामा लिएको थियो। त्यसपछि बम लिएर घर आएको थियो ऊ।

बेलुका उसले राधालाई भन्यो- हिँड जाऊँ, नदीतिर घुम्न।

राधाले फेरि आफ्ना ठूलाठूला आँखा उठाएकी थिई र भनेकी थिई- लाज लाग्छ मलाई।

किशोरले राधाका ठूलाठूला आँखापट्टि लक्ष्य गरेको थियो। उसलाई लागेको थियो, कत्रा ठूलाठूला निर्दोष आँखा छन् यसका। र, साँच्चै उसको अनुहारमा लाजको चिह्न पनि थियो, चिल्लो श्यामल अनुहारमा हलुको रक्त चढेको।

उसले भनेको थियो- राधा, अझसम्म लाज गएको छैन, तिम्रो! आमा हुने बखतमा पनि?

राधा लाजले भुतुक्क भएकी थिई। तर एकछिनपछि तिनीहरु सन्ध्याको अँध्यारोको आडमा गाउँलाई राखेर नदीतिर आएका थिए। राधा कत्रो भरोसा लिएर आइरहेकी थिई ऊसँगै, त्यस साँझमा। घाटमा एकछिन बसेर उनीहरुले कुरा पनि गरे, गोडा पानीमा झुन्ड्याएर।

किशोरले भन्यो- राधा, तिमीले आफ्नो जिउको राम्रो हेरविचार गर्नू।

राधाले केही नबोलेर आफ्नो गोडा पानीमा हल्लाइरही। अनि एकछिनपछि त्यसै लहडमा सोधेको जस्तो गरी किशोरले भन्यो- तिमीलाई पहिलो सन्तान छोरा कि छोरी, के मन पर्छ?

राधाले अँध्यारोमा पनि लाजको मुख छोपी। तर मनमा बडो प्रसन्न थिई। र, बिस्तारै छोपेको मुखबाट भनेकी थिई- छोरो।

किशोरले त्यस्तै सहज स्वरमा भन्यो- राधा! छोराको राम्रो हेरविचार गर्नू!

अनि राधाले मुखबाट हात झिकेकी थिई र टुलुटुलु किशोरतिर हेर्न थालेकी थिई। उसको पानीसँग खेलिरहेको गोडा थामिएका थिए। उसले सानो आशङ्काको स्वरमा सोधेकी थिई- किन यस्ता कुरा गरिरहेका छौ आज, प्राणनाथ!

प्राणनाथ -अत्याहटको सानो वेगमा संयमलाई बिर्सेर हृदयको स्पष्ट ध्वनि निस्केको थियो, राधाको मुखबाट- प्राणनाथ! किशोरलाई आफ्नो एकान्तको कुरा बताएर सम्बोधन गरेको यही पहिलोचोटि थियो राधाले र आखिरीचोटि। भोलिपल्ट त ऊ समातिइहालेको थियो।

राधाको अत्याहट बुझेर उसले वातावरण हलुको पार्न भनेको थियो, उसको हात आफ्नो हातमा लिएर- हामी दुवैले मिलेर आफ्नो छोरालाई राम्ररी हेरौंला, माया गरौंला, पढाउँला लेखाउँला र ठूलो पारौंला।

राधा कस्ती सरल बालिका जस्ती थिई। उसको गोलगोल अनुहारमा अझै बालिकाको स्निग्धता बाँकी नै थियो। तर आमा पनि हुन लागेकी थिई अब त्यो।

अनि स्वाभाविक स्थितिमा आएर उसले भनेकी थिई- तिमीले कहिलेकहिले अनौठो व्यवहार गर्छौ, अनौठो कुरा गर्छौ।

साँझको अन्धकार गाढा हुँदै आएको थियो। उनीहरु घर फर्के। बाटामा राधाले आफ्नी दिदीको कुरा गरी, जसले छोरा पाउँदा राधा पनि थिई। दिदीको छोरो कस्तो राम्रो छ, घुतुमुने काखभरि अटाउने लिइरहूँ जस्तो लाग्छ। म्वाइँ खाइरहूँ जस्तो लाग्छ।

त्यही एकचोटि थियो जब राधाले आफ्नो मनका कुरा मात्रै गरेकी थिई, एकदम मुखरा भएर।

थुनिएपछि उसले सुन्यो कि, राधाले छोरो पाई।

किशोरले राडीमा लेटीलेटी सुनिरह्यो, जेलका विभिन्न ध्वनिहरु। जबकि सबभन्दा उपर चढेको हुन्थ्यो चौकीदारहरुको गर्जन- होशियार! होशियार!

कहिले किशोर फेरि तस्बिर हेरेको जस्तै मनको चिसो आँखाले कलेजका साथीहरुलाई हेर्न थाल्थ्यो। उसले विदेशमा पनि कलेजमा पढ्ने विद्यार्थीहरुको एउटा सङ्घ बनाएको थियो, जहाँ नाना विषयमा छलफल हुन्थे- प्रजातन्त्र, मार्क्सवाद, स्वतन्त्रता, समाज र व्यक्ति आदि विषयहरुमा। र, सबै विद्यार्थीहरु युवकको उत्साहमा आफ्नाआफ्ना मतमा अडिग भएर बहस गर्थे। तर सबैको हृदयमा नेपाललाई उन्नतिको आधुनिक बाटोमा लग्ने इच्छा थियो र सबै नेपालको पुरानो व्यवस्था र हुकुमी शासनको अन्त्य चाहन्थे।

हिंसाअहिंसाको पनि तर्क उग्र जोशका साथ हुन्थ्यो उनीहरुका बीच। कोही भन्थे- अहिंसाको मार्गले प्रजातन्त्र दिगो हुन्छ। र, कोही भन्थे- अहिंसालाई सफल प्रयोगमा ल्याउन पनि प्रारम्भिक हिंसा चाहिन्छ, बाटोलाई छेकेको तगारो हटाएको जस्तो। त कोही भन्थे- अहिंसाले राजनीतिक परिवर्तन गर्ने भए र त्यसरी दिगो प्रजातन्त्र कायम गर्ने मनसुवा भए अनन्तसम्म पर्खन पनि तयार हुनुपर्छ तर यत्रो दु्रतगतिमा बढिरहेको दुनियाँमा के हामी नेपालीले अनन्तसम्म पर्खिरहने!

त्यहीँ एउटा सानो क्रान्तिकारी गोष्ठी पनि बन्यो, जहाँ यो निर्णय लिइन्थ्यो कि राजनीतिमा हिंसाको पूर्णतः त्याग असम्भव छ। त्यसो हुनाले प्रयत्न यसमा मात्रै गर्नुपर्छ कि, हिंसा सीमित रहोस् र अनिवार्य भएमा मात्र अनिवार्य परिमाण प्रयोग होस्। बम फ्याँक्दा किशोरले मनमा निस्सङ्ग भएर विश्वास गरेको थियो कि त्यसको यो कार्य अनिवार्य छ। उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनाससँग भनेको थियो- मैले फ्याँकेको हो बम। तर हत्याका लागि होइन, चेतावनीका लागि कि, युवकलाई स्थिति असह्य हुन लागिरहेको छ। तर हत्या हुन गएको भए त्यो अनिवार्य थियो, जनताका अधिकारका लागि।

अन्तिम घडीमा एकएक गरेर सारा दृश्य उसका सामुन्ने आइरहेका थिए र सोच्दासोच्दै ऊ गुँडुल्किएर निदाएछ।

अनि कालकोठरीको फलामे ढोका उघि्रयो। सिक्री डन्डीमा रगडियो। उसले लेटीलेटी सोच्यो- लिन आए।

कस्तो अनुद्विग्न छ उसको मन! एकदम भावनाशून्य भएको छ उसको हृदय धोइएर, पुछिएर चोखो।

कमिस्नरको बोली सुनियो कोठामा- अब बाहिर आउनुपर्‍यो।

उठेर बस्यो ऊ। कोठामा तीनचार जना पसेका थिए। निलो पेन्ट र कोट लाएको डाक्टर, एउटा मिलिट्रीको सुबेदार र कुन्नि एकदुई जना अरु। किशोरले कोठामा एकचोटि दृष्टिपात गर्‍यो। कोठाको अँध्यारो बाहिरको एउटा बल्बको प्रकाशले हटाइरहेको थियो। ढोकाको डन्डीको छाया एउटा भुइँमा सोझो, अर्को भित्तामा च्याप्टो र बाङ्गिएको परिरहेको थियो। कुनामा एउटा सानो माटाको पानीको घैला थियो, जसको मुखलाई कचौराले छोपेको थियो र नजिकै धोएको थाल पनि भित्तामा ठड्याएर राखेको थियो। गिलास पनि घैलानिर नै थियो। राडीको बिछ्यौनामा एउटा खाँडीको चादर बिछेको थियो। एउटा तकिया र एउटा खाँडीकै बर्को र दोलाइँ पनि खाटमा थियो। तकियानिर तीन थान किताब थिए। किशोरले किताबहरुलाई मिलाएर तकियासँगै टाँसेर राख्यो। तल मोटो जातक कथाको पुस्तक, त्यसमाथि बाइबिल र सबभन्दा माथि भाषाटीका भएको गीता।

उसलाई लिन आउने अफिसरहरुले हडबडी गरिरहेका छैनन्। चुप्प लागेर उभिइरहेका थिए। किशोरले बिस्तारै किताब मिलायो र मनमा भन्यो- यी किताबहरुले के भने? जीवनमा तिनका उपदेशहरुको प्रयोग त सम्भव छैन र यो पनि जान्न सकिएन कि उसको त्यो कार्यका प्रति के भनाइ छ यिनीहरुको! र, अब अर्कै ठाउँमा गएर यिनमा सङ्केत गरिएका त्यहाँका बुँदाको भावार्थ बुझिएला।

अनि किशोर बिछ्यौनाबाट उठ्यो। उसले खाँडीको कुर्ता र धोती लगाएको थियो। काठको किलाबाट स्वेटर झिक्यो, त्यसलाई लगायो। जाडोले आङ काँपेको जस्तो भयो। कोट पनि काँटीबाट झिकेर लगायो। अनि फेरि एकचोटि कोठामा दृष्टि दिएर भन्यो- ल जाऊँ, म तयार भएँ।

बाहिर आएर उसले भन्यो- त्यो कोठाको सामानहरु कसैलाई दिनुहोला।

अनि अघिपछि मिलिट्रीहरुले घेरिएर त्यो हिँड्यो। अँध्यारो जाडोको राति। नबोलीकन त्यो सानो जुलुस जेलको दक्षिणपश्चिम कुनापट्टि लाग्यो। किशोरले चिसो हावालाई तान्दै लामो सास लियो। उसले जुत्ता लगाएको थिएन, पैतालामा सानासाना ढुङ्गा गडिरहेका थिए।

उसलाई हठात् लाग्यो- उसको मनमा कुनै किसिमको भावना छैन। केवल उसका आँखाले देखिएका दृश्यलाई अङ्कित मात्र गरिरहेछन्, कुनै रिकर्डरले मालहरुको सूचीमा टिक मारेको जस्तो।

शरीरले जाडो अनुभव गरिरहेको थियो र त्यसबाट उसले सम्झ्यो- यो माघको महिना हो। गोडाले कङ्कड गडेको अनुभव पनि गर्‍यो। बस्, त्यत्ति। फेरि उसलाई लाग्यो- कस्तो सबै जना चुप्प छन्, एकअर्कोसँग वास्ता नभएको जस्तो।

उसले सबैतिर हेर्‍यो। सबै एकनाससँग हिँडिरहेका थिए, ऊतिर नहेरेर। उसले त्यसै आफैंलाई सम्बोधन गरेको जस्तो भन्यो- किन कोही बोल्दैन?

किशोरले आफ्नै वाणीलाई अर्कोले बोलेको जस्तो गरेर सुन्यो। कमिस्नरको मसिनो बोली पो सुनियो- भनेको मानेनौ माफी माग भनेको । के गर्नु आफ्नो ड्युटी गर्नैपर्ने भो

किशोर मुस्कुरायो, भन्यो- मलाई पनि लागिरहेछ म पनि ड्युटी गर्न गैरहेको छु।

किशोरलाई लाग्यो, उसले मुस्कुराएको कुनै ठूलो व्यङ्ग्यको बोधले होइन। उसलाई ठूल्ठूला कुरा कहाँ आइरहेका थिए र त्यस समयमा! त्यही क्षणका कुरामा मात्र उसको ध्यान थियो र उसको शरीरले पाउन थालेको अनुभव पनि त्यही क्षणसँग सम्बन्ध राख्थे।

फेरि त्यो जुलुस शान्त भएर हिँडिरह्यो। अनि अचानक किशोरले देख्यो, यात्राको अन्त्य आइसकेछ। जेलको बाहिरिया र पर्खालको कापनिर सानो मञ्चजस्तो दायाँबायाँ दुइटा लामा खामा खडा थिए। र, ती खामाका उपर तेर्सो गरेर एउटा अर्को खामो राखिएको थियो, जसबाट एउटा डोरी झुन्डिरहेको थियो। र, डोरीको झुन्डिएको सिरानपट्टि मुन्द्रीको आकार बन्न गएको थियो, जसमा एउटा गाँठोले अड्याएर राखेको जस्तो थियो। मञ्चमा एउटा अल्गो मोटो मानिस सुरूवाल र कालो स्वेटर मात्र लाएको उभिरहेको थियो। तल, पहिलेदेखि नै एउटा सानो डफ्फा सिपाहीहरुको पर्खिरहेको थियो।

मञ्चनिर पुगेर त्यो सानो जुलुस टप्प अड्यो। किशोरले मञ्चको दुई खुड्किलो सिँढीका सामुन्ने आफूलाई पायो। उसलाई लागेन, कसैले केही भने। तर प्रयासहीन त्यसका गोडा त्यसै त्यसमा उक्लिँदै चढे।

चारैतिर निष्पट्ट शान्ति थियो। टाढा कुनै दरबारको कुकुरको बाक्लो भुकाइले झन् त्यहाँको निस्तब्धतालाई घनीभूत पारिरहेको थियो। अन्धकार पनि आकाशमा निविष्ट केवल मञ्चनिर पर्खालमा लागेको बिजुलीको प्रकाशद्वारा बन्न गएको एउटा उज्यालो केन्द्र। किशोरले मञ्चमाथि चढेर तल हेर्‍यो। उसलाई लाग्यो, उसको मस्तिष्क एकदम स्पष्ट भएको छ, जसले त्यस क्षणका तमाम दृश्यलाई राम्ररी अङ्कित गर्दै गैरहेको छ एउटा क्यामेराको मसिनजस्तो।

तल मञ्चमा अर्धवृत्त बनाएर अफिसर र मिलिट्रीका मानिसहरु उभिएका थिए। उसले एकएक गरेर सबैलाई हेर्‍यो। सबै नबोलेर मुन्टो तल निहुराएर उभिरहेका थिए- डाक्टर, कमिस्नर, सुबेदारप्रभृति। उसले डाक्टरको पहिरनलाई लक्ष्य गर्‍यो- गाढा निलो पेन्ट र हलुको कालो रङ्गको कोट उसले लाएको थियो। कमिस्नरको कोगटी टोपी तलको निधारमा दिनभरिको चन्दन र टीका जस्ताको तस्तै थियो। सुबेदारले लाएको ग्रेट कोट र काने टोपीको रङ्गमा भएको फरकपट्टि पनि किशोरको ध्यान गयो। उसलाई लाग्यो- कस्तो आश्चर्य कि अन्तिम बेलामा उसलाई यी सानासाना कुराहरुको मात्र ध्यान आइरहेको छ।

उसको गोडामा डोरीको छाँद हाल्न लाग्दा उसले यसो निहुरिएर हेर्‍यो। मञ्चमाथिको कालो स्वेटर लाउने मोटो अल्गो मानिसले स्वाँस्वाँ गर्दै झुकेर उसको दुवै गोडालाई जोरेर गोलीगाँठानिर बाँधिरहेको थियो। उसको गोडाले कस्सिएको गाँठोले किचेको पनि बोध गर्‍यो र पैतालाले खस्रो फल्याकको अनुभव। त्यसपछि घुँडानिर अर्को छाँद हालियो। त्यहाँ पनि डोरीले छालालाई किचेर दुखाए जस्तो किशोरलाई लाग्यो।

कदम शान्तिमा यी सब क्रिया भैरहेका थिए। केवल किशोरको मन र शरीर अत्यन्त चनाखो भएर यी सबै कुरालाई स्पष्ट किसिमले टिपिरहेका थिए। कालो स्वेटर लाउने मानिसले उसको टाँक फुकाल्न लाग्दा उसको मुखको गन्ध किशोरको घाँटीमा लाग्न गएको थियो। भावनाशून्य भएर किशोरले मनमनै भन्यो- यो के भएको? किन ममा केही भावना आउँदैन! मन र शरीरले अनुभव मात्रै गरिरहेको छ, तत्क्षणका अर्थहीन क्रियाहरुको!

कोट फुकालेपछि उसको हातलाई पनि पछिल्तिर लगेर बाँधिदिन थालेको उसले थाहा पायो। कोट नभएको शरीरले बाहिरको चिसोको अनुभव गर्‍यो। शरीरमा ठन्डाले एउटा हलुका सिहरन ल्यायो। उसले टाउको उठाएर आकाशतिर हेर्‍यो। आकाश गहिरो कालो र चिसो। तिनमा असङ्ख्य नक्षत्र असाधारण ज्योतिले टिलपिल गरिरहेका थिए। उसलाई लाग्यो- ती नक्षत्र ठूलाठूला हीराका टुक्रा हुन्। अनि झल्याँस्स राधालाई सम्झ्यो। आकाशजस्तै गहिरो, कालो स्निग्ध अनुहारलाई। उसको सुधो अनुहारका टल्किने दुई आँखालाई। उसलाई लाग्यो, ऊ देखिरहेको छ। उसले सम्झ्यो राधा आमा भएकी छ। छोरो कस्तो होला!

आकाशमा ठूलो चमकसँग उदाएको शुक्र तारालाई उसले एकछिनसम्म हेरिरह्यो। र, मनको कुनामा सधैंको अनुभवजस्तो गरेर उसलाई लाग्यो- अब अरूणोदय हुन्छ, अनि सूर्योदय।

त्यसैबखतमा पछिल्तिरबाट उसको टाउकोमाथि कालो खोल लगाइदिए। उसको घाँटी ठाडै उठेको थियो। तत्क्षण उसलाई लाग्यो, एउटा चिसो डोरी मालाजस्तो उसको तानिएको घाँटीमा पर्‍यो र यसलाई अनुभव गर्दागर्दै उसलाई लाग्यो- पैतालाको खस्रो फलेक सर्‍यो र कसैले बेहद शक्तिले उसको घाँटीलाई तान्यो।

त्यसपछि एउटा युवकको मृत शरीर बिहानपख आकाशमा हल्लियो। सबैले मुन्टो निहुराए।

सुबेदारले त्यहीँ जेलको अर्कोपट्टिको उनीहरुको अस्थायी शिविरमा आफ्ना मानिसलाई मार्च गराउँदै फर्काएर ल्यायो। त्यही कामका लागि डिटेल भएर उनीहरु आएका थिए। एउटा ठूलो हरियो पाल गाडेर हिजोदेखि उनीहरु जेलमा बस्न आएका थिए। सुबेदार, हवलदार र तीन जना सिपाही। कसैले एकशब्द बोलेनन्। आएर बिस्तारबिस्तार आफ्नो वर्दी फुकालेर आफ्नोआफ्नो बिछ्यौनामा सुते। जाडोको याम, मुख छोपेर सबैले रातभरिको थकानलाई निद्रामा मेटाउन चाहे।

सुबेदारलाई पटक्क निद्रा लागेन। आँखा टुलुटुलु हेरेर धेरैबेरसम्म बिछ्यौनामा सुतिरह्यो ऊ।

शरीर थाकेको त थियो, तर निद्रा भने पटक्क छैन। उसले देख्यो, अर्को खाटमा हवलदार पनि चटपटाइरहेको छ। उसले भन्यो- हवलदार, निद्रा लागेन?

हवलदारले भन्यो- मरे निद्रा आउँदैन।

सुबेदार उठेर बस्यो र भन्यो- सिगरेट झिक्न।

हवलदार पनि उठेर बस्यो र तकिया तलबाट सिगरेटको डब्बा झिक्दै भन्यो- आखिरी याममा मानिसको दृष्टि आकाशतिर हुँदोरहेछ।

सुबेदारले सिगरेट सल्काउँदै भन्यो- मेरो एउटा छोरो ठिक्क त्यस्तै छ। ठिक्क …!

हवलदारले सिगरेट तान्दै भन्यो- मेरो भाइ पनि गाउँमा ठीक त्यस्तै छचञ्चल, हँसिलो।

सुबेदारले भन्यो- होइन हवलदार, त्यसले यसो आकाशतिर हेरेर सबैलाई आशीर्वाद दिएको जस्तो तँलाई लागेन?

तबसम्म तीनैजना सिपाहीहरु पनि उठेर आफ्नाआफ्ना बिछ्यौनामा टुक्रुक्क बसिसकेका थिए।

एउटाले भन्यो- त्यस्तो अन्तिम घडीमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको कुरा पुग्छ।

सुबेदारले सिगरेटको लामो कस तानेर सिगरेटलाई पालबाट बाहिर फ्याँक्दै भन्यो- ल हेर, पूर्वतिर झकमक्क उज्यालो भैसकेछ।

उता, डाक्टर कमिस्नरको जिपमा आफ्नो घरमा फर्केर आयो। उसको शरीर लगलग काँपिरहेको थियो। लाग्यो, कस्तो जाडो आज राति। ऊ बिस्तारै आफ्नो कोठामा पस्यो। दुलही बिछ्यौनामा सुतिरहेकी थिई। उसले आफ्नो लुगा फुकाल्यो र बाथरूममा गएर हात धुन थाल्यो। धाराको शब्दले दुलहीको निद्रा टुट्यो। उसले भनी- यति अबेर के गरेको? कहाँ गएका थियौ?

डाक्टर सुत्ने कोठामा आएर बिछ्यौनामा पस्यो। दुलहीले सरेर उसलाई ठाउँ बनाइदी। उसको देहसँग टास्सिँदा उसले भनी- कस्तो चिसो शरीर तिम्रो!

डाक्टर नबोली धरिनतिर हेरेर बसिरह्यो।

दुलहीले भनी- किन नसुतेको?

, एकछिनपछि डाक्टरको अनौठो व्यवहार देखेर फेरि भनी- के भो हँ, तिमीलाई? कहाँ गएका थियौ? भन भन, भन न।

डाक्टरले सुस्तरी भन्यो- नभन्नू है- मेरो मासु खाने, छोराहरुलाई। त्यही ठिटोलाई फाँसी दिलाउन जानुपरेको थियो! नभनेस् है, छोराहरुलाई।

दुलहीको मुखबाट केवल हाय! भन्ने शब्द निस्क्यो र उसले आफ्नो हत्केलाले मुख छोपी।

रात बितिसकेको थियो। झ्यालको कापबाट पूर्वपट्टिको आकाश उज्यालो भयो।

कमिस्नर डाक्टरलाई पुर्‍याएर सोझै दरबार गए। ढोकामा सिपाहीहरु ठूलो धुनी बालेर बात मारिरहेका थिए। कर्णेललाई उनले सबै वृत्तान्त भनेर उनी घर आए। आउनेबित्तिकै सोझै पूजाकोठामा गए। ढोकैबाट पूजा गर्ने गरेको मूर्तिलाई हेरे। पूजाकोठाको बत्ती बलिरहेको थियो र उनको गोडाको चाल पाएर अक्षता टिपिरहेको एउटा मुसा दगुर्दै कोठैको एउटा प्वालमा पस्यो। त्यसै उनी मग्न भएर एकछिन हात जोडेर उभिरहे।

अनि आफ्नो छोराको कोठामा गए। कलेजमा पढ्थ्यो, त्यो छोरो। कोठामा किताबहरु यत्रतत्र छरिएका थिए। टेबुलमा बत्ती बलेकै थियो। भित्तामा तस्बिरहरु थिए- एकदुई सिनेमाका नायिकाहरुका र ९७ सालका सहिदहरुका पनि। ऊ उत्तानो परेर सुतेको थियो। कमिस्नरले धेरैबेरसम्म उसको मुख हेरिरहे। अनि बिस्तारै गएर उसलाई छोए। उसले चटपटाएर कोल्टे फेर्‍यो। कमिस्नरले ओढ्ने उसमाथि राम्ररी ओढाइदिए र बाहिर आए। सुत्ने कोठामा उनकी दुलही बेखबर सुतिरहेकी थिइन्। तर उनलाई सुत्ने कहाँ टाइम थियो र! बिहान भैसकेको थियो। सधैंको जस्तो बागमती र पशुपति जाने बखत भैसकेको थियो।

कथाका पात्रहरू

किशोर

किशोरकी श्रीमती राधा

किशोरकी बहिनी

किशोरका बुवा मा

किशोरको भाइ

डाक्टर

कमिस्नर

सुबेदार

हवल्दार

सिपाहीहरू

हवल्दारको भाइ, डाक्टरकी श्रीमती,डाक्टरको छोरो,कमिस्नरको छोरो ,कमिस्नरकी श्रीमती कर्नेल दि

 

कथाको सन्दर्भ

-    सालमा सुन्दरीजलको जेलमा बन्दी हुँदा लेखिएको,

-    श्वेतभैरवी(२०३९)कथा सङ्ग्रहमा सङ्ग्रहित

-    २००७सालको क्रान्ति हुनपूर्व राणाशासन कालमा प्रजातन्त्र ल्याउनका लागि संघर्ष गर्ने युवाहरूको झल्को,

-    २०२८सालमा जनकपुरमा तत्कालिन राजा महेन्द्रको गाडीमाथि बम प्रहार गर्ने युवकको मृत्युदण्डको प्रसङ्ग,

-    तत्कालिन राजनैतिक समस्या,युवाहरूको साहस,राजनैतिक समस्याले समाजका विभिन्न परिस्थितिका पात्रलार्इ पारेका समस्या र समस्याका कारण निर्माण भएको मनस्थितिको विश्लेषण,

-    जीवन र मृत्यका दुर्इ विपरित विन्दुको एकात्मक चित्रण,

-    तत्कालिन राजनैतिक अवस्थाको सजीवत,

-    प्रजातन्त्र,स्वतन्त्रता,न्याय रसमानताका निम्ति युवाहरूको भूमिकाको प्रस्तुती,

शीर्षक सन्दर्भ

१.सामान्यतय एकरातको अर्थ एउटा रातको समय भन्ने हुन्छ ।यस कथामा किशोरले एक रातमा विताएका घटना र त्यसै रात उसको मनका मनोदशाको वारेमा विश्लेषण गरिएको उक्त कथाको शीर्षक सान्दर्भिक देखिन्छ।

२. लाक्षणिक अर्थमा निरङ्कुश तानाशाही व्यवस्था आफैमा एक कालोरात थियो ।तत्कालिन अवस्थाको सजिवता देखिएको उक्त कथाको शीर्षक यसरी पनि सान्दर्भिक देखिन्छ ।

३.विषयवस्तुका आधारमा शीर्षक चयन गरिएको उक्त शीर्षक उपयुक्त र आकर्षित देखिन्छ ।

कथानक

बन्दीगृहमा बम प्रहारको अभियोगमा मृत्युदण्डलार्इ कुरेर बसेको एक किशोर नामक पात्रबाट कथाको सुरूवात भएको छ । यसकथामा तानाशाहीहरूको विरूद्धमा उनिहरूलार्इ चेतावनी दिनको लागि बम प्रहार गर्ने जिम्मा किशोरले लिन्छ । बम प्रहार गरेको अभियोगमा पक्राउ पर्छ र उसले बम फालेको पनि स्वीकार्छ तर माफि माग्न लगाउदा माफि माग्न नमाने पछि फाँसिको सजाय सुनाइन्छ ।उक्त सजाय सुनाएपछिको एक रात उसका मनमा अनेक कुराहरू  खेल्छ ।मनमा कुरा खेल्दा खेल्दै झपक्क निदाउन लागेको समयमा कमिस्नर एर अन्तिम इच्छा सोध्छ किशोरले उत्तरमा फ्नो व्याक्तिगत इच्छा केहि नभएको तर तमाम युवाहरूको जीवनमा मानवीय मर्यादा र सुख सम्भव होस् भन्ने चाहेको बताउँछ।प्रजातन्त्रको डिउटी गरेको भन्ने किशोरको उत्तर सुनेर कमिस्नर रिसाउछ ।किशोर फ्नो परिवारलार्इ सम्झन पुग्दछ ।अत्यन्त पढ्न मन गर्ने भाइ, बहिनी ,सोझा र सरल बा आमा,कलिलै उमेरकी स्वस्नी,आफू जेलमा परेपछि जन्मेको छोरो क्रान्तिकारी साथीहरू सबै उसका स्मृतिमा आउछन् ।उसलार्इ फाँसीमा झुण्ड्यान्छ ऊ कतिपनि डगमगाउँदैन  ।आकाश तिर फर्किएर हेर्दा देखेको चम्किलो तारा सँगै उसले वीरगती हासिल गर्छ तर झुन्ड्याउनका निम्ति आएका डाक्टर,हवल्दार,कमिस्नर ,पुलिस,सुबेदार जस्ता पात्रहरूलार्इ भने निन्द्रा लाग्दैन ,आफ्ना युवा अवस्थामा रहेका भाइ,छोराहरूले यो घटना थाहा नपाउन भन्ने चाहन्छन् ।उनिहरूको मनमा छटपटी हुन्छ यतिकैमा यस कथाको कथानकको अन्त्य भएको छ ।

कथाको विश्लेषण

फ्रायडवादी मनोविश्लेषण सिद्दान्तलार्इ औल्याउने कथाकार विश्वेश्वरप्रसाद कोइरला (१९७१- २०३९) नेपाली साहित्य जगतमा मनोवैज्ञानिक कथा लेखनको थालनी गरेर नेपाली कथा जगतलार्इ नयाँ युगमा प्रवेश गराएका थिए । ‘हंश’ नामक हिन्दी पत्रिकामा ‘वहाँ’ नामक नाटक (वि.स.१९८७) लेखि साहित्य जगतमा उदाएका कोइरला वि.स. १९९२सालमा शारदा पत्रिका मार्फत ‘चन्द्रवदन’कथाबाट नेपाली साहित्य यात्रा सुरू गरेका थिए ।राजनीति र साहित्यलार्इ सँगसँगै लिएर अगाडि वडेका उनी दोषी चस्मा (कथा सङ्ग्रहः२००६),श्वेतभैरवी(कथा सङ्ग्रहः२०३९),का साथै थुप्रै कथा,उपन्यास,कवितार अन्यविधामा पनि उनको कलम चलेको देखिन्छ । नेपाली राजनीतिमा गृहमन्त्री,संसदसदस्यका साथै प्रथम निर्वाचित प्रधानमन्त्री(२०१६)भएका थिए ।यसरी आफ्नो छवी राजनीति र साहित्य दुवै तरिकाबाट चारैतिर फैलिएका कोइरलाको एकरात कथामा ‘किशोर’लार्इ युवाहरूको प्रतिनिधि पात्रको रूपमा उभ्याएर उसैको सेरोफेरोमा विषयवस्तु प्रस्तुत गरेका छन्।

   यस कथामा किशोर प्रमुख पात्र हो ।ऊ साहसी,निडर र प्रजातन्त्र तथा स्वतन्त्रता चाहने युवाहरूको प्रतिनिधि पात्र हो । सामान्य किसान परिवारमा जन्मेर दुःखका साथ शिक्षित भएको र समाजमा क्रान्तिगरी अन्धविश्वास,निरङ्कुशता र अन्धकार हटाउन चाहने अग्रगामी व्यक्ति हो ।उसले निरङ्कुशताको विरूद्धमा तानाशाहलार्इ अत्याउन र चेतावनी दिन क्रान्तिकारी साथीहरूको निर्णयमा बम प्रहार गर्छ र पक्रिन्छ । उता उसका घरमा आमा बावु,भाइबहिनी र सानै उमेरमा विहे गरेर ल्याएकी गर्विणी श्रीमतीलार्इ चटक्क छाडेर ऊ कारागारमा जान्छ ।कारागारमानै छोरो जन्मेको खबर पाउछ ।घरका सदस्यहरूसँगको प्रगाढ सम्भन्ध हुँदाहुँदै पनि परिवार भन्दा माथि उठेर देश र जनताको लागि हाँसीहाँसी फासिमा चढ्छ । कारागारका पात्रहरू जुन कमिस्नर ,सुवेदार हवल्दार ,डाक्टर ,सिपाही आदिले उसलार्इ माफि माग्ने मौका दिदासमेत उसले माफी नमागी युवापुस्ताको स्वतन्त्रताको आकांक्षामा आफ्नो जीवन गाथा त्यहि समर्पण गर्छ ।उता किशोरलार्इ मृत्युदण्ड दिने पात्रहरूलार्इ मनमै छटपटि ,अत्याहट,अशान्ती हुनाको साथै आफ्ना नयाँ पुस्ता यानकि भाइ , छोराहरूसँग पनि भन्न डराउछन् ।यसरी यस कथाको कथानकको अन्त्य भएको छ ।

    मनोवैज्ञानिक यथार्थवादी विषयवस्तु समेटिएको उक्त कथामा समाजबाट निरङ्कुशता समाप्त गर्न र समाजमा प्रजातन्त्र तथा स्वतन्त्रता स्थापना गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका  हुन्छ । युवाले नै समाज परिवर्तन सफल हुन्छ ।देश र जनताको स्वतन्त्रताको लागि कहिलेकाहि आफ्नो घर परिवार रआफन्त भन्दा माथि उठेर आफ्नो ज्यान पनि नभनी लड्न सक्नु पर्छ । निस्वार्थ राजनीतिले नै समाजको उन्नती हुन्छ भन्नेकुरा यस कथामा प्रस्तुत गर्न खोजिएको छ । निरङ्कुशता लादेर जनताको रगत र पसिना चुस्न चाहने सत्ताधारीको विरूध्धमा हटेर होइन डटेर तिनको सामना गर्नुपर्छ भन्ने कुराको सङ्केत यस कथाले गरेको छ ।

  मानिसको जीवन सधै रहिरहदैन त्यसैले बाचुन्जेल राम्रो काममा आफ्नो जीवनलार्इसमर्पण गर्नु पर्छ ।यदि छोटोसमयमा नै किन नहोस् उसले राम्रो काम गर्यो भने मरेर गएपनि ऊ अमर रहिरहन्छ ।त्यसैले जीवनमा कायर भएर बाँच्नु हुँदैन भन्नेकुरा यो कथाले प्रस्तुत गर्न खोजेको छ ।

 

 

 

 

 

 

 










नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...