गुरुवार, 18 मार्च 2021

लोकवार्ता

 

अङ्ग्रेजी भाषाको फोकलोर (folklore) शब्दको नेपालीमा लोकवार्ता शब्दको प्रयोग गरिन्छ।अङ्ग्रेजी भाषाको फोक (folk) को समानार्थी शब्द लोक शब्दको प्रयोग गरिएको छ।लोक शब्दले गाउँ र शहर दुवै क्षेत्रमा बस्ने सामान्य जनसमुदायलाई समेटेको छ।तर लोक अभिजात्य संस्कार, शास्त्रीयता र पाण्डित्य चेतना रहित भई परम्पराको प्रवाहमा जीवित रहन्छ ।वार्ता शब्द अङ्ग्रेजी भाषाको लोर (Lore)  का निम्ति आएको छ । यसको अर्थ होज्ञान अथवा जान्नुपर्ने कुरा । यसरी लोकवार्ताको अर्थ सामान्य जनताको ज्ञान भन्ने हुन्छ । लोकवार्ताको निम्ति लोकसंस्कृति शब्दको पनि प्रयोग गरिएको छ।लोकको ज्ञानलाई यहाँ ४ क्षेत्रमा राखिएको छः 

क) मौखिक लोकवार्ता ः

मौखिक परम्परालई मौखिक लोकवार्ता भनिन्छ।भाषाका माध्यममा हुने माैखिक अभिव्यक्ति, लोकगाथा, लोक कविता, लोककथा, चुटकिल, उखान र गाउँखाने कथा आदि पर्दछन्।वि.सं.२०६८ मा भएको नेपालको जनगणनामा नेपालमा १२३ भाषाहरू छन् । एथ्नोलग (२०१६) ले नेपालमा बोलिने १०२ भाषाहरूको नाम दिएको छ।मौखिक लोकवार्तामा भाषा, भाषाका नाम र वैकल्पिक नामहरू, लोक व्युत्पत्तिका कुरा, भाषा र जातिसँग जोडिएको किम्बदन्ती र कथाहरू पर्छन् ।भाषाको समाजभाषिक अध्ययनको क्रममा भाषागत विविधता, क्षेत्रीय र सामाजिक भाषिका, विभिन्न कार्यमा त्यस भाषाको प्रयोग, आदर, अभिवादन, मान अपमान र अन्य विविध सन्दर्भमा भाषाको प्रयोग, लेखन पद्धति, साक्षरताको स्थिति, मानकीकरणका विविध प्रयासहरू आदिबारे पनि व्यवस्थित अध्ययन गर्नुपर्ने हुन्छ । मौखिक परम्पराकै रूपमा कविता, गाथ र काव्य, कथा, चुटकिला, उखान, टुक्का र मन्त्रहरू पर्दछन् ।

    ख) सम्पादनमूलक लोकवार्ता ः

    सम्पादनमूलक लोकवार्तामा नृत्य, गीत, खेल, चटकर लोकनाटक आदि पर्दछन्  भौतिक लोकवार्तामा मूर्त संस्कृतिअन्तर्गतका विषय पर्दछन् ।नेपालका विविध जातिको लोक नाच र लोकनाटकहरू प्राचीनकालदेखि नै प्रचलनमा रहेका छन् । विभिन्न भाषाका लोकगीत र सङ्गीत, लोकनाच र लोकनाटक तथा खेल मनोरन्जनका अन्य प्रकारहरू पनि सम्पादनकारी लोकवार्तामै पर्दछन्।लोक बाजाहरू भौतिक संस्कृतिका विषय हुन् तापनि सम्पादनकारी लोकवार्तामामै पनि बाद्यवादन र बाजाहरूबारे जानकारी र अध्ययन आवश्यक मानिन्छ ।

    गन्धर्व र हुड्केहरूको त लोकगीत र गाथाहरूको गायन पेसा रहेको छ ।नेपालको विभिन्न जातिमा लामा र छोटा गीत गाउने लामो परम्परा छ । परम्पराका सम्पादनकर्ता र सम्वाहकहरूको व्यक्तिगत जीवन, तिनका कार्यकलाप र  समाजमा तिनले गरेको योगदानको अध्ययन पनि लोकवार्ताका मुख्य विषय हुन आउँछ । भाषाका ज्ञाता, गायक, बादक, धामी, पुरेत आदि वास्तवमा लोकवार्ताका जीवित सम्पदा हुन् । तिनको मृत्यु हुनु एउटा पुस्तकालय नै डढेर खरानी हुनु हो ।

    ग) व्यवहारमूलक लोकवार्ताः

    हाम्रा चालचलन, रीतिस्थिति, चाडपर्व, मूल्यमान्यता र विधिविधानका कुरा भने व्यवहारमूलक लोकवार्ता अन्तर्गत राखिएका छन् । मान्छे सामाजिक प्राणी हो । समाजको सञ्चालनका क्रममा मान्छेले गर्ने समस्त कार्यहरू, सामाजिक तथा आर्थिक सङ्गठनहरू, परिवार, जात र थर, नाता सम्बन्ध, पेसा र जीवननिर्वाहका विधिहरू, रीतिथिति, चालचलन र मान्यताहरू पर्दछन् ।सबै विषयमा जीवनका विभिन्न चरणमा सम्पन्न गरिने संस्कारहरू हुन्छन् । जन्म, छैँठी र न्वारनकर्म, चुडाकर्म, ब्रतबन्ध, विवाह र मृत्यसंस्कारका चालचलन, रीतिथिति, मूल्य, मान्यता आदि लोकजीवनका अभिन्न अङ्ग हुन् । लोकजीवनका विविध आयामहरूको व्यापकताले गर्दा अचेल लोकवार्ताको अध्ययन लोकजीवनसँग जोडेर गर्ने चलन बढेको छ । चाडपर्वहरू एकातिर जीवनका मूल्य र मान्यतासँग जोडिएका छन् भने अर्कातिर समाज, परम्परा र प्रकृतिसँग पनि सम्बन्धित हुन्छन् । विभिन्न चाडपर्वका सङ्गीत, नृत्य र गीतहरूले लोकवार्ताका अन्य पक्षलाई पनि एकीकृत गरेको हुन्छन् । शास्त्रीय कर्मकाण्डका साथै लोकजीवनमा व्याप्त आस्था, विश्वास, देवी देउता, भूतप्रेत, बोक्सी, डङ्किनी आदि सबै लोकजीवनका यथार्थ अभिव्यक्त हुन् ।

    घ) भौतिक लोकवार्ता ः

    भौतिक लोकवार्तामा मूर्त संस्कृतिअन्तर्गतका विषय पर्दछन् ।यसमा पनि एकथरि घर र घरेलु वस्तु, कृषि, पशुपालन, घरेलु उपयोगका सामग्री जस्ता व्यवहारोपयोगी वस्तु छन् भने अर्काथरि भाँडाकुँडा, गरगहना, बाजागाजा जस्ता सामग्री पनि छन्।लोक जीवनमा बसोबासको ढाँचा, गृहनिर्माण प्रविधि, उपलब्ध प्राकृतिक स्रोतको उपयोग र त्यसका बारेको ज्ञान र प्रविधि अनि ज्ञान र प्रविधिको हस्तान्तरणको प्रक्रिया पनि हुन्छ।कृषि, आखेट तथा पशुपालनका पद्धति, जीवनयापनका तरिका, खानपान, पहिरन, आभूषण, औषधोपचार तथा कलात्मक तथा व्यवहारोपयोगी वस्तुको निर्माण  र प्रयोग भौतिक लोकवार्ताका मुख्य विषय हुन्। खाद्य र अखाद्य वस्तुका रूपमा लोकजीवनका आआफ्ना मूल्य र मान्यता हुन्छन्।वेशभूषाका रूपमा पुरूष र महिलाका पहिरन, दैनिक र विशेष अवसरका पहिरन,  विभिन्न उमेर र अवसरमा प्रयोग गरिने गरगहना, शृङ्गार, केशविन्यास, गोदना आदि जातिका आफ्ना जातिका आफ्ना परम्परागत ज्ञान, कला र प्रविधि हुन्छन् । कृषि, पशुपालन र औषधोपचारका मान्यता, प्रक्रिया र व्यवहार, कलात्मक वस्तुहरूको निर्माण तथा उपयोग, ज्ञान र सीपबारेका मान्यता र विश्वास बारेका जानकारी पनि तिनका संवाहकबाटै प्राप्त गर्न सकिन्छ ।



    सामान्यतय लोकवर्ता भन्नाले  मौखिक लोकवार्ता भन्ने बुझिन्छ । त्यसैले केही विद्वानहरूले लोकसाहित्यका अर्थमा लोकवार्ता शब्दको प्रयोग गरिएको पाइन्छ ।लोकवार्तलाई सम्पदामा पनि  समेट्ने प्रयास गरिएको छ । युनेस्कोले मूर्त र अमूर्त सांस्कृतिक  सम्पदा भनी वर्गीकरण गरेको छ । युनेस्कोको सन् २००३ मा भएको महासभामा अमूर्त सांस्कृतिक सम्पदाको बचाउका निम्ति प्रस्ताव पारित गर्‍यो र त्यसमा अमूर्त सांस्कृतिक सम्पदाका रूपमा लोकवार्ताका निम्न लिखित पक्षहरूलाई समेटेको छः

    • मौखिक परम्परा र अभिव्यक्तिहरू 
    •  सम्पादनकारी कलाहरू
    •  सामाजिक व्यवहारहरू, अनुष्ठानहरू र पार्विक घटनाहरू)
    •  प्रकृति र विश्वसम्बन्धी ज्ञान र प्रयोगहरू  
    • परम्परागत शिल्पकला                                                                                                                                नेपालले सन् २०१९ मा यसको समर्थन गर्‍यो र यसका निम्ति आफ्नो सांस्कृतिक नीति निर्माण पनि गरेको छ ।

    कतिपय जातिका लोकवार्ताको अध्ययन भएकै छैन । कतिपय जातिका लोकवार्ताहरूको आंशिक अध्ययन मात्र भएको छ ।पहाडी क्षेत्रको लोकवार्ताको अध्ययन केही बढी भए पनि तराई र हिमाली क्षेत्रका जातिको अध्ययन कम भएको छ । लोकवार्ताका विभिन्न क्षेत्रमध्ये लोकसाहित्यको अध्ययन बढी भएको छ । यसको कारण के हो भने लोकवार्ता वा लोक लोकसंस्कृतिमा लोकसाहित्य महत्वपूर्ण विधा हो । धेरैको रूचि यसमा रहन्छ तापनि यो मौखिक परम्परा र सम्पादनकारी कला भएको हुनाले हुनुपर्ने  किसिमले अध्ययन भएको छैन । उदाहरणका निम्ति पहाडी क्षेत्रका सोरठी, घाटु, लीला, बालन, भारत, चैत आदि सम्पादनकारी कलालाई आद्योपन्त भिडियोमा हेर्न वा सुन्न सकिने व्यवस्था छैन । अनुशन्धाताहरूले गरेका सङ्कलन अपर्याप्त र अपूर्ण छन् । लोकवार्ताको अध्ययनका सैद्धान्तिक र प्रयोगात्मक ज्ञान नभएका वा कम भएका, श्रव्यदृश्यका उपकरणको प्रयोगमा राम्रो ज्ञान र अभ्यास नभएका, सीमित साधन र स्रोतका साथ काम सक्नुपर्ने स्थितिमा रहेकाले नेपाली विद्वानहरूले गरेका अध्ययन अपर्याप्त र अपूर्ण छन् । नेपालको लोकजीवन, नेपालीको रीतिस्थिति तथा मूल्यमान्यताको अध्ययन नेपाली तथा विदेशी संस्कृतिविद् र मानवशास्त्रीहरूले पनि गरेका छन् ।यस्ता कतिपय पक्षहरूमा लोकवार्तविद्हरूबाट ज्यादै कम अध्ययन भएको छ।लोकवार्ताविद्हरूको अध्ययनमा मौखिक परम्परा, सम्पादनकारी कला र भौतिक लोकवार्तालाई एकीकृत रूपमा हेरिने हुनाले विशुद्ध सांस्कृतिक अध्ययनभन्दा यो फरक हुन्छ । विषयको स्थापना, व्याख्या विवेचना र प्रस्तुतिमा भिन्नता छ ।व्यावहारिक कला, प्रविधि र शिल्पको अनुसन्धान तथा परम्परागत ज्ञान, सीप र प्रविधिको अध्ययनको क्रममा केही कार्य अवश्य भएका छन् । केही व्यावसायिक कला र सीपको विकासका निम्ति कार्यक्रम पनि बनेका छन् । नेपालको विविध क्षेत्रमा बसोबास गरिरहेका जातिका परम्परागत ज्ञान र सीपको ह्रास स्थिति झन भयावह छ ।

    लोकजीवनबाट सङ्कलित सामग्री राख्ने कुनै उपयुक्त सङ्ग्रहालय छैन । लोकवार्ता सङ्ग्रहालय स्थापना गर्नुपर्छ। अझ सुविधासम्पन्न अभिलेखालयसहितको राष्ट्रियस्तरको लोकवार्ता प्रतिष्ठानको स्थापना गरी नेपालका विविध भाषाका लोकवार्ताको अध्ययनलाई गति दिनुपर्छ ।

    लोकप्रविधि, लोकपहिरन र आभूषण तथा लोकवार्ताको परिचय दिने विविध प्रकारका सामग्रीको सङ्ग्रहालय केन्द्रीय तथा प्रदेश तहमा खोल्न आवश्यक छ। यस प्रकारका सङ्ग्रहालयले लोप हुन लागेका लोकवार्ताका विशेषताहरूको सङ्कलन तथा अध्ययन कार्यलाई प्राथमिकता दिनुपर्छ।समयमा नै यस्ता सङ्ग्रहालय खोली स्थानीय जनताका सीपले बनेका वस्तुहरूको सङ्कलन गरिएन भने कतिपय वस्तुहरूको निर्माण हुन छाडिसकेकाले भएका वस्तु पनि नष्ट हुने र हराएर जाने सम्भावना रहन्छ । विभिन्न क्षेत्रका जनताले संस्कृति र पम्पराका सामग्रीहरूको र तिनको कला र सीपको प्रदर्शन गर्ने व्यवस्था हुनुपर्छ।यस्ता सामग्रीहरूको समयमा नै सङ्कलन भएन भने ती वस्तुहरूको निर्माण कार्य बन्द भई लोककला र सीपको ह्रास मात्र होइन नाश पनि हुने सम्भावना रहन्छ।विभिन्न क्षेत्रमा लोकवार्ता सङ्ग्रहालयहरूको स्थापना दीर्घकालीन योजना बनाउनु आवश्यक छ ।


    नेपाली कविता र काव्य(४२३)बि .एड सेकेण्ड इयर -टि.यु .२०७४

    १.कवितालार्इ   भाषाको माध्यमले अनुकरण गरिने कलाको अादर्श रूप हो ।भन्ने विद्वान को हुन् ? 
     क . शेली                                       ख. अरस्तु
     ग. कलरिज                                    घ. जोन मिल्टन 
    २.प्राथमिक कालिन नेपाली कविताको अादर्श ग्रन्थ कुनलार्इ मानिन्छ ? 
      क. श्रीकृष्णचरित्र                   ख.रामायण 
      ग.सूक्तिसिन्धु                         घ . विमलवोधानुभव 
    ३. क्रान्ति पुरूषले अाफ्नो प्रेमीकालार्इ सम्बोधन गर्दै लेखिएको कविता कुन हो ? 
     क. छोरीलार्इ मानचित्र पढाँउदा        ख.सान्त्वना 
     ग. असार                                           घ. स्वदेशको गाैरव 
    ४.सिर्जना भन्दा राम्रो अरू केहि कुरा यस सन्सारमा छैन भन्ने भाव व्यक्त गर्ने कवि को हुन् ? 
     क. गोपाल प्रसाद रिमाल       ख. भूपि शेरचन 
     ग . माधव प्रसाद घिमिरे         घ. वैरागी कार्इला 
    ५.नेपाली कविता क्षेत्रमा ऋतुविचार को विशेष चर्चा किन हुन्छ ? 
    क. ऋतुहरूको वर्णन गरिएकाले 
    ख. प्रकृतिको सुन्दर चित्रण गरिएकोले 
    ग . पहिलो अाधुनिक खण्डकाव्य भएकोले 
    घ. शैली शिल्प शुन्दर भएकाले
    ६. मानवताको जिजीविसाको सन्देश दिने काव्य कुन हो ? 
    क. ऋतुविचार         ख. कुञ्जिनी 
    ग. राजेश्वरी              घ. अागो र पानी 
    ७. प्रयोगवादी कविता यात्रामा विशेष योगदान पुर्याउने पत्रिका कुन हो ? 
    .रूपरेखा           ख. माधवी 
    ग. इन्द्रणी              घ.गोर्खापत्र 
    ८.कालीप्रसाद रिजालको प्रवृतिगतविशेषता के हो ? 
    क.नीति चेतना         ख. गीति चेतना 
    ग. तार्किकता            घ. बाैद्दिकता 
    ९.खण्डकाव्यको उपयुक्त परिचय कुन हुन सक्छ ? 
      क. लघु अाकारको प्रबन्ध काव्य 
      ख. वर्णनात्मक लघुकाव्य 
      ग. विस्तारित अाख्यानात्मक काव्य 
     घ. जीवना विविध पक्षको चित्रण 
    १०. कुञ्जिनी अण्डकाव्यको स्थानिय परिवेश कस्तो छ?
      क. सहरिया            ख. ग्रामिण 
     ग. प्राकृतिक             घ. सांकृतिक 
    ११.सुलोचना महाकाव्यको माैलिक पक्ष के हो ? 
     क. अाशुकवित्व    ख. दृतलेखन 
     ग.विषयवस्तुमा नविनता  घ. कविता ,नाटक र उपन्यासको त्रिवेणी 
    १२.पूर्वीय काव्य मान्यता अनुशार कुन कुन रसलार्इ अङ्गिरस मानिएको छ ? 
     क. विर ,शृङ्गार र करूण         ख .करूण ,शान्त र र वीर 
      ग. विर ,शान्त र शृङ्गार             घ. शान्त , राैद्र र भयानक 
    १३.कसिलो ,खदिलो र मितव्ययी कलाका कवि भनेर कसलार्इ  चिनिन्छ ? 
        क . लक्ष्मीप्रसाद देवकोटा           ख . माधवप्रसाद घिमिरे 
        ग. सिध्दिचरण श्रेष्ठ                      घ. भूपि शेरचन 
    १४.मानव महाकाव्यले उपेच्छा गरेको नियम के हो ? 
          क. सर्गबन्दन              ख.छन्दयोजना 
           ग.कुलिन नायक         घ. विषयवस्तु 
    १५.रूपक अलङ्कारको  उदाहरण कुन हो ? 
          क.नाट्रयशाला छ अाकाश नाचने बिजुली नटी 
          ख.पृथिवी छन् सुगा-रङ्रगी पिपिराहरूले गरी 
           ग.पृथिवीको दिव्य साैन्दर्य नअाएर पट्रट भै(उत्प्रेक्षा)
          घ.गुलाफको लगाएर लालमोहोर 
    १६. जैविक विविधताको जगेर्ना गर्नुपर्ने सन्देश दिने कृति कुन हो ? 
           क.कुञ्जिनी            ख.राजेश्वरी 
            ग. सिमसारका राजदूत      घ. मानव 
    १७. नेपा .शि. ४२३को पाठ्यङ्रशमा कविताको कुन चाहिँ रूप समावेश भएको छैन ? 
      क. लघु रूप        ख. मझाैला रूप 
     ग. बृहत रूप         घ. बृहत्तर रूप 
    १८ . गाैथलीको चिरबिरी कविता कुन पृष्ठभूमीमा अाधारीत छ ? 
        क.गाैथलीको झगडा   ख. १९९०सालको महाभुकम्प 
       ग.२००७ सालको परिवर्तन  घ. घरधनी र गाैथली बिचको झगडा 
    १९. उत्कृष्ट व्यञ्जना सामार्थ्य भएको कविता कुन हो ? 
         क. स्वर्ग र देवता      ख. पर्खनुपर्छ 
          ग. बुढो माझी           घ. हरायो 
    २०. कविताबाट गीतलार्इ छुट्याउने अाधार के हुन सक्छ ? 
         क. विचार                ख. भाव 
          ग. शैली                   घ. सङ्गित 

    नेपाली भाषामा वर्णविन्याससम्बन्धी समस्या

     

             नेपाली लेख्य भाषामा वर्णविन्याससम्बन्धी अस्पष्टता एक प्रमुख समस्याका रूपमा रहेको छ। यस्तो समस्याले गर्दा लेख्य भाषाको मानकीकरण प्रक्रिया प्रभावित हुन गई भाषामा एकरूपता कायम हुन सकिरहेको छैन। यसरी लेख्य भाषाको मानक रूप निर्धारण हुन नस्कनु भनेको भाषिक विकासमा अवरोध उत्पन्न हुनु हो ।

    नेपाली भाषा भारोपेली भाषा परिवारको सतम् वर्गअन्तर्गत पर्ने आर्यइरानेली शाखाभित्रको प्राचीन आर्यभाषा संस्कृतबाट खस प्राकृत र खस अपभ्रंश हुँदै इसाको एघारौं शताब्दीतिर अस्तित्वमा आएको आधुनिक आर्यभाषा हो।देवनागरी लिपिमा लेखिने यो भाषा नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा, पठनपाठनको माध्यम भाषा हुनुका साथै सञ्चार, प्रशासन, कानुन आदि क्षेत्रमा प्रयोग हुँदै आएको महत्त्वपूर्ण भाषा हो। वि.सं.२०६८ सालको जनगणनाअनुसार यो भाषा ४४.६३% नेपाली जनताद्वारा मातृभाषाका रूपमा प्रयोग हुँदै आएको छ। नेपालभित्र मात्र होइन, नेपालबाहिर पनि संवैधानिक मान्यता पाइसकेको नेपाली भाषामा लेखिएको साहित्यको भण्डार निकै विशाल छ।

    वर्णविन्यासगत शुद्धताको आवश्यकता

    नेपाली भाषा आम नेपालीले प्रत्यक्ष वा परोक्ष प्रयोग गर्नु नै पर्ने एक समृद्धशाली भाषा भएर पनि यसको लेख्य रूपको प्रयोगमा अधिकांश प्रयोक्ताहरूबाट वर्णविन्यासगत शुद्धतामा ध्यान पुग्न सकेको देखिँदैन । हुन त भाषामा वर्णविन्यासगत शुद्धताको आवश्यकता नदेख्नेहरू पनि नभएका होइनन्। तिनीहरूको मतअनुसार भाषाको काम विचार विनिमय गर्नु हो। त्यसैले भाषमा सम्प्रेषणीयता भए पुग्छ।वर्णविन्यासगत शुद्धताको आवश्यकता पर्दैन तर यहाँ विचारणीय पक्ष के छ भने सम्प्रेषणीयताका लागि पनि वर्णविन्यासगत शुद्धता आवश्यक हुन्छ र हरेक भाषामा वर्णविन्यासगत शुद्धताको अपेक्षा गरिन्छ । वर्णविन्यासलाई अङ्ग्रेजीमा स्पेलिङ  भनिन्छ। अशुद्ध वर्णविन्यासका कारण शब्दको अर्थमा अन्तर आएर भाव सम्प्रेषणमा समेत बाधा पर्न जाने हुनाले लेख्य भाषामा वर्णविन्यासगत शुद्धता कायम हुनु आवश्यक छ।उदाहरणका लागि ‘दिन’/‘दीन’, ‘दिशा’/‘दिसा’, ‘वीर’/‘बिर’, ‘शव’/‘सब’ जस्ता शब्दलाई लिन सकिन्छ। ‘दिन’ शब्दले दिउँसो भन्ने अर्थ बुझाउँछ भने ‘दीन’ शब्दले गरिब, दुःखी भन्ने अर्थ बोध गराउँछ।‘दिशा’ शब्द पूर्व, पश्चिम, उत्तर, दक्षिणलाई बुझाउन प्रयोग गरिन्छ भने ‘दिसा’ शब्दले आची(गुहु) भन्ने अर्थ बुझाउँछ। त्यस्तै ‘वीर’ शब्दले साहसी, बहादुर भन्ने अर्थ बोध गराउँछ भने ‘बिर’ शब्दले सुँगुरको भाले भन्ने अर्थ बुझाउँछ। ‘सब’ले सबै भन्ने अर्थ बुझाउँछ भने ‘शव’ले लास भन्ने अर्थ दिन्छ। माथि प्रस्तुत गरिएका शब्दको वर्णविन्यासमा ध्यान नदिएर अशुद्ध वर्णविन्यासको प्रयोगले सम्प्रेषण कार्यमा कतिको असर पार्न सक्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। त्यसकारण भाषामा सम्प्रेषणीयता भए मात्र पुग्छ भन्नेहरूले पनि वर्णविन्यासगत शुद्धतामा ध्यन दिनु जरुरी छ।

    यसरी लेख्य भाषाको मानक रूप निर्धारण गर्न र भाषामा एकरूपता कायम गर्नुका साथै अर्थगत स्पष्टता ल्याएर भाषालाई सम्प्रेषणीय बनाउनका लागि पनि वर्णविन्यासगत शुद्धता अनिवार्य हुन्छ । त्यसमा पनि भाषा शिक्षणका क्षेत्रमा यसको झनै ठुलो महत्त्व रहेको हुनाले नेपाली लेख्य भाषामा हुने गरेका वर्णविन्यासगत त्रुटिहरूको पहिचान सहित त्रुटिको कारण औँल्याउनु र समस्या समाधानको उपाय सुल्झाउनु नै यस लेखको मूल अभीष्ट रहेको छ।

    वर्णविन्यासगत समस्याका केही कारणहरू

    नेपाली भाषामा वर्णविन्यासका क्षेत्रमा हुने त्रुटिहरूमा ‘ह्रस्व/दीर्घ’को प्रयोग, ‘ऋ/रि’को प्रयोग, ‘श/ष/स’को पयोग, ‘छे/छ्य/क्ष’को प्रयोग, ‘ज्ञ/ग्य’को प्रयोग, ‘हलन्त/अजन्त’को प्रयोग, ‘पदयोग/पदवियोग’को प्रयोग आदि पर्दछन्।

    १. नेपाली भाषामा विभिन्न स्रोतबाट आएका शब्दका लागि फरकफरक लेख्य नियमको प्रयोग गरिने हुनाले  वर्णविन्यासगत त्रुटिको मात्रामा वृद्धि हुने गरेको देखिन्छ - 

                    नेपाली भाषाको शब्दभण्डारमा रहेका शब्दहरू मौलिक र आगन्तुक गरी दुई किसिमका छन्।मौलिक शब्दहरू पनि तत्सम र तद्भव गरी दुई प्रकारका छन्।नेपाली भाषामा प्रयोग हुने तत्सम शब्दका लागि संस्कृत भाषाको लेख्य नियम प्रयोग गर्नुपर्ने हुन्छ भने तद्भव र आगन्तुक शब्दका लागि नेपाली लेख्य नियम प्रयोग गर्नुपर्छ। यसरी कुन शब्द कुन स्रोतबाट आएको हो भन्ने ज्ञानको अभावले  प्रयोक्ता अलमलमा पर्ने र वर्णविन्यासगत त्रुटि गर्न पुग्ने अवस्था सिर्जना हुन्छ।शब्दको स्रोतबारे जानकारी भएमा यस किसिमका त्रुटिलाई न्यूनीकरण गर्न सकिन्छ।

    नेपाली भाषा संस्कृत भाषाबाट विकसित भएको हुनाले यो संस्कृत भाषा लेखनका लागि प्रयोग हुँदै आएको देवनागरी लिपिमा नै लेखिन्छ । देवनागरी लिपिमा रहेका सबै लेख्य चिन्हले प्रतिनिधित्व गर्ने औच्चार्य वर्णहरू भने नेपाली भाषामा छैनन् तर पनि लेख्य परम्पराका आधारमा तत्सम शब्दहरूमा ती लेख्य चिन्हको प्रयोग गरिन्छ।तत्सम शब्द लेख्दा संस्कृत लेख्य नियम अनुसार लेख्नुपर्ने हुनाले त्यसो गरिन्छ।अर्कातर्फ नेपाली भाषा संस्कृत भाषाबाट विकसित भएको भएपनि यसका आफ्नै किसिमका उच्चारणगत विशेषता छन्।नेपाली कथ्य भाषामा रहेका त्यस्ता उच्चारणगत विशेषतालाई आत्मसात गरी नेपाली भाषा लिप्याङ्कन गर्दा संस्कृत लेख्य नियमले नेपाली भाषाको आफ्नो विशिष्ट रूपको प्रतिनिधित्व गर्दैन।लेख्य भाषा कथ्य भाषाको अधिकतम निकट हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाली भाषाको आफ्नै विशिष्ट रूपलाई व्यवस्थित गर्न नेपाली लेख्य नियमको तर्जुमा गरिएको हो।संस्कृतबाट नेपालीकरण भएका तद्भव शब्दको लेखनमा नेपाली लेख्य नियम प्रयोग गरिन्छ। नेपाली लेख्य नियमअनुसार लेख्दा देवनागरी लिपिमा भएका सबै लेख्य चिन्हको प्रयोग नगरी ती लेख्य चिन्हको मात्र प्रयोग गरिन्छ जसले नेपाली कथ्य वर्णको प्रतिनिधित्व गर्दछन्।त्यसैले नेपाली कथ्य वर्णको प्रतिनिधित्व नगर्ने तर देवनागरी लिपिमा रहेका ऋ,ञ,ण, दन्त्योष्ठ्य व,श,ष,क्ष,ज्ञ जस्ता लेख्य चिन्हहरू संस्कृत लेख्य नियमअनुसार लेखिने तत्सम शब्दमा मात्र प्रयोग हुन्छन्।नेपाली लेख्य नियमअनुसार लेखिने तद्भव र आगन्तुक शब्दको लेखनमा ती लेख्य चिन्ह प्रयोग गर्नुहुँदैन । शब्दस्रोतसम्बन्धी अज्ञानता तथा कुन स्रोतबाट आएका शब्दका लागि कुन लेख्य नियम प्रयोग गर्ने भन्ने ज्ञानको अभावका कारण तद्भव र आगन्तुक शब्दको लेखनमा पनि माथि उल्लेखित लेख्य चिन्हको प्रयोग पाइन्छ।

    अशुद्ध वर्णविन्यास प्रयोगका केही उदाहरण र त्यसको कारण

    महेन्द्रनगर स्थित दूरसञ्चार कार्यालयको ‘महसुल काउन्टर’मा ‘महशूल काउण्टर’ लेखिएको छ । महेन्द्रनगरबाट प्रकाशित हुने ‘फारवेस्ट’ पत्रिकाको नाम लेख्दा पनि ‘फारवेष्ट’ लेखिएको हुन्छ । महेन्द्रनगरको बजारमा ‘होन्डा मोटर साइकल’को प्रचारका निम्ति राखिएका बोर्डहरूमा ‘होण्डा’ लेखिएको पाइन्छ।‘ब्रिज’ सिमेन्टको कट्टामा नाम लेख्दा ‘बृज’ लेखिएको हुन्छ र पत्रपत्रिका तथा टेलिभिजनबाट प्रचार दिँदा पनि ‘बृज’ नै लेखिएको पाइन्छ।यी त गैरशैक्षिक तथा गैरप्राज्ञिक क्षेत्रमा देखा परेका त्रुटिहरू हुन्।शैक्षिक तथा प्राज्ञिक क्षेत्र जहाँ भाषिक शुद्धतामा विशेष जोड दिइन्छ त्यहाँ पनि यसकिसिमका वर्णविन्यासगत अशुद्धिहरू थुप्रै पाउन सकिन्छ।क्याम्पसमै प्रयोग हुने कतिपय कागजपत्रमा ‘रजिष्टर’, ‘सेमिष्टर’, ‘घण्टी’ जस्ता शब्दहरू लेखिएका पाइन्छन् । पाठ्यपुस्तकका रूपमा प्रकाशित भएका कतिपय पुस्तकहरूमा ‘झण्डा’, ‘घमण्ड’, ‘स्टेशन’ जस्ता अशुद्ध वर्णविन्यास भएका शब्दहरू देखा पर्दछन्।

    माथि उल्लेख गरिएका ‘महसुल’, ‘काउन्टर’, ‘फारवेस्ट’, ‘होन्डा’, ‘ब्रिज’, ‘रजिस्टर’, ‘सेमिस्टर’, ‘स्टेसन’ आगन्तुक शब्द हुन भने ‘घन्टी’, ‘झन्डा’, ‘घमन्ड’ तद्भव शब्द हुन्।त्यसैले नेपाली लेख्य नियमअनुसार लेखिने यी शब्दहरूमा श,ष,ऋ,ण जस्ता लेख्य चिन्हको प्रयोग हुँदैन साथै पदमध्यमा दीर्घ ‘ऊ’ पनि पयोग गरिनु हुँदैन तर तत्सम शब्द लेखनमा प्रयोगमा आउने संस्कृत लेख्य नियमको गलत सामान्यीकरणका कारणले ती शब्दहरूमा वर्णविन्यासगत त्रुटि हुन गएको देखिन्छ ।

    संस्कृत लेख्य नियमअनुसार ‘ल’ र ‘न’भन्दा अगाडि प्राय ‘श’ लेखिन्छ र नेपाली भाषामा रहेका तत्सम शब्दको लेखनमा पनि यो नियम लागु हुन्छ । त्यसैले शैल, शील, शिला, शनि, शान्त लेख्दा ‘श’ लेखिन्छ।आगन्तुक शब्दमा भने ‘ल’ र ‘न’ भन्दा अगाडि पनि ‘स’ नै लेख्नुपर्ने हुन्छ।तर संस्कृत लेख्य नियम तत्सम शब्दमा मात्र लागु हुने अनि तद्भव र आगन्तुक शब्दमा नहुने ज्ञानको अभावका कारणले आगन्तुक शब्द ‘महसुल’ र ‘स्टेसन’ लेख्दा पनि ‘महशूल’ र ‘स्टेशन’ लेखिएको देखिन्छ ।

    संस्कृत भाषाबाट जस्ताका त्यस्तै नेपाली भाषामा आएका ‘शूल’, ‘त्रिशूल’ जस्ता तत्सम शब्दमा दीर्घ उकार भएका कारण ‘महसुल’मा पनि गलत समान्यीकरण भएर ‘महशूल’ लेखिएको हो।‘त्रि’ र ‘शूल’का बिचमा समास भएर ‘त्रिशूल’ शब्द बने झैँ ‘मह’ र ‘शूल’ मिलेर ‘महशूल’ बनेको होइन।यो फारसी भाषाबाट आएको आगन्तुक शब्द हो र नेपालीमा त्यसलाई टुक्र्याउन मिल्दैन ।

    त्यस्तै संस्कृत नियमअनुसार ‘ट’वर्गका वर्णभन्दा अगाडि ‘ष’ लेखिन्छ।त्यही नियमको गलत सामान्यीकरण भएका कारण ‘फारवेस्ट’, ‘रजिस्टर’, ‘सेमिस्टर’ जस्ता आगन्तुक शब्दमा ‘स’का सट्टा ‘ष’ लेखिन पुगेको देखिन्छ।‘कष्ट’, ‘दुष्ट’, ‘पृष्ट’, ‘ओष्ठ’, ‘षोडश’, ‘आषाढ’ जस्ता तत्सम शब्दमा ‘ट’ वर्गका वर्णभन्दा अगाडि ‘ष’ लेखिए पनि तद्भव र आगन्तुक शब्दमा भने ‘ट’ वर्गका वर्णभन्दा अगाडि पनि ‘स’ नै लेख्नु पर्छ।त्यसै गरी पञ्चम् वर्णको प्रयोग सम्बन्धी संस्कृत लेख्य नियमअनुसार शिरविन्दुको विकल्पमा पञ्चम् वर्णको प्रयोग गर्दा सम्बन्धित वर्णभन्दा अगाडि सवर्गी (त्यसै वर्गको) पञ्चम् वर्ण प्रयोग गरिन्छ।त्यसैले ‘घण्टा’, ‘कण्ठ’, ‘दण्ड’ लेख्दा ‘ट’वर्गका वर्णभन्दा अगाडि ‘ण’ लेखिएको हो । ‘होन्डा’ आगन्तुक शब्द भएको र घन्टी, झन्डा, घमन्ड शब्द चाहिँ तद्भव शब्द हुनाले ती शब्दहरू लेख्दा ‘ट’ वर्गीय पञ्चम् वर्ण ‘ण’ प्रयोग नगरी ‘न’ लेख्नु पर्छ।संस्कृत भाषाको सवर्गी पञ्चम् वर्ण प्रयोगसम्बन्धी नियमको गलत सामान्यीकरणले पनि थुप्रै ठाउँमा वर्णविन्यासगत त्रुटि हुने गरेको पाउन सकिन्छ।वि.सं.१९९८मा चक्रपाणि चालिसेद्वारा लेखिएको बगलीकोशमा समेत त्यही नियमको प्रभावले ‘मान्छे’लाई ‘माञ्छे’, ‘सम्झना’लाई ‘सञ्झना’, ‘गुन्डा’लाई ‘गुण्डा’ लेखेको पाइन्छ।

    त्यस्तै गरी नेपाली लेख्य नियमअनुसार तद्भव र आगन्तुक शब्दमा ‘ऋ’ लेख्य चिन्हको पनि प्रयोग गरिँदैन । साँघु वा पुल भन्ने अर्थमा प्रयोग हुने अङ्ग्रेजी भाषाको ‘ब्रिज’ शब्द नेपाली भाषमा आगन्तुक शब्दका रूपमा प्रयोगमा ल्याइएको छ।त्यसैले त्यसलाई देवनागरी लिपिमा लेख्दा नेपाली लेख्य नियमअनुसार लेखिनुपर्छ तर ‘वृद्ध’, ‘वृद्धि’, ‘वृक्ष’ जस्ता तत्सम शब्दमा ‘व’सँग जोडिएर लेखिने ‘ऋ’ को सादृश्यतामा आगन्तुक शब्द 'ब्रिज' लेख्दा पनि ‘बृज’ लेखिन पुगेको देखिन्छ।

    तत्सम आधार तत्त्वमा तद्भव आधेय तत्त्व जोड्दा देखिने समस्या

    तत्सम शब्दमा नेपाली प्रत्यय जोडेर तद्भवीकरणपछि लेखिने शब्द पनि नेपाली लेख्य नियमअनुसार नै लेख्नुपर्ने हुन्छ।तर त्यस कुरामा नेपाली भाषाका शिक्षक, प्राध्यापक तथा लेखकहरूले पनि ध्यान पुर्याएको देखिँदैन ।

    विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहमा पठनपाठनका लागि लेखिएका पाठ्यपुस्तकहरूमा समेत ‘पूर्वेली’, ‘पश्चिमेली’, ‘वर्षे’, ‘मूख्र्याइँ’, ‘शिलौटो’ जस्ता अशुद्ध वर्णविन्यास प्रयोग गरिएका शब्दहरूको प्रयोग पाइन्छ।तद्भवीकरण पश्चात नेपाली लेख्य नियम प्रयोग गर्नुपर्ने कुरामा ध्यान पु¥याएको देखिँदैन।

    ‘पूर्व’ तत्सम शब्द हो त्यसैले यसमा रेफभन्दा अगाडि आएको उकार दीर्घ छ र दन्योष्ठ्प ‘व’ प्रयोग गरिएको छ।यो संस्कृत नियम अनुसार लेखिएको छ।यसमा संस्कृत मूलकै प्रत्यय जोड्दा बन्ने व्युत्पन्न शब्द पनि संस्कृत नियमअनुसार नै लेख्नुपर्छ।‘पूर्व’ मा संस्कृत मूलक ‘ईय’ प्रत्यय जोड्दा बन्ने शब्द पूर्वीय पनि संस्कृत नियमअनुसार नै लेख्नुपर्छ।जब ‘पूर्व’ आधारपदमा ‘एली’, ‘ए’ जस्ता नेपाली प्रत्यय जोडेर त्यसलाई तद्भवीकरण गरिन्छ तब नयाँ बन्ने शब्द लेख्दा नेपाली लेख्य नियमको प्रयोग गरिन्छ।त्यसैले ‘पूर्व’मा ‘एली’ जोड्दा बन्ने शब्द नेपाली नियमअनुसार लेख्दा ‘पुर्बेली’ लेख्नुपर्छ भने ‘पूर्व’मा ‘ए’ जोड्दा ‘पुर्बे’ हुन्छ।नेपाली लेख्य नियमअनुरूप पदादिमा दीर्घ उकार लेखिँदैन र नेपाली भाषामा दन्योष्ठ्प ‘व’ पनि लेखिँदैन।त्यसैले ह्रस्व उकार र द्वयोष्ठ्प ‘ब’ लेख्नुपर्छ।त्यसैगरी ‘वर्ष’ आधारपदमा ‘इक’ र ‘ईय’ संस्कृतमूलक प्रत्यय जोड्दा बन्ने ‘वार्षिक’ र ‘वर्षीय’ शब्द संस्कृत लेख्य नियमअनुसार नै लेखिन्छन् भने ‘वर्ष’मा ‘ए’ जोड्दा बन्ने शब्द ‘बर्से’ नेपाली नियमअनुसार लेख्नुपर्ने हुन्छ।‘मूर्ख’ मा ‘याइँ’ प्रत्यय जोड्दा बन्ने ‘मुर्ख्याइँ’ र ‘शिला’मा ‘औटो’ प्रत्यय जोड्दा बन्ने ‘सिलौटो’ पनि नेपाली नियमअनुसार नै लेख्नुपर्छ।

    तत्सम धातुमा नेपालीमूलक ‘कृत्’ प्रत्यय जोडेर बन्ने नेपाली शब्द लेख्दा पनि नेपाली लेख्य नियम नै प्रयोग गर्नुपर्ने हुन्छ।‘दृश्’ धातुबाट व्युत्पन्न ‘दर्साउनु’, ‘पुष्’ धातुबाट व्युत्पन्न ‘पोसिलो’ शब्दमा आउने ‘स’ नेपाली नियमअनुसार नै लेख्नुपर्छ।त्यसैगरी नामिक वर्गका तत्सम शब्दमा नेपालीमूलक प्रत्यय जोडेर नामधातु बनाई तिनमा रूपापक प्रत्यय जोड्दा बन्ने क्रियापदहरू पनि नेपाली लेख्य नियमअनुसार नै लेख्नुपर्छ।‘विदेश’मा ‘इ+नु’ जोड्दा बन्ने ‘बिदेसिनु’, र ‘इ+यो’ जोड्दा बन्ने ‘बिदेसियो’ जस्ता शब्दहरू पनि नेपालीमूलक नियमअनुसार नै लेख्नुपर्छ।

    तेस्रो भाषाबाट भित्रिएका आगन्तुक शब्द लेख्दा देखा पर्ने समस्या

    नेपाली भाषामा आगन्तुक शब्दहरू भित्रिने क्रममा कतिपय शब्दहरू तेस्रो भाषाबाट हिन्दी हुँदै नेपाली भाषामा भित्रिएका देखिन्छन् र त्यस्ता शब्दलाई नेपाली भाषामा लेख्दा विगतमा पूर्ववर्ती भाषाको लेख्य नियमअनुसार लेख्ने गरेको भएपनि हाल आएर त्यस्ता शब्द पनि नेपाली लेख्य नियमअनुसार नै लेख्ने गरिन्छ।‘सहिद’, ‘सहर’ ‘सिकार’ जस्ता शब्दहरू अरबी भाषाबाट हिन्दी हुँदै नेपालीमा भित्रिएका हुन् र ती शब्दहरू हिन्दी भाषामा लेख्दा ‘शहीद’, ‘शहर’, ‘शिकार’ लेख्ने गरिन्छ।त्यसैले पहिले नेपाली भाषामा पनि त्यसरी नै लेख्ने गरेको पाइन्छ।तर हाल आएर ती शब्दहरू पनि नेपाली नियमअनुसार नै लेख्दा ‘सहिद’, ‘सहर’ ‘सिकार’ लेख्नुपर्ने हुन्छ।

    क्षतिपूर्ति दीर्घीभवनको नियम अनावश्यक

    नेपाली भाषालाई स्तरीकरण तथा मानकीकरण गर्ने क्रममा नेपाली लेख्य नियममा रहेका कमी कमजोरी हटाउँदै जाने क्रममा वर्णविन्यासमा पनि क्रमिक सुधार गरिँदै आएको पाइन्छ।विगतमा क्षतिपूर्ति दीर्घीभवनको नियमअनुसार ‘दुध’, ‘बुढो’, ‘ठुलो’, ‘बिच’, ‘सिप’ ‘मिठो’ जस्ता शब्दहरूका पदादिमा आएको उकार/इकार दीर्घ लेख्ने गरेको हुनाले ‘दूध’, ‘बूढो’, ‘ठूलो’, ‘बीच’, ‘सीप’, ‘मीठो’, लेख्ने गरिएको पाइन्छ तर हाल आएर सबै तद्भव शब्दमा एउटै नियम लागु हुने गरी पदादिमा दीर्घ निषेध गरी क्षतिपूर्ति दीर्घीभवनको नियम हटाइएको छ।

    संस्कृत भाषाबाट प्राकृत भाषामा आउँदा समीभवनका कारण द्वित्व भएर देखिएका शब्दहरू नेपालीमा आइपुग्दा दोहरिएको ध्वनि क्षति(लोप) हुन गई त्यसको क्षतिपूर्ति स्वरूप पूर्ववर्ती ध्वनि दीर्घ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ।संस्कृत र प्राकृतमा रहेको अकार त्यही नियमले नेपालीमा आकार हुन पुगेको देखिन्छ।

    जस्तैः संस्कृत प्राकृत नेपाली

    सप्त सत्त सात

    कर्म कम्म काम

    भक्त भत्त भात

    यसरी ‘सत्त’मा रहेको अकार ‘सात’मा आकार बने झैँ इकार र उकारमा पनि दीर्घीभवनको अनुमान गरी विगतमा क्षतिपूर्ति दीर्घीभवनको नियम लगाउने गरेको पाइन्छ।

    जस्तैः संस्कृत प्राकृत नेपाली

    मिष्ठ मिठ्ठ मीठो

    तिक्त तित्त तीतो

    दुग्ध दुध्ध दूध

    यही नियमबाट प्रभावित भएर ‘वृहत् नेपाली शब्दकोश’ (२०४०)मा धेरै जसो तद्भव शब्दहरूको पदादिमा इकार/उकार दीर्घ लेखिएको पाइन्छ।तर नेपाली भाषामा इकार/उकारमा दीर्घता नहुनाले(इ/ई र उ/ऊ व्यतिरेकी वितरणमा नआउने हुनाले) त्यस्तो प्रावधान कृत्रिम झैँ प्रतीत हुन्छ।त्यसैले तद्भव नियमका दृष्टिले पदादिमा इकार/उकार दीर्घ लेख्नु उपयुक्त हुँदैन।

    दीर्घ लेखिने तत्सम शब्दहरू तद्भव हुँदा ह्रस्व लेखिने

    संस्कृत भाषामा रहेका ‘कीट’, ‘नील’, ‘पीडा’, ‘धूम्र’, ‘धूलि’, ‘स्थूल’ जस्ता शब्दहरूमा इकार/उकार दीर्घ हुनाले ती शब्दको रूप परिवर्तन भई बनेका तद्भव शब्द क्रमशः ‘कीरो’, ‘नीलो’, ‘पीर’, ‘धूवाँ’, ‘धूलो’, ‘ठूलो’ जस्ता शब्द लेख्दा पनि विगतमा इकार/उकार दीर्घ लेखिने परम्परा पाइन्छ तर हाल आएर ती शब्दहरू नेपाली लेख्य नियमअनुसार लेख्दा ‘किरो’, ‘निलो’, ‘पिर’, ‘धुवाँ’, ‘धुलो’, ‘ठुलो’ लेख्नुपर्छ।

    सङ्ख्यावाचक शब्दका पदादि र पदमध्यमा पनि ह्रस्व हुने

    यसैगरी उच्चारणलाई आधार मान्दै पदादिमा दीर्घ लेखिँदै आएका ‘तीन’, ‘बीस’, ‘तीस’ र पदमध्यमा दीर्घ लेखिँदै आएका ‘एक्कीस’, ‘बाईस’, ‘पच्चीस’ आदि शब्दका पदादि र पदमध्यमा पनि ह्रस्व इकार लेखेर सबै नेपालीमूलक मूल शब्दका सुरु र बिचमा ह्रस्व इकार/उकार प्रयोग गर्ने नियम बनाइएको छ।

    समध्वन्यात्मकताका कारण सिर्जित समस्या

    नेपाली भाषामा रहेका फरक फरक अस्तित्व भएका तर केही मात्रामा ध्वन्यात्मक समानता रहेका ध्वनिका लागि प्रयोग गरिने लेख्य चिन्ह्रको सही पहिचान हुन नसकेको कारणले पनि वर्णविन्यासगत समस्या देखिने गरेका छन्। इ/यि तथा ई/यी, ए/य/ये, ओ/वको प्रयोगमा यसप्रकारका समस्या देख्न सकिन्छ।‘स्थायित्व’ लेख्न खोज्दा ‘स्थाइत्व’ र ‘उत्तरदायी’ लेख्न खोज्दा ‘उत्तरदाई’ लेख्नु, ‘गएको’ लेख्नुपर्दा ‘गयको’ लेख्नु ‘आओस्’को सट्टामा ‘आवस्’ लेख्नु वर्णमा रहेको समध्वन्यात्मकका कारण सिर्जित समस्या हुन्।यस्ता वर्णविन्याससम्बन्धी समस्याको समाधान गर्न कुनकुन शब्दमा कुनकुन लेख्य चिन्ह्रको प्रयोग गर्ने भन्ने ज्ञान हुनु जरुरी छ।शब्दकोशको सहयोगबाट यस्ता त्रुटिहरू न्यूनीकरण गर्न सकिन्छ ।

    यसरी नेपाली लेख्य भाषामा देखिएका वर्णविन्यासगत समस्याहरूले एकातिर भाषाको भाव सम्प्रेषणमा समस्या देखिने गरेको छ र अर्कातिर त्यही कारणले भाषाको स्तरीकरण र मानकीकरणमा समेत बाधा उत्पन्न हुन जाने हुनाले वर्णविन्यासगत त्रुटि हुन सक्ने क्षेत्रहरू पहिचान गरी त्यस्ता त्रुटि केकति कारणले हुन गएका हुन् त्यसको समाधान गर्न केकस्ता उपायहरू अपनाउनुपर्छ भन्ने कुराको खोजी गरी त्यसको अवलम्बन गर्नु अति आवश्यक छ।


    शुक्रवार, 12 मार्च 2021

    डायस्पोरा शैलीर नेपाली साहित्य

    विश्व साहित्यको सिर्जना र समालोचना अहिले उत्तरआधुनिकताका विविध सन्दर्भ, चिन्तन, अवधारणा र सिद्धान्तले प्रभावित बनेको छ । यस परिप्रेक्ष्यमा विश्व साहित्यको एक हिस्साका रूपमा रहेको नेपाली साहित्य पनि त्यसबाट अछुतो रहन सकेको छैन । यस सन्दर्भमा वर्तमानमा चर्चित उत्तरआधुनिक चिन्तनको एक पक्ष डायस्पोरा पनि साहित्य सिर्जना र समालोचनाका क्षेत्रमा सशक्त बन्दै आइरहेको छ। नेपाली साहित्यमा डायस्पोरा चिन्तनको त्यति धेरै लामो परम्परा नभए पनि यसले नेपाली भूराजनीतिक परिवृत्त र मनोपरिवृत्त तथा जातीय एवम् सांस्कृतिक संवेदनाको परिवृत्तमा प्रत्यक्ष परोक्ष प्रभाव पारेको छ । मानव सभ्यताको विकासका क्रममा आप्रवासिक समस्याबाट आरम्भ भएको डायस्पोरिक चिन्तनले अहिले कला, साहित्य, भाषा, संस्कृति आदि विभिन्न क्षेत्रलाई एउटा भिन्न आँखाबाट हेर्न वाध्य बनाएको छ । नेपालमा भित्रिएको यस नयाँ चेतना, अवधारणा वा सिद्धान्तले नेपालमा कसरी प्रवेश गर्यो र त्यसको अनुकूलीकरणका समस्या र जिज्ञासाको विमर्श गर्नु आवश्यक छ। यसबाट उपनिवेशवादको अन्त्य भए पनि त्यसको दुःखाइले मर्माहत बनेको नेपालका वहुपक्षीय डायस्पोराको सन्दर्भ उठानबाट डायस्पोरिक चेतनाको बोधका लागि मार्गप्रशस्त गर्नेछ ।

              डायस्पोरा ग्रिसेली भाषाको शब्द हो । ग्रिसेली डाया र स्पिरो मिलेर यो शब्दको निर्माण भएको हो । यहाँ डायाको अर्थ देखि÷बाट हुन्छ भने स्पिरोको अर्थ छरिनु भन्ने हुन्छ । यसरी हेर्दा एक ठाउँबाट अनेक ठाउँमा छरिएर बस्नुलाई डायस्पोरा भनिन्छ। अर्थात् विश्वको कुनै एक देशबाट बसाइँ सरी विभिन्न देशमा छरिएर बस्नुलाई डायस्पोरा भनिन्छ । नेपाली भाषामा डायस्पोरा शब्दको समानार्थी आप्रवासी, बहिर्बासी, प्रवासी आदि शब्द प्रचलित छन् ।  बेबिलोनियामा इ. पू. ५८६–५३८ मा बन्दी बनाइएका यहुदीहरू मुक्त भएपछि उनीहरू आफ्नो जन्मभूमि छोडेर भागे वा चारैतिर छरिए । त्यतिबेला उनीहरूलाई डायस्पोरा भन्न थालियो । यसरी मूलतः डायस्पोरा शब्द र यसले दिने मूल अर्थ प्यालेस्टाइन छोडेर अन्यत्र छरिएका यहुदीहरू, उनीहरूले नयाँ ठाउँमा गएर बसालेका बस्ती तथा अवस्थालाई बुझाउँदै जान थाल्यो । कालान्तरमा यसको अर्थ विस्तार हुँदै गयो । वर्तमानमा यसले साहित्य, समालोचना पद्धति र चेतना समेतलाई बुझाउन थालेको छ । शरणार्थीहरूका लागि प्रयोग भएको डायस्पोरा शब्द अहिले विश्व साहित्यको साहित्यलेखन र समालोचनाको एउटा मोडल वा विश्लेषणको सैद्धान्तिक आधार बनेको छ ।  वर्तमानसमयमाआइपुग्दा डायस्पोरा शब्दको अर्थ  विस्तारित हुँदै गएको छ र विश्व भूमण्डलीकरण, उपनिवेशवाद, उत्तरउपनिवेशवाद, जातिवाद, धर्मवाद आदिका सकारात्मक र नकारात्मक प्रभावले विश्वमा डायस्पोरा, डायस्पोरिक पीडा, डायस्पोरिक अनुवंशका पीडा, डायस्पोरिक साहित्य, समालोचना र चेतनाका नवनव केन्द्र र शाखाहरूको निर्माण भइरहेको छ ।  समग्र विश्व साहित्य, संस्कृति तथा नेपाली साहित्य र संस्कृतिको वर्तमान स्वरूपलाई हेर्ने हो भने डायस्पोरा शब्दका निम्नलिखित अर्थहरू हुन सक्छन् :

    १. जन्मभूमिबाट विभिन्न कारणले विस्थापित हुन वाध्य भई अन्यत्रै बसोबास गर्ने मानिस ,समूदाय तथा तिनीहरूको बस्ती

    २. ती मानव समुदाय र बस्तीका अवस्था, अनुभव र चेतना,

    ३. ती मानवहरूकोआफ्नो इच्छा वा चाहना, वाध्यता र विवशताले मातृभूमि छोडेकाहरूका नोस्टाल्जिया,

    ४. जन्मभूमी र नयाँ आतिथ्य भूमीका बिचका भाषिक, सांस्कृतिक, साहित्यिक अन्तरमिश्रणबाट निर्मित क्रेओलीकृत भाषा, संस्कृति र साहित्य विशेष,

    ५. यस्तो क्रेओलीकृत साहित्यिक स्वरूपको अध्ययन विश्लेषण गर्ने समालोचना पद्धति विशेष 

    ६. उत्तरआधुनिक साहित्यलेखन र समालोचना प्रविधिको एक शाखा वा पक्षपोषक पद्धति ।

     आफू जन्मेको वा हुर्केको ठाउँ वा आफ्नो मातृभूमिलाई छोडेर अरूको देश गएपछि मातृभूमि, मातृभाषा, संस्कृति, रहनसहन, चाडपर्व, परम्परा, धर्म आदिलाई पूर्ण रूपमा भुल्न नसक्दा र नयाँ आतिथ्य भूमिका भाषा, संस्कृति, रहनसहन, चाडपर्व, परम्परा, धर्म आदिमा पनि पूर्ण रूपमा जोडिन नसक्दाका स्थितिमा डायस्पोराको निर्माण हुन जान्छ । प्रत्येक राष्ट्रका डायस्पोरा निर्माणका आ-आफ्नै कारण हुन्छन् र तिनका स्वरूप पनि भिन्न भिन्न हुन्छन् । बेलायती डायस्पोरा उपनिवेशवादी नीतिका कारणले जन्मिन गएको हो भने अमेरिकी डायस्पोरा साम्राज्यवादी नीतिका कारण जन्मिन गएको हो । त्यस्तै चिनिया डायस्पोरा प्रारम्भमा रोजगारीको खोजीका लागि र वर्तमानमा विश्वबजारमा व्यापारिक साम्राज्य फैलाउने नीतिका कारण जन्मिन गएको हो । सङ्क्षेपमा प्रत्येक राष्ट्रका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, भाषिक, अन्तर्राष्ट्रिय नीति आदि भिन्न भिन्न कारणले डायस्पोरा निर्माण भएको हुन्छ । विशेषतः डायस्पोरा निर्माणका मुख्य मुख्य कारणहरूलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ :

    १. मातृभूमिमा लामो समयसम्म गृहयुद्ध वा द्वन्द्व चलिरहनु,

    २. युद्धमा पराजित भएपछि विजितहरूद्वारा खेदिनु,

    ३. प्राकृतिक प्रकोप र महामारी फैलिनु,

    ४. धार्मिक, साम्प्रदायिक वा जातीय असहिष्णुता बढ्नु,

    ५. राजनीतिक अस्थिरता हुनु,

    ६. काम, माम, दाम, अवसर र चुनौतिको वाध्यता र स्वैच्छिकता हुनु,

    ७. नयाँ मुलुक, नयाँ सम्भावना र नयाँ अनुभूतिको आकाङ्क्षाले कुत्कुत्याउनु,

    ८. युद्धबन्दी, शरणार्थी, विस्थापित आदिका नाममा देश छोड्नु,

    ९. शिक्षा आर्जन, व्यापार, श्रम बजारको विस्तार हुनु वा गरिनु,

    १०. राष्ट्रको साम्राज्यवादी नीतिका कारण देशका नागरिकहरू विभिन्न बाहनामा अर्को देशमा छिर्न वाध्य हुनु,

    ११. पिआर, ग्रिनकार्ड, डिभी आदिका कारण एक देशबाट अर्को देशमा स्थानान्तर हुनु,

    १२. विकसित र सम्पन्न मुलुकमा जान वा काम गर्ने चाहनाले गर्दा मातृभूमिसँगको साइनो नै तोड्नु र त्यसको नोस्टाल्जियामा पीडित हुनु,

    १३. नयाँ मुलुकमा असुरक्षा, अन्योल, भय, चिन्ता, अरिचितता आदिका कारण मानसिक आघात बढ्नु,

    १४. सांस्कृतिक सामाजिक बेमेल बढ्नु,

    १५. पर्यावरणीय स्वरूप र जलवायुमा परिवर्तन आउनु,

    १६. स्थापित संसार छोडेर अस्तित्व सङ्कटलाई टार्ने त्रास उत्पन्न हुनु,

    १७. अनुकूल हावापानी र सन्तुलित आहारबिहारको खोजी हुनु ,

    नेपाली डायस्पोरा पनि यस्तै अनेकौँ कारणले निर्माण भएको देखिन्छ ।नेपालबाट काम, माम, दाम आदिका लागि विदेश जाने चलन बढिरहेको छ । आफ्नो मातृभूमि छोडेर नेपालीहरू जहाँ जहाँ गएका छन् त्यहाँ त्यहाँ उनीहरू नयाँ ठाउँ, नयाँ संकृति, चालचलन, सभ्यता, धर्म, भाषा, व्यवहार र कामका कारण नयाँ अनुभूति सँगाल्न वाध्य छन् । उनीहरूको जीवन सुखपूर्ण छैन । भलै भौतिक सुख भए पनि अस्तित्व र अपनत्वको नोस्टाल्जियामा आत्मिक सुखको कामना र याचना गरिरहेका छन् । यस्ता अवस्थामा उनीहरूका मन र मुटुभरी देश बसेको छ, देश दुखेको छ, अपनत्व र अस्तित्व दुखेको छ । आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारी नपाएर तल्लो स्तरको काम गरी जिविकोपार्जन गर्नुपर्दा झन् उनीहरूको नुर गिरेको छ । तसर्थ उनीहरूका आफ्नै खालका पीडा, अनुभूति र समस्या छन् । ती समस्या अहिले विश्वभर छरिएर रहेका नेपालीका साझा समस्या र पीडा बनेका छन् । यसै कारणले गर्दा विश्वभर नेपाली डायस्पोराको नयाँ स्वरूप र संसारको ढोका खुलेको छ । उनीहरू जहाँ छन् त्यहाँ आफ्ना अवस्था र अनुभूतिको प्रकटीकरणका लागि साहित्यको सहारा लिएका छन् र विश्वभर नेपाली डायस्पोरिक साहित्यको विस्तार हुँदै गएको छ । सम्पन्न, बिपन्न, स्थिर, अस्थिर, ठुला, साना, शक्तिशाली, शक्तिहीन सबै राष्ट्र, जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँका नेपालीहरू डायस्पोरिक पीडामा बाँचिरहेका छन्, जीवन र कर्मको गीत गाइरहेका छन् । तसर्थ नेपाली डायस्पोरा प्रथम विश्वयुद्धभन्दा पनि जेठो छ ।

    डायस्पोरा उपनिवेशिक सभ्यताको परिचायक हो । उपनिवेशवादले नेपाली डायस्पोरालाई पनि प्रभाव पारेको छ । घोषित वा अघोषित उपनिवेश र दासत्वले नेपालीहरूलाई थिल्थिलाएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, जातीय रूपमा नेपालीहरूलाई टुक्र्याएर वा छिन्नभिन्न बनाएर आफ्नो स्वार्थपूर्ति गर्नेतर्फ पुँजीवादी, साम्राज्यवादी र विस्तारवादीहरू लागिपरेका छन् । तेस्रो विश्वको गरिब र राजनीतिक रूपमा अत्यन्त अस्थिर राष्ट्र हुनुको अभिशाप नेपालीहरू संसारका विभिन्न ठाउँमा कुल्ली, चौकीदार, क्लिनर, बेबिसिटर आदि भएर भोगिरहेका छन् । यो उपनिवेशिक युग र त्यसको नवीन संस्करण उत्तरऔपनिवेशिक र उत्तरसांस्कृतिक युगले नेपाल र नेपालीका लागि दिएको पीडा र दुखाइ हो । डायस्पोरा यही पीडा र दुखाइको परिणति र प्रतिबिम्बन हो ।पिआर, ग्रिनकार्ड, डिभी आदिका नाममा मातृभूमी छोडेर र मातृभूमीसँगको नाता तोडेर वा नागरिकता समेत त्यागेर विदेशमा बस्नुपर्दा फुक्लिनुको पीडा र जुन देशको नवनागरिक बनेको हो त्यस देशले, त्यस देशको समाज, सभ्यता, संस्कृति, भाषा, धर्म आदिले नवनागरिकलाई शरणार्थी नागरिक, दोस्रो दर्जाको नागरिक तथा अनागरिक मान्दाखेरि नजोडिनुको पीडा तथा विदेशी बनेकामा असन्तुष्टि र मातृभूमिप्रतिको आकर्षणका अभिव्यक्तिका रूपमा देखिएको छ । यसरी मानसिक रूपले घरको न घाटको बन्नुपर्दाका अनुभूति र संवेदनाहरूलाई अक्षरका आँसुले पखाल्न खोज्ने प्रयत्न नै नेपाली डायस्पोरा साहित्य हो ।

    नेपाली डायस्पोरा जुन देशमा बसेर स्वत्वको सङ्कट र अस्तित्वको सङ्घर्षप्रतिको विकर्षण र असन्तुष्टि तथा मातृभूमिमा एउटा स्वाभिमानी नागरिक बनेर शानसँग इज्जतको जिन्दगी जिउँदाको सुखद् नोस्टाल्जिया पनि हो । जुन देशमा नेपाली भए पनि उनीहरूले लेखेका साहित्यमा यसको प्रत्यक्ष झल्को परेको पाइन्छ । नेपाली डायस्पोराको प्रारम्भिक बान्की रूपनारायण सिंहको भ्रमर (१९९३) उपन्यासमा पाइन्छ । विशेषतः बर्माको जनजीवन, मोटा राई तथा त्यहाँ समस्त नेपाली जातिले भोगका समस्या र जातीयताका सङ्कटहरूको चित्रणलाई डायस्पोराको प्रारम्भिक औपन्यासिक अभिव्यक्ति मान्नुपर्छ । त्यसपछि लैनसिंह बाङ्देलले आफ्नो उपन्यास मुलुक बाहिर (२००४) मा यसलाई सार्थकतापूर्वक चित्रण गरेका छन् । त्यस्तै लीलबहादुर क्षेत्रीको ब्रह्मपुत्रको छेउछाउ (२०३९) आदि उपन्यासमा पनि डायस्पोरिक पीडाको प्रभावकारी अभिव्यक्ति गरिएको छ । यी विभिन्न उपन्यासमा डायस्पोरा चेतनाको नभएर डायस्पोरिक पीडाको अभिव्यक्ति गर्ने प्रयास गरिएको छ । पछिल्लो चरणमा होमनाथ सुवेदीको यमपुरीको महल (२०६४) र राजवको एटलान्टिक स्ट्रिट (२०६५) डायस्पोरिक चेतनाको प्रयोगका दृष्टिले महत्त्वपूर्ण मानिएका छन् र नेपाली साहित्यमा विकसित लगभग सबैजसो विधाका अरू प्रशस्त कृतिहरू पनि नेपाली डायस्पोरा साहित्यका रूपमा प्रकाशित-प्रसारित भएका छन् । नेपाली डायस्पोरा साहित्यको विकासमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, त्यसका विभिन्न च्याप्टरहरू, त्यसका संथापकहरू, तत्पश्चातका विभिन्न समय र हालका पदाधिकारीहरूले विशिष्ट भूमिका खेलेका छन् ।

    नेपाली डायस्पोरिक जीवनका अनुभूति, भावना, चेतना, चिन्तन, मनन आदिलाई कलात्मक भाषाका माध्यमबाट लिपिबद्ध गरिएको साहित्य नै नेपाली डायस्पोरिक साहित्य हो । नेपाली डायस्पोरिक साहित्य के हो र यसका सैद्धान्तिक अवधारणात्मक सन्दर्भहरू केकस्ता छन् भन्ने सन्दर्भमा केही गम्भीर सवालहरू उठेका छन् । ती सवालहरू यसप्रकार छन् :

    १. नेपाली डायस्पोरिक साहित्य मातृभाषामा लेखिन्छ वा नयाँ मातृभाषामा लेखिन्छ वा क्रेओलीकृत भाषामा लेखिन्छ अथवा भाषाको कुनै महत्त्व छैन, जुनसुकै भाषामा पनि लेखिन सक्छ ?

    2. नेपाली डायस्पोरा मातृभूमी  प्रतिको नोस्टाल्जियामा लेखिने हुनाले मातृभूमी छोड्ने पाठकहरूका लागि मात्र लेखिन्छ वा मातृभूमिमै बसेका पाठकहरूका लागि लेखिन्छ वा नयाँ आतिथ्य भूमीका अडायस्पोरिक पाठकका लागि लेखिन्छ वा सबैका लागि ?

    ३. नेपाली डायस्पोरा साहित्य कुनै एक राष्ट्र  छोडेर जानेले त्यस राष्ट्रका स्मरणमा लेखेको साहित्य मात्र हुन्छ वा कुनै अर्को राष्ट्र छोडेर त्यस राष्ट्रमा आई बसोबास गर्दा भोगेका पीडाको साहित्यिक अभिव्यक्ति पनि हुन्छ ? अर्थात् नेपालका लागि अमेरिका, बेलायत आदि देशमा बसोबास गर्ने नेपालीले लेखेको साहित्य नेपाली डायस्पोरा हुँदा भुटानबाट नेपाली जाति र भाषी भएकै कारणले लखेटिएर नेपालमा शरणार्थीका रूपमा बसोबास गर्न वाध्य भुटानीहरूले आफ्नो शरणार्थी जीवनका पीडा र आफ्नो घरदेशका अतीतस्मृति साहित्यमा अभिव्यक्त गर्दा समजातिय र समभाषिक सम्बन्धका कारणले त्यो नेपाली डायस्पोरा हुन्छ वा देशिय सम्बन्धका आधारमा त्यो भुटानी डायस्पोरा हुन्छ ?

    ४. डायस्पोरिक साहित्य राष्ट्रसापेक्ष हुन्छ वा राष्ट्रनिरपेक्ष हुन्छ ?

    ५. यो व्यक्तिसापेक्ष हुन्छ वा व्यक्तिनिरपेक्ष हुन्छ वा व्यक्ति, राष्ट्र, भाषा आदि सापेक्षता वा निरपेक्षताको उस्तो महत्त्व तथा भूमिका हुँदैन ?

    ६. मातृभूमी  छोडेर विदेशमा दुःखको जिन्दगी बिताउने पनि धेरै छन् र विदेशमा प्रगति वा सुख समृद्धिको जीन्दगी बिताउने पनि धेरै छन् । दुःख पाउनेका दुःखपूर्ण अनुभूतियुक्त साहित्य मात्र नेपाली डायस्पोरा हुन्छ कि सुख पाउनेका सुखमय अनुभूतियुक्त साहित्य पनि नेपाली डायस्पोरा हुन्छ ?

    ७. स्वदेशमै प्रतिष्ठित जीवन बिताइरहेका पूर्व सचिव, उपसचिव, प्राध्यापक, हाकिम, वकिल, डाक्टर, इन्जिनियर, सफल कलाकार, नर्स आदिले स्वेच्छाले मातृभूमी छोडेर र मातृभूमीसँगको वैधानिक वा कानुनी, एक हिसाबले सबै खालका नातासमेत तोडेर विदेश गई बसेकाहरूले मातृभूमीको माया लाग्ने, नेपालको झझल्को आउने स्वाङ पारेर लेखिएका साहित्य नेपाली डायस्पोरा साहित्य हुन सक्छन् कि सक्दैनन् ?

    ८. डायस्पोरिक लेखक हुने लोभले कुनै छद्म नाममा स्वदेशमै बस्नेले लेखेको डायस्पोरिक चेतना, भाव र शैलीले युक्त साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छ वा हुँदैन ?

    ९. डायस्पोरा अवस्था वा भोगाइको अनुभूतिबाट निश्रित हुन्छ वा डायस्पोरिक हुनका लागि लेखिएको कोरा काल्पनिक विचार पनि नेपाली डायस्पोरिक साहित्य हुन्छ ?

    १०. डायस्पोरिक नोस्टाल्जिया सुखद् मात्र हुन्छ कि दुखद् पनि हुन्छ ? अर्थात् विदेशमा देशको नियास्रो अनुभूति र आफू हुनुको स्वत्वबोध नहुँदाको पीडामा स्वदेशी संस्कृति, भाषा, धर्म, आफन्त आदिको सुखद् नोस्टाल्जिया मात्र हुन्छ कि मातृभूमिमा रहँदाका अभाव, अतृप्ति, कुण्ठा, दुःख, दर्द, पीडा, अशिक्षा, बेरोजगारी, द्वन्द्व, वैमनष्य, गरिबी, भय आदिबाट आक्रान्त जीवनबाट वाक्क भएर विदेश लागेको भन्ने दु:खद् नोस्टाल्जिया भाव अभिव्यक्त भएका वा दुवै खालका नोस्टाल्जिा प्रकट भएका साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छन् ?

    ११. डायस्पोरिक साहित्यलेखन देशबाहिरको भूमीमा पुग्नुपर्छ कि पर्दैन ? पर्छ भने भारतमा बसेका नेपालीले नेपाली भाषा, संस्कृति र जातित्वको नोस्टाल्जियामा लेखिएका साहित्यलाई किन नेपाली डायस्पोरा साहित्य मानिँदैन ? अथवा कुन कुन देशमा पुगेका नेपालीले लेखेका साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छन् र कुन कुन देशमा पुगेका नेपालीले लेखेका साहित्य नेपाली डायस्पोरा हुँदैनन् ?

    १२. विदेश गएको कति दिन, कति महिना, कति वर्ष वा कति पुस्तापछि लेखेको साहित्य डायस्पोरा हुन्छ ? अब डायस्पोरा भयो भनेर घोषणा गर्ने वा निर्णय गर्ने अधिकार कसको हुन्छ ? उतै बसेका बेलामा साहित्य लेखेर त्यसको व्यापार गर्न नेपालमा आउँदा, लामो समय उतै बसेर यता व्यापार गर्दा वा यतै बसोबास गर्ने गरी स्वदेश फर्किएका लेखकका साहित्य नेपाली डायस्पोरा हुन सक्छन् वा सक्दैनन् ?

    १३. कोही लेखक एक महिनाका लागि विदेशमा बसेर त्यहाँ आफ्ना भ्रमण अनुभव र अरूका डायस्पोरा अनुभव लिई स्वदेशमै फर्केपछि त्यसको लेखन र प्रकाशन गर्दा ती नेपाली डायस्पोरा साहित्य हुन सक्छन् ? सक्दैनन् भने किन ?

    १४. डायस्पोरा साहित्य राजनीतिक सीमारेखा, सांस्कृतिक एकत्त्व र भिन्नता, भाषिक भिन्नता आदिमध्ये केबाट परिभाषित र परिपोषित हुन्छ ?

    १५. डायस्पोरा साहित्य राजनीतिक सीमारेखामा आधारित हुँदैन भने सामाजिक, सांस्कृतिक एकत्त्व, सामिप्य र दूरत्त्वमा आधारित हुन्छ भने देशभित्रै देशको अनुभूति गर्न नपाएका कर्णाली, कालापानी, लिपुलेक, गुन्जी, लिम्पियाधुरा, सुस्ता, महेशपुर आदि भूभागका जनताका दैनिक जीवनका जीवन्त पीडा वा उनीहरूका राष्ट्र नपाउनुका पीडायुक्त अनुभूति, संवेदना, भावना अभिव्यक्त भएका साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छन् वा हुँदैनन ? यस सन्दर्भमा विशेषतः सुस्ता, कालापानी, लिपुलेक, गुन्जी, लिम्पियाधुराका समस्याग्रस्त भूभागका पीडा उल्लेखनिय छन् ।

    १६. कुनै पनि देशको नागरिकता नपाएका तर मन मुटुभरी नेपालको माया साँचेर बसेकाहरूका संवेदना अभिव्यक्त साहित्य नेपाली डायस्पोरा साहित्य हुन सक्छन् वा सक्दैनन् ? अथवा डायस्पोरा साहित्यलेखनमा नागरिकता हेरिन्छ वा हेरिँदैन ? वा अनागरिक साहित्यलाई नेपाली डायस्पोरा साहित्यभित्र राख्न सकिन्छ वा सकिँदैन ?

    १७. आफ्नो गाउँघर छोडेर अध्ययन र जागिरका लागि तथा बेरोजगारी लिएर बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, महानगरीय सभ्यतायुक्त बिरानो सहरमा सङघर्षपूर्ण जीवन यापन गर्नुपर्दा स्वत्व र अस्तित्वको सङ्कटका दुःखपूर्ण भोगाइ, अवस्था, पीडा र वाध्यता अभिव्यक्त भएका साहित्य डायस्पोरिक साहित्य हुन सक्छन् वा सक्तैनन् ?

    १८. गाउँबाट निकालिएकाहरूका आफ्नै गाउँमा बस्न नपाई बिरानो गाउँमा वा बिरानो संस्कृतिमा बस्नु पर्ने वाध्यता, घरबाट निकालिएकाहरूका आफ्नै घरमा बस्न नपाएर बिरानो वा अर्कैको घरमा शरण लिएर बस्नु पर्ने वाध्यता र पीडा अभिव्यक्त भएका साहित्य डायस्पोरिक साहित्य हुन सक्छन् वा सक्तैनन् ?

    १९. माइतीबाट बिरानो घरमा विवाह गरी पठाइएकी चेलीका दुःखद् भोगाइ, पीडा र माइतीघरका नोस्टाल्जिया अभिव्यक्त भएका साहित्य डायस्पोरिक साहित्यभित्र पर्न सक्छन् वा सक्तैनन् ?

    २०. विविध कारणले जेल जान वाध्य भएका व्यक्तिका अनुभव अनुभूति, गाउँघर, परिवार आफन्त आदिको न्यास्रो अभिव्यक्त भएका साहित्य डायस्पोरिक हुन सक्छन् वा सक्तैनन् ?

    माथिका प्रश्न वा समस्याहरू उब्जिनुका पछाडि केही महत्त्वपूर्ण र गम्भीर कारक तत्त्वहरू पनि छन् । तिनलाई बुँदागत रूपमा यसप्रकार प्रस्तुत गरिएको छ :

    १. विश्व भूमण्डलीकरणका कारण समग्र संसार एउटा सानो गाउँ वा एउटै घरमा परिणत भएको ठानिनु,

    २. साइबर संस्कृतिका कारण विश्वको कुनै एक कुनामा घटेको घटना एक क्षणमै अर्को दूरदराजमा रहेको व्यक्तिले थाहा पाउने भर्चुअल संसारको बोलवाला देखिनु,

    ३. लेखकको मृत्युको घोषणा, इतिहासको मृत्युको घोषणा, विचारको मृत्युको घोषणालाई महान् अभियान, वाद वा विचारका रूपमा मान्नु पर्ने स्थिति देखिनु,

    ४. साहित्यिक कृतिको मूल्याङ्कनमा लेखककेन्द्री समालोचनाको अन्त्य र पाठकेन्द्री र पाठककेन्द्री समालोचनाको बोलवाला रहनु,

    ५. राष्ट्र, राष्ट्रियता, नागरिक, नागरिकता, माया, प्रेम, स्नेह, आस्था, श्रद्धा, धर्म, संस्कृति, भाषा आदिजस्ता कुराहरू मात्र आदर्श बन्दै जानु तथा तिनको विस्थापन उपयोगितावाद र स्वार्थवादले गर्नु (किनकि हामी नेपाली हाम्रा नानीहरूलाई सबैभन्दा पहिले A B C D सिकाउँछौँ वा उनीहरूको वा आफ्नै 'जन्मदिन' होइन BIRTH DAY मनाउँछौँ, त्यो पनि केक काटेर वा स्याम्पियन फोरेर÷छरेर÷पिएर । हामी हाम्रा नानीले वा आफैँले पनि अङ्ग्रेजी वा अन्य भाषा जाने वा जान्यौँ भने संसारको सम्पूर्ण ज्ञान जानेको मान्छौँ वा ठान्छौँ ।),

    ६. भौगोलिक, आर्थिक र सामजिक दृष्टिले साना, गरिब, कमजोर राष्ट्र ठुला, धनी र शक्तिशाली राष्ट्रका प्रभावमा परी राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताजस्ता कुराहरू खतरामा पर्नु वा पारिनु,

    ७. विकसित र शक्तिशाली राष्ट्रको भाषा साहित्यले कम विकसित वा कमजोर राष्ट्रका भाषासाहित्यमा घोषित वा अघोषित रूपमा हस्तक्षेप गरी नवउपनिवेशत्व कायम गर्नु,

    ८. उत्तरआधुनिकताका नाममा राष्ट्रमा स्थापित साहित्यिक-भाषिक लगायत सम्पूर्ण व्यवस्था र पद्धतिलाई अराजक र छिन्नभिन्न बनाउँदै जानु,

    ९. आफ्नै भाषा साहित्यिक मूल्य र मानयताको उत्थान, विकास र समृद्धिमा विशेष जोड दिनतर्फ नलागेर विदेशी सम्पन्न भाषा साहित्यिक सिद्धान्त, अवधारणा, मूल्य र मानकको सिर्जनात्मक नभएर हुबहु नक्कल गर्नु नै नवीन खोज हो भन्ने मान्यताले ग्रस्त भएका विद्वान् नै राष्ट्रमा सर्वेसर्वा हुनु,

    १०. स्वकीय मूल्य र मान्यतायुक्त ज्ञानसङ्कथनको निर्माणतर्फ नलागी राष्ट्र र कलासंस्कृतिमा विद्यमान मूल्यमान्यताको खिल्ली उडाउनु तथा तिनीहरूको विस्थापन गर्नुलाई समालोचना ठान्नु,

    ११. डायस्पोरा साहित्यले राष्ट्रिय साहित्यिक मूल्यनिर्णय, परम्परा र व्यक्ति प्रतिभाको स्थापनामा प्रत्यक्ष असर पार्नु,

    १२. विशेषतः नव औपनिवेशिक र उत्तर औपनिवेशिक दृष्टिकेन्द्रबाट डायस्पोरा नामक साहित्यिक खेती चलाइनु र त्यसको मूल उद्देश्य राष्ट्रिय संस्कृति, मूल्य र मानकमा दोहोरो भूमिकाको खोजी तथा दोहोरो आक्रमणको योजना हुनु,

    १३. नेपाली साहित्यको इतिहासमा डायस्पोरिक साहित्यलाई छुट्टै चर्चा गरिए पनि त्यसले साहित्येतिहासको मूल धारमै प्रत्यक्ष प्रभाव पारी राष्ट्रिय साहित्य-परिधि र डायस्पोरा (प्रवासी र आप्रवासीसमेत) साहित्य केन्द्रमा परेको देखिनु ।

    माथि उल्लेख गरिएका विभिन्न कारण तथा त्यस्तै अन्य कैयौँ कारणले गर्दा नेपाली साहित्यमा डायस्पोराको खास निरूपण हुन सकेको छैन । हाम्रा समालोचकहरू अनेक तिगडम गरी अमेरिका, बेलायत, अष्ट्रेलिया आदि समृद्ध मानिएका देशमा जान्छन् र आफूअनुकूल डायस्पोरा यो हो, यो होइन भनेर न्यायाधीश बन्छन् । यसो हुँदा एकातिर नेपाली डायस्पोराको निरूपणमा व्यक्तिवाद हाबी हुँदै गएको छ भने अर्कातिर व्यक्ति-व्यक्तिका बिचमा मनोमालिन्यको स्थिति पैदा भएको छ । यसलाई संयोजन गर्ने, विवाद निराकरण गर्ने र डायस्पोराको सैद्धान्तिक निरूपण गर्ने आधिकारिक संस्थाको अभाव खट्किएको छ । अचेल प्रभाव, पहुँच र प्रभुत्वका आधारमा मनोमानी र आफूखुसी व्याख्या गरी डायसपोरा यही हो भनेर ठोकुवा गर्नेहरूको पनि कमी छैन । पुँजीवादका पिछलग्गुहरू दोहोरो नागरिकता लिएर आफ्नो व्यापार र प्रभुत्वको खेती फस्टाइरहेका छन् भने अन्तर्राष्ट्रिय सामरिक दलालको भूमिका पनि खेलिरहेका छन् । कतिपय इमानदारहरूले निस्वार्थ भावले जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्ने सोचका साथ आर्थिक उन्नतिका लागि लगानी भित्र्याउने प्रयत्न गरिरहेका छन् भने नेपाली भाषासाहित्य एवं संस्कृतिको अन्तर्राष्ट्रियकरण पनि गरिरहेका छन् । यस स्थितिमा नेपाली डायस्पोरा नेपाली साहित्यको विश्वव्यापीकरण गर्ने सशक्त माध्यम पनि बनिरहेको छ ।

     


    बुधवार, 10 मार्च 2021

    उपसंहार अर्थात चाैथो अन्त्य उपन्यसको विश्लेषण

     लेखक परिचय

    डाध्रुवचन्द्र गाैतम(२०००नेपाली साहित्यमा नौलानौला बान्की  विषयका आख्यान सिर्जना गर्ने बेजोड आख्यानकार हुन्  यिनले नेपाली साहित्यका प्रायः सबै विधामा सशक्त रूपमा कलम चलाई उत्तिकै सफलता पनि प्राप्त गरेका छन्  नेपाली भाषासाहित्यको विशाल फाँटमा ‘तटस्थता : असफलता’ कविता  ‘एक यात्रानुभूति’ कथा (२०२० : रूपरेखालिएर प्रवेश गरेका यिनले करिब पाँच दशक यात्रा गरेका छन्  २०१५/१६ सालतिरै आफ्नो उपन्यास यात्राको छवि कोर्न कुचि समाएका ध्रुवचन्द्रले ‘अन्त्यपछि’ (२०२४छपाएर उपन्यासकारका रूपमा आफूलाई उभ्याएका हुन्   त्यसपछि यिनको औपन्यासिकताको उडान कहिल्यै रोकिएनजुन अद्यावधि जारी    यिनले साहित्याकाशमा हाम्फाल्दा नेपाली साहित्यमा ‘आयामेली आन्दोलन’ (२०२० : प्रतिभाहरू – इन्द्रबहादुर राईईश्वर बल्लभ  बैरागी काइँलाप्रारम्भ भएको थियो  
    उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यास
        ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यास (२०४८पञ्चायती राजतन्त्र  प्राजातान्त्रिक नेपालको सङ्क्रामक स्थितिमा जीवन धान्ने
     तथा परिवर्तित युगसन्धिका सामाजिक पृष्ठभूमिको घटना क्रम ओकल्ने बिषयवस्तुमा आधारित उपन्यास हो  ‘पात्रको समाख्यान  एकालापमा तथा उसकै केन्द्रीयतामा संरचित प्रस्तुत उपन्यासमा १७९ पृष्ठ  ससाना ५२ परिच्छेद रहेका  
    छन्।  अन्त्यका चार वटा परिच्छेदमा क्रमशः उपन्यासका चार वटा बैकल्पिक अन्त्यको चर्चा  । 
                यस उपन्यासमा
     १.स्वैरकल्पनाको प्रयोग गरी उत्तरआधुनिक नेपाली समाजका विकार ग्रस्त यथार्थलाई बिषयवस्तुका रूपमा प्रस्तुत गरिएको       २. यस उपन्यासमा खास गरी सं२०३७/३८ पछि एक दशकको नेपाली राजनीतिमा विकसित हुँदै आएको चाकडी गर्ने अत्यन्त घटिया 
    बानी तथा यौनसम्बन्धमा अत्यन्त विकृत हुन पुगेको विषाक्त सामाजिक प्रवृत्तिका पृष्ठभूमिमा क्रान्तिका पूर्वापर दुवै स्थितिमा 
    उपन्यासकानायक रवि जस्ता निर्दोषस्वाभिमानीसिद्धान्त  प्रजातन्त्रका लागि मरिमेट्ने योद्धाको अवस्था दर्दनाक नै रहिरहेको वा जनजीवनमा परिवर्तनले भिन्नता नल्याएको पृष्ठभूमिलाई मुख्य कथ्यका रूपमा लिइएको  ।३. यथार्थ सामाजिक जीवनगाथालाई उपन्यासको मूल स्रोतका रूपमा प्रस्तुत गरिए पनि यस उपन्यासमा खल  नीचपात्रका माध्यमबाट एकालाप प्रस्तुत गरी प्रथम पुरुष दृष्टिविन्दुमा आधारित रही कथावस्तु प्रस्तुत गरिनुविभिन्न ठाउँमा पूर्वदीप्तिको प्र्योगसमाजको मूल व्यवस्था अर्थात् सरकार  राजनीतिको नाङ्गो नाच  पत्रकारिता भित्र व्याप्त विसङ्गतिको जालो फस्टाउने वातावरण आदि
     बिषयवस्तुलाई  व्यङ्ग्य  स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिएको छ ।
     कथावस्तु
    नेपालको ग्रामीण परिवेश  सहरिया जनजीवन अर्थात् राजधानी  राजधानीबाहिरको सामिप्य  दुरीलाई वस्तु एवं प्रवृत्तिगत बिषमताका आधारमा आलोचना गर्ने मूल दृष्टिकोण भएको यस उपन्यासमा सुरुमा ग्रामीण परिवेशमा सँगसँगै बाल्यावस्था बिताएका ‘पात्र वा लक्ष्मी  ‘पात्र वा रवि गरी यी दुईपात्रको प्रारम्भिक जीवनगाथाबाट कथानकको उठान भएको   ‘पात्र अर्थात् रविको साहचर्यविना गाउँमा मौलाएको साहित्यसिर्जना खास गरी कवितालेखन सहरमा उत्तिकै सहजतासाथ सम्पन्न हुन नसक्ने देखेपछि लक्ष्मीले रविलाई पनि आश्रय दिई आफूसँगै एउटै डेरामा राखेको देखिन्छ  रवि सहरमा बस्न थालेदेखि नै आफ्नो व्यक्तित्व  वर्चस्व कायम राख्न खोज्छ  मन्त्री  सभापतिको सिफारिसमा ‘दीप्तिमान्’ पत्रिकामा आबद्ध भएपछि लक्ष्मीले रविलाई पनि सँगै काम गर्ने अवसर दिलाउँछ  ती दुबै थोरै आम्दानीबाट जीवन निर्वाह गर्न विवश छन्  पत्रिकाको उपजीव्य अर्थात् आर्थिक स्रोत कमजोर रहनु  त्यसमा पनि सम्पादक शिव  उसकी पत्नीको प्रभावलक्ष्मी  रविको डेराको अव्यवस्थाभान्साका लागि सहयोग गर्ने महिला रुकमिनीसँगको लक्ष्मीको व्यवहारशीला  गीतासँगको व्यभिचारआर्थिक दुरवस्थाले भित्र्याएको रुकमिनी  उसकी छोरीको जीविकोपार्जन गर्ने वृत्तिनिर्धा  निम्नवर्गीय सोझा श्रमिकको शोषण  ठगीनिकटतम  अभिन्न मित्र भए पनि लक्ष्मीले रविप्रति बुनेका षडयन्त्रछलछाम  ईष्र्याका तानातुनालक्ष्मीमा अङ्कुरित व्यक्तित्वको विनाशका लागि लक्ष्मीबाट भएका प्रयत्नहरूमद्यपान गर्न गरिएका विभिन्न बहानावाजी आदि उपन्यासको कथानकको केन्द्रविन्दुसँग गाँसिन पुगेको   यी सबै कथ्यपक्षले उत्तरआधुनिकाको सङ्केत गरेका छन् 

    लक्ष्मीको व्यक्तित्व  चरित्र यौन व्यभिचारभ्रष्टाचार  छलछाममा आधारित  भने रविमा पवित्र प्रेमस्वाभिमानीकर्तव्यनिष्ठ  स्वच्छ चरित्र विकसित भएका छन्  लक्ष्मीले सम्पादक शिवलाई समेत नाघेर मन्त्रीसम्म पहुँच बनाएकोरविको प्रतिभाको शोषण गरी आफ्नो व्यक्तित्व उन्नत तुल्याउन खोजेकोपेस्की  छलकपटबाट रविलाई समेत थाहै नदिई सम्पत्ति जोड्न थालेकोप्रसाद राजा वा चन्द्रप्रसादसँग सम्पर्क  त्यसक्रममा आफ्नो थुक आफैं चाट्ने  जुत्तासमेत बोक्ने लक्ष्मीको नीचतारविको सिर्जनशीलता  प्रतिभाप्रति डाहा  छटपटीबाट लक्ष्मीमा आएको हीनताबोधरविलाई पनि प्रसाद राजाको सम्पर्कमा ल्याएपनि उसको स्वाभिमानिताबाट राजा सशङ्कित  त्रस्त भएकोराजासाहेबको विश्वासपात्रकार्यकर्तालाई पैसा वितरण गर्नेभण्डारे बन्दाबन्दै लक्ष्मीबाट रानी रोजिना  प्रतिभा नामक सुसारेको समेत यौनशोषणअवाञ्छित काम नगर्ने रविको दृढतासँगै प्रसाद राजासँगको सम्बन्ध टुट्नुदरबारिया अनुग्रह पाएको लक्ष्मीबाट अकूत सम्पत्तिको जोडजाम जस्तो कथावस्तु पनि यहाँ जोडिन पुगेको जुन विषयले मानवीय विवेक  स्वतन्त्रतामाथि प्राप्त सङ्कटका रूपमा  मानवीय क्रियाकलापमा घटेको विवेकको महत्व  व्यक्ति स्वतन्त्रतामा आइहेको ह्रासत्वको चित्रण गरेको  

    वि.सं२०४६/४७ को जनआन्दोलनको परिवेशमा रानी साहेवलाई भूमिगत सुरक्षामा रहेकै अवस्थामा गर्भिणी तुल्याइनुरविकी प्रेमिका पनि लक्ष्मीको यौनपिपासाको सिकार हुनुसत्ता परिवर्तनको प्रसङ्ग दलीय वर्चस्व  चैतमा रातारात सत्तारुढ दल काँग्रेसमा प्रतिगामी
    हरूको प्रविष्टिप्रसाद राजा पनि राजनैतिक नयाँ आवरणमा देखिनुपरिवर्तनपछि पनि रविको स्थितिमा सुधार नआउनुउसलाई प्रतिगामी तुल्याई प्रतिशोध गर्न भएको प्रयत्नपार्टीको कार्यकर्ता पद्मनाथ चुनावपछि गौण भूमिकामा  प्रसाद राजा चुनावमा सहभागी नभए पनि पहुँचवाल भएको जस्ता तथ्यहरू कथानकको अन्त्यमा सटीक ढङ्गबाट प्रस्तुत हुन पुगेका छन्  

    अमिता  रविको वियोग पछि रविमाथि भएको हमला  कथावस्तुको समाप्तिका क्रममा उपन्यासका समाप्तिका विभिन्न सम्भावनाहरू औंल्याउँदै कथानक सकिएको खासगरी रविमाथिको आक्रमणको रहस्य सुल्झाउने विभिन्न उपायहरू पहिल्याउँदै यस उपन्यासको आख्यानवृत्त टुङ्ग चरित्र  चरित्रचित्रण
    पूर्वदीप्तिका क्रममा झिनो ग्रामीण परिवेश भए पनि मूलतः सहरिया परिवेशखासगरी राजधानी काठमाडौँको आवरणमा केन्द्रित कथभएको प्रस्तुत उपन्यासमा पञ्चायती शासन पद्धति  नवस्थापित प्राजातान्त्रिक शासनपद्धतिका सङ्क्रमणमा रहेको सरकारराजनीति  पत्रकारितामा रहेका अव्यवस्थाभद्रगोल  विसङ्गतिलाई पर्दाफास गर्न विभिन्न पात्रहरूको संयोजन गरिएको   यस उपन्यासमा कथावस्तुको समाख्याता लक्ष्मी ‘पात्रको भूमिकामा  उसको साथी रवि ‘पात्रको भूमिकामा प्रस्तुत भई प्रमुख केन्द्रीय पात्रका रूपमा प्रस्तुत भएका छन्  यस अतिरिक्त कथावस्तुलाई पूर्णता प्रदान गर्न यहाँ सम्पादक शिवरामप्रसाद राजारुकमिनीरोजिनारानीसाहेबअमितागीताशीलाशिवरामकी पत्नीरुकमिनीकी छोरी सविताभक्तपुरको किसान परिवारसहायकमन्त्रीजि.एम., प्रधानमन्त्रीदरबारसिलवालफक्कड पत्रकारकेसीछिमेकी परिवारआमाबहिनीभान्दाइप्रेमकुमारगुरुमालीप्रतिमाधर्मदत्तशिवहरिरामकुमारपदमनाथगुण्डा केटाहरू आदि धेरै पात्रहरूको प्रयोग गरिएको   लक्ष्मीरविप्रसाद राजाशिवराम आदि मुख्य पात्रहरूमध्ये रविमात्र सकारात्मक चरित्रका रूपमा  अन्य नकारात्मक चरित्रका रूपमा देखा परेका छन्  नायिकाको भूमिका निर्वाह गर्ने पात्रको अभाव रहेको यस उपन्यासमा समाजमा देखा परेका विकृितविसङ्गति  सन्त्रासको स्थितिमा बाँचीरहेका सीधासाधा सङ्कघर्षशील मान्छेहरूको चिन्ताजनक स्थिति तथा भ्रष्ट  अवसरवादीहरूले देशलाई खोक्रो पारिरहेको प्रसङ्गलाई सटीक  स्पष्ट ढङ्गले चित्रण गर्न उक्त पात्रहरूको सुन्दर  विशिष्ट संयोजन गरिएको   यस उपन्यासमा प्रयुक्त केही महत्वपूर्ण पात्रहरूको चरित्रचित्रणमा उत्तरआधुनिकताको प्रक्षेपण यसरी गर्न सकिन्छ :–

    लक्ष्मी
    उपन्यासको समाख्याताका रूपमा आएको लक्ष्मी प्रमुख भूमिका निर्वाह गर्ने चरित्र हो   गाउँबाट जीवका धान्न काठमाडौँ आएको यस क्रममा उसले चाकडी  चाप्लुसीका अनेकौँ तरिका उपयोग गरेको   सानैमा आमा पोइला गएकी लक्ष्मीको प्रारम्भिक जीवन निकै कष्टप्रद  संघर्षमय देखिन्छतर पछि  स्वार्थी हुन पुगको    पत्रकारिता जस्तो आदर्श पेसामा रहेर पनि अनैतिक काम गर्छ  पैसाका लागि जस्तो सुकै नीच काम गर्न पनि पछि पर्दैन  उसले स्वार्थसाधना गर्न जस्तो सुकै चरित्रलाई निर्वाह गरेको देखिन्छ  यौन मामिलामा  अति कमजोर उसले गीताशीलारुकमिनीसवितारोजिनाप्रतिमाअमिता आदि महिलाहरूसँग कुकर्म गरेको   उसकै कारण रुकमिनी  रोजिना वेश्या हुन पुगेका छन्  प्रसाद राजाको विश्वास जित्न थुकेको थुक चाट्न  जुत्ता टिपेर दगुर्न पनि  पछि पर्दैन  पछि उसैलाई समेत ठगेर  काठमाडौँमा घर बनाउन सफल हुन्छ  जनआन्दोलनमा अनिताका घरमा डरले लुक्ने लक्ष्मी आन्दोलनपछि दलीय आवरण फेरेर ठूलो क्रान्तिकारी भई टोपल्छ  लक्ष्मी पीतपत्रकारिता  प्रजातन्त्रको प्रतिगमन चाहने नीच  भ्रष्ट प्रवृत्तिका सामन्तहरूको प्रतिनिधित्व गर्ने वर्गीय पात्रका रूपमा उपन्यासमा प्रस्तुत भएको   अरुलाई पीडा दिएर आनन्द प्राप्त गर्ने प्रवृत्ति भएको लक्ष्मी यस उपन्यासको नकारात्मक भूमिका निर्वाह गर्ने खलपात्र पनि हो  उसका माध्यमबाट लेखकले यस उपन्यासमा प्रजातन्त्रप्रति पछिको नेपाली पत्रकारिताराजनीति  सामाजिक संस्कारमा देखा परेका अधम स्थिति  मूल्यगत ह्रासताको चित्रण गरेका छन् 

     रवि
    बाल्यकालमा लक्ष्मीसँगै हुर्केको  गाउँबाट काठमाडौँ आएपछि लक्ष्मीकै सहारामा एउटै डेरामा बसोवास गर्ने रवि यस उपन्यासको नायक हो   पनि लक्ष्मीसँग एउटै पत्रिकामा काम गर्छ  उसले जस्तोसुकै हन्डरठक्कर खाएपनि निस्वार्थनीतिवान्  स्वाभिमानी   उसलाई लक्ष्मीका अनैतिक क्रियाकलाप मन पर्दैनन्तथापि उसले लामो समयसम्म लक्ष्मीसँगै बसेर गुजारा गरेको    उत्कृष्ट कवि पनि हो  उसका कविता जर्मनेली भाषामा अनुवाद हुन्छन्तर उसले कुनै प्रतियोगितामा पुरस्कृत हुने अवसर पाएको छैन  नचाहिंदो  अवाञ्छित कुरामा ध्यान नदिने  अर्काको अनावश्यक दबाव सहन नसक्ने भएकाले  साथीहरूमाझ पनि मनपर्दो देखिंदैन  रविको दृढतास्वाभिमानिता  आदर्शप्रति लक्ष्मी लगायत उसका मतियारहरू ईष्र्यालु हुन पुग्छन्   लक्ष्मीशिवराम  प्रसाद राजाजस्ता भ्रष्टपाखण्डी  कुकर्मीहरूसँग झुक्दैन  उसले अमितासँग आत्मीय प्रेम गरेको   धनको अभावमा पनि उसबाट अनैतिक काम भएको छैन  उसले होटेलवालाको पैसा तिर्ने मनसाय व्यक्त गरेको    प्रजातन्त्र प्राप्तिका लागि प्रतिबद्ध   आन्दोलनमा सहभागी भई घाइते समेत हुन पुग्छ  शिवरामको पत्रिका बन्द भएपछि प्रसाद राजाकहाँ काम गर्न पुगेको रवि अनैतिक तरिकाले टेण्डर स्वीकृति गर्न नमिल्ने बिषयमा प्रसाद राजासँग विवाद भई जागिर छोडिदिन्छ   इमान्दार  सहयोगी   रुकमिनी  सवितालाई विगारेको बिषयमा  लक्ष्मीसँग रिसाउँछ तर उसकै आग्रहमा रविले रोजिना रानीसहेव  लक्ष्मीलाई आफ्नी प्रेमिकाको घरमा लुकाउने बन्दोवस्त गरेको   अन्तर्मुखी स्वभावको रवि आफ्नो सिद्धान्त  आस्थाका लागि सौदाबाजी नगर्ने  समाजको आदर्श व्यक्तिको प्रतिनिधित्व गर्ने व्यक्तिगत चरित्र हो 
    मानवीय विवेक  स्वतन्त्रतामाथिको सङ्कटग्रस्त  विवेकहीन मानवीय क्रियाकलाप तथा ह्रासत्वको वर्तमान युगमा रवि जस्ता स्वच्छइमानदार  सच्चरित्रले उचित सम्मान  प्रतिष्ठा नपाउनु उत्तरआधुनिक समाजको प्राप्ति ठह¥याउँदै लेखकले उपन्यासको अनुकूल पात्रका रूपमा स्थापना गरिकन पनि घटनालाई नियन्त्रणमा लिन नसक्ने निरीहता प्रस्तुत गरी उल्टै घटनाबाट थिचिएको  रुग्ण अनायकका रूपमा रविलाई चित्रण गरेका छन्  उपन्यासको अन्त्यमा अज्ञात व्यक्तिको छुरीद्वारा घाइते भई अन्त्यमा मृत्युलाई कुरेर बस्न बाध्य रवि उत्तरआधुनिक समाजको एउटा प्रतिनशिवरामरुक्मिनी  प्रसाद राजा
    शिवराम दीप्तिमान् पत्रिकाको सम्पादक हो  कसैलाई गाली गरेर  कसैलाई प्रशंसा गरर पत्रिकामा लेख्ने तर त्यसको जिम्मेवारी भने अरुलाई वहन गर्न लगाउने शिवराम अत्यन्त नीच पात्र हो  सहायक मन्त्रीको सहयोगबाट पत्रिका चलाउने  पाएको पैसा उक्लै गुटमुट्याउँछ  कर्मचारीहरूलाई आश्वसन मात्र दिन्छ  मन्त्रीहरू  जी.एम्.हरूको चाकडी गरेर होस् वा तिनीहरूलाई धम्क्याएर होस् पैसा झार्नु उसको प्रमुख कर्तव्य हो  पत्रिकामा कर्मचारीले पैसा माग्न थाले भने अन्तिम उपायका रूपमा  आफ्नी रूपवती श्रीमतीलाई प्रयोग गर्छ  श्रीमतीका अगाडि खुव व्यस्त झैं देखिने उसको काम कामदारलाई हप्काउने  ठूलाबडाबाट पैसा झार्ने हो  पीतपत्रकारिताको नमुना बनेर देखिएको शिवराम मौकाको फाइदा उठाउन हदै सिपालु  

    लक्ष्मी  रविको डेरानजिकै बस्ने रुक्मिनी पाँच सन्तानकी आमा हो  उसको लोग्नेको मृत्यु भएकाले  गरिबीको चाप बढेकाले उसले छोराछोरीको लालनपालन गर्नु परेको   पछि लक्ष्मी  रविको डेरामा भात पकाउने  भाँडा माझ्ने काम गर्न थालेकी रुकमिनीलाई एक दिन लक्ष्मीले बलात्कार गरिदिन्छ   काम गर्न आउन छोड्छे  रुक्मिनीकी छोरी सवितालाई पनि लक्ष्मीले नै बलात्कार गरेर दुवैलाई वेश्या बनाउँछ  जीवन चलाउने अन्तिम उपायमा रूपमा घृणित पेसा अपनाउन रुक्मिनी बाध्य भएकी  

    सानो दरबार नै सञ्चालन गरेर बसेको चन्द्रप्रसादलाई उपन्यासमा प्रसाद राजा  राजासाहेब पनि भनिएको   पञ्चायती कालको सामन्त  कैयौँ भरौटेहरूलाई सञ्चालन गर्ने प्रसाद राजा भूमिगत रूपमा शासन गर्ने मान्छे हो  आफू नपंूसक भएकाले सुन्दरी श्रीमती रोजिनासँग सधैं त्रस्त रहने प्रसाद राजा पैसा बाँडेर सबैलाई ठिक लगाउन खोज्छ  सत्तारुढ मन्त्रीप्रधानमन्त्री  जी.एम् आदिको भीड उसकै घरमा लाग्दछ  लक्ष्मीको गर्भधारण गरेर रोजिनाले छोरो पाए पनि  हर्षित नै   बहुदल आएपछि लक्ष्मीकै सहयोगले  चैते बनेर पार्टीमा प्रवेश गर्छ  नीच  प्रतिगामी चरित्र निर्वाह गर्ने प्रसाद राजाले लक्ष्मीलाई थुकेको थुक चाट्न लगाएको  भने रविले टेन्डरका कुरामा आफ्नो अवज्ञा गर्दा मनपरी गाली गरेको  

    सारांशमा यी तीनैजना पात्रमा वर्तमान युग  परिवेशको प्रत्यक्ष प्रभाव  

     द्वन्द्व
    उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यासको कथानकमा द्वन्द्वको प्रबलता   यहाँ बाह्य द्वन्द्वका रूपमा लक्ष्मी  रविको बैचारिक द्वन्द्व प्रबल रहेको   चाकडी चाप्लुसी गरेर तथा प्रजातन्त्रका विरुद्ध अवसरवादी भई शक्ति  सम्पत्ति जोड्ने लक्ष्मीको प्रवृत्ति तथा शिवरामप्रसाद राजा जस्ता भ्रष्टाभारी  सामन्तहरूसँग नझुक्ने तथा सच्चा हृदयले काम गर्ने अनि समाज नै अवसरवादी प्रवृत्तिको प्रशंसक भए पनि देशमा प्रजातन्त्रका लागि मरिमेटी प्रयत्न गर्ने रविको प्रवृत्तिका बीच प्रबल द्वन्द्व   यहाँ बैचारिक आधारमा दृढता  इमान्दारिता तथा अवसरवादिता  मूल्य विघटनका बीचमा द्वन्द्व  भन्न सकिन्छ 


     निष्कर्ष

    पञ्चायती राजनीतिको संरक्षणमा हुर्किएका विकृतिलाई प्रस्तुत गर्ने क्रममा प्रस्तुत ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यासको वस्तु तैयार भएको   गौतमका अन्य उपन्यासमा जस्तै यहाँ गरिबी बस्तु बनेर आएको पाइन्छ  भोकको तृप्तिका लागि पात्रले अनेक कार्य गरेका उदाहरण उपन्यासमा आएका पाइन्छन्  हुन  भोक विभिन्न प्रकारका छन् – शारीरिक (खाद्यवस्तुकोभोकयौनिक भोकशक्तिको भोकअज्ञानता  अन्धकारको भोक  यी सबै प्रकारका भोकहरू यस उपन्यासमा आएको पाइन्छ  कामवासना पनि भोककै एउटा शृङ्खला हो  रक्सी पनि गौतमको उपन्यासको अर्को वस्तु हो  उनका पात्रहरू जति नै गरिब या धनी भए पनि तिनीहरूको जीवनको आधार रक्सी बनेको हुन्छ  खुसीमा होस् या दुःखमा उनका पात्रहरू रक्सीमा रमाइरहेका देखिन्छन्  पैसा गौतमका यस उपन्यासको एउटा वस्तु हो  पैसाको कमीले गरिब बनेका पात्रको गरिबीको चित्रण उपन्यासमा प्रस्तुत हुनु पैसाका लागि मरिमेट्नेचाकडी  चाप्लुसी गर्नेस्वाभिमानलाई गिराउने खालकाघूसका शृङ्खलामा फन्फन्ती घुमेको पात्र लक्ष्मी नै यस उपन्यासको समाख्याता बनेको    पैसाका लागि निकृष्ट काम गर्न पनि पछि पर्दैन  देश  जनताको समसामयिक वस्तुस्थिति पनि यस उपन्यासको वस्तु हो  कमजोर  भ्रष्ट मन्त्रीराष्ट्रियताको अभावखोक्रा भाषण दिने नेताअकर्मण्य प्रहरी प्रशासन यस उपन्यासमा आएका छन्  यस उपन्यासको वैचारिक धरातलको रूप  अस्तित्ववाद  विसङ्गतिवाद नै होतर आर्थिकराजनैतिकसांस्कृतिक  साञ्चारिक विसङ्गतिका पक्षहरूलाई उत्तरआधुनिकताका परिधानभित्र राखेर यस उपन्यासमा सारभूत रूपमा मूल्यहरूको क्रमशः अन्त्य हुँदै गएको विषयलाई उपस्थापन गरिएको  
     ‘

    नाटकको परिचय र परिभाषा

         नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...