गुरुवार, 24 सितंबर 2020

ध्वनि सिद्धान्त

 ध्वनि सिद्धान्तः

    सामान्य भाषामा ध्वनि शब्दको अर्थ अावाज भन्ने हुन्छ। काव्य शास्त्रमा ध्वनि भन्नाले सुनिने अावाज मात्र नभएर काव्यमा प्रयोग भएका शब्द तथा वाक्यले दिने अर्थ भन्ने बुझिन्छ ।ध्वनि सिद्धान्तको प्रवर्तन अानन्दवर्दनले गरेका हुन । १९ अाै शताब्दिका यिनी ध्वनिवादी सिद्धान्तका प्रवर्तक मानिन्छन् । उनले ध्वन्यलोक नामक ग्रन्थ लेखि ध्वनि सिद्धान्तकाे सुरूवात गरेका थिए । यसको सुरूवात संस्कृत व्याकरणको स्फोटवाद वाट भएको हो । स्फोटको  अर्थ स्वर ,अावाज वा लय भन्ने नै हुन्छ तर काव्यमा अ।इ पुग्दा केहि फराकिलो बनाइ काव्यको अर्थ व्यक्ति सँग जोड्ने प्रयास गरियो । ध्वनिलार्इ काव्यको अात्माको रूपमा लिइन्छ । जसमा ध्वनिलार्इ सर्वश्रेष्ठ मान्दै लय ध्वनि ,शब्द ध्वनि र अर्थ ध्वनि हुनेकुरा वताइएको छ । भतृहरिका अनुशार उच्चारणोपयोगी अवयवहरूको संयोग र वियोग वाट जुन स्फोट उत्पन्न हुन्छ ,त्यहि शब्दवाट उत्पन्न अर्थलार्इ  नै ध्वनि भनिन्छ । 
ध्वनिका सन्दर्भमा विभिन्न विद्धानहरूको परिभाषा ः
  • जुन अर्थका लागि शब्द वा अर्थले अाफ्नो अर्थ वा अभिप्राय त्यागिदिन्छ र कुनै विशिष्ट भाव लार्इ व्यक्त गर्दछ ,त्यस्तो व्यङ्ग्य भएर अाउने काव्यको वस्तु विशेषलार्इ ध्वनि भनिन्छ ।  अानन्दवर्भन 
  • अर्थले शब्द वोध्य भावलार्इ नै व्यक्त गर्दछ र अर्थ पनि अर्थको अाश्रित हुन्छ ,एकको व्यञ्जनामा अर्को सहयोगी हुन्छ ।           विश्वनाथ
  • ध्वनि वा व्यङ्यार्थ ,वाच्यार्थ तथा लक्ष्यार्थ भन्दा वेग्लै किसिमको हुन्छ र त्यो नै काव्यको सर्वोच्च उपलब्धि हो । मम्मट
  • वास्तवमा काव्यको अात्म रस हो । वस्तु र अलङ्कार ध्वनित सर्वथा रसपर्यवसायी (रसमा गएर विश्राम  लिने) भएकाले वाच्य भन्दा उत्कृष्ट हुन्छ ,यसैकारण सामान्य रूपमा ध्वनिलार्इ काव्यकोअात्मा भनिन्छ ।  अभिनव गुप्त
  • भित्रिअर्थलार्इ अभिव्यक्त गर्ने काव्यलार्इ ध्वनि काव्य भनिन्छ ।        सोमनाथ सिग्देल 
                   ध्वनि काव्य शास्त्रमा प्रयुक्त यस्तो सिद्धनन्त हो जसलार्इ अानन्दवर्धनले सुरू गरेर त्यस सिद्धान्तको समर्थनमा अभिनव गुप्त मम्मट ,विश्वनाथ लगायत अन्य विद्धानहरूले यसको समर्थन गरेको पाइन्छ । काव्यमा प्रयुक्त व्याङ्यात्मक वा अलङ्कारिक शब्दअर्थ र भाव जुन हृदयलार्इ अ।ह्रलादित तुल्याउछ  त्यो नै ध्वनि हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । 


 ध्वनि सिद्धान्तका अाधारभुत मान्यताहरूः

ध्वनिवाद पूर्वीय साहित्यको एक प्रमुख काव्य सिद्धान्त हो । जसलार्इ अानन्दवर्धनले ध्वन्यलोक नामक ग्रन्थमा विस्तृत चर्चा गरेका छन् । वामनले काव्यको अात्म रीति हो भनि उठाएको विवादलार्इ टुङ्ग्याउने उद्देश्यले काव्यको अात्म ध्वनि हो भन्दै यसका शास्त्रिय प्रभावहरू पनि पेश गरेका छन् । यिनले ध्वनि विरोधी मतहरूलार्इ खण्डन गर्दै विभिन्न काव्यत्मक तत्वहरूलार्इ यसभित्र समाहित गर्ने कार्य गरेका छन्। उनले ध्वनि विरोधी मतलार्इ यसरी खण्डन गरेका छन्ः

  • ध्वनि जस्तो अज्ञात तत्वको अस्तित्व छैन भन्ने मतको खण्डन गर्दै ध्वनि अज्ञात होइन यसभन्दा अगाडि नै यसलार्इ काव्यको अात्मा मानिएको छ । 
  • ध्वनिमा शब्दार्थ र काव्यगुण नहुने हुँदा यो अमान्य छ भन्ने विचारको खण्डन गर्दै ध्वनि काव्य तत्व हो र ध्वनि युक्त काव्य झन अ।ह्रलादकारी हुने भएकाले यो मान्य ठहरिन्छ भनेका छन् । 
  • काव्यको साैन्दर्य र रमणियताको उत्पादन गर्ने तत्त्व अलङ्कार हो ।अलङ्कार बाहेक अर्को तत्त्वध्वनि छैन भन्ने अलङ्कार वादीहरूको मतलार्इ खण्डन गर्दै अलङ्कारले काव्यको वाह्रय साैन्दर्यलार्इ मात्र बढाउँछ तर ध्वनिले अलाैकिक अानन्द प्रदान गर्दछ । अलङ्कारले व्यञ्जना वृति मूलक चमत्कार सिर्जना गर्न सक्दैन तर त्यो ध्वनिले सामार्थ्य राख्दछ भनेका छन् । 
  • ध्वनिले अाैचित्य अलङ्कार गुणवाट पुराहुन नसके लक्षणवाट हुन्छ त्यसैले छुट्टै ध्वनिको चर्चा गर्न अावस्यक छैन भन्ने अारोपको खण्डन गर्दै लक्षणा र ध्वनिको स्वरूप नै भिन्न छ भन्दै  उनले लक्षणालार्इ एक अारोपित गाैण वृत्तिमात्र हो भनि ध्वनिलार्इ व्यञ्जना वाट प्राप्त हुने मुख्य तत्त्वका रूपमा अाैल्याएका छन् । ध्वनि भएका ठाउँमा लक्षणा नहुन सक्ने र लक्षणा भएका ठाउँमा ध्वनि नहुन सक्ने भएकाले यी अलग अलग तत्व हुन भनेका छन् ।
ध्वनि अमूर्त अवर्णनिय कुरा हो भन्दै अवर्णनिय र अगोचर कुराको स्वरूप दृष्टिगोचर नहुने रव्याख्या गर्न नसकिने भन्ने विचारको खण्डन गर्दै संसारमा सबैवस्तु दृष्टिगोचर हुने र व्याख्या गर्न सकिने उल्लेख गरेका छन् । र्इश्वर त शब्द ब्रम्हाका माध्यमवाट  दृश्यात्मक हुन्छ भन्ने अरूको के कुरा भनि ध्वनि त झन सवैले अाश्वादन गर्न सकिने ,भेदोपभेद छुट्याउन सकिने कुरा प्रष्ट हुन्छ ।                     
            यसरी    ध्वनि वरोधि मतलार्इ विभिन्न प्रमाणहरूको अाधारमा प्रमाणित गरि अानन्दवर्धनले ध्वनि सिद्धान्तको स्थापना गरेका हुन । यिनले ध्वनिलार्इ काव्यको अात्मा ठानेका छन् । अानन्दवर्धनले ध्वनि सिद्धनन्तका वारेमा ध्वन्यलोक नामक ग्रन्थमा प्रस्तुत गरेका छन् । अानन्दवर्धन पछिका अर्का विद्धान अभिनव गुप्तले अानन्दवर्धनको ध्वन्यलोकको  विस्तृत टिप्पणी गरेक छन् । उनले ध्वनिवादको व्याख्या गर्दै ध्वनिवादीको व्यञ्जना शक्तिले नै रसको अभिव्यक्तिको रहस्यलार्इ स्पष्टरूपमा बुझ्न सकिन्छ।किनकि ,रस भाव अादिको वोध व्याङ्या रूपमा नै    प्ाप्त हुने गर्दछ । भन्दै यिनले ध्वनि र रसलार्इ जोड्ने प्रयास गरेका छन् । ध्वनिक तिन भेद रस ,अलङ्कार तथा वस्तुको विवेचना गर्दै रस द्वारा काव्य जिवित रहने कुरा वताएका छन् । अलङ्कार ध्वनि र वस्तु ध्वनिलै पनि रस ध्वनिकै प्रतिति गराउँछ।त्यस कारण  रस र ध्वनिमा तात्विक भिन्नता छैन । एउटै सिद्धान्त हो भन्दै उनले ध्वनिमा शब्द, अर्थ, गुण र अलङ्कारले संयुक्त रसात्मकताको साैन्दर्य र अाकर्षण हुनुपर्छ भन्दछन । यसरी अभिनव गुप्तले रसात्मक साैन्दर्य युक्त ध्वनिलार्इ नै काव्यको अात्मा ठान्दछन् अभिनव गुप्त पछिका अर्का अाचार्य मम्मटका अनुसार शब्द तथा अर्थहरूमा दोष नभइ गुणमात्र हुनुपर्छ यसमा अलङ्कार हुँदा वा नहुदा कुनै फरक पर्दैन भन्दछन । यिनले ध्वन्यलोक तथा त्यसभन्दा पहिलेका मान्यतालार्इ एकिकरण गरि एकिकृत रूपमा प्रस्तुत गरेका छन् । 
          ध्वनि सिद्धान्त सम्भन्धि मान्यतालार्इ स्थापित गर्ने प्रमुख अाचार्य अानन्दवर्धन ,अभिनव गुप्त र मम्मट रहेका छन् । यिनीहरूले ध्वनिलार्इ काव्यको प्रमुख र अभिन्न अङ्गको रूपमा लिएका छन् ।ध्वनिवादको स्थापना व्याकरणको स्फोटवाद वाट भएको हो । जसमा स्फोटको अर्थ  उच्चारित अर्थसँग सम्भन्धित हुन्छ ।व्यञ्जना प्रधान ,अभिधा र लक्षणा गाैण हुन्छ भने व्यञ्जना प्रमुख हुन्छ ,व्याङ्यार्थमा अाधारित हुन्छ । 

बुधवार, 23 सितंबर 2020

रसका प्रकार

Follow बटनमा थिच्नुहोस्                      पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र विभत्स गरि मुख्य चार रस हुने र यिनै मूल रसवाट वन्ने हास्य ,करूण , भयानक र उद्भुत समेत गरी जम्मा अाठअोटा रसको चर्चा गरेका छन् । विश्वनाथले वात्साल्य रस समेत थपेर रसको सङ्ख्या नाै वटा पुर्याएका छन् । रूपगोस्वामीले भक्ति रसको चर्चा गरी रसको संख्या दश पुर्याएको पाइन्छ ।समग्रमा रस समग्रमा रस नाै वटा छन् । तिनको सोधारण  परिचय यसप्रकार छ ः 

 क) शृङ्गार रस

                 एक अर्काको अनुरागका कारण नायक नायिका वीच उत्पन् हुने रसलार्इ शृङ्गार रस भनिन्छ ।यो  संयोग (सम्भोग) रविप्रलम्भ गरी दुर्इ प्रकारमा हुन्छन् । 

अ)संयोग(सम्भोग)शृङ्गार  

     नायक नायिकाको मिलनलार्इ एकअापसमा प्रेम सम्भन्धि क्रियाकलापको वर्णन  गर्दा समंयोग शृङ्गार रस उत्पन्न हुन्छ । यसको स्थायीभाव रति हो । यसमा नायक ,नायिका ,अालम्वन विभाव , एकान्त स्थल ,जुनेली रात , फूल फूलेको ठाउँ अादि उद्दिपन विभाव ,हाउभाउ ,नजर मुस्कान लज्जा अादि अनुभाव ,लज्जा उत्सुकता अादि व्यविचारी भाव बन्छन् ।

उदाहरणः

अाउ प्रिये नयर वेर भनी मलार्इ 
राखेर काख वीच दुवै हात समार्इ 
ती लाल अोठ मुखनेर पुर्याउनु भो 
लाै भन्न सक्दिन म ता पछि कुन्नि के भो ।      राधानाथ लोहोनी (अनि कुन्नि के भो )  
       माथिको उदाहरणमा नायक नायिका अालम्वन विभाव ,काख वीच  राखेर हात समाउनु अनुभाव ,लाल अोठ मुखनेर पुर्याउनु र नायिकामा  देखवएको लज्जा सञ्चारी भाव (व्यभिचारी)र रति स्थायी भाव भएको देखिन्छ । 

अा)विप्रलम्भ शृङ्गार ः

    नायक नायिकाको वियोग जन्य प्रेमको वर्णन गर्दा विप्रलम्भ शृगार रस उत्पन्न हुन्छ ।यसमा नायक नायिका अालम्वन विभाव ,सम्योग वा मिलनको क्षेणको यादअनुभाव ,चिन्ता उत्सुकता  अादि व्यविचारी भाव र रति स्थायी भाव बन्दछन् । 

उदाहरणः

 पर्खे ,शब्द सुने ,बसेँ ,शयनमा लेटे, उठे ,झोक्रिए ँ
हेरेँ ,मार्ग घुमेँ,चटक्क चुँडिए, फर्के, सुकेँ अात्तिए 
टोलाएँ, मनले झलक्क सम्झे , झस्के कुनामा गएँ             

निस्केँ , दृष्टिदिए ,फिरेँ धुरूधुरू रोए म हा के भए ।              लेखनाथ पाैडेल (शुक्तिसिन्धु)

           माथिकोउदाहरणमा नायक नायिका अालम्व ,विगतको क्षण सम्झनु उद्दीपन , छटपटाउनु ुरूनु अादि अनुभाव ,चिन्ता ,स्मृति अादि व्यविचारी भाव र रति स्थायी भाव रहेको देखिन्छ । 

ख) हास्य रस  ः

       मानिसको मानसिक ,शारीरिक ,भाषिक वा अन्य कुनै क्रियाकलाप वाट हास्य रस उत्पन्न हुन्छ । कुनै हास्य पात्र (व्यक्ति वा वस्तु ) यसको अालम्वन विभाव हुन्छ ।उसका विकृत रूप वा हास्यस्पद क्रियाकलाप हाउभाउ यस रसका अनुभाव हुन । (मुख बङ्ग्याउनु ,मुख बाउनु अादि )  चपलता रोमाञ्च ,कम्प पसिना अादि व्यविचारी भाव हुन्छन् र हास्य (हाँसो ) स्थायी भाव हास्य रस बन्दछ ।

उदाहरणः

मनभोग ,पुरी ,सेल ठेलमेल भइरहोस् 
भोको बाहुनको पेट कुभिण्डो सरिको हअोस्  ।                    शम्भुप्रसाद ढुङ्गेल 
           यस उदाहरणमा बाहुन अालम्वन विभाव ,उसको पेट कुभिण्डो जस्तो बन्नु उद्दीपन ,मुख वहाउनु  अनुभाव ,श्रम अादि व्यविचारी भाव र हास(हाँसो) स्थायी भाव रहेको देखिन्छ । 

ग)करूण रसः

प्रियजनको मृतु वा दुःखद खबर सुन्दा करूण रस उत्पन्न हुन्छ । यसमा मृत प्रियजन वा वियोग भएको वस्तु अालम्वन  विभाव ,उसका राम्रा गुणहरू उद्दीपन विभाव ,रूनु ,विलाप गर्नु अनुभाव ,ग्लानी, चिन्ता ,मोह अादि व्यभिचारी भाव तथा शोक स्थायी भव रहेका हुन्छन् । 

उदाहरणः

गयाै बाबा मेराे हृदय टकुडा लाैन नि कहाँ ?
उनै फिर्ता ल्याउने सुर , नर तथा यक्ष म कहाँ । 
भनी डाँको छाड्दी मृतक शिशुकी दुग्ध जननी 
सबै अाँशु झार्छिन थरथर कपाएर अवनी ।।
    यस उदाहरणमा मृतक शिशु अालम्वन विभाव ,शिशुको मृतुको अघिको क्षेणको स्मरण उद्दीपन विभाव रूनु ,विलाप गर्नु अनुभाव , अावेग, उन्माद,चिन्ता अादि व्यभिचारी भाव र शोक स्थायी भाव रहेको देखिन्छ । 

घ) वीर रस 

युद्ध वा कुनै उत्साह पूर्ण क्रियाकलापको वर्णन हुँदा वीर रस उत्पन्न हुन्छ । यसमा शत्रु प्रतिद्वन्दी वा प्रतिस्पर्धी अालम्वन विभाव ,उसको पराक्रम वा उसका वारेमा सुनिएको प्रशंसा उद्दीपन  विभाव गर्वयुक्त वाणी हाउभाउ देखाउनु अनुभाव ,धैर्य स्मृति , अावेग अादि व्यभिचारी भाव र उत्साह स्थायी भाव वन्दछ । 

उदाहरणः

छप्कार्इ शत्रुलार्इ छपछप खुकुरी धार हम्रो कुँडिन्न 
गर्दी घम्सान पर्दा पछितिर मुहुडा हेर हाम्रो मुडिन्न 
नेपाली वीर तातो रगत छ कहिल्यै शक्ति गल्दैन हाम्रो 
अाफ्नै सत्मा उठेको ध्वजपट कहिल्यै हेर ढल्दैन हाम्रो ।                  माधवप्रसाद घिमिरे
        यस उदाहरणमा शत्रु अालम्वन विभाव ,शत्रुको वल र प्रभाव उद्दीपन विभाव ,खुकुरीको धार नकुडिनु ,मुहुडा पछिल्लितिर अनुभाव ,धैर्य ,गर्व , अावेग अादि व्यभिचारी भाव र उत्साह स्थायी भाव रहेको देखिन्छ ।

ङ)राैद्र रस ः

   अात्मिय व्यक्ति वा गुरू ,धर्म , देश र जनतालार्इ शत्रुले अपमानजन्य व्यवहार गरेमा त्यसवाट राैद्र रसको उत्पत्ति हुन्छ । यसमा शत्रु अालम्वन विभाव हुन्छ ,हतियार समाउनु ,दाँत कटकटाउनु ,अाँखा रातो पार्नु अादि अनसभाव र मद , उग्रता , अावेग अादि व्यविचारी भाव हुन् र क्रोध स्थायी भाव हो । 
 

उदाहरणः

कसको पुत्र त होस वता मकनरे जाबो पुरानू धनु 
बाँच्दैनमा अति गर्भभो तँकन ता धेरै कुरा के भनुँ ।
यो त हो हरिको धनु वीर भया ताँदो यसैमा चढो 
भन्दै खुब रिसले रह्रया परशुराम रामकै अगाडी खडा।।             भानुभक्त अाचार्य (रामायण)
      यस उदाहरणमा राम अालम्वन विभाव ,शिवधनु भाच्नु उद्दीपन विभाव ,परशुरामको कठोर वचन अनुभाव , राममा रहेको गर्भ व्यभिचारी भाव र क्रोध स्थायी भाव रहेको देखिन्छ ।

च) विभत्स रस

कुनै घृणित वस्तुलार्इ देख्दा वा छुदा उत्पन्न हुने रसलार्इ विभत्स रस भनिन्छ । यसको स्थायी भाव घृणा हुन्छ।घृणित वस्तु अालम्वन विभाव ,घिनलाग्दो दृष्य ,गन्ध उद्दीपन विभाव ,थुक्नु ,मुख फाल्नु ,नाक थुन्नु अादि व्यविचारी भाव हुन् । 

उदाहरणः

खेरै कुकुर एक घाउ छ हरे ।रोगी लुत्यहाकन 
पालेको घरमा पुछरको डोलाउ त्यो सज्जन ,
साह्रै भक्तभर्इ शिलाहरू खप्यो ढुङ्गामुडा बेसरी 
फेरी खप्पर क्याकलाङ्ग गरि थियो यो रक्त अाफै हरि।                                                देवकोटा
            यस  उदाहरणमा लुत्याहा खैरे कुकुरअालम्वन विभाव ,कुकुरको घाउ र लुतो उद्दीपन विभाव फुटेको खप्पर र अाफ्नै रगत पिएको देखेर विचलित हुनु व्यविचारी भाव र घृणा स्थायी भाव हुन् ।

छ) भयानक रस 

कुनै डरलाग्दो कुरा सुन्दा वा देख्दा उत्पन्न  हुनेरस भयानक रस हो ।यसमा भयानक वस्तु अालम्वन विभाव हुन्छन् । तिनै हिंसात्मक क्रियाकलाप उद्दीपन  विभावका रूपमा रहन्छन् । रूनु कराउनु ,अनुहार रातो बनाउनु , डराउनु ,काम्नु ,पसिना अाउनु अादि अनुभाव हुन । वोली लरखराउनु ससङ्कित हुनु  मूर्छा पर्नु उत्तेजित हुनु  अादि व्यविचारी भाव हुन्छ । 

उदाहरणः

का लग्नि सरीको भयङ्कर स्वरूप रामको भएथ्यो जसै

कामिन पृथ्वी पनि भयङ्कर स्वरूप देखिन र रामको तसै ।
रावणका पनि चित्तमा भय पर्यो उल्का बहुतै भयो ।
क्या गर्छन प्रभुले यहाँ सवलोक डरार्इ गयो ।                                            भानुभक्त अाचार्य 

  यस उदाहरणमा राम अालम्वन विभाव ,रामको भयङ्कर स्वरूप उद्दीपन विभाव ,डराउनु अनुभाव स्वप्ना ,जडता ,अपस्मार अादि व्यभिचारी भाव तथा भय डर स्थायी भावका रूपमा अाएका छन् । 

 ज) शान्त रस 

 संसारको अस्तित्वहिनता तथा निस्सारताको वोध भएपछि उदासिएको अवस्थामा शान्त रस उत्पन्न हुन्छ । यसमा सांसारिक निस्सारता ,वैराग्य ,अात्मतत्वको वोध ,मोक्ष वा अात्मानान्द अादि अालम्वन विभाव हुन्छन् ।तिर्थ स्थल क्रृषिहरूको अाश्रय एकान्त ,सांसारिक मोहलार्इ त्याग्ने तत्परता यसका उद्दीपन हुन्छन् । रोमाञ्च ,ग्लानि ,त्रास स्मृति अादि यसका व्यविचारी भाव हुन भने सम(वैराज्ञ्य) वा निर्वेद यसको स्थायी भावको रूपमा रहन्छ । 

उदारहणः

छुती विद्दान होसवा मलिन कुलको मूर्ख अछुती 
कुनै त्यागी होस वा विषय रस रागी लखपती ,
समानै ठान्थे ती विधिविहित चैतन्य पुतली ,
पछि हेर्दा हेर्दै हृदय हास्यो अलीअली ।                   लेखनाथ पाैड्याल
       यस उदाहरणमा विद्दान ,मूर्ख  अालम्वन विभाव ,त्यागिले भरिएको संसार उद्दीपन विभाव ,सवैलार्इ समान ठान्नु अनुभाव ,हास्य व्यभिचारी भाव र वैराज्ञ्य स्थायी भावको रूपमा देखिन्छ ।

झ)अद्भुत रस

अनाैठा कुरा सुन्दा वा देख्दा उत्पन्न हुने रस अद्भुत रस हो । यसमा असाधारण  वस्तु ,व्यक्ति अालम्वन  विभाव हुन्छ ।ती वस्तुका अनाैठो र अाश्चर्य जनक गुणकरू तथा क्रियाकलापहरू यसका उद्दीपन विभाव हुन भने ट्वाल्ल पर्नु ,पसिना अाउनु अक्कन वक्क हुनु अनुभाव र मोह ,हर्ष ,उत्सुकता चञ्चलताअादि व्यविचारी भाव र अ।श्चर्य  वा विश्मय  यसको स्थायी भाव हुन्छ । 

उदाहरणः

मुख खोलिदिँदा सव विश्व खुली 
नत मट्टि मिली झलमल वली। 
सव दिव्य चराचरा छक्क परी 
जननी स्तुती गर्दिभइन विचरी ।।                              देवकोटा
  यस उदाहरणमा  वालक कृष्ण अ।लम्वन विभाव ,म,ख खोल्दा सारा विश्व खुल्नु ,दिव्य चराचर देखिनु उद्दीपन विभाव ,भाव विहोल भएर स्तुति गर्नु ,छक्क पर्नु व्यविचारी भाव तथा अाश्चर्य स्थायी भावको रूपमा देखिन्छ । 

रविवार, 20 सितंबर 2020

रस साधारणीकरण

     कुनै पनि साहित्यिक असाधारण भाव वा विशेष भावलार्इ सामान्य वनाउनु साधारणीकरण हो । साधारणीकरण सिद्धान्तको जन्म रस निष्पत्ति व्याख्याको क्रममा भएको हो । साधारणीकरण शब्दको पहिलो प्रयोग भट्टनायक वाट भएको मानिन्छ । उनको भुक्तिवादको प्रसङ्गमा यो शब्दको प्रयोग भएको हो । यसमा कुनैपनि साहित्यिक कृति पढ्दा वा दृश्य हेर्दा त्यसमा वर्णित पात्रहरूलार्इ दिइएको विशिष्ट दर्जाका पर्दाहरू (छेकवार) भावकत्व व्यापारले हटाएर दर्शक,भावकका सुख,दुःखका भावहरू साभारण तथा सामान्य  बन्न पुग्दछ । यहि क्षेणमा पात्रका सुख ,दुःख दर्शक र भावकले अाफ्नै सुख ,दुःखकोअनुभव गर्न थाल्दछ अनि स्वयम ती पात्र सँग पाठक तथा दर्शक एकाकार हुन थाल्दछन्। यहि क्षेण वा अवस्था नै साधारणीकरणको अवस्था हो । यसमा दर्शक ,पाठक पात्रमा हराएर उ अाफू स्वयम्व त्यहाको पात्रको अनुभूति गर्न पुग्दछ  भनिएको छ । साधारणीकरणका बारेमा विभिन्न अाचार्यहरूले अा अाफ्नो धारणा राखेका छन् । जसमाः

क)अभिनव गुप्त 

     भट्टनायकको भुक्तिवादी सिद्धान्त जसमा रसलार्इ उत्पत्ति र अनुमानको विषय नभइ भोग पक्षसँग सम्भन्धित छ भनिएको छ । यो विचारलार्इ अभिनवगुप्तले पूर्ण रूपमा स्वीकार नगरे पनि त्यसमा नै अडिएर अाफ्नो माैलिक धारणा व्यक्त गरेका छन् । यिनले भावकत्व व्यपार प्रयोग विना पनि साधारणीकरण हुनेकुरा व्यक्त गरेका छन् । यिनका विचारमा दर्शक , पाठक ,वा लेखकमा मानसिक व्यापार हुन्छ र यो प्रकृया लार्इ कुनैपनि देशकाल र सीमाले वाधा पुर्याउँदैन   भन्ने धारणा सहित विभावादीको सम्पर्क हुनासाथ  दर्शक पाठकमा भएका स्थायी भाव उद्वुद्ध् हुन पुग्दछन् । साधारणीकरणले दर्शक पाठकलार्इ एकाग्र वनाउँछ र त्यहि एकाग्रताका स्थितिमा उसले कविनिवद्ध भावलार्इ पूर्ण अाश्वादन गरेर उ भावविहोर वन्दछ । त्यसकारण अभिनव गुप्त कविका भावमा अाफ्नो भाव मिसाएर दर्शक वा पाठकले रसानुभाव गर्छ भन्ने ठान्दछन् । वास्तवमारसानुभावको स्थिति अाउन साधारणीकरणको अवस्थामा नपुगेसम्म रसानुभाव नहुने कुरा यिनको मत हो । 

विश्वनाथ 

        विश्वनाथका विचारमा दर्शक ,भावकले  नै पात्रमा नै अाफ्नो तादम्य गराउदँछ भन्नेमत प्रस्तुत गर्दै उनका दृष्टिमा दर्शक ,भावकमा देखापर्ने यो तादाम्यको स्थिति नै साधारणीकरणको परिणाम हो । 
         दर्शक पाठकका मनमा अाएको तादाम्यको अनुभूतिले नै रसको अनुभूति गराउँछ ।रसानुभूतिका समयमा दर्शक ,पाठकले  अाफ्नो सम्पूर्ण नीजि व्याक्तित्व  ,अाकांक्षा ,उत्तरदाइत्व वोध विर्सन्छ र मूक्तिको स्थितिमा पुग्दछ ।यहि स्थितिको सिर्जना हुनु नै साधारणीकरण हो । 

जगन्नाथ 

      जगन्नाथ पूर्वीय साहित्य शास्त्रमा १६अाै शताब्दीमा रस गंगाधर ग्रन्थ लेखेर पूर्वीय काव्य परम्परामा अाफ्नो छवी स्थापित गरि यिनले साधारणीकरणको व्याख्या दोष दर्शनका अाधारमा गर्दै त्यसमा अाफ्नो असहमती व्यक्त गर्दछन् । उनले व्यञ्जना वृतिवाट दोषात्मक माध्यमद्दारा नायक नायिकालार्इ अाफू जस्तै कल्पना गरेका छन् । शिपिलार्इ टाढा देख्दा किरणका कारण चाँदी ढुङ्गा जस्तै लाग्दछ तर त्यो वास्तवमा सिपि हो  भन्दै नायक नायिका पनि खास त्यहाँ खोलेका हुदैनन् । नाटकका सन्दर्भमा केवल हाम्रो भ्रम मात्र हो  भन्ने तर्क अगाडि सारेका छन् । उनको भनाइ अनुशार पात्रले केवल टाढैवाट अनुकरण मात्र गरेका हुन्छन् तर त्यसको वास्तविकता ठानी दर्शक व्यञ्जना वृतिका दोषत्वका कारण साधरणीकरणको स्थितिमा पुग्दछ । यो सवै व्यञ्जनाको कारणले हुनेकुरा व्यक्त गर्दछन् ।

 अाचार्य धनन्जय

             अनुकार्य र दर्शक वीच चित्तको तादाम्य हुन जान्छ । यसलार्इ संवेद्य भनिन्छ । संवेद्यको अवस्था ममत्त्व र परत्त्वको परिहार हुन जान्छ । यसको परिहार भएपछि दर्शकले अानन्दानुभूति गर्छ त्यहि नै काव्यको रस हो । 
          निष्कर्षमा भन्नुपर्दा साधरणीकरण काव्यको मूलभाव सँग दर्शक ,पाठकले असल सम्भन्ध स्थापित गर्नु हो र यो सम्भन्ध स्थापित भएपछि  रसभावको अास्वादन हुन्छ।


शनिवार, 19 सितंबर 2020

रस सूत्रको व्याख्याः

 भट्टलोलट र उनको उत्पत्तिवाद

-भट्टलोलट प्रर्वतक
-भरतको रससूत्रलार्इ ख्याख्या गर्ने पहिलो व्याक्ति 
        
                  पूर्वीय अाचार्य भरतले रससूत्रको प्रतिपादन गरे । उनले विभाव ,अनुभाव र व्यभिचारी भावको संयोगवाट रसको निष्पत्ति हुन्छ भनेर रसका वारेमा अाफ्नो नाट्यशास्त्रमा उल्लेख गरे उनले प्रतिपादन गरेको रससूत्रको व्याख्या गर्ने प्रयास प्रथम पटक नवाै सताब्दीका भट्टलोलटले गरे ।उनले निष्पत्ति शब्दको अर्थ कार्यकारण भन्नेअर्थ निर्धारण गरेकाले उनको व्याख्यालार्इ उत्पत्तिवाद भनिन्छ । 
           यिनका अनुशार रस काव्यको मूल पात्रमा रहन्छ ।जुन मूलपात्रमा सुरक्षित रूपमा रहेको रस नै अभिनयकर्तामा उत्पन्न हुन्छ र अभिनयकर्तालार्इ दर्शक तथा पाठकले जव सक्कली चरित्र ठान्दछन् तव मूलपात्रमा रहेको रस उनिहरूमा उत्पन्न हुन्छ भन्ने मत राख्दछन ।नाटकको अभिनयका सन्दर्भमा नटनटीलार्इ नै नाटककोमूलपात्र ठान्ने भएकाले यसवादलार्इ अारोपवाद पनि भनिन्छ । उनको व्याख्या अनुशार कार्यकारणको शृङ्खला हेर्दा विभाव रसका उत्पादक , अनुभाव कार्य , व्यविचारी भाव पोषक र रस उत्पाद्य विषय हो भन्ने प्रष्ट हुन्छ।अर्थात रस र विभावको सम्भन्ध उत्पाद्य उत्पादकका रूपमा , रस र अनुभावको सम्भन्ध गम्य गमकका रूपमा र रस र व्यविचारी भावको सम्भन्ध पोष्य पोषकको रूपमा हुन्छ ।यिनका अनुशार मूलपात्रमा रसको उत्पत्ति हुन्छ त्यसपछि अनुकृया द्वारा रसको प्रतीति हुन्छ । मूल पात्रवाट दर्शकसम्म अार्इपुग्दा तिनतहवाट रस प्रतीति हुने गर्छ । यसमा डोरी देखेर सर्प सम्झिदाको भय त्रासको स्थितिलार्इ रस प्रतीतिको रूपमा लिएको छ । असत्य वस्तुलार्इ सत्य ठानिदा कहिलेकाहि सत्य वस्तुकै समान कार्य हुने गर्छ । अभिनयकर्ताले पनि केहिका लागि मूलपात्रमा  अाफूलार्इ परिणत गराउदछ र दर्शकले पनि अभिनय हेरेर अाफूलार्इ उसैसँग तादाम्य गराउदछभन्ने स्थिति नै प्रतीतिको अवस्था हो ।
                निष्कर्षमा भन्नुपर्दा भट्ट लोलटको उत्पत्तिवादले रसको उत्पत्ति काव्यको मूल पात्रमा हुनेकुरा प्रष्ट्याइएको पाइन्छ ।जसमा लेखकलार्इ उपेच्छा गरिएको पाइन्छ ।भने श्रव्य काव्यको पनि चर्चा पाइदैन ।

श्री शङ्कुक र उनको अनुमितिवाद

           अनुमितिवादका व्याख्याता श्री शङ्कुक नैयायिक हुन् । जसले न्याय दर्शनको अाधारलिर्इ निष्पत्तिको खण्डन गर्दै अनुमितिवादको स्थापना गरेका हुन । यिनी विभाव ,अनुभाव र व्यविचारी भावलार्इ अनुमापक अर्थात अनुमान गर्ने सामग्री र रसलार्इ अनुमाप्य अर्थात अनुमानको विषय ठान्दछन् । शङ्कुकको भनाइ अनुशार धुवाँ देखेर वा देखेपछि त्यहाँ अागोको अनुमान गरेझै नट द्वारा मूलपात्रको अनुकरण गरिएको स्थितिमा नटलार्इ देखेर नै रसको अनुमान हुन्छ भन्ने थाहा पाइन्छ । यिनको अनुशार नटनटीले काव्यार्थ वुझेर वा विषयवस्तु पढेर विभावको अनुकरण गर्न सिक्दछ । अभिनय कलाको ज्ञानका कारण मूलपात्रको अनुकरण गरी नटनटीले अाफ्नो कार्य कुशलता मार्फत अभिनय जस्तो कृतिमता पनि वास्तविकता प्रतित हुने भन्दै शङ्कुकले प्रेक्षकको अनुमान शक्तिलार्इ रसाश्रित ठानेका छन् । त्यसकारण रस अनुमान माथि अाश्रित रहने कुरा व्याख्या गरेका हुनाले यसलार्इ अनुमितिवाद भनिएको हो । श्री शङ्कुकका व्याख्यामा  रस अनुकार्य निष्ठ हुने ,रस उत्पाद्य नभइ अनुमाप्य हुने ,भावक तटस्थ रहने जस्तो कुरालार्इ अगाडि सारिएको छ । 
           अतः न्याय शास्त्रको अनुमान ,पेमाण र चित्रतुरगन्यायका अाधाुमा रस अनुमानको विषय हो भन्ने कुरालार्इ यिनले प्रमाणित गरे चित्रतुरगन्याको कल्पना गर्दै जसरी चित्रको कल्पनामा चित्रकारको उपस्थिति अनिवार्य रहन्छ त्यसरी नै साहित्य रचना पछि पनि साहित्यकारको अस्तित्व मान्य हुनेकुरा वताएका छन् । त्यसैगरी नाटकको (काव्य ) सबै प्रपन्च  प्रेक्षक (दर्शक ) का लागि भएकालाले प्रेक्षकको महत्त्व दर्शाएका छन् । उनको अनुमितिवादलार्इ पछिल्लो चरणमा दार्शनिकहरूले त्रुटिपूर्ण मान्दै अनुमानकोभरमा निजि अानन्दलार्इ प्राप्त  गर्न सकिदैन भन्ने तर्क अघि सारेको पाइन्छ । चित्रको घोडा  देखेर साचिकै घोडाको अनुमान हुनु , अनुकर्तालार्इ देखेर मूल पात्रको अनुमान गर्नु , रस जस्तो अन्तर स्करणको भावलार्इ अनुमानकै रूपमा हेर्नु यस वादका क्रृणात्मक पक्ष हुन् । श्रव्यकाव्यको रस निष्पत्ति वारे पनि  यिनले वोलेको पाइदैन । 

 भट्टनायक र उनको भुक्तिवादः 

          भरतको रसशुत्रको व्याख्या गर्ने क्रममा तेस्रो व्याक्ति देखापरेका छन् ,भट्टनायक । यिनले रसलार्इ न यो उत्पत्ति हो न त अनुमानको विषय नै यो त भोगपक्षसँग सम्भन्धित छ भनेका छन् । यिनका अनुशार निष्पत्तिको अर्थ भोग र संयोगातको अर्थ भोज्य भोजक भएको हुनाले यिनको व्याख्या सिद्धान्तलार्इ भुक्तिवाद भनिएको हो । 
             रस प्रतीतिको निम्ति भावकत्व र भोजकत्व  गरी दुर्इ तत्वको वर्णन यहाँ गरिएको छ । जसमा भावकले (दर्शक / पाठक)रसको भोग गर्छ अर्थात दर्शकका लागि रस भोगकारूपमा प्राप्त हुन्छ । लोल्लट , शङ्कुकले मूलपात्र , त्यसपछि क्रमशः नट र दर्शकमा रसानुभूति हुनेकुरा व्यक्त गरेका थिए भने यिनले रस सिधै पाठक /दर्शक / भावकमा रसको भोग गरिन्छ भन्ने मत अघि सारे यिनले श्रव्य दृश्य दुवैकाव्य विधामा रस हुनेकुरा व्यक्त गरेका छन् । जव भावकत्व व्यापार द्वारा साभारणीकरण हुन्छ तव परकिय भाव स्वकिय बन्छ  अर्थात त्यो व्याक्ति मुक्त र सार्भभाैम  हुन्छभन्नेकुरा यहाँ व्यक्त गरिएको छ । पूर्ववर्ति अाचर्यहरूले भन्दा फरक ढङ्गले रससूत्रको व्याख्या गरेका भूक्तिवादी भट्टनायकले रसको निष्पति प्रकृया अभिधा ,भावकत्व र भोजकत्व व्यापार द्वारा सम्पन्नहुने कुरा अाफ्नो धाराणामा राखे ।अभिधा भनेको काव्यको सोझो अर्थ हो । भावकत्व भनेको साधरणीकरणको स्थिति र भोजकत्व भनेको भावकत्व पछिको उत्कर्ष अवस्था हो जहाँ दर्शकका लागि रस भोगगकारूपमा प्राप्त हुन्छ।यसरी भावक नै रसको उपभोक्ता हो । 
           भट्टनायकको रस विवेचनाको पनिअभिनव गुप्तले अालोचना गरेका छन् । गुप्तले यस सिद्धान्तलार्इ व्यञ्जनाको नाम दिदै निराधार तर्क मान्छदन् तापनि भट्टनायकको भूक्तिवादी सिद्धान्तको महत्व छुट्टै देखिन्छ।

 अभिनव गुप्त र उनको अभिव्यक्तिवाद

               पूर्वीय अाचर्य भरतको रस सूत्रको व्याख्या गर्ने परिपक्क व्याख्याकारका रूपमा अभिनव गुप्तलार्इ लिइन्छ । यिनले भट्टनायकको भूक्तिवादी सिद्धान्तलार्इ निराधार र शास्त्र सम्मत नभएको भन्दै खण्डन गरेका छन् । यिनले निष्पतिको अर्थ अभिव्यक्ति लगाएका छन् । त्यसकारण यिनको सिद्धान्तलार्इ अभिव्याक्ति वाद भनिन्छ । यिनले भट्टलोलटको अनुमानवाद ,भट्टनायकको साधारणिकरण सिद्धान्तलार्इ भने उपयोग गरेका छन् । त्यसै गरि ध्वनिवादी सिद्धान्त , मनोविज्ञान जस्ता विभिन्न सिद्धान्त र वादलार्इ पनि यिनले उपयोग गरेका छन् । यिनका मतमा वभावादी व्यञ्जक हुन् भने रस व्याङ्या हो । यिनको अनुशार रति अादि स्थायी भावहरू भावकका मनमा वासनाका रूपमा सुषुप्त अवस्थामा रहेका हुन्छन् । विभाव , अनुभाव तथा सञ्चारीभाव जुन लाैकिक जगतमा कार्यकारण र सहकारी कारणका रूपमा मानिन्छन् । तिनीहरूको व्यञ्जना वृति द्वारा साधारणीकरण हुन्छयस अवस्थामा विभावादिको विशिष्टरूप समाप्त भइ ती सामान्यीकृत अवस्थामा अाइपुग्दछन् ।भने सहृदय  निष्ठ स्थनयी भावको समेत साधारणीकरण हुन्छ । त्यसपछि पाठक ,दर्शकले ब्रम्हानन्दको अनुभव गर्छ । 
         यिनले अझ अगाडि वडेर भनेका छन् कि ,रसको अनुभूति गर्न जसको भावना जागरूक छ ,त्यसको त्यति रस ग्रहण गर्नसक्ने शक्ति हुन्छ र रसको अनुभव गर्न सक्छ । रस प्रतीतिका निमित्व नयाँ व्यापारको कल्पना गर्नु पर्दैन भनि व्यञ्जनावाट   नै साधारणीकरण र अास्वादन सम्पन्न हुनेकुरा व्यक्त गर्दछन् । यिनका विचारमा रसको उत्पत्ति हुदैन ,उत्पत्ति त कार्यको हुन्छ । रस कार्य होइन ,कार्यता कारण नष्ट भएपछि पनि अस्तित्ववान हुनपुग्छ तर रस विभाव नष्ट भएपछि नष्ट हुन्छ भन्ने व्याख्या गर्दै विभावादिको उपस्थिति पछि नै रस प्रकासित हुने देखिन्छ भन्दछन् । 
         निष्कर्षमा भन्नुपर्दा  अभिनभ गुप्तले रस प्रेक्षकमा हुने र अानन्द दायक हुनेकुरा प्रमाणित गरेका छन् । यिनको यो व्यख्यालार्इ उत्तरवर्ती विद्धानहरूले पनि अनुशरण गरेका छन् ।
 

शुक्रवार, 18 सितंबर 2020

रस सामग्री

                 काब्य तथा साहित्यिक कृतिको श्रुति,दृष्य र वाचक तथा पठन वाट प्रप्त हुने अानन्द नै रस हो । पदार्थीय  रसको अास्वादन   जिव्रोले गर्दछ भने काब्यको अास्वादन भावनात्मक रूपमा मनले वा अात्मले गर्छ । रसलाई ब्रह्रमाको रूपमा पनि हेरिन्छ । ब्रम्ह्रानन्द हुनु भनेको अाफ्नो लक्ष्यमा पुग्नु हो ।अाफ्नो जीवनको लक्ष्य प्राप्त गर्दा जस्तो अानन्द हुन्छ त्यस्तै अानन्द रस प्राप्त गर्दा हुन्छ । रसका वारेमा सर्वप्रथम काव्यमा प्रयोग कसले गर्यो भन्ने मत भिन्नता रहेपनि प्रमाणिक अाधारमा रस प्रर्वतक भरत नै मानिन्छन् । विभाव ,अनुभाव ,र व्यविचारी भाव द्वारा रस निष्पत्ति हुन्छ भन्ने परिभाषा नै सर्वमान्य छ । यिनै विभाव ,अनुभाव ,व्यभिचारी भावलाई रसको अंग मानिन्छ । यिनै अंगहरूको संयोगवाट रस उत्पत्ति हुन्छ । त्यसकारण यिनै अंगहरूलाई नै रस सामग्री भनिन्छ ।

विभाव  

                    व्यक्तिका मनमा स्थायी रूपमा रहने भावलाई  विभाव भनिन्छ । अर्थात जसलाई वा जेलाई देखेर विभिन्न भावहरू पैदा हुन्छन् त्यसलाई नै विभाव भनिन्छ जसरी समून्द्रमा स्थीर रूपमा रहेको पानी भूइचालो ,ज्वालामूखी ,सूर्य ,हावा अादिको शक्तिले छाल र लहर पैदा गरिदिन्छ त्यसरी नै मानव मनमा स्थिर रूपमा रहेको स्थायी भावलाई जगाउने ,विउँझाउने वा सक्रिय वनाउँने   सामग्री नै विभाव हो । विभाव पनि दुई प्रकारका हुन्छन् ।

ती हुनः

           क . अालम्वन विभावः  जसलाई देखेर स्थायी भाव उत्प्रेरित हुन्छ त्यसलाई अालम्वन विभाव भनिन्छ ।यसले सहृदयीका मनमा रत्यादि स्थायी भावको विकास गराउँछ ।काव्य (नाटक)का नाइकादी अालम्वन विभाव हुन ।अालम्वन विभाव पनि विषय रअाश्रय गरि दुई प्रकारका छन् । 

     -जसमा भाव उत्पन्न हुन्छ त्यसलाई अाश्रय अालम्वन भनिन्छ ।

    -जसलाई लक्ष्य गरेर भाव अंकुरित हुन्छ त्यसलाई  विषय अालम्वन भनिन्छ । 

          ख. उद्दीपन विभव ः काव्य वा नाटकमा उपस्थित वा वर्णित हाश्रय विभावका चितमा जागृत रत्यादि स्थायीभावलाई अरू उद्दीप्त वा विस्तारित गर्ने मानसिक तथा प्राकृतिक वातावरणलाई  उद्दीपन विभव भनिन्छ ।उद्दीपन विभव अान्तरिक र बाह्रय गरीदुई प्रकारका हुन्छन् ।

 - अालम्वनका निजी गुण,हाउभाउ , चेष्टा तथा पहिरन गरगहना अादि अान्तरिक  उद्दीपन हुन ।

  -विषय अालम्वनमा उद्वुद्ध रति अादि स्थायी वृत्तिलाई प्रदीप्त राखिराख्न सघाउने वसन्तको समय ,कोइलीको अावाज , वगैंचा ,एकान्त स्थल सुन्दर र एकान्त कोठा ,वनपाखा फूल  फूलेको माैसम अादि बाह्रय परिस्थिति र परिवेषलाई बाह्रय उद्दीपन विभव भनिन्छ।

 अनुभाव 

विभिन्न कारणवाट हृदयमा उद्वुद्धरत्यादि भावलाई  बाहिर प्रकाशित गर्ने अङ्ग व्यापारलाई  अनुभाव भनिन्छ।लोक जीवनमा यसलाई कार्य भनिन्छ भने साहित्यमा यसलाई   अनुभाव भनिन्छ। स्थायी भाव जागृत भएपछि देखापर्ने शारीरिक ,मानसिक परिवर्तनला अनुभाव भनिन्छ।जस्तै मुठी पार्नु ,अाँखा रातो बनाउनु , ,दाँत किट्नु , कपाल कन्याउनु अा दि  काइका , वाचिक , सात्वीक , र अाहार्या गरी अनुभावदि ।का चार भेद छन्। 

१.काइकाःमनमा उत्पन्न भावलाई शारीरिक चेष्टाद्वारा व्यक्त गर्नु काइका अनुभाव हो ।

२.वाचिकः वोलीका माध्यमवाट भाव व्यक्त गर्नु वाचिक अनुभाव हो । 

३.अाहार्यः गरगहना ,पहिरनद्वारा भाव व्यक्त गर्नु अाहार्य अनुभाव हो । 

४.सात्वीक ः मानसिक अावेगलाई व्यक्त गर्नु सात्वीक अनुभाव हो । 

       अनुभावमा सात्वीक भावलाई वढि महत्त्व दिइन्छ । भावकको विचारलाई सुख दुःख अादि भावनाका माध्यमवाट प्रस्तुत गर्नु नै सात्वीक भाव हो । सात्वीक भावहरू अाठ प्रकारका हुन्छन्।

स्तम्भ -चेतना सून्य हुनु(अति हर्ष , अतिभय, विशेष व्याकुलता ,ताप तथा पिडनवाट उत्पन्न हुन्छ । )

स्वेद  - पसिना अाउनु (भयङ्कर अावेश ,हर्ष ,लज्जा, रोग,श्रम ,सन्ताप अादिवाट उत्पन्न हुन्छ । )

कम्प - काम्नु 

वैवण्य  - रङ वदलिनु 

अश्रु - रूनु 

प्रलय -टुट्नु (वछप्त हुनु)  -मोह, मद  अादिवाट

रोमान्च  - जोशमा अाउनु 

स्वरभङ्ग - स्वरमा परिवर्तन अाउनु (क्रोध , भय , हर्ष अादिवाट ) 

व्यविचारी भाव (सञ्चारी भाव)

             स्थीर रूपमा नरहने वा चलायमान हुने भावहरू नै व्यविचारी भाव वा सञ्चारी भाव हुन्। स्थायीभावमा कहिले प्रकट हुने र कहिले अप्रकट हुने चलनशील अवस्थामा रहने भावलाई  व्यविचारी भाव भनिन्छ । यिनले स्थायी भावलाई  विकसित गर्छन र रसलाई  फिजाउने काम गर्छन । विभाव र अनुभाव पछि सञ्चारण हुने हुनाले यिनलालई  सञ्चारी भाव पनि भनिन्छ । व्यविचारी भावको संख्या ३३ रहेको छ । 

ती निम्न प्रकारका छन् ः

 निर्वेद 

अावेग

दैन्य

श्रम

मद

जडता

अग्रता

मोह

विवोध

स्वप्न

अपस्मार

गर्व

मरण

अालस्य

अमर्ष

निन्द्रा

अवहित्था

अाैत्सुक्य

उन्माद

शङ्का

स्मृति

मति

व्याधि

त्रास

हर्ष

असूया

विषद्

घृति

चपलता

ग्लानी

चिन्ता

तर्क

शङ्का

स्मृति

मति

व्याधि

अपहित्था

स्थायी भाव

 सहृदयका हृदयमा सांस्कारिक वासनाका रूपमा स्थायी र स्थिर रूपमा रहने भाव हो । यी भावहरू सुसुप्त अवस्थामा हुन्छन्  र विभावादिले जागृत गराएपछि रसरूपमा परिणत हुन्छन् । अाचर्य भरतले यसलाई  जसरी नरहरूका वीच नरेश र शिष्यहरूका वीच गुरू श्रेष्ठ हुन्छन् त्यसरी नै सम्पूर्णभावहरू मध्य स्थायी भाव श्रेष्ठ छ भनेका छन् । जव  िवभाव ,अनुभाव र व्यविचारी भावको समिश्रण हुन्छ तव स्थयी भावको सिर्जना हुन्छ र त्यहि स्थायी भावको माध्यमवाट रस उत्पन्न हुन्छ यस्ता स्थायी भावहरू ९ प्रकारका छन् । 

रती(प्रेम)                 शृङ्गार

हास(हँसो)           हास्य

शोक                    करूण

क्रोध                  राैद्र

उत्साह              वीर

भय                भयानक

घृणा                  वीभत्स

विस्मय(अाश्चार्य)      अद्भूत

शान्ति            शान्त


गुरुवार, 17 सितंबर 2020

रस

                            परिचय

                 रस शब्दको प्रयोग प्राचिन समय देखि नै विभिन्न अर्थमा भएको पाइन्छ । सर्वप्रथम ऋग्वेदमा गाईको दुध, मह ,सोमरस अादिका लागि यो शब्दको प्रयोग भएको थियो । यसरी हेर्दा कुनै तरल पदार्थलाई रसको रूपमा पाइयो । त्यसैगरी अायुर्वेदमा रसको प्रयोग औषधि उपचारको क्रममा जडिबुटि वाट निचोरिएर अर्थात थिचेर बलाएको वस्तुला  अर्थात रसायन युक्त  वस्तुला रसको अर्थको रूपमा रहेको पाइयो । अायुर्वेदमा प्रयोग झोलयुक्त औषधि अर्थात झोलको अर्थमा नै  रसलाई मानियो ।  यसरी रसको प्रयोग कुनै तरल भन्ने बुझियो ।यहि रसको प्रयोग साहित्यमा (काब्यमा ) पनि हुन जाँदा सर्वप्रथम नाट्यशात्रमा भरतमूनिले गरेका थिए । जसमा ' विभानुभाव  व्यभिचारि संयोगात् र रसनिष्पति' अर्थात विभाव , अनुभाव र व्यभिचारि भावको संयोगवाट रसको निर्माण हुन्च यसको अर्थ पनि मानव मनको सुसुप्त अवस्थामा रहेका भावहरूलाई रसकोमाध्यम वाट प्रकट गराउनु भन्ने हुन्छ ।

          अाजको सन्दर्भमा रस भनेको मानव मनमा जुन भाव वा अनुभाव उत्पन्न हुन्छ त्यो नै रस हो । साहित्यमा प्रस्तुत भएका पात्र ,संवाद , वातावरण र शब्दले व्यक्त गरेका भावहरूवाट नै पाठकको मनमा अानन्द अनुभूत प्रकट हुन्छ र साहित्य सफल हुन्छ । यहि अानन्द नै रस हो । रसको वारेमा भरतले रसलाई  काव्यको अात्म ठानेका छन्। जुनविना काव्य असम्भव देखेका छन् । त्यसैगरी विश्वनाथ रसात्मक वाक्य नै काव्य हो भन्दै वाक्यमा रसको अनिवार्य तत्त्व ठान्दछन् ।अभिनव गुप्त रसले गर्दा नै काव्यमा जीवन अाउँछ भन्दै रसको महत्त्व दर्शायछन् ।

            यसरी हेर्दा रस मानवको अङ्ग हो । जुन साहित्यमा सजिवता ,यथार्थता र वास्तविकता हुन्छ । त्यसको अङ्गको रूपमा लुकेर रस अवस्य वसेको हुन्छ र साहित्य लोक प्रसिद्ध वन्न जान्छ । 

बुधवार, 16 सितंबर 2020

काव्य दोष

                                परिचय

                   काव्यमा जसको उपस्थितिले साैन्दर्यको नाश हुन्छ त्यसलार्इ काब्य दोष भनिन्छ । काब्य दोष रचना काैसलको कमीवाट उत्पन्न हुन्छ । सहित्य वा काब्यमा दोषलार्इ वर्जित मानिन्छ । दोष मिसिएको काब्यमा मिठासपन हराएर जान्छ । भरतले संसारमा कुनैपनि वस्तु दोष मूक्त हन नसक्ने भएकाले काब्यमा पनि दोष स्वीकार्नु पर्ने कुरा व्यक्त गर्दछन । भामहले दोष काब्यका लागि निन्दनिय हुनेकुरा उल्लेख गर्दैदोषपूर्ण काब्य कुपुत्र सँग तुलना गरेका छन् । किवता नलेख्नु अधर्म होइन तर दोषयुक्त काब्य लेख्नु चाँहि  मृतुसमान हो भन्ने भामहको दृष्टिकोण छ । दण्डीको दोष रहित एवम् गुण तथा अलङ्कार युक्त काब्यलार्इ कामधेनु गार्इ सँग तुलना गरेका छन् भने दोषयुक्त काब्यले कविको मूर्खता प्रस्तुत गर्नु वाहेक कुनै प्रयोजन व्यक्त गर्न नसक्ने वताएका छन् । वामनका अनुशार काब्य साैन्दर्यको घातक वा हानी पुर्याउने खालका तत्वलार्इ दोष मानिन्छ । अानन्दवर्धनले काब्यदोषका सन्दर्धमा काब्यको अत्मगत साैन्दर्य सँग स्थापित गरेका छन। नित्य अनित्य गरि दोष दुर्इ किसिमका हुने र यी मध्य नित्य दोषले ध्वन्यत्मक रसभङ्गको अवस्था सृजना गर्ने भएकाले काब्यमा पूर्णतः वर्जित मानिने तर अनित्य दोषले काब्यमा कुनै फरक नपर्ने भएकाले अवस्थ अनुशार दोषयुक्तकाब्यको अस्तित्व पनि स्वीकार्य हुने अानन्दवर्धनको मान्यता छ । मम्मटले काब्यमा गुण सहित भन्दा दोष रहितलार्इ बढि महत्व दिए जसरी व्यक्तिमा शरीरिक अपाङ्गताले उसको अात्मालार्इ असर गर्छ त्यसरी नै श्रुति कटुता ,क्लिष्टता ,अश्लीलता अादि दोषले काब्यमा बाह्रय रूप ,शब्द र अर्थलार्इ प्रदुषित बनार्इ काब्यको अान्तरिक प्रवृत्तिमा असर गर्दछ ।

                              वर्गिकरण

                  काब्य दोषका वर्गिकरणका सनदर्भमा भरतले काब्य दोष दश प्रकारका भनेका छन् ।जसमा गूढार्थ ,अर्थान्तर ,अर्थहिन , भिन्नार्थ ,एकार्थ ,अभिप्लुतार्थ ,न्यायपेत , विसन्धि ,विषम र शब्दच्यूत रहेका छन् । दण्डीले काब्यदोषलार्इ एघार पुर्याएका छन् । जसमा अपार्थ , व्यर्थ , एकार्थ , संशय , अपक्रम शब्दहिन , यतिभ्रष्ट ,भिन्नवृत्त,विसन्धि देशकाल विरोधी प्रहेलिका रहेका छन् । वामनले पद ,पदार्थ , व्यर्थ ,वाक्य र वाक्यार्थ गरि विभाजन गरेका छन् । त्यस भित्र पनि पद दोष अन्तर्गत  असाधु ,कष्ट , ग्राम्य , अप्रतित अनर्थ  पर्दछ । पदार्थ दोष अन्तर्गत अन्यार्थ ,नेयार्थ ,गूणार्थ ,अश्लील ,क्लिष्टता पर्दछ ।वाक्य दोष अन्तर्गत भिन्नवृत्त ,यतिभ्रष्टविषन्धि पर्दछन् ।वाक्यार्थ दोष अन्तर्गत व्यार्थ , एकार्थ , सन्धि अप्रयुक्त ,अपक्रम लोक  विरूद्ध ,विद्या विरूद्ध हुन । रुद्रटले शब्ददोष अनतर्गत पद दोष ,वाक्य दोष र अर्थ दोष गरि छुट्याएका छन् । जसमा पददोष ७, वाक्य दोष ३ र अर्थ दोष ९ वताएका छन् ।मम्मटले शब्द दोष ३७,अर्थ दोष २३र रस दोष १० गरी जम्मा ७० वटा वताएका छन् । सामान्य मान्यता अनुशार काब्य दोषलार्इ ५ प्रकारमा विभाजन गरेको पाइन्छ जुन ः रस दोष , पद दोष,पदांश दोष ,वाक्य दोष रअर्थ दोष हुन ।यिनिहरूलार्इ समेट्दा ः१अश्लील ,२ग्राम्य , ३क्लिष्ट र ४च्युत संस्कार 

१अश्लील दोष

     लाजलाग्दो ,घिनलाग्दो रअमङ्गल जनाउने पदको प्रयोग गर्दा उत्पन्न हुने दोष हो । कामक्रिडा सम्भन्धि नैतिकतासँग अश्लीलतालार्इ जोडिन्छ । देहको नग्नताको उपयोग गरि काब्यकृति सृजना भयोभने त्यो अश्लील हुन्छ । समाजमा प्रयोग गर्दा अपाच्य र लाजमर्दो शब्दहरू जुन वासना जन्य रहन्छन ती अश्लील हुन ।यसलार्इ क्रृगवेदमाअश्रीर शब्दको प्रयोग भएको छ । 

२.ग्राम्य दोष

           गाउँले जनताले बोल्ने शब्द वा वाक्यको प्रयोग काब्यमा भयोभने त्यसलार्इ ग्राम्य दोष भनिन्छ तर वाक्यमा प्रयोग भएका ग्रामिण परिवेशका शब्दहरू तिनै परिवेश सुहाउदो पात्र मार्फत प्रयोग हुँदा त्यो दोष नभएर गुण हुन अाउँछ।

३.क्लिष्ट दोष

           काब्यमा प्रयोग भएका शब्दहरूको उच्चारणमा कठिनाइ भएमा वा त्यहाँका शब्द तथा वाक्यले दिन खोजेको अासयमा बुझ्न कठिनाइ हुन्छ भने त्यो क्लिष्ट दोष हो । शब्द वा वाक्यमा क्लिष्टताले गर्दा काब्यमा किडकिडाहट उत्पन्न हुने र त्यो काब्य प्रति अाकर्षण नहुने हुन्छ ।त्यसैले सकेसम्म सरल भाषाशैलीको प्रयोग काब्यमा अपेच्छित मानिन्छ ।

४.च्यूत संस्कार 

            काब्यमा प्रयोग भएका शब्द वा वाक्यहरू व्याकरण सम्मत नहुनु च्यूत संस्कार दोष हुन्छ ।कविता वा काब्यमा च्यूतसंस्कार प्रसस्त मात्रामा प्रयोग भएको पाइन्छ । यसलार्इ पाठकले पनि सामान्य रूपमा नै स्वीकार गर्न थालेका छन् ।

           

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...