मंगलवार, 20 मई 2025

हिटलर र यहूदी उपन्यासको विश्लेषण ।

हिटलर र यहूदी उपन्यासको विश्लेषणः 

विश्वेश्वरप्रसाद कोइरालाः परिचय


 जन्मः१९७१ भदौ २४ - २०३९ साउन ६

कृतिहरूः 

१.तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास ,

२.दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, 

३.वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’,सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’

४.ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्ध  जस्ता कृतिहरू प्रकाशित छन् ।

कोइरालाका अाैपन्यासिक प्रवृतिः

१.मनोविष्लेषणवादी
२.नैतिकता नै मानिसको सबैभन्दा ठूलो हतियार हो भन्ने मान्यता,
३.विसङ्गतीवादी,
४.अस्तत्ववादी,
५. चरित्रप्रधान,
६.जीवन एउटा भवितव्यता र नियतिको बसमा छ भन्ने मान्यता,( बाबु, आमा र छोरा उपन्यासकी उमाले प्रेमीलाई छोरो सम्झनु नियतिको यसको उदाहरण हो ।)
७.नारी चेतनाको पक्ष ( तीन घुम्तीमा प्रत्येक पल्ट निर्णय गर्न किंचित पनि नहच्किने इन्द्रमायाले नारीमुक्तिको चेतनाको सबैभन्दा ठूलो शंखघोष गरेकी छ ।)
८. मिथकको प्रयोग(सुम्निमा )

     ९.मानवतावादी

ह   हिटलर र यहूदी उपन्यासः

सन्दर्भः

.दोस्रो विश्वयुद्बले भग्नावशेष बनाएको संसार र यसले पुर्याएको असर ,
२.आर्य—संस्कृतिमा निहित अध्यात्मवादी दर्शन र वास्तविकताको अन्तरद्वन्दको मनोविश्लेषण ।

को हुन् हिटलर???

१.जर्मनीका एक कुख्यात तानाशाह (तानाशाही नेता) थिए। उनी २०औँ शताब्दीको सबैभन्दा विवादास्पद, क्रूर र ऐतिहासिक व्यक्तित्वहरूमध्ये एक हुन्।

२.२० अप्रिल १८८९, ब्राउनाउ एम इन अस्ट्रियामा जन्मिएका र ३० अप्रिल १९४५, बर्लिन, जर्मनीमा मृत्यु भएको (जब दोस्रो विश्वयुद्धमा जर्मनी हार्न लाग्यो, सोभियत सेना बर्लिन पुग्दा हिटलरले आत्महत्या गरे।) थियो ।

३.जर्मन राजनीतिज्ञ,नाजी पार्टी का नेता,१९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर (प्रधानमन्त्री),१९३४ पछि जर्मनीका सर्वोच्च नेता  बनेका थिए ।

दोस्रो विश्वयुद्ध  सुरु गर्ने मुख्य व्यक्ति (१९३९),होलोकास्ट  लगभग ६० लाख यहूदीहरूलाई व्यवस्थित रूपमा हत्या गराउने योजना — "फाइनल सोलुशन",अधिनायकवादी शासन, अभिव्यक्ति स्वतन्त्रताको दमन, र नश्लीय  नीतिहरू निर्माण गरेका थिए ।

५.नाजी विचारधारामा जर्मन जातिको सर्वोच्चता , यहूदी विरोध, अधिनायकवादलोकतन्त्रको विरोधी, युद्धको पक्षपाती देखिन्थे ।

यहूदी को हुन्?

यहूदी एक धार्मिक, सांस्कृतिक र जातीय समुदाय हो, जसको उत्पत्ति प्राचीन इजरायल र यहूदा राज्यबाट भएको मानिन्छ। यहूदी धर्म विश्वका सबैभन्दा पुराना एकेश्वरवादी धर्महरूमध्ये एक हो, जसको मुख्य विश्वास परमेश्वर  प्रति आस्थामा आधारित छ। यहूदीहरूको पवित्र ग्रन्थ तोरा हो, जुन बाइबलको पहिलो पाँच पुस्तकहरूमा आधारित छ। यहूदीहरूले विश्‍वास गर्छन् कि उनीहरू ईश्वरद्वारा चयन गरिएको "चुनेका मानिसहरू" हुन्, र तिनीहरूको धर्म, परम्परा, र संस्कारहरू अत्यन्त विशेष छन्। विश्वभरि लगभग १ करोड ५० लाख यहूदी छन्, मुख्य रूपमा इजरायल र अमेरिका मा बसोबास गर्ने। इतिहासमा यहूदीहरूलाई विभिन्न समयमा विभिन्न देशहरूमा अत्याचार, बहिष्कार र नरसंहारको सामना गर्नु परेको छ, विशेषतः दोस्रो विश्वयुद्धको समयमा नाजीहरूले गरिएको होलोकास्ट अत्यन्त दुखद घटना हो, जसमा ६० लाखभन्दा बढी यहूदीहरू मारिए। आज पनि यहूदी समुदायले आफ्नो धर्म, संस्कृति, र इतिहासलाई जगेर्ना गर्नका लागि विश्वभर सक्रिय प्रयास गरिरहेका छन्।

शीर्षकः

उपन्यासमा जताततै हिटलरको तानाशाही तथा क्रूर शासनको चर्चा परिचर्चा र त्यसले यहुदीहरुमा पर्न गएको असरको सेरोफेरोमा रहेर घटनाको वर्णन भएकाले शीर्षक अत्यन्त सार्थक देखिन्छ । 

कथावस्तुः

पहिलो परिच्छेदमा उपन्यासको प्रमुख म पात्र क्यान्सरको उपचारका लागि बम्बइको टाटा क्यान्सर अस्पतालमा गएको हुन्छ । यो भन्दा पहिला पनि गएको भए तापनि उसले बम्बइ सहरलाई अहिले निकै फरक देख्दछ । डाक्टरलाई देखाएपछि डाक्टरले उसलाई उपचारका लागि बाहिर जानुपर्ने सल्लाह दिन्छ । बम्बइमा त्यतिबेला समाजवादी सम्मेलन चलेकाले उसले सजिलै बस्नका लागि होटल पनि पाउन सक्दैन । धेरै भौँतारिइसकेपछि उसले एउटा सानो कोठा प्राप्त गर्दछ । खाना खान लाग्दा उसको डेविड नामक व्यक्तिसँग भेट हुन्छउसले आफू अन्तर्राष्ट्रिय यहुदी सङ्गठनका तर्फबाट हिन्दूस्थानबाट इजरायल जान चाहने यहुदीहरूलाई फर्काउने काममा लागेको परिचय दिन्छ । साथसाथै उसले समाजवादी सम्मेलनले इजरायल विरुद्ध नराम्रो निर्णय नलियोस् भनी त्यसका सहभागीहरूलाई सम्झाउने जिम्मा सहित लिएको कुरा बताउँदछ । हिटलरले चार वर्षको समयावधिमा साठ्ठीहजार यहुदी मारेको कुरा गर्दै हिटलरी शासनको विरोध गर्दछ । यसै बेला यहुदी विरोधी लेवनानी पत्रकार मार्गरेट उनीहरू भएको ठाउँमा आइपुग्छे र भन्छे यहुदीहरुको दूषित षड्यन्त्रको सङ्गठन बम्बईमा रहेछहिटलरको मानव संहार पछि आदिवासी कृस्तानीलाई अरबका जोर्डन र गाजा क्षेत्रबाट लखेटेकोमा ऊ क्रुद्ध भई भन्छे कि इजरायललाई हामी मध्य सागरमा धकालेर डुबाइदिन्छौँ । यति भन्दै ऊ सुत्न जान्छे । म पात्रलाई सुत्दा निद्रा नलागेकाले समुद्रको किनारतिर जाँदै गर्दा बाटोमा उसलाई दलालले यहुदी र लेवनानी केटी मिलाइदिन्छु भन्छ । उसका कुराको वास्ता नगरी समुद्रको किनारमा जाँदा उसले त्यहाँ विभिन्न यौन क्रिडा तथा प्रेमालाप भइरहेको देख्छ । बिहानपख ऊ कोठामा आएर सुत्छ । 

 दोस्रो परिच्छेदमा म पात्र घरमा आएको हुन्छ । लोग्नेलाई क्यान्सर लागेको थाहा पाउँदा पाउँदै पनि लक्ष्मीले उसलाई प्रेम र यौनका कुरा हुँदा संभोगलाई परमानन्दको संज्ञा दिन्छे । उसले हिटलरको नरसंहारकारी युद्धको वर्णन भएको पुस्तक पढिरहेका बेला उपचारका लागि विदेश जान अनुरोध गर्छे । लक्ष्मीले नै आफ्ना गहना बन्धक राखेर पैसा जम्मा गर्ने, पासपोर्टका लागि विदेश विभागसँग सम्पर्क गर्ने, विदेशी मुद्राका लागि बैँकमा सम्पर्क गर्ने, टिकटका लागि सम्पर्क गर्ने जास्ता सबै काम आफैँ गर्छे । हजुर स्वस्थ भए म नै बन्धक भए पनि डर छैन भन्ने कुरा गर्छे । काठमामाडौँमा सबै कुरा बन्दोवस्त गरी म मात्र बम्बई जान्छ र सातौँ दिनमा बेलायतका लागि पानीजहाजमा प्रस्थान गर्छ ।          

  तेस्रो अनुच्छेदमा म पात्र पानीजहाजको यात्रा प्रारम्भ गर्छ । यसै बेला यहुदीहरुलाई पानीजहाजमा पठाउँदै गरेको डेविडसँग उसको भेट हुन्छ । ऊ इङ्ल्याण्डबाट घर फर्कँदा इजरायलको बाटो भई फर्कने कुरा गर्छ । सोही पानीजहाजको यात्रामा उसका हिन्दू मूलका मद्रासी ब्राह्मण नारायण र गुजराती मूलकी रेवा हुन्छन्  । नारायण हिन्दु भए पनि कट्टर हिन्दु छैनन् । उनले फ्रेन्च महिलासँग विवाह गरेका छन् । पत्नी र छोरो सहित उनी आफूले लेखेको फ्रेन्च भाषामा लेखिएको उपन्यास छाप्न त्यहाँ जाँदै  छन् । डाक्टरकी श्रीमती गुजराती रेवा भने पतिको घर लन्डन जाँदैछिन् । उनीहरुसँग एक जोडी मराठी पनि बसेका छन् तर उनीहरुको त्यति भूमिका देखिँदैन । यस यात्राको प्रमुख पात्रको रूपमा देखा पर्ने नारायण चिन्तनले हिन्दूवादी भए तापनि व्यवहारमा निकै उदार छ । उसलाई हिन्दू संस्कृति प्रति औधी मोह छ । संस्कृतको राम्रो ज्ञान भएको नारायण आफ्ना बोलीहरुका बीच–बीचमा पटक पटक संस्कृतका श्लोकहरुको उच्चारण गरिरहन्छ ।अर्की युवती रेवा गुजराती भएर पनि पुरै पश्चिमी सभ्यता र संस्कृतिबाट प्रभावित देखिन्छे । म पात्र यिनीहरुका बीचमा रहेर यात्रा गर्दछ । यिनीहरुका बीचमा धर्म, संस्कृति, सभ्यता आदिको विषयमा चर्चा चलिरहन्छ ।  यात्रामा रेवा विरामी भएको, स्वीमिङ पुलमा पौडी खेलेको, भोजमा सहभागी भएको, घुमफिर र रोमान्सका विषयहरुको वर्णन यस परिच्छेदमा गरिएको पाइन्छ । चौथो परिच्छेदमा पनि उनीहरुको दैनिक क्रियाकलापको वर्णन भइरहन्छ । एक अङ्ग्रेजसँग नारायणको चिनजान भएको, उनीहरु बीच विभिन्न विषयमा बहस भएको, नृत्य, भोजन, सयर, प्रेम आदिका रोमाञ्चकारी क्षणको वर्णन गरिएको, यसै क्रममा नेपल्स पुगेको, हिन्दुस्थानबाट गएका एक हुल त्यहीँ ओर्र्लिएको, फेरि त्यहाँबाट अघि बढेर मार्सेनी पुगेको, त्यहाँ चार–पाँच घण्टा रोकिएको, त्यही नारायणको  ओर्लने ठाउँ भएको, उसलाई लिन उसकी श्रीमती र छोरा आएका, परिचय गराइसकेपछि नारायणकी श्रीमतीले मार्सेनी घुम्नका लागि ट्याक्सीको व्यवस्था गरिदिएकी, घुमिसकेपछि फेरि जहाजको यात्रा सुरु गरेको, साथी छुटेकोमा खल्लो मान्दामान्दै जिब्राल्टर पुगेको , त्यसपछि इङ्ल्यण्को टेलवरी पुगेपछि रेवाको बुढो लिन आएको र खुसी भए सँगसँगै म पात्रसँग परिचय गराइसकेपछि लण्डनको यात्राका लागि अघि बढेको घटना सम्म पुगेर चौथो परिच्छेद सकिन्छ ।                  

पाँचौँ परिच्छेदबाट म पात्र लण्डन पुगेको , त्यहाँ आफूले बुकिङ्ग गरेको होटलमा बसेको, श्रीमतीले पठाएका धेरै चिठीहरु पाएको, त्यो पढेर एकान्तको पीडा बिर्सिएको, उपचारका लागि डाक्टरको सल्लाह अनुसार क्लिनिकमा भर्ना भएको, त्यहाँ तीन हप्ता बसेको, त्यसबीचमा लण्डनका विभिन्न ठाउँ घुमेको, डाक्टरले परीक्षण गरी राम्रो भयो भनी बधाइका साथ स्वदेश फिर्ता हुने अनुमति दिएको, ६–६ महिनामा कलकत्ता गएर जचाउन अनुमति दिएको, होटलको बील तिरेर स्कटहोम गएको, त्यहाँ एउटी आमाको अतिथि गृहमा अतिथि बनेर केही दिन त्यहीँ घुमेको, युरोपको भित्रभित्रै घुम्दै गर्दा हिटलरको युद्धले जर्जर बनाएका दृश्यहरुको वर्णन गरिएको, त्यसपछि ऊ बर्लिन  पुगेको, त्यहाँ धेरै नबसी छिट्टै हानोबर बस्न पुगेको, त्यहाँ उसलाई थियोडोरा नाम गरेकी पथप्रदर्शकले घुमाउँदै गर्दा हिटलरको बन्दी क्याम्प हेरको, देखेका कुराहरुको वर्णन गर्दै घरमा चिठी पठाएको, हिटलरको मानव संहारका साथै युद्धले ध्वंस भएको सहरको वर्णन गर्दै जाँदा पथप्रदर्शकले आफू बस्ने कोठामा लगेको र आफ्नो वृत्तान्त सुनाउँदै जाँदा उसको प्रेमी सपरिवार युुद्धमा मरेको, भाइ बाँकी रहेको तर उसलाई बचाउन जाँदा थियोडोरालाई नै रुसी सेनाले लगेर जबर्जस्ती गरेको सिङ्गो बर्लिनका नारीहरुको कथा भनी सुनाउँछे ।            यसरी नै कथाप्रसङ्ग अगाडि बढ्दै जाँदा बर्लिनबाट कलकत्ताको लागि प्लेन छुटेकाले ऊ हानोबरमा बस्नु परेको, त्यहाँ बस्दा उसलाई गाइड सानी बालिका लिजाले आफ्ना बाबुआमा बूढा भएका, शरीर बेचेर उनीहरुलाई पालेको, उसलाई पनि त्यसका लागि प्रस्ताव राखेकाले उसले मायाले घुमाएको पारिश्रमिक र आमाबाबुलाई खानेकुरा किनिदिएर घरमा पु¥याएर छोडेको घटनाको वर्णन हुन्छ । अर्को दिन म पात्रको यात्रा हिटलरको बन्दी शिविरमा हुन्छ त्यहाँ उसले आफूलाई हिटलरको साथी भन्न रुचाउने एउटा खोरण्डो सिपाहीलाई भेटेको, उसले आफूसँग भएका कदरपत्र र अवकाशपत्र देखाएको, उसले यद्धका बेला आगो झैँ आएको गोलीले  एउटा गोडा गुमाउनु  परेको, त्यसपछि सन्तुष्टिका अभावले श्रीमतीले पनि छोडेको र एक्लै भएको, दोस्रो विश्वयुद्धमा भने मेयर्नीको घरमा शैनीकलाई पु¥याउने काम गरेको र उसलाई यौन सन्तुष्टि प्रदान गर्ने जस्तो बाहिरी काम गरेको, मेयर्नी आफैँ पनि त्यस्तो कार्य गर्ने गराउने कार्यमा प्रवृत्त भएको, उसको नाम लियोनार्दो भएको सबै कहानी सुनाउँदै सम्पूर्ण शिविर घुमाएको वर्णन भएको छ । त्यहाँका सिपाहीको यौनक्रीडा, तिनीहरुको मानवता विरोधी क्रियाकलाप, मानवीय क्रूरता, यहुदी जातिका बुढाखाढा र केटाकेटीलाई च्याम्बरमा जलाउनुपूर्व उनीहरुको चप्पलले पहाड बनेको भन्दै पहाड देखाउनु, कमाण्डरहरुले मानिसलाई आलु पोले झैँ पोलेका कुरा, कुकुरलाई बरु माया गर्ने तर मानिसका छालाले झ्यलका पर्दा बनाउने, टेबुल पोष्ट बनाएका कुरा सुन्दासुन्दै रात परेकाले म पात्र पनि त्यही बुढा सुत्ने सिँढीमा सुतेको र सपनामा हिटलरको आत्मा आएको, ऊ चर्को स्वरमा कराएको, गीताको  बारेमा भनेको, उसको विचारमा गीता एक नीतिकथात्मक आख्यान भएको, दया, माया, दान, मानवता, प्रेम आदि शक्तिका विरुद्ध देखा पर्ने प्रतिरोधात्मक तत्त्व भएको र घृणा, निष्ठुरता, कपट आदि यसका सुगम मार्ग भएको, कसैले कुनै चीजलाई प्रेम वा घृणाले संहार गर्दछ भने त्यो पाप भएको र आशक्तिरहित भएर स्वार्र्थ भन्दा माथि उठेर त्यो काम गरेको छ भने धर्मसम्मत हुने कुरा गरेको, गीताको सरल अर्थ भनेको नै आफ्नो पेसाप्रति बफादार हुनु भएको, ढोकामा बसेर यस्तै लामो बहस गर्दागर्दै ऊ व्युझिएको, उसलाई आफू बाँचेको वा मरेको छुट्याउन समेत गाह्रो परेको, आफूलाई सम्हालि सकेपछि मात्र उठेको, बस चढी होटलसम्म पुगेको र त्यहाँ पुगी उसले इल्जेका लागि तीन जनाले खाने जति खानेकुरा छाडी त्यहाँबाट हिँडेसम्मको वर्णनले नवौँ परिच्छेद समाप्त भएको छ । म पात्र काठमाडौँ आउनका लागि जहाज चढेको, त्यहाँ डा. सुनील भट्टाचार्य नामक बङ्गालीसँग भेट भएको, उसले नेपाल र भारत एउटै सँस्कृति र इतिहास बोकेका देश हुन् भनी तर्क दिएको, उसले हिटलरलाई आदर्शवादी नेता मानेको, उसले भारतीय र जर्मनबीच पनि समानता भएको र संस्कृतको ज्ञान सबैभन्दा पहिले जर्मनीले नै अध्ययन गरेको, आफ्नो भाइ सङ्गीत पढ्न जर्मनी गएको र विश्वयद्धमा मरेको सबै कहानी सुनाउँदछ । फ्रान्स पुगेपछि त्यहाँ जहाज १२ घण्टा रोकिने भएकाले एउटा कोठा लिएर आराम गर्दैैगर्दा केही बेरमा उसलाई लिन भट्टाचार्य आएको, उनीहरुसँगै दिल्ली र कलकत्ताका प्रमुख पत्रिकाका स्थानीय प्रतिनिधि पनि आएको हुनु र उसले सबै ठाउँ घुमाउनु, विभिन्न बौद्धिक व्यक्तित्त्व जमघट भएर गफ गर्ने ठाउँमा लग्नु र त्यहाँको सभ्यता, संस्कृति, र बौद्धिक पक्षको जानकारी गराउनुले दशौँ परिच्छेदलाई रोचक बनाएको छ । एघारौँ परिच्छदमा म पात्र हवाइजहाजबाट इजरायल पुगेको र जर्मनीबाट लखेटिएका यहुदीहरुको मनोविज्ञान बुझ्ने तीव्र इच्छा हुँदाहुँदै उपन्यासको अन्त्य हुन्छ ।      

पात्र चरित्रः

म पात्रः

म पात्र उपन्यासको प्रमुख पात्र हो । उसको भूमिका उपन्यासमा कथावाचक, द्रष्टा र भोक्ताको रूपमा देखिएको छ । ऊ उपन्यासको आदिदेखि अन्त्यसम्म नै देखा परेको छ । उसकै पेरिफेरीमा उपन्यास रहेकाले उसलाई उपन्यासकारको मुखपात्रका रूपमा लिन सकिन्छ । आफ्ना मान्यता तथा दृष्टिकोणहरु उसकै मार्फत प्रस्तुत गर्दै उपन्यासकारले पाँचौँ परिच्छदसम्म उसलाई कथावाचकका रूपमा अड्याएका छन् र त्यसपछि उनलाई पत्रात्मक रूपले कथा भन्ने तथा कथावाचककै रूपमा पनि देखाएका छन् ।  घुमफिरका क्रममा द्रष्टा, श्रोता र भोक्ता जस्ता विभिन्न रूपमा उसलाई देख्न सकिन्छ । उसलाई यहुदीहरुले पाएको दुःखले सधैँ दुःखी गराएको महशुस हुन्छ । धर्म, दर्शन, संस्कृति, ईश्वर सबैको बारेमा लामो बहस भएको छ तर पनि यहाँ म पात्रले कुनै विवाद गरेको छैन । तटस्थ भएर देखा परेको छ । उसले उपन्यासमा मानिस स्वतन्त्र भएर जिउन पाउनुपर्छ भन्ने मानवतावादी विचार प्रस्तुत गरेको पाइन्छ । यसरी उपन्यासको मुख पात्रका रूपमा देखा परेको कारणले उसलाई उपन्यासको प्रमुख पात्रका रूपमा लिन सकिन्छ ।

लक्ष्मीः              

लक्ष्मी म पात्रकी श्रीमती हो । उसले म पात्रका लागि प्राण सम्म दिन तयार भएको कुरा बम्बईबाट घर फर्केपछि उपचारका लागि विदेश जानका लागि आफ्ना सम्पूर्ण गहना बेचेर सबै किसिमका बन्दोवस्त गरिदिएकाले स्पष्ट हुन्छ । सम्भोगलाई ब्रह्मानन्दसँग तुलना गर्ने, पतिको सुखमा आफ्नो सुख देख्ने, पति घर नभए पनि पतिको ख्याल गर्ने कुरा चिठीलाई हेरेर पनि अन्दाज गर्न सकिन्छ । यसरी प्राणप्याराको सुखलाई आफ्नो सुख मान्ने लक्ष्मीलाई यस उपन्यासमा एक आदर्श नारीको रूपमा देख्न सकिन्छ । 

रेवाः     

रेवा उपन्यासकी अर्की प्रमुख नारी पात्र हो । ऊ पूर्वीय परिवेशमा हुर्केकी भए पनि एक स्वतन्त्र नारी पात्रका रूपमा देखा परेकी छे । आफ्नो लोग्ने इङ्ल्याण्को छ र उसलाई भेट्न जाँदा बाटोमा म पात्र र नारायणसँग गरेको खुला व्यवहारले पनि उसको स्वतन्त्र जीवनशैली भएको पुष्टि गर्दछ । उसले सम्भोगलाई प्राकृतिक आवश्यकताको रूपमा लिएकी छे । नाचगान, पौडी, रक्सीसेवन आदि कुरालाई सहर्ष स्वीकारेका कारण पनि उसलाई पूर्वीय मूलमा जन्मिएर पनि पाश्चात्य संस्कृतिलाई मन पराउने स्वतन्त्र नारी पात्रका रूपमा चिन्न सकिन्छ ।

नारायणनः 

यस उपन्यासको दोस्रो क्रियाशील पुरुषपात्रको रूपमा नारायणनको उपस्थिति भएको छ । नारायणन उपन्यासको धेरै भागमा नभइ थोरै भागमा मात्रै उपस्थित भएको देखिएता पनि ऊ एउटा पढेलेखेको र विभिन्न लेख आदि समेत लेख्ने लेखक, दार्शनिक तथा विद्वानका रूपमा चिनिन्छ । उपन्यासको तेस्रो भागबाट देखापरेको नारायणन चौचो भागमा नै पुगेर उसको यात्रा समाप्त भएको देखिन्छ । उसको 'म' पात्रसँगको छोटो समयको मात्रै भेटघाट भएपनि उसको उपस्थितिले उपन्यासको गतिलाई अगाडि बढाउमा ठूलो भूमिका निर्वाह गरेको पाइन्छ । नारायणन मद्रासको हिन्दुस्तानी ब्राम्हण नियतिवादी र हिन्दू संस्कृति वा पूर्वीयदर्शको कट्टरवादी तथा उच्चकोटीका हिन्दू विचारले ओतप्रोत व्यक्ति देखिन्छ । ऊ हिन्दू दर्शनप्रति एकोहोरो आस्था र विश्वास राख्ने तथा अस्तित्त्ववादमा मूल्य र मान्यता अनि नियतिको भूमिकालाई सर्वोपरि मान्ने चरित्रको रूपमा प्रस्तुत देखिन्छ । नारायणन आफ्नो जातीय संस्कृतिको मर्यादालाई पालना गर्ने सहज भावना भएको र गीतादर्शनका मर्महरूलाई आत्मसात गर्ने चरित्रको रूपमा उभिएको छ । 

थियोडोराः

थियोडोरा यस उपन्यासकी छैटौं भागभरिमा मात्रै देखापरेकी नारी पात्र हो। ऊ प्रमुख 'म' पात्रका लागि बर्लिनको एउटा होटलबाट गाइडको रूपमा खटिएकी हुन्छे। थियोडोरा सहयोगी, सरल तथा भावुक हृदय भएकी नारी चरित्रको रूपमा प्रस्तुत छे । उसका आमा-बुवा, भाइ र आफ्नो प्रेमीसमेत युद्धमा मारिएर बेसहारा भइ जीवनयापनको लागि होटलको गाइडको रूपमा काम गर्न बाध्य भएकी नारीको रूपमा देखिएकी छे । आफैँ पन्ध्र वर्षको उमेरकी हुँदा आफ्नो सम्पूर्ण परिवारजन गुमाउनुपरेको कारण उसको अनुहारमा उदासिनताले छाएको देखिन्छ। आमा बुबा मारिए पनि १४ वर्षको एउटा भाइ थियो, त्यो पनि रूसी सैनिकलाई लखेट्न भनी जांदा त्यही मारिएको र आफू भाइलाई खोज्न जाँदा क्रूर सैनिकद्वारा भाइका लाशका मासुका टुक्रा र बोसो देखाउँदै उल्टै आफूले नचाहदा नचाहदै पनि जबरजस्ती लुटिएर विक्षिप्त हुनपुगेकी नारीपात्रको रूपमा देखिएकीछे । यस किसिमले युद्धबाट विक्षिप्त बनाइएकी थियोडोराले पटक पटक बलत्कारबाट गुज्रनुपरेकोले उसलाई यौन भन्नु कुनै त्यस्तो रहस्यपूर्ण र आकर्षक वस्तु भएको देखिदैन । थियोडोरा आफ्‌नो कथाबाट वर्लिनका सबै नारीको एउटै कथा रहेको देखाउदै बर्लिनमा ईश्वर नभएको ठहर गर्न पुगेकी प्रतिनिधि पात्रको रूपमा देखिएकी छे । यसरी थियोडोरा हिटलरद्वारा चलाइएको दोस्रो विश्वयुद्धको कारण नारी अस्मीताका साथै सि‌ङ्गो मानवता नै खतरामा परेको अवस्थाको प्रतीकको रूपमा प्रस्तुत भएकी देखिन्छे । 

इल्जेः

इल्जे यस उपन्यासकी एउटी युवती भैनसकेकी किशोरी पात्र हो। ऊ ज्यादै नक्कले र चंचले स्वभावकी हुन्छे । युद्धमा भाइ मारिएका कारण उसका बुबा देउताको कुरा गर्दा देउतासेउता छैनन् भन्छन् भने भाइका कारण बिरामी परेकी आमा देउता छन्, अवश्य छन भन्छिन् । इल्जे बुबाआमाको यस किसिमको व्यवहारबाट दिक्क भइसकेकी हुन्छे । ऊ घरका अभिभाभवको सहयोग नपाइ बेसहारा बन्न पुगी जीवन र घर चलाउनका लागि युद्धमा खटिएका कूर सिपाहीहरूको यौनतृप्त गराउने कार्यमा लाग्न विवस भएकी नारी पात्रको रूपमा प्रस्तुत छे। इल्जे स्वभावले त्यस्तो नभएकी तर बाध्यताले त्यस्तो चरित्रमा उत्रिन पुगेकी युवती पात्र देखिएकी छे । ऊ वास्तवमा सही खराब छुट्याउन नसक्ने र यौनपूर्ण भैनसकेकी हुन्छे तर पनि उसलाई समयले त्यसो गर्न बाध्य बनाएको छ । ऊ अब त्यसकार्यमा पूरै प्रवृत्त भइसकेकी छे । त्यसैले ऊ 'म' पात्रसंगको भेटमा आँखा झिम्क्याएर 'म' पात्रलाई आफूतिर आकर्षित गर्न चाहन्थे र 'म' पात्रले 'तिमी को हो? भन्दा म इल्जे हुँ, प्यारी इल्जे . भन्छे तर 'म' पात्रले उसको वय र कारुणिक अवस्था देखेर 'तिमी प्यारी व्यारी केही होइनौ । एउटी सानी केटी हौ भन्दा 'किन चाहियो उमेर तिमीलाई? मनभोगको स्वाद खाएर बुझिन्छ ।ग्राहकहरूलाई आकर्षण गर्नका लागि सधैं श्रृंगारपेटारमा लागिरहन्छे र श्रृंगारका सामान सकिंदा पनि आफूसँग भएको रातो कागज चबाएर ओठमा लाली लगाउने चरित्रको रूपमा देखिन्छे । उपन्यासको सातौं भागमा मात्रै देखापरेकी उक्त नारी पात्रले युद्धमा पिल्सिएका सम्पूर्ण कलिला बालिका र युवतीहरूले यस्तै भोगाइ व्यहोर्नुपरेको अवस्थाको दर्दनाक र कारुणिक चरित्रको उद्घाटन गरेको छ । 

डा.सुनिल भट्टाचार्यः 

'म' पात्रले युरोपको यात्रा सकी स्वदेश फर्किने क्रममा भेट भएको एउटा बौद्धिक पात्र हो डा. भट्टाचार्य। ऊ आर्य संस्कृतिमाथि विश्वास राख्ने र आर्य संस्कृतिको पालना गर्ने चरित्र भएको पात्रको रूपमा उपस्थित छ । उसको विचारमा जर्मन र हिन्दुस्तानी एक वंशका दुई हाँगा भएकाले दुवैमा सादृश्यता छ। हिन्दू अध्यात्मवादी छन् भने जर्मनहरू त्यस्तै आर्दशवादी छन् । यसरी हेर्दाखेरि डा. भट्टाचार्य एकातिर गीतादर्शनलाई हातमा लिएर नरसंहार गर्ने क्रूर हिटलरको पक्षधर चरित्रको रूपमा उपस्थित भएको देखिन्छ भने अकांतिर 'म' पात्रसँगको सुरुको भेटघाटमा 'महाशय आफूलाई कहिल्यै पनि भारतीय भन्दा भिन्न नठान्नुहोस  भन्ने भनाइले वसुधैव कुटुम्बकम्' को भावनालाई पनि त्यतिकै आत्मसात गर्ने चरित्रको रूपमा पनि देखिन्छ । जर्मन हिन्दू दर्शनवादी अथवा ज्ञानवादी भएकाले अंग्रेज र फ्रान्सिसीदर्शनको बुद्धिवादलाई उनीहरूले नस्वीकारेको उसको तर्क छ । उनीहरूले 'विकासको क्रममा शक्तितत्त्वलाई भेट्टाएका छन्, पछि शिव तत्त्वलाई पनि भेट्टाउने छन्   भन्ने भनाइले शिवलाई नै आफ्नो शक्ति मान्ने र हिन्दुदर्शनको महात्म्यलाई स्वीकार गर्ने चरित्र भएको पात्रको रूपमा देखिएको छ । 

लियोनार्ड ः

लियोनार्ड युद्धका कारण एउटा खुट्टटो गुमाएको लड्ङ्गडो र युद्धमा लडाई गर्दा एउटै फौजमा रहेर काम गरेको हिटलरको सिपाही साथी रहन्छ । ऊ पहिला युद्धको लडाकु भएपनि युद्धमा खुट्टो गुमाएर लङ्गडो भएपछि सैनिक क्याम्पमा कमाण्डरको रूपमा रहेको हुन्छ । ऊ आफ्नो राष्ट्रका लागि पूरै ज्यान दिनुपरे पनि पछि नहटने र एउटा इमान्दार र राष्ट्रसेवकको चरित्र भएको सैनिक पात्र देखिन्छ । आफ्नो राष्ट्रको बचाउ तथा हकका लागि लड्नुलाई स्वभाविक रूपमा लिएता पनि युद्धका नाममा मारिएका मानिसहरू चाहे जुनसुकै जातिका हुन्, सबै मानव एउटै भएको मानवीय दृष्टिकोण रहेको छ। यो कुरा उसको 'कोही-कोही भन्थे-यहूदीको लाश गन्हायो है गन्हायो तर ईश्वरले झुट नबोलावस्, मान्छेको मासुको गन्ध एकनासको पोलिएपछि त्यो चाहे आर्य होस्, चाहे यहूदीको चाहे जिप्सीको  भन्ने भनाइले पुष्टि गर्दछ। लियोनार्ड आफ्नो घरमा आएको अतिथिको घरपट्टि र गाइडको हैसियतले कर्तव्य पूरा गर्ने व्यक्तिको रूपमा समेत रहेको देखिन्छ। 'म' पात्रको पथप्रदर्शकको रूपमा थोरै समयको लागि मात्रै प्रस्तुत भएको भएतापनि लङ्गडो सैनिकको उपस्थितिले 'म' पात्रलाई दोस्रो विश्वयुद्धको बारेमा धेरै कुराको जानकारी लिन सजिलो भएको र उपन्यासको कथावस्तुलाई पनि अरू सार्थकता बनाउनमा अहम् भूमिका खेलेको देखिन्छ । अन्त्यमा भन्नुपर्दा लियोनार्ड सबै मानिसको सहअस्तित्त्वलाई एकै ठान्ने, सहयोगी दृष्टिकोण राख्ने र राष्ट्रवादी चरित्र भएको पात्रको रूपमा उभिएको देखिन्छ । 

 डेविड ः

डेविड शताब्दीऔंदेखि अल्पसंख्यक भएर शोषित पीडित र द्वेष तथा अन्धकारको शिकार हुँदै दमन र अत्याचारमा पिल्सिएका, कष्ट र लाञ्छनाको तातो डाम आफ्ना हृदयमा धारण गर्दै आएका यहूदी जाति भएको पुरुष पात्र हो। उसको 'म' पात्रसँग जहाजको यात्राको क्रममा उपन्यासको प्रथम भागमै भेट हुनपुग्दछ । ऊ हिन्दुस्तानबाट युरोप जान चाहने यहूदीहरूलाई डप्फाडप्फामा मिलाउँदै पठाउने अन्तर्राष्ट्रिय यहूदी संगठनको सदस्य हुन्छ । ऊ यहाँ सम्पूर्ण यहूदी जातिको प्रतिनिधि पात्रको रूपमा देखिएको छ । ऊ सरल, मिलनसार, सचेत र दुःखीको सेवामा आफूलाई समर्पित गर्ने चरित्र भएको पात्रको रूपमा देखिन्छ । ऊ आफूमाथि मार्गरेट नामकी युवतीले हत्याराको संज्ञा दिंदा र आफ्‌नो मनमा तिरस्कारको कठोर ध्वनि उत्पन्न हुँदा पनि आफूलाई शान्त र सौम्य व्यवहारमा राख्न सक्ने चरित्र भएको देखिन्छ। 'म' पात्रको साथमा छोटो समयको लागि उपस्थित पात्रले छोटै समय भएता पनि आफ्नो चरित्रलाई प्रदर्शन गर्दै र 'म' पात्रलाई यहूदीहरूको पीडाको अवगत गराउँदै उपन्यासको कथावस्तुलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । 

मिस मार्गरेटः 

मार्गरेट 'म' पात्रको जहाजको यात्रामा भेट भएकी एउटी लेवनानी युवती पत्रकार हो। ऊ हिन्दुस्तानमा भइरहेको समाजवादी सम्मेलन दबाउन आएकी हुन्छे । ऊ इजरायलबाट अरवीयनहरूलाई लखेट्‌ने र बिचल्नी बनाइ आफ्नो राज्य कायम गर्ने यहूदीहरू नै हुन् भनी तिनीहरूप्रति आक्रोष प्रकट गर्ने र यहूदीहरुप्रति विद्रोहात्मक चरित्र देखाउने एक नारी पात्रको रूपमा प्रस्तुत छे। मार्गरेट यहूदीबाट कयौं पेलेस्टाइन तथ अरवीयनहरूको घरवास उठाएको दर्दनाक कथा समेत उपन्यासका 'म' पात्रसँग व्यक्त गर्न पुगेकी छे । यसरी उपन्यासको पहिलो भागको पनि केही अंशमा मात्र देखिएकी मार्गरेट नारी पात्र एउटा निश्छल, सचेत, जागरुक र आफूलगायत सबैमाथि परेको अन्यायको विरुद्धमा विद्रोह गर्न सक्ने नारी चरित्रको रूपमा प्रस्तुत भएकी छे । उसले उपन्यासको कथावस्तुलाई सार्थक बनाउँदै अगाडि बढाउनमा मद्दत पुर्याएकी छे ।. 

जकरिमा गोल्डवर्गः

बूढो गोल्डवर्ग एउटा ठूलो यहूदी व्यपारी तथा 'अन्तर्राष्ट्रिय यहूदी संगठन' को केन्द्रीय सदस्य हुन्छ। उसको 'म' पात्रसँग जहाजी यात्राको क्रममा भेट भएको हुन्छ । गोल्डवर्ग सबैमा मैत्रीभाव राख्ने, सरल र अतिथिको सत्कार गर्ने व्यक्तिको रूपमा देखिन्छ । ऊ पनि युद्धबाट विक्षिप्त पात्र हो। ऊ आफ्नो ईश्वर र नियतिमा विश्वास राख्ने चरित्र भएको पात्रको रूपमा उपस्थित छ, त्यसैले ऊ 'यहूदीको कस्तो नियति? ईश्वरले दिएको थलोमा फर्किन पनि सजिलै कार्य सम्पादन गर्न नपाउने भन्दै आफ्नो ईश्वरप्रतिको सांस्कारि चरित्रप्रति आज्ञा पालन गर्न नचुक्ने पात्रको रूपमा उभिएको छ। यसरी हेर्दा गोल्डवर्ग कर्म र ईश्वर दुवैमा विश्वास राख्ने व्यक्तिको रूपमा देखिन्छ । उसले 'म' पात्रसँगको भेटमा म पात्रलाई आतिथ्यको रूपमा सत्कार गर्नुका साथै आफूले युद्धमा देखेभोगेका कुराहरू कारुणिकताका साथ आँखाभरि आँसु पार्दै बयान गर्न पुग्दछ। यसरी एकजना यहूदी व्यापारीको उपस्थितिले उपन्यासमा युद्धकालीन अवस्थाको दुःखदायी घटनाको उद्घाटन गर्नुका साथै उपन्यासको कथावस्तुलाई सार्थक बनाउँदै अगाडि लैजानमा ठूलो मद्दत पुऱ्याएको छ । 

 याकूब गोल्डवर्ग ः

याकूब गोल्डवर्ग पिता जकरिमा गोल्डवर्गको छोरो रहन्छ । ऊ पनि आफ्नो बुबाजस्तै एउटा ठूलो व्यापारी रहन्छ । उसले आफ्नो व्यापारलाई अरू अगाडि बढाउनका लागि लोग्ने मरेकी एकजना मेकडोनाल्ड नाम गरेकी विधुवा महिलासँग हातेमालो गर्दछ । उनीहरू हेर्दा दुवैमा आमा र छोराजस्ता देखिन्छन् तर यथार्थमा त्यस्तो छैन । युद्धबाट पीडित मेकडोनाल्ड नियतिले गर्दा उमेरमा छोरोसमान लाग्ने युवक याकूबको हात समातेर सहारा लिन खोज्छे तर याकूब उसलाई एउटा मनोरञ्जनको साधन र व्यापारिक सहकमीको रूपले मात्रै हेर्दछ । यसरी हेर्दा याकूब गोल्डवर्ग युद्धपीडित महिलाहरूलाई मात्र भोग्य र मनोरञ्जनको साधनको रूपमा हेर्ने गर्छ। ऊ त्यस्ता नारीहरूबाट उनीहरूको बाध्यताको फाइदा मात्रै उठाउने एउटा अवसरवादी र चरित्रहीन पात्रको रूपमा देखापरेको छ । 

 स्वेडेनी बूढीआमाः 

यस उपन्यासकी नारी पात्र'स्वेडेनी बूढीआमा' अत्यन्तै सरल र सोझो व्यवहार तथा आफ्नो अतिथिगृहमा आएका कुनै पनि पाहुनालाई आफ्नै छोराछोरीलाई जस्तै गरी माया गर्ने र सम्मान दिने तथा खानपानमा समेत ध्यान राख्ने स्वभावकी देखिन्छिन् । बूढीआमालाई संस्कारी र वैवाहिक सम्बन्धलाई निष्ठाको विश्वास राख्ने एउटा निष्ठावान चरित्र भएकी नारी पात्रको रूपमा हेर्न सकिन्छ । हिन्दूहरूले पातिव्रत्यमा सबैभन्दा ठूलो महत्त्व दिएको कुराको उल्लेख गर्नु र हिन्दू पत्नीलाई मरेको पतिसँग पोलिन मनलाग्थ्यो रे !  भन्नु जस्ता व्यवहारले उनी आदर्शमयी चरित्र भएकी नारी पात्र भएको स्पष्ट हुन्छ । उनको मायालु व्यवहारबाट प्रभावित भएका 'म' पात्र समेत नेपालमा भएका मायालु थकाल्नी आमाहरूको सम्झना गर्न पुगेका छन् । यसरी हेर्दा स्वीडेनी बूढीआमा अत्यन्तै सहयोगी, सरल व्यवहारका साथै गार्जियनको रूपमा समेत कर्तव्य पूरा गर्न पछि नपर्ने तथा आफ्नो संस्कृति-परम्परा र मर्यादामा अटल रहने चरित्रवान नारीको रूपमा देखिन्छिन् । उनी एउटी असल र ममतामयी आमा तथा सफल सासुको रूपमा समेत चिनिएकी नारी चरित्र हुन् । 

 मिसेज मैकडोनाल्डः 

उपन्यासको 'म' पात्रसँग जहाजको यात्रामा प्रत्यक्षरूपमा आफूसँग भेटघाट र कुराकानी नभएपनि जहाजकै यात्रा क्रममा 'म' पात्रको दृश्यपटमाआएकी एक अधबैंसे उमेरकी विधुवा नारी पात्र हो मैकडोनाल्ड । उसको पति पहिला नै युद्धमा मारिएका कारण बेसहारा भएर बाँच्न विवश रहेकी नारी पात्र हो मैकडोनाल्ड । युद्धबाट विक्षिप्त पात्र डोनाल्ड बारम्बार बलत्कमारको शिकार समेत भएर बाँच्न बाध्य भएकी हुन्छे। ऊ एक व्यापारी हुन्छे । ऊ व्यापारलाई सहकार्य गरेर अगाडि बढाउने बहानामा उमेरमा छोरो बराबरको युवकसँग हात अगाडि बढाउछे तर उसको उद्देश्य व्यापारलाई अगाडि बढाउने भन्दा युवकको सहारा पाएर जीवनको बाँच्ने आधार खडा गर्ने देखिन्छ। त्यसैले याकूबले 'तिमीले मलाई यतिका दिनसम्म भ्लाइराख्यौ। हाम्रो फर्मको एकीकरणको निम्ति अहिलेसम्म तयार छैनौ, त्यत्रो लासमा देखाएर भनेको समेत देखिन्छ । यसरी हेर्दाखेरि मैकडोनाल्ड परिस्थितिले सबैबाट बलत्कारित हुनुपरेको भएतापनि चरित्रका हिसाबले ऊ आफू त्यस्ती नभएकी र मात्र आफ्नो सहाराको लागि खोज्ने र नारी अस्तित्त्वलाई जीवन्त तुल्याउन खोज्ने नारी चरित्रको रूपमा चिनिएकी छे। 

 ग्रेटाः  

ग्रेटा बूढीआमाकी छोरी हो। उसको उमेर १६-१७ वर्षको जति देखिन्छ । ऊ एउटी चुलबुले स्वभाव भएकी युवती हुन्छे । ग्रेटा 'म' पात्र र आफ्नी आमा तथा एक जना जापानी ठिटोसँगको कुराकानीको सिलसिलामा प्रेम र वैवाहिक निष्ठाको प्रसङ्ग उठ्दा 'करको सम्बन्ध नभएकाले बाँधिएर बस्न के कर छ? र भन्न पुग्छे । यसरी हेर्दा ऊ एक चंचले र विवाह भएपछि पनि विवाहको बन्धनको निष्ठा स्वीकार्न नचाहने तथा स्वतन्त्र विचार भएकी नारी पात्र देखिन्छे । उसको यस अभिव्यक्तिबाट ऊ कसैको बन्धनमा नरहेर स्वतन्त्ररुपले प्रेम गर्न पाउनुपर्छ भन्ने र पुराना तथा परम्पराका कुराको विद्रोह जनाउने नारी पात्र हो। ग्रेटामा उसकी आमाको भन्दा ठीक उल्टो र विकसित चरित्र भएको पाइन्छ । प्रेम र विवाहमा कुनै सम्बन्ध नरहेको र मानिसले प्रेम स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ भन्ने उसको दृष्टिकोण रहेको छ । त्यसैले ऊ 'प्रेममा वासना भएन भने धेरै कुरा उम्केको थाहा हुनसक्दैन'  भन्छे । यसरी हेर्दा ग्रेटा स्वतन्त्र नारी स्वभाव भएकी र विवाहलाई वासनात्मक नभइ एउटा बन्धनको रुपमा मात्र हेर्ने नारी चरित्र हो ।

परिवेशः

भारतको बम्बईबाट सुरु भएको उक्त उपन्यासमाकाठमाडौं हुँदै फेरी भारत र पानीजहाजको यात्रामा विविध ठाउँहरुको वर्णन भई इजरायल पुगेसम्मका कथावस्तु  समावेश भएको पाइन्छ । लगभग डेढ महिनाको समयलाई लिएको यस उपन्यासले पारिस्थितिक हिसाबले लामो समयावधिलाई ओगटेको छ । पहिलो र दोस्रो विश्वयुद्धले ल्याएको हत्या, यातना, ध्वंश आदि कुरालाई बाह्य परिस्थिति र दोस्रो विश्वयद्धले निम्त्याएको मानवीय त्रासदीपूर्ण व्यवहारलाई आन्तरिक परिस्थितिका रूपमा परिवेश निर्माण भएको  छ ।

सारवस्तु(उद्देश्य) ः

यस उपन्यासको सारवस्तुका रूपमा हिटलर प्रवृत्तिको विरोध गरी तानाशाही कट्टर शासकवर्गप्रति रोष प्रकट गर्नु हो। साथै निरङ्कुश व्यक्तिको हत्यामोहले इतिहासलाई कालो बनाएको घटना व्यङ्ग्यको निसाना बनाउनु र नारी समस्या तथा मानवतावादी विचार अभिव्यक्त गर्नु नै प्रस्तुत उपन्यासको मूल उद्देश्य देखिन्छ । हिटलरले सीमा नाघेर यहूदी जातिको संहार गरेको र उसले गीतादर्शनको आधारमा मानवसंहार गरेको कुरालाई यस उपन्यासमा व्यक्त गरिएको छ । त्यस अनुसार हिटलरलाई ईश्वरत्त्व प्राप्त हुनुपर्ने हो भन्ने तर्कपनि यसमा देखिन्छ । मान्छे मार्नु रमाइलो खेलका रूपमा लिनुलाई गीतादर्शनको प्रभाव हुनसक्छ भन्ने तर्कको व्यापक बहस हुनु आवश्यक देखिन्छ । वास्तवमा यस उपन्यासको मूल तर्क यहूदीमाथि हिटलरले सामूहिक हत्याको योजना बनाउने आधारको खोजी हो । साठी हजार मानिसलाई एकै चिहानमा पारिएको घटनामा ठूलै दार्शनिक संहारक हुनुपर्छ भन्ने उपन्यासको सारवस्तु मानिन्छ । हाम्रो नेपाली समाज लगायत विश्वका सबै हिन्दू समाजले मान्दै आएको धार्मिक ग्रन्थ महाभारतमा लाखौंलाख मान्छे मर्नु र उता हिटलरले त्यत्तिकै संख्यामा मान्छेको ज्यान लिनु अथवा हत्या गर्नुले दर्शन र घटनाको समान प्रकृतिलाई अघि सारेको तर्क पनि यस उपन्यासमा केलाउन खोजिएको छ । यथार्थमा जस्तोसुकै कारण र दर्शनको आधार भए पनि हिटलर मानवरक्तको भोको सिंह भएको र उसले विश्वयुद्धको कालो बादल खडा गरेको तथ्यलाई मूल भावको रूपमा यस उपन्यासमा देखाइएको छ। 





सोमवार, 19 मई 2025

लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी उपन्यासको विश्लेषण।।

 लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी उपन्यासको विश्लेषणः

लेखक परिचयः

जन्मःवि.सं. १९८१
मृतुः वि.सं. २०५९

कृतिहरूःउपन्यासहरू

मुलुक बाहिर 
माइतीघर 
लङ्गडाको साथी 
रेम्ब्रान्ट
उनको पहिलो रचना सन् १९३८मा 'अमावस्याको रात्री' शीर्षकको कथा 

 पुरस्कारः

गोरखा दक्षिणबाहु
पृथ्वी प्रज्ञा पुरस्कार
भूपालमानसिंह पुरस्कार
उत्तमशान्ति पुरस्कार
सरस्वती पुरस्कार

अाैपन्यासिक प्रवृत्तिः

१.सामाजिक यथार्थवादी,
२.मानवतावादी दृष्ट्रिकोण,
३.प्रकृतिप्रेमी,
४.निम्नवर्गीय पात्रप्रति सहानुभूति,
५. कारूणिक पक्षको चित्रण,
६. मनोविश्लेषणात्मकता,
. अस्तित्ववादी,
८. सामाजिक विकृति तथा विसङ्गतिको विरोध 
९. समतामूलक समाजको चाहना 

सन्दर्भः 

भाैतिकवाद तर्फ लम्कदै गरेको मानव सभ्यतामा हराउदै गएको मानवताको खोजि गर्ने कार्य यो उपन्यासका माध्यमबाट गरिइको छ । गरिबी ,दरिद्रता ,उपेच्छाको पराकाष्टको प्रस्तुति यहा पाइन्छ ।

कथावस्तुः

उपन्यासको कथानक साहै क्षीण छ । दार्जिलिङको चोक बजारमा घस्रेर हिँड्ने लंगडाको दिनचर्या नै उपन्यासको केन्द्रीय कथा हो। ऊ शारीरिक दृष्टिले कुरूप छ । उसको कुरूपतालाई देखेर स्कुले केटाहरू उसलाई भुइँभालु भन्दै गिज्याउँछन् । ऊ अरू सबै कुरा सहन गर्न सक्छ, तर आफ्नो शारीरिक कुरूपताप्रतिको उपहास सहन गर्न सक्दैन र त्यसको प्रतिकारमा लौरी प्रहार गर्छ। तर उसको प्रतिकारबाट स्कुले केटाहरू त्रसित नभएर झन् उसको अगाडि आएर भालु हिँडेझैँ हिँडिदिँदा उसको मानसिकतामा ठूलो चोट पर्न पुग्छ । उपन्यासमा लंगडाका जीवनमा एउटा कुकुर आएको छ र कुकुर उसको जीवनको सबैभन्दा नजिकको साथी बनेको छ । व्यावहारिक रूपबाट कुकुर सुखदुःखको अनन्य मित्र बन्न पुगेको छ अथवा भनौं कुकुर मानवकै रूपमा देखापरेको छ । लंगडाको दुःखसुखलाई कुकुर बुझ्दछ र कुकुरका इच्छा चाहनालाई लंगडाले चिन्दछ । कहीं कतैबाट पाएको दुईचार पैसाले आफू खान्छ र कुकुरलाई समेत खुवाउँछ । यस्तै दुःखका दिनहरू काट्दै गएको लंगडालाई सहयोग र सद्भाव त परै जाओस्, उसले बिरामी हुँदा समेत सभ्य भनाउँदाहरूको अपहेलना र तिरष्कार सहनु पर्दछ । वैशाखीका भरमा घस्रेर हिँडी दशौं जनासँग दाँत ङिच्याउँदै हात जोडी मागेको पैसासमेत एक दिन चोरी भइदिन्छ, भिखमङ्गाको पैसा चोरी भएपछि सिंगो मानव समाजप्रति उसको घृणा जागृत हुन्छ । उता उसको साथी कुकुर हराउँछ र एकैचोटि असह्य चोट उसमाथि थोपरिनु पुग्दछ । ऊ कुकुर कसैका घरमा बाँधिएको सपना देख्छ र उसलाई आफू छुटकारा दिन पुग्छ सपनामा । सभ्य, शिष्ट र भद्र भनाउँदाहरूमा गुम्दै गएको मानवीयताको चित्र उपन्यासमा प्रस्तुत गरिएको छ । प्राकृतिक रूपले पीडित, मानवीयता गुमेका मानव समुदायबाट तिरष्कृत लंगडालाई त्यसमाथि अझ प्राकृतिक प्रकोप थोपरिन पुग्छ र उसको जीवन झन् कारुणिक बन्छ । हुरी, बतास र मुसलधारे पानीमा ओतसमेत पाउन सक्दैन, त्यसको साटो उल्टै चोरको संज्ञा पाएर गलहत्याइनु परेको कारुणिक घटनालाई उपन्यासमा प्रस्तुत गरिएको छ । मरणासन्न अवस्थामा पुगेको लंगडाको जीवनको अन्तिम क्षणमा उसको मित्र आइपुग्छ र अशक्त, बेहोस तथा मृत्युको मुखमा पुगेको लंगडाको दुःखमा दुई थोपा आँसु खसाल्छ । लंगडो प्राणीका रूपमा केवल कुकुर बराबर मात्र देखापर्छ र उसले एकैदिन मात्र पनि मान्छेहरूबाट मानवीय व्यवहार नपाएर जीवन उत्सर्ग गर्छ । उसको मृत्युमा कसैको आँत रसाउँदैन, मात्र कुकुर उसका मृत्युका व्यथाले विह्वल भएर जताततै भौंतारिँदै व्याकुल बन्छ र मर्छ। मृत्युको करिब एकवर्षपछि कुकुर र लंगडाको हाड मसानघाटमा एकै ठाउँमा गाँसिएर रहेको आकस्मिकताको उल्लेखसँगै उपन्यास समाप्त हुन्छ ।

पत्र वा चरित्रः

चरित्रका दृष्टिले लंगडाको साथीलाई हेर्दा यसमा एउटा मानवीय पात्र लंगडो र अर्को मानवेत्तर पात्र काले कुकुर गरी दुइवटा पात्र मात्र छन् । ऋण चुकाउन कसैका घरमा नोकर बसेको व्यक्ति रुखबाट खसी लंगडो बन्न पुगेको लंगडो नै यस उपन्यासको प्रमुख पात्र हो । शरीर निकम्बा भएपछि दार्जिलिङ्ग‌का चोक, सडक र गल्लीमा हात पसार्दै माग्दै जुठो रुखो खाएर दिन गुजारा गर्ने लंगडाको व्यक्तित्वमा कुनै उतार चढाव वा थपघट भएको छैन, एकै प्रकारले उसका दिन वितेका छन् । उपन्यासका नायकमा हुनुपर्ने उच्च व्यक्तित्व यस उपन्यासमा छैन, लंगडो एउटा टाइप मात्र हो। उपन्यासका नायकमा हुने स्वतन्त्र र उच्च व्यक्तित्व उसमा छैन, पात्रको महानता र कमजोरी अथवा उत्थान र पतनले उसको व्यक्तित्व, अस्तित्व र वैयक्तिक चरित्र निर्माणमा जुन प्रकारको भूमिका खेल्दछ, त्यस्तो स्थिति पनि लंगडाका कार्यव्यापारमा देखापर्दैन। ऊ खालि टाइप मात्र हो एक वर्गको प्रतिनिधित्व गर्ने । यसले संसारभरका यावत् विपन्न वर्गको प्रतिनिधित्व गर्दछ, बरू एउटा प्रतीकका रूपमा आएको छ- दलित र उपेक्षित वर्गको शिक्षित, प्रबुद्ध र सम्पन्न व्यावहारिक वर्गले मान्छेलाई मान्छे नभनेर पशुसरह व्यवहार गरी जुन प्रकारको उपेक्षित व्यवहार गर्दछन्, त्यसका विरुद्धमा उपन्यासकारले सामाजिक विकृति, विसङ्गति र मानवता गुमेको समाज र व्यक्तिप्रतिको व्यङ्ग्यका लागि उपस्थित गराइएको पात्र हो र यसको उपस्थितिको मुख्य उद्देश्य मानवता र सामाजिक न्याय प्राप्ति हो। तसर्थ उच्च व्यक्तित्व, त्यसको उत्थान र पतन नदेखाई उपन्यासकारले कारुणिकता जन्माउने उद्देश्यले लंगडोलाई उपस्थित गराएकाले उपन्यासको नायकका रूपमा लंगडो प्रस्तुत भएको छ । 
उपन्यासमा देखापर्ने अर्को पात्र कुकुर हो। कुकुर मानवेतर प्राणी हो तापनि उपन्यासकारले उपन्यासमा उसको व्यवहारमा मानवीकरण गरेका छन् । उपन्यासभित्र उसको खासै क्रियाशील भूमिका छैन, तर एक्लो, अनाथ एवं वेसाहारा लंगडो एक्लो अवस्थामा हुँदा उसलाई हरपल सहारा दिने र सहयोग गर्ने पात्रका रूपमा ऊ देखापर्दछ । ऊ मानव भाषा बुझे अमूक पात्रजस्तै देखापर्दछ । लंगडाका सुखदुःखमा साथ दिने, प्रत्येक क्रियाकलापमा सहभागी बन्ने मान्छे साथीका रूपमा कुकुर आएको छ । उसले लंगडालाई मानसिक आश्रय यति दिइरहेको छ कि ऊ नहुँदा लंगडो नियास्रो महसुस गर्दछ भने कुकुर पनि लंगडोबिना आफूलाई एक्लो महसुस गर्दछ । यसरी उपन्यासमा लंगडाको जीवनमा कुकुर प्रवेश गरेर सबैभन्दा नजिकको मित्र बनी निष्कृय, तर महŒवपूर्ण पात्रका रूपमा देखापरेको छ ।

उद्देश्यः

लंगडाको साथी उपन्यास सामाजिक विकृति र विसङ्गतिको राम्रो नमुना हो। चर्को व्यापारीकरण र अर्थमुखी बन्दै गएको मानवीय मनोवृत्तिप्रति व्यङ्ग्य यस उपन्यासमा गरिएको छ । केही प्राप्तिका लागि केही गरिनु व्यापारिक धारणा हो । कसैबाट केही सहयोगको अपेक्षा राखेर केही सहयोग गर्नु व्यापारिक मनोवृत्ति हो । मानवतावाद यसको ठीक विपरीत ध्रुवमा उभिन्छ । मान्छेभित्र झ्याङ्गिएर रहेको व्यापारिक धारणाले गर्दा दार्जिलिङ्गका चोक बजारमा व्यापार गरी बस्नेबाट लंगडाले केही सहयोग प्राप्त गर्न सक्दैन- कारण उसबाट उनीहरूले केही पाउने आशा छैन। उसबाट केही पाउने सम्भावना छैन, उसलाई केही सहयोग गर्दैनन् । विवश जीवन र दयनीय अवस्थामा लंगडाले कुकुरको सहयोग र प्रेम प्राप्त गर्नुबाट आडम्बरी मनुष्य समाजमाथि प्रहार गर्न खोजेको प्रष्ट हुन्छ । हाम्रो समाजमा र व्यक्ति मानसिकतामा विकसित हुँदै गएको यस मनोवृत्तिले हाम्रा नियम, व्यवहार, मानवीय मूल्य सबैमा व्यापारीकरण भएको छ भन्दै उपन्यासकारले उपन्यासका माध्यमबाट मानवीय भावनाको विकासको खाँचो कुरा बताएका छन् । 
विश्वभरि गुञ्जिने मानवतावादको चर्को नाराको कुनै अर्थ नभएको विश्वपरिवेशतर्फ पनि लंगडाको साथी उपन्यासकारले साङ्केतिक व्यङ्ग्य प्रहार गरेको छ । रछानमा बस्ने र भिख मागेर खाने निरीह लंगडालाई सहयोग गर्न त कता हो कता उसका सामान चोर्ने र उल्टै उसलाई चोरको आरोप लगाएर गलहत्याउनुले आजको मान्छे कति तुच्छ र निकृष्ट बन्दै गएको छ भन्ने राष्ट्रियताका सीमाभित्र मात्र नरही अन्तर्राष्ट्रिय समस्या समाधानका लागि संयुक्त राष्ट्र संघ, मानव अधिकार संघजस्ता विश्व संघसंस्थाहरूको कुनै अर्थ नरहेको पक्षतर्फ व्यङ्ग्य गरेको छ । जब आफ्ना चोक चोक र गल्ली गल्लीमा समस्यामा राष्ट्र मौन छ भने विश्वशान्ति, विश्वमानवता र विश्वभ्रातृत्वको दुहाइ दिनु आफैंमा हास्यास्पद कुरा हो भन्ने साङ्केतिक व्यङ्ग्य उपन्यासमा ध्वनित हुन्छ । वैज्ञानिक उन्नति र विकासका नाममा मान्छे पृथ्वी छाडेर चन्द्रयात्रा गर्न थालिसक्यो, ग्रह ग्रहको वैज्ञानिक अध्ययन गर्न लागिसक्यो, तर आफ्ना चोक चोक र गल्लीगल्लीमा रहेका समस्याप्रति मान्छेले चियाउने गरेको छैन भन्दै आज विश्व र आजका मान्छे विकास र उन्नतिका नाममा अन्धो बन्न पुगेको तथ्यलाई सङ्केत गरिएको छ । यसरी उपन्यासकारले यस उपन्यासमा लंगडो र उसले भोग्नु परेको नियतिका माध्यमबाट सामाजिक न्याय, मानवीय न्याय, आर्थिक न्याय, विश्वमानवता र व्यापारिक सभ्यताप्रति तीखो व्यङ्ग्य गरेका 
छन् ।

शनिवार, 3 मई 2025

पारिजात र उनको साल्गिको बलत्कृत अाँशु कथाको लिश्लेषण।

 पारिजातको परिचयः

वास्तविक नाम: विष्णु कुमारी वाइबा

जन्मः( वि .सं. १९९४ - वि.सं. २०५०)

शिक्षा – बी .ए .

प्रथम कथा – मैले नजन्माएको छोरो (२०१०)

 कृतिहरूःआदिम देश  (कथासंग्रह २०२५),साल्गिको बलत्कृत अाँशु(कथासंग्रह २०४३),  बधशाला आउँदा जाँदा(कथासंग्रह बि .सं. २०४९) 

पुरस्कारः

 मदन पुरस्कार ( वि.सं. २०२२),युगज्ञान पुरस्कार( वि.सं. २०२७),पाण्डुलिपि पुरस्कार (वि.सं. २०४९)गण्डकी बसुन्धरा पुरस्कार( वि.सं. २०४९)

पारिजातका कथागत प्रवृत्तिहरूः

१.अस्तित्त्ववादी ,विसङ्गतिवादी तथा प्रगतिवादी जीवनदृष्टि,

२. बौद्धिक भाषा र चित्रात्मक शैली,
३. नारीचरित्र केन्द्री प्रवृत्ति,
४.अन्तरमुखि दृष्ट्रि तथा शुक्ष्म कथावस्तुको प्रयोग

५. स्वाभिमानी स्वर,

६. विद्रोही चेतना,

७.सामन्ती ,शोषण र असमानताको विरोध,

८.सरल तथा सहज भाषाशैलीको प्रयोग हुनाको साथै कवितात्कता,

९.बिम्ब प्रतीकको प्रयोग,

१०.मानवतावादी दृष्ट्रिकोण ।

 कथाः

कानपुरको एउटा कहिल्यै घाम नछिर्ने कोठामा, पूर्वी झ्यालबाट बिहान हुनुको आभास बिस्तारै भित्र पस्छ । ध्याँसे उज्यालोमा देखिन्छ, एउटी तरुनीको अस्तव्यस्त लास जस्तो शरीर कोठाको कुनामा राखिएको खाटमाथि पल्टिएको छ। लाज उदाङगिएको उसको शरीरलाई हेर्दा यस्तो लाग्छ मानौँ यौन भोका पुरुषहरूले उसलाई रातभरिमा दसौँपल्ट बलात्कार गरेर फालिदिएका छन्‌ । कोठामा ठर्राको हलुका गन्ध रुमल्लिरहेको छ । ओछ्यानभरि बेलीको फूल किच्चिएर मिच्चिएर छरिएका छन्‌, निर्मम हत्केलाहरू निमोठ्दै फालिदिए जस्तो, ठीक त्यो तरुनीको ज्युँदो लास जस्तै ।

एकछिनपछि अचानक तर्सेर ऊ ब्युँझन्छे र सोच्छे छि … कति नराम्रो सपना देखिछु, लुम्रीझुम्री भएकी मेरी आमा त हरियो टपरीमा भात खाइरहेकी ।’ आँखामा कचल्टिएको निद्रा बिझाइरहेको छ, सारा शरीर दुखिरहेको छ तैपनि बिस्तारै उठेर ऊ झ्यालको उज्यालोसम्म आउँछे त्यही अस्तव्यस्त अवस्थामा । लाज त सयौँपल्ट उगाएर सयौँपल्ट पचिसकेको छ । त्यसैले लाज मरिसकेको छ उसको मानसमा । शरीरसँग लाजको अब कुनै साइनो छैन । छेउमा राखिएको ऐना टिपेर आफ्नो अनुहार हेर्छै, निकै बीभत्स भएछ हिलो पानीले चुटेको पोष्टर जस्तो । ओठबाट भागेर लिपिस्टिक च्युँडो, गर्धन जतासुकै पुगेछ, गालाको लाली बेपत्ता, गाजल आँखाबाट बगेर गालाभरि पोतिएछ

बिरक्ति साथ ऐना झट्कारेर फालिसकेपछि ऊ फेरि झ्यालबाट छिरेर ध्वाँसे उज्यालोलाई आत्मसात्‌ गर्दै सोच्न थाल्छे, यहाँबाट नेपाल उत्तरपट्टि पर्छ । सिन्धुपाल्चोकमा पानि यतिखेर लागिसक्यो होला । यहाँ घाम देख्नै पाइँदैन, एक बर्ष भयो घाम देख्न नपाएको, ए….नी….लै…लै… यतिखेर कान्लानेरको दुधिलोको रूखको पात घाममा टल्किहेको होला । अब माली गाईको बाच्छि आ…बाँ गरेर कराउँछे । आबा म्हाने पेमे सिध्याएर अघि नै डाँडाको घ्याङतिर लागिसके होलान्‌ । 

आमा रुँदै गाईलाई घाँस हाल्दै होली र भन्दै होली मन मनमा बुढेसकालको टेको त्यो साल्गी कहाँ गइहोली, मरिसकी कि बाँचेकी होली, कुन पापीले भगायो होला त्यसलाई, त्यसलाई नजर लाउने थुप्रै थिए, फर्केर आउली कि नआउली । भीरबाट खसेर कतै मरी पो राखैकी छ कि भनी लाठेहरू लगाएर पहरा हुँदो खोजे होलान्‌ मलाई पनि, पोहोर सुन्तली हराउँदा खोजे जस्तै । 

सुन्तली पनि त फर्केर आइन, लास पनि पाएन । “ए साल्गी मोरी यतिखेरसम्म सुतिवस्छेस्‌, अल्छिनी, हामी त बैँसमा यतिबेलासम्म तीन भारी घाँस ओसारिसक्थ्यौँ खानका काल ।”जन्मँदै मेरो कपाल लामो लामो थियो रे र मेरी आमाले मलाई साल्गी भनेर नाउँ राखिदिएको मेरो यो बाबियोको कुचो जस्तो लामो कपाल देखेर दौँतरीहरू मलाई गिज्याउने गर्थे, “मन परेकोसँग पोइल जान नपाए यो सानीलाई आफ्नै कपालले पासो हालेर मर्न भियाउँछ ।” अब मेरी आमाले मकैको जाँडमा फिर्के लगाउँछे । लश्करी बाख्रीले कति खोजी होली मलाई, ब्याउने थिई बिचरी । सोच्दा-सोच्दै उसका बासी आँखाहरूबाट तपतप आँसु चुहुन थाल्छ । पेटीकोटको घेरोले ऊ आफ्ना आँखा पुस्छे ।कोठा बाहिर एउटी प्रौढाको कर्कश स्वर गुञ्जन थालेको छ, “लौँडियो उठो, कितनी देर तक सोते रहेते हैं यो लोग । नहाओ, धोओ, नाश्ता करो, दिनभर पडे रहो …. ।”भर्खर सपनामा आफ्नी आमालाई देखेकी साल्गीको मन सिन्धुपाल्चोकको डाँडा गाउँबाट फर्किन मान्दैन । आँसु पुछ्दै ऊ मनमनमा दोहर्याउँछे, ‘मेरी आमा रातभरि लोग्नेमान्छेहरूको सास गन्हाउने यो कोठामा एकछिन पनि बस्न मन लाग्दैन, भागेर आउँ त कसरी आउँ। यो बिरानो मुलुकमा मेरो ढोका बाहिरको सडक पनि मेरो लागि अचिनारु छ।

ल्वाँगे घर्तीले नेपालमा हिँड, गलैँचा बुन्ने कारखानामा काम लगाइदिन्छु, थुप्रै पैसा कमाउँछेस्‌ भनी भगाएर ल्याएको, यो कुन नर्कमा ल्याएर छोडिदियो ल्वाँगे पापीले मलाई यो होटलमा हो, एकछिन बस्दै गर म एकैछिनमा आउँछु भनी गएको ल्वाँगे एक वर्ष भइसक्यो फर्केर आएन ।

म तिम्रो अनुहार कहिले हेर्न पाउँला मेरी आमा ।’ मैलो पेटीकोटले आँसु पुछ्दै ऊ घुँक्कघुक्क रुन्छे ।

अब कोठामा फिक्का उज्यालो छरिन्छ। कता-कता रिक्सा र मोटरको हर्न बजेको सुनिन्छ । सरदार्नीको कोठाबाट भजनसँगै तमाखुको बास बाहिरिँदै छ । साल्गीलाई केही गर्न मन लाग्दैन, आमा बिरामी पो परिन्‌ कि न, आमालाई केही पो भयो कि ? बस, यति सोच्छे, रुन्छे । हुँदा हुँदै ऊ झ्यालअघिको भुइँमा लमतन्न परेर पस्नन्छे। वर्ष दिनअघिको विगतको एक पाना पर्लक्क पल्टिन्छ।

लश्करी बाख्री चराउन गएकी थिई उ, मामाघरबाट पेवा दिएको बाख्रा । दसैँताकको रमाइलो घाम लागिरहेको थियो । घाम र झ्याउँकिरीको आवाजमा दसैँको बास चल्न थालिसकेको थियो । अप्ठ्यारो डिलमा उम्रेको एँसेलुको फेदमा लश्करी चरिरहेकी थिई । त्यसैको अलिक पर बसेर साल्गी पोल्टोबाट मकै भटमास झिक्दै खाँदै थिई । उसको भावना अर्केतिर बगिरहेको थियो । उसलाई माग्न आउने थुप्रै भइसकोका थिए तथापि उसका बाबा ,आमाले उसलाई उसकै मामाको छोरोसँग दिने तय गरे । खाइवा लामा हो, थान्का राम्रो लेख्छ, पैसा कमाउँछ, दाजुभाइको छोरीसँग रीत के खाने ! नखाने …। आफ्नै मामाको घरमा छोरी सुखमा बस्छे । आमा यसै भन्थी तर कुरो छिनिसकेको थिएन, बिहे गरिदिनलाई अलिकति पैसा त चाहिन्छ ।

त्यति नै खेर मास्तिरबाट सुसेल्दै ल्वाँगे घर्ती झरेको थियो र हाँस्दै उसलाई एउटा फेटावाल चुरोट दिएको थियो । चुरोट सल्काइदिँदै ल्वाँगे घर्तीले भनेको थियो । “क्या होई साल्गी, नेपाल घुम्न जाने होइन ?”

“जान्नँ, त्यो एकपल्ट हेरेकै ठाउँ त हो नि” उसले नाक चेप्राइदिएकी थिई ।

ल्वाँगेले फेरि भनेको थियो, “तँ गएको जस्तो हो र अहिलेको नेपाल । कस्तो भइसकेको छ गाँठे, तर मैले तँलाई घुम्न मात्र जान भनेको होइन नि, पैसा कमाउन पो भनेको त ।”

त्यसपछि जिज्ञासाले भरिएर उसले सोधेकी थिई, “प….पैसा…?”

उसको जिज्ञासालाई ल्वाँगेले यसरी प्रस्टाइदिएको थियो, “हेर साल्गी, अहिले नेपालमा गलैँचा बुन्ने कारखाना थुप्रै खुलेको छ। तैँले भनेको ठाउँमा म लगाइदिन्छु । पहिलो महिनादेखि नै चार सय रुपियाँ दिन्छु भनेको छ, कम हो चार सय रुपियाँ भनेको ! के बिचार छ, जान्छेस्‌ ?”

महिनाको चार सय रुपियाँ कमाउने कुरा सुन्दा उसको आँखा विस्फारित भएको थियो र सोचेकी थिई, यतिका पेसा ल्याएर आमा बाबालाई दिन पाए त … त्यसपछि उसले बोलेकी थिई, “आमा-बाबाले दिँदैनन्‌ ।”

“सोधेर हेर्‌ न एकपल्ट, दिएन भने हिँड न सुटुक्कै” ल्वाँगेले सल्लाह दिएको थियो ।

आमा-बाबा छोडेर जानपर्ला भनी उसको मुटु एकपल्ट चिमटेको जस्तो भयो । उसले भनेकी थिई, “आमा-बाबा रोएर मर्लान्‌ ?”

खप्पिस ल्वाँगे घर्तीले उसलाई अन्तिमपल्ट फकाएको थियो, “नेपालमा गलैँचा कारखानामा काम गर्न गएकी छ भनी हल्ला फिजाई राखिदिउँला नि। अनि त एक-दुई दिनपछि खोज्दै-खोज्दै कारखानामा नै आइपगिहाल्छन्‌ नि, दसैँ मनाई हाल न ।”

दसैँ सिद्धिएर तिहार आउनअघि ल्वाँगे घर्तीले एकदिन साल्गीलाई भालेको डाकैमा डाँडा कटाइदियो । त्यसपछि साल्गी कहिल्यै नेपाल पुगिन । लश्करी बाख्री कानै पे….गरेर कराएको जस्तो लाग्यो उसलाई । उसका बासी आँखाबाट फेरि आँसुको ओइरो बगेर आयो ।

सपनामा आमा देखेकी भएर आज उसलाई पटक्कै उठ्न मन लागेको छैन, खान मन पनि छैन । ऊ घरीघरी ल्वाँगे घर्तीलाई आफ्नै मनको हतियारले टुक्रा-टुक्रा काट्दै, क्षतविक्षत पार्दै बसिरहन्छे । यसरी उसको आक्रोश पटक्कै शान्त हुँदैन । उसलाई त्यही झ्यालबाट हाम फाल्न मन लाग्छ, तर सक्दिन । सास छउन्जेल आस हुन्छ, सोच्छे, कतै एक दिन यहाँबाट भाग्न सकिएला कि ! भाग्यको कुरो को भन्न सक्छ ।

वेश्यालयभित्रको दिन कति एकरस, कति नीरस, कति उजाड, असङ्ख्य व्यथा, आँसु, विवशता र मनको धोकोहरूले अचानो पारेको पर्खाल भरेङ र मझेरीहरू लिएर एउटा यस्तो कारावास बनेको हुँदो हो जहाँ असङ्ख्य पवित्र आत्माहरूले बिना अपराध आजीवन कारावासको सजाय पाउँछन्‌, जहाँ निरपराधहरूले सधैँ मानसिक र शारीरिक यन्त्रणा एकनास भोगिरहेका हुन्छन्‌ । साल्गी जस्तैहरूको कौमार्यको रगतले सिँगारिएका कोठाहरूमा घोर विसङ्गत क्षणहरू हाई काढ्दै बाँच्दा हुन्‌ । ती पवित्र आत्माहरू सिफिलिस, तिरस्कार, मूल्यहीन मृत्यु र बेवारिस लास भएर
जीवनको टुङ्गो लगाउनपर्ने । सरदार्नी र दलालहरू सधैँ भनिरहँदा हुन्‌ “आखिर क्या फरक है तुम लोगो का जीवन बाहर और भितर ?”

साल्गीलाई उठ्ने, नुहाउँने, खाने केही गर्ने पनि जाँगर चल्दैन । त्यसै पनि जीवनप्रतिको जिज्ञासा नाउँको भावना वेश्यालयभित्र हुँदैन । जतिसुकै नुहाए पनि, धोए पनि यहाँको फोहोरी वातावरण फेरिने होइन क्यार, मनको पवित्रता कसले देखोस्‌ ! दिनभरि आलस्यलाई यता फर्काऊ उता फर्काऊ अर्को कुनै इलम त छैन । घोर विसङ्गतिको अनुभूति हुन थाल्छ साल्गीलाई, तर उ परिभाषा गर्न जान्दिन । उसको शरीरबाट अझ पनि लोग्ने मान्छेको दुर्गन्ध हराइसकेको छैन, उसले सिन्धुपाल्चोकबाट लिएर आएको आफ्नो मौलिक सुगन्ध कता हरायो कुन्नि ? 

साँझ पर्छ, भद्दा मेकअपमा सजिएर निस्कन पर्छ भयालतिर अश्लील साउती गर्नलाई । सस्तो प्रशाधन र बेली-चमेलीको चर्को बासनाले टाउको फुट्ला जस्तो हुन्छ, फेरि त्यसमाथि थपिन्छ पिएर आउनेहरू रक्सीको गन्ध,। सस्तो अगरबत्तीको धुवाँ, बासना उफ्‌ ! वेश्यालय हो यो, यहाँ योभन्दा बेग्लै केही हुँदैन

साल्गी फेरि सोचाइमा बग्न थाल्छे । ठीक यतिखेर सेलो हाल्दै जाँतोमा मकै पिँधिरहेकी हुन्छे ऊ । आबाको उही, “म्हाने पेमे” कति शान्ति दिन्छ कल्पना गर्दा पनि आबाको त्यो गह्ङ्गो स्वरमा घरभरि गुन्जिरहेको ऊँ म्हाने पेमे । तर यहाँ, यहाँ त ब्वाँसो, हाप्सिलो जस्तो लोग्ने मान्छेहरू घरमा स्वास्नीहरूलाई छलेर, पर्खाएर खुरुखुरु आउन थाल्छन्‌ । अनि कराउन थाल्छन्‌, “वो वो नेपाली न चाहियै ।” कहिले छिन-छिनमा फेरिन्छन्‌, कहिले रातभरिलाई रिजर्भ । छि ! कति घिनलाग्दा हुन्छन्‌ यी लोग्ने मान्छेहरू ।

यसरी साल्गीको थकान र विवशता भारतीय मुद्रासँग साटिएर सरदार्तीको पर्सभरि भरिँदै छ । एउटा भारतीय लोग्ने मान्छेले चरम सुख प्राप्त गरिरहेको बेला साल्गीको मनमा विद्रोहको भावना जाग्न थाल्छ । ‘टाढाको देउताभन्दा गाउँको -भूत काम लाग्छ भन्थे तर पैसा तिरेर लुट्ने यी ब्वाँसाहरू भन्दा त्यो ल्वाँगे घर्ती डरलाग्दो हो, त्यो गाउँको भूत । मेरो पनि भूत ।’

त्यो भारतीय लोग्ने मान्छे उठेर गइसम्दा साल्गीको विद्रोह आँसु भएर पग्लन थाल्छ, “के कसैले पनि ल्वाँगे घर्ती र म गाउँबाट सँगै हराएको थाहा पाएन ? के कसैले पनि ल्वाँगे घर्तीलाई एक वचन सोधेन ? के ल्वाँगे घर्तीलाई मेरा गाउँलेहरू अब कहिल्यै चिन्दैनन्‌ ? किन ? ल्वाँगे घर्तीले पापको फल किन भोग्दैन ? किन ल्वाँगे घर्तीलाई कसैले खुकुरीले छपक्क काटेर दुई टुक्रा बनाइदिँदैन !’

शीर्षकः

यस कथामा निम्नवर्गीय साल्गी अाफ्नो अार्थिक अवस्था सुधार्ने सपना वोकेर कामको लागि काठमाडाैं जान भनि ल्वागे घर्तीसँग जानु तर ल्वागे घर्तीले भने भारतको वेश्यालयमा बेचेको घटनालार्इ कथावस्तु बनाइको हुनाले यो कथाको शीर्षक उत्कृष्ट छ । यसमा साल्गी बलत्कृत भएको चरम पिडालार्इ प्रस्तुत गरिएको छ ।

कथाको सन्दर्भः

नारी बेचिने,भोग्ने, र साट्ने वस्तु ठान्ने नेपाली समाजको सामान्ती प्रवृत्तिको सन्दर्भ यस कथाले समेटेको छ ।

पात्रः

यस कथामा साल्गी प्रमुख पात्र हो भने ल्वाँगे घर्ती,साल्गीका बुबा अामा,साथीहरू,कानपुरका सर्दार्नीहरू,वेश्यागमन गर्ने पुरूषहरू,कोठी खोल्ने गिरोह जस्ता पात्रहरूको उपस्थिति यस कथामा देखिन्छ ।

साल्गीः

साल्गीलार्इ केन्द्रमा राखि निर्माण गरिएको यस कथामा ग्रामिण समाजमा हु्र्किएकी सिधा साधा चेलीलार्इ जागिर खोजिदिने अाश्वासन दिएर लगेको गाउँले पुरूषबाट नै वेश्यालयमा बेचिन पुगेकी छे । घरको अार्थिक अवस्था सुधार्ने लोभमा परि कसैको विश्वास गर्दा फन्दामा पर्न पुगेकी साल्गी अामा बाबाको याद,गाउँको सम्झना गर्दै भारतमा नरकीय जीवन विताउछे ।अाफूलार्इ झुक्याएर बेचेको ल्वागे घर्तीलार्इ कसैले छप्कार्इदिए पनि हुने भन्ने ठान्दै बिद्रोह भाव व्यक्त गर्छे । यसरी यस कथामा साल्गी भारतको कोटीमा बेचिने नारीहरूको प्रतिनिधि पात्र हो ।

ल्वँागे घर्तीः

ल्वाँगे घर्ती यस कथाको खल पात्र हो ।साल्गीको जीवनलार्इ नरकीय बनाउँन यसको महत्तवपूर्ण भूमिका छ । गाउँका सोझा साजा चेलीलार्इ ललाइ फकाइ बेच्न समेत पछि नपर्ने फटाह,ठग दुष्ट पात्रको रूपमा देखा परेको छ । मानवको अनुहार परेको दानवको रूपमा ल्वाँगे घर्तीलार्इ चिन्न सकिनछ ।

परिवेशः

स्थानगतःसिन्धुपाल्चोक, भारतको कान्पुर,

समाजःग्रामीण समाज,

 चेलीवेटी बेचबिखनको सामाजीक समस्यालार्इ परिवेशको रूपमा लिइएको छ ।

 गरिबीको नाजायज फाइदा उाठइरहेको युगीन समस्यालार्इ कथाको परिवेशले सङ्केत गरेको छ ।

कथावस्तुः

यस कथामा साल्गी सिन्धुपाल्चोकको ग्रामिण समाजमा हुर्किएकी हुन्छे । उसको घरको गरिबी टार्न्र रहरले बाबुअामालार्इ नभनी ल्वाँगे घर्तीको विश्वासमा कामको खोजिमा घर छोड्छे ।ल्वँगेले उसलार्इ ढाटेर भारतको वेश्यालयामा पुर्याइ बेचिदिन्छ र साल्गी बेचिन पुग्छे । दैनिक फरक फरक पुरूषबाट वलत्कृत हुन पुगेकी अवला चेलीको पिडालार्इ यहा देखाइएको छ ।ल्वाँगेप्रति पेतिशोध देखाउदै कसैले मार्दिएनि हुनेथियो भन्ने चाहना देखाउदै कथाको कथावस्तु अन्त्य गरिएको छ ।

उद्देश्यः

१.निम्नवर्गीय परिवारको दुर्दशालार्इ विषय बनाइ निर्माण गरिएको उक्त कथामा गरिबहुनुको फाइदा अरूले कसरी उठाउँछन्,

२.समाज र परिवारमा देखिने समस्यामा मुख्य समस्या गरिबी नै रहेको ,

३.महिलामाथिको अत्यचार,

४.भाैतिकताका लागि मान्छेले कुन हदसम्म पार गर्छ भन्ने देखाउनु,

५.मानिसलार्इ चिन्न र पहिचान गर्न पनि शिक्षा चाहिन्छ त्यसैले शिक्षालार्इ सबैको पहुचमा पुर्याउनु जरूरी रहेको  देखिन्छ ।त्यसैगरी मानव तस्करमा लागेका मानिसलार्इ कडा कानुन बनाएर सजाया दिनु पर्छ । फितलो राज्य सम्यन्त्र,नारीलार्इ कमजोर देख्ने पुरूषत्ववादी सोचको अन्त्य गरी समतामुलक,शान्त र मानवतावादी चिन्तन हुनु अाजको अाजको अावस्यकता हो ।




गुरुवार, 1 मई 2025

कथाकार इन्द्रबहादुर रार्इ ।र उनको खिर कथाको विश्लेषण।।

 
कथाकार इन्द्रबहादुर रार्इ र उनको खीर कथाको विश्लेषण

खिर कथाको विश्लेषण
 इन्द्रबहादुर रार्इ
 लेखक परिचयः

जन्मः १९८४ साल माघ १७ गते (दार्जिलिङ)

मृत्युः२०७४ साल फागुन २२ गते

शिक्षाः अङ्ग्रेजी साहित्यमा एम्ए

इन्द्रबहादुर राईले आफ्नो कलम प्रखर, प्रगाढ र प्रबल भएपछि नेपाली साहित्याकाशमा तेस्रो आयामको स्वरूप छर्न थाले । त्यसबेला राईसँग तेस्रो आयाममा भाग लिनेहरूमा ईश्वरबल्लभबैरागी काइँला थिए ।

त्यसै आयामको विषयमा इन्द्रबहादुर राईले नै पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए– ‘‘तेस्रो आयामको विषयको ‘तेस्रो आयामले। बोधित हुन्छ वस्तुको लम्बाइ चौडाइपछिको गहिराइ, मोटाइ वा घनत्व । तब के नेपाली साहित्यमा त्यसअघि घनत्व भएका कृतिहरू थिएनन् ।

‘तेस्रो आयाम’को आन्दोलन ‘फूलपातपतकर’ नामक पत्रिकाबाट घोषणा गरेका थिए ।

कृतिः

कथासङ्ग्रहः(१) ‘विपना कतिपय’ (२०१८),

               (२) ‘कथास्था’ (कथ्यसहित) (१९७२ ई.) 

              (३) ‘कठपुतलीको मन’ (१९८९ ई.) ।

 उपन्यासः       ‘आज रमिता छ’ (२०२१)

निबन्धसङ्ग्रहः ‘सामाजिक पहाड र खोला’

समालोचनात्मक सम्पादित कृतिः‘भानुभक्तका कृतिअध्ययनहरू’ (२०२६)

कथागत प्रवृत्तिः

१.लीलालेखन,

२.प्रयोगावादी,

३.वृत्तकारिय शैलीको प्रयोग,

४.निम्नवर्गीय मानिसहरूको जटिलतम समस्यालार्इ प्रस्तुत,

५.क्लिष्ट भाषाशैलीको प्रयोग,

६.अान्चलिकता,

७.अायमेली चिन्तन,

८.बिम्ब,प्रतिकको प्रयोग,

९ं अस्तित्ववादी चिन्तन।


खीर कथाः

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना (घटना नै भनुँ) यस्तो भएको थियो : हररर… आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ.. लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेदेखि एकछिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तुष्णा र भोक अतृप्त नै रहेको थियो ।
महान् भन्न मनलाग्ने हरियो नीलो जलराशिको बग्दो फैलावट माथिका सुप्तझैं बालुवाहरूमा अनेकौ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पंखा लागेर वरपरका जम्मै झार जंगलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर भित्र कतै छुट्टै छलललको आवाज, कतै भिन्दै भुरुरुरुहरू पनि भएको र बजेको याद आउँथ्यो ।
विशेष दिन बनाएर आज तिनीहरू कोठाभरि थुप्रैका थिए, उछिनी उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो  ।
गान्तोकबाट फर्किएको त्यसदिन त्यसै र त्यहीँ टिस्टामा मैले बास पारेको थिएँ । डाकबंगलाका कोठाहरू मर्मत गरिंदै रहेछ । मलाई दिएको कोठा पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो थियो । छेवैको सेटको कोठामा जम्मै डाकबंगला मर्मत गर्ने बढाई, राज, रंगवाला र कुल्लीहरूले डेरा बनाएका रहेछन् । र, तिनीहरू नै हुन् यस कथाका घटना । विशेष दिन बनाएर आज तिनीहरू कोठाभरि थुप्रैका थिए, उछिनी उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो  ।तिनीहरूले खीर पकाइरहेका थिए ।
खानेकुराको कुरा गरेको मन पर्दैन मलाई । तरै केही नलागेर सुनिरहेँ । दैलोदेखि बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो । पलंगमाथि बेडिंग फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका प
इन्द्रबहादुर राई
सिहालेको अर्कै रंगको उज्यालो रुखका पात र हाँगाका अभेक ठाउँहरूलाई पनि छोइराख्न पुगेको थियो ।
‘खीर खानु नै हो भने, एक पावा चामललाई दुई सेर दूध चाहिन्छ’, ओढार परेका चङ्कला आँखाको चित्र दिने एउटा स्वरले किटान गरी गरी भनिरहेको थियो – ‘यति हाम्रो चामललाई दश सेर दूध चाहिन्छ । कति सेर हाल्यौ ?’
‘तेरो खीर, यहीं बसेको हामीलाई त बासना आउँदैन ।’
‘कति सेर हाल्नु र ? चार सेर त हाल्या हो ।’, ‘टिस्टाजस्तो जग्गामा चार सेर नाथु दूधको खीर खाएको, थुक्क ?’ त्यही अघिको स्वरले भन्यो । ‘चार सेर दूध हालेको खीर !’  पनि भन्यो : यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइरहेछ ।  ‘खीर खानु नै हो भने, धेरै चिज चाहियो, एउटा बूढो स्वर माथि चढ्यो’, ‘पहिले त तिमीहरूको चामलै भएन । नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको ।’ अलुवा नै किनिसक्नु छैन रैछ यहाँ, गम्म परेको मान्छेको जस्तो स्वर बोल्यो –‘रंगुने अलुवालाई पहाडे चामलसँग झुक्याएर के ।’
‘ठिक्क पहाडे बएर्नी जस्तै हुन्छ त्यो मुर्दा ।’ अर्कोले सघायो तत्कालै ।
‘चिज पाइयो र खीर खाने नै हो भनेदिखि भनेको,’ उसले नहारी भन्दै गयो– ‘नुनिया चामल पुरानो, कालो नुनिया अझ राम्रो,  मगमग बासना आउँछ । दश बाह्र सेर खाँट्टी दूधमा पकाउनू । पानी दूध र पन्द्र सेर लाग्छ । पाँच सेर पानी सुकाउनुलाई पकाउँदा पकाउँदा चामल जति फुटेर सब लिटो भइसक्छ । खोले । मट्ठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लो सग्लै बसेको ठर्रो हुन्छ । खोले खीर त मुनि डढिसक्छ, भरे जम्मै डढेको गन्हाउँछ, मुनिको पर्नेलाई ।’
‘दाँत माझेको जस्तो हुन्छ,’ भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ ।
एकछिनपछि अर्कै एक स्वर एक छेउदेखि उम्ल्यो – ‘दूध मात्रै ओइराएर हुन्छ ? पेश्ता चाहिन्छ, किसमिस, हाडे बादाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ । ठिक्कको धीमा आँचमा पकाउनुपर्छ । किसमिसपछि छोड्नु पर्छ । अगाडि छोड्दा फट्छ ।’
‘त्यो सब हालेर के हुन्छ ?’ एउटा उत्सुक सुरिलो स्वरले सोध्यो ।
‘स्वादको लागि, बासनाको लागि, तागतको लागि ।’, झ्याउँ झ्याउँती त्यसलाई सबले कराए ।
‘पल्केलास् ! अझै त्यही भत्र्सनाको रहलपहलजस्तो कसैले भन्दै थियो ‘सपनातिर खीर खोजिहिँड्लास् । त्यसरी मन बुझाउलास् ।’
‘त्यसरी यहाँ खीर पकाएको छ भने वासना उ पर बाटोमा हिँड्नेको नामका लाग्छ,’ अर्कोले भन्यो ।
याद गरेर यति बेला मैले तिनीहरूको खीरको बासना सुँध्ने बल गरेँ, पटक्कै पाएको जस्तो लागेन ।
‘तेरो खीर, यहीं बसेको हामीलाई त बासना आउँदैन ।’, बूढोले भनि पनि हाल्यो । ‘क्यै नहेरी, गज्जबकै खीर खाउँभन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ’, प्रतिवादमा आयो उत्तर चोरेर होस्, कमाएर होस्, अर्काको ऋण नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सम्नुपर्छ ।’
सबजना सामसुम भए ।
त्यही सामसुमलाई म पनि रुङरिहेको रहेछु । विरोधमा उठेर म आहट दिँदै यता कोठामा टहल्नु थालेँ । फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुंगा लडेर आएकोलेझैं उनीहरूको बातचीतको खोलालाई अलि अर्कैतिर फर्काइदियो ।
‘सब चिज जुटाएर मात्रै कहाँ हुन्छ, पकाउने सिप हुनुपर्छ’ , एउटाले थाल्यो, सेतो वाफजस्तो ।
‘जैलेसुकै खीर खाएर पनि त भएन, समय पारेर, आफूलाई विचारेर खानु पर्यो,’ अर्कोले थप्यो ।
‘उसो भए मुस्किल रैछ खीर खान !’ तेस्रोले तीतो करायो ‘असम्भव रैछ ।’, हाँसो अलिअलि रोक्न नसकी मैले बाहिर हेरेँ । सब सामान्यजस्तै थियो । साँझका काला रुखहरू नहल्ली उभिरहेका थिए ।
‘चलाऊ चलाऊ, ऐले डढ्छ यै पनि !’
‘पाक्यो होला, अब त ।’
‘पाक्यो, पाक्यो !’
‘त्यतिको पाकेकै हो ’
‘पाकेछ पाकेछ,’ भएर भाँडा उतारियो । अलि परपर सबैजना हटेको र एक दुईले ठाउँ रोजेर ओगटेको अनुमान आयो ।
खाँदा खाँदै एकजनाले सोध्योः ‘के के गन्हाएको जस्तो लाग्छ ?’
‘त्यस्तै लाग्छ ।’
जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?
‘दाउरा हो दाउरा, अग्गिदेखि म खुब याद गर्दैछु ।’ कुन्नि कसले भन्यो । शंका मर्दै बौरँदै गरिरह्यो ।
‘चिनी लागेनछ ।’ भनेर एकजनाले एकदुई कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्याे ।
‘खीर’ मा खानु नै हो भने,’ फेरि त्यही सुरुमा पकाउने मान्छे खाँदै बोल्दै थियो– ‘चिनी होइन, खीरमा गुँड हाल्नुपर्छ । रंग निस्किन्छ ।’
‘गुँड पनि कालो गुँड होइन, खजुरको पानापाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ ।’ दोस्रोले लगत्तै सुधा¥यो ‘कालो गुँड हालेको त कसरी खानु, छयाः ।’
‘छयाः है, कति खानुको कुरा गरेको ? कति दिनमा के खीर खाएको हो होइन, बडेबडे कुरा हाँकेर मलाई त कुरीकुरी लागिसक्यो ।’, यो भन्नेले यता मलाई सुनाएर ग्लानि कम गर्न खोजेको थियो मैले बुझेँ ।
एकदुई गाँसमा तिनीहरू व्यस्त भए ।
‘चिनी हालेको गुलियो दूधभात जस्तो मात्रै भ’छ ।’ मोटो स्वरले भन्दा जम्मै तिनीहरू एक्कासि हाँसिनिस्के । पकाउनु सिपालु स्वर सबभन्दा लामो हाँसिरहृयो । उसले रोकिँदै हाँस्दै गर्दा सँगै अरूहरू फेरि हाँसे ।
आज चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरूले पकाएको खीर हाम्रो ‘जीवन’ जस्तो रहेछः जीवनलाई यसरी यो बाँच्नुपर्ने, जीवनलाई उसरी यो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरुले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरुकै खीर जस्तो भइरहन्छ । जुन तिनीहरुले कुरा गरेको आदर्श खीरको व्यंग्य जस्तो मात्र थियो ।
जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?

सन्दर्भः

मानिसले अादर्श जीवनको परिकल्पना गरेका हुन्छन् तर यथार्थमा थुप्रै अपुग,समस्या र संघर्षसंग सम्झाैता गर्नुपर्छ भन्ने सन्दर्भलार्इ प्रस्तुत गरिएको छ ।

कथाको विश्लेषणः

 प्रयोगवादी धारलार्इ नेपाली साहित्यमा भित्र्याउन सफल इन्द्रबहादुर रार्इ(१९८४  २०७४) प्रवासी नेपाली साहित्यकार हुन् । स्नातकोत्तर सम्मको अाैपचारिक शिक्षा हासिल गरेका यिनले वि.संं. २०१६ सालमा साहित्य सङ्गम पत्रिकामा रातभरी हुरी चल्यो शीर्षक कथा प्रकाशित गराएर नेपाली कथायात्राको थालनी गरेका थिए ।  विपना कतिपय(२०१७),कथास्था(२०२८),कठपुतलीको मन(२०४६) जस्ता कथासङ्ग्रहरू प्रकाशित गरेका यिनको खीर कथामा जीवनमा सधैं यथार्थ र अादर्शको द्वन्द हुन्छ र अन्तिमा यथार्थको नै जित हुन्छ । अादर्शयुक्त जीवन केवल कल्पनाको महल हो तर वास्तविक जीवन अादर्शमा कल्पना गरेको जस्तो नभइ यथार्थमा अर्कै नै बाच्नु पर्छ भन्ने यथार्थ सत्यलार्इ प्रयोगवादी ढाँचामा रचना गरेका छन् ।

यस कथामा खीरसँग मानव जीवनलार्इ तुलना गरीएको छ । संमरणात्मक शैलीलार्इ प्रयोगरी लेखिएको उक्त कथामा न्यून पात्रको प्रयोग पाइन्छ ।म पात्र गान्तोकबाट फर्किएको दिन टिस्टामा वास बसेको ,त्यहि वास वसेको डाकबङ्गलाको कोठाको छेउमै रङकाे कामगर्ने कुल्लीहरूले डेराबनाएका हुन्छन् ।म पात्र बसेको त्यसैदिन कुल्लीहरूले उनीहरू कुरा गर्दै सबै जम्मा भएर खीर पकाएका हुन्छन् ।उनीहरूको एकजना वडार परेको चङ्ला अाँखाको चित्रदिने एउटा स्वरको कुरामा एक पावा चामललार्इ दुर्इ सेर दूध चाइन्छ त्यसको हिसाबले दश शेर दूध चाहिनेमा चार शेर मात्र दूध हाल्छन् । बूढो स्वरको मानिसले चामल नुनिया ल्याउनु पर्ने भन्दा अलुवा नै किन्न गाह्रो हुने कुरा मोटो स्वरले भन्छ । अर्को स्वरले खीर खाने भए कालो नुनिया चामल,दशबाह्र शेर खाँटी दूधकाे अावस्यकता पर्ने कुरा व्यक्त गर्छ। यसैमा अर्काे स्वरले पेस्ता किसमिस हाडेवदाम दालचिनी नरिवल ल्वाङ चाहिने कुरा बताउछन्।यतिकैमा खीर पाक्छ तर खीरमा न वास्ना न स्वाद हुन्छ उनीहरुले पैसा ननिकालेर भनेजस्ताे खीर नबनेकाे स्पष्टाेक्ति पकाउनेले दिन्छ ।अन्तिममा खीर चिनीहालेकाे दूध भात जस्ताे भएकाे माेटाे शाेरले भन्छ सबै हाँस्छन् । लेखकले मानिसकाे जीवन र उनीहरुकाे खीर उस्तै भएकाे तर्क गर्छन् यतिकैमा यस कथाकाे कथावस्तुकाे अन्त्य हुन्छ।
  मानिसकाे जीवनमा पनि याे गर्नुपर्ने त्याे गर्नुपर्ने यस्ताे हुनुपर्ने त्यस्ताे हुनुपर्ने भन्ने अादर्शका कुराहरु हुन्छन तर यथार्थमा  यहि खीर जस्तै असहज समस्या र सम्झाैतामा विताउनु पर्ने यथार्थ प्रस्तुत भएकाे छ । अार्थिक समस्यामा गुजारा गर्नुपर्ने मानिसले एकछाक पनि भनेजस्ताे मिठाे खान पाइरहेका छैनन् भने अर्काेतिर शाेषकले गरेकाे शाेषण र अत्यचार सहिरहेका छन् । सुखी जीवनकाे खाेजी गरी सम्झाैतामा जीवन विताउनु अतिनै गाहाे हुन्छ  तर विताउनुकाे अर्काे विकल्प पनि हुँदैन । याे नै सत्य भन्ने उद्देश्य वाेकेकाे यस कथाले जीवन सिकाउने प्रयास गरेकाे छ ।अमूर्तता  अस्पष्टता र जटिलता तथा चित्रात्मक भाषाकाे प्रयाेग भएकाे यस कथामा अायमेली दृष्टिले उत्कर्ष्ट देखिन्छ ।




सोमवार, 28 अप्रैल 2025

ध्वनि विज्ञान

 ध्वनि विज्ञान















नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...