रविवार, 23 मार्च 2025

कथाको साहित्यका अन्य विधासँगको सम्भन्ध👉👉

 

समानताः

१. दुवै आख्यान विधा भएको,

२.दुवैको वंशाणुक्रम एउटै,

३.दुवैमा गद्यात्मक शैलीको प्रयोग हुने,

४.दुवैमा तत्वगत विशेषताको मेल,

५.कथाको इतिहास र उपन्यासको इतिहास एउटै रहेको,

६.कथा सृजना गर्ने स्रष्टाको मानसिकता र उपन्यास सृजना गर्ने स्रष्टाको मानसिकता एकै किसिमको रहेको,

   असमानताः

१.कथाको कथानक छोटो हुन्छ भने उपन्यासको कथानक लामो हुन्छ ।

२.कथामा जीवनको एक पक्षको मात्र चित्रण हुन्छ भने उपन्यासमा जीवनको सर्वपक्षीय चित्रण हुन्छ ।

३. कथाको क्षेत्र सानो हुन्छ ।यसमा एउटा सानो संसार मात्र देख्न सकिन्छ भने उपन्यासमा जीवनको सर्वपक्षीय चत्रण हुन्छ ।यसमा व्यापक आयामलार्इ समेटिएको हुन्छ ।

४.कथामा पात्रहरूको प्रयोग कम मात्रामा हुन्छ भने उपन्यासमा पात्रहरूको उपस्थिति प्रचुर मात्रामा हुन्छ ।

५.कथाको एउटै उद्देश्य हुन्छ भने उपन्यास बहुउद्देश्यमा केन्द्रित रहन्छ ।

६.कथा एक बसाइमा पढि सकिन्छ भने उपन्यास पढ्न कम्तिमा पनि तीन घन्टा लाग्छ ।

 




समानताः

१.कथा र नाटक दुवै गद्य विधा हुन् ।

२.मौलिकताका दृष्टिले दुवै विधामा समानता पाइन्छ ।

३. नाटक मञ्चीय हुन्छ,त्यस्तै कतिपय कथापनि मञ्चनयोग्य मानिन्छ ।

४.दुवै विधामा पात्रको उपस्थिति अनिवार्य मानिन्छ ।

५.विषयवस्तु तथा भाषाशैलीका आधारमा पनि यी दुवै विधामा समानता पाइन्छ ।

६.नाटकमा संवादको अनिवर्यता हुन्छ ,त्यस्तै कतिपय कथामा पनि सम्वादको मिश्रण पाइन्छ ।

 असमानताः

१.       कथा आख्यानात्मक विधा हो भने नाटक सम्वादात्मक विधा हो ।

२.       कथामा कथानकता हुन्छ भने नाटकमा अभिनयात्मकता रहन्छ ।

३.       कथा पाठ्य विधा हो भने नाटक श्रव्य,दृश्य विधा हो ।

४.       संरचनात्मक हिसाबले कथा लघु आकारको हुन्छ भने नाटकको आकार ठुलो हुन्छ ।

५.       नाटक र कथामा कार्यव्यापार,प्रस्तुतिकरण,स्वरूप र शैलीका दृष्टिले फरक छ।

६.       कथालार्इ पढेर पनि आश्वादन गर्न सकिन्छ भने नाटकलार्इ श्रव्यदृश्यबाट मात्र आनन्द लिन सकिन्छ ।


      समानताः
 १दुवै विधामा गद्यात्मकता पाइन्छ ।
     २.दुवै विधाको विषय,परिवेश र आकारगत रूपमा संरचनागत समानता पाइन्छ ।
    ३. निबन्धको शैलीमा कथा र कथाको शैलीमा निबन्ध तयार गर्न सकिन्छ ।   
    ४.यी दुवै विधामा कलापक्षलार्इ जोड दिइन्छ ।
  ५.दुवैको आकार सानो हुन्छ ।
    ६.आजका कथाहरू अध्ययन र मनन गरी विचार तयार गरेर कथामा अभिव्यक्त गर्दछन् । जब विचारलार्इ कथामा प्रयोग गरिन्छ त्यसले निबन्धको स्वाद दिन्छ अनि निबन्धसँग नजिक देखिन्छ ।



    असमानताः

  १.निबन्ध व्यक्तित्व प्रधान वा वैचारिक हुन्छ भने कथामा निर्वैयक्तिकता हुन्छ ।

    २. कथामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा पात्रको उपस्थिति रहन्छ भने निबन्धमा पात्रको अनिवार्यता पर्दैन ।

          ३.कथामा वर्णनात्मक,विवरणात्मक एवम् व्याख्यात्मक शैलीको प्रयोग भएको हुन्छ भने निबन्धमा विश्लेषणात्मक शैली हुन्छ ।

          ४.  कथाले पाठकलाई भावनात्मक रूपमा प्रभावित गर्छ भने निबन्धले पाठकलाई बौद्धिक रूपमा प्रभावित गर्छ।

       ५. कथामा घटनाहरू र संवादहरू मार्फत सन्देश दिइन्छ भने निबन्धमा तर्कहरूलाई समर्थन गर्नका लागि उदाहरणहरू प्रयोग गरिन्छ।


     समानताः
 १.दुवै विधामा कल्पनाशक्ति प्रयोग पाइन्छ ।
   २.दुवै विधामा साहित्यिक शैलीको प्रयोग गरिएको हुन्छ ।
    ३. दुवै विधामा लेखक मार्फत आफ्ना भावनाहरू, अनुभवहरू, र विचारहरूलाई कलात्मक रूपमा अभिव्यक्त गरिन्छ ।
       ४. दुवै विधामा भाषाको सौन्दर्यलाई ध्यान दिइन्छ।
       ५. दुवै विधामा संक्षिप्तता र गहिराइ दुवै हुन सक्छन्।
      ६. दुवै विधामा सामाजिक प्रतिबिम्ब हुन सक्छ।
      ७. दुवै विधाको उद्देश्य पाठकलाई मनोरञ्जन गराउनु, भावनात्मक रूपमा जोड्नु, र कुनै नैतिक वा सामाजिक सन्देश दिनु हो।
असमानताः

       कथा एक काल्पनिक वा यथार्थवादी घटना वा चरित्रहरूमा आधारित कथात्मक रचना हो भने कविता एक कलात्मक र भावनात्मक अभिव्यक्ति हो जसमा छन्द, तुक र अलंकार हुन्छ।

       कथामा पात्रहरू हुन्छन् जसले कथानकलाई अगाडि बढाउँछन् भने कवितामा पात्रहरू हुँदैनन्। कविले आफ्नो विचारहरू र भावनाहरूलाई प्रस्तुत गर्छ।

       कथामा कथानक हुन्छ जसमा घटनाहरूको क्रमबद्धता हुन्छ भने कवितामा कथानक हुँदैन यसमा भावनाहरू, विचारहरू, र छविहरू प्रस्तुत गरिन्छ।

































बुधवार, 19 मार्च 2025

मानवेतर भाषा👉

 

मानवेतर भाषा👉

मानवको मात्र एकलटी सम्पत्तिको रूपमा भाषालार्इ मानिन्छ तर वास्तवमा मानवको मात्र सम्पत्ति नभइ मानवेतर अन्य प्राणीहरू पनि कुनै न कुनै प्रकारको भाषाको  प्रयोग गर्दछन् । हरेक पशुपंक्षी तथा किराहरू फ्ना समूहले बुझ्ने ध्वनि, सङ्केत ,स्पर्श र वाज निकाल्ने गर्दछन् । पशुको भाषा पशुले बुझ्न सक्दछन् तर उनीहरूका बिच दोहोरो संवाद भने हुदैन । कुनै दुःख, पत,विपद,त्रास वा भयबाट तिएको मान्छेले झै पशुहरूले पनि वाज निकाल्दछन् । पशुहरूको सञ्चार प्रक्रियालार्इ भाषाविधहरूले चार प्रकारको ठम्याएका छन् ।जसमाः

क.     गन्ध सङ्केत

ख.    गीत वा ह्रवान

ग.     दृश्य सङ्केत

घ.     स्पर्श सङ्केत

क.गन्ध सङ्केतः

विभिन्न प्रकारका पशुहरू मध्ये एकथरी पशु तथा किराहरूले फ्नो समूहलार्इ फू एको वा फू त्यहाँबाट ठाउ छोडेको सन्देश दिने गन्ध छोड्दछ । जस्तैः सलहले छोडेको गन्ध सात कोशसम्मको सलहले थाहा पाउछ भनिन्छ ।धेरैजसो पशु तथा किराहरूले सहवास या प्रजनन् हुने अवस्थामा खास प्रकारको सङ्केत गर्दछन् ।त्यसैगरी भय, डर, त्रासको अभिव्यक्तिको क्रममा,भोजनको सङ्कलनको क्रममा र कहिँ उपस्थिति जनाउने क्रममा वा सङ्कट परेको वेलामा फ्नो प्रकारको गन्ध छोडेर अरूलार्इ सङ्केत गर्छन् जसलार्इ गन्ध सङ्केत भनिन्छ ।

 

ख.गीत वा ह्रवान

 कतिपय चराहरू र किराहरू क्रमिक रूपमा वाज गुञ्जाइरहन्छन् ।उनीहरूको यस गुञ्जाइले नै फ्नो सङ्केत अरूलार्इ गर्दछन् ।कतिपय चराहरूले फ्नो जात र स्वरूपको परिचय दिने वाज निकाल्दछन् । कुनै चराहरूले उच्चारण गरेको वाजलार्इ ध्यान दिँदा नेपाली प्रकृति अनुशारको अभिव्यक्तिलार्इ सङ्केत गरेको भान हुन्छ । जस्तैः पोखरा जाम,वीउ कुइयो, काफल पाक्यो दी त्यसैगरी भ्यागुता ट्वार ट्वार गरी कराइ रहन्छ भने झ्रयाउकिरी झ्याँइ इयाँइ गरेर एक प्रकारको लयात्मक वाज प्रकट गर्दछ । यी गीतमय ध्वनी र वाजका माध्यमबाट यी पशुपंक्षी वा किराहरूले फ्नो भोकको अवस्था,समयको स्थिति,सहवासको इच्छा,भय, त्राश र डरको अवस्था साथै फ्नो एक्लो र सामूहिक उपस्थितिको समेत सङ्केत जनाउने कार्य गर्दछन् । त्यस्तै कुकुर, स्याल, बाँदरको ह्रावनयुक्त बोली र सङ्केत पाइन्छ ।

 

ग.दृश्य सङ्केत

प्रकाश वा अन्य कुनै माध्यमले सङ्केत गर्ने प्रक्रियालार्इ दृश्य शङ्केत भनिन्छ । यस अन्तरगत प्रकाश,मुखाकृति,पोज तथा ढाँचा पर्दछन् ।यसमा खास गरेर प्रकाश सङ्केत पाइन्छ। जुनकिरीहरूले प्रकाश छरेर सङ्केत दिन्छन भने माछाहरूले पनि उज्यालो छरेर सङ्केत दिन्छन। चराहरूले पनि नाचेर घुमेर तथा शरीर फुलाएर अनि शारीरिक रङ्ग बदलेर सङ्केत गर्दछन्। समुद्री जनावरहरू पनि यस्तो दृश्य सङ्केत गर्दछन् । कतिपय जनावरहरूले मानिसको जीवनमा पाइने जस्ता शारीरिक आकृति र स‌ङ्केतहरू देखाउने गरेको पाइन्छ जस्तै कुकर गाई, भैसी गोरु घोडा जस्ता जनावरहरूले आफ्नो मालिक बाहेक अर्कोलाई कुनै सङ्केतले नौलो मान्छे भएको सङ्केत गर्दछन। यसैगरी आफ्नो पोज तथा ढांचाद्वारा केही सङ्केत गर्ने जनावरहरूमा मृग, हरिण, जरायो-खरायो तथा बाघ आदि देखा पर्दछन। बाघको हेराइ र उभ्याइमा, मृग र हरिणको दौडाइ, उफ्राइ ,फर्काइ र हेराइमा यस्तै दृश्यात्मक सङ्केतहरू देखिन्छन ।



घ स्पर्श सङ्केत

एकले अर्कोलाई छोएर कुनै कुराको उल्लेख गर्नु वा कुनै प्रकारको छुवाइले (कुनै अङ्ले कुनै अङ्गलाई) यही कुराको सङ्केत गरेको हो भनेर बुझ्नु यी दुवैतर्फी अर्थलाई  नै स्पर्श सङ्केत मानिएको पाइन्छ। कतिपय प्राणीहरू छोएर आफ्नो कुराको अभिव्यक्ति गर्छन् । यो स्पर्श सङ्केत खासगरी माछाहरूमा पाइन्छ भन्ने उल्लेख छ । सहवासको वा प्रजननको बेलामा भाले माछाले पोथी माछालाई छोएर सङ्केत गर्दछ। यसैगरी चराहरूमा र बाँदरहरूमा पनि प्रजननको बेला स्पर्श सङ्केत गर्ने प्रवृत्ति देखिन्छ । कतिपय चराचुरुङ्गी र जनावरहरू अघिपछि एक्लै बस्छन भने प्रजननको बेला सगोलमा बस्दछन् र कतिपय चाहिँ सधैभरी फ्नै बथानमा बस्ने गर्दछन् । यसरी विभिन्न पशुपंक्षी,चराचुरूङ्गी,किरा फट्याङ्ग्राहरूको सङ्केतको उपयोग खासगरी सहवास र प्रजननको बेला, पसी सहयोग र एकताका निम्ति उपस्थति भएको पाइन्छ ।

मंगलवार, 30 जनवरी 2024

कथाको वर्गीकरण

 

कथाको वर्गीकरण

 समाज सापेक्ष विधाको रूपमा विकसित हुँदै आएको कथाले प्रारम्भदेखि आजसम्म आउँदा अनेक स्वरूप बदलेको छ। विषय र शैलीका दृष्टिले पनि यसमा एकरूपता पाइदैन। कथाको वर्गीकरण प्रसङ्गमा के भन्न सकिन्छ भने कथा यति नै प्रकारका हुन्छन् भनेर किन गर्न सकिँदैन  , कथाको वर्गीकरण पनि विभिन्न समीक्षकहरूले आ-आफ्नै तरिकाले  धारणा प्रस्तुत गर्दै कथाका विविध प्रकारलाई देखाएको पाइन्छ ।

 कथाको वर्गीकरण गर्दा

 विषयलाई मात्र, शैलीलाई मात्र, वा उद्देश्यलाई मात्र आधार मानी कथाका प्रकारगत विभाजन गर्न सकिन्न । त्यसैले कथाको वर्गीकरण गर्दा निम्नप्रकारका आधारलाई लिई गर्नु उपयुक्त देखिन्छ

क.चिक्षेत्र

 एउटै विषयमा पनि विभिन्न रुचि भएका कथाकारले विभिन्न कथाहरू रचना गर्न सक्छन्। यसैले कथाको विषयलाई कथाकारले रुचिक्षेत्रसँग गाँसेर हेर्नु पर्दछ । कुनै पनि विषयवस्तु प्राप्त गर्ने वित्तिकै एउट समाजशास्त्रीय दृष्टिकोणमा रुचि लिने कथाकारले सोहीअनुरूप कथालाई ढाल्दछ भने मनोविज्ञानमा रुचि लिने कथाकारले त्यसलाई मनोवैज्ञानिक कथाको रूपमा प्रस्तुत गर्दछ अनि दर्शनमा रुचि भएका कथाकारले त्यही विषयवस्तुलाई दार्शनिक रूपले प्रस्तुत गर्दछ।यसरी कथाकारले रुचिअनुसार एउटै विषयलाई सामाजिक, मनोवैज्ञानिक, दार्शनिक कथाका रूपमा प्रस्तुत गर्न सक्छ । प्रत्येक कथाकारको आ-आफ्नो रुचि हुन्छ र त्यसै अनुसारका कथाहरू उसले रचना गर्दछ । मैनाली, पुष्कर शमशेरको रुचिक्षेत्र सामाजिक भएकाले उनीहरुबाट सामाजिक कथा लेखिए। गोठाले, विजय मल्ल, भिक्षु, विश्वेश्वरप्रसाद कोइरलाको रुचिक्षेत्र मनोविज्ञान भएकाले मनोवैज्ञानिक र मनोविश्लेषणात्मक कथाहरू निर्माण भए। यसरी कथाको वर्गीकरण विषयलाई मात्र पक्डेर होइन कथाकारको रुचिक्षेत्रलाई आधार बनाई वर्गीकरण गर्नु पर्ने हुन्छ। यस आधारमा कथाका प्रकारहरू यी हुन सक्छन्

 सामाजिक:

सामाजिक विषयवस्तुमा रुचि लिएर लेखिएका कथाहरू सामाजिक हुन्छन् । यो कल्पित हुन्छ र आफ्नो समाजको सामयिक जीवनको चित्र यसमा उतारिएको हुन्छ । यसमा समाजका घटना, पात्र, समस्या, कार्य आदिको चित्रण रहन्छ

 मनोवैज्ञानिक

जुन कथामा कुनै पात्र वा पात्रको मनको अध्ययन र विश्लेषण गरिन्छ, सामान्य र असामान्य मनोदशाको चित्रण गरिन्छ त्यसलाई मनोवैज्ञानिक वा मनोविश्लेषणात्मक कथा भनिन्छ । यसमा पात्र वा चरित्रका मनको विभिन्न तहहरूको विश्लेषण र पात्रका मनमा परेको कुष्ठा वा विकृतिको उद्घाटन गरिएको हुन्छ। गोठाले, विजय मल्ल, विश्वेश्वरप्रसाद कोइराला आदिका कथा यस फाँटमा पर्दछन् ।

ऐतिहासिक तथा पौराणिक

इतिहासका प्रसिद्ध घटना र चरित्रलाई लिएर वा पुराणका प्रसिद्ध घटना वा चरित्रलाई लिई लेखिएका कथाहरू यसअन्तर्गत पर्दछन्। यस क्षेत्रमा बदरीनाथ भट्टराई , रुद्रराज पाण्डे जस्ता कथाकारहरूको विशेष रुचि देखिन्छ।

 राजनैतिकः

 कुनै खास राजनैतिक वाद वा सिद्धान्तको विरोध वा समर्थनमा लेखिएका कथाहरू राजनैतिक कथाहरू हुन् । यस्ता कथाहरू कुनै शासन वा सिद्धान्तलाई हटाउन वा स्थापित गर्न रुचि लिएका कथाकारले लेखेका हुन्छन् ।

 दार्शनिकः

कुनै दार्शन वा विचारसँग वद्ध भएर तार्किक विचारहरू प्रकाशन गर्ने रुचिले लेखिएका कथाहरू दार्शनिक कथा हुन्।

रीतिक्षेत्र

कुनै पनि विषयवस्तुलाई कथाकारले कस्तो रूप दिन चाहन्छ त्यसै अनुरूप ती स्वतन्त्र हुन सक्छन्। जस्तो सामाजिक विषयलाई कथाकारले आफ्नोतिक्षेत्रअनुसार यथार्थवादी, स्वच्छन्दतावादी, प्रकृतवादी, अस्तित्ववादी, आदर्शवाद प्रगतिवादी आदि बनाउन सक्दछ। यसरी कथावस्तुलाई कुन प्रवृतिमा ढालिएको छ, त्यसैको धारमा  कथाका प्रकारहरू बनाउन सक्दछ । विषयलाई सम्पादन कसरी गरिएको छ त्यसै अनुरूपका कथाहरूको सिर्जना हुन सक्छ।

 शैली

कथाको वर्गीकरणको एउटा आधार शैली पनि हो । शैलीका आधारमा कथाका प्रकारहरू यस किसिमले निर्धारण गर्न सकिने देखिन्छ –

अभिव्यक्ति प्रणालीका र रचन विधान

 अभिव्यक्ति प्रणालीका आधारमा कथाका प्रकारहरू यी हुन सक्छन् :

 क. वर्णनात्मक शैली

ख. डायरी शैली

ग. पत्रात्मक शैली

घ. नाटकीय शैली

. रचनाविधानका आधारमा

 क. घटना प्रधान

ख. चरित्र प्रधान

ग. परिवेश प्रधान

परम्परागत र आधुनिक शैलीका आधारमा

क. परम्परागत शैलीका कथा

ख. आधुनिक शैलीका कथा

कथानकको ढाँचाका आधारमा

क.    रैखिक

ख.    वृत्ताकारीय

शब्द प्रयोगको आधारमा

क.    संस्कृत शब्द प्रयुक्त

ख.     स्थानीय शब्द प्रयुक्त

अर्थका तहका आधारमा

क. अभिधात्मक

ख. अन्योक्तिमूलक

ग.प्रतीकात्मक

दृष्टिविन्दु

क. प्रथमपुरुष प्रधान (आन्तरिक दृष्टिविन्दु)

ख. तृतीय पुरुष प्रधान (बाह्य दृष्टिविन्दु)

 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...