बुधवार, 16 नवंबर 2022

शब्दवर्ग/ पदवर्ग

 

शब्दवर्ग/ पदवर्ग

  एक वा एक भन्दा बढी वर्णहरुबाट बनेको स्वतन्त्र रुपमा प्रयोग हुन सक्ने भाषाको अर्थ युक्त एकाइलाई शब्द भनिन्छ | शब्द जब वाक्यमा प्रयोग हुन्छ तब त्यसलाई पद भनिन्छ | यस्ता पद वर्गहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

क) नाम

कुनै व्यक्ति,वस्तु,र अवधाराणा जनाउने शब्दहरुलाई नाम भनिन्छ | यस्ता नामहरु व्यक्ति वाचक,जाति वाचक,समूह वाचक,द्रव्य वाचक,र भाव वाचक गरी पाँच प्रकारका हुन्छन् |

-व्यक्तिवाचक:- नेपाल, गोपाल,दशैं,सगरमाथा,विराटनगर आदि
-
जाति वाचक :- देश,मानिस,चाड,हिमाल, जनावरआदि
-
समूह वाचक :- ताँती, झुप्पा, भीड, फौज, पल्टन, वर्ग आदि

- द्रव्य वाचक :- नुन,सुन,चिनी,पानी,तेल,घ्यू, आदि
-
भाव वाचक :- दया,माया,हर्ष,खुशी,पढाइ,लेखाइ, आदि
नाम शब्दमा सामान्यतय को, के , कसले ,कसलार्इ प्रश्नको उत्तरमा उँछ ।

जस्तै –

को उठ्छ ?

  - भाइ, भिनाजु , हरि

चउरमा के वस्यो ?

  -गार्इ, पाठो , घोडा

यो किताब कसले किन्छ ?

-   हरिले

जोकरले कसलार्इ हसायो ?

-   दर्शकलार्इ


कर्ता वा पुरकका रूपमा उने विशेषण वा क्रियाविशेषण वाक्यात्मक कार्यका धारमा नाम नै हुन्छन् ।

जस्तै  मोटीले भारी बोकी ( कर्ता)

   सरिताले कालालार्इ रोजिन (कर्म)

नामले विशेषणको विषेष्य भइ काम गर्छ ।

जस्तै – अग्लो घर

     पढेको मान्छे

ख) सर्वनाम

    नामको सट्टामा प्रयोग भई नामको सरह काम गर्ने शब्दलाई सर्वनाम भनिन्छ |सर्वनामपाँच किसिमका छन् |

 -पुरुष वाचक :- म,हामी,तँ,तिमी,तपाईं,हजुर,,उनी,ती,तिनी,यी,यिनी,यो,त्यो,यिनीहरु आदि |
 -
सम्बन्धवाचक:- जुन,जे,जो,जुनसुकै,जेसुकै,जोसुकै,कोही,केही,कुनै आदि |
 -
दर्शकवाचक:- यो,यी,यिनी,त्यो,ती,तिनी, आदि |
 -
प्रश्न वाचक :- को,के,कुन,कोको,केके,कुन कुन आदि |
 -
निज वाचक :- आफू,स्वयम्,आफैँ,निज आदि |

१.सर्वनामले वाक्यमा उद्देश्य वा कर्ताको काम गर्छ ।

जस्तै – हामीले घरको काम गर्यँ । (हामी – कर्ता/ उद्देश्य)

२. सर्वनामले वाक्यमा विभिन्न पुरूषको रूपमा काम गर्छ ।

जस्तै – पाठ पढ्छु । (प्रथम पुरूष)

तिमी कथा लेख्छ ।(द्वितिय पुरूष )

उनी भोली अमेरीका जाने छिन् । ( तृतिय पुरूष )

३. सर्वनामले सकर्मक क्रियाको कर्म भएर काम गर्छ ।

जस्तै-


ग) विशेषण

        नाम वा सर्वनामको विशेषता बुझाउने शब्दलाई विशेषण भनिन्छ | नाम वा सर्वनाममा कति,कस्तो,कत्रो,कुन,कसको,जस्ता प्रश्न गर्दा आउने उत्तरहरु विशेषण हुन्छन् |

-
गुणबोधक:- अग्लो,ठूलो,सानो,गाउँले,जङ्गली,पाल्पाली,प्राचीन,मासिक

विगत,कालो,निलो,सफा,हराभरा,फलामे,पन्यालो,उत्कृष्ट,निपूर्ण,सार्वजानिक आदि |
-
परिणामबोधक:-धेरै,थोरै,आधा,कम,प्रशस्त,निकै,यथेष्ट,सबै,सम्पूर्ण आदि |
-
सङ्ख्याबोधक :- एक,दुई,पचास,लाख,चौथो,पाँचौ,पचासौं,प्रत्येक,हरेक  आदि |
-
सर्वनामिक:- यो भकुण्डो,जे काम,जुन ठाउँ,केही मान्छे,ती रुख आदि |
-
भेदक:- मन्दिरको देश,हाम्रो संस्कृति,आफ्नी बहिनी आदि |
- 
कृदन्त :-धातुमा एको,एकी,एका,दो,ने प्रत्याय लागेर निर्माण हुने :
   
लेखेका,उठेकी,बस्दो,लेख्ने आदि |


घ) क्रियापद

क्रियापदले कर्ताले गरेको काम,घटेको घटना,परिस्थिति वा अवस्था विशेषलाई सङ्केत गर्दै वाक्यलाई टुङ्ग्याउंछ,|

जस्तै:
पढ्यो, गर्छन्, खेल्दैछन्, बसेकाछन्, गएछ, पढ्थे आदि |


ङ) क्रियाविशेषण / क्रियायोगी

           समय, स्थान, कामको तरिका तथा कारण बुझाउने शब्दलाई क्रियाविशेषण भनिन्छ | यसलाई क्रियायोगी पनि भनिन्छ | क्रियाविशेषणले क्रियाविशेषणको विशेषता बुझाएको हुन्छ | जस्तै:
आज,भोलि,हिजो/तल,माथि,वर,पर,अगाडि,पछाडि/

विस्तारै,सुस्तरी,राम्ररी,जोडले,लुसुक्क,भुसुक्क,कपाकप,फटाफट,पढ्न,खान,सुत्न,हाँस्न,र धातुमा इ/एर/न/तै/दै/ता/दा/नाले/इन्जेल/उन्जेल/अरी प्रत्याय लागेर बनेका शब्द क्रियाविशेषण हुन्छन् |

१.वाक्यमा क्रियाको वर्णन गर्छ ।

जस्तै – केटो टक्क अडियो ।

२. विशेषणको विषेषता पनि बुझाउछ ।

 जस्तै - निमको पात निकै तितो छ ।

३.क्रियायोगिको विशेषता जनाउँछ ।

जस्तै - उर्मिला असाध्यै विस्तारै वोल्छे ।

४. वाक्यको अगाडिपट्टि एर पुरै वाक्यको विषेषता जनाउँछ ।

जस्तै – भाग्यले राम परीक्षामा पास भयो ।

५.यसले कहिलेकाहि विशेषण , क्रियाविशेषण र पुरै वाक्यको पनि विशेषता बुझाउँछ ।

६. यसलार्इ पहिचान गर्न कहाँ , कहिले , कता  किन , कसरी कतिपल्ट जस्ता प्रश्न गर्नुपर्छ ।

 

च) नामयोगी

          नामिक पदसँग (नाम,सर्वनाम र विशेषण) जोडिएर उने एक प्रकारको अव्यय पदलार्इ नामयोगी भनिन्छ । यसले वाक्यमा अर्को पदसँग अर्थगत सम्भन्ध जनाएको हुन्छ ।

 

जस्तै- प्रमोध खाटमाथि वस्यो ।(क्रियासँग)

रामभन्दा सुवोध ज्ञानी छ । (नामसँग )

नामयोगीले वाक्यमा समय,स्थान,रीति,अवधि,

दिशा,सहभाव,दि सम्भन्ध  जनाउँछ ।

 जस्तै- स्थान – माथि तल , मुनि , भित्र, बाहिर

         काल- खेर , पूर्व , पश्चात,पल्ट , वित्तिकै ताका

        रीति – झै , बमोजिम , |

जस्तै:
अघि,पछि,तल,माथि,भित्र,बाहिर,अनुसार,बमोजिम,सम्म,पर्यन्त,तिर,तर्फ,विना,बाहेक,सिवाय,सित,सँग आदि |

 छ) संयोजक

दुई वा सो भन्दा बढी पद,पदावली,र उपवाक्यलाई जोड्न प्रयोग गरिने अव्यय शब्दलाई संयोजक भनिन्छ | संयोजक सापेक्ष र निरपेक्ष गरी दुई प्रकारका हुन्छन् |

 
जस्तै:- जब,तब,भनी आदि सापेक्ष हुनभने र,वा,तर आदि निरपेक्ष हुन् |


ज) विस्मयादिबोधक

         आकस्मिक रुपमा कुनै काम भयो वा घटना घट्यो भने व्यक्तिले प्रकट गर्ने हर्ष,खुसी,घृणा,आश्चर्य,दु:ख,सुख,पीडा,आदि मानिसका मनमा उत्पन्न हुने मानसिक संवेगलाई विस्मयादिबोधक भनिन्छ|


जस्तै: अहो,अरे,आम्मै,आहा,कठै,बिचरा,ऐय्या,स्याबास,वाह,धत्तेरी,हत्तेरी,कसम,नाइँ,अहँ आदि |


झ) निपात

       आफ्नो स्वतन्त्र रुपमा केही अर्थ नभएका तर वाक्यमा प्रयोग भएपछि अर्थलाई चमत्कारी बनाउने पदहरुलाई निपात भनिन्छ |

जस्तै:
खै,पो,,नि,नै,रे,,सायद,हँ,हगि,है,,ता, आदि |

विशेषत: नेपाली व्याकरणमा पदवर्ग निम्न अवस्थामा विचलन हुने गर्छन् =

1.नामबाट विशेषणमा= नाम पदमा षष्ठी विभक्ति लागेको अवस्थामा। जस्तै= राम= रामको

2. सर्वनामबाट विशेषणमा विशेष गरी दर्शकवाचक सर्वनाम भएको अवस्थामा सर्वनामका साथ नाम पद आएमा। जस्तै= त्यो यतै आयो( त्यो = सर्वनाम ), त्यो मान्छे यतै आयो। (त्यो विशेषण )

3. विशेषणबाट क्रियायोगीमा = विशेषणको पहिचानका लागि कस्तो, कत्रो, कति, कुन को उत्तरमा आउने शब्द विशेषण हुने भनिए पनि= क्रियासङ्ग प्रत्यक्ष सम्बन्ध राख्ने अवस्थामा कति? को उत्तरमा आउने पदसमेत क्रियाविशेषण हुने। जस्तै, रामले धेरै खाना खायो।( धेरै विशेषण ) राम धेरै जान्ने/ सिपालु छ। ( धेरै= क्रियाविशेषण )

4 धातुबाट क्रिया बन्छ भन्ने अवधारणाबाहेक विशेषण र क्रियाविशेषणमा = पढ् =धातु , धातुमा कालिक प्रत्यय लागे क्रिया । त्यसबाहेक धातुमा ने, एको लागेमा विशेषण अनि धातुमा न, नाले, दै लागे क्रियाविशेषण .

5.नामयोगीबाट क्रियाविशेषणमा यदि नामिक पदसङ्ग एउटै डिकोमा जोडिएर आए नामयोगी।जस्तै तिमी मेरो मुटुभित्र छौ। नायो

6. केही संयोजकबाट निपातमा

 















शुक्रवार, 24 जून 2022

पीडा आरोहण । एकाङ्कीको विश्लेषण


परिचय

लेखक- कृष्णशाह यात्री


जन्म - वि.स.२०२३ उदयपुर,कट्टारी

शिक्षा - स्नातकोत्तर (आमसञ्चार तथा पत्रकारीता )

      - चलचित्र लेखन तथा निर्देशन विषयमा डिप्लोमाको उपधि प्राप्त

पहिलो नाट्य कृति - चिसो बस्ती (२०४७)

उनका कृतिहरू - 

क. नाटकः समय अवसान(२०६१), मान्छे / मान्छेहरू(२०६४) एकाङ्की,फुच्चे रोबोर्ट(२०६५) बाल नाटक सङ्ग्रह ,हिममाङको  ौरी (२०६५) बाल  नाटक , अतिरिक्त यात्रा (२०६७ ) ,जलपरी (२०६७) बाल नाटक ,पीडा आरोहण (२०६९)

ख. लघुकथाः शूक्ष्म शिखाहरू(२०५६) , आणविक अस्त्र (२०६५) , तारो (२०६९)

ग. बालकाव्य सङ्ग्रहः तिखेको सिंङ (२०६६) ,भूतको बाँसुरी (२०६७) 

सम्मान तथा पुरस्कारः कालो आकृति , दोषी स्वरूप , निर्वासित मनहरू विस्थापन आदि नाटक लेखन तथा निर्देशनबाट पुरस्कृत, राष्ट्रिय नाटक महोत्सव २०५८ का लागि नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानबाट सर्वोत्कृष्ठ नाट्य निर्देशन पुरस्कार

पत्रिका सम्पादनः ज्योतिपुञ्ज, थिएटर नेपाल डट .कम . पत्रिका

नाट्यगत प्रवृत्तिः

१. आधुनिक कालका उत्तरवर्ती नाटककार,

२. उत्तर आधुनिकतावादी,

३. प्रयोग धर्मी , प्रयोगवादी,

४. नविन विधि ,प्रविधि र शैलीका नाटक लेखन र निर्देशन,

५. रङ्गमञ्चमा अपाङ्ग भएकाहरूलार्इ सहभागी गराइ डायस्फोरा कृतिको मञ्चन गर्ने निर्देशक,

६. समसामयीक विषय ( युद्ध , दुर्घटना,मृत्यु, वेरोजगारी, पीडा आदी ) मा आधारित नाटक तथा एकाङ्की लेखन ,

 एकाङ्कीको  विश्लेषण

                  उत्तर आधुनिक कालीन ससक्त प्रतिभा ‘कृष्णशाह यात्रीʼ (२०३२) नाट्य विधाका प्रखर व्याक्तित्वका रूपमा चिनिन्छन् ।आम सञ्चार तथा पत्रकारीतामा स्नातकोत्तर गरेका यात्रीले चिसो वस्ती (२०४७) नामक नाट्य कृति लिएर नाट्य यात्रा सुरू गरेका थिए । समय अवसान(२०६१) ,मान्छे / मान्छेहरू (२०६४) अतिरिक्त यात्रा (२०६७) आदी थुप्रै नाटक / एकाङ्कीहरूका साथै लघु कथाहरू , बालनाटक सङ्ग्रहहरू , बालकाव्य सङ्ग्रहहरू ,पटकथा तथा चलचित्र लेखन पनि गरेका छन् । उनले सर्वोत्कृष्ट नाटक पुरस्कार (२०५८) , रङ्गमञ्च सफलता सम्मान (२०६८) ,रूपक कला स्मृति सम्मान (२०६८)  जस्ता थुप्रै पुरस्कारहरूबाट पुरस्कृत यात्री ज्योती पुञ्ज थिएटर डट. कम. पत्रीकाका सम्पादकका रूपमा कार्यरत छन् । आफ्ना नाटकमा नयाँ शिल्प र शैलीको प्रयोग गर्न रमाउने यात्रीले समसामयीक विषय युद्ध दुर्घटना ,मृत्यु बेरोजगारी आदी विषयलार्इ आफ्नो विषयवस्तु बनाएका छन् । उनले साङ्केतिक नाटक लेखि त्यसलार्इ बहिरा कलाकारहरूका माध्यमबाट मञ्चन गर्ने कार्य पनि गरेका छन् । नेपालमा भएको १० वर्षे जनयुद्ध र त्यसले निम्त्याएका दर्दनाक पीडालार्इ नै विषयवस्तु बनाइएको पीडा आारोहण (२०६९) एकाङ्कीमा सर्वसाधरण जनताले भोग्नु परेका यातनालार्इ मार्मिकताका साथ प्रस्तुत गरिएको छ । 

       यस एकाङ्कीमा अभय , शान्तादेवी ,अभय र शान्तादेवीको जेठो छोरो ,कान्छो छोरो ( सिद्धार्थ ) ,छोरी विनीता , समाचार वाचक सङ्केतक र नम्रता , अभयसँग कुरा गर्न आएका काल्पनिक पात्र अक्षर १, अक्षर २ अक्षर ३ , अक्षर ४ , जस्ता आदी पात्रहरूको समावेश देखिन्छ ।  अभय यस नाटकको घर मूली हो ।  ६१ बर्षको , पढेलेखेको सामान्य परिवारको व्यक्ति हो । ऊ एक द्वन्द पिडितको रूपमा देखिएको छ । उसले कथा लेख्न लागेबाट नाटकको सुरूवात हुन्छ । यस क्रममा साँझको सात बजिसकेको हुन्छ ।  ऊ टेलीभिजन खोल्छ । टेलीभिजनमा बिभिन्न खाले दुर्घटना र मृत्युका समाचारहरू सङ्केतकले वाचन गर्छ । त्यतिनै बेला अभयकि श्रीकती शान्तादेवी त्यहि पुग्छे । जेठो छोराको मृत्युको पीडाले विछिप्त अवस्थामा पुगेकि शान्तादेवीले समाचारको अातङ्कले अत्याएको भन्दै अाफ्नो पतिलार्इ समाचार बन्द गर्न लगाउछे र गरूङ्गा समाचार सुन्न र सुनाउन निषेध गर्छे । मानसिक रूपमा विरामी परेकी शान्तादेवी कुरा गर्दागर्दै थरथर काम्न थाल्छे । अभय श्रीमतीलार्इ सम्झाउन  थल्छ तर शान्ता सम्झने हालतमा हुन्न । उसलार्इ बम, बारूद ,एम्बुसका सपनाहरूले डराइराखेका हुन्छन् । जेठो छोरालार्इ सेनाले मारेको स्मरण गर्छे र वेहोस हुन्छे । छोरो सिद्धार्थको सहयोगमा शान्तादेवीलार्इ क्ष्यानमा लगेर आराम गराइन्छ । नाटकको दोस्रो खण्डमा आइपुग्दा अभय सोफामा वसी पत्रिका पल्टाउँछ । त्यतिवेला उसलार्इ अक्षरहरू आएर आतङ्कीत पार्छन् । अभयसँग कुरागर्न आएका अक्षरहरू क्रमसः आफ्नो परिचय दिदै आफूलार्इ जथाभावी प्रयोग नगर्न धम्कि दिन्छन् र त्यहाबाट विलाउँछन् । अभय आतङ्कित भइ कराउछ । अभय छोरो विदेश(क्यानडा) जाने कुरामा सहमत हुँदैन र देशमा बसेर सिद्धार्थले सो कुराको विरोध गरि देशमा कोहि सुरक्षित नभएकाले आफू विदेश जाने र पछि बाबुआमालार्इ पनि लैजाने कुरा गरि विदेश हिड्छ । सिद्धार्थको यात्राको क्रममा हवार्इ दुर्घटनामा परि मृत्यु हुन्छ । समाचारमा हवार्इ दुर्घटना भएको र सिद्धार्थको मृत्युको खवरले शान्तादेवीले आफ्नो विच्छिप्त व्यवहार प्रदर्शन गर्छे । त्यसैवेला छोरी गरिमा आइ दाइ चढेको हवाइजहाज दुर्घटना भएको कुरा अभयलार्इ सुनाउँछे यसरी यस एकाङ्कीको अन्त्य हुन्छ । 

        द्वन्दको भारमा परेका सर्वसाधरण जनताहरूको पिरमर्कालार्इ समेटिएको उक्त एकाङ्कीमा द्वन्दका कारण मानिस कसरी भयभित भएर बाच्न बाध्य छन् भन्ने कुरा देखाउन खोजिएको छ । सर्वसाधरण मानिसको चाहना भनेको परिवाका सबै सदस्य एकैसाथमा वसेर हाँसी खुसी रमाउने हुन्छ । उनीहरूलार्इ युद्ध, हिंसा र आतङ्क मन पर्दैन । शान्त आकाशमा आनन्दले निदाउन चाहन्छन् । उनीहरूमा कसैप्रति पनि क्रुरता, दुष्टता र कटुता हुदैन त्यसैले त्यस्ता सर्वसाधण मानिसहरूको भावनालार्इ जातोमा पिसिनु हुदैन । उनीहरूको भावनाको कदर नगर्दा र समाजमा द्वन्द फैलिदा मानसिक तनावका कारण अनेकन समस्या आउनुका साथै धेरै मानिसले अकालमा नै ज्यान गुमाउनु पर्छ । मानिसलार्इ कुनै विकास गर्नुको सट्टा ज्यान कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्छ । उन्नतिको बाटो बन्द हुन्छ । मानिस विदेशीन चाहन्छ । ज्यान जोगाउन भाैतारिदा भाैतारिदै देहान्तमा पुग्न सक्छ । त्यसैले युद्दद्वारा न्याय खोज्न भन्दा शान्ती र वार्ताद्वारा न्याय खोजी द्वन्द रहित स्वस्थ्य समाजको सिर्जना गर्नुपर्छ भन्ने आसय यस एकाङ्कीमा पाउन सकिन्छ ।  जीवनमा आफ्ना आफन्त गुमाएर बाच्नु भनेको सजाय भोगे बराबर हुन्छ । कुनै गल्ती विना नै सजाय भोग्दाको पीडा कस्तो हुन्छ भन्नेकुरा शान्तादेवी र अभय जस्ता पात्र मार्फत यहाँ प्रष्ट पार्न खोजिएको छ ।

       लेख्य सम्प्रेषण भरपर्दो र पारदर्शी हुनुपर्छ ।त्यसैले त्यसलार्इ सम्प्रेषण गर्दा शुद्ध र स्पष्ट तरिकाबाट गर्नुपर्छ । जसले गर्दा दोहोरो अर्थ नलागोस् । शब्दहरूमा पारदर्शीता , शुद्धता र स्तरियता घट्दै गइरहेको छ । त्यसलार्इ व्यवस्थित गरि सहि तरिकाबाट लेख , रचना र साहित्य निर्माण गरिनु पर्छ भन्ने विचार पनि यहाँ व्यक्त गर्न खोजिएको छ । 

       निष्कर्षमा भन्नुपर्दा स्वस्थ्य समाज निर्माणको लागि द्वन्द रहित शान्त वातावरणको व्यवस्था सबै मिलेर गर्नुपर्छ । सुचनाको माध्यम समाचार सम्प्रेषण गर्दा मानिसलार्इ नकारात्मक असर पर्ने तरिकाबाट गरिनु हुँदैन । सहि कुराको सहि तरिकाबाट व्यवस्थित शब्दहरूको सम्योजन  गरि सूचना सम्प्रेषण गरिनु पर्छ भन्ने कुराहरू प्रस्तुत गर्दै स्वस्थ समाजको चाहना यस एकाङ्कीमा गरिएको छ । सरल भाषाशैली आगन्तुक शब्दहरू नविन पात्रहरूको प्रयोगका साथै अभय , शान्तादेवी र सिद्धार्थ जस्ता पात्रहरूको दोहोरो अर्थका कारण एकाङ्की मार्मीक बन्न पुगेको छ ।



रविवार, 15 मई 2022

सत्ताको खोजमा - एकाङ्कीको विश्लेषण


 मनोवैज्ञानिक एकाङ्कीकार विजयमल्ल (१९८२ – २०५६ ) बहुमुखी प्रतिभाका धनि मानिन्छन्। यिनले साहित्यका विविध विधामा कलम चलाएका देखिन्छन् । पचारिक रूपमा इ.एस्सी सम्मको अध्ययन गरेका मल्ल नाट्य विधामा २००१ सालमा राधा मान्दिनʼ नामक एकाङ्की लिएर देखा परेका थिए । कोहि किन वर्वाद होस् (२०१५), जिउदो लास (२०१७) , भोली के हुन्छ ? (२०२२) , स्मृतीका पर्खाल भित्र (२०४०) जस्ता थुप्रै पूर्णाङ्की तथा एकाङ्कीहरू प्रकाशनमा ल्याएका मल्लले वेधनिधी पुरस्कार , साझा पुरस्कार (२०२७) , गोर्खा दक्षिण बाहु (२०४१) दि पुरस्कार तथा सम्मानहरू प्राप्त गरेका थिए । समाजमा देखा परेका जटिलताको उद्घाटन, नविन विषयवस्तुको प्रस्तुतीका साथै समाजमा देखापरेका विकृति र विसङ्गतिको चिरफार गरि वर्गीय,लैङ्गिक भेदभाव प्रति वाज उठाएको देखिन्छ ।यिनको सत्ताको खोजमाʼ एकाङ्कीमा नारी अस्तित्वको खोजि गरिएको छ। अस्तित्व विहिन भएर निरिह जीवन जिउनु भन्दा स्वतन्त्रता र समानताको लागि नारीहरूले विद्रोह गर्नु पर्ने कुरा यस एकाङ्कीमा प्रस्तुत गर्न खोजिएको छ।

 यस एकाङ्कीमा बि.ए. पढ्न गाउँबाट मीना र शीला काठमाडआएका छन् । उनिहरू स्वयम्भू स्थित घरमा डेरा सरेका छन् । भरियाले सामान ओसार्छ र आफ्नो ज्याला लिएर जान्छ । मीना र शीला बीच प्रो. कृष्णप्रसाद र उसकी प्रेमीका , काठमाडंका मानिसका प्रवृत्ति नारी भएका कारण गर्नु पर्ने संघर्ष आदि विषयमा कुरा हुन्छ । प्रो. कृष्णप्रसाद पुरूष भएकै कारण आफ्नै चेलीलार्इ झुटो प्रेम गरेको र संगै बस्ने प्रस्ताव अस्वीकार गरेको कुरा मीनले गर्छे। भाउजू आएर त्यो कोठामा नवस्न आग्रह गर्दै अर्को कोठामा बस्नु भन्छे । कारण तिलक काजीकी नवविवाहीत श्रीमती त्यही झुन्डिएर मोरेकी हुन्छे । तिलक काजी आएर घन्टौ बरबराउने कुरा गर्छे ।  कुरा गर्दा गर्दै तिलक त्यहि कोठामा आउँछ अनि प्रमिलार्इगुनासो गर्छ । आफूले माया गरेकी श्रीमतीले आफूलार्इ नै अपराधी बनाएर गएकोमा ऊ विक्षिप्त हुन्छ । आफू अपराधी भएको कारण खोज्दै आफूले समाजकै सिको गरेको र सम्पूर्ण समाजको अपराधको सजाय आफूलार्इ भोग्नु परेको र भोगेर बाचिरहने विचार प्रकट गर्छ । मीनाले आफू प्रमिला भएको भए नारीको स्वतन्त्रताको वारेमा बताउने थिए भन्छे।यतिकैमा तिलकमान बाहिर निस्कन्छ र एकाङ्कीको अन्त्य हुन्छ ।

सत्ताको खोज भन्नाले शक्ति सामार्थ्यका लागि प्रयास भइरहेको भन्ने बुझिन्छ । यस एकाङ्कीमा नारी शक्तिको खोजि गर्ने प्रयास गरिएको छ । मञ्चनका दृष्ट्रिले अमञ्चनिय भए पनि उसकै सेरोफेरोमा एकाङ्कीको संरचना भएको हुनाले प्रमिला यस एकाङ्कीको प्रमुख नारी पात्र हो । उसले यहा नारी शक्तिको खोजि गरेकी छ । नारीलार्इ पुरूष प्रधान समाजले सन्तान जन्माउने मेसिन, पुरूषको वासना पुरा गर्ने नैतिक वस्तुका रूपमा लिएकोमा विरोध गर्दै फ्नो स्वतन्त्रताको खोजि गर्ने प्रयास गरेको पाइन्छ । भौतिक सुख सुभिधाले नारीलार्इ खुसी राखेको सम्झने पुरूषले वास्तवमा नारीलार्इ सधै दवाउने प्रयास गरेका छन् । आफ्नो आवस्यकता र चाहनामा नारीलार्इ प्रयोग गर्ने र आफ्नो वासनाको उपभोग्य बनाउने पुरूषले नारीको अस्मिता लुटेको कुरा यहाँ व्यक्त गरिएको छ। पुरूषले दबाएर राखेका नारीहरूले कुनै विरोध गर्न नसके पनि त्यो सबै दमन सहन नसकी विद्रोहको रूपमा आत्महत्या गरेको देखाइ नारी बिद्रोहको स्वर यहाँ ओरालिएको छ । त्यसैगरी नारीहरूको समानता र हकअधिकारको आवाज मीना पात्र द्वारा पनि बलियो रूपमा उठाइएको छ । नारीले पढ्नु पर्ने ,समाजका विकृति र विसङ्गतिपूर्ण तत्त्वहरूलार्इ हटाउनु पर्ने र आफ्नो अन्यायको विरूद्धमा डटेर सामना गर्नु पर्ने कुरा यहाँ प्रस्तुत गरिएको छ ।

नारी र पुरूष एक अर्काका परिपुरक हुन् । एउटा विना अर्कोको जीवन अधुरो हुन्छ । यहाँ आफ्नी श्रीमती गुमाउदा तिलक विक्षिप्त भएको छ । पुरूष प्रधान समाजको चस्मा लगाएको काजी तिलक आफ्नी श्रीमतीले मृत्यु वरण गर्दा पनि आफ्नो गल्ती पत्ता लगाउन सक्दैन । कनुनले पनि पुरूषलार्इ बलियो राखेको यो समाजले पुरूषलार्इ जुनसुकै दमन गर्न पनि स्वतन्त्रता दिएको कुरा यस एकाङ्कीमा व्यक्त गरिएको छ । आफूले जाड रक्सी खाने, राति पनि कहिल काहि घर नजाने , श्रीमतीको कुनै खुसी वा दुःख बुझ्न नखोज्ने बरू परम्पराको आड र आडम्बर लिने मन लागेमा दोस्रो ,तेस्रो बिहे पनि गर्ने गरेको बावु बाजेको परम्परालार्इ आफूले धानेको भन्ने तिलक काजीको भनाइबाट समाजको क्रुरता प्रष्ट हुन्छ । यसरी तत्कालिन समाजको यथार्थीक चित्रण गर्दै नारीको अस्तित्वको खोजि नारी पात्रबाटै गरिएको देखाउदै पुरूषमा पनि चेतनाको आँखा खुल्न लागेको कुरा तिलकको आफ्नो समाज अपराधी भएको कारण आफू अन्जानमै अपराधी बनेको कुरा बताउनुले थाह हुन्छ ।

समान वौद्धिक सामार्थ्य बोकेका नारीहरूलार्इ पछि छोडेर आफूमात्र अगाडि बढ्न खोज्ने पुरूषको स्वार्थी मनोवृत्तिले समाजमा लैङ्गिक विभेदको ठूलो खाडल बनाएको छ । प्राकृतिक कारणले गर्दा नारीहरू सन्तान जन्माउने र उनिहरूलार्इ हेरचाहमा समय दिने हुनाले त्यहि समयको मौका छोपि पुरूषले आफू अगाडि बढ्ने र नारीलार्इ भाजो हाल्ने सड्यन्त्रले विद्रोह ल्याउछ । त्यसैले समाजमा सबैलार्इ समानता हुनुपर्छ । सबैको भावनाको कदर गरिनु पर्छ भन्ने कुराको आसय यस एकाङ्की मार्फत प्रस्तुत गर्न खोजिएको छ ।  

 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...