विश्वेश्वरप्रसाद कोइरला
रविवार, 27 जून 2021
शत्रु कथाको विश्लेषण📖📖📕📕📚📚🕮🕮

शनिवार, 26 जून 2021
वाच्य परिवर्तन( संवाद)
वाच्य परिवर्तन
शिक्षकः- ओहो ! राम
नमस्ते ! के गर्दै छौ ?
विद्यार्थीः- ए म्याम ! हजुर नमस्कार म्याम ! म हजुरकै वारेमा सोचेर बसेको।
शिक्षकः-(हसिलो मुद्रामा) हा ! हा ! हा ! तिमी रमाइलो कुरा गर्छौ । साह्रै रमाइलो मान्छे छौ तिमी । अनि मेरो वारेमा के सोच्दै छौ त बावु ?
विद्यार्थीः- हजुरको वोल्ने तरिका साह्रै
मन पर्छ । अनि कति effective छ । मलार्इ पनि हजुर जस्तै शिक्षक बन्ने रहर छ के म्याम ।
शिक्षकः- तिमीले मेरो वारेमा त्यतीराम्रो धारणा
बनाएका रहेछौ ।
धन्यवाद ! तिमी म
भन्दापनि अझै धेरै प्रभावकारी शिक्षक बन्न सक्छौ ।आफ्नो हौसला बनार्इ राख्नु पर्छ ।
विद्यार्थीः- हस् म्याम धन्यवाद !
शिक्षकः- (हसिलो मुद्रमा) ) हा ! हा ! हा ! ल ल बावु ठीक छ । आज हामी वाच्य परिवर्तनको वारेमा पढ्ने है
।
विद्यार्थीः- (जिज्ञासु हुँदै) म्याम यो
वाच्य भनेको के हो ? real मा!
शिक्षकः- वाच्य भनेको भनाइ हो ।अघि तिमीले भनेका थियौ नी , हजुरको वोल्ने
तरिका मन पर्छ भनेर हो त्यही वोल्ने शैली नै वाच्य हो ।
विद्यार्थीः- म्याम मैले अल्ली बुझिन ।
राम्रोसँग प्रष्ट पार्दिनुहोस् न है ।
शिक्षकः- ए हुन्छ नि बावु किन नहुनु म तिमीलार्इ प्रष्ट हुनेगरी राम्रोसँग
वाच्य परिवर्तन गर्न सक्ने बनाउने छु ।
विद्यार्थीः-(आश्चर्य
जनक मुद्राम)-फेरी त्यो वाच्य पनि
परिवर्तन गर्न मिल्ने हुन्छ म्याम ?
ए ! ए !हस ! हस !म धैर्य भएर
सिक्ने प्रयास गर्छु ।
शिक्षकः- हेर है त म तिमीलार्इ एउटा उदाहरण
देखाउँछु । अनि यसको बारेमा फेरी छलफल गरौला ।
विद्यार्थीः- हस म्याम म हेर्दै छु ।
शिक्षकः-उदाहरण१, रामले किताब किन्यो ।
-उदाहरण२, रामद्वारा किताब किनियो ।
( उदाहरण तिर इङ्कित गर्दै) अनि , राम यो उदाहरण पढ त ।
विद्यार्थीः- म्याम त्यहाँ त मैले किताब किनेको कुरा गरेको छ ।
शिक्षकः-( हसिलो मुद्रामा) हा ! - हा ! - हा !हो त है , त्यहाँ तिमीले किताब किन्यौ भनेको पो रहेछ ? उदाहरणमा कतिवटा वाक्य
छ ? भन त एक पटक ।
विद्यार्थीः-
उदाहरणमा दुर्इवटा वाक्य छन् तर दुवै वाक्यमा मैले किताब किनेको कुरा गरेको छ ।
शिक्षकः-
हो । पहिलो वाक्यमा रामले किताब किन्यो भनेर रामले किताब किन्ने काम गर्यो भनिएको
छ । अर्थात वाक्यमा रामको(कर्ता) भूमिकालार्इ महत्त्व दिइएको छ ।
विद्यार्थीः-
अनि दोस्रो वाक्यमा पनि त रामले नै किताब किनेको कुरा गरेको छ । हैन र म्याम ?
शिक्षकः –
अ हो तिमीले भनेको कुरा पनि ठीकै हो । तर यहाँ यसलार्इ फेरी एक पटक हेरौत ।यो
दोस्रो वाक्यमा रामद्वारा किताब किनियो ।भनिएको छ हैन?
विद्यार्थीः-
(ध्यान पूर्वक हेर्दै) हो म्याम तर ....................
शिक्षकः-
पर्ख तिम्रो जिज्ञासा म समाधान गर्ने छु ।
विद्यार्थीः-
(ध्यान पूर्वक हेर्दै ) हस म्याम ।
शिक्षकः-
भनेपछि तिमीलार्इ पहिलो र दोस्रो वाक्य उस्तै लाग्यो हैन त ?ल हेर अब, यो दोस्रो वाक्यमा थपिएको द्वारा शब्दले
कर्ताको भूमिका निष्कृय बनाइदिन्छ र यहाँ
भएको कर्मको भूमिकालार्इ महत्त्व देखाउँछ त्यसैले यसलार्इ कर्म वाच्य भनिन्छ ।
यहाँ क्रियापद पनि किन्छ बाट किनिन्छ भएको छ ।तिमीले याद गरेका छौ कि छैनौ ?
विद्यार्थीः-याद गरेको छु म्याम ।(आश्चर्य
जनक भावमा) ए यस्तो पो रहेछ वाच्य भनेको ।
शिक्षकः-
हो वाच्य नेपाली व्याकरणमा ३ प्रकारका हुन्छन् । तिमीले अंग्रेजीमा voice पनि पढेका छौ होला नि
हैन त ?
विद्यार्थीः-
ए, हो म्याम English मा voice त पढेको छु नि ।त्यहाँ Active voice
र Passive voice हुन्छ ।
शिक्षकः-
हो नेपालीमा पनि Active
voice लार्इ कतृवच्य भनिन्छ अनि Passive voice लार्इ कर्म वा भाववाच्य भनिन्छ ।
विद्यार्थीः-अनि
किन कर्म वा भाववाच्य भएको त म्याम एउटै नभएर ?
शिक्षकः-अः
, अंग्रेजीमा Passive voice मात्र हुन्छ भने नेपलीमा चाहि कर्मवाच्य र
भाववाच्य भनेर त्यसलार्इ पनि छुट्याइएको छ ।
विद्यार्थीः-किन
छुट्याइएको हो त म्यम त्यसलार्इ ?
शिक्षकः-
(हाँस्दै) यो नेपाली व्याकरणको नियम हो बावु । एकै छिन ध्यान देउ त , जुन वाक्यमा कर्म छ त्यो वाक्य कर्मवाच्य
हुन्छ र जुन वाक्यमा कर्म प्रयोग भएको छैन त्यहाँ भाववाच्य हुन्छ ।
विद्यार्थीः-यसलार्इ
कसरी थाहा पाएर परिवर्तन गर्ने त म्याम ?
शिक्षकः-यसमा
सजिलो छ । ल हेर त म तिमीलार्इ एउटा उदाहण देखाउछु ।
विद्यार्थीः-हस
म्याम ।उदाहरण हेरेपछि पनि धेरै प्रष्ट भइन्छ ।
शिक्षकः-ल
हेर , तिम्रो नामलार्इ म फेरी यहाँ प्रयोग गर्छु है त । हेर त यहाँ उदाहरणमा ।
विद्यार्थीः-
(ध्यान पूर्वक हेर्दै)हस म्याम म हेर्दै छु
।उदाहरण चाहि खै त म्याम ?
शिक्षकः-
अतः उदाहरण चाहियो हैन त ? ल हेर (उदाहरण देखाउँदै),
उदाहरण
१, राम धेरै हास्यो।
उदाहरण
२, रामद्वारा धेरै हासियो ।
यो
उदाहरण पढ त के छ ।
विद्यार्थीः(हास्दै)-म्याम
यहा पनि मलार्इ नै हासेको कुरा गर्नु भएको छ ।हजुर म्याम यसमा पहिलो वाक्यमा कर्ता राम हासेको देखाइएको छ भने दोस्रो
वाक्यमा कर्तालार्इ द्वारा लगाएर हास्नुलार्इ सक्रिय बनाएको जस्तो लाग्यो ।मिल्यो
कि मिलेन हजुर भन्दिनु होला ।
शिक्षकः-एकदमै
ठीक कुरा गर्यौ बावु ।यसमा पहिलो वाक्यमा कर्ता प्रमुख भएर वाक्य पुरा गरेको छ ।
त्यसैले यो कतृर्वाच्य हुन्छ भने
दोस्रो
वाक्यमा कर्तामा द्वारा लगार्इ क्रियापद नै प्रमुख भएको छ त्यसैले दोस्रो वाक्य
भाव वाच्य हुन्छ ।
विद्यार्थीः-भनेपछि
वाक्यमा क्रियापदको नै भूमिका प्रमुख हुने वाक्य चाहि भाववाच्य हुदो रहेछ हैन त
म्याम ? कि मिलेन मैले भनेको ?
शिक्षकः –
हो बावु । तिमीले भनेको कुरा सबै मिल्यो । तिमीले अव भनत नेपाली व्याकरणमा वाच्य
कति प्रकारका हुन्छन् होला?
विद्यार्थीः-तीन
प्रकारका वाच्य नेपाली व्याकरणमा हुँदा रहेछन् कर्ति ,कर्म र भाव हैन त म्याम ?
शिक्षकः –हो
यसलार्इ परिवर्तन कसरी गर्नु पर्छ भन्ने कुरा जानेका छौ त ?
विद्यार्थीः-
लगभग जाने जस्तो लाग्यो ।
शिक्षकः-
लगभगले भयो त? हा !हा !हा ! अनि
पुरै वाच्य परिवर्तन गर्न सक्नु परेन?
विद्यार्थीः-
कर्तामा द्वारा भए हटाउँने र द्वारा नभए राख्ने गरेपछि हुँदोरहेछ जस्तो लाग्यो ।
शिक्षकः-अनि
वाक्यमा अरू पदलार्इ केहि गर्नु पर्दैन ?
विद्यार्थीः-हजुर
! अनि
क्रियापदमा पनि प्रत्ययको खेल रहेछ । पछाडिपट्टि(इ) नभए लगाउने र भए हटाउँने ,मैले
यसरी नै बुँझे अनि मिल्यो कि मिलेन ? भनिदिनुहोस् न म्याम ।
शिक्षकः-
किन नमिल्ने सत प्रतिसत तिम्रो उत्तर मिल्यो । यसमा कर्तालार्इ निष्कृय बनाउँदा
द्वारा मात्र नभएर कहिलेकाहि बाट लगाइन्छ
भने कहिले कर्तालार्इ नै हटाएर पनि राखिन्छ । यसरी पनि परिवर्तन हुन्छ ।
अनि क्रियापदमा चाँहि तिमीले भनेजस्तै क्रियापदमा (इ) प्रत्यय लगाएर भाव वा कर्म
वाच्य बनार्इन्छ । अव प्रष्ट भयौ ?
विद्यार्थीः-हजुर
प्रष्ट भए म्याम ।भनेपछि वाच्य भनेको त सामान्य वाक्य नै रहेछ हैन त म्याम ?
शिक्षकः-
हो । वाक्य नै वाच्य हो । किनकि , त्यसमा कुनै अन्तर छैन त्यहि वाक्यलार्इ कर्ता
,कर्म र क्रियाको भूमिकाको आधारमा कर्ति वाच्य , कर्म वाच्य र भाव वाच्य हुने हो ।
विद्यार्थीः-
साह्रै राम्रोसँग मलार्इ प्रष्ट पार्नुभयो
अव त म मजाले वाच्य परिवर्तन गर्न सक्ने भए ।
शिक्षकः-
त्यसो भए तिमीले वाच्य परिवर्तन गर्न सक्छौ हैन त ? म तिमीलार्इ केहि गृहकार्य
दिन्छु अनि भोलि त्यसको वारेमा छलफल गरौला है ।
विद्यार्थीः-
हस म्याम । म गरिहाल्छु नि ।
शिक्षकः-
ल हेर त यता मैले यहाँ गृहकार्यका लागि केहि वाक्यहरू दिएको छु तिमी त्यसलार्इ
परिवर्तन गर
गृहकार्य
१. साथिहरू सबैजना बजार गए ।
२. हामी लुगा धुन्छौं ।
३. रामले महङ्गो भएकाले तरकारी किन्दैन ।
४. हामी नवरात्रमा मनकामना गइयो ।
५. मन्दिरमा पूजाआजा ,प्राथना गरियो ।
६. लगेका नरिवलहरू फुटाइयो ।
शिक्षकः-मैले दिएको यो गृहकार्य गर अनि भोलीको क्लासमा छलफल गरौला है
त बावु ।
विद्यार्थीः- हस म्याम
Bye Bye म्याम!!
शिक्षकः Bye तिम्रो दिन राम्रो बितोस !

बुधवार, 23 जून 2021
मेरो चोक📖📖📖📖
भूपी शेरचन
परिचय
जन्म - विक्रम सम्बत् १९९२ पुस १२ गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो। सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा खास नाम - भूपेन्द्रमान शेरचन हो । मृत्यु - विक्रम सम्बत् २०४६जेठ १ गते शिक्षा – वि.ए. सम्म सेवा र संलग्नता – नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव(२०१५),नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य(२०३५) कृतिहरू - १. परिवर्तन (नाटक, २०१० ) २. नयाँ झ्याउरे (कवितासङ्ग्रह,२०१० ) ३. निर्झर (कवितासङ्ग्रह, २०१५ ) ४. घुम्ने मेचमाथि अन्धो मान्छे (कवितासङ्ग्रह, २०२५ ) ५.भूपी शेरचनका कविता(कवितासङ्ग्रह,२०५७)
सम्मान र पुरस्कार
– साझा पुरस्कार(२०२६) , गोरखा दक्षिणबाहु दोस्रो (२०४२)
प्रमुख प्रवृत्ति र विशेषता
स्वच्छन्दवादी – प्रगतिवादी कवि , निम्नवर्ग प्रति सहानुभूति र देशभक्तिको भावनाको प्रस्तुती, मानवतावादी चिन्तन र विश्ववन्धुत्त्वको भावना व्यंग्य कवि, क्रान्तिकारी कवि र जनताका कवि भनेर नेपाली कविता फाँटमा उचाइ बनाएका भूपी शेरचनका कविता सरल छन् तर व्यङ्ग्यात्मक छन्। समाजमा व्याप्त बेमेल कवितामा सरल रूपमा उतारेका छन्।यिनी मुख्यतय गद्यमा कविता लेख्ने गद्यकवि हुन् तर गद्यमा मात्र सिमित नभएर लोकलय र मात्रिक लयमा पनि आफ्नो कविता पस्केका छन् । सरल भाषा द्वारा गम्भिर भाव व्यक्त हुनु यिनको अर्को विशेषता हो । यिनका कवितामा शोषण ,अन्याय अत्यचार विरूदॄ असन्तुष्टि व्यक्त भएको पाइन्छ ।मेरो चोक
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ।
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ।
तर यहाँ यी दुवैथरी उदास छन्।
दुवैथरी निराश छन्।
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात–रात–भरि उपियाँले टोक्छ
दिन–दिन–भरि उपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमादेवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन? सबथोक छ।
मेरो चोक कविताको विश्लेषण
स्वच्छन्दवादी प्रगतिवादी कवि भूपि शेरचन (१९९२- २०४६)ले मेरो चोक कविता घुम्ने मेचमाथी अन्धोमान्छे (२०२५) कविता सङ्ग्रहमा सङ्ग्रहित गरेका छन् । उनको निर्झर(२०१५) ,नयाँ झ्याउरे (२०१०)जस्ता कवितासङ्ग्रह पनि प्रकाशित छन् । राष्ट्रपेमी कवि समाजिक विसङ्गति प्रति व्यङ्ग्यात्मक कविता लेख्न रूचाउने कवि शेरचनले साझा पुरस्कार (२०२६) ,गोरखा दक्षिणवाहु दोस्रो (२०४२) जस्ता सम्मान तथा पुरस्कार पाउन सफल देखिन्छन् । यिनको यस कवितामा काठमाडौंको विसङ्गति पूर्ण वास्तविकतालार्इ व्याङ्ग्यात्मक तरिकाबाट प्रस्तुत गरेका छन् ।
यस कवितामा काठमाडौं शहर भित्रको साँघुरो गल्लीमा एउटा चोक छ जसलार्इ मेरो चोक भनिएको छ । यहाँ कविले रोग ,भोक र शोक जस्ता कुराहरू छन् हर्ष छैन भन्दै देवताद्वारा निर्मित मानिस र मानिसद्वारा निर्मित देवता दुवै असन्तुष्ट छन् । किनकि मानिसलार्इ उपियाँ र रूपियाँले टोक्छ भने देवतालार्इ कसैले पुज्दैन भन्दै आफ्नो भावना व्यक्त गरेका छन् ।
प्रस्तुत कवितामा कविले काठमाडौं शहरको सामापिक परिवेशलार्इ व्याङ्ग्यात्मक ढंगवाट प्रस्तुत गर्न सफल देखिन्छन् । उनको विचारमा काठमाडौं शहर जुन देशको सबैभन्दा ठूलो शहर हो जहाँ मानिसहरू विभिन्न उद्देश्य वोकेर आउने गर्दछन् त्यहाँ मानिसहरूले दुःख सिवाय केहि पाएका छैनन् । उनिहरूले गाँस,वाँसर कपासको लागि मेहेनत गर्दा पनि जीवन काट्न मुस्किल परेको छ । वातावरणिय प्रदुषण र अभावले मानिसहरू दिनप्रतिदिन रोगी हुँदै गइरहेका छन् । अभाव र पिढाले गर्दा खुसिहुने दिन नै आउँदैन आर्थिक संकट र वातावरण प्रदुषणको प्रभावले दिनको चैन मात्र नभएर रातको निद्रापनि हराएको कुरा कविले व्यक्त गर्न खोजेको देखिन्छ । मानिसले आर्थिक संकट टार्न र जीवन निर्भाह गर्न मुस्किल पर्दै जानाले यहाँ देवतालार्इ पनि पुज्न छोडिसकेका छन् । जीवनसैली र त्यसले निम्त्याएका परिणाम ले मानिसको जीवनलार्इ सुखको सट्टा दुःख तिर धकेल्दै लैजाने संकेत कविले यहाँ व्यक्त गर्न खोजेका छन् र सरल, सहज जीवन शैलीको अपेच्छा गरेका छन् ।
मन्दिर नै मन्दरको शहर भनेर चिनिने काठमाडौं शहरलार्इ सधै देवताले कल्याण गरून र मानवले पनि प्रदुषण मुक्त सरल जीवन शैली अपनाएर आफूभित्र रहेको मानवतालार्इ सधै उजागर गरून भन्ने विचार यहाँ व्यक्त गर्न खोजिएको छ।

शुक्रवार, 18 जून 2021
तिम्रो र हाम्रो मन एक होओस्👬👬👭👭 📙📘📗📖📕
माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते -२०७७ भाद्र २ गते ) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा ज्ञानपुष्प नामक कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्ट्रकवि' को उपाधिले सम्मान गरिएको छ।
सम्मान तथा पुरस्कार
राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्तवि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त
तिम्रो र हाम्रो मन एक होओस्
यो कविता राष्ट्रकवि (२०६०)माधव प्रसाद घिमिरे (१९७६-२०७७) ले चैत वैशाख(२०६०) कविता संघ्रहमा संघ्रहित गरेका छन् । घिमिरे लम्जुङ्को दुराडाँडा भन्ने ठाउँमा जन्मेका थिए । ज्ञानपुष्प(१९९२-गोरखापत्र )नामक कविताबाट आफ्नो साहित्यिक यात्रा सुरू गरेका घिमिरेले गौरी खण्डकाव्य (२०१५) ,पापिनी आमा (२०१७),राष्ट्रनिर्माता (२०२३)जस्ता खण्डकाव्यहरू ,घामपानी(२०१०),नयाँ नेपाल(२०१३), बाल लहरी (२०२६) आदी जस्ता कविताहरू रचना गरेका छन् । त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३), आदीकवि भानुभक्त आचर्य पुरस्कार (२०५२) ,राष्ट्रकवि उपाधि (२०६०)जस्ता थुप्रै मान सम्मान प्राप्त गरेका कवि मानवतावादी ,स्वच्छन्दतावादी राष्ट्रपेम भाव धाराका कविता लेख्न रूचाउने कवि हुन् । उनले परिष्कारवादी शिल्पशैलीको प्रयोग गर्दै प्रकृतिलार्इ कविताको श्रोत वनाएका देखिन्छन् । यो कवितामा पनि कविले देशभक्तिको भाव अभिव्यक्त गर्दै मानवतावादी विचारहरू प्रस्तुत गर्न खोजेका छन् ।
उक्त कवितामा कविले देशलार्इ यज्ञस्थलका रूपमा लिएका छन् र कामगर्ने सम्पूर्ण पेशाकर्मीलार्इ एउटै मन गरेर काम गरून भनेर मन्त्रन्छु अर्थात वारवार सम्झन्छु भनेका छन् । कविका विचारमा मानिस जुन देश पुगे पनि अर्थात आफ्नो आवश्यकताकोलागि जुनदेश पुगेपनि आखिर आफ्नो देशलार्इ विर्सनु हुँदैन र सबैले सबैको समान सम्मान दिदै एकै होउँ भन्ने भावना हुनुपर्दछ भन्नेकुरा व्यक्त गर्दछन् । संसारका सबै मानिसको शरीरमा उस्तै हृदय तत्त्व अर्थात जनेन्द्रियहरू हुन्छन् । त्यसैले उस्तै खाले आनन्द र अनुभवहरू भोग्दछन् । त्यसकारण सबै मानिस समान हुन् ।कोहि कसैलार्इ फरक देख्नु हुँदैन । मानिस जो जहाँ जसरी वसेको भएपनि मानव विकास र प्रगतिको लागि सबैले एउटै उद्यश्य वोक्नु पर्दछ । तेरो र मेरो भन्न छोडेर हाम्रो भनेर अगाडि बड्नु पर्दछ । भन्ने विचार कविले यस कवितामा व्यक्त गरेका छन्।सबै मानिसको जीवनशैलीमा समानता आओस भन्ने इच्छा कविले राखेका छन् ।
मानव सभ्यतालार्इ विषयवस्तु बनार्इ लेखिएको उक्त कवितामा मानव जीवन जिउने तरिका सबैले समान रूपमा प्राप्त गर्न पाइयोस् । कसैले उचो र निचोको भावना राख्न हुँदैन । समाज सुधार र विकासको लागि सबैको एउटै विचार र भावना हुनुपर्छ र एकजुट भएर लाग्नुपर्छ । जहासुकै वसेपनि मानिस मानिस कोहि फरक हुँदैन किनकि तिनिहरू सबैको सोच्ने ,वोल्ने र अनुभव गर्ने तरिका एउटै हो । त्यसैले सबैले समान व्यवाहार गरेर एकजुट भएर काम गरि मिलीजुली बस्नुपर्छ भन्ने भाव यस कवितामा प्राप्त गर्न सकिन्छ । निष्कर्षमा भन्नुपर्दा उक्त कविता मानवतावदी भावधारामा रचिएको छ । इन्द्राबज्रा र उपेन्द्र बज्रा मिलेर बनेको उपजाति छन्दको प्रयोग , सरल भाषा शैली र लयात्मक प्रस्तुती यसको विशेषता हो ।

नाटकको परिचय र परिभाषा
नाटकको परिचय र परिभाषा परिचयः नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ । रङ...
-
Follow बटनमा थिच्नुहोस् पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र ...