विश्वेश्वरप्रसाद कोइरला
रविवार, 27 जून 2021
शत्रु कथाको विश्लेषण📖📖📕📕📚📚🕮🕮

शनिवार, 26 जून 2021
वाच्य परिवर्तन( संवाद)
वाच्य परिवर्तन
शिक्षकः- ओहो ! राम
नमस्ते ! के गर्दै छौ ?
विद्यार्थीः- ए म्याम ! हजुर नमस्कार म्याम ! म हजुरकै वारेमा सोचेर बसेको।
शिक्षकः-(हसिलो मुद्रामा) हा ! हा ! हा ! तिमी रमाइलो कुरा गर्छौ । साह्रै रमाइलो मान्छे छौ तिमी । अनि मेरो वारेमा के सोच्दै छौ त बावु ?
विद्यार्थीः- हजुरको वोल्ने तरिका साह्रै
मन पर्छ । अनि कति effective छ । मलार्इ पनि हजुर जस्तै शिक्षक बन्ने रहर छ के म्याम ।
शिक्षकः- तिमीले मेरो वारेमा त्यतीराम्रो धारणा
बनाएका रहेछौ ।
धन्यवाद ! तिमी म
भन्दापनि अझै धेरै प्रभावकारी शिक्षक बन्न सक्छौ ।आफ्नो हौसला बनार्इ राख्नु पर्छ ।
विद्यार्थीः- हस् म्याम धन्यवाद !
शिक्षकः- (हसिलो मुद्रमा) ) हा ! हा ! हा ! ल ल बावु ठीक छ । आज हामी वाच्य परिवर्तनको वारेमा पढ्ने है
।
विद्यार्थीः- (जिज्ञासु हुँदै) म्याम यो
वाच्य भनेको के हो ? real मा!
शिक्षकः- वाच्य भनेको भनाइ हो ।अघि तिमीले भनेका थियौ नी , हजुरको वोल्ने
तरिका मन पर्छ भनेर हो त्यही वोल्ने शैली नै वाच्य हो ।
विद्यार्थीः- म्याम मैले अल्ली बुझिन ।
राम्रोसँग प्रष्ट पार्दिनुहोस् न है ।
शिक्षकः- ए हुन्छ नि बावु किन नहुनु म तिमीलार्इ प्रष्ट हुनेगरी राम्रोसँग
वाच्य परिवर्तन गर्न सक्ने बनाउने छु ।
विद्यार्थीः-(आश्चर्य
जनक मुद्राम)-फेरी त्यो वाच्य पनि
परिवर्तन गर्न मिल्ने हुन्छ म्याम ?
ए ! ए !हस ! हस !म धैर्य भएर
सिक्ने प्रयास गर्छु ।
शिक्षकः- हेर है त म तिमीलार्इ एउटा उदाहरण
देखाउँछु । अनि यसको बारेमा फेरी छलफल गरौला ।
विद्यार्थीः- हस म्याम म हेर्दै छु ।
शिक्षकः-उदाहरण१, रामले किताब किन्यो ।
-उदाहरण२, रामद्वारा किताब किनियो ।
( उदाहरण तिर इङ्कित गर्दै) अनि , राम यो उदाहरण पढ त ।
विद्यार्थीः- म्याम त्यहाँ त मैले किताब किनेको कुरा गरेको छ ।
शिक्षकः-( हसिलो मुद्रामा) हा ! - हा ! - हा !हो त है , त्यहाँ तिमीले किताब किन्यौ भनेको पो रहेछ ? उदाहरणमा कतिवटा वाक्य
छ ? भन त एक पटक ।
विद्यार्थीः-
उदाहरणमा दुर्इवटा वाक्य छन् तर दुवै वाक्यमा मैले किताब किनेको कुरा गरेको छ ।
शिक्षकः-
हो । पहिलो वाक्यमा रामले किताब किन्यो भनेर रामले किताब किन्ने काम गर्यो भनिएको
छ । अर्थात वाक्यमा रामको(कर्ता) भूमिकालार्इ महत्त्व दिइएको छ ।
विद्यार्थीः-
अनि दोस्रो वाक्यमा पनि त रामले नै किताब किनेको कुरा गरेको छ । हैन र म्याम ?
शिक्षकः –
अ हो तिमीले भनेको कुरा पनि ठीकै हो । तर यहाँ यसलार्इ फेरी एक पटक हेरौत ।यो
दोस्रो वाक्यमा रामद्वारा किताब किनियो ।भनिएको छ हैन?
विद्यार्थीः-
(ध्यान पूर्वक हेर्दै) हो म्याम तर ....................
शिक्षकः-
पर्ख तिम्रो जिज्ञासा म समाधान गर्ने छु ।
विद्यार्थीः-
(ध्यान पूर्वक हेर्दै ) हस म्याम ।
शिक्षकः-
भनेपछि तिमीलार्इ पहिलो र दोस्रो वाक्य उस्तै लाग्यो हैन त ?ल हेर अब, यो दोस्रो वाक्यमा थपिएको द्वारा शब्दले
कर्ताको भूमिका निष्कृय बनाइदिन्छ र यहाँ
भएको कर्मको भूमिकालार्इ महत्त्व देखाउँछ त्यसैले यसलार्इ कर्म वाच्य भनिन्छ ।
यहाँ क्रियापद पनि किन्छ बाट किनिन्छ भएको छ ।तिमीले याद गरेका छौ कि छैनौ ?
विद्यार्थीः-याद गरेको छु म्याम ।(आश्चर्य
जनक भावमा) ए यस्तो पो रहेछ वाच्य भनेको ।
शिक्षकः-
हो वाच्य नेपाली व्याकरणमा ३ प्रकारका हुन्छन् । तिमीले अंग्रेजीमा voice पनि पढेका छौ होला नि
हैन त ?
विद्यार्थीः-
ए, हो म्याम English मा voice त पढेको छु नि ।त्यहाँ Active voice
र Passive voice हुन्छ ।
शिक्षकः-
हो नेपालीमा पनि Active
voice लार्इ कतृवच्य भनिन्छ अनि Passive voice लार्इ कर्म वा भाववाच्य भनिन्छ ।
विद्यार्थीः-अनि
किन कर्म वा भाववाच्य भएको त म्याम एउटै नभएर ?
शिक्षकः-अः
, अंग्रेजीमा Passive voice मात्र हुन्छ भने नेपलीमा चाहि कर्मवाच्य र
भाववाच्य भनेर त्यसलार्इ पनि छुट्याइएको छ ।
विद्यार्थीः-किन
छुट्याइएको हो त म्यम त्यसलार्इ ?
शिक्षकः-
(हाँस्दै) यो नेपाली व्याकरणको नियम हो बावु । एकै छिन ध्यान देउ त , जुन वाक्यमा कर्म छ त्यो वाक्य कर्मवाच्य
हुन्छ र जुन वाक्यमा कर्म प्रयोग भएको छैन त्यहाँ भाववाच्य हुन्छ ।
विद्यार्थीः-यसलार्इ
कसरी थाहा पाएर परिवर्तन गर्ने त म्याम ?
शिक्षकः-यसमा
सजिलो छ । ल हेर त म तिमीलार्इ एउटा उदाहण देखाउछु ।
विद्यार्थीः-हस
म्याम ।उदाहरण हेरेपछि पनि धेरै प्रष्ट भइन्छ ।
शिक्षकः-ल
हेर , तिम्रो नामलार्इ म फेरी यहाँ प्रयोग गर्छु है त । हेर त यहाँ उदाहरणमा ।
विद्यार्थीः-
(ध्यान पूर्वक हेर्दै)हस म्याम म हेर्दै छु
।उदाहरण चाहि खै त म्याम ?
शिक्षकः-
अतः उदाहरण चाहियो हैन त ? ल हेर (उदाहरण देखाउँदै),
उदाहरण
१, राम धेरै हास्यो।
उदाहरण
२, रामद्वारा धेरै हासियो ।
यो
उदाहरण पढ त के छ ।
विद्यार्थीः(हास्दै)-म्याम
यहा पनि मलार्इ नै हासेको कुरा गर्नु भएको छ ।हजुर म्याम यसमा पहिलो वाक्यमा कर्ता राम हासेको देखाइएको छ भने दोस्रो
वाक्यमा कर्तालार्इ द्वारा लगाएर हास्नुलार्इ सक्रिय बनाएको जस्तो लाग्यो ।मिल्यो
कि मिलेन हजुर भन्दिनु होला ।
शिक्षकः-एकदमै
ठीक कुरा गर्यौ बावु ।यसमा पहिलो वाक्यमा कर्ता प्रमुख भएर वाक्य पुरा गरेको छ ।
त्यसैले यो कतृर्वाच्य हुन्छ भने
दोस्रो
वाक्यमा कर्तामा द्वारा लगार्इ क्रियापद नै प्रमुख भएको छ त्यसैले दोस्रो वाक्य
भाव वाच्य हुन्छ ।
विद्यार्थीः-भनेपछि
वाक्यमा क्रियापदको नै भूमिका प्रमुख हुने वाक्य चाहि भाववाच्य हुदो रहेछ हैन त
म्याम ? कि मिलेन मैले भनेको ?
शिक्षकः –
हो बावु । तिमीले भनेको कुरा सबै मिल्यो । तिमीले अव भनत नेपाली व्याकरणमा वाच्य
कति प्रकारका हुन्छन् होला?
विद्यार्थीः-तीन
प्रकारका वाच्य नेपाली व्याकरणमा हुँदा रहेछन् कर्ति ,कर्म र भाव हैन त म्याम ?
शिक्षकः –हो
यसलार्इ परिवर्तन कसरी गर्नु पर्छ भन्ने कुरा जानेका छौ त ?
विद्यार्थीः-
लगभग जाने जस्तो लाग्यो ।
शिक्षकः-
लगभगले भयो त? हा !हा !हा ! अनि
पुरै वाच्य परिवर्तन गर्न सक्नु परेन?
विद्यार्थीः-
कर्तामा द्वारा भए हटाउँने र द्वारा नभए राख्ने गरेपछि हुँदोरहेछ जस्तो लाग्यो ।
शिक्षकः-अनि
वाक्यमा अरू पदलार्इ केहि गर्नु पर्दैन ?
विद्यार्थीः-हजुर
! अनि
क्रियापदमा पनि प्रत्ययको खेल रहेछ । पछाडिपट्टि(इ) नभए लगाउने र भए हटाउँने ,मैले
यसरी नै बुँझे अनि मिल्यो कि मिलेन ? भनिदिनुहोस् न म्याम ।
शिक्षकः-
किन नमिल्ने सत प्रतिसत तिम्रो उत्तर मिल्यो । यसमा कर्तालार्इ निष्कृय बनाउँदा
द्वारा मात्र नभएर कहिलेकाहि बाट लगाइन्छ
भने कहिले कर्तालार्इ नै हटाएर पनि राखिन्छ । यसरी पनि परिवर्तन हुन्छ ।
अनि क्रियापदमा चाँहि तिमीले भनेजस्तै क्रियापदमा (इ) प्रत्यय लगाएर भाव वा कर्म
वाच्य बनार्इन्छ । अव प्रष्ट भयौ ?
विद्यार्थीः-हजुर
प्रष्ट भए म्याम ।भनेपछि वाच्य भनेको त सामान्य वाक्य नै रहेछ हैन त म्याम ?
शिक्षकः-
हो । वाक्य नै वाच्य हो । किनकि , त्यसमा कुनै अन्तर छैन त्यहि वाक्यलार्इ कर्ता
,कर्म र क्रियाको भूमिकाको आधारमा कर्ति वाच्य , कर्म वाच्य र भाव वाच्य हुने हो ।
विद्यार्थीः-
साह्रै राम्रोसँग मलार्इ प्रष्ट पार्नुभयो
अव त म मजाले वाच्य परिवर्तन गर्न सक्ने भए ।
शिक्षकः-
त्यसो भए तिमीले वाच्य परिवर्तन गर्न सक्छौ हैन त ? म तिमीलार्इ केहि गृहकार्य
दिन्छु अनि भोलि त्यसको वारेमा छलफल गरौला है ।
विद्यार्थीः-
हस म्याम । म गरिहाल्छु नि ।
शिक्षकः-
ल हेर त यता मैले यहाँ गृहकार्यका लागि केहि वाक्यहरू दिएको छु तिमी त्यसलार्इ
परिवर्तन गर
गृहकार्य
१. साथिहरू सबैजना बजार गए ।
२. हामी लुगा धुन्छौं ।
३. रामले महङ्गो भएकाले तरकारी किन्दैन ।
४. हामी नवरात्रमा मनकामना गइयो ।
५. मन्दिरमा पूजाआजा ,प्राथना गरियो ।
६. लगेका नरिवलहरू फुटाइयो ।
शिक्षकः-मैले दिएको यो गृहकार्य गर अनि भोलीको क्लासमा छलफल गरौला है
त बावु ।
विद्यार्थीः- हस म्याम
Bye Bye म्याम!!
शिक्षकः Bye तिम्रो दिन राम्रो बितोस !

बुधवार, 23 जून 2021
मेरो चोक📖📖📖📖
भूपी शेरचन
परिचय
जन्म - विक्रम सम्बत् १९९२ पुस १२ गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो। सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा खास नाम - भूपेन्द्रमान शेरचन हो । मृत्यु - विक्रम सम्बत् २०४६जेठ १ गते शिक्षा – वि.ए. सम्म सेवा र संलग्नता – नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव(२०१५),नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य(२०३५) कृतिहरू - १. परिवर्तन (नाटक, २०१० ) २. नयाँ झ्याउरे (कवितासङ्ग्रह,२०१० ) ३. निर्झर (कवितासङ्ग्रह, २०१५ ) ४. घुम्ने मेचमाथि अन्धो मान्छे (कवितासङ्ग्रह, २०२५ ) ५.भूपी शेरचनका कविता(कवितासङ्ग्रह,२०५७)
सम्मान र पुरस्कार
– साझा पुरस्कार(२०२६) , गोरखा दक्षिणबाहु दोस्रो (२०४२)
प्रमुख प्रवृत्ति र विशेषता
स्वच्छन्दवादी – प्रगतिवादी कवि , निम्नवर्ग प्रति सहानुभूति र देशभक्तिको भावनाको प्रस्तुती, मानवतावादी चिन्तन र विश्ववन्धुत्त्वको भावना व्यंग्य कवि, क्रान्तिकारी कवि र जनताका कवि भनेर नेपाली कविता फाँटमा उचाइ बनाएका भूपी शेरचनका कविता सरल छन् तर व्यङ्ग्यात्मक छन्। समाजमा व्याप्त बेमेल कवितामा सरल रूपमा उतारेका छन्।यिनी मुख्यतय गद्यमा कविता लेख्ने गद्यकवि हुन् तर गद्यमा मात्र सिमित नभएर लोकलय र मात्रिक लयमा पनि आफ्नो कविता पस्केका छन् । सरल भाषा द्वारा गम्भिर भाव व्यक्त हुनु यिनको अर्को विशेषता हो । यिनका कवितामा शोषण ,अन्याय अत्यचार विरूदॄ असन्तुष्टि व्यक्त भएको पाइन्छ ।मेरो चोक
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ।
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ।
तर यहाँ यी दुवैथरी उदास छन्।
दुवैथरी निराश छन्।
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात–रात–भरि उपियाँले टोक्छ
दिन–दिन–भरि उपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमादेवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन? सबथोक छ।
मेरो चोक कविताको विश्लेषण
स्वच्छन्दवादी प्रगतिवादी कवि भूपि शेरचन (१९९२- २०४६)ले मेरो चोक कविता घुम्ने मेचमाथी अन्धोमान्छे (२०२५) कविता सङ्ग्रहमा सङ्ग्रहित गरेका छन् । उनको निर्झर(२०१५) ,नयाँ झ्याउरे (२०१०)जस्ता कवितासङ्ग्रह पनि प्रकाशित छन् । राष्ट्रपेमी कवि समाजिक विसङ्गति प्रति व्यङ्ग्यात्मक कविता लेख्न रूचाउने कवि शेरचनले साझा पुरस्कार (२०२६) ,गोरखा दक्षिणवाहु दोस्रो (२०४२) जस्ता सम्मान तथा पुरस्कार पाउन सफल देखिन्छन् । यिनको यस कवितामा काठमाडौंको विसङ्गति पूर्ण वास्तविकतालार्इ व्याङ्ग्यात्मक तरिकाबाट प्रस्तुत गरेका छन् ।
यस कवितामा काठमाडौं शहर भित्रको साँघुरो गल्लीमा एउटा चोक छ जसलार्इ मेरो चोक भनिएको छ । यहाँ कविले रोग ,भोक र शोक जस्ता कुराहरू छन् हर्ष छैन भन्दै देवताद्वारा निर्मित मानिस र मानिसद्वारा निर्मित देवता दुवै असन्तुष्ट छन् । किनकि मानिसलार्इ उपियाँ र रूपियाँले टोक्छ भने देवतालार्इ कसैले पुज्दैन भन्दै आफ्नो भावना व्यक्त गरेका छन् ।
प्रस्तुत कवितामा कविले काठमाडौं शहरको सामापिक परिवेशलार्इ व्याङ्ग्यात्मक ढंगवाट प्रस्तुत गर्न सफल देखिन्छन् । उनको विचारमा काठमाडौं शहर जुन देशको सबैभन्दा ठूलो शहर हो जहाँ मानिसहरू विभिन्न उद्देश्य वोकेर आउने गर्दछन् त्यहाँ मानिसहरूले दुःख सिवाय केहि पाएका छैनन् । उनिहरूले गाँस,वाँसर कपासको लागि मेहेनत गर्दा पनि जीवन काट्न मुस्किल परेको छ । वातावरणिय प्रदुषण र अभावले मानिसहरू दिनप्रतिदिन रोगी हुँदै गइरहेका छन् । अभाव र पिढाले गर्दा खुसिहुने दिन नै आउँदैन आर्थिक संकट र वातावरण प्रदुषणको प्रभावले दिनको चैन मात्र नभएर रातको निद्रापनि हराएको कुरा कविले व्यक्त गर्न खोजेको देखिन्छ । मानिसले आर्थिक संकट टार्न र जीवन निर्भाह गर्न मुस्किल पर्दै जानाले यहाँ देवतालार्इ पनि पुज्न छोडिसकेका छन् । जीवनसैली र त्यसले निम्त्याएका परिणाम ले मानिसको जीवनलार्इ सुखको सट्टा दुःख तिर धकेल्दै लैजाने संकेत कविले यहाँ व्यक्त गर्न खोजेका छन् र सरल, सहज जीवन शैलीको अपेच्छा गरेका छन् ।
मन्दिर नै मन्दरको शहर भनेर चिनिने काठमाडौं शहरलार्इ सधै देवताले कल्याण गरून र मानवले पनि प्रदुषण मुक्त सरल जीवन शैली अपनाएर आफूभित्र रहेको मानवतालार्इ सधै उजागर गरून भन्ने विचार यहाँ व्यक्त गर्न खोजिएको छ।

शुक्रवार, 18 जून 2021
तिम्रो र हाम्रो मन एक होओस्👬👬👭👭 📙📘📗📖📕
माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते -२०७७ भाद्र २ गते ) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा ज्ञानपुष्प नामक कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्ट्रकवि' को उपाधिले सम्मान गरिएको छ।
सम्मान तथा पुरस्कार
राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्तवि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त
तिम्रो र हाम्रो मन एक होओस्
यो कविता राष्ट्रकवि (२०६०)माधव प्रसाद घिमिरे (१९७६-२०७७) ले चैत वैशाख(२०६०) कविता संघ्रहमा संघ्रहित गरेका छन् । घिमिरे लम्जुङ्को दुराडाँडा भन्ने ठाउँमा जन्मेका थिए । ज्ञानपुष्प(१९९२-गोरखापत्र )नामक कविताबाट आफ्नो साहित्यिक यात्रा सुरू गरेका घिमिरेले गौरी खण्डकाव्य (२०१५) ,पापिनी आमा (२०१७),राष्ट्रनिर्माता (२०२३)जस्ता खण्डकाव्यहरू ,घामपानी(२०१०),नयाँ नेपाल(२०१३), बाल लहरी (२०२६) आदी जस्ता कविताहरू रचना गरेका छन् । त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३), आदीकवि भानुभक्त आचर्य पुरस्कार (२०५२) ,राष्ट्रकवि उपाधि (२०६०)जस्ता थुप्रै मान सम्मान प्राप्त गरेका कवि मानवतावादी ,स्वच्छन्दतावादी राष्ट्रपेम भाव धाराका कविता लेख्न रूचाउने कवि हुन् । उनले परिष्कारवादी शिल्पशैलीको प्रयोग गर्दै प्रकृतिलार्इ कविताको श्रोत वनाएका देखिन्छन् । यो कवितामा पनि कविले देशभक्तिको भाव अभिव्यक्त गर्दै मानवतावादी विचारहरू प्रस्तुत गर्न खोजेका छन् ।
उक्त कवितामा कविले देशलार्इ यज्ञस्थलका रूपमा लिएका छन् र कामगर्ने सम्पूर्ण पेशाकर्मीलार्इ एउटै मन गरेर काम गरून भनेर मन्त्रन्छु अर्थात वारवार सम्झन्छु भनेका छन् । कविका विचारमा मानिस जुन देश पुगे पनि अर्थात आफ्नो आवश्यकताकोलागि जुनदेश पुगेपनि आखिर आफ्नो देशलार्इ विर्सनु हुँदैन र सबैले सबैको समान सम्मान दिदै एकै होउँ भन्ने भावना हुनुपर्दछ भन्नेकुरा व्यक्त गर्दछन् । संसारका सबै मानिसको शरीरमा उस्तै हृदय तत्त्व अर्थात जनेन्द्रियहरू हुन्छन् । त्यसैले उस्तै खाले आनन्द र अनुभवहरू भोग्दछन् । त्यसकारण सबै मानिस समान हुन् ।कोहि कसैलार्इ फरक देख्नु हुँदैन । मानिस जो जहाँ जसरी वसेको भएपनि मानव विकास र प्रगतिको लागि सबैले एउटै उद्यश्य वोक्नु पर्दछ । तेरो र मेरो भन्न छोडेर हाम्रो भनेर अगाडि बड्नु पर्दछ । भन्ने विचार कविले यस कवितामा व्यक्त गरेका छन्।सबै मानिसको जीवनशैलीमा समानता आओस भन्ने इच्छा कविले राखेका छन् ।
मानव सभ्यतालार्इ विषयवस्तु बनार्इ लेखिएको उक्त कवितामा मानव जीवन जिउने तरिका सबैले समान रूपमा प्राप्त गर्न पाइयोस् । कसैले उचो र निचोको भावना राख्न हुँदैन । समाज सुधार र विकासको लागि सबैको एउटै विचार र भावना हुनुपर्छ र एकजुट भएर लाग्नुपर्छ । जहासुकै वसेपनि मानिस मानिस कोहि फरक हुँदैन किनकि तिनिहरू सबैको सोच्ने ,वोल्ने र अनुभव गर्ने तरिका एउटै हो । त्यसैले सबैले समान व्यवाहार गरेर एकजुट भएर काम गरि मिलीजुली बस्नुपर्छ भन्ने भाव यस कवितामा प्राप्त गर्न सकिन्छ । निष्कर्षमा भन्नुपर्दा उक्त कविता मानवतावदी भावधारामा रचिएको छ । इन्द्राबज्रा र उपेन्द्र बज्रा मिलेर बनेको उपजाति छन्दको प्रयोग , सरल भाषा शैली र लयात्मक प्रस्तुती यसको विशेषता हो ।

अलङ्कारका भेदहरू 📑📑📑
अलङ्कारको प्रयोग रिगवेदबाट नै भएको थियो । त्यसैगरी अाचर्य भरतले नाट्यशास्त्रमा पनि ४ अलङ्कारको चर्चा गरेको पाइन्छ । तर यी विवेचना मात्र भएका थिए।अलङ्कार एक सम्प्रदाय हो । अलङ्कारलार्इ सम्प्रदायको रूपमा प्रस्तुत गर्ने अाचर्य भामह हुन् । यिनले अलङ्कारका वारेमा काव्यलङ्कारमा व्याख्या गरेका छन् । यिनले अलङ्कारलार्इ स्त्रीको शृङ्गारको रूपमा तुलना गरेका छन् । अलङ्कार विनाको काव्य वार्ता ठानेका छन् । भामहले अलङ्कारको संख्या ३८ मानेका छन् । त्यसैगरी भामहका समर्थक दण्डीले ३५, उद्भभटले ४०, वामनले ३३, रूद्रटले ५१ मम्मटले ७७, विश्वनाथ जगन्नाथ हुँदै अलङ्कारको संख्या१२५सम्म पुर्याएका छन् । यी सबैलार्इ समग्र रूपमा समेट्दा अलङ्कारलार्इ दुर्इ भागमा विभाजित गरिएको छ ।
क) शब्द अलङ्कार
ख) अर्थ अलङ्कार
क) शब्द अलङ्कार -
उचित शब्दको माध्यमवाट काव्यलार्इ अलङ्कृत पार्ने कार्यलार्इ शब्द अलङ्कार भनिन्छ ।जुन अलङ्कार शब्द विशेषका कारण सुन्दर वनेको हुन्छ । त्यस अवस्थामा त्यो शब्दलार्इ हटाइ त्यसको समानार्थी शब्दको प्रयोग गर्दा पहिलेको अलङ्कारको लोप हुन पुग्छ ।काव्यमा शब्दको अाश्रयले मात्रै चमत्कार प्रकट हुने तर शब्दको अभावमा अलङ्कार विहिन बन्ने प्रकारको अलङ्कार अवस्था नै शब्द खलङ्कार हो । शब्द अलङ्कार भित्र पनि अनुप्रास ,यमक र श्लेष गरी ३ उपभेदहरू रहेका छन् ।
अनुप्रास अलङ्कार
काव्यमा प्रयोग हुन अाउने शब्दका वर्ण वा वर्ण समूह क्रमैसँग दोहोरिएर काव्यलार्इ सुन्दरता र मिठास बनाउँछ भने त्यस्तो अलङ्कारलार्इ अनुप्रास अलङ्कार भनिन्छ । जस्तै - पोखरेलीहरू पटुकी पहिरिएर पाल्पा पस्ने प्रचलन परापूर्वको परम्परा हो ।
यस वाक्यमा प वर्ण क्रमश शब्दहरूको सुरूमा प्रयोग भइ वाक्यलार्इ अलङ्कृत गरेको छ । यस्तो अवस्थामा यदि क्रमभंग भयोभने अनुप्रास अलङ्कार हुँदैन ।यसका पनि उपभेदहरू छुट्याइएको छ ।
छेकानुप्रास
एक वा अनेक व्यञ्जन उस्तै क्रमले एक पटक मात्रै दोहोरिने पद्दति
वृत्यानुप्रास
एक वा अनेक व्यञ्जन धेरै पटक दोहोरिने पद्दति
अन्त्यानुप्रास
पाउको अाधा वा अन्त्यमा अन्तिमअक्षर वा शब्द नै मिल्ने पद्दति
श्रुत्यानुप्रास
एकै स्थानवाट उच्चारण हुने वर्णहरू बारम्बार दोहोरिने पद्द्ति
लाटानुप्रास
उहि शब्द र अर्थको भिन्न भिन्न तात्पर्य वा अासयमा एक पटक पुनरूक्ति भर्इ उत्पन्न हुने अनुप्रास हो ।
यसरी प्रवृत्तिका अाधारमा अनुप्रास अलङ्कारलार्इ पनि विभिन्न उपभेदहरूमा वर्गीकरण गरेको पार्इन्छ ।
अा) यमक अलङ्कार
यमकको शाब्दिक अर्थ जोडी हुन्छ । त्यसकारण अर्थ वेग्लै तर अाकारले मिल्दा वर्ण समूह दोहोरिने परिस्थिति को अलङ्कारलार्इ नै यमक अलङ्कार भनिन्छ । एकै खालका अक्षर समूह जुन सार्थक वा निरर्थक रूपमा उहि क्रमले दोहोरियो भने त्यसलार्इ यमक अलङ्कार भनिन्छ ।
इ) श्लेष अलङ्कार
एउटा शब्दलार्इ मोड्दा वा फोड्दा अनेक अर्थ लाग्ने अलङ्कारलार्इ श्लेष अलङ्कारभनिन्छ । यसमा वर्णहरूलार्इ मिल्दा वा छुट्याउँदा एउटै शब्दको भिन्न भिन्न अर्थ अर्थ प्रकट हुने गर्दछ । यसलार्इ पनि शब्द श्लेष र अर्थ श्लेष गरी २ भागमा बड्न सकिन्छ ।जहा शब्द र वर्णको विभाजन जोड्दा वा छुट्याउदा भिन्न अर्थ प्रकट हुने अवस्था शब्द श्लेष हो भने पुरै वाक्यको समूच्च पंक्तिले दुर्इ अर्थ दिएमा त्यसलार्इ अर्थ श्लेष भनिन्छ ।
ख. अर्थअलङ्कार
एउटा शब्दको कारणले भन्दा पनि पुरै वाक्यले काव्यमा जुन अलङ्कार पैदा गर्दा गर्दछ त्यसलार्इ अर्थअलङ्कार भनिन्छ । अर्थलङ्कारमा एउटा शब्दको सट्टा त्यसको पर्यावाची अर्को शब्द उत्पन्न हुन्छ , उत्तम श्रेणीको साैन्दर्य झल्किन्छ ,विशेष कुरा भनिन्छ ।अर्थलङ्कार भित्र पनि विभिन्न उपभेदहरूमा वर्गीकरण गरिएको पाइन्छ । ती हुन्
क. उपमा अलङ्कार
ख. रूपक अलङ्कार
ग. अतिसयोक्ति अलङ्कार
घ.उत्प्रेक्षा अलङ्कार
ङ. दृष्टान्त अलङ्कार
च. अर्थन्तरन्यास अलङ्कार
छ.स्वभावोक्ति अलङ्कार
ज . समासोक्ति अलङ्कार
झ . अप्रस्तुत अलङ्कार
क.उपमा अलङ्कार
कुनै एउटा चिज वा वस्तुलार्इ अर्को उस्तै वस्तु वा चिजसँग तुलना गरेर , उस्तै देखाएर प्रस्तुत गर्नु उपमा अलङ्कार हुन्छ । उपमा अलङ्कारलार्इ उपमेय , उपमान , साधारण धर्म र समान वाचक (वाचक शब्द) को अावस्यकता पर्दछ ।
उपमेय जुन वस्तु वा चिजलार्इ अर्को वस्तु वा चिजसँग समान गुण वा धर्मका अाधारमा दाँजिन्छ त्यसलार्इ उपमेय भनिन्छ । यसलार्इ विषय वा प्रकृति भनेको पनि पाइन्छ ।
उपमान उपमेयसँग तुलना हुन अाउने चिज वा वस्तु उपमान हो । समान धर्म - जहाँ एक वस्तुलार्इ तुलना अर्को वस्तुसँग दाँजेर गरिन्छ र उस्तै लक्षण र गुण प्रस्तुत गरिन्छ त्यहि समान गुण वा लक्षणलार्इ नै साधरण धर्म भनिन्छ । समान वाचक(वाचक शब्द) दुर्इ वस्तु वा चिजलार्इ एक अापसमा लुलना गर्न अाउने तुलना वाची शब्दलार्इ समान वाचक शब्द भनिन्छ । यस्ता शब्दहरू झै , जस्तै, रूपि जस्ता तुलना गर्न अाउने शब्दहरू हुन् ।
ख.रूपक अलङ्कार
कुनै वस्तुको रूपको अर्को वस्तुसँग अारोप गरेर ती दुर्इ अभेद देखाउनु नै रूपक अलङ्कार हो । यसमा उपमान र उपमेयमा एकता स्थापित गरि भेद हुँदा हुदै पनि अभेद देखार्इन्छ । गुण समानताका अाधारमा एउटा चिज वा वस्तुलार्इ अर्को चिज वा वस्तुको रूप दिइन्छ भने त्यो रूपक अलङ्कार हुन अाउँछ ।
उदाहरण ः नाट्यशाला छ अाकाश नाच्ने विजुली नटी
जीवन एउटा संगम हो , जीवन कहालीलाग्दो भीर हो ।
- लेखनाथ पाैडेल
यसमा पनि
क .माला अलङ्कार -
एउटै उपमेय अनेक उपमानहरूको अभेद अारोप गरिएमा
ख. परम्परित रूपक अलङ्कार-
एउटा अारोपलार्इ निमित्त वनाएर अर्को अारोप गरिएमा
ग. सावयक रूपक अारोप -
उपमान र उपमेयका अङ्ग र अङ्गिका बीच अभेदको अारोप गरिएमा
घ. सन्देय रूपक अलङ्कार -
वस्तुहरूका बीच देखिने समानता वस संयम भएको
ङ. भ्रान्ति रूपक अलङ्कार -
कुनै समान वस्तु देखिएर उपमेयको तुल्य रूप भएमा
ग. अतिसयोक्ति अलङ्कार ः
अतिसयोक्तिको अर्थ ज्यादै बढार्इ चढार्इ गरेको र उक्तिको अर्थ भनाइ भन्ने हुन्छ । अर्थात सामान्य वर्णको सट्टा अतिरञ्जनात्मक ढंगबाट प्रस्तुत गरिएको उक्ति अतिसयोक्ति अलङ्कार हुन्छ । यसमा उपमेयको उल्लेख नै नगरी उपमानसँग कुनै फरक नभएको देखाउनु यसको विशेषता हो । उताबाट अाइरहेकी एक शुन्दरीलार्इ देखेर उ चन्द्रमा हेर भियो भने युवतीको अनुहारलार्इ चन्द्रमाको रूपमा वर्णन गरिएको छ । यहाँ उपमेय (मुख) लुकेको छ तर चन्द्रमा र युवतीको मुखमा अभेद सम्भन्ध स्थापित गरिएको देखिन्छ ।यसरी सामान्य कुरालार्इ पनि अत्यन्त बढाएर चमत्कारपूर्ण ढंगले प्रस्तुत गर्नुनै अतिसयोक्ति अलङ्कार हो । यसलार्इ पनि ट भेदमा छुट्यार्इएको छ ।
ती हुन् ः
क. भेदकातिसयोक्ति - अभिन्न वस्तुलार्इ भेद हो भनि देखाउनु
ख. सम्भन्धातिसयोक्ति - योग्यतामा अयोग्यता र अयोग्यतामा योग्यता प्रस्तुति गरिन्छ
ग. चपलासयोक्ति - कारणको ज्ञानबाट कार्य हुने वताइन्छ
घ. अाक्रमातिशयोक्ति - कारण र कार्य एकसाथ हुने वताइन्छ ।
ङ. रूपकातिशयोक्ति - उपमानको सहायताले उपमेयको कथन गरिन्छ ।
च. अत्यन्ततिशयोक्ति- कारण भन्दा पहिले काम हुनुपर्ने वताइन्छ ।
- चन्द्रमालार्इ चन्द्रमा हेर्छिन काैशी र अाकाश
स्वर्गकी अाटली हाँस्छिन याैटी अर्की छन् उदास
- देवकोटा (मुना मदन)
घ) उत्प्रेक्षा अलङ्कार ः-
प्रस्तुत र अप्रस्तुत वाक्यको सम्भन्ध स्थापित उत्प्रेक्षा अलङ्कारमा हुन्छ ।यसमा उपमेयमा उपमानको संभावना कल्पना गरिन्छ । यस अलङ्कारमा होकि ,मानाैं झै प्रतित हुने झ- झल्को अाउने जस्ता शब्दहरूको प्रयोग भएको पार्इन्छ । जस्तै ः- तिम्रो अोठ मानाै ,पुष्प पत्र हो कि ?
यस वाक्यमा अोठ मानाै (उपमेय) र पुष्य पत्र (उपमान) अलग - अलग वस्तु भएपनि अोठ नै पुष्प पत्र हुन् भन्ने सम्भावना देअार्इएको हुनाले यो उत्प्रेक्षाअलङ्कार वन्न पुगेको छ ।
ङ) दृष्टान्त अलङ्कार ः-
दृष्टान्तको अर्थ उदाहरण भन्ने हुन्छ । यसमा एउटा उक्तिलार्इ अर्को उक्तिको उदाहरणबाट प्रमाणित गरिन्छ । अघिल्लो वाक्यको विचार र भावलार्इ पछिल्लो वाक्य वा पंङ्तिको भाव वा विचारले पुष्टि गर्ने काम गरिन्छ । उपमान र उपमेयमा साधरण धर्म , विम्व , प्रतिविम्व भएमा दृष्टान्त अलङ्कार वन्दछ । जस्तै ः-
उपकारी गुणी व्याक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? -लेखनाथ पाैड्याल
यसमा पहिलो वाक्यलार्इ दोस्रो वाक्यले पुष्टि गरेको छ जहाँ गुणि व्यक्ति फलेको वृक्ष समान धर्म नम्रता भएर उपस्थित छन् ।
च) अर्थान्तरन्यास अलङ्कार ः-
अर्थान्तरन्यास भन्नाले एउटा भनाइलार्इ अर्को भनार्इ द्वारा पुष्टि गर्नु वा समर्थन गर्नु भन्ने वुझिन्छ । यस अलङ्कार सामान्य भनार्इले विशेष भनाइलार्इ र विशेष भनाइले सामान्य भनाइलार्इ समर्थन गर्दछ । यसमा कारणलार्इ कार्यद्वारा र कार्यलार्इ कारणद्वारा समर्थन गरिन्छ । जस्तै ः-
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन ।
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।
यसमा पछिल्लो पंतिको विशेष भनालार्इ पछिल्लो सामान्य भनार्इले पुष्टि गरेको हुनछ ।
छ) स्वभावोक्ति अलङ्कार ः-
कुनै चिज वा वस्तुको स्वभाव गुण एवम् क्रियाकलाप जस्ताको तस्तै स्वभाविक ढंगले वाक्यमा (पंति ) उतार्नु नै स्वभावोक्ति हो । यसमा व्यक्ति ,प्राणी वा वस्तुको मिल्दो र सुहाउदो गुण वा वेहोरा प्रकटहुने गरि वर्णन गरिन्छ ।यो यथार्थ परक हुन्छ । जस्तै ः-कहिले वस्दछ छेउमा सडकको खुम्च्याइ छाती ,अनि
कहिले हेर्दछ पूर्वतर्फ नभमा लाली चढ्योकी भनी
काखि मन्तिर जोड्ले कर दुवै छापेर स्युस्यु गरी
काम्यो लुग लुग त्यो गरीब विचरा त्यसमा दया गर्छ को ?
- भीमनिधि तिवारी
ज) समासोक्ति अलङ्कार ः-
संक्षिप्त कथन नै समासोक्ति हो । यसमा एउटै उक्ति बाट दुर्इ अर्थको प्रतिति हुन्छ । यसमा प्रस्तुत वस्तुका समानता द्वारा अप्रस्तुत वस्तुको कार्य ,लिङ्ग ,विशेषण झल्किनेलार्इ समासोक्ति अलङ्कार भनिन्छ ।
झ) अप्रस्तुत अलङ्कार ः-
अप्रस्तुतको अर्थ नै वर्णन नगरिएको भन्ने हुन्छ , त्यसकारण प्रस्तुतवाट अप्रस्तुतको अर्थ वुझ्नु नै अप्रस्तुत अलङ्कार हो । उपमान द्वारा उपमेयको झल्को पाइने अलङ्कार अप्रस्तुत अलङ्कार हो ।
गुलाफ जस्तो फुलेको दिल कोपिला हुदैन ।(देवकोटा )

गुरुवार, 20 मई 2021
साहित्यमा अलङ्कारको महत्त्व
साहित्य मानव जीवनको कलात्मक अभिव्यक्ति हो । जीवनमा घटित घटनालार्इ कलात्मक अभिव्यक्ति दिनाले त्यो साैन्दर्यले युक्त गुणवान साहित्य वन्न जान्छ । जुन भाषालार्इ सुन्दर वनाउँने तत्वको रूपमा अलङ्कारलार्इ लिन सकिन्छ । यसले साहित्यलार्इ सार्थक अाकर्षक र प्रभावकारी वनाउँन विशेष महत्त्व खेल्दछ । अग्निपुराणमा अलङ्कार विहिन कविता विधवा स्त्री जस्तै शोभा विहिन हुन्छ भन्दै कवितामा अलङ्कारको महत्त्वपूर्ण स्थान हुनेकुरा बताइएको छ । भामहले पनि स्त्रीसँग नै तुलना गर्दै जतिसुकै शुन्दर स्त्रीमा पनि अाभूषण विना सुन्दर हुँदैन त्यसरी नै अलङ्कार विनाको साहित्य शाैन्दर्यहिन हुनेकुरा वताउँदै अलङ्कारको महत्त्व दर्शाएका छन् । त्यस्तै जयदेव अग्नीका लागी अग्नीतत्त्व झै काव्यका लागि अलङ्कार अावस्यक देख्दछन् । साहित्यमा अलङ्कारको महत्त्वलार्इ बुँदागत रूपमा यसरी हेर्न सकिन्छ -
१. काव्यलार्इ शाैन्दर्य युक्त वनाउँने अंग नै अलङ्कार हो त्यसैले यो काव्यको लागि महत्वर्ण रहन्छ ।
२. कल्पनाशक्तिको असीमित उडानबाट सर्थक भावयुक्त काव्यको रचना गर्न अलङ्कारको विशेष योजना रहन्छ ।
३. साहित्य सिर्जनागर्दा मनभित्रका भावहरूलार्इ शब्द र अर्थ अलङ्कारका माध्यमवाट बाहिर प्रष्फूटन गरेपछि लेखकले शान्तिको अाभाष गरि उसले अात्मिक सुख प्राप्त गर्छ । त्यसकारण अलङ्कारको सम्भन्ध स्रष्टासँग पनि जोडिएको हुन्छ । यसरी सर्जकले अात्मसन्तुष्टिको अनुभूति गरेको सिर्जनामा पाठक पनि कृतिबाट उत्पन्न साैन्दर्यमा तल्लीन हुन पुग्दछ। यसरी सर्जक र पाठक दुवैको हृदयलार्इ उदिप्त बनाउँन अलङ्कारको भूमिका रहन्छ।
४. अलङ्कारकै माध्यमले काव्यमा उक्ति विचित्रता सिर्जना भइ सार्वकालिक सार्भभाैम र सार्वजनिक बन्न पुग्दछ ।
५. काव्यमा नविनता र विविधता उत्पन्न गराउन अलङ्कारको महत्त्वपूर्ण स्थान रहन्छ ।
६. अलङ्रकारकै कारण साहित्यमा शब्ददोष हटाउन सकिनुका साथै समाजका विकृति र विसंगतिलार्इ खवरदारी गर्न सकिन्छ ।
७. लेखक अाफ्नो साहित्यलार्इ उद्देश्यपूर्ण बनाउँन विम्व र प्रतिकहरूको प्रयोग गर्दछ ।यसले साहित्यलार्इ मिठास त बनाउँछ नै अर्कोतिर जनचेतना फैलाउँन र समाज सुधार गर्न पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।
निष्कर्षमा भन्नुपर्दा अलङ्कार साहित्यको महत्त्वपूर्ण अंग हो ,जसले साहित्यलार्इ शुन्दर बनाउँनका साथै लेखक तथा पाठक दुवैले अानन्द अनुभूत गर्दछन् । जव उद्द्ेश्यपूर्ण साहित्य सिर्जना हुन्छ तव त्यसले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्दछ । यसरी साहित्यमा महत्वपूर्ण स्थान रहन्छ ।
iterature is the artistic expression of human life. Giving artistic expression to the events that take place in life becomes a quality literature with that beauty. Rhetoric can be taken as an element that makes a language beautiful. It plays an important role in making literature meaningful, attractive and effective. In the Agni Purana, it is said that a poem without ornaments is as beautiful as a widow's, and that ornaments have an important place in poetry. Bhamaha has also compared the woman with the fact that no beautiful woman can be beautiful without ornaments, just as literature without ornaments is beautiful, showing the importance of ornaments. In the same way, Jayadeva sees the need for ornaments for poetry like fire for fire. The importance of rhetoric in literature can be seen in the following points:
1. Ornament is the part that makes poetry beautiful, so it remains important for poetry.
2. Alangkar has a special plan to compose meaningful poetry through the unlimited flight of imagination.
3. When the writer expresses his inner feelings through words and meanings while creating literature, he achieves spiritual happiness by giving the impression of peace. Therefore, the relation of ornament is also connected with the Creator. In this way, the reader becomes immersed in the beauty arising from the work in the creation where the creator has experienced self-satisfaction. In this way, rhetoric plays a role in captivating the hearts of both the creator and the reader.
4. The rhetoric in poetry is created through rhetoric and becomes universal and public forever.
5. Rhetoric has an important place in creating innovation and diversity in poetry.
6. Due to rhetoric, word defects in literature can be removed and distortions and inconsistencies in society can be warned.
7. Authors use imagery and symbols to make their literature purposeful. It not only sweetens literature but also plays an important role in spreading public awareness and improving society.
In conclusion, rhetoric is an important part of literature, which makes literature beautiful and brings joy to both writers and readers. When purposeful literature is created, it plays an important role for social change. Thus it has an important place in literature.

नाटकको परिचय र परिभाषा
नाटकको परिचय र परिभाषा परिचयः नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ । रङ...
-
Follow बटनमा थिच्नुहोस् पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र ...