बुधवार, 29 सितंबर 2021

सोमवार, 27 सितंबर 2021

महेशविक्रम शाह र ‘गाउँमा गीतहरू गुञ्जिदैन’। कथाको विश्लेषण

 

परिचय


जन्म – वि. सं. २०२१ भद १५ गते अछाम कालीमाटी

शिक्षा – कानुन र विज्ञानमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तर

सेवा र संलग्नता - प्रहरी सेवामा संलग्न

पुरस्कार तथा संमान – मदन पुरस्कार ,

प्रकाशित कृतिहरू – सटाहा,सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो ,छापामारको छोरो ,काठमाण्डुमा कमरेड कथा सङ्ग्रहहरू

भ्रमण – एसिया ,युरोप र अफ्रिका

कथागत प्रवृत्तिहरू

१.राष्ट्रिय अन्तरराष्ट्रिय परिवेशमा कथा लेखन ,

२. नेपालको पश्चिम पहाडको कठोर सङ्घर्षमय जनजीवनको यथार्थ वर्णन,

३.ग्रामीण जनजीवनको चित्रण,

४.समसामयिक यथार्थवादी,

५. द्वन्दकालको अन्तररङ्गपक्षको प्रस्तुती

६. अस्तित्ववादी चिन्तन

७. विसङ्गति र विकृतिप्रति व्याङ्ग्या

८. आञ्चलिकता तथा स्थानियताको प्रयोग

पात्रहरू

सानोबावु,चुन्नुकी आमा,फुलवा,सानोबावुकी आमा ,हजुरबा,हजुरआमा  -मञ्चिय पात्र

हरेराम,चन्नु, रेसम,बुधराम,सुरजराम,लक्षमन,मधुराम ,चमेली फेरूवा – नेपथ्या पात्र

शीर्षक

अभिधा अर्थमा – गाउँमा वसोबाँस गर्ने मान्छेहरूको मुखबाट गीतहरू गुञ्जीदैनन् ,उनिहरूले गीत गाउन छोडिसकेका छन् भन्ने बुझिन्छ ।

परिवेश

१.पश्चिम नेपालको गाउँ,बस्ती, खेत बनपाखा जङ्गल,कुलो ,कुलेसो आदिको वर्णन गरिएको छ ।

२.सानोबावु गाउँ वस्दा खेल खेलेको ,गीत गाएको,वनजङ्गलमा फूल टिपेको , रमाएको ,खोलामा पौडिएको ,द्वन्दकालमा गाउँ त्रसित वनेको विद्यालय खण्डहर भएका ,आफू जन्मे हुर्केको ठाउँ छोडेर मुग्लान पस्नुपरेको ,सबैजना बाहिर निस्कन नसक्ने अवस्था भएको परिवेशात्मक अवस्थाको यथार्थाता यहा प्रस्तुत भएको छ ।

३.जम्मा २४ घण्टाको समयावधीमा केहि वर्णनात्मक र केहि संमरणात्मक रूपमा प्रस्तुत गरिएको छ

उद्देश्य

१.युद्धका कारण मानिसहरू त्रसित बनेका यथार्थ अभिब्यक्ति दिनु ,

२. २०५२ सालबाट सुरूभएको ससस्त्रद्वन्दका कारण नेपाली जनताले  भोग्नुपरेको नोक्सानीको चित्रण,

३. द्वन्दकै कारण व्याक्तिको जीवन माथिको अधिकार खोसिएको ,गाउँ छोड्नु परेको ,जीवन शैलीमा परिवर्तन भएको पिडा जनक अबस्थाको जानकारी गराउनु,

४. मान्छे उहि भएपनि त्रासको कारण तिनिहरूमा सुन्दरता हराएको ,आत्मियता नभएको, गतिसिलता सकिएको ,सबैका ओठहरू बन्दभएको  देखाउनु ,

५. आफन्तलार्इ भेट्न नपाइने  र आफ्नै गाउँ जान पनि त्रसित बन्नुपर्ने अवस्थाको वर्णन

६. आफ्नो भाबना स्वतन्त्रता पूर्वक व्यक्त गर्न नपाइने ,स्वतन्त्र पूर्वक घरमा वसेर एकछाक खान नपाइने अवस्था सम्म सृजना भएको जानकारी गराउनु,

७. राजनीतिक स्वार्थ प्राप्तिको लागि नागरिकलार्इ बन्धक बनाएको अबस्थाले समाजमा कहिल्यहि शान्ति प्राप्त नहुने चर्चा,

८. शान्ति र सद्भाबबाटै  समाज परिवर्तन हुने गहन भाव व्यक्त

कथाको विश्लेषण

 पेशाले प्रहरी सेवामा अवद्ध भएर पनि साहित्यलार्इ मायाँ गर्ने महेश विक्रम शाहको जन्म २०२२ साल भाद्र १५ गते अछाम जिल्लामा भएको थियो । द्वन्दकालको अन्तर्रङ्गको प्रस्तुति ,विसङ्गति र विकृति प्रति व्याङ्ग्य गर्दै मानव जीवनको अस्तित्वको खोजि गर्नु यिनको कथागत प्रवृति हो । सिपाहिकि स्वास्नी (२०५९),काठमाडौंमा कमरेड (२०६५) तथा छापामारको छोरो आदि कथा सङ्ग्रहरू प्रकाशन गरेका शाहको गाउँमा गीतहरू गुञ्जिदैनन् नामक कथा छापामारको छोरो नामक कथा सङ्ग्रहमा सङ्ग्रहित छ । यस कथामा कथाकारले म पात्रलार्इ प्रमुख पात्रका रूपमा उभ्याएर २०५२ पछि नेपालमा भएको शसस्त्रद्वन्द र द्वन्दले निम्त्याएको अवस्थाको यथार्थ प्रस्तुति गरेका छन् ।

  यस कथामा सानोबाबु नाम गरेको म पात्र प्रमुखपात्र हो । यहाँ म पात्र लगायत चुन्नुकी आमा ,फुलवा , सानोबाबुकी आमा , हजुरबा ,हजुरआमा मञ्चिय पात्र हुन् भने हरेराम ,चुन्नु ,रेसम , वुधराम , सुरजराम लछमन , माधुराम , चमेली , फेरूवा आदि नेपथ्य पात्र हुन् । म पात्र गाउँ छोडेर सहर बस्न थालेको ६ वर्ष भइसकेको हुन्छ । अमा, हजुरबा , हजुरआमा गाउँको मायाले गाउँमानै बसेका हुन्छन् । आमाले हजुरबा ,हजुरआमाको नातिको अनुहार देख्ने चाहना भएको भनि चिठ्ठी पठाएपछि म पात्र गाउँ जाने निधो गर्छ । दाह्री जुँगा पाली कपालले आफ्नो अनुहार ढाकि आफूलार्इ कसैले नचिन्ने हुलिया बनाएर गाउँ छिर्छ । सडकबाट दुर्इवटा गाउँ काटे पछि मात्र उसको गाउँ आउँछ । गाउँको रमाइलो वातावरणको कल्पना गरि अगाडि बढ्छ । उसका कल्पना भन्दा फरक उसको गाउँ हुन्छ । उसले पढेको (अक्षर चिनेको ) विद्यालयको भग्नावशेष मात्र देख्छ ,गाउँलेहरूले श्रमदान गरेर बनाएको टेलिकमको टावरलार्इ बम विष्फोटनले सखाव पारेको छ । गाउँघरका युवा कोहि मुग्लान गए कोहि शहर गए कोहि शसस्त्र युद्दमा होमिए । गाउँमा बुढाबुढी , आइमाइ र केटाकेटी मात्र छन् । त्यहि पनि एकदमै नगन्य मात्रामा । यस्तो अवस्था देखेर सानोबाबु(म ) पात्रलार्इ दुःख  लाग्छ । उसले गाउँमा आफ्ना साथीभाइ कसैलार्इ देख्दैन ।गाउँघरका मानिसहरू पनि  कोहि बाहिर बसेका हुँदैनन्  ।उनिहरू दिउसो पनि ढोका लगाएर नै बस्ने र गाउँमा कसैको वास्ता नगर्ने गर्छन् । कोहि मानिसको अनुहारमा हाँसो हुँदैन । यस्तो परिवेश चियाउदै ऊ घर पुग्छ । घरमा पनि ढोका बन्द अवस्थामा हुन्छ । उसले ढोका ढकढक गरेर आवाज दिएपछि आमाले भित्रबाटै को भनि सोधेर प्रष्ट भएपछि मात्र ढोका खोली छीटो छोरालार्इ भित्र तान्छिन  र ढोका लगार्इ हाल्छिन् । उनिहरूकाबीच  भलाकुसारी  हुन्छ । हजुरबा ,हजुरआमा नातिलार्इ देख्दा खुसि हुन्छन् । आमाले पनि छोरालार्इ मायाँ बर्साउछिन् । उज्यालो भर्इ नसक्दै गाउँमा बन्दुकको आवाज सुनिन्छ र ऊ त्यहाँबाट अध्यारामानै भाग्न बाध्य हुन्छ । यसरी यो कथाको कथानकको अन्त्य भएको छ ।

     वि. सं. २०५२ साल देखि नेपालमा ससस्त्र जनआन्दोलन सुरू भएको थियो ।त्यतिबेला आन्दोलनको सुरूवात नेपालको ग्रामिण परिवेशबाट भएको थियो ।उनिहरू गाउँबाट नै  आफ्नो आन्दोलनलार्इ अगाडि बढाउँदै गएका थिए ।उनिहरूले अनेकन कार्यक्रम गरेर गाउँका युवाहरूलार्इ आफ्नो सहयात्री बनाउँदै आफ्नो समूहको संख्या विस्तार गर्दै गए । सरकारले यसलार्इ आतङ्ककारी भनि घोषणा गरेको थियो । स्वभाविकरूपले सरकार यसको विरूद्धमा देखिन्थ्यो । सरकार र आन्दोलनकारी बीच मुढभेड भइरहन्थ्यो त्यसले गाउँका जनताहरूलार्इ असर पुर्याएको थियो । उनिहरू दुवैतर्फबाट सुरच्छित थिएनन् । त्यसकारण कोहि विदेशिए भने कोहि शहर पसे गाउँघर युद्ध क्षेत्र जस्ता भए भएका भौतिक संरचनाहरू पनि भत्किए ।द्वन्दका कारणले गाउँको शान्त र शुन्दर परिवेशमा बसेर सोझा ,शान्त मानिसको मानसिकतामा पिडाहरू थपिए त्रास र आतङ्कहरू फैलिए ।गाउँका मानसको ओठमा हाँसो छैन यहि यथार्थ प्रस्तुती यस कथामा पार्इन्छ ।

      द्वन्दले त्रास र डर मात्र बढाउँछ ।समाजले शान्त वातावरणको खोजि गरिरहेको हुन्छ ।शान्त समाजमा मात्र विकासको कल्पना सम्भव हुन्छ भन्ने आसय यहाँ पाउन सकिन्छ । अर्थात द्वन्दले मानिसको जीवनलार्इ भताभुङ्ग बनाउँछ घर परिवार विछडिन्छ ।गाउँको खेतियोग्य जमिन बाँझिन्छ भोकमरी र गरिबी बढ्छ अशिक्षाको गति बढ्छ र मानिसको स्तरोन्नति घट्छ भन्ने कुरा यहा देखिन्छ ।

   पश्चिम नेपालको परिवेश ,थारूभाषाको प्रयोग ,सरल र सहज अभिव्याक्ति जस्ता विशेषता बोकेको यस कथाले शान्तिले नै समाजको विकाश हुन्छ  ।द्वन्दले कहि ल्यहि मानिसको उन्नति हुन सक्दैन भन्ने आसय व्यक्त गर्दै शान्तिको कामना गरेको देखिन्छ ।

 

 



रविवार, 26 सितंबर 2021

इस्माली र उनको ‘माछो माछो भ्याकुतो’ कथाको विश्लेषण

 

इस्माली र उनको माछो माछो भ्याकुतो कथा

परिचय


महेश पौडेल(महेश्वरप्रसाद उपाध्याय)

जन्म – २०१२/२/४

जन्म स्थान -  महोत्तरीको  औरहीमा 

शिक्षा -  गणित विषयमा स्नातकोत्तर

पहिलो रचना -  वि. सं. २०३१ सालमा ऋणको थिचो

प्रकाशित कृतिहरू – कथा सङ्ग्रहहरूमा  माछो माछो भ्यागुतो’, ‘घाम घामजस्तो छैन’, ‘काट जर्किन डि लगायत सेतो आतङ्क’, ‘जिरोमाइल’, दुधर्षउपन्यास प्रकाशित छन् ।

पुरस्कार --पारिजात सृजना पुरस्कार र मैनाली कथा पुरस्कार

कथागत विशेषता 

१.सामाजिक यथार्थवादीकथाकार

         गाउँघरका सुख दुखका विषयवस्तुहरू समेट्दै ग्रामिण परिवेशलार्इ कथामा समेटेको पाइन्छ।

२.ञ्चलिकता

  यिनका कथाहरूमा पूर्वी तरार्इको जनजीवन समेटेको पाइन्छ ।

३.प्रगतिवादीता

 यिनका कथामा गरिबले स्थान पाउँछ  ।गरिबीको सजिव चित्र उतारी उनिहरूको विकासको चाहना गरेको पाइन्छ ।

४. समाज सुधारको चाहना

५. मैथिली भाषाको मिश्रण,

६. सूक्ष्म मनोविश्लेषण,

७.सरल ,सहज तथा स्पष्ट भाषा शैलीको प्रयोग ,

सन्दर्भ

१.वि. सं. २०३८ सालको मूलधार पत्रिकामा प्रकशित भएको माछो माछो भ्यागुतो कथा पछि माछो माछो भ्यागुतो नामक कथा सङ्ग्रहम २०५२ मा सङ्कलित रहेको छ ।

२. नेपालको चुनावी प्रकृयाको विकृति र विसङ्गति तथा राजनैतिक विकृतिहरूको यथार्थ प्रस्तुति

३.नेताहरूले गरिव जनताहरूलार्इ श देखाउने तर वास्तवमा ती जनताले केहि नपाउने सन्दर्भलार्इ ल्याएर कथाको शीर्षक चयन गरिएको छ ।

४.निश्पक्ष चुनावले मात्र योग्य उमेदवार चुन्न सकिन्छ त्यसकारण चुनावलार्इ निश्पक्ष वनाउन प्रलोभन र भ्रष्ट्रचारलार्इ अन्त्य गरिनु पर्छ भन्ने उद्देश्य पुरा गर्न यो काथ लेखिएको देखिन्छ ।

कथाका पात्रहरू

फुलचनमा , बाइजी ,सोनफी राय,नन्दन राय , माधो बाबु, विसनदेवा , बका मुसहर ,चेपकवाली किसन भैया ,शर्माजी

कथाको विश्लेषण

सामाजिक यथार्थवादी ,प्रगतिवादी तथा समाजसुधारको चाहना राख्ने कथाकार इस्माली (२०१२) को वास्तविक नाम महेश्वर प्रसाद उपाध्याय हो । गणित विषयमा स्नातकोत्र गरेका यिनको रूचि साहित्य तिर देखिन्छ । ऋणको थिचो नामक कथा लिएर कथा यात्रा सुरूगरेका यिनले माछो माछो भ्यागुतो ,घाम घाम जस्तो छैन जस्ता कथा सङ्ग्रहहरू प्रकाशनमा ल्याएका छन् । यिनको माछो माछो भ्यागुतो नामक कथा पनि यहि माछो माछो भ्यागुतो कथा सङ्ग्रहमा सङ्ग्रहित कथा हो । यस कथामा कथाकारले नेपाली समाजमा हुने विकृतिहरू मध्यको राजनैतिक विकृति र विसङ्गतिको वारेमा प्रस्तुत गरेका छन् ।चुनावी प्रकृयामा भोट कसरी फूतिर तान्ने र निर्वाचित हुने भन्ने ध्यान एकातिर हुन्छ भने अर्कातिर कसरी भ्रष्टचार गर्ने र पैसा कमाउने भन्ने दाउ रहेको हुन्छ । त्यसै गरि गरिब नेपाली जनताले कहिल्यहि राहात पाउदैनन् । त्यसैले फ्नो न्यायका लागि गरिबहरूले फ्नै समूहका व्यक्तिहरूलार्इ नेता बनाइ उठाउनु पर्छ र फ्ना अन्यायका विरूद्ध र देश निर्माणका निमित्व एक जुट भएर लाग्नु पर्छ भन्ने सन्देश यो कथाले दिन खोजेको छ ।

 तरार्इको ग्रामिण समाजलार्इ परिवेश वनाएर लेखिएको उक्त कथामा त्यहाको गरिबी र ती गरिब जनताहरूको  भावनाको वास्ता नगर्ने नेताहरूको वास्तविक यथार्थलार्इ यो कथाले पस्केको छ । चुनावी माहोल चलिरहेको अवस्थामा चुनावको अन्तिम चरणमा प्रचार प्रसार पनि तिब्र बइन्छ र गाउँमा मुख्य रूपमा तीन दलका नेताहरूले बढि प्रचार अनि खर्च गरेका हुन्छन् ।प्रचारका  सबै विधिहरू अपनाउँछन् । रातमा नर्तकीहरू पनि ल्याइन्छ ,विकासका भाषणहरू सुनाइन्छ जागिरका श्वासनहरू दिइन्छ र पैसा समेत बाँडिन्छ यस्ता क्रयाकलापमा नन्दनराय जसको सरकारमा भतिजो हुन्छ र पहिलेको चुनावको वेलातिर एको पैसाले जग्गा किनेको हुन्छ त्यस्तै अर्को नेता माधोबाबु जसले मुखले त रूसमा स्वतन्त्रता छ गरिबको सासन छ त्यस्तै हुनु पर्छ भन्छ तर व्यभाहारमा भने फुलचनमाको मजदुरीगरेको ज्याला पनि दिएको हुँदैन भने शर्मा जी पनि त्यस्तै हुन्छ । त्यसैले फूलचनमा र उसकी स्वास्नी चेपकटवालीले किसन भैयालार्इ सम्झन्छन् ।किसन भैया ले न्याय र उन्नतिका लागि लढ्नु पर्ने र मजदुरको समस्या समाधान गर्न मजदुरलार्इ नै चुनावी प्रकृयामा लगेर नेतृत्व पंतिमा राख्नुपर्ने तर्क राखेको सम्झन्छन् ।अन्तिममा उनिहरू कसैलार्इ पनि भोट नदिने निधो गर्छन ।बोका मुसहर पनि सबैको खाने तर भोट चाहि कसैलार्इ नदिने कुरा व्यक्त गर्छ यतिकैमा कथानकको अन्त्य हुन्छ ।

  तिकता तिर लम्किएको मानव समाज स्वार्थी छ । यो सन्दर्भमा धनिले गरिबलार्इ गुम्राहमा पारेर उनिहरूको श्रम र पसिना शोषण गरेर फू मोटाउने परिपाटी चलिरहेको छ । यस्तो अवस्थाबाट नेपालको राजनीति पनि अछुतो रहन सकेको छैन । यहि नेपाली राजनीतिको सामाजिक परिवेशको यथार्थ प्रस्तुति यस कथामा पाउन सकिन्छ । समाजका शिक्षित र केहि हुनेखाने मानिसहरूले राजनीति गर्दछन् । चुनावी प्रकृयामा जान्छन् र विभिन्न उपायाहरू अपनाएर चुनाव प्रचार प्रसार गर्छन् । अनि विकाश निर्माणका श्वासन दिने र चुनाव जितिसकेपछि गाउँमा फर्केर नजाने पछि फेरी अर्को चुनावमा मात्र फ्नो अनुहार देखाउने गर्छन् । भ्रष्ट्रचारमा रमाउने ,नीजि स्वार्थलार्इ महत्वदिने सम्पूर्ण जनतालार्इ समेट्न नसक्ने जस्ता गतिविधि हुँदै गएको राजनीतिलार्इ अन्त्य गरेर स्वच्छ राजनीति जसले गरिबहरूको वाज सुनोस् त्यस्तो राजनीतिको वस्यकता भएको र त्यसको लागि उनिहरू फै जागरूक हुनुपर्ने विचार कथाकारले राखेका छन् ।

 निष्कर्षमा भन्दा राजनीतिलार्इ राज्यको नीति बनाउन सक्ने नेतालार्इ सुम्पिनु पर्छ । त्यसको लागि त्यसको लागि जनताहरू कुनै लालच र प्रलोभनमा नपरि फ्नो हकको लागि लड्नु पर्छ भन्ने शन्देश यो कथाले बोकेको छ ।

 

 

 


शनिवार, 25 सितंबर 2021

प्रदीप नेपाल र उनको ‘थैले खत्रीको इतिहास’कथाको विश्लेषण

कथाकारको जीवनीगत परिच

जन्म – २०१०पुष २८गते भोजपुरको गोगनेमा

शिक्षा – स्नातक

पहिलो प्रकाशित कथा – गाइड(नलोराँको पत्रिकाः२०२६)

पहिलो प्रकाशित कृति-२०१८ सालमा प्रकाशित सुन्दर हिमालनामक कविता  

कथा सङ्ग्रहहरू – सूर्यमानको कथा शृङ्खला(२०४१),कथाभित्रका नारी अनुहार(२०४७),परोपकार यात्रा(२०५०),धरहराको शहर (२०६२)

लगाएत थुप्रै उपन्यास,संस्मरण ,बालउपन्यास पनि लेखेका छन् ।

सम्मान तथा पुरस्कार - उत्तमशान्ति पुरस्कार, नइ इश्वर वल्लभ पुरस्कार तथा साहित्य सन्त्तया, दोभान साहित्य, प्रलेस, गोपाल प्रसाद रिमालसम्मान जस्ता पुरस्कार र सममानबाट सम्मानित

योगदान - २०५१ सालमा संचार र जलश्रोत मन्त्री तथा २०५५ सालमा स्वास्थ्य र जलश्रोत मन्त्री  

कथागत प्रवृत्तिहरू

१.प्रगतिवादी कथाकार हुन् । यिनले समाजमा पिछडिएका वर्गलार्इ अग्र स्थानमा ल्यार्इ उनिहरूको उचित मूल्याङ्कन हुनुपर्छ भन्ने बिचार अगाडि सारेका छन् ।

२.यिनका कथाहरूमा समाजमा रहिरहेको र्थिक,समाजिक ,राजनैतिक, धार्मिक जातिय, लैङ्गिक विभेध र त्येसले निम्त्याएका समस्यालार्इ यथार्थ रूपमा  समेट्दै शोषित वर्गको पक्षमा वाज उठाएको पाइन्छ ।

३. नारीलार्इ प्रेरणाको स्रोतको रूपमा मान्दै उनिहरूलार्इ कथामा महत्त्वपूर्ण स्थान दिर्इ नारीहरू माहान र शक्तिशाली हुन्छन् भन्नेकुरा दर्शाएको पार्इन्छ ।

४. क्रन्ति र विद्रोहको भावका साथ प्रस्तुत हुने यिनका कथाका भाषा शैली सरल र स्पष्ट बुझिने खालको हुन्छ ।

५.वैचारिक ढंगबाट प्रस्तुती दिने यिनका कथाले विभिध विषयवस्तु अगाल्नुका साथै ग्रामिण र शहरी दुबै परिवेशलार्इ अगालेको पाइन्छ ।

कथाको सन्दर्भ

१.यो कथा वि. सं. २०४३सालमा उत्साहानामक पत्रिकामा प्रकाशित,

२. धरहराको शहरकथा सङ्ग्रहमा(२०६२) सङ्ग्रहित कथा ,

३.वीर सपूतप्रति स्था भाव अभिव्याक्ति

४.सामान्तिहरूका  बिरूध्दमा जनताहरूले संघर्ष गर्नुपर्छ भन्ने भाब,

५.पात्रको चरित्रको धारमा पात्रको नामाकरण र सोहिपात्रको धारमा कथाको शीर्षक चयन गरिएको ,

कथाका पात्रहरू

थैले खत्री(नरबहादुर खत्री),ख्याउटे कार्की(हरिप्रसाद कार्की),थैलेकी स्वास्नी,चुच्चे,थैलेकी सासू,वृहस्पती पराजुली ,बडाहाकिम(कुलबहादुर) ,पुलिस,ख्याउटेको छोरो ,किस्ने भुजेल

कथाको विश्लेषण

प्रगतिवादी तथा यथार्थवादी कथाकार प्रदीप नेपाल (२०१०) को थैले खत्रीको इतिहास नामक कथा २०४३सालमा उत्साह पत्रिकामा प्रकाशित कथा हो । पछि २०६२ सालमा धरहराको शहर नामक कथा सङ्ग्रहमा सङ्ग्रहित गरियो । यस कथामा कथाकार नेपालले वर्ग सङ्घर्षका विषयवस्तुलार्इ उठान गरेका छन् । नेपाली समाजान बर्षौ देखि परम्परा र संस्कार जस्तो वनेको वर्गीय विभेध र निम्नवर्गको मानिसले भोग्नुपेका समस्या अनि त्यसको मुक्तिको लागि लडेको लडार्इं नै यस कथाले समेटेको छ ।

यस कथामा थैले खत्री(नरबहादुर) कथाको प्रमुख पात्र हो । निम्नवर्गीय किसान परिबारको उसलार्इ जेनकेन गरेर बर्षदिन बल्ल तल्ल खान पुग्ने जमिन हुन्छ ।जुन बाबुको अंशबाट प्राप्त गरेको हुन्छ ।त्यो जमिन त्यहि गाउँको धनी ख्याउटे(हरिप्रसाद कार्की) ले जबर्जस्ती हडप्ने प्रयास गर्छ ।त्यसको तिनदिनमा थैले गाउबाट गायव हुन्छ ।घरमा दुर्इ जिउकी श्रीमती एक्लै छोडेर थैले गायब भएको चाल पाएपछि ख्याउटेले थैले हिडेको २७ दिनका दिन उसको घरमा आगो सल्कार्इदिन्छ ।थैलेकी श्रीमतीले गाली सिबाय केहि गर्न सक्दिन ।घर छोडेको तिन बर्ष दस महिना २७दिनका दिन थैले गाउँ आएको हल्ला चल्छ ।थैले गाउँ गएको हल्ला चलेको ९ दिनका दिन ख्याउटेलार्इ एउटा चिठ्ठीपुग्छ त्यसमा २१ दिनको दिन गोदाममा आगो लगाउने धम्की दिइएको हुन्छ । धम्की अनुशार गोदाममा आगो लाग्छ ।त्यसको ५ दिनमा फेरी अर्को चिठी ख्याउटेलार्इ जान्छ त्यसमा ४महिना भित्र घरमा आगो लगाउने,गोठमा पनि आगो लगाउने र घोडालार्इ एक महिना भित्र मारिदिने धम्की हुन्छ ।केहि समयमा थैले र ख्याउटे बिच भेट हुन्छ परिवर्तित स्वरूपमा देखिएको थैलेलार्इ देखेर ख्याउटेलार्इ डर लाग्छ ।काधमा भिरेको बन्दुकले गोली हानी ख्याउटेको घोडालार्इ ताक्छ गोली ख्याउटेको दायाँ हातमा लाग्छ र एकपटककोलागि उसको ज्यान बक्स दिएको कुरा व्याक्त गर्छ । उता गोठमा आगो लगार्इ सकेको हुन्छ ।ख्याउटेले सुरक्षाका लागि घरमा पुलिस पायो ।गाउँमा पुलिस भएपछि गाउँका मानिसहरू पुलिसबाट त्रसित भए थैले ३ महिना गायब हुन्छ ।थैलेले गाउँ छोडेको संका गरि पुलिस फर्कन्छन ।त्यसैदिनको राती  ख्याउटेकोखेतको करिब सातमुरी धान काटेर लान्छ ।  फेरि पुलिसको सहायताको लागि ख्याउटे सदरमुकाम जान्छ र पुलिस झिकाउछ आफू भने फर्कदैन ।पुलिससँग जङ्गलमा झडप पर्दा उल्टै पुलिसलार्इ नै सिद्ध्याएको थैलेलार्इ निदार्इ रहेको अवस्थामा झुक्काएर सुराकी लगार्इ समातिन्छ । कहिले ढुङ्गा बोक्नलगाउने,कहिले गोडामा नेल ठोकेर घोडाको पुच्छरमाबाँधि दिएर यातना दिदै लगि हात ढुङ्गाले थिचेर भाचिदिन्छन् ।भोजपुर र काठमाडौंको जेलमा धेरैबर्ष विताएको थैलेको पछि कुनै खबर बेगर बेपत्ता हुन्छ भन्दै लेखकले २६ साल पछि थैलेको चिहान राप्ति खोलाको किनारमा भएको हल्ला सुनेको थैलेखत्रीको इतिहास पढ्ने पाठकलार्इ उसको मृत्युको कारण र विवरण पत्ता लगाउन आग्रह गरेर कथानक सकिएको छ ।

 बर्षौदेखि जरा गाढेर रहेको सामन्ति शोसक वर्गले निमुखा वर्गमाथि गरेको अन्याय र अत्यचारका विरूध्द सहासका साथ लाग्नु पर्छ ,डराएर बस्नु हुँदैन भन्ने सन्देस बोकेको यस कथामा सामाजमा सामान्तिहरूले कसरी सर्वसाधरण मानिसको थिचोमिचोगर्छन् अनि उनिहरूलार्इ नै कसरीसरकारी कर्मचारी र पुलिसहरूले संरक्षण गर्छन भन्ने यथार्थ अभिव्याक्ति यस कथामा दिर्इएको छ । जो कुर्ची र सत्ताको नजिक हुन्छ त्यसले समाजमा कु कृत्य गरि कुर्ची र सत्ताको आडमा कु कृत्यलार्इ लुकार्इ संस्कारी देखिन्छ । निमुखा वर्गको सम्पती लुटेर आफ्नो  बनाउने र खानदानी बन्ने अविलासा बोकेका सामन्ति संकारको विरूध्द खुलेर विरोध गर्नु पर्छ ।बिरोध गर्दा जतिनै सक्तिशाली भएपनि एक्लैले भन्दा सङ्गठन र समूह मिलेर कार्य गर्यो भने शक्ति अझ मझबुत हुन्छ र सासक पनि हच्किन्छ ।भन्ने सन्देश थैले हराउनु २६ बर्ष पछि अन्यत्रै उसको चिहान भएको हल्ला सुन्नुले दिन्छ ।व्याक्तिलार्इ धोका टाढाको मान्छेले भन्दा बढि नजिकको मान्छेलेदिन्छ जसलार्इ उसले विश्वास गरेको र आफन्त मानेको हुन्छ भन्ने सङ्केत यहा थैलेकी सासूलेनै उसलार्इ निदाएको समयमा पुलिसलार्इ सुराकी दिएबाट थाहा हुन्छ ।त्यसै गरी मान्छेमा सचेतता हुनु पर्छ त्यसले व्यक्तिलार्इ क्रान्तिकारी बनाउछ ।भन्ने तर्क पनि यस कथामा थैलेको अभिव्याक्तिले दिएको छ ।त्यसै गरि शान्ति शुरक्षाका लागि भनेर बनार्इएको पुलिसले पनि समाजमा शान्तिकोशान्तिको साटो कुटपिट,बलत्कार अत्यचार गर्दछन् ।झ्यालखाना भित्र व्यक्तिलार्इ सुधार नभर्इ अत्याचार र प्रतिशोध निकाल्छन् ।कानुनलार्इ हातमा लिर्इ अराजक प्रवृति प्रदर्शन गर्छन् भन्ने यथार्थता यस कथामा प्रस्तुत गरिएको छ ।

       भोजपुरलार्इ मुख्य परिवेश बनार्इ लेखिएको यस कथामा मान्छेलार्इ मान्छेले नै कति अत्यचार गर्छ र अत्यचारको विरोध गर्दा उल्टै उहि दोसी बनि कारबाहिमा पर्नुपर्छ उसको सर्वस्व हनन हुनुका साथै उसको अस्तित्वलार्इनै दमन गरेर गुमनाम गरार्इन्छ त्यहि समाजको यथार्थ ऐना यस कथाले देखाएको छ ।
 
 

 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...