कथाकारको जीवनीगत परिच
जन्म – २०१०पुष २८गते भोजपुरको गोगनेमा
शिक्षा – स्नातक
पहिलो प्रकाशित कथा – गाइड(नौलोराँको पत्रिकाः२०२६)
पहिलो प्रकाशित कृति-२०१८ सालमा प्रकाशित
‘सुन्दर हिमाल’नामक कविता
कथा सङ्ग्रहहरू – सूर्यमानको कथा
शृङ्खला(२०४१),कथाभित्रका नारी अनुहार(२०४७),परोपकार यात्रा(२०५०),धरहराको शहर
(२०६२)
लगाएत थुप्रै उपन्यास,संस्मरण
,बालउपन्यास पनि लेखेका छन् ।
सम्मान तथा पुरस्कार - उत्तमशान्ति पुरस्कार, नइ इश्वर वल्लभ
पुरस्कार तथा साहित्य सन्त्तया, दोभान साहित्य, प्रलेस, गोपाल प्रसाद
रिमालसम्मान जस्ता पुरस्कार र सममानबाट सम्मानित
योगदान
- २०५१ सालमा संचार र
जलश्रोत मन्त्री तथा २०५५ सालमा स्वास्थ्य र जलश्रोत मन्त्री
कथागत
प्रवृत्तिहरू
१.प्रगतिवादी कथाकार हुन् । यिनले समाजमा
पिछडिएका वर्गलार्इ अग्र स्थानमा ल्यार्इ उनिहरूको उचित मूल्याङ्कन हुनुपर्छ भन्ने
बिचार अगाडि सारेका छन् ।
२.यिनका कथाहरूमा समाजमा रहिरहेको आर्थिक,समाजिक ,राजनैतिक, धार्मिक जातिय,
लैङ्गिक विभेध र त्येसले निम्त्याएका समस्यालार्इ यथार्थ रूपमा समेट्दै शोषित वर्गको पक्षमा आवाज उठाएको पाइन्छ ।
३. नारीलार्इ प्रेरणाको स्रोतको रूपमा
मान्दै उनिहरूलार्इ कथामा महत्त्वपूर्ण स्थान दिर्इ नारीहरू माहान र शक्तिशाली
हुन्छन् भन्नेकुरा दर्शाएको पार्इन्छ ।
४. क्रन्ति र विद्रोहको भावका साथ
प्रस्तुत हुने यिनका कथाका भाषा शैली सरल र स्पष्ट बुझिने खालको हुन्छ ।
५.वैचारिक ढंगबाट प्रस्तुती दिने यिनका कथाले विभिध विषयवस्तु अगाल्नुका साथै ग्रामिण र शहरी दुबै परिवेशलार्इ अगालेको पाइन्छ ।
कथाको
सन्दर्भ
१.यो कथा वि. सं. २०४३सालमा ‘उत्साहा’नामक पत्रिकामा प्रकाशित,
२. ‘धरहराको शहर’कथा सङ्ग्रहमा(२०६२) सङ्ग्रहित कथा ,
३.वीर सपूतप्रति आस्था भाव अभिव्याक्ति
४.सामान्तिहरूका बिरूध्दमा जनताहरूले संघर्ष गर्नुपर्छ भन्ने भाब,
५.पात्रको चरित्रको आधारमा पात्रको नामाकरण र सोहिपात्रको आधारमा कथाको शीर्षक चयन गरिएको ,
कथाका
पात्रहरू
थैले खत्री(नरबहादुर खत्री),ख्याउटे
कार्की(हरिप्रसाद कार्की),थैलेकी स्वास्नी,चुच्चे,थैलेकी सासू,वृहस्पती पराजुली ,बडाहाकिम(कुलबहादुर)
,पुलिस,ख्याउटेको छोरो ,किस्ने भुजेल
कथाको
विश्लेषण
प्रगतिवादी तथा यथार्थवादी कथाकार प्रदीप नेपाल (२०१०) को थैले खत्रीको इतिहास नामक कथा २०४३सालमा उत्साह पत्रिकामा प्रकाशित कथा हो । पछि २०६२ सालमा धरहराको शहर नामक कथा सङ्ग्रहमा सङ्ग्रहित गरियो । यस कथामा कथाकार नेपालले वर्ग सङ्घर्षका विषयवस्तुलार्इ उठान गरेका छन् । नेपाली समाजान बर्षौ देखि परम्परा र संस्कार जस्तो वनेको वर्गीय विभेध र निम्नवर्गको मानिसले भोग्नुपेका समस्या अनि त्यसको मुक्तिको लागि लडेको लडार्इं नै यस कथाले समेटेको छ ।
यस कथामा थैले खत्री(नरबहादुर) कथाको प्रमुख पात्र हो । निम्नवर्गीय किसान परिबारको उसलार्इ जेनकेन गरेर बर्षदिन बल्ल तल्ल खान पुग्ने जमिन हुन्छ ।जुन बाबुको अंशबाट प्राप्त गरेको हुन्छ ।त्यो जमिन त्यहि गाउँको धनी ख्याउटे(हरिप्रसाद कार्की) ले जबर्जस्ती हडप्ने प्रयास गर्छ ।त्यसको तिनदिनमा थैले गाउबाट गायव हुन्छ ।घरमा दुर्इ जिउकी श्रीमती एक्लै छोडेर थैले गायब भएको चाल पाएपछि ख्याउटेले थैले हिडेको २७ दिनका दिन उसको घरमा आगो सल्कार्इदिन्छ ।थैलेकी श्रीमतीले गाली सिबाय केहि गर्न सक्दिन ।घर छोडेको तिन बर्ष दस महिना २७दिनका दिन थैले गाउँ आएको हल्ला चल्छ ।थैले गाउँ गएको हल्ला चलेको ९ दिनका दिन ख्याउटेलार्इ एउटा चिठ्ठीपुग्छ त्यसमा २१ दिनको दिन गोदाममा आगो लगाउने धम्की दिइएको हुन्छ । धम्की अनुशार गोदाममा आगो लाग्छ ।त्यसको ५ दिनमा फेरी अर्को चिठी ख्याउटेलार्इ जान्छ त्यसमा ४महिना भित्र घरमा आगो लगाउने,गोठमा पनि आगो लगाउने र घोडालार्इ एक महिना भित्र मारिदिने धम्की हुन्छ ।केहि समयमा थैले र ख्याउटे बिच भेट हुन्छ परिवर्तित स्वरूपमा देखिएको थैलेलार्इ देखेर ख्याउटेलार्इ डर लाग्छ ।काधमा भिरेको बन्दुकले गोली हानी ख्याउटेको घोडालार्इ ताक्छ गोली ख्याउटेको दायाँ हातमा लाग्छ र एकपटककोलागि उसको ज्यान बक्स दिएको कुरा व्याक्त गर्छ । उता गोठमा आगो लगार्इ सकेको हुन्छ ।ख्याउटेले सुरक्षाका लागि घरमा पुलिस पायो ।गाउँमा पुलिस भएपछि गाउँका मानिसहरू पुलिसबाट त्रसित भए थैले ३ महिना गायब हुन्छ ।थैलेले गाउँ छोडेको संका गरि पुलिस फर्कन्छन ।त्यसैदिनको राती ख्याउटेकोखेतको करिब सातमुरी धान काटेर लान्छ । फेरि पुलिसको सहायताको लागि ख्याउटे सदरमुकाम जान्छ र पुलिस झिकाउछ आफू भने फर्कदैन ।पुलिससँग जङ्गलमा झडप पर्दा उल्टै पुलिसलार्इ नै सिद्ध्याएको थैलेलार्इ निदार्इ रहेको अवस्थामा झुक्काएर सुराकी लगार्इ समातिन्छ । कहिले ढुङ्गा बोक्नलगाउने,कहिले गोडामा नेल ठोकेर घोडाको पुच्छरमाबाँधि दिएर यातना दिदै लगि हात ढुङ्गाले थिचेर भाचिदिन्छन् ।भोजपुर र काठमाडौंको जेलमा धेरैबर्ष विताएको थैलेको पछि कुनै खबर बेगर बेपत्ता हुन्छ भन्दै लेखकले २६ साल पछि थैलेको चिहान राप्ति खोलाको किनारमा भएको हल्ला सुनेको थैलेखत्रीको इतिहास पढ्ने पाठकलार्इ उसको मृत्युको कारण र विवरण पत्ता लगाउन आग्रह गरेर कथानक सकिएको छ ।
बर्षौदेखि जरा गाढेर रहेको सामन्ति शोसक वर्गले निमुखा वर्गमाथि गरेको अन्याय र अत्यचारका विरूध्द सहासका साथ लाग्नु पर्छ ,डराएर बस्नु हुँदैन भन्ने सन्देस बोकेको यस कथामा सामाजमा सामान्तिहरूले कसरी सर्वसाधरण मानिसको थिचोमिचोगर्छन् अनि उनिहरूलार्इ नै कसरीसरकारी कर्मचारी र पुलिसहरूले संरक्षण गर्छन भन्ने यथार्थ अभिव्याक्ति यस कथामा दिर्इएको छ । जो कुर्ची र सत्ताको नजिक हुन्छ त्यसले समाजमा कु कृत्य गरि कुर्ची र सत्ताको आडमा कु कृत्यलार्इ लुकार्इ संस्कारी देखिन्छ । निमुखा वर्गको सम्पती लुटेर आफ्नो बनाउने र खानदानी बन्ने अविलासा बोकेका सामन्ति संकारको विरूध्द खुलेर विरोध गर्नु पर्छ ।बिरोध गर्दा जतिनै सक्तिशाली भएपनि एक्लैले भन्दा सङ्गठन र समूह मिलेर कार्य गर्यो भने शक्ति अझ मझबुत हुन्छ र सासक पनि हच्किन्छ ।भन्ने सन्देश थैले हराउनु २६ बर्ष पछि अन्यत्रै उसको चिहान भएको हल्ला सुन्नुले दिन्छ ।व्याक्तिलार्इ धोका टाढाको मान्छेले भन्दा बढि नजिकको मान्छेलेदिन्छ जसलार्इ उसले विश्वास गरेको र आफन्त मानेको हुन्छ भन्ने सङ्केत यहा थैलेकी सासूलेनै उसलार्इ निदाएको समयमा पुलिसलार्इ सुराकी दिएबाट थाहा हुन्छ ।त्यसै गरी मान्छेमा सचेतता हुनु पर्छ त्यसले व्यक्तिलार्इ क्रान्तिकारी बनाउछ ।भन्ने तर्क पनि यस कथामा थैलेको अभिव्याक्तिले दिएको छ ।त्यसै गरि शान्ति शुरक्षाका लागि भनेर बनार्इएको पुलिसले पनि समाजमा शान्तिकोशान्तिको साटो कुटपिट,बलत्कार अत्यचार गर्दछन् ।झ्यालखाना भित्र व्यक्तिलार्इ सुधार नभर्इ अत्याचार र प्रतिशोध निकाल्छन् ।कानुनलार्इ हातमा लिर्इ अराजक प्रवृति प्रदर्शन गर्छन् भन्ने यथार्थता यस कथामा प्रस्तुत गरिएको छ ।
भोजपुरलार्इ मुख्य परिवेश बनार्इ लेखिएको यस कथामा मान्छेलार्इ मान्छेले नै कति अत्यचार गर्छ र अत्यचारको विरोध गर्दा उल्टै उहि दोसी बनि कारबाहिमा पर्नुपर्छ उसको सर्वस्व हनन हुनुका साथै उसको अस्तित्वलार्इनै दमन गरेर गुमनाम गरार्इन्छ त्यहि समाजको यथार्थ ऐना यस कथाले देखाएको छ ।