नेपाली भाषाको थालनी सँगसँगै नेपाली कविताको
पनि थालनी भएको हो भनिन्छ । विक्रमको १८औसताब्दीमा पृथ्वीनारायण शाहको पराक्रमलार्इ लिएर सुवानन्द दासले लेखेको पृथ्वीनारायण कविता जुन १८२६लार्इ यसको सुरूवातको
विन्दुको रूपमा लिइन्छ ।नेपाली कविताको विकाशक्रमलार्इ तिन चरणमा विभाजन गर्न
सकिन्छ ।
क.प्राथमिक काल वि.सं.१८२६- १९४०
ख.माध्यामिक काल वि.सं.१९४१ – १८७४
ग.आधुनिक काल वि.सं. १८७५ –
हाल सम्म
क.प्राथमिक
काल वि.सं.१८२६- १९४०
नेपाली कविताको प्राथमिक काल पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सँगै थालिएको हो । पृथ्वीनारायण शाहले देखाएको
वीरताको गुणगान गाउँदै कवि सुवानन्द दासले लेखेको ‘पृथ्वीनारायण’ कविता नै नेपालीमा लेखिएको पहिलो कविता हुन पुग्यो भने शक्तिवल्लभ अज्र्याल, उदयानन्द अज्र्याल आदिले पनि सुवानन्द दासकै प्रवृति लाई पछ्याए । प्राथमिक काल मोतीराम भट्टको उदय हुनुपूर्वसम्म विस्तारित रहेको पाइन्छ । यस
कालमा सुन्दरानन्द बाँडा, राधावल्लभ अज्र्याल, गुमानी पन्त, वीरशाली पन्त, वसन्त शर्मा, हीनव्याकरणी विद्यापति, रघुनाथ पोख्रेल, रामभद्र पाध्या, भानुभक्त आचार्य, पतञ्जली गुज्रयाल आदि कविहरुको उदय भएको पाइन्छ । प्राथमिक काललाई पनि दुई भागमा वर्गीकरण गर्न सकिन्छ।
अ.वीरधारा
काल
नेपाली कविताको इतिहासको आरम्भमा वीरतापूर्ण भाव भएका वीर रसयुक्त कविता लेखिए । तत्कालीन परिवेशको प्रभाव नै यसको कारण थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान चलाएको समयमा त्यस कार्यमा भाग लिने सैन्यहरुको आत्मबल बढाउन एवं पृथ्वीनारायण शाहको प्रशंसा गरी केही प्राप्त गर्न पनि तत्कालीन कविहरुले वीर भावका कविता रचना गरेको पाइन्छ । वीरधाराकाल वि.सं. १८२५ देखि अंग्रेजसँगको सुगौली सन्धिकाल वि.सं.१८७१ सम्म रहेको छ । सुवानन्द दासको ‘पृथ्वीनारायण’ कवितासँगै आरम्भ भएको यस धाराका अन्य कवि तथा कविताहरुमा शक्तिवल्लभ अज्र्यालको ‘तनहूँ भकुण्डो’, उदयानन्दको ‘पुरानु बातको अर्जी’, अज्ञात कविको ‘साँढ्याको कवित्’, सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’, यदुनाथ पोखरेलको ‘गोर्षा सेना वर्णन’, गुमानी पन्तको ‘धन्य गोरखाली राजा’, रामचन्द्र पाध्याको लक्ष्मी धर्म सम्वाद आदि रचनाहरु उल्लेखनीय छन् । यस धाराका कविताहरुमा युद्धको वर्णनका साथै राष्ट्रिय एकता र राष्टप्रेम झल्किएको पाइन्छ । कवितात्मक अभिव्यक्तितर्फ उन्मुख मौलिकताको स्पर्श गर्ने कोसिस यस कालका कविताका मुख्य प्रवृतिहरु हुन् । यस समयमा फुटकर कविताको साथै खण्डकाव्य र महाकाव्यकै स्तरमा कविता रचना भएको पाइन्छ ।
आ. भक्तिधारा
काल
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको
क्रममा वीरवन्दनाका कविताहरु लेखिए भने नेपाल अंग्रेजको युद्धपछि भएको सुगौली सन्धिबाट भक्तिधारामा आधारित कविताहरु लेखिन थाले । युद्ध र सन्धिले
ल्याएको नैराश्यता र पीडाको अभिव्यक्ति स्वरुप ईश्वर प्रति भक्तिभाव देखाउने कविता सिर्जना गर्न थालियो । धार्मिक ग्रन्थहरु जस्तै पुराण आदि कविता
सिर्जनाका आधार स्रोतहरु हुन पुगे । ईश्वरको साकार र निराकार दुवै रुपको वर्णन, भाषा परिष्कारमा अभाव, लोकछन्द र शास्त्रीय छन्दमा कविता सिर्जित कविताहरु
भक्तिधाराकालका कविताका विशेषताहरु हुन् ।
भक्तिधाराकाललाई पनि तीन भागमा वर्गीकरण गर्न सकिन्छ।
. कृष्णभक्तिधारा-
कृष्ण भक्तिधाराका
कविहरुले ‘कृष्ण’लाई आधार
मानेर कविताको सिर्जना गरेका छन् । श्रीकृष्णको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत
पर्दछन् । यस कालमा कृष्णभक्तिलाई कवितात्मक अभिव्यक्ति दिने कविहरु इन्दिरस, बिध्यार्ण केशरी अज्र्याल, वसन्त शर्मा लुइटेल, वीरशाली पन्त, यदुनाथ पोखरेल, हीनव्याकरणी बिध्यापति , पतञ्जली गुज्रयाल आदि हुन् ।
राम भक्तिधारा- श्रीरामको जीवनसँग सम्बन्धित विविध पक्षलाई
विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत पर्दछन् । रामभक्ति धाराका केन्द्रीय कविका रुपमा भानुभक्त आचार्यलाई लिइन्छ । उनले
संस्कृत भाषामा लिखित ‘रामायण’ को नेपाली भाषामा अनुवाद गरेका थिए । नेपाली भाषामा लेखिएको रामायण नेपालीको पहिलो महाकाव्य पनि हो ।
अनुवाद र मौलिकताको दोसाँधमा रहेपनि रामायणले नेपाली कविता साहित्यमा विशिष्ट स्थान राखेको छ । यसको साथै आचार्यका भक्तमाला (१९१०), प्रश्नोत्तर (१९१०), रामगीता (१९२५) आदि कृतिहरु छन् । यस भक्तिधाराका अर्का सशक्त कवि
रघुनाथ पोख्रयाल हुन् । यिनले रचना गरेको ‘सुन्दरकाण्ड’ मा रामभक्तिको उत्कृष्ट नमूना पेश गरेका छन् ।
.निर्गुण भक्तिधारा
यो धाराको आरम्भ जोसमनी सन्तका रचनाबाट भएको हो
। यो धाराका कविहरुले सामाजिक अन्धविश्वासको चर्को विरोध गरेको पाइन्छ । हिन्दू वर्णाश्रम व्यवस्थाप्रति तीक्ष्ण प्रहारमा यस धाराका कविहरुको कलम चलेको
पाइन्छ । सन्त कविहरुको मुख्य उद्देश्य जातिगत विभेद, अत्याचार, दुराचारको विरोध र मानवतावादको समर्थन गरी मुक्तिको चाहना राख्नु
हो । निर्गुण भक्तिधाराका कविहरुले अदृश्य ;Qfमाथि विश्वास गर्दै ‘ब्रह्म’ वा मनलाई ईश्वरको रुप मानेका छन् । यस धाराका केन्द्रीय प्रतिभा ज्ञानदिलदास हुन् भने अन्य कविहरुमा शशिधर, अगमदिलदास, अखण्डदिलदास आदि पर्दछन् ।
प्राथमिक कालिन कविताका विशेषताहरू
१ लेख्य युगको थालनी,
२ वीर र भक्ति रसका कविताहरुको रचना,
३ संस्कृत साहित्यलाई मूल आधार मानेर कविताको रचना,
४ पुराण, धर्मशास्त्र, पूर्वीय दर्शनलाई आधार बनाई अनुवाद गरिएको ,
५ लोकलय र शास्त्रीय छन्दको प्रयोग
ख.माध्यमिक काल वि.सं.१९४१-१९७४
नेपाली कविताको इतिहासमा माध्यमिक कालको थालनी मोतिराम भट्टको आगमनसँगै भएको मानिन्छ ।यो समयलार्इ छापाखानाको युगको रुपमा चिनिन्छ । मोतिराम भट्टले रामायणको ‘सुन्दरकाण्ड’ छपाएपछि नेपाली कविताको मुद्रण युग आरम्भ भएको हो । मोतीराम भट्टले सुरुमा भारतेन्दु हरिश्चन्द्रबाट प्रभावित भएर मोतीमण्डलीको गठन गरी नेपाली कवितामा श्रृङ्गारिक कविता र समस्यापूर्ति लेख्ने कार्यमा आकृष्ट भएका हुन् । यस कालमा श्रृङ्गारिक कविता रचिएको पाइन्छ । नेपालको इतिहासमा तत्कालीन शासक वर्ग भोगविलासी भएकाले उनीहरुको मनोरञ्जन र सुखका लागि श्रृङ्गारिक कविताहरु लेखिए । शम्भूप्रसाद ढुङ्गेल पनि श्रृङ्गारिक कविकै रुपमा कहलिए । उनको ‘शंभोजनमाला’ र ‘वेश्यावर्णन’ जस्ता श्रृङ्गारिक रचना प्राप्त छन् ।यस कालका अर्का प्रतिभालक्ष्मीदत्त पन्त हुन् । यिनले पत्रपत्रिकामा कविता, गजल आदि प्रकाशन गरेको पाइन्छ । यस्तै माध्यमिक कालका अन्य कविहरु गोपीनाथ लोहनीको ‘संगीतचन्द्रोदय’, ‘गफाष्टक’, तेजबहादुर रानाको ‘श्लोकसंग्रह’, आदि कृतिहरु उल्लेख्य छन् । यस कालका अन्य प्रतिभाहरु नरदेव पाण्डे, तीर्थराज पाण्डे उल्लेख्य मानिन्छन् । त्यसबाहेक शिखरनाथ सुवेदी, लक्ष्मीदत्त पन्त, पहलमानसिंह स्वाँर, केदारनाथ खतिवडा, कृष्णप्रसाद रेग्मी, शम्भूप्रसाद ढुङ्गेल आदिले माध्यमिक कालीन कवितालाई उर्वर पारेको पाइन्छ ।
माध्यमिक कालिन कविताका प्रमुख विशेषताहरु
१. सामूहिक रुपमा कविता लेख्ने कार्यको थालनी,
२. २. अनुवाद गर्ने कार्यको निरन्तरता,
३. ३. मुख्य रुपमा श्रृङ्गारिक भावधारामा कविता लेखन,
४. ४.वर्णनात्मकताको आधिक्य,
५. ५.युगीन परिवेशको व्यङ्ग्यात्मक प्रस्तुति,
६. ६ कवितामा देशप्रेम र जातीय गौरव गान एवं ईश्वर भक्तिभाव झल्किएको,
७. ७संस्कृत, हिन्दी, उर्दू, फारसी आदि मिश्रित भाषाको प्रयोग बाहुल्य,
ग. आधुनिक काल वि.सं.१९७५ – हाल सम्म
१शास्त्रीयतावादी-परिष्कारवादी धारा१९७५- १९९०
आधुनिक नेपाली कविताको पहिलो धारा परिष्कारवादी धारा हो ।
यस धारालार्इ शास्त्रीयतावादी धारा वा क्लासिकल धारा भनेर पनि भनिन्छ । यस धाराका
प्रवर्तक लेखनाथ पौड्याल हुन् । पौड्यालको प्रयासबाट नै आधुनिक नेपाली कविताको टुसा पलाएको हो । यो समय
सूक्तिसिन्धुको प्रकाशन पछि देवकोटाको उदय हुनपूर्वको समयावधिलार्इ मानिन्छ । लेखनाथ
पौड्यालको ऋतुविचार(१९७५) खण्डकाव्यको प्रकाशन सँगसँगै यस युगको सुरूवात भएको हो ।
यसका विशेषता
१भाषा ,व्याकरण ,शैलीमा शुद्धता र लयको परिपालन चाहन्छ ।
२.श्रृङ्गारितालार्इ हटार्इ पूर्वीय शास्त्रीय मान्यता
अनुरूप वौद्दिकता पूर्ण पाण्डित्य पूर्ण कविता लेख्ने उद्देश्य लिन्छ ।
यो समय माध्यमिक
काल र आधुनिक कालको मध्यम समयको रूपमा पर्छ ।यसलार्इ कसैले आधुनिक काल भनेका छन् भने
कुनै विद्वानले स्वच्छन्दतावाद देखि आधुनिककालको सुरूवात भएको भन्ने मान्यता दिएका
छन् ।
२. स्वच्छन्दतावादी धारा १९९१- २०१६
३. प्रयोगवादी धारा २०१७ - २०२९
४. समसामयिक धारा २०३० – हाल सम्म
१९९१ सालमा थालिएको स्वच्छन्दतावादी धारादेखि नेपाली कवितामा
आधुनिक काल प्रारम्भ भएको हो । तत्कालीन नेपाली कविहरू लक्ष्मीप्रसाद
देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिले कवितामा भाव, विषय, छन्द आदिमा पुरानो परम्परा भत्काएर नवीनताको
बीजारोपण गरेपछि नेपाली कवितामा आधुनिकता थालिन्छ । देश, काल र परिवेशको सापेक्षतामा पश्चिमीजगतको मध्यकालीन प्रवृत्ति
स्वच्छन्दतावाद नेपालीमा आधुनिक प्रवृति भएर देखापरेको छ । यो पूर्ववर्ती
शास्त्रीयतावाद वा परिष्कारवादको कठोर बन्धनका विरुद्धमा आएको
विद्रोहात्मक काव्य प्रवृति हो । यस कालमा लेखकीय आत्मचेत र नवीनतम शैलीको
प्रयोग आधुनिकताको खास अभिलक्षण भएर देखापरेको छ । नेपाली कवितामा
परम्परित शास्त्रीयताको विरोध गर्दै थालिएको आधुनिकतामा लेखकीय आत्मचेतना, शैलीशिल्पगत परिवर्तन, नवीन मूल्यमान्यताको वरण, विद्रोही–क्रान्तिकारी स्वरका साथै युगीनता, नवीन सौन्दर्य चेतना, तार्किकता, वैज्ञानिक दृष्टिकोणको प्रस्तुति आदि प्रवृति देखापर्छन् । नेपाली कवितामा देवकोटा आदि कविहरूको आगमनपछि १९९१ देखि न्यूनाधिक रूपमा थालिएर क्रमशः विस्तारित हुँदै गएको आधुनिकताले २००७/२००८ सालपछि स्पष्ट स्वरूप प्राप्त गर्दै गई २०१७ सालमा पुग्दा परिपक्वता प्राप्त गरेको देखिन्छ ।
. स्वच्छन्दतावादी धारा
१९९१ देखि
थालिएको नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही थुप्रै कविहरूले प्रतीकात्मक, आख्यानात्मक र नाटकीय संरचनाका प्रशस्तै
कविताहरू सिर्जना गरेका छन् । देवकोटाबाट थालिएर उनीसँगै
अन्त्य भएको भनिने स्वच्छन्दतावादी कविता पछिल्लो समयमा पनि
प्रशस्तै लेखिएका छन् । नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही
कविता सिर्जना गरेको विवरणलाई हेर्दा नेपाली कविताको
स्वच्छन्दतावादी धाराको समयावधिमा थुप्रै कविहरूले विभिन्न थप र ढाँचाका कविता लेखी नेपाली कविताको उन्नयन र विकासमा उल्लेख्य योगदान पु-याएको देखिन्छ । यस समयका सबैजसो कविका कवितालाईहेर्दामानवीयप्रेमप्रणय, यौवनजन्यइच्छा, आकाङ्क्षा, समानता, स्वतन्त्रता, मातृत्व, आशा–निराशा, बिछोड, मिलन, छटपटी, राष्ट्रप्रेम, प्रकृतिप्रेम आदिकै स्वच्छन्द अभिव्यक्ति
पाइन्छ ।
. प्रयोगवादी धारा
नेपाली कवितामा
प्रयोगवादी धाराको थालनी २०१७ को राजनैतिक परिवर्तनपछि भएको हो । देवकोटाको अवसान र मोहन कोइरालाको आगमनसँगै थालिएको यस धाराका कविहरूले परिस्थितिजन्य कारणबाट उत्पन्न हीनता, कुण्ठा, असन्तुष्टि, उकुसमुकुस आदिलाई अमूर्त लेखनका माध्यमबाट
दुरुह, क्लिष्ट, असम्प्रेषणीय ढङ्गले कवितात्मक प्रस्तुति गरेका छन् ।
जीवनलाई विसङ्गत, निस्सार, विशृङ्खल, शून्य, व्यर्थ ठान्ने यस धाराका कविहरूले अनेक बिम्ब, प्रतीक र मिथका साथै चेतन प्रवाह पद्धतिको प्रयोग गरी
कवितालाई दुर्बोध्य तुल्याएका छन् । यस प्रवृति को अनुसरण गरी विभिन्न कविहरूले पनि कविता सिर्जना गरेको देखिन्छ ।
समग्रमा नेपाली
कविताको प्रयोगवादी धाराको समयावधिमा लेखिएका कवितालाई हेर्दा प्रतीकात्मक र सूक्ष्म आख्यानात्मक
संरचनायुक्त लामा कविताको सिर्जना, प्रतीकात्मक, अमूर्त, बौद्धिक, क्लिष्ट, दुर्बोध्य, दुरुह र जटिल अभिव्यक्ति, अतियथार्थवादी, प्रतीकवादी, अस्तित्ववादी–विसङ्गतिवादी चिन्तन, युगीन जनजीवनमा व्याप्त निस्सारता, अर्थहीनता, निराशा, सन्त्रास, संशय, कुण्ठा आदिको चित्रण, कथ्य र शिल्पगत नवीनता विशृङ्खल अनुभूतिको विस्तार, आनुप्रासिक र गधयात्मक शिथिलता एवं शुष्कता, परम्पराभन्दा भिन्न नवीन भाषिक विन्यासजस्ता
प्रवृतिको
प्रबलता भेटिन्छ । यसै समयमा यीभन्दा भिन्न प्रवृतिका स्वच्छन्दतावादी
भावधारामा आधारित केही कविताहरू पनि लेखिएका छन् ।
समसामयिक धारा
प्रयोगवादी
क्लिष्टताका कारण कविता र पाठकका बीचको सम्बन्ध प्रायः विच्छेद भएका अवस्थामा २०३० को दशकदेखि विभिन्न कविहरूले सरल र सुबोध कविता सिर्जना गर्न थाल्छन् । २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणासँगै नेपाली कविता सडकमा ओर्लिन्छ र सडक कविता क्रान्तिका नामले अगाडि बढ्छ । यसरी २०३६ सालदेखि थालिएर अधावधि निरन्तर रहेको यस अवधिमा सडक कविता क्रान्ति, जनआन्दोलन कविता, गणतान्त्रिक कविता आदि विभिन्न अभियानहरू पनि
देखापरेका छन् । यस अवधिमा थुप्रै नेपाली कविहरूले कविता
सिर्जना गरी नेपाली कवितामा उल्लेख्य योगदान पु-याएका छन् । नेपाली कविताको समसामयिक धारा पनि प्रवृतिगत भिन्नताका आधारमा पूर्वार्ध २०३६–२०४६, र उत्तरार्ध २०४६ देखि यता गरी दुई चरणमा विभाजन गर्नुपर्ने अवस्था देखापरिसकेको छ । २०४६ सालअघिका कवितामा मूलतः तत्कालीन
पञ्चायती व्यवस्थाका विकृति र विसङ्गतिको चित्रण पाइन्छ भने त्यसपछिका कवितामा प्रजातान्त्रिक व्यवस्थाभित्रका अव्यवस्था विकृति –विसङ्गति, नेताहरूका दुष्वृतिको चित्रण, सशस्त्र सङ्घर्षको समर्थन–विरोध एवं
शान्तिको कामना, गणतन्त्र प्रतिको आस्था, विश्वास–अविश्वास, खबरदारी, वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण आदिको अभिव्यक्ति पाइन्छ । यी सबै खाले प्रवृति विभिन्न कविका कवितामा पनि फेला पर्छन् ।
नेपाली कविताको आधुनिक कालका प्रमुख विशेषताहरु
-वर्तमान युगीन विविध क्षेत्रका यथार्थको
प्रकटीकरण
-वासुलभ प्रेमप्रणय, विरह, राष्ट्रप्रेम, प्रकृतिप्रेम, सुधारवादी मानवतावादी दृष्टि
- प्रगीतात्मक संरचनामा संरचित
- निम्नवर्गीय आर्थिक अभाव, दैनिक जीविकोपार्जनका समस्या, न्यूनतम आधारभूत
- देशप्रेम, मानवीयप्रेम, मानवतावादी चिन्तन, अन्याय–अत्याचार एवं यौन विकृति र यौन शोषणको विरोध
- धार्मिक मान्यता र पितृसत्तात्मक मानसिकताको विरोध
- मानवीयप्रेमप्रणय, यौवनजन्यइच्छा, आकाङ्क्षा, समानता, स्वतन्त्रता, मातृत्व, आशानिराशा, बिछोड, मिलन, छटपटी, राष्ट्रप्रेम, प्रकृतिप्रेम आदि कै स्वच्छन्द अभिव्यक्ति