पारिजात र
उनको सिटीहलको एउटा बूढो ‘ज्यमी’कथा
पारिजातको जीवनीगत परिचय
![]() |
पारिजात |
वास्तविक नाम –
विष्णुकुमारी वाइवा
जन्म – १९९३,दार्जलिङ
,चिया बगान
मृत्यु – वि.सं. २०५०
वैशाख ५
शिक्षा – बी .ए .
प्रथम कथा – मैले
नजन्माएको छोरो (२०१०)
कथा सङ्ग्रहहरू – आदिम
देश(२०५०) ,सडक र प्रतिभा(२०३२), साल्गीको बलत्कृत आँशु(२०३४) ,बधशाला जाँदा आउँदा
(२०४५)
सम्मान तथा पुरस्कार – मदन
पुरस्कार(२०२२) ,युगज्ञान पुरस्कार(२०३६) ,पाण्डुलिपि पुरस्कार(२०३९) गंकि
बसुन्धरा पुरस्कार(२०३९)
पारिजातका कथागत प्रवृत्तिहरू
१.अस्तित्त्ववादी
,विसङ्गतिवादी तथा प्रगतिवादी जीवनदृष्टि,
२. बौद्धिक भाषा र चित्रात्मक शैली,
३. नारीचरित्रकेन्द्री प्रवृत्ति,
४.अन्तरमुखि दृष्ट्रि तथा शुक्ष्म कथावस्तुको प्रयोग
५. स्वाभिमानी स्वर,
६. विद्रोही चेतना,
७.सामन्ती ,शोषण र असमानताको विरोध,
८.सरल तथा सहज भाषाशैलीको प्रयोग हुनाको साथै
कवितात्कता,
९.बिम्ब प्रतीकको प्रयोग,
शीर्षक
आफूले निर्माण गरेको सिटी हलभित्र हर्कबहादुर यानकि बुढो
ज्यामी छिर्न नपाएको र उसको श्रमशोषण भएको प्रसङ्ग जोडिएको हुनाले कथाको शीर्षक सान्दर्भिक
देखिन्छ ।
कथाको
शन्दर्भ
१.श्रमजिवीको अन्यायका विरूद्ध संगठन निर्माण हुनुपर्छ,
२. .श्रमजिवीले न्याय पाउनु पर्छ,
३. संगठनको
विद्रोहबाट यो सम्भव हुन सक्छ ,
पात्रहरू
म पात्र , हर्कबहादुर ,ठेकेदार ,इन्जिनियर ,ओभरसियर
कथाको विश्लेषण
अस्तित्ववादी तथा
विसङ्गतिवादी कथाकार पारिजात(१९९३- २०५०) ले मैले नजन्माएको छोरो(२०१०) नामक कथा
लिएर नेपाली कथा फाँटमा देखापरेकि हुन् । यिनको सिटीहलको एउटा बूढोज्यामी नामक कथा
प्रगतिवादी कथा हो । यस कथामा कथाकार पारिजातले मजदुरहरूको समस्यालार्इ उजागर गर्दै
उनिहरूको न्यायको लागि आह्रावान गरेकि छन् । यस कथामा कथाकारले मजदुरहरूको संगठन
हुनुपर्ने रउनिहरूले आफ्नो न्यायको लागि आवाज उठाउँनुपर्ने गहन विषयवस्तु यस कथामा
प्रस्तुत गरेकि छन् ।
थोरै पात्रहरूको संयोजन गरि लेखिएको उक्त कथामा
हर्कबहादुर कथाको प्रमुख पात्र हो । संवादात्मक शैलीमा लेखिएको यस कथामा सोझो र
बुढो ज्यामी कर्कबहादुर मजदुरी पेसा गर्छ
।जुन पेसाले उसलार्इ स्वाद अनुसारको खान र रहर अनुसारको लगाउँन सपना जस्तै हुन्छ । उसले बनाएका बाटाहरूमा
महङ्गा गाडी गुडाउनेको कुनै कमि हुँदैन तर उसका पैतला फाटेका छन् । उसले बनाएका भवनहरूमा धनी महाजनहरूको बाँस
हुन्छ तर उसको घाम पानी ओत्ने आवास हुँदैन। उसैले बनाएको सभा गृहभित्र काम नगरी
बस्ने नेताहरूले ठूला भाषण गर्छन् ।
बिभिन्न देशका विदेसीहरूले त्यो भाषण सुन्न त्यहा पुग्छन् तर उसैले बनाएको त्यो
हलभित्र ऊ आफै भित्र छिर्न पाउदैन । त्यसकारण म पात्र ले उसले त्यहा भित्र छिरेर
भाषण सुन्न र आफ्ना परिवारका सदस्यलार्इ सुनाउन पाउनु पर्छ ।उसलार्इ त्यहा सम्मान
पुर्वक राख्नुपर्छ र सम्नित गर्नु पर्छ
यदि नराखिएमा उसले त्यो हल भत्काउने छेमता पनि उसमा भएको र आफू भित्रको
छेमता नदेखेको अनि आवाज उठाउन नसकेको ले ऊ हेपिएको कुरा म पात्र द्वारा अभिव्यक्त
भएको छ । उसकै श्रम बेचेर ठेकेदार, इन्जिनियरले सुखभोग गरेका हुन्छन् तर उसलार्इ
न्युनतम ज्यालाको भरमा श्रम शोषण गरिरहेका हुन्छन् भन्ने बोध गराउँदै उसले लगाएको
थोत्रो स्टकोटलार्इ एउटा नरकटमा अल्झाएर त्यहीँ गाडिदिने आफूजस्तै ठगिएका
बुढाहरूलार्इ लिएर आउनु त्यो स्टकोटलार्इ कुनै मान्छेको तागतले ढाल्न सक्दैन भन्दै
कथाकारले मजदुरहरूको तागत चिनाउने प्रयास गर्दै कथाको कथानक अन्त्य हुन्छ ।
श्रम गरेर खाने श्रमिक वर्गहरू सधै अन्यायमा
परेका हुन्छन् उनिहरूलार्इ थोरै मुल्यमा काम गराएर उनिहरूको रगत र पसिना बाठा
मान्छेले लुटेका हुन्छन् ।श्रमीकको रगत र पसिना बाठाहरूले भरपुर प्रयोग गरेर
उनिहरू धनी हुन्छन् तर श्रमजिवीहरू भने सधै श्रम मात्र गर्छन ।उनिहरूको भागमा
न्याना लुगा ,पेटभरि खाना र टाउको लुकाउने बाँसपनि हुँदैन । त्यसकारण श्रमिक
वर्गहरू जाग्नु पर्छ र आफ्नो अन्यायको विरूद्ध आवाज उठाउँनु पर्छ ।त्यसको लागि
उनिहरू संगठित हुनुपर्छ भन्ने शन्देस यस कथाले बोकेको छ । श्रमिकहरूको भूमिका राष्ट्र निर्माणको लागि
महत्त्वपूर्ण छ । उनिहरूले गर्दा नै राष्ट्रको विकास सम्भव भएको हो त्यसकारण
उनिहरूको जीवनमा पनि सम्मानित हुने हक हुन्छ । उनिहरूको परिवारले पनि स्वतन्त्र
पूर्वक खुसि साट्न पाउनु पर्छ ।आधारभूत आवस्यकताबाट उनिहरूलार्इ वन्चित गरिनु
हुदैन ।श्रमको सहि मूल्याङ्कन हुन जरूरी भएको खुलासा यस कथाले गरेको छ ।
शोषकहरूको विरोध गर्दै शोषित वर्गप्रति
सहानुभूति प्रकट गरि लेखिएको यस कथामा न्याय नपाए बिद्रोह गर्नुपर्छ भन्ने सन्देस
दिएको छ ।