शनिवार, 4 सितंबर 2021

पारिजात र उनको सिटीहलको एउटा बूढो ‘ज्यमी’कथाको वश्लेषण

 

पारिजात र उनको सिटीहलको एउटा बूढो ज्यमी’कथा

पारिजातको जीवनीगत परिचय

पारिजात


वास्तविक नाम – विष्णुकुमारी वाइवा

जन्म – १९९३,दार्जलिङ ,चिया बगान

मृत्यु – वि.सं. २०५० वैशाख ५

शिक्षा – बी .ए .

प्रथम कथा – मैले नजन्माएको छोरो (२०१०)

कथा सङ्ग्रहहरू – आदिम देश(२०५०) ,सडक र प्रतिभा(२०३२), साल्गीको बलत्कृत आँशु(२०३४) ,बधशाला जाँदा आउँदा (२०४५)

सम्मान तथा पुरस्कार – मदन पुरस्कार(२०२२) ,युगज्ञान पुरस्कार(२०३६) ,पाण्डुलिपि पुरस्कार(२०३९) गंकि बसुन्धरा पुरस्कार(२०३९)

पारिजातका कथागत प्रवृत्तिहरू

१.अस्तित्त्ववादी ,विसङ्गतिवादी तथा प्रगतिवादी जीवनदृष्टि,

२. बौद्धिक भाषा र चित्रात्मक शैली,
३. नारीचरित्रकेन्द्री प्रवृत्ति,
४.अन्तरमुखि दृष्ट्रि तथा शुक्ष्म कथावस्तुको प्रयोग

५. स्वाभिमानी स्वर,
६. विद्रोही चेतना,

७.सामन्ती ,शोषण र असमानताको विरोध,

८.सरल तथा सहज भाषाशैलीको प्रयोग हुनाको साथै कवितात्कता,

९.बिम्ब प्रतीकको प्रयोग,

शीर्षक

आफूले निर्माण गरेको सिटी हलभित्र हर्कबहादुर यानकि बुढो ज्यामी छिर्न नपाएको र उसको श्रमशोषण भएको  प्रसङ्ग जोडिएको हुनाले कथाको शीर्षक सान्दर्भिक देखिन्छ ।

कथाको शन्दर्भ

१.श्रमजिवीको अन्यायका विरूद्ध संगठन निर्माण हुनुपर्छ,

२. .श्रमजिवीले न्याय पाउनु पर्छ,

३. संगठनको  विद्रोहबाट यो सम्भव हुन सक्छ ,

पात्रहरू

म पात्र , हर्कबहादुर ,ठेकेदार ,इन्जिनियर ,ओभरसियर

 

कथाको विश्लेषण

अस्तित्ववादी तथा विसङ्गतिवादी कथाकार पारिजात(१९९३- २०५०) ले मैले नजन्माएको छोरो(२०१०) नामक कथा लिएर नेपाली कथा फाँटमा देखापरेकि हुन् । यिनको सिटीहलको एउटा बूढोज्यामी नामक कथा प्रगतिवादी कथा हो । यस कथामा कथाकार पारिजातले मजदुरहरूको समस्यालार्इ उजागर गर्दै उनिहरूको न्यायको लागि आह्रावान गरेकि छन् । यस कथामा कथाकारले मजदुरहरूको संगठन हुनुपर्ने रउनिहरूले आफ्नो न्यायको लागि आवाज उठाउँनुपर्ने गहन विषयवस्तु यस कथामा प्रस्तुत गरेकि छन् ।

 थोरै पात्रहरूको संयोजन गरि लेखिएको उक्त कथामा हर्कबहादुर कथाको प्रमुख पात्र हो । संवादात्मक शैलीमा लेखिएको यस कथामा सोझो र बुढो  ज्यामी कर्कबहादुर मजदुरी पेसा गर्छ ।जुन पेसाले उसलार्इ स्वाद अनुसारको खान र रहर अनुसारको लगाउँन  सपना जस्तै हुन्छ । उसले बनाएका बाटाहरूमा महङ्गा गाडी गुडाउनेको कुनै कमि हुँदैन तर उसका पैतला फाटेका छन्  । उसले बनाएका भवनहरूमा धनी महाजनहरूको बाँस हुन्छ तर उसको घाम पानी ओत्ने आवास हुँदैन। उसैले बनाएको सभा गृहभित्र काम नगरी बस्ने नेताहरूले  ठूला भाषण गर्छन् । बिभिन्न देशका विदेसीहरूले त्यो भाषण सुन्न त्यहा पुग्छन् तर उसैले बनाएको त्यो हलभित्र ऊ आफै भित्र छिर्न पाउदैन । त्यसकारण म पात्र ले उसले त्यहा भित्र छिरेर भाषण सुन्न र आफ्ना परिवारका सदस्यलार्इ सुनाउन पाउनु पर्छ ।उसलार्इ त्यहा सम्मान पुर्वक राख्नुपर्छ र सम्नित गर्नु पर्छ  यदि नराखिएमा उसले त्यो हल भत्काउने छेमता पनि उसमा भएको र आफू भित्रको छेमता नदेखेको अनि आवाज उठाउन नसकेको ले ऊ हेपिएको कुरा म पात्र द्वारा अभिव्यक्त भएको छ । उसकै श्रम बेचेर ठेकेदार, इन्जिनियरले सुखभोग गरेका हुन्छन् तर उसलार्इ न्युनतम ज्यालाको भरमा श्रम शोषण गरिरहेका हुन्छन् भन्ने बोध गराउँदै उसले लगाएको थोत्रो स्टकोटलार्इ एउटा नरकटमा अल्झाएर त्यहीँ गाडिदिने आफूजस्तै ठगिएका बुढाहरूलार्इ लिएर आउनु त्यो स्टकोटलार्इ कुनै मान्छेको तागतले ढाल्न सक्दैन भन्दै कथाकारले मजदुरहरूको तागत चिनाउने प्रयास गर्दै कथाको कथानक अन्त्य हुन्छ ।

 श्रम गरेर खाने श्रमिक वर्गहरू सधै अन्यायमा परेका हुन्छन् उनिहरूलार्इ थोरै मुल्यमा काम गराएर उनिहरूको रगत र पसिना बाठा मान्छेले लुटेका हुन्छन् ।श्रमीकको रगत र पसिना बाठाहरूले भरपुर प्रयोग गरेर उनिहरू धनी हुन्छन् तर श्रमजिवीहरू भने सधै श्रम मात्र गर्छन ।उनिहरूको भागमा न्याना लुगा ,पेटभरि खाना र टाउको लुकाउने बाँसपनि हुँदैन । त्यसकारण श्रमिक वर्गहरू जाग्नु पर्छ र आफ्नो अन्यायको विरूद्ध आवाज उठाउँनु पर्छ ।त्यसको लागि उनिहरू संगठित हुनुपर्छ भन्ने शन्देस यस कथाले बोकेको छ ।  श्रमिकहरूको भूमिका राष्ट्र निर्माणको लागि महत्त्वपूर्ण छ । उनिहरूले गर्दा नै राष्ट्रको विकास सम्भव भएको हो त्यसकारण उनिहरूको जीवनमा पनि सम्मानित हुने हक हुन्छ । उनिहरूको परिवारले पनि स्वतन्त्र पूर्वक खुसि साट्न पाउनु पर्छ ।आधारभूत आवस्यकताबाट उनिहरूलार्इ वन्चित गरिनु हुदैन ।श्रमको सहि मूल्याङ्कन हुन जरूरी भएको खुलासा यस कथाले गरेको छ ।

  शोषकहरूको विरोध गर्दै शोषित वर्गप्रति सहानुभूति प्रकट गरि लेखिएको यस कथामा न्याय नपाए बिद्रोह गर्नुपर्छ भन्ने सन्देस दिएको छ ।

 

शुक्रवार, 3 सितंबर 2021

पद्मावती सिंह र ‘आरूको बोट कथा’ ।को विश्लेषण

 

पद्मावती सिंह र ‘आरूको बोट कथा

परिचय

जन्म – वि.सं. २००५ वैशाख ९ गते

जन्मस्थान – मबाहल ,काठमाड

शिक्षा – स्नातक

सेवा र संलग्नता – परिवार नियोजन सङ्को संयोजक ,नियोजन पत्रिकाको सम्पादन, साहित्यिक पत्रकार सङ्घको जीवन सदस्य दी

प्रकाशित कृतिहरू

पहिलो कथा – पत्थरको हृदय(रती पत्रिकाः २०२२)

कथासङ्ग्रह  - कथादि(२०३८) , कथायान(२०३९) ,कथाकार (२०४४) , पद्मावती सिंहका कथाहरू (२०७५) मन स्वीकृति(२०६०)

उपन्यास – समानान्तर काश(२०६२)

सम्मान तथा पुरस्कार – रत्नश्री स्वर्णपदक (२०३९),मैनाली कथा पुरस्कार (२०४७) वीरेन्द्र श्वर्य सेवा पदक (२०५९) राष्ट्रिय प्रतिभा पुरस्कार (२०५९) , साझा पुरस्कार (२०६२) दी

प्रमुख प्रवृत्ति र विशेषता

१.समसामयिक विषयवस्तुका साथै फ्ना भोगार्इ र अनुभवहरूलार्इ कथामा उतारिएको पाइन्छ ।

२. समाजमा हुने लैङ्गिक विभेद र त्यसको प्रभावको विषयमा बोल्नु उनको अर्को विशेषता देखिन्छ ।

३.यिनका कथाहरूमा नारीवादी दृष्ट्रिकोणले प्रवलता पाएको हुन्छ ।

४. नारी शसक्तिकरण र स्वावलम्वी शन्देश दिन्छिन् ।

५. बिम्ब प्रतिकको प्रयोग गरिएको पाइन्छ ।

६. यन मनो विश्लेषणमा धारित कथाहरू लेखिनु उनको अर्को विशेषता हो ।

७. सामाजीक कुरीति तथा कुसस्कृति विरूध्द वाज उठाएकि छन् ।

८. यिनलार्इ यथार्थवादी कथाकारका रूपमा चिनिन्छ ।

 

रूको बोट कथा

हेर, अब छिट्टै यस बोटमा आरु फल्नेछ। रश्मीले झ्यांगिएर रहेको बगैंचाको पश्चिमपट्टिको आरुको बोटलाई औंल्याउंदै भनी ।कहिले हो कहिले -मुनाले भनी यसमा फल्ने आरु निश्चय नै अनि मीठो हुन्छ‘ठूल्ठूला खूब रसिला'।आरु नै नफली कसरी भन्न सकिन्छ र -अं, थाहा पाइहालिन्छ नि , रश्मीले उत्नीखेरै प्रतिवाद गरी, तर मनमनै भने मुनाले भनेको कुरा उसलाई ठीकै हो भन्ने लागेको थियो ।सांझपख बगैंचामा डुल्दाडुल्दै बराबर दुवै अभिन्न सङ्गिनीहरूका बीच यस्ता कुराकानी भइरहन्छन् ।अघिल्तिर झयालबाट एकजोडी आँखाले उनीहरूलाई नै चियाइरहेको हुन्छ जसबाट ती दुर्इ अनभिज्ञ तथा लापरबाही देखिन्छन् ।तरकारी केलाउंदाकेलाउंदै टक्क अडेर रश्मीकी बज्यैको अनुभवी आँखाले उनीहरूलाई गहिरिएर नियाल्दै उनकी आमालाई भनेको कुरा उनेको कानमा पर्छ ।"दुलही अब रश्मी छिट्टै पर सर्छे। ”सरर्सर्ती गहिरो दृष्टि उनीमाथि यांकेर बज्यैको कुरामा सहमति जनाएझैं गरी आमा खिसिक्क हांसेकी पनि उसले देखि । रश्मीलाई कस्तो कस्तो अनुभूति भयो- अप्ठ्यारो पनि होइन, नरमाइलो भनौं भने त्यो त झन् हुदै होइन । यस आकस्मिक प्रसङ्ले भित्रभित्रै उसलाई काउकुति लागेझैं भयो ।सुने-नसुनेझैं गरी पल्लो कोठामा खुसुक्क पस्छे निरुद्देश्य । कोठाभरि साँझपखको रमाइलोपना छरिएको हुन्छ । अन्यमनस्क भावले पूर्वपट्टकिो बार्दलीबाट आकाशको पल्लोछेउसम्म आंखाले भ्याउन्जेल एकपल्ट हेर्छे आकासभरि छरपस्टिएका बादलका टुक्राटुक्रिहरू विभिन्न आकृतिमा सललल बहेझैं देखिन्छन् । सूर्यास्तले पश्चिमपट्ट क्षितिजभरि सुन्तला रङ्ग पोतेर वातावरणलाई झन् रमणीय तथा आकर्ष बनाएको हुन्छ । रमणीय दृश्यहरूमा डुब्दै उत्रंदै उनको दृष्टि झट्ट आरुको बोटमा गई अल्झन्छ ।बोटभरि कोपिलाहरू फूल हुन-हुन आंटेका रहेछन् । हिजोसम्म उनको दृष्टि त्यहां नपरेकोमा आंफैंलाई ताजूप लागेर आउंछ । ठीकै त्यसैबेला उसकी आमा कोठामा प्रवेश गर्छे"आमा आरुको बोटमा फूलहरू फुल्न थालेछन्" -प्रफुल्ल भई रश्मी भन्छे "हो नि आरुको बोटमा बैंस चढ्यो अब यसपालिदेखि आरु फल्छ ।अं सांच्ची' शरीरभरि उन्माद छाएझैं हुन्छ रश्मीलाई ।"अघिल्तिर घरको झयालमा आंखा पर्नासाथ मुखलाई कच्याककुचुक पारेर आमा भन्छे, "आइज भित्र । के बार्दलीमा कुहिना टेकेर विनासित्तिको फाल्तु कुरा गरेर बसेकी -" आमाले प्रफुल्ल अनुहारलाई एक्कासी अमिलो पारेर अर्कै प्रसङ्ग समातेको देखेर रश्मी छक्क परी । त्यसको कारण पत्ता लगाउन उनको दृष्टि स्वतः अघिल्तिर झयालमा पुग्यो । सांझको धमिलो अंध्यारोमा पनि झ्यालमा एकजना पुरुषको पिठ्यूं स्पष्ट ठम्याउन सकिन्थ्यो । "आमालाई देख्नेबित्तिकै उसले पिठ्यूं र्फकाएरको हुनुपर्छ ।" यस्तो अड्कल काट्नेबित्तिकै उनको अनुहार रातो भई निहुरियो ।"हिंड् भित्र  बज्यैको पूजाभाँडा माथि लगिदे " आमाको स्वरमा आदेशभन्दा रिसको मात्र बढी मुछिएको हुन्छ चुपचाप आमासित भित्र पस्छे उनको अङ्गप्रत्यङ्गमा सरर्सर्ती आंखा दौडाउंदै आमा फेरि फतफताउंदै, "केटाकेटी भनुं भने केटाकेटी रहिन, तरुनी भनुं भने लुगा लगाउने ढङ्गसमेत आएको छैन । न हांसको चाल न कुखुराको चाल "अब भने आमाको आफूप्रतिको नौलो दृष्टि, नौलो व्यवहार र बेवांकको फलफती सुनेर रश्मीलाई नरमाइलो झर्को लागेर आयो । ऊ मनमनै र्झकदै पूजाभांडा लिएर फरक्क र्फर्केकी मात्र थिई । "ए पख् पर सरिस् कि क्या हो -" भनेर उत्तेजित ्वरमा आमाले भनी । यो सुन्नासाथ उसका खुट्टाहरू रोकिए ।"खै त'" आमा हामफालेर ऊ नजिक आई । "लौ न नि हो त रैछ । कस्तो चाल नपाएकी - हरे शिव " आमाको यस्तो घोषणा सुन्नासाथ आमालाई ट्वाल्ल पुरुषको अनुहार हेर्न नहुने कुरा पनि उसले आमाबाट जानकारी पाई ।अचानक आफूलाई ौलो स्थितिमा पाएर उसलाई आफूभित्र के-के भत्के, के-के बगेजस्तो लागेर त्यसैत्यसै रुन मन लागेर आयो । एकघण्टा एक ठाउंमा बसेर बिताउन गाह्रो मान्ने ऊ जस्ती चनमतीलाई एउटै कोठामा पूरा एघार दिन बिताउन कम गाह्रो पर्ला त ? सोच्दासोच्दै उसलाई विरक्त लागेर आयो गुफा कोठामा धुमधुम्ती बसेर उसका दिनहरू मनमा नानाथरिका कुराहरू खेलाएरै बित्न थाले"म अब तरुनी भएं । म अब त्यो अवस्थामा छैन जुन अवस्थामा पहिले थिएं । ममा एकाएक यस्तो परिवर्तन कसरी र किन आयो - मेरा आउने दिनहरू कस्ता होलान् -" उभित्रका जिज्ञासाहरू छिनमै आकासको विशालता बोकेर फैलिदिन्थ्यो । "आकासलाई अब छुनर्ुपर्छ र समुıमा डुबुल्की मार्नुपर्छ" उसको अन्तरात्माले साउती गरेर भनेझैं लाग्छ ।जतिजति गुफाभित्र दिनहरू बित्दै जान्छन्, उसभित्रका जिज्ञासाहरू बोझ बनेर उसको मनमस्तिष्कमा छाइरहन्छन्- नरम-नरम भुवा बनेर, उसको र्सवाङ्गलाई बिस्तारै सुमसुम्याएर ।"संयोग पनि कहिलेकाहीं कस्तो अद्भूत भइदिंदोरहेछ आरुको बोटमा फूल फुल्न ममा यौवनको फूल फुल्नु त्यो पनि एउटै महिना एउटै सालमा'।" विस्मय उनीभित्र अग्लिंदै जान्छ- नापिनै नसकिने गरी बडेमानको आकार भएर । जुनबेला बार्दलीमा बसेर आरुको बोटको हांगाभरि कोपिला फक्रेको मुग्ध भई हेरिरहेकी थिई, त्यसैबेला अगाडि घरको झयालबाट उकजोडी आंखाहरू एक लोलुप घुराइलाई बोकेर उसलाई नै हेरिरहेको उसले देखे पनि नदेखेझैं गरेकी थिई । अहिले तिनै आंखाहरू र ती आंखाभित्र छरिएका आकषर्ण्र्ाारे सोच्न उसले समय पाउंछे र सोच्न थाल्छे । सोच्दासोच्दै मानौं रहस्यैरहस्यको गुजुल्टाहरूबाट एउटा कुराको रहस्योद्घाटन भएझैं ऊ एक्लै मुस्कुराउंछे । अनि खुरुक्क उठ्छे, अनायास केही सम्झेझैं गरी । आफ्नो वरिपरि प्रशाधनका विभिन्न चीजहरू फंिजाएर आफूलाई सिंगार्न तल्लीन हुन्छे ।उसले सबभन्दा पहिले दुइ चुल्ठा सलक्क बाटी, त्यसपछि गाजल लगाई । दुर्इ आँखीभौंका बीचमा टुपुक्क रातो टीका लगाई । ओंठमा अनकनाउंदै लिपिस्टिक लगाई । ऐना हातमा लिएर त्यसभित्र देखापरेको आफ्नो प्रतिबिम्बलाई टोलाएर हेरिरही । धेरै वेरसम्म ऊ आफ्नो रूप तथा सौर्न्दर्य देखेर त्यसै मुग्ध भइरही । पहिलोपल्ट आफ्नो सौर्न्दर्य तथा रूपको आभास पाई- उभित्र घमन्ड पनि बढ्यो । त्यत्तिकैमा कसैले ढोका खोलेर भित्र प्रवेश गरेको पदचाप सुन्नेबित्तिकै हपपत ऐना लुकाई ।आमालाई आफ्नो अघिल्तिर देख्नासाथ चोरी गर्दागर्दै समातिएझैं अनुहार लाएर अकमक्किंदै भनी, "कोही साथी आएन आज । मुना पनि आइन । नरमाइलो लागेकोले सिंगार गरेर बसेकी ।" यस्तो स्पष्टीकरण दिंदै ङिच्च हाँसी । तर आमाको अनुहारको हाँसोको झिल्कोसमेत देखिएन, बरु प्रतिक्रिया स्वरूप उसको अनुहारमा पहिले विस्मय त्यसपछि क्रमशः प्रशंसा, हर्षतथा इर्श्याले मिसिएका भावहरू ओइरिन थाले ।"रश्मी मलाई उत्ताउलो पाराले सिंगार पारेको पटक्कै मनपर्दैन" उनले कठोर स्वरमा भनिन् ।केहीबेर कोठामा मौनता छाइरयो । दुवै मनका कुरा खेलाई चुप लागिरहे । केही छिनपनि विषयान्तर गर्दै आमाले सोधी, "चिया खान्छेस् -" चियाको तलतल लागेको भए तापनि रश्मीले "खान्न" भनेर जवाफ दिई ।आमा केही नबोली कोठाबाट गई । आमा निस्कनासाथ उसले जुरुक्क उठेर पहिले ढोकामा छेस्किनी लगाई । त्यसपछि उदास अनुहार लगाएर एकपल्ट आफ्नो अनुहार ऐनामा हेरी । अनि, रिसैरिसमा उसले गाजल, टीका तथा लिपिस्टिक रगेडी-रगेडी पुछी । दुवै आंखाबाट आंसु खसाल्दै मनमनै कल्पी, "अघि सिंगार गरेको आफ्नो रूपलाई पर झयालसम्म एकपल्ट पुर्याउन पाए ऊ कति मुग्ध हुन्थ्यो होला -" यस्तो सोच्दासोच्दै अनायास उसको आंखा घडीमा पर्यो । ठीक पांच बजेछ । यतिखेर शायद ऊ झयालमा उभिएर बार्दलीतिर र बारीको यताउति आंखा दौडाइरहेको होला । उसलाई त्यसै-त्यसै नरमाइलो लागेर आयो । मनभित्र कताकता के-के छरेजस्तो, के-के पोखिएजस्तो एकतामासको खल्लो भएर आयो ।बाहिर चरा एकनाससित कराइरहेको उनको कानमा पर्यो । शायद त्यो आरुको बोटको एउटा हांगामा बसेर कराइरहेको होला । फेरि उसले आरुको त्यस बोटलाई सम्झी जसमा अहिले ढकमक्क फूल फुलिसकेको छ । आफ्नो रूप तथा लावण्यलाई पर््रदर्शन गरी बाटोको पश्चिमतिर कुनामा उभिएको दृश्य उसको आंखासामु झलझली आउंछ । हेर्दाहेर्दौ त्यस बोटले एउटा सिंगो पुरुषको रूप लिन्छ । चौडा छाती, मज्जाको बलिष्ठ जीउडाल, आंखाभरि त्यही लोलुप हेर्राई छरेर उसित आंखा जुधाएर त्यो बिस्तारै मुस्कुराउंछ ।त्यो आफ्नो पाइला विस्तार-विस्तार सार्दै नजिक आएझैं उसलाई लाग्छ । ऊ आफ्नो सासलाई रोकेर चुपचाप त्यसका अघि बढ्दै गरेका पाइलाहरू हेरिरहन्छे । त्यसको सासको र्स्पर्श आफ्नो अनुहारमा परेको आभास हुनासाथ उसको सवाङ्ग एकाएक सम्मोहित भएझैं लठ्ठएिर आउंछ । लाजले हो वा केले हो उसका दुवै आँखा विस्तारै बन्द हुन्छन् ।निमेषमै त्यसले उसलाई कसेर अंगालोमा बाँध्छ । उसको प्रत्येक फुत्कने प्रयासमा त्यसको अंगालोको शक्ति बढ्दै जान्छ ।"आहा  तिमी कति राम्री छ्यौ भर्खरै कोपिलाबाट फक्रेको फूलजस्तो एकपल्ट मज्जासित तिमीलाई पिउन मन लागिरहेको छ ।" त्यसले कानैमा मुख ल्याएर फुसफुसाउंछ ।ढोकाको एकनासको ट्वाक-ट्वाक आवाजले ऊ एउटा गहिरो सम्मोहनबाट ब्यूंझन्छे । पहाड चढ्दाचढ्दा एक्कासी हुत्तिएर भूइंमा बज्रैझैं उसको स्थिति एकदम निरीह हुन्छ । निधारबाट बगेर परेली भिजाउन आइपुगेको पसिनाको थोपालाई पछयौरीले पुछेर ऊ ढोका खोल्न पुग्छे ।"निदाइरहेकी थिइस् कि क्या हो - अहिले हो र ढोका ट्वाक-ट्वाक गरेकी''।" मुनाले भित्र पस्दै भनी । रश्मी केही बोलिन, मात्र मुनाको अनुहार एकपल्ट हेरी ।"किन त्यस्तो अनुहार लगाएर हेरेकी हं - कुनै सपना त देखिरहेकी थिइनस् -"सपना त होइन बरु अर्कै एउटा'" बोल्दाबोल्दै एकाएक ऊ चुप लागी । मात्र उसको ओठका कुनाहरू सगबगाइरहे ।"आज तेरो छांट निको छैन है "यत्तिकैमा रश्मीले मूनालाई हठात् आफ्नो अंगालोमा हाली एउटा लामो निश्वास तानी फेरि सामान्य स्थितिमा आउन उसलाई कुनै समय लागेन ।"के भयो तंलाई - सञ्चो छैन कि क्या हो -" मुनाले विस्मित हुदै सोधी । ओठभरि कलिलो हंर्साई लिएर रश्मीले भनी, "मुना  हाम्रो बारीको आरुको बोटमा फूल फुलिसक्यो, देख्यौं ?देखें ,अब त्यसमा चांडै फल लाग्नेछ ।" रश्मीले आंखा स्वप्निल हुदै आउंछ । "कहिले गुफाबाट निस्केर गई आरुको बोटलाई आंखाभरि हेरुंजस्तो लागिसक्यो मलाई त   भन्छे "यी बाँकी दुर्इ दिन पहाडजस्तै भइसके मला'।जसोतसो बाह्र दिन पनि बिते । अब रश्मीका सांझहरू आरुको बोटमुनि बित्न थाले ऊ किताब लिएर त्यही बोटमुनि बस्छे र पढ्ने बहाना गर्छे उसलाई त्यहाँ एक अलौकिक सुख प्राप्त हुन थाल्दछ ।अघिल्तिर झयालबाट चियाउने आंखाहरू निर्धक्कसित ऊसम्म आइपुग्छन् । विस्तार-विस्तार मौन मुस्कान तथा सङ्केतको आदानप्रदानको क्रम सुरु हुन्छ ।निदप्रतिदिन नियाल्दानियाल्दै बोटमा फल लागेर आउंछ । जतिजति फल आफ्नो स्वाभाविक आकारमा आउंछ, त्यतित्यति त्यसलाई खाने आतुरी पनि उभित्र बढ्दै जान्छ ।केही समयको अन्तरालमा आरुले आफ्नो पूर्ण्ास्वरूप लिन्छ । बगैंचाभरि पाकेको आरुको वास्ना फैलिन्छ । रश्मीको मनमस्तिष्कमा चौबीसैघण्टा त्यस वास्नाले आकषिर्त भई त्यसलाई खाने एक असीम रहर उत्पन्न भइदिन्छ ।आरुको बोटमा फूल फुलेेखिन् हजारपल्ट उसकी बज्यै दिनहुंझैं "देउतालाई नचर्ढाई पहिलोपल्ट आफ्नो बारीमा फलेको फल टिपेर खानु हुदैन है " भन्दै आउंदै थिई बज्यैको डरले उसले आरु टिप्ने साहस गर्न सकेकी थिइन ।एकपल्ट बज्यै आमा कर्ीतन सुन्न जांदा उसले झन्डै रु टिपेर खाएकी थिई, तर मनमा के विचार आएर हो उसले आरु टिप्न लगाइसकेको हातमा फतिर्ा गरेकी थिई सधैं झैं आरुको बोटमुनि ऊ बसिरहेको बेलामा बतास चलेर एक दाना पाकेको आरु उसको गोडैनिर खस्न पुग्दछ । खस्नासाथ आरु हातमा लिएर ऊ एकछिन ट्वाल्ल परेर हेरिरहन्छे । एक मनले देउतालाई चढाउँन बज्यैलाई दिनुपर्छ भन्ने उसलाई मनमा लाग्यो । अर्को मनले त्यसलाई सुटुक्क खाउं कि भन्ने विचार आयो । त्यसै किर्ंकर्तव्यविमूढ भइरहेको बेलामा परबाट मुना आइरहेकी देखेर उसको मन जोरले ढुकढुक गर्न थाल्यो ।उसले एक निरीह दृष्ट्रि अघिल्तिर झयालमा फ्यांकी । झयालबाट उसको प्रत्येक गतिविधिलाई नियालेर हेरिरहेका आँखाहरूसित उसको आँखा जुध्न पुग्नासाथ उसभित्र हराइसकेको जस्तो भइसकेको आत्मविश्वास फेरि ब्युतेर आयो ।ऊ पछयौरीभित्र लुकाइराखेको आरुलाई बलियोसंग च्यापेर राख्छे उसलाई त्यो आरुको दाना आफूजस्तै आफन्त लागेर हो कि।

शीर्षक सन्दर्भ

१.प्राकृतिक वनस्पति रूको बोट र त्येसको फल रूको बारेमा कथाको विषयवस्तु जोडिएको छ ।

२. रूको बोटलार्इ यवन नारीसँग प्रतिबिम्बित गरी लेखिएको छ ।

३.नारी यकाङ्क्षालार्इ  सामाजिक परिवनधनले रोकेर राखेको खुलासा

कथाका पात्रहरू

रश्मी,मुना,रश्मीकी बज्यै,रश्मीकी मा ,पल्लो घरको झ्यालको पुरूष

रूकोबोट कथाको विश्लेषण

 सामाजिक यथार्थवादी यन मनोविश्लेषण तथा नारीवादी कथाकार पद्मावती सिंह (२००५) एक सवल नारी साहित्यकार हुन् । सामाजिक कुरीति र कुसंस्कार विरूध्द कलम चलाउने सिंहका साहित्यहरू विम्वात्मक तथा प्रतिकात्मक  खालका भेटिन्छन् । पत्थरको हृदय(२०२२) कथा रती पत्रीका मार्फत साहित्य क्षेत्रमा उदयमान प्रतिभा सिंहले कथादि(२०३८) ,कथायान (२०३९) , कथाकार(२०४४) जस्ता धा दर्जन कथा सङ्ग्रहका साथै समानान्तर काश (२०६२) जस्तो मार्मिक उपन्यास लेखेकि छन् । रत्नश्री स्वर्णपदक (२०३९),साझा पुरस्कार (२०६२),जस्ता थुप्रै सम्मान तथा पुरस्कारहरू प्राप्त गरेकि सिंहको रूको बोट कथा कथादी कथा सङ्ग्रहमा सङ्ग्रहित छ । यस कथामा नारी मनोदशा ,कुसंस्कार र सामाजीक बन्धनले उब्जाएको समस्याको वारेमा उजागर गर्न खोजिएको छ ।

 रूको बोटसँग रश्मीको जीवनलार्इ तुलना गरि त्यसैको सेरोफेरोमा टुङ्यार्इएको उक्त कथामा रश्मी, मूना, रश्मीकी मा ,हजुरमा र पल्लो घरको झ्यालमा देखिने पुरूष पात्र यहा प्रस्तुत भएका देखिन्छन् । रश्मी यस कथाकी प्रमुख पात्र हो । रश्मी र उसकी साथी मूना  रश्मीको बगैंचा जहाँ आरूको बोट छ । त्यहाँ बसेर गफ गर्छन् । रूको बोटमा फल फल्ने र त्यो फल मिठो हुने कुरा उनिहरू वीच चल्छ । रश्मीकी हजुरमाले रश्मी तिर अंकित गर्दै उसको जिउ डाल हेरि रश्मीकी मासित रूको बोटमा फूल फूलेको र रश्मी पनि छिटै पर सर्ने कुरा गर्छिन् ।पल्लो घरको झ्यालमा कुनै पुरूषले रश्मीलार्इ नियालेको देखि उनकि माले भित्र पठाउँने र काममा अल्झाउने गर्छिन ।  रश्मीकी माले छोरी रजस्वला भएको थाहापाइ १२ दिन सम्म सूर्यको मूख हेर्न नहुने भन्दै थुन्छिन् । रश्मीमा थुनिएको उकुशमुकुश सँगै फूमा चढेको वैंसका कारण उनका मनमा अनेकन कुराहरू खेल्छन् ।  पल्लो घरको झ्यालमा देखिएको युवकको ख्यालले सताउँछ । उसलार्इ श्रृङ्गार गर्न मन लाग्छ । रूको बोटलार्इ निकै त्मिय अनुभूति भइ लिङ्गन गर्न मन लाग्छ । १२ दिनको गुफा बाँसबाट उम्किइ सुरूमा रूको बोटमा पुग्छे रूमा फल लागेको हुन्छ । त्यो फल उसलार्इ खाने तिब्र इच्छा हुँदापनि देउतालार्इ नचढाइ खान नहुने भन्नेकुरा हजुरमाले भनेकाले खान सक्दिन यसरी यत्र कथाको कथानक अन्त्य भएको छ ।

          यस कथामा रश्मीको माध्यमबाट नारी मनोदशालार्इ खोतल्ने प्रयास गरिएको छ । रजस्वला हरनर भनेको यवनको अंकुरण हुनु हो भन्ने कुराको सङ्केत गर्दै रजस्वला पश्चात नारीभित्र यन चाहनाहरू विकसित हुन्छन् । जसरी पुरूष नारीप्रति कर्षित हुन्छन् त्यसरी नै नारी पनि फ्नो शारीरिक विकाशसँगै  मानसिक रूपमा कुनै पुरूषसँग कर्षित हुनु स्वभाविक हो तर पुरूषको शारीरिक तथा मानसिक परिवर्तनलार्इ स्वभाविक ठान्ने हाम्रो समाजले नारीलार्इ भने समान र स्वभाविक ठान्दैन । रजस्वला हुनु भनेको एक प्राकृतिक र स्वभाविक कुरा हो । यो शारीरिक विकाश र परिवर्तनको अवस्था हो । यसलार्इ तिरस्कार स्वरूप कुनैअध्यारो बन्द कोठाभित्र बन्दि हुन बाध्य बनाइन्छ । कुनै पुरूष वा सूर्यलार्इ समेत हेर्न हुँदैन भन्दै कठोर यातना दिँने गरिन्छ ।नारीलार्इ कुनै वस्तुको रूपमा देख्ने यो समाजले फ्नै मा र हजुरमाको समेत आँखामा पट्टि बाध्ने काम गरेको छ । प्राकृतिक र स्वभाविक हुने कुरालार्इ पनि अनेकन बन्दनहरूमा बाधेर उनिहरूलार्इ मानसिक यातना दिने गरिन्छ । कहिले संकारको नामले त कहिले धर्मको नामले नारीलार्इ बाध्ने गरिन्छ । यहि बन्धनको अवज्ञा गर्नाको सट्टा अघिल्लो पुस्ते नारीले फेरि उहि नियम र संस्कारमा ढाल्ने प्रयास गर्छन् । जुन बाटो हिड्दा फू मरेका थिए त्यहि बाटो फ्ना सन्तानलार्इ हिडाउँछन् ।भन्ने कुरा यस कथाले प्रष्ट रूपमा देखाएको छ ।

          शारीरिक विकाश र परिवर्तनसँगै कुनै पुरूषसँग कर्षित हुनु नारी स्वभाव हो । यो प्राकृतिक कुरा हो ।नैतिक ,सामाजिक बन्देजले गर्दा ती कुराहरूलार्इ नारीले मनभित्र मात्रै गम्साएर राखेकि हुन्छे ।त्यसकारण सामाजिक बन्धनहरू खुकुलो हुनुपर्छ र प्राकृतिक सन्दर्य भित्र नारीलार्इ रमाउन दिनु पर्छ भन्ने सन्देश यो कथाले दिन खोजेको छ ।     

  

 



नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...