रविवार, 1 अगस्त 2021

आँशु लुकार्इ परेलीमा। कविताको विश्लेषण

कविताको विश्लेषणः-




















 

शनिवार, 31 जुलाई 2021

Nepali Sahitya: रसका प्रकार

Nepali Sahitya: रसका प्रकार: पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र विभत्स गरि मुख्य चार रस हुने र यिनै मूल रसवाट...

ऋतुविचार खण्डकाव्यको विश्लेषण

 

ऋतुविचार खण्डकाव्य

लेखनाथ पाैड्याल


लेखनाथ पाैड्यालको परिचय
















शुक्रवार, 30 जुलाई 2021

कविताको परिचय र परिभाषा

  

कविताको परिचय

    कविता साहित्यको एक सशक्त विधा हो । कवि’ आधारपदमा ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कवि द्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवन सँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगत्मा ऋग्वेदमहाभारत र रामायण तथा पश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै   काव्यलाई जनाएतापनि आधुनिक साहित्यमा काव्यले गधयात्मक वा पधयात्मक कृतिलाई जनाउँछ ।

  

    मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै  आएको हो । आजको समयमा कविता विधालाई हेर्ने b[i6L कोणमा  धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.रिचर्डस सम्मका विद्धान हरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् । परिभाषाहरुमा  अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ ।

कविताको परिभाषा

     कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन्

शब्द र अर्थले संयुक्त रुप काव्य हो ।             – भामह

सुन्दर अर्थयुक्त पदावली नै काव्य हो ।             – दण्डी

रसात्मक वाक्य नै काव्य हो ।                 – विश्वनाथ

चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो ।         – आनन्दवर्धन

काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो ।         –मम्मट

बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो ।     – कुन्तक

कवितको आत्मा रीति वा शैली हो ।             – वामन

रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो ।        – जगन्नाथ

अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।         – वर्डस्वर्थ

१०कल्पना र संवेग द्धारा गरिने जीवनको व्याख्या नै काव्य हो ।   – हड्सन

११गण मिलाइएको संरचना नै कविता हो ।         – जोन्सन

१२कविता भनेको जीवनको समालोचना हो ।        – मैथ्यु अर्नाल्ड 

१३भावनाको बौद्धिक कोमलता कविता हो ।         – बालकृष्ण सम

१४. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार  मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ ।

                        – लक्ष्मीप्रसाद देवकोटा

१५शब्द र संगीतअर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छत्यही नै कविता हो ।   – माधवप्रसाद घिमिरे

 

   कवितासम्बन्धी चर्चापरिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्धानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यम द्धारा  प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमलकलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो ।

 

 

 



बुधवार, 21 जुलाई 2021

शनिवार, 17 जुलाई 2021

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...