शनिवार, 31 जुलाई 2021
Nepali Sahitya: रसका प्रकार

ऋतुविचार खण्डकाव्यको विश्लेषण

शुक्रवार, 30 जुलाई 2021
कविताको परिचय र परिभाषा
कविताको परिचय
कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कवि द्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवन सँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगत्मा ऋग्वेद, महाभारत र रामायण तथा पश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै काव्यलाई जनाएतापनि आधुनिक साहित्यमा काव्यले गधयात्मक वा पधयात्मक कृतिलाई जनाउँछ ।
मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै आएको हो । आजको समयमा कविता विधालाई हेर्ने b[i6L कोणमा धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.ए. रिचर्डस सम्मका विद्धान हरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् । परिभाषाहरुमा अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ ।
कविताको परिभाषा
कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन्
१. शब्द र अर्थले संयुक्त रुप काव्य हो । – भामह
२. सुन्दर अर्थयुक्त पदावली नै काव्य हो । – दण्डी
३. रसात्मक वाक्य नै काव्य हो । – विश्वनाथ
४. चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो । – आनन्दवर्धन
५. काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो । –मम्मट
६. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो । – कुन्तक
७. कवितको आत्मा रीति वा शैली हो । – वामन
८. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो । – जगन्नाथ
९. अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो । – वर्डस्वर्थ
१०. कल्पना र संवेग द्धारा गरिने जीवनको व्याख्या नै काव्य हो । – हड्सन
११. गण मिलाइएको संरचना नै कविता हो । – जोन्सन
१२. कविता भनेको जीवनको समालोचना हो । – मैथ्यु अर्नाल्ड
१३. भावनाको बौद्धिक कोमलता कविता हो । – बालकृष्ण सम
१४. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ ।
– लक्ष्मीप्रसाद देवकोटा
१५. शब्द र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो । – माधवप्रसाद घिमिरे
कवितासम्बन्धी चर्चा–परिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्धानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यम द्धारा प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो ।

बुधवार, 21 जुलाई 2021
चराका गीतहरू ।📖📖📖📖📖📖 follow

शनिवार, 17 जुलाई 2021
सफलताको कथा ।रोपोतार्जको विश्लेषण।

शुक्रवार, 16 जुलाई 2021
एउटा विचारको यात्रापथ कथाको विश्लेषण 🕮🕮 🕮🕮 🕮🕮

नाटकको परिचय र परिभाषा
नाटकको परिचय र परिभाषा परिचयः नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ । रङ...
-
Follow बटनमा थिच्नुहोस् पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र ...