रविवार, 27 जून 2021

शत्रु कथाको विश्लेषण📖📖📕📕📚📚🕮🕮

                                        विश्वेश्वरप्रसाद कोइरला











परिचय

जन्म - कृष्णप्रसाद र दिव्यादेवी कोइरालाका सुपुत्रका रूपमा १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका मृतु – २०३९ साउन ६ गते काठमाडौंमा शिक्षा- बनारसमा यिनले बी. ए., बी. एल. सम्मको अध्ययन गरेका छन् । सेवा - दार्जिलिङमा ट्युसन र वकालत (१९९५) नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक कार्यवाहक सभापति (२००४) नेपाली काङ्ग्रेसको संस्थापक (२००६) बैरगनिया“ सम्मेलनको आयोजक (२००६) क्रान्तिताका नेपालका पूर्वीक्षेत्रको प्रमुख कमान्डर (२००६) गृहमन्त्री (२००८)

 उनको न्वारनको नाम चूडामणि थियो । तर बनारसमा विश्वनाथ भगवान्को प्रसाद सम्झेर उनका बाबुले उनको नाउँ विश्वेश्वरप्रसाद राखिदिएका थिए । यही नाउँबाट उनी प्रसिद्घ भए ।

संसद सदस्य (२०१५) प्रथम जननिर्वाचित प्रधानमन्त्री (२०१६) काराबास (२०१७–२०२५) भारत निर्वासन (२०२५–२०३३) हिन्दीका माध्यमबाट आफ्नो कथायात्रा सुरु गरेका कोइरालाका हिन्दी भाषामा लेखिएका ‘वहाँ’ (हंस, १/७, १९८७), ‘पथिक’ (हंस, १/९, १९८७) ‘अपनी ही तरह’ (हंस, २/१–२, १९८८), ‘भैयादाइ’ (विशाल भारत, ४/१, १९८८), ‘होड’ (हिमालय, १/७, २००३) जस्ता कथाहरू प्रकाशित भएका छन् ।

१९९२ साल(चन्द्रवदन – शारदा पत्रिका) देखि नेपाली कथा लेखन–प्रकाशनतर्फ प्रवृत्त भएका विश्वेश्वरप्रसाद कोइरालाका निम्नलिखित कृतिहरू प्रकाशित छन्: कथा सङ्ग्रहः दोषी चश्मा (२००६), श्वेतभैरवी (२०४४), विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) । उपन्यास: तीनघुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४२), बाबु, आमा र छोरा (२०४५) । संस्मरण: आफ्नो कथा (२०४०), जेलजर्नल (२०५४), विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (२०५५) । कविता सङ्ग्रहः विश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) । विश्वेश्वरप्रसाद कोइरालाका उपर्युक्त पुस्तकाकार कृतिहरूका अतिरिक्त केही निबन्ध र समालोचनात्मक रचनाहरू पनि फुटकर रूपमा प्रकाशित भएका छन् । यो आलेख विश्वेश्वरप्रसाद कोइरालाको कथाकारितामा केन्द्रित छ ।

सम्मान तथा पुरस्कार
साहित्यिक पत्रकार संघद्वारा अभिनन्दन(वि.स.२०३८) विश्वेश्वरप्रसादको निधनपछि हाम्रो देशको सरकारले उनको चित्र राखेर हुलाक टिकट प्रकाशित गरेको छ । उनका नाउँमा नेपालभरि थुप्रै सङ्घ–सस्थाहरू खुलेका छन् । त्यति मात्र होइन, विभिन्न सडक र अस्पतालहरूको नाम पनि उनकै नाउँबाट राखिएको छ । उनी अहिलेको नेपालका बढी प्रसिद्घ व्यक्ति मानिएका छन् । नेपालमा मात्र नभई विदेशमा पनि उनलाई नेपालका महान् सुपुत्र भनी सम्मान गरिन्छ । उनी वास्तवमा ध्रुवताराझैँ चम्किरहने नेपालका उज्याला तारा हुन् । महामानव हुन् ।

कोइरलाका कथागत प्रवृत्तिहरू
मनोविश्लेषणात्मकता-          शारदा (१/१०–११, १९९२ मार्ग–पौष) पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेका विश्वेश्वरप्रसाद कोइराला नेपालीमा मनोवैज्ञानिक/मनोविश्लेषणात्मक यथार्थवादी कथा लेखन परम्पराका प्रारम्भकर्ता हुन् ।  यिनले मनोविज्ञानका विभिन्न पाटाहरूमध्ये यौनमनोविज्ञानलाई विशेष ढङ्गले प्रस्तुत गरेकाले यिनलाई यौनमनोवैज्ञानिक वा रतिरागमा केन्द्रित नेपालीका ज्येष्ठ मनोवैज्ञानिक यथार्थवादी कथाकार मानिन्छ ।
मनोविज्ञानलाई नेपाली समाज, संस्कृति, परम्परा, अर्थतन्त्रजस्ता सूक्ष्म विषयवस्तुसँग गाँसेर मनोवैज्ञानिक कथा लेख्ने विश्वेश्वरप्रसाद कोइरालाले सूक्ष्म, क्षीण वा झिनु विषयवस्तु लिई तिनमा कुनै न कुनै रूपले मनोरोगी भएका पात्रहरू उपस्थित गराएर तिनका मनको वर्णन र विश्लेषण गरेका छन् । 

यिनी मानिसका हीनताग्रन्थि, उच्चताग्रन्थि, आत्मपीडन, परपीडनजस्ता विभिन्न मनोग्रन्थिलाई फुकाउन, मनोभ्रम हटाउन र मनोदशाको चित्रण गर्न खप्पिस देखिन्छन् । सामाजिक बाह्य संसारले मानसिक अन्तर संसारलाई पार्ने प्रभावको अध्ययन तथा पात्रका मनोविज्ञानको प्रस्तुतिलाई कथाको मुख्य विषयवस्तु बनाई अन्तर्मुखी प्रवृत्तिका कथा लेख्नु यिनको प्रमुख विशेषता हो ।
यौनमनोविश्लेषणमा पनि अशिष्टता, अश्लीलता, नग्नता, अनैतिकताजस्ता कुराहरू नपाइनु यौनमनोविश्लेषक कोइरालाका कथाको उल्लेखनीय प्रवृत्ति हो । यिनका सामाजिक खालका कथामा पनि घटनाभन्दा चरित्रले बढी महत्व पाएको देखिन्छ। एकभन्दा बढी कथामा एउटै नाम गरेका पात्रको प्रयोग गर्ने प्रवृत्ति कथाकार विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । ‘स्कुल मास्टर’ र ‘स्वेटर’ को गजराज, ‘प्रेम (पहिलो)’ र ‘रिक्सा तान्ने’ को धनवीर, ‘पवित्रा’ र ‘दोषी चश्मा’ को केशव आदि यस कुराका साक्षी हुन् ।
यौनमनोविश्लेषणमा पनि अशिष्टता, अश्लीलता, नग्नता, अनैतिकताजस्ता कुराहरू नपाइनु यौनमनोविसरल, संक्षिप्त, सुगठित, सुव्यवस्थित र अन्वितिमूलक संरचनामा आबद्ध गरी कथा लेख्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शिल्पगत वैशिष्ट्य हो । झिनु वा सूक्ष्म कथावस्तु भएका चरित्रप्रधान कथा लेखे तापनि घटना र चरित्रमा सहज, स्वाभाविक र विश्वसनीय पाराले संयोजन गर्ने कुशलता यिनमा पाइन्छ । यसैकारणले गर्दा यिनका कथाहरू सरल, सहज, कलात्मक, प्रभावोत्पादक, आकर्षक, रोचक र गम्भीर पठनीय बन्न पुगेका छन् । छोटाछरिता र सरल वाक्यहरूको प्रयोग गरी खारिएको, माझिएको र तिखारिएको वर्णनात्मक शैलीमा सोझो पाराले कथा प्रस्तुत गर्ने विश्वेश्वर कोइरालाका कथाहरू संरचनागत र आयामगत आधारमा छोटा भए पनि कलात्मक विशिष्टताका कारण अत्यन्त रोचक र आकर्षक छन् श्लेषक कोइरालाका कथाको उल्लेखनीय प्रवृत्ति हो । यिनका सामाजिक खालका कथामा पनि घटनाभन्दा चरित्रले बढी महत्व पाएको देखिन्छ। एकभन्दा बढी कथामा एउटै नाम गरेका पात्रको प्रयोग गर्ने प्रवृत्ति कथाकार विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । ‘स्कुल मास्टर’ र ‘स्वेटर’ को गजराज, ‘प्रेम (पहिलो)’ र ‘रिक्सा तान्ने’ को धनवीर, ‘पवित्रा’ र ‘दोषी चश्मा’ को केशव आदि यस कुराका साक्षी हुन् ।

हिन्दी भाषाको प्रभाव पाइनु इनको अर्को विशेषता हो ।  यिनी विसङ्गतीवादी कथाकारका रूपमा पनि चिनिन्छन् ।


शीर्षक-शत्रुको अर्थ 

शीर्षक-शत्रुको अर्थवैरी ,दुस्मन वा अरूको विपरित व्यवहार गर्ने व्याक्ति भन्ने हुन्छ ।


शत्रु कथा




पात्रहरू


४५ वर्षका कृष्णराय स्वभावले शान्त र भद्र थिए ।कसैलार्इ कर्जा नदिने उनको सिद्दान्त थियो ।किनकि कर्जाले झगडा पनि सँगै लिएर आउछ भन्ने उनलार्इ लाग्थ्यो ।गाउँमा झगडा भए उनलार्इ नै मध्यस्थकर्ता बनार्इन्थ्यो ।धन ,यश र सम्मानको सुख त थियो तर उनी निसन्तान भएकाले टाढाको भतिजा पर्नेलार्इ पालेर सन्तानको अभाव पुरा गरेका थिए । एक रात खाना खाएर सुत्ने बेला आफूले कसैलार्इ शत्रु नबनाएको भन्ने सम्झेर बसेको बेला उनीमाथि एक्कासि लठ्ठी प्रहार हुन्छ तर चोट लाग्दैन ।एकैछिन अगाडि आफूले कसैलार्इ शत्रु नबनाएको भन्नेसोचेको व्यक्ति एकैछिन पछाडिउनले रामे भन्ने नोकरलार्इ काम विगार्दा गाली गरेको सम्झदै उसैले आफूलार्इ प्रहार गर्यो होला भन्ने सम्झन्छन् ।  

फेरि उसले धेरैपटक आफूबाट गालीखाएको सम्झदै अर्को पात्रमाथि सङ्काको सुर्इ घुमाउछन् ।त्यो पात्र बलभद्र हुन्छ । बलभद्रलार्इ उनले हिसाब गोलमाल गरेर मालिकलार्इ ठग्न खोजेको अजस्थामा अरूको अगाडि भनेर लज्जित बनाएका थिए ।फेरि उनको सङ्का नोकरी खोज्दै आएको युवक तिर मोडिन्छ ।युवक भलाज्मी स्वभावको र आफूले उसलार्इ कडा वचन दिएको उनी सम्झन्छन् ।एकैछिनमा उनी गोबिन्द पण्डित ,मास्टरलार्इ सङ्का गर्छन् ।एकछिन पछि फेरि उनले रेलको डब्बामा भएको झगडा ,हाटमा उनको धक्का खार्इ लडेको मान्छे , आफूले हटाएका नोकरहरू , आफ्नै दाजुभाइ र आफैले पालेको भतिजो माथि पनि सङ्का गर्छन भोलिपल्ट पुलिस इन्स्पेक्टरको सोधपुछमा सवैको नाम लिन्छन् । यतिकैमा कथानकको अन्त्य हुन्छ ।

कथाको विश्लेषण

मनोवैज्ञानिक यथार्थवादी  कथाकार विश्वेश्वर प्रसाद कोइरला (वि.स.१९७१- २०३९)कुसल साहित्यकारका साथै कुसल राजनितिज्ञका रूपमा पनि चिनिन्छन् ।उनी वनारसमा जन्मी  उहा  नै शिक्षा आर्जन गरेका हुनाले उनको साहित्यिक यात्रा पनि हिन्दी साहित्यबाट नै सुरू भएको हो ।नेपाली साहित्य यात्रामा वि.स.१९९२ सालको साहित्यिक पत्रिका सारदामा प्रकाशित चन्द्रवदनबाट सुरू भयो ।यहि चन्द्रवदन कथाले नै आधुनिक नेपाली कथामा मनोवैज्ञानिक धारा भित्र्याउने मौका पायो ।यिनको शत्रु कथा वि.स.१९९५मा प्रकाशित कथाकुसुम(प्रतिनिधि कथाकारको कथा सङ्ग्रह)मा प्रकाशित भएको थियो । पछि यो कथा (दोषी चश्मा) कथा सङ्ग्रह(२००६) मा प्रकाहित भएको थियो । यस कथामा विशेष गरि मानिसले राम्रो काम गर्दा गर्दै पनि कसरि उसलार्इ स्वभाविक ढंगबाट शत्रु आर्इ पर्छ भन्ने कुरा देखाउन खोजिएको छ । 

 उक्त कथामा कथाकारले कृष्ण रायलार्इ प्रमुख पात्रका रूपमा प्रयोग गरि उसका मनोदशालार्इ खोतल्ने प्रयास गरेका छन् । मानिस जन्मजात रूपमा इर्स्यालु स्वभावको हुन्छ त्यहि स्वभावलार्इ विश्लेषण गर्ने प्रयास यस कथामा गरिएको छ ।        ४५बर्षको कृष्ण राय समाजमा राम्रो प्रभाव पारेर बस्नुपर्छ ,कसैसँग झै –झगडा गर्नु हुदैन ,झगडाको बिउ भनेको कसैलार्इ ॠण दिनु हो त्यसैले कसैलार्इ ॠण दिनु हुदैन भन्ने विचार बोकेको राय गाउँघरमा झै –झगडा पर्दा मध्यस्तकर्ता बन्छन् । दःख परेका व्यक्तिलार्इ सहयोग पनि गर्ने र सबैको आँखामा परेका व्याक्ति कृण्णरायको सान,मान र धन सबैथोक भएपनि सन्तान नभएकोले त्यसको अभाव पुरा गर्न भतिजो पर्नेलार्इ पालेका थिए । आफूले जीवनमा शत्रु नकमाएको भाव केहिक्षेण अगाडि अनुभव गरेका कृष्णरायलार्इ केहि समय पछि लठ्ठी प्रहार भएपछि उनले आफ्नो जीवनमन सम्पर्कमा आएका सबै व्यक्तिलार्इ शत्रुको शंका गर्दछन् ।यसरी यस कथाको अन्त्य भएको छ ।

 यस कथामा मानिसको शत्रुसँग निकटको सम्भन्ध हुनेकुरा व्यक्त गरिएको छ ।जो व्यक्ति जीवनमा जोडिन आउछ उसको उद्दश्य मिलिन्जेल मित्र हुन्छ भने उद्दश्य फरक पर्ने वितिकै ऊ शत्रु बन्न सक्छ त्यसैले आजको मित्र भोली शत्रु बन्न सक्छ भन्ने सङ्केत यस कथाले गरेको छ ।समाजमा कसैको राम्रो गर्दै गर्दा अन्जानमै भएपनि अर्को व्यक्तिको लागि त्यो राम्रो काम पनि नराम्रो हुन सक्छ र मित्र छिन भरमै यस कथाले प्रस्तुत गरेको छ । मानिस सकारात्मक हुँदाहुँदै पनि परस्थितिले उसलार्इ नकारात्मक बनाउँन सक्छ । त्यसैले समय अनुशार मानिसको शत्रु र मित्र उसको परस्थिति अनुशार परिवर्तन हुन सक्छ ।भन्ने कुरा यस कथामा पाउन सकिन्छ ।





















































शनिवार, 26 जून 2021

वाच्य परिवर्तन( संवाद)


च्य परिवर्तन

शिक्षकः- हो ! राम  नमस्ते ! के गर्दै छौ ?

विद्यार्थीः- ए म्याम ! हजुर नमस्कार म्याम ! म हजुरकै वारेमा सोचेर बसेको।

शिक्षकः-(हसिलो मुद्रामा) हा ! हा ! हा ! तिमी रमाइलो कुरा गर्छ । साह्रै रमाइलो मान्छे छौ तिमी । अनि मेरो वारेमा के सोच्दै ौ त बावु ?

विद्यार्थीः- हजुरको वोल्ने तरिका साह्रै मन पर्छ । अनि कति effective छ । मलार्इ पनि हजुर जस्तै शिक्षक बन्ने रहर छ के म्याम ।

शिक्षकः- तिमीले मेरो वारेमा त्यतीराम्रो धारणा बनाएका रहेछौ । धन्यवाद  ! तिमी म भन्दापनि अझै धेरै प्रभावकारी शिक्षक बन्न सक्छौ ।आफ्नो हौसला बनार्इ राख्नु पर्छ ।

विद्यार्थीः- हस् म्याम धन्यवाद  !

शिक्षकः- (हसिलो मुद्रमा) ) हा ! हा ! हा ! ल ल बावु ठीक छ । आज हामी वाच्य परिवर्तनको वारेमा पढ्ने है ।

विद्यार्थीः- (जिज्ञासु हुँदै) म्याम यो वाच्य भनेको के हो ? real मा!

शिक्षकः- वाच्य भनेको भनाइ हो ।अघि तिमीले भनेका थियौ नी , हजुरको वोल्ने तरिका मन पर्छ भनेर हो त्यही वोल्ने शैली नै वाच्य हो ।

विद्यार्थीः- म्याम मैले अल्ली बुझिन । राम्रोसँग प्रष्ट पार्दिनुहोस् न है ।

शिक्षकः- ए हुन्छ नि बावु  किन नहुनु म तिमीलार्इ प्रष्ट हुनेगरी राम्रोसँग वाच्य परिवर्तन गर्न सक्ने बनाउने छु ।

विद्यार्थीः-(आश्चर्य जनक मुद्राम)-फेरी त्यो वाच्य पनि परिवर्तन गर्न मिल्ने हुन्छ म्याम ?

!  !हस ! हस  !म धैर्य भएर सिक्ने प्रयास गर्छु ।

शिक्षकः- हेर है त म तिमीलार्इ एउटा उदाहरण देखाउँछु । अनि यसको बारेमा फेरी छलफल गरला ।

विद्यार्थीः- हस म्याम म हेर्दै छु ।

शिक्षकः-उदाहरण१, रामले किताब किन्यो ।

-उदाहरण२, रामद्वारा किताब किनियो ।

( उदाहरण तिर इङ्कित गर्दै)      अनि , राम यो उदाहरण पढ त ।

विद्यार्थीः- म्याम त्यहाँ त  मैले किताब किनेको कुरा गरेको छ ।

शिक्षकः-( हसिलो मुद्रामा) हा ! - हा ! - हा !हो त है , त्यहाँ तिमीले किताब किन्यौ भनेको पो रहेछ ? उदाहरणमा कतिवटा वाक्य छ ? भन त एक पटक ।

विद्यार्थीः- उदाहरणमा दुर्इवटा वाक्य छन् तर दुवै वाक्यमा मैले किताब किनेको कुरा गरेको छ ।

शिक्षकः- हो । पहिलो वाक्यमा रामले किताब किन्यो भनेर रामले किताब किन्ने काम गर्यो भनिएको छ । अर्थात वाक्यमा रामको(कर्ता) भूमिकालार्इ महत्त्व दिइएको छ ।

विद्यार्थीः- अनि दोस्रो वाक्यमा पनि त रामले नै किताब किनेको कुरा गरेको छ । हैन र म्याम ?

शिक्षकः – अ हो तिमीले भनेको कुरा पनि ठीकै हो । तर यहाँ यसलार्इ फेरी एक पटक हेरौत ।यो दोस्रो वाक्यमा रामद्वारा किताब किनियो ।भनिएको छ हैन?

विद्यार्थीः- (ध्यान पूर्वक हेर्दै) हो म्याम तर ....................

शिक्षकः- पर्ख तिम्रो जिज्ञासा म समाधान गर्ने छु ।

विद्यार्थीः- (ध्यान पूर्वक हेर्दै ) हस म्याम ।

शिक्षकः- भनेपछि तिमीलार्इ पहिलो र दोस्रो वाक्य उस्तै लाग्यो हैन त ?ल हेर  अब, यो दोस्रो वाक्यमा थपिएको द्वारा शब्दले कर्ताको भूमिका निष्कृय बनाइदिन्छ  र यहाँ भएको कर्मको भूमिकालार्इ महत्त्व देखाउँछ त्यसैले यसलार्इ कर्म वाच्य भनिन्छ । यहाँ क्रियापद पनि किन्छ बाट किनिन्छ भएको छ ।तिमीले याद गरेका छौ कि छैनौ ?

विद्यार्थीः-याद गरेको छु म्याम ।(आश्चर्य जनक भावमा) ए यस्तो पो रहेछ वाच्य भनेको ।

शिक्षकः- हो वाच्य नेपाली व्याकरणमा ३ प्रकारका हुन्छन् । तिमीले अंग्रेजीमा voice पनि पढेका छौ होला नि हैन त ?

विद्यार्थीः- ए, हो म्याम English मा voice त पढेको छु नि ।त्यहाँ Active voice Passive voice हुन्छ ।

शिक्षकः- हो नेपालीमा पनि Active voice लार्इ कतृवच्य भनिन्छ अनि Passive voice लार्इ कर्म वा भाववाच्य भनिन्छ ।

विद्यार्थीः-अनि किन कर्म वा भाववाच्य भएको त म्याम एउटै नभएर ?

शिक्षकः-अः , अंग्रेजीमा Passive voice मात्र हुन्छ भने नेपलीमा चाहि कर्मवाच्य र भाववाच्य भनेर त्यसलार्इ पनि छुट्याइएको छ ।

विद्यार्थीः-किन छुट्याइएको हो त म्यम  त्यसलार्इ ?

शिक्षकः- (हाँस्दै) यो नेपाली व्याकरणको नियम हो बावु । एकै छिन ध्यान देउ त  , जुन वाक्यमा कर्म छ त्यो वाक्य कर्मवाच्य हुन्छ र जुन वाक्यमा कर्म प्रयोग भएको छैन त्यहाँ भाववाच्य हुन्छ ।

विद्यार्थीः-यसलार्इ कसरी थाहा पाएर परिवर्तन गर्ने त म्याम ?

शिक्षकः-यसमा सजिलो छ । ल हेर त म तिमीलार्इ एउटा उदाहण देखाउछु ।

विद्यार्थीः-हस म्याम ।उदाहरण हेरेपछि पनि धेरै प्रष्ट भइन्छ ।

शिक्षकः-ल हेर , तिम्रो नामलार्इ म फेरी यहाँ प्रयोग गर्छु है त । हेर त यहाँ उदाहरणमा ।

विद्यार्थीः- (ध्यान पूर्वक हेर्दै)हस म्याम म हेर्दै छु  ।उदाहरण चाहि खै त म्याम ?

शिक्षकः- अतः उदाहरण चाहियो हैन त ? ल हेर (उदाहरण देखाउँदै),

उदाहरण १, राम धेरै हास्यो।

उदाहरण २, रामद्वारा धेरै हासियो ।

यो उदाहरण पढ त के छ ।

विद्यार्थीः(हास्दै)-म्याम यहा पनि मलार्इ नै हासेको कुरा गर्नु भएको छ ।हजुर म्याम यसमा पहिलो वाक्यमा  कर्ता राम हासेको देखाइएको छ भने दोस्रो वाक्यमा कर्तालार्इ द्वारा लगाएर हास्नुलार्इ सक्रिय बनाएको जस्तो लाग्यो ।मिल्यो कि मिलेन हजुर भन्दिनु होला ।

शिक्षकः-एकदमै ठीक कुरा गर्यौ बावु ।यसमा पहिलो वाक्यमा कर्ता प्रमुख भएर वाक्य पुरा गरेको छ । त्यसैले यो कतृर्वाच्य  हुन्छ भने

दोस्रो वाक्यमा कर्तामा द्वारा लगार्इ क्रियापद नै प्रमुख भएको छ त्यसैले दोस्रो वाक्य भाव वाच्य हुन्छ ।

विद्यार्थीः-भनेपछि वाक्यमा क्रियापदको नै भूमिका प्रमुख हुने वाक्य चाहि भाववाच्य हुदो रहेछ हैन त म्याम ? कि मिलेन मैले भनेको ?

शिक्षकः – हो बावु । तिमीले भनेको कुरा सबै मिल्यो । तिमीले अव भनत नेपाली व्याकरणमा वाच्य कति प्रकारका हुन्छन् होला?

विद्यार्थीः-तीन प्रकारका वाच्य नेपाली व्याकरणमा हुँदा रहेछन् कर्ति ,कर्म र भाव हैन त म्याम ?

शिक्षकः –हो यसलार्इ परिवर्तन कसरी गर्नु पर्छ भन्ने कुरा जानेका छौ त ?

विद्यार्थीः- लगभग जाने जस्तो लाग्यो ।

शिक्षकः- लगभगले भयो त? हा  !हा !हा ! अनि पुरै वाच्य परिवर्तन गर्न सक्नु परेन?

विद्यार्थीः- कर्तामा द्वारा भए हटाउँने र द्वारा नभए राख्ने गरेपछि हुँदोरहेछ जस्तो लाग्यो ।

शिक्षकः-अनि वाक्यमा अरू पदलार्इ केहि गर्नु पर्दैन ?

विद्यार्थीः-हजुर  ! अनि क्रियापदमा पनि प्रत्ययको खेल रहेछ । पछाडिपट्टि(इ) नभए लगाउने र भए हटाउँने ,मैले यसरी नै बुँझे अनि मिल्यो कि मिलेन ? भनिदिनुहोस् न म्याम ।

शिक्षकः- किन नमिल्ने सत प्रतिसत तिम्रो उत्तर मिल्यो । यसमा कर्तालार्इ निष्कृय बनाउँदा द्वारा मात्र नभएर कहिलेकाहि बाट लगाइन्छ  भने कहिले कर्तालार्इ नै हटाएर पनि राखिन्छ । यसरी पनि परिवर्तन हुन्छ । अनि क्रियापदमा चाँहि तिमीले भनेजस्तै क्रियापदमा (इ) प्रत्यय लगाएर भाव वा कर्म वाच्य बनार्इन्छ । अव प्रष्ट भयौ ?

विद्यार्थीः-हजुर प्रष्ट भए म्याम ।भनेपछि वाच्य भनेको त सामान्य वाक्य नै रहेछ हैन त म्याम ?

शिक्षकः- हो । वाक्य नै वाच्य हो । किनकि , त्यसमा कुनै अन्तर छैन त्यहि वाक्यलार्इ कर्ता ,कर्म र क्रियाको भूमिकाको आधारमा कर्ति वाच्य , कर्म वाच्य र भाव वाच्य हुने हो ।

विद्यार्थीः- साह्रै राम्रोसँग मलार्इ  प्रष्ट पार्नुभयो अव त म मजाले वाच्य परिवर्तन गर्न सक्ने भए ।

शिक्षकः- त्यसो भए तिमीले वाच्य परिवर्तन गर्न सक्छौ हैन त ? म तिमीलार्इ केहि गृहकार्य दिन्छु अनि भोलि त्यसको वारेमा छलफल गरौला है ।

विद्यार्थीः- हस म्याम । म गरिहाल्छु नि ।

शिक्षकः- ल हेर त यता मैले यहाँ गृहकार्यका लागि केहि वाक्यहरू दिएको छु तिमी त्यसलार्इ परिवर्तन गर

गृहकार्य

१.      साथिहरू सबैजना बजार गए ।

२.      हामी लुगा धुन्छौं ।

३.      रामले महङ्गो भएकाले तरकारी किन्दैन ।

४.      हामी नवरात्रमा मनकामना गइयो ।

५.      मन्दिरमा पूजाआजा ,प्राथना गरियो ।

६.      लगेका नरिवलहरू फुटाइयो ।

शिक्षकः-मैले दिएको यो गृहकार्य गर अनि भोलीको क्लासमा छलफल गरौला है त बावु ।

विद्यार्थीः- हस म्याम

            Bye Bye म्याम!!

शिक्षकः Bye तिम्रो दिन राम्रो बितोस !

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...